Friday, August 30, 2013

खसको नालिबेली




/
                                                                                                      साभार-अन्नपूर्ण पोष्ट र
                                                                                                             http://khas-people.blogspot.com.au 
                                              
ऐतिहासिक क्रममा ककेसस क्षेत्रबाट दक्षिण-पूर्वहुँदै कैयौं शताब्दीको अन्तरालमा यस हिमवत् खण्ड तथा नेपालमा आइबसेका आदि ककेसियनहरु नै खस जाति भएको देखिन्छ। उनीहरु यस हिमवत् खण्डमा स्थापित भइसक्दा दक्षिणतर्फको मैदानी क्षेत्र वा गंगा ब्रहमपुत्रको मैदानमा सिन्धु उपत्यकाको सभ्यता विकसित भइसकेको थिएन। सिन्धु नदीले बनाएको सिन्धु उपत्यकाको वरपर स्थापित सभ्यता कांस्य युग -ईशापूर्व ३३०० देखि १३००० मानिन्छ। यो सभ्यताको उन्नत अवधि हरप्पाको युग हो। हालको उत्तर पूर्वी पाकिस्तानको पञ्जावमा हरप्पाको सभ्यता देखिएको हो। त्यहाँ आर्य जातिको बसोबास देखिनु पहिले नै खसहरु नेपाललगायत हिमवत् क्षेत्रमा देखा परिसकेका थिए। यसबाट खस आदिवासी हुन् भन्ने तथ्यमा कुनै शंका गर्ने ठाउँ रहँदैन।

आर्यलाई कतिपय इतिहासकारले हिन्दुस्तानमा आक्रमण गर्न आएको जातिको समूह मान्दछन्। उनीहरु १५०० देखि १००० ईशापूर्वमा भारततर्फ प्रवेश गरेको मानिन्छ। तर खसका बारेमा यस प्रकारको तर्क गरिएको छैन। यसको कारण के हो भने उनीहरुभन्दा केही सहस्राब्दी अघि नै जंगली एवं घुमन्ते जातिका रुपमा खसहरु नेपाल पुगिसकेका थिए। भारत आउँदा रथ वा घोडा चढेर आएजस्तो नेपाल आउने सम्भावना पनि छैन।

खसहरु अधिकांश पहडैपहाडको बाटोबाट अगाडि बढेको देखिन्छ। त्यस्तै उनीहरुको बसाइँसराइ ठूलो संख्यामा भएको पनि देखिँदैन। हिमवत् खण्ड वा नेपालवाहेकका गंगा ब्र
मपुत्रको मैदान वा सिन्धु उपत्यकामा खसको स्पष्ट कुनै उपस्थिति देखिँदैन। यसको अपवादका रुपमा कुशिनाराका मल्ललाई लिन सकिन्छ। उनीहरु खस जातिका भनिएको छ। तर समान्यतः हिमवत् खण्डका खसको तलका मैदानी फाँटका आर्य तथा त्यहाँको सभ्यतासँग संगत हुन लागेको केही शताब्दीमात्र भएको देखिन्छ। यसलाई पुष्टि गर्ने वैदिक तथा पौराणिक आधारहरुको कमी छैन।

वास्तवमा पश्चिम एशियादेखि पश्चिम नेपालसम्मको खस नामसँग मिल्दाजुल्दा भौगोलिक नामका आधारमा खस जातिको पूर्वतर्फको प्रयाण मार्ग अकाटय रुपमा पहिल्याउन सजिलो भएको छ। काबुलदेखि काश्मीर, लद्दाख, हिमाञ्चल प्रदेश, कुमाउँ, गढवाल, नेपाल र नेपालपूर्वका विशाल भूभागहरुमा खस जातिको अस्तित्व प्राग्वैदिक हो भन्ने निष्कर्षका लागि अब विशेष अनुसन्धानको आवश्यकता छैन। पश्चिम चीनको सिन्जियाङ प्रान्त तथा भोट एवं नेपालमा खसहरु एकैआपसमा देखिनुले पनि उनीहरुको ऐतिहासिकता प्राचीनतम लाग्दछ। अत्यधिक चिसो बढेका कारण खसहरुलगायत पश्चिम गेटका मोन्पाहरु लाखापाखा लागेको बताइन्छ। तथापि अहिले पनि उनीहरुको बसोबाससम्बन्धी ऐतिहासिक प्रमाणहरु उपलब्ध छन्।

खस जातिको जातीयता वा पहिचानको कुरा गर्दा यस उपमहाद्धीपका अन्य आर्यसँग पनि जोड्ने गरिन्छ। तथापि हिमवत् खण्डका खस जातिको अन्यत्र जातीय सम्बन्ध छैन। जातीय सम्बन्ध नहुँदा भाषा, धर्म, संस्कृति, समाज वा थातथलो कुनै पनि दृष्टिले खसको दक्षिण एसियाका अन्य जातिसँग सम्बन्ध रहेन। आज पनि खस सम्बन्धमा यही कुरा लागू हुन्छ। कतिले मुसलमानहरुको आक्रमण छल्न भारतबाट खस नेपाल पसेका हुन् भन्ने आसयका व्याख्याहरु पनि गरेका छन्। दक्षिण एसियाली उपमहाद्धीपमा मुसलमानहरुको ठूलो विजयगाथा छ।

सास्कृतिक रुपमा पनि मुसलमान आक्रमणको सिद्धान्त एउटा कुतर्कमात्र हो। मुगल साम्राज्यको विजय गाथामा पनि मुगलले कसैलाइ खेदेर नेपाल पुर्‍याएको लेखिएको छैन। तर नेपालबाहेक अन्य क्षेत्रमा लखेटेर पुर्‍याएको भने लिखित रुपमा भेट्न सकिन्छ। मुगल साम्राज्यको डरले भागेर शरणार्थी भइआएका आम आप्रवासीलाई नेपाल पहाडमा शरण दिएको पनि कुनै ऐतिहासिक स्रोतमा उल्लेखित छैन।

यो कुरा साँचो भएको भए एघारौं शताब्दीमा यस क्षेत्रको इतिहास लेख्ने पहिलो मुस्लिम इतिहासकार अल्बेरुनीले यस सम्बन्धमा अवश्य नै लेख्ने थिए होलान्। वास्तवमा महमुद अफ हाजनीले उत्तरपूर्वी भारतमा आक्रमण गर्दा उनी साथै थिए। मुगल वंशका संस्थापक बाबरलगायत शासकले आफनो महिमा लेखाउँदा यति ठूलो उपलब्धिलाई लुकाउनुपर्ने कारण थिएन। त्यसै पनि भारतमा मुसलमानहरु देखिनुभन्दा हजारौं वर्षअघि देखि नै नेपालमा खस रहेको स्पष्ट नै छ। यदि बाह्य क्षेत्रबाट त्यसरी बृहत् संख्यामा शरणार्थीहरु मुलुक छिरेका भए नेपालको इतिहासमा सो कुरा अवश्य नै उल्लेख हुने थियो।

सामान्यतः बा
ह्य मुलुकबाट आएका आप्रवासीले आफ्नो मूल थलोलाई आठ-दस सय वर्षमै बिर्सदैनन्। न स्थानीयहरुले नयाँ आप्रवासीलाई सहजै शरण दिन्छन्। विश्वभरको आप्रवासको इतिहासमा नयाँ र पुराना बासिन्दाबीच हुने झडप एकदमै सामान्य मानिन्छ। तर नेपालको इतिहासमा पुराना स्थानीय र शरणार्थी भई आएकाहरुबीच त्यस्तो झडप भएको पाइँदैन।

त्यस्तै मुस्लिम आक्रमणबाट नेपाल आएका पीडितले पनि आफनो कथा अवश्य नै लेख्ने थिए होलान्, भारतीयसँग पारिवारिक सम्बन्ध पनि हुनुपर्ने थियो। बिहेबारी आदि चलन रहेको हुनुपर्ने थियो। उनिहरुको भारतको मामाघर वा ससुरालीतर्फ आवत्जावत हुनुपर्ने थियो। तर भारतीयहरुसँग नेपाली खस समुदायको सो प्रकारको सम्बन्ध भएको देखिँदैन। जब यताका परम्परागत बाहुन र उताका ब्रा
मणमा भान्सा नै चल्दैन भने यसको ऐतिहासिककरण हुन्छ नै। कुमाइ बाहुन क्षेत्रहरुको महाकाली पश्चिमका पहाडी जातिसँग बिहेवारी चल्दछ। तर उनीहरुमा पनि दक्षिणतर्फ बिहेवारीको प्रचलन छैन। सास्कृतिक दृष्टिले हेर्ने हो भने दशैं-तिहार मान्ने समुदायमा वर्षको एकपटक घर फर्किने चलन नहुनु सामान्य नेपाली समुदायमा सोच्न नसकिने कुरा हो। हिमवत् खण्डमा दर्जनौं उपल्लो स्तरका संकृत साहित्यिक ग्रन्थहरु लेखिएको पाइन्छ। तिनमा यति ठूलो राजनीतिक उथलपुथलबारे नलेखिनु सम्भव थिएन।

हिन्दु धर्मको प्रभाव दक्षिण एसियाबाहेकका बर्मा, थाइल्यान्ड, भियतनाम, मलेसिया, फिलिपिन्स इत्यादि क्षेत्रमा सन् २०० देखि ६०० सम्मा कायम भएको देखिए तापनि हिमवत् खण्डमा यसको प्रभाव केवल १५ औं शताब्दीपछि मात्र देखापरेको छ। खस शासक वर्गले बौद्ध धर्मबाट हिन्दु धर्म अपनाउँदै जाँदा सोहीअनुसार आम खसहरुमा यसको प्रभाव पर्नु सामान्य रुपमा बुझिने कुरा हो। यही प्रभाव स्वरुप शासकहरुले झैं आम खसहरुले पनि हिन्दु धर्म अँगाल्दै अघि बढे। यसका लागि मुलुकमा पूर्वाधार नभएका कारण ऐतिहासिक कालमा खस राजाहरुले संस्कृत पढेका तथा भारतीय परम्परामा हुर्केका पण्डितहरुलाई शास्त्र मर्मज्ञ मान्दै उनीहरुबाट शिक्षादीक्षा लिन रुचाएको देखिन्छ। धामी-झाँक्री र खाँडो जगाउने लोकरञ्जक पम्परामा हुर्किका खस बाहुनहरुले संस्कृत नपढेका हुनाले उनीहरुलाई शास्त्रीय कसीमा आफूलाई उभ्याउन गाह्रो हुन्थ्यो। तसर्थ धार्मिक ज्ञानका अभावमा उनीहरुसँग शास्त्रार्थ गर्ने क्षमता हुदैनथ्यो। यो परिस्थितिमा ठूला धार्मिक अनुष्ठान तथा कार्यक्रमहरुमा सल्लाह दिन भारततर्फ जाने पम्परासँगै कर्मकाण्डका पुस्तकहरु पनि नेपाल छिर्न थाले। जहाँ जहाँ कर्मकाण्डले प्रवेश पायो, त्यहाँका पुराना प्रचलनहरु विस्थापित हुँदै गए।

उपत्यकाका मल्ल राजाहरुले धेरै पहिल्यैदेखि भारतीय पण्डितलाई मठमन्दिरका पुजारी बनाएको देखिन्छ। योभन्दा धेरैअघिदेखि नै पशुपतिनाथलगायत कतिपय मन्दिरमा भारतबाट ल्याइएका भट्टद्धारा पूजाअर्चना गराउने प्रचलन सुरु भएको हो। यो प्रचलन आज पनि कायमै छ। शंकराचार्यले बनाएको नियमबमोजिम राजा यक्ष मल्ल -सन् १४२८-१४८२) ले दक्षिण भारतका ब्रा
मण भट्टहरुमा यो जिम्मेवारी दिएको सिल्भाँ लेभीले आफनो सन् १९०५ को पुस्तकमा लेखेका छन्। भारतबाट ल्याइएका पण्डितहरुको परिचय आज पनि त्यही रुपमै कायम छ। तिनलाई खस पण्डित भनिँदैन। खसको समकक्षी पनि मानिँदैन।
नेपालमा क्षत्री-बाहुनको प्राचीनता

नेपालको लिखित र प्रामाणिक इतिहास इस्वीको पाँचौ शताब्दी अर्थात् ई ४६४ को मानदेवद्वारा स्थापित चाँगुनारायण स्तम्भले पुष्टि गरेको छ । राजा मानदेव वैशालीबाट काठमाडौं उपत्यका पसेका लिच्छविवंशीय क्षत्री थिए भन्ने तथ्य चाँगु स्तम्भको शिलापत्र स्वयंले यसरी स्पष्ट पारेकोः 'क्षात्रेर्णाजनवाश्रयेण विधिना दीषाश्रितोहं स्थितः' अर्थात् क्षत्रीको धर्मबमोजिम दीक्षा लिएर म बसिरहेको छु । यसै गरी शिलालेखमा ब्राह्मणको प्रसंग पनि आउँछ । धर्मदेवकी रानी अर्थात् राजा मानदेवकी आमा राज्यवतीले ब्राह्मणहरुलाई दान दिँदै सतीव्रतमा रहेको प्रसंग त्यहाँ परेको छ । यति मात्र होइन
लिच्छविकालका अधिकांश अभिलेखहरुमा बारम्बार क्षत्री-बाहुनलगायत चार वर्ण अठार जातिको प्रसंग आउने गर्छ । परिस्कृत संस्कृत भाषामा लेखिएका लिच्छविकालीन अभिलेखहरु स्वयंले त्यस बखतको समाजमा हिन्दू धर्ममा ब्राह्मण र क्षत्री जातिको झन् वर्चश्व थियो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ किनभने चाँगुस्तम्भबाहेक अन्य लिच्छवि अभिलेखहरुमा पनि यी जाति र नेपालको वर्ण व्यवस्थाबारे यथेष्ट उल्लेख गरिएको पाइन्छ ।
हिजो आज 'चार वर्ण छत्तीस जात' भनेझैं तिनताका 'चार वर्ण अठार जात' भन्ने चलन रहेको तथ्यलाई पनि उक्त अभिलेखहरुले स्पष्ट पार्दछन् । यस तथ्यलाई संवत ४२८ को थानकोट आदित्यनारायणको वसन्तदेवको अभिलेखमा पनि उत्तिकै अकाट्य ढंगले पुष्टि गरिएको छ । जसमा जय पल्लिका ग्राममा बस्ने ब्राह्मण मुखियालगायत गाउँका अठारै जातका गृहस्थीहरुलाई कुशल मंगल सोधेर आज्ञा भएको छ भन्ने सुस्पष्ट व्याख्या परेको छ । यताबाट नेपालमा लिच्छविकालदेखिनै क्षत्री-बाहुनलगायत अठारै जातिको अस्तित्व मात्र होइन वर्चश्व नै रहेको छ बरु लिच्छविकालीन अभिलेखहरुलाई केस्राकेस्रा केलाउने प्रा।डा। जगदीशचन्द्र रेग्मी जस्ता संस्कृतिसाधकहरुको निष्कर्ष के छ भने लिच्छविकालमा गुरुङ मगर र यस्तै मंगोल खलकका अरु जातिहरुको परिचयसम्म पनि पाइँदैन । संभवतः यी जाति पछि मात्र नेपाल आएका थिए भनी उनले आफ्नो पुस्तक 'लिच्छवि संस्कृति' मा उल्लेख गरेका छन् ।

उपर्युक्त आधारहरुबाट क्षत्री-बाहुनहरु नेपालका कति प्राचीन जाति रहेछन् भन्ने अकाट्य प्रमाण मिल्छ । दुर्भाग्य लिच्छविहरु पनि किरातहरुकै जस्तो विस्थापित हुन पुग्दा यो परम्परा र समाज अविच्छिन्न रहेन । आठौं-नवौं शताब्दीपिछ काठमाडौंको सत्ताबाट लिच्छविहरु एकाएक ओझेल पर्न पुगे र इतिहास एकप्रकार अन्धकारमा पर्न गयो । काठमाडौंको शासन पनि उपत्यकामै सीमित रहन थाल्यो । एकैचोटी बाह्रौं शताब्दीमा काठमाडौंमा राजा ठकुरी र प्रजा गैर ठकुरीको नेवार राज्य देखापर्न पुग्यो भने सुदुरपश्चिमबाट खसहरुले बेलाबेलामा काठमाडौं उपत्यका नै हान्ने अन्यथा पूर्वमा चेपे-मस्र्याङ्दी र पश्चिममा कुमाउ गढवाल अनि उत्तरमा तिब्बतको गुंगेसम्मको विस्तृत राज्यमा अधिकार जमाउन सफल भए । इतिहासमा यसलाई खस साम्राज्य भन्ने नाम दिइयो ।
खस र क्षत्रीसम्बन्धी विवाद

खस र क्षत्री समवयी शब्द भए तापनि यिनको समधर्मिता र भिन्नताबारे हाम्रो समाजमा उति बहस र विवाद हुन सकिरहेको छैन । कतिले रुप जे भए तापनि सारमा यी दुवै समधर्मी शब्द नै हुन् भनेका छन् भने कतिले यिनीहरु विपरार्थी शब्द नै हुन भन्ने गरेका छन् । तिनीहरुका विचारमा वर्णव्यवस्थाको सोपानबाट हेरिदा क्षत्री-ब्राह्मणपछिको विशिष्ट जाति हो भने खस धेरै तलको जाति हो । त्यसैले क्षत्री उच्च जात हो भने खस हीन जातिका रुपमा लिइन्थ्यो । अतः यी दुइका बीच कुनै तादात्म्यता नै छैन । यिनको उद्भव एवं आगमन प्रकि्रया समेत समान छैन । अझ तिनीहरु त कहाँसम्म भन्छन् भने क्षत्री भनेका हिन्दूधर्मी तागाधारी पवित्र जाति हुन् खस भनेका वर्ण व्यवस्थाभित्र नपर्ने मतवाली अवैदिक क्षत्री हुन् । त्यसैले हामीले पनि यही विपरार्थी सोचभित्रबाट क्षत्री र खसका बारेमा विचारविमर्श एवं खोज-अनुसन्धान गर्नुपर्ने हुन्छ किनभने यसभित्र उल्लेख्य सत्यता रहेको पनि प्रतीत हुन्छ । यिनीहरु साना वा ठूला वा उच वा हीन हुन कि होइनन् भन्ने कोणबाट भन्दा पिन
यिनीहरुको वास्तविक उद्भव एवं आगमन प्रकि्रयाको कोणबाट यो विषय अनुसन्धेय बन्न पुगेको हो ।
आगमन प्रक्रिया
माथिल्ला प्रसंगमा नेपालमा क्षत्री जातिका मानिसहरुको आगमन प्रकि्रयाबारे थोरै उल्लेख गरियो । त्यसरी हेर्दा स्वयं लिच्छविकालका राजाहरुले आफूहरु क्षत्रिय रहेकोमा गौरव गर्ने गरेका प्रसंगबारे पनि उल्लेख गरियो । यसबाहेक लिच्छिव अभिलेखहरुको मसिनो अवलोकन गरिएको खण्डमा लिच्छविकालमा क्षत्री जातिको समाजमा उल्लेख्य प्रभुत्व उपस्थिति एवं हैसियत रहने गरेको फेला पर्छ तर स्वयं लिच्छवि इतिहासमा क्रमभंगता आउन पुग्दा आज ती लिच्छविकालीन क्षत्री-बाहुनहरु को हुन् र कुन हालतमा रहेका छन् त्यो भन्न त्यति सजिलो छैन । कतै तिनीहरु सबै नेवारी समुदायमा सम्मिलित भइसकेका त होइनन् किनभने यो समाज कुनै स्वतन्त्र र स्वायत्त समाज नभई गोपाल किरात र लिच्छविकालमा जात-जातिको सम्मिलन एवं सम्मिश्रणबाट नै विकसित बनेको यथार्थ हाम्रा सामु समुपस्थित नै छ । यसमा लिच्छवि समाजको कति योगदान रह्यो कसैले पनि यसतर्फ ध्यान दिन सकिरहेको छैन ।

उता यस तथ्यलाई घोर उपेक्षा गर्दै एकैचोटी बाह्रौं शताब्दीमा भारतमा मुसलमानी आक्रमण बढेपछि आफ्नो धर्मको बचाउका लागि मात्र क्षत्री-बाहुनहरु नेपाल पसेका हुन् भन्ने एकोहोरो रट लगाउने र त्यही अन्धविश्वासमा आफूहरु रम्ने एउटा सतही प्रवृत्तिले सबैलाई गाँजेको देखिन्छ । यसलाई पूर्ण सत्य मान्नु ठूलो गल्ती हुनेछ । यी मध्ये को खसबाट हिन्दूकृत भई क्षत्री बनेका जाति हुन् को लिच्छविकालीन क्षत्री हुन् र को बाह्रौ शताब्दीबाट नेपाल प्रवेश गरेका क्षत्री हुन् सबैको ठीकठीक एवं वास्तविक निरुपण गरिनु अत्यावश्यक छ ।
यसको विपरीत कर्णाली भेगमा बसोबास गरेका खसहरुको इतिहास केलाउनमा आनाकानी ढिलासुस्ती र बेइमान प्रवििध अवलम्बन गरिए तापनि यस जातिको अस्तित्व र सत्यासत्यमा सदाकाल पर्दा हाल्न सक्ने स्थिति विद्यमान देखिन्न । किनभने त्यहाँका खसले हालसम्म पनि अविच्छिन्न रुपमा आफ्नो बसोबास पृथक भाषा धर्म संस्कृति र इतिहासको प्रतिनिधित्व गर्दै खस जातिको सामूहिक पहिचान प्रस्तुत गर्न कुनै कसर बाँकी राखेका छैनन् । जसअनुसार तिनको इतिहास हेर्दा एकसमयमा तिनीहरु पूर्वमा चेपे-मस्र्याङ्दी पश्चिममा कुमाउ-गढवाल र उत्तरमा तिब्बतको गुंगेसम्म विस्तारित भएको तथ्यलाई माथि पिन उल्लेख गरियो । यसैगरी यस जातिको इतिहास हेर्दा िसंजा उपत्यका प्रवेश गर्नुपूर्व २ सय वर्षसम्म कुमाउ उपत्यकाको शासक वर्गका रुपमा रहिसकेको तथ्य पनि त्यत्तिकै प्रामाणिक छ ।खस जातिको पूर्वरुप एवं नेपालसम्मको आगमन प्रकि्रया हेर्दा यिनीहरु बेविलोनियाको कस्साइटबाट इरान र इराकको सिमानामा पर्ने खशिस्तानको बासिन्दाको हैसियतमा स्वयंलाई नामाकृत गरेको प्रतीत हुन्छ ।त्यहाँ यिनीहरु 'कस' जातिका रुपमा प्रसिद्ध भए जसलाई अंग्रेजहरुले 'कस्साइट्स' भन्ने नाम दिए । यिनै कसहरु कालान्तरमा 'खस' भए । यिनीहरु मूलतः अवैदिक आर्य थिए र पश्चिमेसियाबाट भारत प्रवेश गर्ने क्रममा ईसापूर्व प्रथम सहस्राब्दीमा यिनीहरु वर्तमान अफगानिस्तान तथा पाकिस्तानको उत्तरी भाग र काश्मिरको दुर्गम क्षेत्रमा पर्ने बाल्हीक प्रदेशमा आइपुगे । जसलाई बाहिक प्रदेश पनि भनियो ।जो हाल भारतको पंजाव प्रान्त वरिपरि छ । यसले वर्तमान काश्मिर क्षेत्रलाई पनि समेट्यो । त्यसैले कस जातिको मीर अर्थात् बसोबास क्षेत्र भएको कारणले यो क्षेत्र पनि खसमोहिरबाट काश्मिर भएको सम्मका भनाईहरु पनि प्रचलनमा छन् । यही क्रममा यिनीहरु वर्तमान कुमाउ-गढवालसम्म आइपुगे र यिनै खसहरु क्रमशः कुमाउबाट वर्तमान नेपालको पश्चिमांचल क्षेत्रमा स्थानान्तरण हुन थाले । उक्त क्रममा सत्ता प्राप्त गर्ने खसहरु ठकुरी त अन्य कतिपय तागाधारी क्षत्री बन्ने प्रकि्रया सुरु भयो । कति खसहरु ब्राह्मण पनि बने. कि यो पनि कम चाखलाग्दो र अनुसन्धान विषय होइन? !
पश्चिम नेपालमा खसहरुलाई 'पावई खस' पनि भनिएको पाइन्छ । त्यसको अर्थ हो - पाखा-पखेरामा बस्ने मानिस । यी पावइहरु हाल पनि जुम्ला बझाङ र जाजरकोटका ग्रामीण भेगहरुमा उल्लेख्य संख्यामा बसोबास गर्छन् । यिनीहरु जनै लगाउँदैनन् र मदिरा पनि सेवन गर्छन् तर स्वयंलाई खस नभनी क्षत्री भन्न मन पराउँछन् । वस्तुतः यिनीहरु प्राचीन खसका वास्तविक उत्तराधिकारी हुन् ।
ऐतिहासिक तथ्य
उपर्युक्त आधारमा के भन्न सकिन्छ भने नेपालका क्षत्री-बाहुन यहाँसम्म कि दलितहरु समेत भारतको मैदानी भागबाट आएका क्षत्री-बाहुनभन्दा पृथक आगमन प्रकि्रया पृथक पहिचान र पृथक इतिहास छ । 'पहाडी बाहुन र ठकुरीहरु आफ्ना पुर्खाहरु मध्यकालमा भारतमा मुसलमानी आक्रमणबाट पराजित भएपछि कान्यकुब्ज तथा राजस्थान आदिबाट धर्म एवं जाित रक्षार्थ नेपाल प्रवेश गरेको' कुतर्कलाई पुष्टि गर्ने कुनै कारण नभएको कारण मात्र होइन यिनका अधिकांश थरहरु तत्कालीन खस साम्राज्यका सरकारी दर्जाबाट र तत्कालीन कर्णाली वा कुमाउ भेकका गाउँका नामबाट लिइएको र यी थरहरु भारतको मैदानी भागबाट आएका बाहुनसँग प्रायः नमिल्ने हुँदा नेपालका यी क्षत्री-बाहुनहरु यही देशको माटोसँग छुट्याउनै नसकिने गरी जोडिएका देखिन्छन् । किनभने यिनै क्षत्री-बाहुनहरु सम्पूर्ण नेपालमा बसाई सर्दै हालको मेची अाचल ताप्लेजुंग जिल्लासम्म विस्तारित भएका छन् । इतिहासकार सूर्यमणि अधिकारीले आफ्नो ुखस साम्राज्यको इतिहासु नामक पुस्तकमा भूमिसँग जोडिएका त्यस्ता क्षत्री-बाहुनहरुको थर देहायबमोजिम उल्लेख गरेका छन् ।
तलका दृष्टान्त हेरौः
१ खस साम्राज्यका सरकारी दर्जाबाट उत्पत्ति भएका थरहरु
अधिकारी - दराको हाकिम
कार्की - राजस्व अधिकृत
भट्ट - राजपुरोहित वा धर्माधिकारी
भण्डारी - राजकीय कोषको प्रमुख
लेखक - लेखक
महतारा - ग्रामप्रमुख
रोकाया - महताराको सहयोगी
थापा - सैनिक दर्जा
खड्गा - सैनिक दर्जा
राना - सैनिक दर्जा
बुढा - सैनिक दर्जा
बुढाथोकी - सैनिक दर्जा
२ कर्णाली प्रदेशका गाउँका नामबाट उत्पत्ति भएका थरहरु
जिल्ला गाउँ थर
जुम्ला
धिता- धिताल
पाण्डुसेरा- पाँडे
सिाजा-सिंजापित
चौडीलागाउँ-चौलागाइ
प्याकुरी- प्याकुरेल
सिम्खाडा- सिम्खडा
अछाम
तिमिल्सैन- तिमिल्सेना
घमिराउ- घिमिरे
देवकोट- देवकोटा
ढुंगानी- ढुंगाना
ढाँकु- ढकाल
वजगाउँ- वजगाईँ
रिमा- रिमाल
स्वाँरा- स्वाँर
घोडासैन- घोडासैनी
पुडासैन- पुडासैनी
धमाली- धमला
दर्ना- दर्नाल
कुइँका- कुइक्याल
चाल्सा- चालिसे
वारला- बराल
बझाङ
रेगम- रेग्मी
सोत- सोती
खार- खरेल खराल
सुवाडा- सुबेडा सुवेदी
वयाना-बानिया
बाजुरा
जमकट्टी- जमरकटेल
छाती- छन्त्याल
कुँडी- कुड्याल
वेलकाँटे- वेलकँटिया
खातिवाडा- खाती
बैतडी
 गाजरी- गजुरेल
डोटी
 डोटेखोला- डोटेल
निरौली-निरौला
ओझाना-ओझा
बोगटान-बोगटी
मुडभरा-मुडभरी
मुगु
खनाया-खनाल
कालैगाउँ-कल्याल
खत्याड-खतिवडा
दैलेख
लामाछान्नी-लामिछाने
बाँस्कोट- बाँस्कोटा
बाँस्तोली- बाँस्तोला
सातला- सत्याल
लुयाटी-लुइँटेल
बस्ताको- बस्ताकोटी
चापागाउँ- चापागाईँ
नेपा-नेपाल
रिजु-रिजाल
पोख- पोखरेल
लम्स- लम्साल
लम्ज- लम्जेल
दह-दाहाल
गैह्रा- गैर्
हे
भूर्ति-भूर्तेल
पराजुल-पराजुली
कोइराली-कोइराला
दवाडा- दवाडी
कट्टी- कट्टेल
भुषाकोट- भुषाल
सुइय- सुएल
वड- वडाल
मोडासैन- मरासैनी
गुरगाउँ गुरागाईँ
कालिकोट
खिड्किसैन- खिसर्िने
भर्ता- भर्ताल
राँचु- रुचाल
गेला- गेलाल
वाजाडा- वाजाडे
बाँझकोट- बाँझकोटा
रुकुम
सर्पुकोट- सापकोट, सापकोटा
दाङ
रजौरा- रजौरिया
माझगाउँ- मझगैयाँ

अतः यस लेखकलाई के लाग्छ भने अब उप्रान्त यी क्षत्री-बाहुनहरु आफ्ना पुर्खा खोज्न भारतको उज्जैन वा मध्य प्रदेशतर्फ भौंतारिन पुग्ने छैनन् र आफूहरु कर्णालीभेकसँग अविच्छिन्न ढंगले गाँसिएको र त्यहीँका गाउँ माटोबाट उब्जिएको भूमिपुत्र आदिवासी भएकोमा गौरव गर्ने छन् । यिनले स्वयंलाई हिन्दू भएकोमा गौरव गर्नुपर्ने पनि कुनै कारण रहने छैन वस्तुतः यिनीहरु पछिबाट नै हिन्दूकृत गरिएका हुन् ।
सोहीक्रममा यिनीहरु ठकुरी क्षत्री वा राणासम्म बनेका छन् । अन्यथा प्रथम राणा प्रधानमन्त्री स्वयं रामकृष्ण कुँवरका नाति वालनरिसंह कुँवरका पुत्र वीरनरिसंह कुँवर भएको सोहीक्रममा पछिबाट 'जंगबहादुर राणाजी' हुन पुगेको इतिहासका सम्पूर्ण पानामा यत्रतत्र पाइने तथ्यबाट कोही पनि अनभिज्ञ छैन नै । तर यो नेपाली खस बाहुनको धर्म तथा जाति पहिचानको सानो नमूना मात्र हो । यथार्थमा धेरैको हकमा यो अवस्था समान ढंगले लागू हुने देखिन्छ तर थप अनुसन्धान पछि मात्र यसको सत्यसत्य प्रकाशमा आउन सक्नेछ ।

बाहुन-क्षत्री किन आदिवासी होइनन् ?

नेपालका आदिबासिका प्रंसंगमा  'को हुन् आदिवासी ?' िशिर्षकमा कान्तिपुरमा प्रकाशित लेख यसै ब्लगमा राखिएको । सोको प्रतिकृयामा डा. विमलकुमार सुवेदी तेह्रथुमसावलाको कान्तिपुर(२०७० भाद्र १२)मा प्रकाशित पत्र यसै प्रसंगमा मिलेकोले जस्ताको तस्तै तल टिपिएकोछ।
"मंगलबार प्रकाशित 'दलित भएकैले प्रहरीको ओडारमा बास' भन्ने खबर पढेपछि मलाई यस राज्यले दिएको मेरो नागरिकतामा छापिएको पहिचानको बाहुन जात र हिन्दु धर्म भैंसीको सिङ भएको छ । तर मलाई मंगलबारै प्रकाशित बालकृष्ण माबुहाङले लेखेको 'को हुन् आदिवासी ?' भन्ने लेखले केही सान्त्वना दियो । किनभने यसमा आदिवासी खस जनजातिको अस्तित्वलाई स्वीकारिएको छ र प्रकारान्तमा यसमा मैले सुदूर इतिहासमा कतै आफूलाई बाहुन वा हिन्दु हुनु अघिको आपmनो मौलिक जनजातिको खस पहिचानलाई भेटेको छु । यो घामजस्तै सत्य हो कि प्राचीन नेपालका खसहरूलाई दक्षिणको समृद्ध चतुर वणर्ाश्रमवादी हिन्दु धर्म र संस्कृतिले आफनो प्रभावको आधिपत्यमा पार्‍यो र समजाति प्रकृतिका खसहरूलाई जाति विभेदी सामाजिक नर्कमा प्रवेश गरायो । तर माबुहाङले सोचेको जस्तो भारतबाट मुसलमानको आक्रमणले भागेका हिन्दुले यहाँ आएर जबर्जस्ती यहाँका खसलाई चार वर्णको व्यवस्थामा अनुवाद गराएको र सो हुन नमान्ने जनजाति भएको भन्ने कुरा मान्न भने इतिहास र नृवंशशास्त्रका आधारमा मलाई स्वीकार भएन । हिन्दुत्व यहाँ भौतिक हतियार र ज्यानधारी मानव सैन्यका आङमा चढेर होइन, बरु तुलजा भवानीको मूर्ति भित्रिए जस्तै प्रतीक आस्थाका विम्बहरूमा शक्तिको अदृश्य तरङ्गजस्तै शासक वृत्तका केही मानिस र यिनका स्वल्प निजत्वका परिधिहरूलाई टेकेर क्रमशः पसेको थियो । आफूलाई बाहुन-क्षत्री भनाउन गर्व गर्ने वर्तमान नेपालको पहाडी मूलका 'ककेसस' जातका मानिसहरू वास्तवमा भारतबाट भागेर नेपाल पसेका भन्ने इतिहासमा कुनै प्रमाण छैन ।माबुहाङजीको 'को हुन आदिवासी ' भन्ने प्रश्नको सिधा उत्तर छ, बाहुन-क्षत्री बाहेकका अन्य सबै गैह्र जाति जनजाति आदि यस देशका आदिवासी हुन् । बाहुन-क्षत्री किन आदिवासी होइनन् भने यिनले अर्काको जाति विभेदकारी संकीर्ण धर्म र संस्कृति अपनाएर आफनो आदिवासीत्वको प्राचीन खस गौरव र मर्यादामा कुठाराघात गरेका छन्, नै जातिभाइलाई शूद्र र दलित मानेर अछूत बनाएका छन् । फलस्वरुप एक सरकारी कर्मचारी आफना कर्तव्य पालनामा जाँदासमेत भक्कानिएर रुँदै एक्लिएर ओडारमा बास बस्नुपरेको छ । यस्तो विभेदकारी अन्धविश्वासको सामाजिक व्यवस्था के नयाँ नेपालका लागि उचित छ ? यस देशलाई हिन्दु राष्ट्र बनाउँछु भन्नेले  नेपालको आद्यमौलिक धर्म वा समाज व्यवस्था हिन्दु होइन, बौद्ध र खस हुन्, अनि यहाँ मन्दिर बन्नुभन्दा अगाडि नै बौद्धस्तुप र खसका मस्ट बनिसकेका थिए भनेर जान्नु आवश्यक छ कि छैन ?  "-





Monday, August 26, 2013

Far West Nepal: in a nutshell

Far West Nepal
Total area:              19,539 sq Km  
Zone:                     2 (Mahakali & Seti)        Total districts:     9 Total VDCs: 383
No. of Municipalities: 6 Total HHs: 479,817
Total Population:      2,750,716         Male: 1,374,344         Female: 1,376,372
Sources: District Resource Map and Poverty Mapping (2001);
NepalInfo Database (2009)
Major Challenges
= Prevalence of gender and caste based discrimination;
= Lack of employment and high seasonal migration to India; High prevalence of HIV/AIDs among
migrants;
= A legacy of socio-economic exploitation, such as bonded labour and the Kamaiya/Haliya systems;
= Continued caste discrimination;
= Widespread child labour;
= High infant and maternal mortality rates due to a lack of basic health services and high
malnutrition;
= Low literacy rate, insufficient school facilities and limited access to quality education;
= Low agricultural productivity and poor rural infrastructure (e.g. roads, irrigation) that limits
production and markets;
= Extreme / diverse climatic conditions;
= Difficult topography prone to natural disasters such as floods, landslides and forest fires;
= Lack of transport facilities and road networks across the districts, with heavy reliance on mules and
porters.

FWR: Human Development Index 2009
                                                                                Nepal    FWR     Mountain     Hill         Tarai
Human Development Index (HDI)                          0.509     0.461    0.435           0.443      0.503
Gender Development Index (GDI)                          0.499    0.447     0.414         0.421       0.492
Gender Empowerment Measure (GEM)              0.496     0.456     0.413         0.396       0.469
Human Poverty Index (HPI)                                    35.40       39         48.1          44.9        35.3
Source: UNDP, Nepal Human Development Report, 2009
Human deaths and other losses due to disaster in FWR
(1971-2009)
 4,277 deaths; 922 missing; 10,426 injuries; 473,192 affected
 21,123 houses destroyed; 16,343 houses damaged
 3,196 evacuated
 Loss of NRs. 1,042,432,714
Source: Nepal DesInventar Database (2011), Nepal Society for Earthquake
Technology (NSET
Conflict Related Statistics
 1,558 deaths
 65 disabled due to conflict
 60 missing persons due to conflict
 6,758 people displaced between 1996 – 2004*
Source: Informal Sector Service Centre (INSEC) - www.inseconline.org
* UNDP, Nepal Human Development Report, 2009
Health and Sanitation Statistics in FWR
 People living with HIV/AIDs: 4,057
 Contraceptive prevalence rate: 35%
 Proportion of delivery conducted by SBA among expected pregnancy: 24%
 Under 5 mortality rate: 100/10,000
 Open deification – 71.9% (Bajhang- 89.4% and Kailali 60.9%)
 Managed Water Supply Ratio: Percentage of households served with
managed water source- 80.4
Sources: Regional Health Directorate, Annual Report 2009/2010; Central Bureau of Statistics
Education Statistics of FWR
Literacy rate over 6 years: 63.4% (Male: 77.4% and Female: 52.2%)
Literacy rate over 15 years: 54.1% (Male: 72.5% and Female 40.4%)
Total schools:
Government schools: 3,547, ECDs: 3,474,
Community schools: 3,222, ECDs: 3,156
Institutional schools: 325, ECDs: 318
Enrolment in 2010 in government schools: 783,032 (Girls: 383,278)
Enrolment ratio: Girls- 48%, Boys- 52%
Percentage Dalit enrolment at primary level: 24.5% (Boys 24.2% and Girls 24.8%)
Percentage Janjati enrolment at primary level: 18%
Total teachers: 23,722 (23.2% females)
Teaching licenses distributed: 33,741
Female teacher by level:
Primary 29.7%, Lower Secondary 10.6%; Secondary 6.9%; Higher Secondary 2.3%
 Dalit teachers: 2.7%
 Student to teacher ratio: Primary-31.7; Lower Secondary-44.2; Secondary-35.0;
Higher Secondary 17.5
Source: www.moe.gov.np,June 2010
FWR: Agriculture Statistics
 Agricultural HHs: 94.7%
 Agricultural HHs with land: 93.7%
 Agriculture owned land: 82.1%
 Agricultural rented-in land: 17.9%
 Area of agricultural land: 8.8%
 Average land holding per household- <0 .5="" hector="" p="">
 Irrigated Agricultural land: 69.3%
 Agriculture Households having cattle: 82.7%
 Households using improved seed: Paddy 2.8%, Wheat 3.7%, Maize 1.8%
 Households using chemical fertilizer: Paddy 38%, Wheat 43%, Summer
Maize 7.2% Millet 0.0%
 Agriculture equipment ownership: 76.4% have plough, 1.3% have
tractor, 1.3% have thresher and 6.3% have water pump
Source: Central Bureau of Statistics,
FWR: Food Security Situation 2009/2010
District Food Production (MT)Food Requirements (MT)Food Surplus/deficit (MT)
Dadeldhura                  19,859                     23,358                              -5,464
Bajura                            19,973                     23,362                             -3,390
Doti                                40,407                     42,746                             -2,339
Bajhang                         30,840                    37,622                                -6,782
Darchula                       17,950                    27,078                                -9,128
Kailali                           212,148                  124,627                             +87,521
Kanchanpur                134,420                   120,066                             +14,353
Baitadi                            39,685                    47,118                                 -7,433
Achham                          31,521                    51,660                                -20,139
Source: Regional Agriculture Directorate, Dipayel
employment and migration in FWR
 Household income: 48,785 (medium) and 66,294 (mean)
 Per capita income: 8761 (medium) and 11,504 (mean)
 Employment sources: Wage-18%; Self employed-56%; Other-26%.
 Unemployment Rate: 1.7
Source: Central Bureau of Statistics,
Forest and NTFP statistics
 Area covered by forest: 48.7%
 Forest handed over to Forest User Groups: 10.5%
 Household involved in Forest User Groups: 74%
 Species of NTFP recorded: 71
 Annual production of jadibutis: 1,696,461 kg.
Source: Regional Network of DDCs, Regional Profile of Far West
UN Programmes in the Far West
Agenc y                            Name of Project                                         Districts Covered
UNDP        Rural Energy Development Programme (REDP)         Dadeldhura, Baitadi, Bajhang, Bajura,                                                                                                          Doti,Achham, Darchula
                   Micro Enterprise Development Programme (MEDEP) Darchula, Dadeldhura, Baitadi, Kailali
                
                    HIV/AIDs                                                          Darchula, Baitadi, Bajhang, Bajura,Achhama,
                                                                                                         Doti, Kailali and Kanchanpur
Western Terai Landscape Complex Project(WTLCP)                Kailali, Kanchanpur
Access to Justice (A2J)                                                                     Kailali, Doti
Enhancing Access to Financial services (EAFS)                       Kailali, Dadeldhura
Conservation and Sustainable Use of Wetland in
Nepal (CSUWN), called Wetland project                                           Kailali
Public Private Partnership for Urban Environment (PPPUE)            Dhangadi-Kailali
Electoral Support Project (ESP)                                                  Bajhang, Bajura, Doti, Achham, Kailali,
                                                                                                Kanchanpur, Dadeldhura, Baitadi, Darchula
UNIRPUNICEf
        Decentralized Action for Children and Women  (DACAW) Dadeldhura, Achham, Bajhang, Bajura
           Paralegal Programme                                            Dadeldhura, Baitadi, Bajhang, Bajura, Doti,
                                                                                              Achham, Darchula, Kailali, Kanchanpur
Maternal and Neonatal Health Programme                   Darchula
Community Managed Malnutrition Programme            Kanchanpur
WFP
Food for Education (FFE)                                         Dadeldhura, Baitadi, Bajhang, Bajura, Doti,
                                                                                     Achham, Darchula
Mother and Child Health Care Programme(MCHC)   Dadeldhura, Baitadi, Bajhang, Bajura, Doti,
                                                                                           Achham, Darch
Food OR Cash OR Food and Cash for Work Programme (PRRO)                                                                            Dadeldhura, Baitadi, Bajhang, Bajura, Doti,
Darchula, Achham
One Lap top per Child Programme (OLPC)                  Dadeldhura
UNFPA UNFPA supported programme                        Dadeldhura, Bajhang, Baitadi, Bajura,
                                                                                            Achham, Darchula, Kanchanpur
FAO
Food Security Programme                                          Baitadi, Bajhang, Doti, Darchula, kailali
Leasehold Forestry Programme                                   Dadeldhura, Baitadi, Doti, Achham
Integrated Pest Management Programme                     Dadeldhura, Kailali
ILO                                                                                     Baitadi, Dadeldhura, Bajura, Bajhang
WHO Immunization Preventive Disease Programme        Dadeldhura, Baitadi, Bajhang, Bajura, Doti,
                                                                                                     Achham, Darchula, Kailali, Kanchanpur
OHCHR 1612 Action Plan Monitoring Team                       Dadeldhura, Baitadi, Bajhang, Bajura, Doti,
                                                                                                    Achham, Darchula, Kailali, Kanchanpur


Wednesday, August 21, 2013

केदारनाथको परिचय र इतिहास



साभार- http://hindi.webdunia.com/ 
संयोजन-ब्लगर,
फोटो सौजन्य-गुगल

जानिए, क्या है केदारनाथ का इतिहास...

गिरिराज हिमालय की केदार नामक चोटी पर स्थित है बारह ज्योतिर्लिंगों में सर्वोच्च केदारेश्वर ज्योतिर्लिंग। केदारनाथ धाम और मंदिर तीन तरफ पहाड़ों से घिरा है। एक तरफ है करीब 22 हजार फुट ऊंचा केदारनाथ, दूसरी तरफ है 21 हजार 600 फुट ऊंचा खर्चकुंड और तीसरी तरफ है 22 हजार 700 फुट ऊंचा भरतकुंड। न सिर्फ तीन पहाड़ बल्कि पांच ‍नदियों का संगम भी है यहां- मं‍दाकिनी, मधुगंगा, क्षीरगंगा, सरस्वती और स्वर्णगौरी। इन नदियों में से कुछ का अब अस्तित्व नहीं रहा लेकिन अलकनंदा की सहायक मंदाकिनी आज भी मौजूद है। इसी के किनारे है केदारेश्वर धाम। यहां सर्दियों में भारी बर्फ और बारिश में जबरदस्त पानी रहता है।

यह उत्तराखंड का सबसे विशाल शिव मंदिर है, जो कटवां पत्थरों के विशाल शिलाखंडों को जोड़कर बनाया गया है। ये शिलाखंड भूरे रंग के हैं। मंदिर लगभग 6 फुट ऊंचे चबूतरे पर बना है। इसका गर्भगृह अपेक्षाकृत प्राचीन है जिसे 80वीं शताब्दी के लगभग का माना जाता है।

मंदिर के गर्भगृह में अर्धा के पास चारों कोनों पर चार सुदृढ़ पाषाण स्तंभ हैं, जहां से होकर प्रदक्षिणा होती है। अर्धा, जो चौकोर है, अंदर से पोली है और अपेक्षाकृत नवीन बनी है। सभामंडप विशाल एवं भव्य है। उसकी छत चार विशाल पाषाण स्तंभों पर टिकी है। विशालकाय छत एक ही पत्थर की बनी है। गवाक्षों में आठ पुरुष प्रमाण मूर्तियां हैं, जो अत्यंत कलात्मक हैं।

85 फुट ऊंचा, 187 फुट लंबा और 80 फुट चौड़ा है केदारनाथ मंदिर। इसकी दीवारें 12 फुट मोटी हैं और बेहद मजबूत पत्थरों से बनाई गई है। मंदिर को 6 फुट ऊंचे चबूतरे पर खड़ा किया गया है। यह आश्चर्य ही है कि इतने भारी पत्थरों को इतनी ऊंचाई पर लाकर तराशकर कैसे मंदिर की शक्ल ‍दी गई होगी। खासकर यह विशालकाय छत कैसे खंभों पर रखी गई। पत्थरों को एक-दूसरे में जोड़ने के लिए इंटरलॉकिंग तकनीक का इस्तेमाल किया गया है। यह मजबूती और तकनीक ही मंदिर को नदी के बीचोबीच खड़े रखने में कामयाब हुई है।

मंदिर का निर्माण इतिहास : पुराण कथा अनुसार हिमालय के केदार श्रृंग पर भगवान विष्णु के अवतार महातपस्वी नर और नारायण ऋषि तपस्या करते थे। उनकी आराधना से प्रसन्न होकर भगवान शंकर प्रकट हुए और उनके प्रार्थनानुसार ज्योतिर्लिंग के रूप में सदा वास करने का वर प्रदान किया। यह स्थल केदारनाथ पर्वतराज हिमालय के केदार नामक श्रृंग पर अवस्थित है।

यह मंदिर मौजूदा मंदिर के पीछे सर्वप्रथम पांडवों ने बनवाया था, लेकिन वक्त के थपेड़ों की मार के चलते यह मंदिर लुप्त हो गया। बाद में 8वीं शताब्दी में आदिशंकराचार्य ने एक नए मंदिर का निर्माण कराया, जो 400 वर्ष तक बर्फ में दबा रहा।

राहुल सांकृत्यायन के अनुसार ये मंदिर 12-13वीं शताब्दी का है। इतिहासकार डॉ. शिव प्रसाद डबराल मानते हैं कि शैव लोग आदि शंकराचार्य से पहले से ही केदारनाथ जाते रहे हैं, तब भी यह मंदिर मौजूद था। माना जाता है कि एक हजार वर्षों से केदारनाथ पर तीर्थयात्रा जारी है। कहते हैं कि केदारेश्वर ज्योतिर्लिंग के प्राचीन मंदिर का निर्माण पांडवों ने कराया था। बाद में अभिमन्यु के पौत्र जनमेजय ने इसका जीर्णोद्धार किया था।

मंदिर के कपाट खुलने का समय : दीपावली महापर्व के दूसरे दिन (पड़वा) के दिन शीत ऋतु में मंदिर के द्वार बंद कर दिए जाते हैं। 6 माह तक दीपक जलता रहता है। पुरोहित ससम्मान पट बंद कर भगवान के विग्रह एवं दंडी को 6 माह तक पहाड़ के नीचे ऊखीमठ में ले जाते हैं। 6 माह बाद मई माह में केदारनाथ के कपाट खुलते हैं तब उत्तराखंड की यात्रा आरंभ होती है।

माह मंदिर और उसके आसपास कोई नहीं रहता है, लेकिन आश्चर्य की 6 माह तक दीपक भी जलता रहता और निरंतर पूजा भी होती रहती है। कपाट खुलने के बाद यह भी आश्चर्य का विषय है कि वैसी ही साफ-सफाई मिलती है जैसे छोड़कर गए थे।


 केदारनाथ में क्यों आई तबाही, चार धार्मिक कारण
केदारनाथ की तबाही के बाद लोगों के मन में कई तरह के सवाल उठने लगे हैं। आखिर केदारनाथ में पहले भी बारिश होती थी, नदियां उफनती थी और पहाड़ भी गिरतेथे। 
केदारनाथ की तबाही के बाद लोगों के मन में कई तरह के सवाल उठने लगे हैं। आखिर केदारनाथ में पहले भी बारिश होती थी, नदियां उफनती थी और पहाड़ भी गिरतेथे।
लेकिन कभी भी केदारनाथ जी कभी भी इस तरह के विनाश का शिकार नहीं बने। प्रकृति की इस विनाश लीला को देखकर कुछ लोगों की आस्था की नींव हिल गई है। जबकि कुछ आस्थावान ऐसे भी हैं जिनकी आस्था की नींव और मजबूत हो गयी ऐसे ही आस्थावान श्रद्धालुओं की नजर में केदारनाथ पर आई आपदा के पीछे कई धार्मिक कारण हैं।

धारी माता की नाराजगी
सोशल मीडिया में इसके कारणों पर जो चर्चा चल रही है उसके अनुसार इस विनाश का सबसे पहला और बड़ा कारण धारी माता का विस्थापन माना जा रहा है। भारतीय जनता पार्टी की वरिष्ठ नेता उमा भरती ने भी एक सम्मेलन में इस बात को स्वीकार किया कि अगर धारी माता का मंदिर विस्थापित नहीं किया जाता तो केदारनाथ में प्रलय नहीं आती। धारी देवी का मंदिर उत्तराखंड के श्रीनगर से 15 किलोमीटर दूर कालियासुर नामक स्थान में विराजमान था।

धारी देवी को काली का रूप माना जाता है। श्रीमद्भागवत के अनुसार उत्तराखंड के 26 शक्तिपीठों में धारी माता भी एक हैं। बांध निर्माण के लिए 16 जून की शाम में 6 बजे शाम में धारी देवी की मूर्ति को यहां से विस्थापित कर दिया गया। इसके ठीक दो घंटे के बाद केदारघाटी में तबाही की शुरूआत हो गयी।

अशुभ मूहुर्त
आमतौर पर चार धार की यात्रा की शुरूआत अक्षय तृतीया के दिन गंगोत्री और यमुनोत्री के कपाट खुलने से होती है।
इस वर्ष 12 मई को दोपहर बाद अक्षय तृतीया शुरू हो चुकी थी और 13 तारीख को 12 बजकर 24 मिनट तक अक्षय तृतीया का शुभ मुहूर्त था। लेकिन गंगोत्री और यमुनोत्री के कपाट को इस शुभ मुहूर्त के बीत जाने के बाद खोला गया। खास बात ये हुई कि जिस मुहूर्त में यात्रा शुरू हुई वह पितृ पूजन मुहूर्त था। इस मुहूर्त में देवी-देवता की पूजा एवं कोई भी शुभ काम वर्जित माना जाता है। इसलिए अशुभ मुहूर्त को भी विनाश का कारण माना जा रहा है।

तीर्थों का अपमान
बहुत से श्रद्घालु ऐसा मानते हैं कि लोगों में तीर्थों के प्रति आस्था की कमी के चलते विनाश हुआ। यहां लोग तीर्थ करने के साथ साथ धुट्टियां बिताने और पिकनिक मनाने के लिए आने लगे थे। ऐसे लोगों में भक्ति कम दिखावा ज्यादा होता है।
धनवान और रसूखदार व्यक्तियों के लिए तीर्थस्थानों पर विशेष पूजा और दर्शन की व्यवस्था है, जबकि सामन्य लोग लंबी कतार में खड़े होकर अपनी बारी आने का इंतजार करते रहते हैं। तीर्थों में हो रहे इस भेद-भाव से केदारनाथ धाम भी वंचित नहीं रहा।

मैली होती गंगा का गुस्सा
मंदाकिनी, अलकनंदा और भागीरथी मिलकर गंगा बनती है। कई श्रद्धालुओं का विश्वास है कि गंगा अपने मैले होते स्वरूप और अपमान के चलते इतने रौद्र रूप में आ गई। कहा जाता है कि गंगा धरती पर आना ही नहीं चाहती थी लेकिन भगवान शिव के दबाव में आकर उन्हें धरती पर उतरना पड़ा। भगवान शिव ने गंगा की मर्यादा और पवित्रता को बनाए रखने का विश्वास दिलाया था। लेकिन बांध बनाकर और गंदला करके हो रहा लगातार अपमान गंगा को सहन नहीं हो पाया।
अपने साथ हो रहे अपमान से नाराज गंगा 2010 में भी रौद्र रूप दिखा चुकी हैं जब ऋषिकेश के परमार्थ आश्रम में विराजमान शिव की विशाल मूर्ति को गंगा की तेज लहरें अपने प्रवाह में बहा ले गई थी।
घटनाओं के बारे मे लोगो कि राय
·         १-हम सभी को ऐसी घटनाओ से सबक लेना होगा की पाप कहीं भी हो तो भगवन उसमे साथ नहीं देते और उसकी सजा सभी लोगों को भोगनी पड़ती है; ये इस घोर कलयुग में हो रहे पापों की सजा है अभी भी संभल जाएँ वर्ना इससे भी भयानक प्रलय हो सकती है '
·         २-शिर्फ़ भक्ति मैं ही शक्ति है आत्मा की सन्तुष्टि ही विश्वास है, भाग्य विधाता की दें है.
·         ३-ये सब प्रकृति की देन ह इस के आगे सोचना बहम ह और बहम का कोई इलाज़ नहीं है। आग , तूफान और पानी के आगे कुश नहीं बचता, जब बादल फटा तो किस बाबा को दोष दो गे, और सच बोलें तो सब से जादा बिनाश राजनितिक पार्टियाँ ही कर रहीं हाँ चाहे बीजेपी हो या कांग्रेस, अब आप किस्सी आपदा को धार्मिक से न जोड़ें तो आशा होगा, आपदा कहीं पर भी आ सकती है अब हिमाचल में बादल फटा तो किस बाबा को दोष दो गे I इस के लिय हम और आप सब दोषी हें, कभी आप ने नजर डाली है जब दिवाली या किस्सी मुहर्त क लिए देवी देवताओं या कोई और तस्बीरें लगते ह और या शोटे शोटे कलेंडर ह उन को उसे करने क बाद फेंक देते हाँ ये भी तो कारण हो सकता ह उन की और किस्सी का दॆहान नहीं है भारतीय जनता पार्टी की वरिष्ठ नेता उमा भरती ने भी एक सम्मेलन में इस बात को स्वीकार किया कि अगर धारी माता का मंदिर विस्थापित नहीं किया जाता तो केदारनाथ में प्रलय नहीं आती। उमा जी आप भो सोच रहीं हाँ की बहन मंदिर बन जाये तो उसका नाम उमा देवी हो जये गा 1 हिमाचल में बादल फटा हे भां पर भी किस्सी बाबा को बिठा दो
·         ४-ऐसे सरे धामों को तुरंत बंद कर देना चाहिए सब ने देख लिया शंकर ने अपने भक्तो का क्या हाल किया छोटे छोटे बच्चे भी नहीं बक्से इस शंकर ने बैसे यह है ही कहा इस के नाम पर पुरे देश में दुकाने खोल राखी है कुछ लोगो ने जो पुरे देश को पागल बनाते है | इस तरह की सभी दुकानों को तुरंत बंद कर देश के टेक्स देने बालो का पैसा सही जगह पर लगाना चाहिए

चार धाम यात्रा के संबंध में भ्रम मिटाएं

चार धाम की यात्रा करते समय हो सकता है कि ज्यादातर लोगों को यह नहीं मालूम हो कि ये चारों धाम कहां हैं और इनकी यात्रा का महत्व क्या है।

हाल ही के प्रचार माध्‍यम के चलते उत्तराखंड में गंगोत्री, यमुनोत्री, केदारनाथ और बद्रीनाथ की यात्रा को ही चार धाम की यात्रा माना जा रहा है जबकि इन चारों की यात्रा करना तो एक धाम की यात्रा ही कहलाती है।

छोटा चार धाम :

 बद्रीनाथ में तीर्थयात्रियों की अधिक संख्या और इसके उत्तर भारत में होने के कारण यहां के वासी इसी की यात्रा को ज्यादा महत्व देते हैं इसीलिए इसे छोटा चार धाम भी कहा जाता है। इस छोटे चार धाम में बद्रीनाथ के अलावा केदारनाथ (शिव ज्योतिर्लिंग), यमुनोत्री (यमुना का उद्गम स्थल) एवं गंगोत्री (गंगा का उद्गम स्थल) शामिल हैं।
हिमालय में तैंतीस हजार वर्ग किलोमीटर में ग्लेशियर फैले हैं जो पूरे हिमालय क्षेत्र के 17 प्रतिशत रहे हैं। गोमुख, मिलम, पिंडारी, खतलिंग व नामिक जैसे उत्तराखंड के हजारों ग्लेशियर पानी की मीनारों का काम करते हैं। हजारों साल पहले गौमुख ग्लेशियर गंगोत्री से मिलता था, लेकिन आज गंगोत्री व गोमुख के बीच की दूरी 19 किलोमीटर है।
पिछले दो सौ वर्षों में गंगोत्री व गोमुख के बीच की दूरी ही नहीं बढ़ी। ग्लेशियर का स्नाउट भी खिसकता जा रहा है। मिलम ग्लेशियर 1828 में मिलम गाँव से दो किलोमीटर पर बताया गया जो अब छः किलोमीटर से भी अधिक दूरी पर है। खतलिंग ग्लेशियर का मुख जो चौकी ताल पर था, अब सात किलोमीटर दूर है। पिंडारी ग्लेशियर भी काफी पीछे चला गया।
सन्‌ 1808 तक गंगोत्री क्षेत्र में गंगा की मूर्ति के पूजन की परंपरा थी, लेकिन यहाँ दस-पंद्रह लोग ही रहते थे। गंगा की मूर्ति के साथ ये लोग भी अपने गाँवों में वापस चले जाते थे। 1981 की जनगणना में गंगोत्री की स्थाई आबादी लगभग 125 के आसपास थी जो आज हजारों तक पहुँच चुकी है। साधु-संन्यासी ही काफी पहले पहुँचे थे। चार धामों में से बद्रीनाथ में ही यह संख्या श्रद्धालुओं के हिसाब से लाख तक पहुँचती थी। अब यहाँ एक हफ्ते में लाख से अधिक श्रद्धालु आते हैं।
बद्रिनाथ धाम : 
हिमालय के शिखर पर स्थित बद्रीनाथ मंदिर हिन्दुओं की आस्था का बहुत बड़ा केंद्र है। यह चार धामों में से एक है। बद्रीनाथ मंदिर उत्तराखंड राज्य में अलकनंदा नदी के किनारे बसा है। यह मंदिर भगवान विष्णु के रूप में बद्रीनाथ को समर्पित है। बद्रीनाथ मंदिर को आदिकाल से स्थापित और सतयुग का पावन धाम माना जाता है। इसकी स्थापना मर्यादा पुरुषोत्तम श्रीराम ने की थी। बद्रीनाथ के दर्शन से पूर्व केदारनाथ के दर्शन करने का महात्म्य माना जाता है।

बद्रीनाथ मंदिर के कपाट अप्रैल के अंत या मई के प्रथम पखवाड़े में दर्शन के लिए खोल दिए जाते हैं। लगभग 6 महीने तक पूजा- अर्चना चलने के बाद नवंबर के दूसरे सप्ताह में मंदिर के कपाट बंद कर दिए जाते हैं।
जगन्नाथ पुरी : 

भारत के ओडिशा राज्य में समुद्र के तट पर बसे चार धामों में से एक जगन्नाथपुरी की छटा अद्भुत है। इसे सात पवित्र पुरियों में भी शामिल किया गया है। 'जगन्नाथ' शब्द का अर्थ जगत का स्वामी होता है। यह वैष्णव सम्प्रदाय का मंदिर है, जो भगवान विष्णु के अवतार श्रीकृष्ण को समर्पित है।

इस मंदिर का वार्षिक रथयात्रा उत्सव प्रसिद्ध है। इसमें मंदिर के तीनों मुख्य देवता, भगवान जगन्नाथ, उनके बड़े भ्राता बलभद्र और भगिनी सुभद्रा तीनों, तीन अलग-अलग भव्य और सुसज्जित रथों में विराजमान होकर नगर की यात्रा को निकलते हैं।

रामेश्वरम : 

भारत के तमिलनाडु के रामनाथपुरम जिले में समुद्र के किनारे स्थित है हिंदुओं का तीसरा धाम रामेश्वरम्। यह हिंद महासागर और बंगाल की खाड़ी से चारों ओर से घिरा हुआ एक सुंदर शंख आकार द्वीप है। रामेश्वरम् में स्थापित शिवलिंग द्वादश ज्योतिर्लिंगों में से एक माना जाता है। भारत के उत्तर में केदारनाथ और काशी की जो मान्यता है, वही दक्षिण में रामेश्वरम् की है।

मान्यता अनुसार भगवान राम ने रामेश्वरम् शिवलिंग की स्थापना की थी। यहां राम ने लंका पर चढ़ाई करने से पूर्व एक पत्थरों के सेतु का निर्माण भी करवाया था, जिस पर चढ़कर वानर सेना लंका पहुंची। बाद में राम ने विभीषण के अनुरोध पर धनुषकोटि नामक स्थान पर यह सेतु तोड़ दिया था।
द्वारका : 

गुजरात राज्य के पश्चिमी सिरे पर समुद्र के किनारे स्थित चार धामों में से एक धाम और सात पवित्र पुरियों में से एक पुरी है- द्वारका। मान्यता है कि द्वारका को श्रीकृष्ण ने बसाया था और मथुरा से यदुवंशियों को लाकर इस संपन्न नगर को उनकी राजधानी बनाया था।

कहते हैं कि असली द्वारका तो समुद्र में समा गई थी लेकिन उसके अवशेष के रूप में आज बेट द्वारका और गोमती द्वारका नाम से दो स्थान हैं। द्वारका के दक्षिण में एक लंबा ताल है, इसे गोमती तालाब कहते हैं। इसके नाम पर ही द्वारका को गोमती द्वारका कहते हैं। गोमती तालाब के ऊपर नौ घाट हैं। इनमें सरकारी घाट के पास एक कुंड है जिसका नाम निष्पाप कुंड है। इसमें गोमती का पानी भरा रहता है।