दुबाइ जसि आल, केलाइ जसि झाल ( स्थानिय आशिर्बचन)
श्रीकेदारको
आलभरी बस्ने बडूहरु सबै एउटै बाजे मोती बडूका संतान हुन भन्ने कुरा पछिल्ला
अध्यायमा चर्चा गरि सकियो । मुलतः एउटै माटोमा उम्रिएका वेर्ना जस्ता सुरकाल गाउको
सेरोफेरोमा वस्ने सबै ‘आफन्त’हरु एउटै देवताको तिलक धारणा गर्दछन् , एउटै मुलको
पानी खान्छन र एक अर्कोको पीर मर्कालाई राम्रो सँग बुझ्छन् । श्रीकेदारको आल सबैको
साझा सिमाना हो भन्नेमा सबै ढुक्क छन् ।
यिनका पूर्खाहरुले गरेका लामो यात्राको झलक समेत
पछिल्ला अध्यायमा दिईएको छ । अत्री ऋषिले यहाँका पावन पर्वतीय धामहरुमा आश्रम चलाए
। अनुसया, अपाला,
आत्रेयीहरुले यतै तिर स्वाध्याय, साधना गर्दै
बेदसुक्त समेत निर्माण गरे । साधना स्थलहरुमा आश्रम केदारको स्थापना भयो ।
कालक्रमानुसार ग्वाल्लेक घामकै पश्चिमी पार्श्र्वमा श्रीकेदारको आल तोकियो,
त्यही आल अहिले ‘सुरकाल’ कहलिएको छ । खापरेसंगको लडाई पछि यस क्षेत्रकै देवी देउताहरुले यहाँकै
पवित्र जलमा स्नान गरे । नागीमल्लको महत्वकांक्षा
र लछिचंदको अन्यायले गाउँमा प्रवेश नै पाउन सकेन ।
नेपालको ईतिहासमा लेखिए
अनुसार बाह्रौ शताब्दीतिर तत्कालिन कान्यकुब्ज (हाल भारतको कन्नौज) बाट आत्रेय
गोत्री ब्राह्मण शक्ति भट्ट, उनका
छोरा पृथ्बी र
नाति उदय
भट्ट हालको भारतिय उत्तरांचल हुदै डोटी प्रदेशमा प्रबेश गरे। यसै बंशका बत्सराजले डोटीका राजाकी छोरिसंग बिबाह गरि
यहाँको राजपाट समेत चलाएका थिए। यिनका छोरा उपबत्सराज र
त्यस पछिका केहि पुस्ता सम्म डोटी र जुम्ला राज्यसम्म यो बंशको शासन थियो ।
उता भारतमा मुसलमानहरुको
चकचकी बढन थालेपछि त्यतातिरका आर्यहरुको पहाडतिर सर्दै आउने क्रम बढन थाल्यो ।
सम्भबत: सगोत्रीहरुको राज्य भएर होला, काशि बनारसबाट कुमायु हुदै
काली पश्चिमका बायुतटिय बस्तिमा कालु भट्ट नामका
ब्राह्मण पनि आई पुगे । यिनका तीन छोरा थिए, त्रिपुर,
जासु र उदासु । त्रिपुरराज पछि उनका छोरा काशीराज, नातिगजराज र
पनाति श्यामराजले यसै प्रदेशका बिभिन्न बस्ति आबाद गर्दै
दिन बिताए ।
सम्भवत: बिक्रम सम्बत १५९५
तिर हुँदो हो । श्यामराजका छोरा मोति भट्टले ततकालिन सँङौडकोटका रजौटाहरु लाइ
प्रभावमा पारे र बडाभट्ट कहलिन थाले । यिनै मोति भट्ट अर्थात मोति बडू ले
बायुतट पर्बत (हालको ग्वाल्लेक धुरा) को पश्चिमी पार्श्वलाई आफनो कार्य थलो बनाई
बंश परम्परा चलाए । यहि पद-बोधक बडाभट्ट शब्द
कालान्तरमा जाति-बोधक ‘बडूभट्ट’ मा
अपभ्रंशित भयो। पछि उनका सन्तानहरुले बडू थर नै कायम गरे ।
तदुपरान्त यो पंक्तिकारको बंश बिस्तार क्रम निम्नवत्
चलेकोछ।
मोति बडूका चार
छोरा –रतनदेव,लखनदेव,सतनदेव र प्रतापदेव-मध्ये लखनदेव का ३ छोरामा शंकरदेव,काशी र
दुल्लप थिए । शंकरका कपुरे बडू र
मगी भए । कपुरेबाट जसि, हिरा र रामी जन्मिए । जसि बडूका
कालो र हिमरे नामका २ छोरा थिए ।कालो बडू पछि क्रमस:रतन,लाटो र
मनुवा बडुसम्म
चौधौं पुस्तामा हाम्रो इतिहास आइ पुग्दछ । मनुवा
बडूका चार छोरा थिए,गुमानी सकते, काशि र
दामू। गुमानिका छोरा नन्दराम र
नाति मनिदत्त भए ।
पितामह मनिदत्त र मातामहि लक्ष्मीका तिन छोरा क्रमश: धर्मानन्द,रामदत्त र दामोदर (x)छोरी कुन्ति (पाण्डेय) र काली(पाण्डेय) हुन् । पिता धर्मानन्द र माता
नर्मदा का
तीन छोरा हामी भानदेव, दत्तराम
तथा कृष्णदत्त र
छोरी रमा(जोशी) भयौ।
यस पछी भानुदेव र राजेश्वरीका चार सन्तानका रुपमा दीपेन्द्रदेव, कैलाशदेव, दिलिपदेव र बासुदेवको पालो आउछ।
यसरी बुवा दिपेन्द्र र आमा अन्जनाका कोखबाट जन्मेकी कन्यारत्न आत्रेयी लाई अत्री गोत्रीय हाम्रा
कुलको जेठो र पहिलो सन्तानका रुपमा एकाइसौ पुस्तामा नामांकन गरिएको छ ।
यसै आधारमा मोती बडू
पछिको वंशावली लाई व्यवस्थित गर्ने प्रयास हुँदै जानेछ। । यो वंशावली तयार गर्दा
सुविधाका लागि केही सामान्य संकेत राखिएको छन् । जस्तै,– अपूताली परेका नामको अगाडि –× चिन्ह राखिएको छ । प्रष्ट नाम र विवरण अज्ञात भएको अवस्थामा-? चिन्ह राखिएको छ ।
उल्लेखनीय काम
गर्नेहरु, खास परिचयात्मक विवरण दिनुपर्नेहरु र अन्यत्र वसाईसराई
भैजानेहरुको बारेमा विशेष चिन्हव्दारा पाद टिप्पणीमा प्रष्ट्रयाइएको छ या कोष्टकमा थप बिबरण समाबेश छ। मुलपूर्खाहरुको
वंश–वृक्षलाई सरलीकृत र संक्षेप गर्दै प्रत्येक हाँगाहरुको
विवरण पछिल्ला वंशावलीमा यथाक्रम मिलाईएको छ । मोती बडूबाटै पुस्ता/बैकालीको गणना गरी नामको अगाडी संख्यामा जनाइएको छ । नामहरु यथासंभव
संक्षेपमा लेखिएका छन् । मातृनामहरु संकलन
गर्न र सवभन्दा पछिल्लो पुस्ताको विवरण समेत अद्यावधिक गर्न हाल समयले भ्याएन ।
यसका लागि संकलक क्षमा प्रार्थी छ ।
बडू-बंश बिस्तार-क्रम
यसप्रकार छ।
१. मोती भट्ट/मोती बडू ( आधा दिनका मोती मट्ट आधा दिनका मोती बडू भनिने
बडू वंशका शिर्ष पुरुष, मूल पूर्खा र वंश शिरोमणि । पछिल्ला
अध्यायमा विशेष चर्चा भै सकेको । यिनका दुई पत्नी १ छोरी र ४ छोरा थिए ।)
२.१ रतनदेव बडू मोती बडू की प्रथम पत्नीबाट जन्मेका रतनदेव बडूका संतान हाल
सुरकाल कै भाईखर्क भन्ने ठाउँमा बस्दछन् । )
२.२ छोरी रतनमाला?
२.३ सतनदेव. (मोती बडूकै द्वितीय पत्नीका प्रथम पुत्र हुन ।
यिनका संतान सुरकालकै कोईरालीमा बस्दछन् । केदारको धामी यसै राठबाट हुने प्रचलन छ
। घरको किचलोका कारण यिनले केही वर्ष गाउँ छोडेर अन्यत्र बसे पनि अन्त्यमा यसै
गाउमा फर्केका थिए भन्ने भनाई छ । )
२.४ प्रतापदेव बडू– x ( मोती बडूकै कान्छा छोरा हुन् । अत्यन्तै
मेधावी र कार्यकुशल थिए । युवावस्थामै विधुर बने पछि यिनले विवाह नै गरेनन् ।
भनिन्छ गृहत्याग गरी देशारन गर्न यी उतरापन्थ तिर गएका थिए । यिनका नाममा वजुवा
मुठी भनेर अझै पोखल चढाइन्छ ।)
२.५ लखनदेव बडू – (मोती बडूकै तेस्रा
पुत्र हुन । यिनका संतान दर संतानले सारा सुरकाल ढाकेको छ । यिनका पनि काशी, दुल्लप
र शंकर बडू नामका तीन छोरा थिए ।)
३-२.५.१ काशी बडू – (डोवरा, गैर, चाल र डाडामाई भन्ने स्थानमा बस्ने बडूहरुका बाजे हुन । असीमी केदारका मूल
धामी यसै राठबाट हुन्छन्।)
३-२.५.२ दुल्लप बडू– (ऐचेकाणा, तुडा र डङाली भन्ने स्थानमा बस्ने बडूहरुका
बाजे हुन्)
३-२.५.३ शंकर बडू– (मोती बडूका नाती र लखनदेव बडूका तृतीय पुत्र हुन । यिनी पछीको
हाँगोलाई मुखिया राठ भनिन्छ । गाउँका मुखिया, देउताका भण्डारे र धामी समेत यसै राठबाट हुने प्रचलन छ । यिनका पनि मगी र कपुरे बडू नामका दुई छोरा थिए ।)
४-२.५.३.१ मगी बडू – (चौरा, पुजारागाउँ र देउलामा
बस्ने बडूहरुका बाजे हुन् । चौरामा बस्नेहरुवाट मुखिया र पुजारागाउँमा बस्नेहरुबाट
भण्डारे हुने प्रचलन छ।)
४-२.५.३.२ कपुरे बडू – ( यिनका संतान हाल सुरकालको परीगाउँ भन्ने
ठाउँमा बस्दछन् । सर्वप्रथम यिनी
असिमी केदारकै मंदिर छेउ नदी पारी घर बनाई बसेका थिए रे । त्यो पुरानो वस्तीको भग्नावशेष अझै देखिन्छ । त्यही
पारी बसेकाले पारीगाउ भनिए पनि हाल मूल गाउमै यिनका संतानहरु बसेका छन् । यही
राठबाट मुखिया र धामी हुने प्रचलन छ । यिनका
छोरा रामीबडूका पालासम्म असीमी केदारको पूजारी बनेर समेत काम गरेका थिए रे । पछि
पैतोला (पाण्डे) हरुलाई पूजारी बनाईयो ।)
हाल मोती बडूबाट
वर्तमान पन्ध्रौ वैकाली सम्म आई पुग्दा बडूहरु झण्डै झण्डै दुई हजार भन्दा बढी
भएका छन् । मातृनाम र बालकहरुका नाम थप्ने हो भने यो संख्या तीन दोबर पुग्दछ । यस
मध्ये धेरै जनाले अन्यत्र बसाई सरी सकेका पनि छन् । यस मध्ये अधिकांस कंचनपुरको
महेन्द्रनगर न. पा. बेलौरी, कृष्णपुर गुलरिया,
वाणि बंक, दोधारा, व्रह्नदेव,
सुडा, सिसैया भन्ने स्थान तिर सरेका छन् । यसै गरी भारतको पिथौरागढ,
फैजावाद, बम्बै तिर पनि वसोवास सारेका छन् ।
नेपाल कै धनगढी, नेपालगंज, डडेल्धुरा र
काठमाण्डौमा समेत बडूहरु यही बाटै पूगेका हुन् । यो वंशावलीमा रहेको अधुरो पन,
असपष्टता र अन्य त्रुटीहरुलाई पछि परिमार्जन गर्दै लगिने छ ।
सबै बन्धुहरूका घरमा आफनो वंशावली इतिहाश रहोस्। आफना बन्धु,
बान्धब, चेलिबेटी,
दाजुभाई, आफन्त सानाठुला सबैले अध्ययन, फोन,
इमेल गरी आफ्ना पुर्खाको बारेमा थाहा दिउन, थाहा पाउन्। अपनत्व
बृद्धि होस् । हाम्रा कुलदेवताले हामी सबैको कल्याण गरून्, यही प्रार्थना गर्दछु।
No comments:
Post a Comment