श्री
केदारको स्थापना
कुर्मपुराणमा कुर्मांचललाइ
केदार क्षेत्र भनिएकोछ। स्थानगत रुपमा यस क्षेत्र भरि नै केदारका स्थापना छन्। केदारथानलाइ
यहाँ सत्ययुगिन शिला मानिन्छ। केदारको पुजा पध्दति समेत अत्यन्तै प्राचिन छ।
आर्यहरुजो आगमन पश्चात मात्र पुजन परम्परामा बेदिक बिधि समावेश गरिएको मानिन्छ। ग्वाल्लेक
केदार, आश्रमकेदार, असिमीकेदार, श्रीकेदार, सहश्रलिंग, असीग्राम जे भने पनि यि
केदार-श्रृंखला कै नाम हुन्। श्रीकेदारको आल नै कालान्तरमा सुरकाल कहलिएको कुरा
पछिल्ला आलेखमा आइसकेकोछ।
हाल असिमीकेदार मन्दिर
रहेको नदि दोभानको स्थानमा भने खापरेसंगको लडाइ पछिमात्र स्थापना भएको मानिन्छ।
सम्भवत: काली कुमायुबाट आएको कुनै तान्त्रिक शक्तिसंग यो लडाइ लडिएको थियो। खापरे
हारेको र मष्टाहरु धपाइएको भन्ने जनश्रुति यहाँ ब्यापक सुनिन्छ। यो लडाइमा अछुतको
स्पर्श हुदा सबै देवीदेउता गंगास्नान गर्न जाने भनी गाउँ छाड्न खोज्दा गाउलेहरुले
रोइ कराइ अनुनय बिनय गरी देवताहरुलाइ यहि स्नान गर्न लगाइ रोकेका थिए। केदारको
जात्रमा गायन गरिने एउटा लोकगाथामा यस घटनाको
भावुक बर्णन आउँछ।
तम गुसाइ केदार क्यान
चलाइभइ, मनेषु हमी कै का।
रागसपुरिको राज होलो भइ,
मनेषु हमी कै का ।।
अर्थात, तपाइ हाम्रा मालिक
केदार, किन बाहिर जानलाग्नु भयो? हामी मनुष्य कसका भयौ? ( हाम्रो रक्षा कसले
गर्ला?), याहँ राक्षसहरुले राज्य गर्ने भए, हाम्रो रक्षा कसले गर्ला, आदि।।
अन्तत: लोक भावनाको कदर
गर्दै सबै स्थानिय देवताले यहिको जलमा स्नान गरे र यतै बसे। यो लोक गाथामा गया,
हरिव्दार, बनारस भन्दा पनि यहाँ कै नदिमा स्नान गर्नु उत्तम बताइएकोछ। यो पबित्र
नदि संगम श्रीकेदारकै आलमा पर्दछ। श्री शिब महापुराणको कोटि रुद्रसंहितामा भनिएको
पनि छ।
केदारेशस्य भक्ता ये मार्गस्थास्तस्य
वै मृता:।
तेऽपि मुक्ता भवन्त्येव नात्र कार्य्या विचारणा।।
तत्वा तत्र प्रतियुक्त: केदारेशं प्रपूज्य च।
तत्रत्यमुदकं पीत्वा पुनर्जन्म न विन्दति।।
तेऽपि मुक्ता भवन्त्येव नात्र कार्य्या विचारणा।।
तत्वा तत्र प्रतियुक्त: केदारेशं प्रपूज्य च।
तत्रत्यमुदकं पीत्वा पुनर्जन्म न विन्दति।।
यस सम्बन्धी बिस्तृत बर्णन यस लिंकhttp://bibidha.blogspot.com/2010/07/blog-post.html मा राखिएको ‘लोकदेवताहरुको लडाइ- सुदूरको लोकगाथा’मा गरिएकोछ।
No comments:
Post a Comment