घण्टाघरको अभिमान
बोकेर
श्रीपेचको शान
देखाउने
यो लाचार खाल्डोलाइ
थुप्रै बिन्तिपत्र
चढाए,
तर यसले आकाशमात्र
ताकेर हिडदोरहेछ,
पाइतालाका दुख सम्झन
नै नखोज्दो रहेछ
यो चिसो ढुंगो त
परिश्रमको पसिनाको
गन्ध आएमा बिच्किदो रहेछ,
यो आफ्नो बारीको स्वादमा मुख बिगार्छ,
परायासित पुच्छर हल्लाउछ
आफनालाइ हेप्छ
त्यसैले यसलाई म छातिमा बोक्न सक्दिन्,
श्रीमान, यस काठमाण्डौलाइ म राजधानी मान्दिन ।।
सुप्रिम सपना देख्दै
यो
डिनर र ककटेलमा स्वघोषित महानायक बन्छ,
अर्काको दरबारमा
व्दारे भएर बस्न पाए पनि
यो आफुलाइ बुध्दिमान महान भन्छ ,
उता मोफसल तिर
हुरिले छानो उडाएको खबर पायो भने
यो हाँस्छ
खाडीबाट आएका लाशमा यो रेमिट्यान्स खोज्छ
त्यसैले यो सम्बेदना शुन्य
काठमाण्डौलाइ म अब छातिमा बोक्दिन
श्रीमान, यस काठमाण्डौलाइ म राजधानी मान्दिन ।।
यसलाइ म राजधानी मान्दिन।।
यो उल्टो सुल्टो बकेर भए पनि आफ्नै लिढेढिपी बोल्छ
नेता भन्छ तर तस्कर बन्छ
यो चरित्रहीन बासी बिचारको बकुल्लो लाइ
आत्मा साछी राखेर म आफनो भन्दिन
अब यसलाइ म छातिमा बोक्दिन
श्रीमान, यस काठमाण्डौलाइ म राजधानी मान्दिन ।।
(०७०-०२-१५, गणतन्त्र दिवस, काठमाण्डौ)
No comments:
Post a Comment