Friday, October 22, 2021

कम्युनिष्ट र महिलावादीले बुझ्नैपर्ने वैदिक साम्यवाद

कम्युनिष्ट र महिलावादीले बुझ्नैपर्ने वैदिक साम्यवाद:

अल्वर्ट आइन्सटाइनले पनि भनेका छन्– हामी पूर्वीय दर्शनको खोजप्रति एकदमै ऋणी छौं, जसले हामीलाई गन्ती कसरी गर्ने भनेर सिकाए । जुन विना अन्वेषण हुनसक्ने थिएन । ॐ जसरी गणितको जननी भयो, ब्रह्माण्डको व्याख्याको आधार पनि त्यसरी नै बन्यो ।Nepal Press

     


  प्रोट्रोन, इलेक्ट्रोन र न्युट्रोनको कुरा हजारौं वर्षअघि वैदिक ग्रन्थमा उल्लेख छ । भनिएको छ– यो ब्रह्माण्ड मात्र तीन शक्ति सत्व, रज र तमका कारण चल्छ । यी तीन सूक्ष्म शक्तिकै कारण सिंगो ब्रह्माण्ड चलेको छ भन्ने कुरा वैदिककालमै निकालेको खोज हो ।

ॐ शाश्वतसँग जोडिएको ध्वनि हो । जसको आधारमा अहिले ब्ल्याक होलमा जाने बाटो आधुनिक विज्ञानले पनि पत्ता लगाएको कुरा मैले होइन नासाले भनेको छ । त्यसैले पनि ॐ भन्दा हामीलाई आनन्द आउँछ भनिएको छ । साथै संस्कृतमा नै खगोल विज्ञान र जीव विज्ञान सम्बन्धी सबै ज्ञान भएको र कम्प्युटरले अक्षर पढ्न सक्ने अल्गोरिदम सबैभन्दा धेरै संस्कृत भाषामा भएको भन्दै नासामा २५ जना संस्कृतका गुरु राखेर पढाइँदैछ भनेर सार्वजनिक गरेको समाचार त हेर्नुभएकै होला ।

आधुनिक विज्ञानमा पुग्ने बाटो वैदिक खोज थियो भन्ने कुरा शून्य इलेक्ट्रोन, न्युट्रोन र प्रोट्रोन मात्र हैन यस ब्रह्माण्डको उत्पत्ति र यिनीहरू कसरी रहेका छन् भनेर ग्रहको अवस्थाबारे पनि उहिल्यै ऋषिहरूले खोजेका थिए । जसलाई अंग्रेजीमा एस्टोलोजी भनियो । यति मात्र हैन, वैदिक संस्कृति नै हो जसले पूर्णको आविष्कार गर्यो । यही पूर्णलाई बुद्धले शून्य भने । ब्रह्माण्डको यही शून्यलाई वेदले पूर्ण भनेको हो ।

वेदमा भनिएको ॐ पूर्णमदः पूर्णमिदं, पूर्णात् पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय, पूर्णमेवावशिष्यते (बृहदारण्यकोपनिषद्) । अर्थात् ॐ एक पूर्ण सत्य हो जसमा पूर्णबाट पूर्ण थपे पनि या पूर्णबाट पूर्ण घटाए पनि पूर्ण नै बाँकी रहन्छ । यसरी हजारौं हजार साल पहिला ऋषिहरूले विकास गरेको शून्यबाटै अरू अङ्क बनाइएको थियो । जसलाई आधार बनाएर संख्याको विकास गरियो ।

यो कुराको प्रमाणित गर्दै गर्दा अल्वर्ट आइन्सटाइनले पनि भनेका छन्– हामी पूर्वीय दर्शनको खोजप्रति एकदमै ऋणी छौं, जसले हामीलाई गन्ती कसरी गर्ने भनेर सिकाए । जुन विना अन्वेषण हुनसक्ने थिएन । ॐ जसरी गणितको जननी भयो, ब्रह्माण्डको व्याख्याको आधार पनि त्यसरी नै बन्यो ।

जस्तै, आकाश कत्रो छ ? त्यसमा कति आकाश मिलाउन वा छुट्याउन सकिन्छ ? आकाशबाट कति घटाउने वा कति जोड्ने ? जति घटाए पनि वा जोडे पनि त्यो पूर्ण नै रहन्छ ।

०००

मार्क्सले भनेका छन् भन्दै हामी आज समान ज्याला माग गर्दैछौं । ज्यालाको के कुरा मुद्रा पनि बनिनसकेको समाज विकासको शुरू शुरूको बेलामा पनि ज्याला मात्र हैन यस संस्कृतिमा हरेक सीपको समान विकास र सम्मान हुने व्यवस्था थियो । टाढा नजाऔं यही काठमाडौं उपत्यकामा देखिने साम्यवाद हेरौं ।

पढेको नपढेको सबैको सीप समाजले प्रयोग गरोस् भनेर कसैले कसैको काममा हस्तक्षेप गर्न नपाइने बनाइएको थियो । या भनौं सार्कीले जुत्ता सिलाएर गुजारा गरिरहेको काम अर्को कामको मान्छेले गर्न पाइन्नथ्यो । या भनौं जुत्ता सिलाउन पारङ्गत सार्कीको रोजीरोटी धनीले ठूलो लगानी गरेर उसको रोजगारी खोस्न नपाओस् भन्ने कुरा ध्यानमा राखिन्थ्यो । जसले गर्दा नाईको काम अरूले गर्न पाउँथेन, माझीको माछा मार्ने काम, फलामको हतियार बनाउने सीप र आर्जन उसैमा र नङ काट्नेको पेशा अरूले गर्न पाउने थिएन भने वेद पढ्ने र अरूलाई सिकाउने काम पनि निश्चित थियो ।

आजको श्रम विभाजन र व्यवस्थापनमा यी कुरा अमिल्दा होलान्, परिमार्जन गर्नुपर्ला, कामको प्रकृतिले आज पेशाकै आधारमा उँच–नीच भन्न थालियो होला । यो वैदिककालीन संस्कृतिको उपज होइन, समाज विकासका क्रममा बन्दै आएको नयाँ परिभाषाले यिनीहरूलाई उँच–नीच बनाएका हुन् ।

अल्वर्ट आइन्सटाइनले पनि भनेका छन्– हामी पूर्वीय दर्शनको खोजप्रति एकदमै ऋणी छौं, जसले हामीलाई गन्ती कसरी गर्ने भनेर सिकाए । जुन विना अन्वेषण हुनसक्ने थिएन । ॐ जसरी गणितको जननी भयो, ब्रह्माण्डको व्याख्याको आधार पनि 

यसले गर्दा सार्की जुत्ता बनाउनमा, पण्डित पढ्नमा, हतियार बनाउने नकर्मी हतियार बनाउन निपुण हुन्थ्यो । सिकर्मी, डकर्मी, अर्को–अर्को सबै आ–आफ्नो काममा निपुण हुन्थे । ती सबैलाई आफ्नै काममा लाग्न उत्प्रेरित मात्र हैन आजीवन त्यसको सुरक्षा पनि गरिएको हुन्थ्यो ।

यसैले समाजमा हरेक मान्छे आफ्नो सीप साटेर बाँच्दथ्यो । यसरी सीप बाँडफाँड गरेर समानताका आधारमा एउटा समाज चल्दथ्यो । यस्तो साम्यवाद ल देखाउनुस् त संसारभर ? त्यो पनि आज हो र ? समाज विकास भएदेखि चलेको संस्कृति हो, यो । पैसाको विकास नभएको, बजार बस्ने अभ्यास नभएको बेलामा समाजको एक गेडो चामल नखुट्टिने रोजगारी सबैभन्दा राम्रो थिएन ?

साम्यवादको एउटा उदाहरण हेरौं, झण्डै २५०० वर्ष अघिदेखि नै वैदिक दर्शनदेखि हिन्दू, बुद्धिज्मलगायतका सबै विषय पढाइ हुने तक्षशिला, विक्रमशिला र नालन्दा विश्वविद्यालय । जहाँ सबै भाषामा; जुन देशको, जुन जातको आए पनि निःशुल्क पढाएर पठाइन्थ्यो । जहाँ हजारौं गुरु र दशौं हजार विद्यार्थी अध्ययन गर्दथे भनेर उल्लेख भएको पाइन्छ ।

ज्ञान दिने मात्र हैन यसरी पढ्न आउनेलाई चाहिने जति शास्त्र घोडा र गधामा बोकाएर पठाइन्थ्यो रे ! यसरी गधामा बोकाएर लगेको भएर गधाले शास्त्र ल्याउन सहयोग गरेको भन्दै चीनमा गधाको मूर्ति बनाएर राखेका छन् । जुन आज पनि चीनमा अवस्थित छ ।

आज धनीले जग्गा ओगट्दै प्लटिङ गरेर बेच्छ, सुकुम्बासी सधैं अर्काको शरणमा । तर वैदिक शास्त्रले जग्गाको मात्र हैन सम्पूर्ण पृथ्वी सबैको बराबरीको हिस्सा हो भनेको छ । ‘जग्गा मान्छे मान्छेमा भाग नलगाऊँ उत्पादन भएका सामान बाँडेर खाऊँ’ भनेको छ ।

‘अयं निजः परो वेति गणना लघु चेतसाम् उदारचरितानां तु वसुधैव कुटुम्बकम्’ अर्थात् यो मेरो यो तेरो भन्ने भावना सानो चित्त भएकाहरूको हो । उदार चरित्र भएका आत्माहरूका लागि त समग्र भूमण्डल ब्रह्माण्ड एउटै विशाल र सभ्य सुसंस्कृत सौम्य परिवार हो । सिङ्गो पृथ्वीमा कसैको निजी हक हुँदैन । उत्पादित सामान बाँडेर खाऊँ तर पृथ्वी नबाँड भनेको छ । यस्तो साम्यवाद माक्र्सको साम्यवादमा पर्न सक्छ ?

हुँदाहुँदा आज जंगल पनि बाँडफाँड छ । मान्छे मात्र हैन यस संस्कृतिमा एउटा रूख काटे कति रूख रोप्नुपर्ने, जनावर मारे कति धेरै दण्ड हुने व्यवस्थासम्म पनि थियो उसबेला (शिव पुराण, उमा संहिता, अध्याय ११ र १२) ।

०००

आज तपाईंहरूको वादले महिला पुरुष एकै हुन् भन्ने नारा लगाउन लगायो । तर यस संस्कृतिमा आमा अर्थात् स्त्रैणलाई बराबर हैन प्रमुख गुण मानिएको छ । अद्भुत शक्ति भएको हुनाले पृथ्वीलाई नै स्त्री वा जननीको रूपमा हेरिन्छ । भनिएको छ, जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । अर्थात् आमाको काख या आफू जन्मिएको ठाउँ नै स्वर्ग हुन्छ भनिएको छ ।

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः यसै संस्कृतिले दिएको मन्त्र हो । अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् । यी दर्शन मात्र होइनन्, त्यसबेलाका सामाजिक व्यवहार पनि हुन् ।

आजको आधुनिक समाजमा जहाँबाट समानताका कुरा आए, त्यहाँका धार्मिक दर्शनमा संसारलाई समान रूपले हेर्ने सामथ्र्यको त कुरै छोडौं, तिनले महिला पुरुषलाई पनि समान रूपमा हेर्न सक्दैनन् । त्यहाँ पुरुषको शरीरको एउटा करङ हो नारी भनिएको छ । बाइबलमा पुरुष बनाएर उसको करङ निकाली नारी बनाइएको कथा छ (बाइबल, उत्पत्ति २ को २२ र २३) । त्यति मात्र हैन बाइबलमा महिलाले दाँत देखाएर हास्न हुन्न, टाउको खुला राखेर देखाउनु हुन्न भनेर किटेरै लेखिएको छ (पुरानो करार, कोरिन्थी ११ को ५ र १४ पद) ।

कुरान त बाइबलकै अर्को रूप जस्तो हो, त्यहाँका कथा नै बाइबलबाट ल्याइएका छन् । कुरानमा त मोहम्मदले नै नौ जना स्वास्नी भित्र्याएका थिए । चार जना श्रीमती एक जना पुरुषले राख्न पाउँछ भनेर किटान नै गरिएको छ ।

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः यसै संस्कृतिले दिएको मन्त्र हो । अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुशी हुन्छन् । यी दर्शन मात्र होइनन्, त्यसबेलाका सामाजिक व्यवहार पनि हुन् ।

हिमवत्खण्ड संस्कृतिमा महिला भनेर छुट्याइएको पनि पाइन्न । बरु अर्धनारीश्वरको अर्थात् भगवानको सिङ्गो रूप नै आधा पुरुष र आधा महिला हो भनिएको छ (शिव पुराण, अध्याय १६) । वेदमा त अझै प्राणीलाई जीव मात्र भनिएको छ । महिला पुरुष भनेर छुट्याइएको पनि छैन ।

यी भए महिला पुरुषका कुरा । अब विश्वमा विकसित संस्कृतिका धार्मिक चेत हेरौं । हिमवत्खण्डको पनि मुख्य भागमा रहेको नेपालमा मात्र अहिले २२४ जातजातिमा झण्डै १० वटा धर्म विकसित छन् । तर यहाँ कहिल्यै पनि धार्मिक सहिष्णुता नाघिएको पाइन्न । धार्मिक ग्रन्थहरूले पनि कहिल्यै हिंसामा अभिप्रेरित गर्दैनन् ।

ऋग्वेदमा भनिएको नै छ कि तिमीहरू सबै आपसमा मिलेर बस । तिमीहरूको मन, वचन र कर्म एकै होस् र तिमीहरूको बीचमा समानता र एकता कायम रहोस् (ऋग्वेदको दशम् मण्डल सुक्त १९१ मन्त्र २, ३ र४) ।

तर बाइबलले त हिंसाको लागि उक्साएको जताततै भेटिन्छ । एक ठाउँमा भनिएको छ– उनीहरूका देवीका मन्दिर भत्काइदिनू, उनीहरूका चोखा ढुङ्गा टुक्राटुक्रा पारिदिनू । उनीहरूका देवीका मूर्तिहरूलाई काटेर ढालिदिनू, तिमीहरूले अन्य कुनै देवताको पूजा नगर्नू (नयाँ करार, प्रस्थानको ३४ अध्याय पद १३ र १४) ।

०००

बाइबल पढ्दै जाँदा पटक–पटक वेदमा भनिएका कुरा अघि सार्न मन लाग्छ । वैदिक परम्पराले सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग्भवेत् अर्थात् आफू मात्र हैन सबैको कल्याण होस् । यस्तो भन्ने संस्कृतिबाट हुर्किएका हामीलाई यस्ता कुरा इतिहासका हुन् भनेर पढ्न पनि असहज महसूस हुन्छ ।

अर्को जातिकालाई मात्र हैन प्रथम, दोस्रो विश्वयुद्ध जस्ता नरसंहारदेखि एउटै धार्मिक संस्थामा भएका भनिएकाहरू रोमन क्याथोलिक र प्रोटेस्टेन्टहरूबीच तीस वर्ष युद्ध नै गरेर उनीहरूले एकअर्कालाई मारे । अनेक देवता मान्ने हिन्दू, शैवहरूले अहिलेसम्म त्यति मान्छे मारेनन् होला जति एउटा देवता मान्ने इसाइयतमा रहेकाहरूले एक दिनमा मारे । हिरोसिमा र नागासाकी जस्ता शहरहरूमा बम नै खसालेर लाखौं लाख मान्छे मारेको ७५ वर्ष मात्र पुग्दैछ । नाजीको नेता बनेर ६० लाख यहुदी मार्ने हिटलर पनि यही बाइबलका अध्येता नै थिए ।

व्यवस्थाको पुस्तक हेर्नुहोला, त्यहाँ भनिएको छ– हिब्बी, युनानी, परेजी, यमोरी, कनानी, गिर्गासी जस्ता जातिलाई भेट्ने साथ जलाउनू, मार्नू, तिनका छोरीसँग विवाह पनि नगर्नू (व्यवस्थाको पुस्तक, अध्याय ६ १–१६ पद सम्मै हेर्न सक्नुहुन्छ) । किनकि उनीहरू फरक आस्था राख्दथे ।

श्रीमद्भागवत महापुराणमा अनावश्यक धन संग्रह गर्न निषेध गरिएको छ । साथै आफूजस्तै प्रकृतिमा भएका अन्य प्राणीलाई आफ्नै सन्तान जसरी माया गर भनिएको छ । जात, रङ्ग मात्र हैन लैङ्गिक विभेद चरम सीमामा थियो पश्चिममा, त्यो पनि हिजो–अस्ति १८औं शताब्दीसम्म ।

त्यसैले उनीहरूले समाजवाद, साम्यवाद जस्तो नामका वाद जन्माए, हामीले १० हजार वर्षभन्दा अघिदेखि रगतमा लिएर आएको साम्यवादमा अरूबाट आएको साम्यवाद थोपर्न जरूरी छैन । खासमा हाम्रो सभ्यता नै मानव सभ्यताको सबैभन्दा सहज पहिलो र अन्तिम सभ्यता हो ।

यस हिमवत्खण्ड संस्कृतिमा दुई धर्म मान्ने कहिल्यै लडेनन् । बरु ब्रह्मचर्य रहने, हिंसा नगर्ने, मूर्ति पूजा नगर्ने जस्तो आध्यात्मिक दर्शन बोकेर आएको बुद्ध दर्शन पनि शैव दर्शनसँग मिसिएर शैवबुद्ध बन्यो । तर लडाइँ गरेनन् । किनभने हाम्रो संस्कृतिले अरूलाई दुःख दिएर होइन खुशी पारेर परमानन्द प्राप्त गर्न सकिन्छ भनेको छ ।

यस वैदिक संस्कृतिमा म मात्र हुँ भन्ने अहम् भावना त शक्तिमा भएकाहरूमा पनि भेटिंदैन । हाम्रो एउटै घरमा शिवको पनि पूजा हुन्छ, विष्णु, लक्ष्मी, राम, दुर्गा, कृष्ण अनि बुद्धको पनि । त्यति मात्र हो र ? संस्कृति मिसावट भयो भन्ने आफ्नो ठाउँमा होला तर हाम्रा सभ्यतामा भिक्षुहरूले वैदिक संस्कृतिको डोरो बाँधेको देख्न सक्नुहुन्छ । पण्डित, पुजारीहरू स्वयम्भूमा बत्ती बाल्न पुग्छन् । अझ मुक्तिनाथ मन्दिरमा त भिक्षु र पुजारीलाई एकै ठाउँ देख्न सक्नुहुन्छ ।

यसबारेमा मैले केही समयअघि (२०७६ श्रावण, ४ शनिबार, नयाँ पत्रिका ‘झन् नयाँ’मा) मुक्तिनाथमा साम्यवाद शीर्षकमा लामो आलेख लेखेकी छु । योभन्दा अर्को साम्यवाद अर्को के हुन्छ ?

हामी मात्र हैन हाम्रा देवताहरूमा पनि सहअस्तित्वको भावना थियो । हुँदाहुँदा कुनै बेला झगडियाका रूपमा रहेका शैव र वैष्णव सम्प्रदाय अहिले एउटै शिवको प्रतिस्थापनलाई विष्णु र बुद्धको अवतारको रूपमा पुज्छन् । अहिलेका समाजका मान्छे मात्र हैन, हामीले भगवानका रूपमा पुजेकाहरू पनि एकले अर्कालाई सम्मान गरेर समाजमा रहेका थिए ।

हिमवत्खण्ड संस्कृतिमा महिला भनेर छुट्याइएको पनि पाइन्न । बरु अर्धनारीश्वरको अर्थात् भगवानको सिङ्गो रूप नै आधा पुरुष र आधा महिला हो भनिएको छ (शिव पुराण, अध्याय १६) । वेदमा त अझै प्राणीलाई जीव मात्र भनिएको छ । महिला पुरुष भनेर छुट्याइएको पनि छैन ।

शिव पछिका सबैले शिवको उपासना गर्दथे । महाभारतमा पटक–पटक श्रीकृष्णले शिवको उपासना गरेका छन् र अरूलाई पनि उपासना गर्ने सल्लाह दिएका छन् (महाभारत, प्रतिज्ञा पर्व, अनुशासन पर्व) । त्यसैगरी रामायणमा हेर्नुभयो भने राम र रावण दुवै शिवका उपासक भएको कुरा पढ्न पाउनुहुनेछ ।

वैदिक परम्परामा मान्छे मात्र हैन सबै प्राणीको साझा घर पृथ्वी भएको भन्दै एकको हैन सबैको सुख होस्, सबैको कल्याण होस् भन्दै ‘ॐ द्यौः शान्तिरन्तरिक्ष शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्ति वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिब्र्रह्म शान्तिः सर्व शान्तिः’ भनेर सम्पूर्ण ब्रह्माण्डको शान्तिको कामना गरिएको छ (शुक्ल यजुर्वेद, रुद्राष्टाध्यायी, स्वस्ति प्रार्थना मन्त्रोध्याय ११० देखि ११४ श्लोक) ।

सबै हेरेर भन्न मन लाग्छ, शब्दमा साम्यवाद भित्र्याउने माक्र्स जन्मिएको त सन् १८१८ मा हो । तर साम्यवाद यस हिमवत्खण्डमा मानव सभ्यताको विकास सँगसँगै विकसित भएको दर्शन हो । तर हाम्रा नेता हाम्रो सभ्यतामा लाखौं वर्ष अघिदेखि अभ्यासमा रहेको साम्यवादको दर्शन किन पढ्दैनन् र माक्र्सको नाम रटाउँछन् हामीलाई ?

हाम्रै दर्शनबाट सिकेर दर्शन, ज्ञान मात्र हैन हामीबाटै सामान लिएर हामीलाई नै कसरी विकाइरहेका छन् भन्ने कुराको सूची कहाँबाट शुरू गरौं र कहाँ लगेर अन्त्य गरौं भन्ने लाग्छ ।

एउटा उदाहरण हेरौंः युरोप, अमेरिका यस्ता देश हुन् त्यहाँ कि मरुभूमि कि त नौ महिना हिउँ पर्ने भूभाग छन् । जहाँ सिंगो देशमा एकदमै सीमित बोटबिरुवा पाइन्छन् । त्यसैले उनीहरू औषधि बनाउन यहाँबाट सबैथोक लिएर जान्छन् । अनि ट्याबलेट बनाएर प्रयोग गर्छन् ।

हामीले हाम्रै आँगनमा नीमको रूख हुर्काएका छौं र पनि त्यसको पातको निश्चित प्रतिशत मात्र राखेर पश्चिमाले बनाएर पठाएको निम्स किन्न बजार पुग्छौं । यसले पनि हाम्रो चेतको स्तर तय गरेको छ । यस्तै बिजोग राजनीतिमा पनि छ ।

०००

हामीले अभ्यासमा लिएर आएको वैदिक साम्यवादलाई एकठाउँ थन्क्याएर हामी यी माक्र्सले नाम दिएको साम्यवादको रटान लगाइरहेका छौं । अहिले त पत्रकारहरू नै सडकमा आएर आयातितवादको समर्थन र हाम्रो संस्कृतिको विरोधमा खनिएका छन् । यो पनि आँगनमा तुलसी, नीम रोपेर यहींबाट नीम, तुलसी लगेर बनेका ट्याबलेट किनेर खाए जस्तै हो !

पश्चिमबाट आएका तुच्छ सामानले हाम्रा बहुमूल्य कुरालाई सहजै विस्थापित गरेका धेरै कुरा छन् । पित्त, कफ र वाथ नाश गर्ने तामाका गाग्रा र काँसका थाल–बटुका भएका हाम्रो भान्सामा अहिले प्लाष्टिकका भाँडा भित्रनु, मरुभूमिका लागि बनाइएका फ्रिज यस्तो समशीतोष्ण ठाउँका घरघरमा हुनु त्यसका उदाहरण हुन् ।

हुँदाहुँदा हामी हिमालमा फ्रिज राख्न थाल्यौं । किनकि उसको विज्ञापनले हाम्रो चेतमा बिर्को लगाइदियो । यस्तै हुन् अहिले चलेका समानता, साम्यवाद र महिला अधिकारका कुरा पनि ।

हामीले सचेत नभएरै महिला अधिकारका कुरा नउठाएका हौैं र ? पश्चिमा संस्कृतिमा सामूहिक चिहान बनाउने गरी हाम्रोमा महिला हिंसा कहिल्यै भएन । बोक्सी भन्ने हाम्रो समाजमा कहिल्यै थिएन । पहिल्यैदेखि महिलाले हाँकेको समाज हो हाम्रो हिमवत्खण्ड । यहाँ त योगी–योगिनी भन्ने दुवै शक्तिलाई बराबरी मान्ने परम्परा विकसित थियो । हिमालमा पाँच पुरुष राखेर बस्नेदेखि छोरी मात्र भएको परिवारका छोरीले छोरो विवाह गरेर ल्याउने संस्कृति आज पनि अवशेषका रूपमा छ । पहिल्यैदेखि पनि शिव–शक्ति, सीता–राम, विष्णु–लक्ष्मी कहीं छुटेको भेट्नुहुन्छ ?

पश्चिमबाट आएका तुच्छ सामानले हाम्रा बहुमूल्य कुरालाई सहजै विस्थापित गरेका धेरै कुरा छन् । पित्त, कफ र वाथ नाश गर्ने तामाका गाग्रा र काँसका थाल–बटुका भएका हाम्रो भान्सामा अहिले प्लाष्टिकका भाँडा भित्रनु, मरुभूमिका लागि बनाइएका फ्रिज यस्तो समशीतोष्ण ठाउँका घरघरमा हुनु त्यसका उदाहरण हुन् ।

आज एउटा एउटा समुदायमा अन्धविश्वासका कारण बोक्सीको आरोप खप्ने हाम्रो समाजमा अधिकारका कुरा कोरल्न आउने पश्चिमाहरूले दुई खेमाको प्रतिस्पर्धा गर्दै बोक्सी भन्दै चालीस हजार महिलाहरूलाई एउटै चिहान बनाएर जलाएको इतिहास छ । जुन कुरा द गार्जियन पत्रिकाले दुई वर्षअघि मात्र पनि एउटा लामो रिपोर्टमा यो कुरा छापेको छ (ह्वाई युरोप्स वार अफ रिलिजियन पुट फोर्टी थाउजेन विइच टु टेरिवल डेथ, द गार्जियन, ७ जनवरी २०१८) । त्यो बेला पश्चिममा महिला भनेका मान्छे होइन बोक्सी मात्र हुन्छन् भन्थे । त्यसपछि मात्र हामीले बोक्सी भन्ने कुरा सिकेका हौं ।

ढिलै भए पनि पश्चिमाले हाम्रा सभ्यता, भाषा र संस्कृतिबाट धेरै सिकेका छन् । हाम्रोमा संस्कृति, भाषा हराउनै लाग्दा यसबेला पश्चिममा खासगरी युरोपमा वेदको विशेष चर्चा छ । खासमा हिमवत्खण्डमा उत्पत्ति भएको शैव संस्कृति, वेद र उपनिषद् पढ्ने कति धेरै विश्वविद्यालय खुलेका छन् पश्चिममा ।

माक्र्स र लेनिनको फोटो भित्तामा टाँसेर आफ्नै हजुरबाउको नाम पनि भुलिसकेका हामीहरूलाई वैदिक सनातन संस्कृतिको अध्ययन गर्न युरोप जानुपर्ने दिन टाढा छैन । त्यसैले भन्नै पर्छ हजारौं हजार वर्ष पहिले तयार भएर हाम्रो रगत–रगतमा आएको साम्यवादी दर्शनका अगाडि पदमा पुग्नका लागि बनाइएको साम्यवादको नारा फिक्का छन् ।

आविष्कारमा मात्र हैन अध्यात्ममा पनि वैदिक संस्कृतिको अब्बलता संसारभर फैलिएको छ । वेदमा ज्ञान छ, जुन ज्ञानले विज्ञान आफैं बोकेर ल्याएको हुन्छ भनेर क्रिश्चियन स्कूलका पादरी राल्फवाल्डो इमर्सनले भनेका छन् । उनी सत्य बोल्न, सबैसँग प्रेम गर्न, तुच्छतालाई समाप्त गर्न वेदले सिकाउने बताउँछन् ।

राल्फ इमर्सन (१८०३–१८८२) जो हारवर्ड डिमिनिटीमा क्रिश्चियानिटी पढाउने पश्चिमा विद्वान् थिए । जसले बाइबलले दिने संस्कृति अपाच्य भएपछि सबै छोडेर वेद अध्ययनमा मात्र लागेनन् उनले संस्कृत भाषाले बोक्ने संस्कृति नै अपनाएर बसे । उनी भन्नै पनि आफूलाई ‘अहम् ब्रह्मास्मि’ भन्थे । हामी भने हाम्रो वैदिक साम्यवाद चिन्न नसकेर भौंतारिइरहेका छौं ।

त्यसैले आउनुस् आफ्नो माटो अनुसारको संसारको आँखा बनिरहेको हाम्रो सभ्य र सुसंस्कृत वैदिक दर्शन संसारलाई थाहा दिन हातेमालो गरौं । हाम्रो साम्यवाद यही हो ।

( साभार - बिनु पोखरेल , नेपाल प्रेसबाट )

Saturday, October 16, 2021

भ्रष्टाचार उपरको अनुसन्धान ; भुकम्प भन्दा परकम्प ठुलो          



 गोप्य संकेतबाट आएको आदेशानुसार ०४८ / ५/ १ मा  सिलबन्दी रवानापत्र  बुझाइदा  मैले तत्काल बझाङ छोडेर डोल्पातिर लाग्नु परेको थियो । एक हप्ता नेपालगंज कुरेर २४ गते प्लेनबाट डोल्पा उत्रिए । साथी लक्ष्मण हमाल कायममुकायम सिडिओ हुनुहुन्थ्यो । संगै बस्यौ  । लगत्तै आएको अर्को आदेशबाट 21 महिनासम्म त्यहाँ नै प्रमुख जिल्ला अधिकारी बनेर बस्न बाध्य पारियो । डोल्पामा पहिलोपल्ट रक्तचाप जाँचेको त १५०/१९२ पुगेको रहेछ । यसै कालखण्डको केहि सदाचार/दुराचारका संस्मरणलाइ केहि हरपमा  बेरेर यस आलेख मार्फत सार्बजनिक गरेकोहुँ ।  
डोल्पा नेपालको सबभन्दा धेरै भुभाग ओगटेको र महाकाली अंचलभन्दा पनि ठुलो जिल्ला हो । अहिले पनि त्यहाँका अधिकांश पालिकाहरु भक्तपुर भन्दा ठुला छन् ।  त्यसबेलाको जनसंख्या २२०४३ मा १०% साक्षरता र सरदर ५० बर्ष औसत आयु थियो  । सदरमुकामबाट सबभन्दा टाढाको फु गाउ ८४ कोष टाढा पर्थ्यो । भोट र खसान क्षेत्रको संगम मानिने यो जिल्लामा बहुदलिय शासन ब्यबस्थाको पहिलो स्थानिय निर्बाचन गराउने निर्बाचन अधिकृतको जिम्मेवारी पनि मलाइ नै तोकिएको थियो  ।   भेरि किनारमा टुक्रुक्क बसेको सदरमुकाम दुनै ठ्याक्कै दुनो जस्तै लाग्थ्यो । पन्चायतकालिन ऐेन कानुन प्रतिस्थापन गर्ने नयाँ ऐन कानुनहरु प्राय: बनेकै थिएनन । प्रजातन्त्रका लागि लडे भिडेको भनिएको नौलो नेतृत्व पन्चायति हुकुमी शैलीको सिको गरेर राज्य संचालन गर्ने अभ्यासमा थियो । नयाँ आबरणमा देखिने स्थानिय बहुदलीय भिडलाइ समन्वय गर्ने काम चुनौतिपुर्ण हुन्थ्यो । सानो ठाउमा सानै कुरा पनि ठुलो महत्वको मानिन सक्थ्यो ।
  यस्तैमा कुनै दिन मालपोत कार्यालयमा 8000 को राजस्व रसिद काटेर 800 मात्र बैंक जम्मा गरि बाँकि रकम  लिनु खानु भएको भनी बेनामि उजुरि आयो । मालपोतको श्रेस्ता हेरियो, सम्बद्ध सेवाग्राहि झिकाइ सक्कल रसिद बरामद गरियो । हो, रहेछ । यौटो मरन्च्यासे मुखियाले सात हजार दुइ सय  गोलमाल गरेको देखियो । निजलाइ झिकाइ बयान गराउदा प्रष्ट प्रमाण  र साबिति बयानले अनुसन्धान त सकियो नै । पानिको सतहमा देखिने हिउँको सानो डल्लो पानि भित्र बिशालकाय हिमखण्ड पनि हुन सक्छ भन्ने मान्यतामा थप अनुसन्धान भनि अभियुक्तलाइ तारेखमा राखियो ।    भिन्नै जस्तो जिबन दृष्टि भएका दुर्गम भेगहरुको सम्बेदनशिलता अर्कै हुन्छ । त्यसै पनि यि चिसा ठाउँहरुमा त  " आगो हातले समाउनु पर्ने र पानी चिम्टाले तान्नु पर्ने " स्थान मानिन्छन् । स्थानिय राजनैतिक नेता र सरकारी कारिन्दाहरुका दलिय क्याम्पबाट बिबिध प्रतिकृया आउन थाले । आलेप र मलेप परिक्षणको नाममा रातो निलो मसि लगाएर यस्ता फाटफुट केशहरुको रुजु/बेरुजु गरे गराएको फुटकर दुष्कर्महरु पनि उद्घाटित भए  । सिकारु मुखियाको भने पहिलो पहिलो प्रयासमै ढुंगा लागेको रहेछ । 
तुलनात्मक रुपमा यो सानो रकमको हेराफेरिबाट मरेका मुर्दा उखेल्ने यो उपयुक्त समय  थिएन ।  त्यस बेलासम्म नेपालको सम्बिधान 2047अनुसार गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ आबश्यक पर्ने ऐन कानुन बनि सकेका थिएनन् । भ्रष्टाचारका मुद्दा चल्ने भनिएको बिशेष अदालत गठन भएकै थिएन । संक्रमणकालिन अन्तरिम ब्यबस्था अन्तर्गत साबिक भ्रष्टाचार नियन्त्रण एेन अन्तर्गतको बिशेष प्रहरिको कार्यबिधि नै प्रभाबी थियो । अर्को ब्यबस्था नभए सम्म बिशेष अदालतमा दायर गर्नु पर्ने भ्रष्टाचारका मुद्दा हेर्न जिल्ला अदालतलाइ काम तोकिएको थियो । अर्थात बिशेष प्रहरी अधिकृतको हैसियतमा भ्रष्टाचारको अनुसन्धान गर्नु पर्ने र निश्चित  अोहदासम्मका कर्मचारिमाथि जिल्ला अदालतमै मुद्दा हाल्नु पर्ने अवस्था थियो ।   
  
डोल्पाको परिबेश बिचित्रको थियो । कानुनले गर्न नहुने नानाथरि बिचित्रका हर्कत भै रहन्थे । दारी काटने साधारण ब्लेड प्रयोग गरेर अायुर्बेदको बैद्यले एक जना महिलाको गलगाँडको अपरेशन नै गरि दिए । धन्न , निज बैद्य 15 दिनसम्म ठाडो हाजिरमै बसेको अवधिमा बिरामिलाइ बिशेक भएकोले बैद्यलाइ छोडनु पर्ने स्थिति आयो ।  बृक्षारोपण गर्ने भनेर बनपालेको नाममा मोटो रकम पेश्की राखि जिल्ला बन अधिकृतले नै टाप ठोक्नु भयो । यस बारे गोरखापत्रमा सुचना निकालेपछि बिरगन्जको बैंक मार्फत सात महिनामा रकम त जम्मा भयो, थप कारवाहि बारे जानकारी नै भएन । जिबिसबाट आबको अन्तसम्म काम हुन नसकेका केहि योजनाको रकम झिकेर एलडिओ लगायतले ' काम भएपछि मात्र भुक्तानी दिने' सर्तमा ब्यक्तिगत खातामा राखेको समेत भेटियो । यि प्रतिनिधि उदाहरण मात्र हुन ।   
  यहाँ सन्दर्भ सात हजार दुइ सय हेराफेरि मात्रको छ । अनुसन्धानको क्रममा निज मुखिया खूरुखुरु तारेखमा  आउनु हुन्थ्यो, लुरुलुरु जानु हुन्थ्यो । नाना थरि भनसुन र दबाब सामान्य कुरा भए ।   एक दिन कार्यालय समय पछि प्रहरिको पहरा छल्दै पछाडी पट्टिको पर्खाल नाघेर मेरो निबासमा एक जना महिला छिरिन । मेरो श्रीमति र बच्चाहरु संगै थिए । मुल गेटबाट आउदा पनि समस्या थिएन । हाम्रो लागि यो अप्रत्यासित नै थियो । कुरा बुझ्न उनलाइ बैठक कोठामा बसाल्यौ । उनी तिनै मुखियाकी श्रीमति रहिछन् । उनको मासु मदिराको चल्तिको होटेल भएको थोर बहुत जानकारी मलाइ थियो । एक बोटल रक्सी र केहि पकाएको मासुको  ' कोसेली '  ल्याएकि रहिछन । हाकिमहरु प्राय: एक्लै बस्ने सदरमुकाममा म परिवार सहित छु भन्ने 'बिचरी' लाइ थाहा नै रहेनछ ।   हामीले  अमिलो मुख लाएको र कोसेलि बुझ्न इन्कार गरेको कारण उनी हतास त भइन नै, यसरी बिना सुचना प्रबेश गरेकोमा चेतावनी समेत पाउदा हडबडाएर रुन थालिन् । रुन्चे स्वरमा भनेका उनकै शब्द अनुसार "त्यो सोझो लोग्ने काठको बार मात्र हो । सारा ब्यबहार होटलको कमाइबाट उनले नै चलाउछिन । जागिरले वहाँको खर्च पनि धानेको जस्तो लाग्दैन् । त्यो नौकरीका कारण जेल नेल भएमा अरुले के भन्लान भन्ने चिन्ताले दुख सुनाउन आएकि हुँ । दन्ड सजाय जे जति हुन्छ, तिर्न तयार छु । जिल्ला बाहिरको मानिस हुँदा यहाँ आफनो कोहि पनि छैन । सबैले रिस गर्छन । जेलनेल गरेर ससाना बच्चाहरु टुहुरा न बनाइयोस् ।  यहि बिन्ति चढाउन यसरी आएकि हुँ । माफि पाउँ ।"  खुट्टा समातेरै रुन थालेपछि  सम्झाइ बुझाइ बाहिर पठाए । यसपछि निबासको पछाडि पनि सुरक्षा प्रबन्ध मिलाए । यसरी ' पोथी बास्न थालेको' यो घटना यतिकै सकियो ।  
तर यसपछिका घटना चक्र फरक खालका देखिए ।   तारेखमा आउदा ति मुखियाको बोलाइमा अक्खडपन थपिदैछ भन्ने सुचना आउन थाले ।  झुकेर नमस्कार गर्दाको साबिक साठिको  डिग्री समेत नब्बेतिर सर्कन थाल्यो ।  हुँदा हुँदा एक दिन त उनले मुखै फोरेर बोलि बङ्ग्याए ।   ' मेरो यो सानो मुद्दामा कति दिन तारेख बोक्नु ,हजुर । भुलचुकमा भएको सानो तिनो गल्ति हो । कस्ता कस्ता भ्रष्टाचार ठुला बडाले गरे गराएकैछन। मेरो मुद्दा अदालतमा जावस, हजुर । हारे हार्छु, जिते जित्छु । यसरी ढिलो गरि दुख दिनु भएन । '  अनुहार हेरे । गल्दै गएको त्यो भंगिमा अर्रो भए जस्तो लाग्यो ।   ' चाँडै निर्णय हुन्छ । अहिले तारेखमै बस्नु ।,  मैले त्यस दिनको कुरा त टुङ्ग्याए । तर त्यो राति निन्द्रा परेन । पक्का कसैले खिचडी पकाउन थाल्यो भन्ने एकिन भयो । तर त्यो को हो, एकीन गर्न सकेन । 
  यो सानो कुरा अब अहमको सवाल बन्दै गयो ।  थप सुचनाहरु बटुल्न थालिए  ।  यस्तैमा जिल्ला प्रहरी प्रमुखले पनि असहयोग गरेको जस्तो लाग्यो । बार्षिक नेकिबदि बिबरण तयार गर्नका लागि प्रहरिका थाना/चौकिका इन्चार्जहरुको नामनामेसि सहितको बिबरण पठाउन पत्र लेख्दा बिभागिय आदेश बेगर जनशक्तिको बिबरण दिन नमिल्ने ठाडो लिखित जवाफ पो पठाए। केहि दिनपछि आयोडिन नुन र खाद्यान्न समेतको माँग र आपुर्तिको लागि जिल्लाभरिको कर्मचारीको लिस्ट तयार गर्ने क्रममा पनि निश्चित फरमेटमा लगत राख्न कार्यरत सबै दर्जाका प्रहरीहरुको नाम र कार्यरत निकाय समेतको बिबरण माग्न पत्र पठाउन लगाए । दोस्रो दिन नै मागेको जतिको बिबरण प्राप्त भयो । यसपछि काठमाण्डौको धुम्बाराहिमा कानुनी फर्म चलाएको समेत बताउने ति डिएसपिलाइ कार्यालयमै बोलाएर   " माथिका दुइ पत्रबाट बेग्लाबेग्लै तात्विक अर्थ लाग्न गयो, कुन चाहि पत्र सच्च्याउनु हुन्छ ? , भनेर सोधे । उनले अमुक सइको गल्तिले यो बिबरण आएको बताए । मैले दुबै पत्र गृह मन्त्रालय मार्फत प्रहरि हेडक्वार्टर पठाएर गल्तिको निर्क्यौल गराउने बताएपछि उन्ले यो सानो कुरालाइ यति ठुलो नबनाइदिन अनुरोध गरे । यसै क्रममा उनको असहयोगको 10/12 वटा बस्तुगत तथ्यमा छलफल गर्दै जाँदा उनी गल्दै गए, कुरा खुल्दै गयो। ति कुरा सान्दर्भिक भए पनि लामा भएकाले यहाँ उल्लेख नगरौ ।  
 काठमाण्डौकै सिनामंगल निबासी जिल्ला न्यायाधिश र चावहिलतिरका सहायक प्रमुख जिल्ला अधिकारी समेतको तत्कालिन गठबन्धनलाइ बर्दिया दरबन्दि भै  काजमा डोल्पाको सिडियो बनेको परपश्चिमेलि पाखेलाइ दबाबमा राख्ने या दरबन्दिमा फिर्ता पठाउने भनेर साँझ अबेर दुनैको मत्ताउने झोलपानी र सितन सेवनसंगै छलफल चल्दो रहेछ । यदाकदा प्रहरी प्रमुख पनि त्यहाँ पुग्दा रहेछन् । यो जमघटमा 'रसद' को आपुर्ति भने माथि उल्लेखित भद्र महिलाको होटेलले गर्दो रहेछ । फैशला गर्ने अधिकारीसम्म पहुँच भएपछि अरु मतलब हुने कुरै भएन । अझ बजारु हल्लामा ति महिलाले सिडिओ मार्फत केस मिलाइसकेको भन्ने हुइया समेत सुनिन थाल्यो ।   राजधानीको यो सदरिया ग्रुपको त्यो सक्रियताले उहि धातुले बनेको म गाउँलेलाइ पनि केहि गर्नै पर्ने गरि थप हौस्यायो । भ्रष्टाचारको घटनामा  वास्तविकता छानबिन गर्ने र हेर्ने अधिकारी नै तगारो लाउन थालेको देखिन आयो । मेरो अनुपस्थितिमा कामु भएर काम गर्दा काम गर्दा सहयोग नगर्ने र प्रतिकुल व्यवहार भएकाहरुलाई पो उत्कृष्ट काम गरेको भनी सिफारिस गरि पठाइएको रहेछ । गृह सचिबज्यूसंग नै कुरा गरेर सो कारवाहि सच्याए । स्थिति शीतयुद्धमा बदलियो । यो सानो अनुसन्धानको काम अब मेरालागि ठुलो परिक्षा बन्यो र तनाव निम्तिदै गयो ।   जिल्ला सरकारी वकिलको राय लिए । मुद्दा जिल्ला अदालतमा पठाउनको बिकल्प थिएन र भ्रष्टाचार प्रमाणित भएमा नौकरी जानुको पनि बिकल्प थिएन । तर मुद्दा चलाउन अघि बिभागिय कारवाहि पनि गर्न सकिन्थ्यो ।  
  धेरै सोच बिचार गरे ।   भ्रष्टाचारका बिभिन्न परिभाषाको थुप्रो र भ्रष्टाचार नियन्त्रण बारेका  प्रतिबेदन/दस्ताबेजका ठुल्ठुला ठेलिको निष्कर्ष अद्यापि बौद्धिक बहसका बिषय हुन सक्छन । मलाइ लाग्थ्यो, जनता नै जनार्दन हो । उ न भ्रष्टाचार गर्छ,न गर्न चाहन्छ । ब्यक्ति बिशेषलाइ पदिय आबरणले भ्रष्टाचार गर्न सिकाउछ, सघाउछ । यो दुष्कर्म समुहगत भएमा अचेलको भाषा अनुसार 'सेटिङ' शुरु हुन्छ । त्यसैले भ्रष्टाचारको महामारी रोक्न एकाङ्की  लक्षणमा होइन, कारणमा उपचार नगर्दासम्म यो रोग फैलिदै जान्छ । भ्रष्टाचार उक्लिने भ-याङ सफा गर्ने हो भने माथिबाट नै बढार्नु पर्छ ।   " दिनमा जुन काम गर्दा रातिमा शान्तिले सुत्न सकिन्छ, त्यहि नै सदाचार हो " भन्ने  प्राच्य मान्यतामा मेरो बिश्वास थियो,छ । सदाचारको विपरितार्थक शब्द दुराचारको अर्को नाम नै भ्रष्टाचार हो भन्ने मानेको थिए । किन किन, म पनि एक दुइ राति छटपटिए ।   जे होस्, आखिर कुरा ठोकिन्थ्यो उनै मुखियामा । मुद्दा फर्छ्यौट गर्नै पर्थ्यो । मुद्दा चलाउने कि नचलाउनेमा निर्णय गर्नै पर्ने भयो ।  आखिरि तारेखमा निज मुखियाको दरोसंग ततिम्बा बयान लिए । 24 घन्टाको म्याद दिइ " सामान्यतया अयोग्य नठहरिने गरि नौकरिबाट अबकाश किन नदिने " भनेर सपष्टिकरण सोधे । सो को जवाफ आएपछि अर्को दिन दोस्रो सपष्टिकरण लिए । लगत्तै बडो कठोर मन गरेर अप्रत्यासित नै हुने गरि निजलाइ अबकाश पत्र बुझाए ।  तत्पश्चात एकपल्ट त्यो पत्र पढेर मात्र खल्तिमा राख्न निजलाइ अह्राउदा उनी बडो डीठ र लापर्वाह भएर पत्र पढन लागे । तर पढदा पढदै ऊसका हात खुट्टा काम्न थालेका  प्रष्टै देखिन्थ्यो । आखिरमा रून्चे भएर लरबरिएको मधुरो स्वरमा प्रश्न गरे ।  " यो के भयो ? अब मैले के गर्नु पर्ने हो? "  
" पत्रमा प्रष्ट कुरा छ, नौकरि गयो । बाँकि कुरा कानुनी सल्लाह दिनेहरुले बताउलान ।"
  " मुद्दामा फैशला हुन जिल्ला अदालतमा आउछ भन्थे त, हजुर! " 
 " अब जिल्ला अदालतमा जानु पर्दैन । बरु मेरो निर्णय बिरुद्ध अंचल अदालत जुम्लामा अपिल गर्नु होला । तपाइ मुद्दा जित्नु हुन्छ ।"  
" जिल्लामा पठाउदा हुँदैन ,हजुर "  
" सेवाबाट अवकास दिए, सजाय भै गयो नि। अदालत किन कुर्नु । त्यस्तै अपिल गर्दा जुम्ला आउजाउको सास्ति पनि सजाय नै हो । यि अप्रत्यक्ष सजाय हुन् । कुन सजाय भोग्छौ तिम्रो खुशी । " 
 उसको अनुहार हेर्दै दया लाग्दो देखियो । जागिर सानो होस कि ठुलो, बर्खास्तिको ब्यथा सबैलाइ बराबरि त होला ।  आँशू लुकाउदै उ लुरुलुरु हिडेपछि मलाइ पनि दिक्क लागि रह्यो ।  
त्यसै साँझ घटेको एउटा सामान्य घटनाको उल्लेख नगरि यो लेखाइ पुरा हुँदैन् ।  यो मुद्दामा फैशला दिने भनि तोकिएका अधिकारी मेरो निबासमा आउनु भयो । बेला बखतका जमघटहरुमा छडके भेट भए पनि बिरलै मात्र वहाँ निबासमा पस्नु हुन्थ्यो । त्यो पनि प्राय: कोटाको चावल सकिएपछि थप कुपन माग्नको लागि मात्र । सामान्य हिसाबमा कोटाले महिना दिन पुग्थ्यो । तर केहि "चतुर" कर्मचारि  कोटाको चामलबाट होटलवालाहरुलाइ पोसेर ' गुन ' लाउथे रे । अनि बिभिन्न बहाना बनाएर थप चामलको कुपन माग्न आउथे ।   तर त्यो दिन ति श्रीमानले चेस खेल्न आएको कुरा बताए । म तासभन्दा चेसलाइ प्राथमिकता दिने भएकोले होला, उनले पनि यो खेल रोजेको । बोलचालमा हामी एक अर्कालाइ श्रीमान भनेर नै सम्बोधन गर्थ्यौ । खेलान्तमा उनले नै प्रसंग झिकि हाले ।  
" श्रीमान! आज त हजुरको अड्डाबाट ठुलै कानुनी गल्ति भएछ नि ! "  
" के भएछ ? श्रीमान ! " मैले पनि प्रति प्रश्न गरे ।  
" लोक सेवाको सहमति बेगर नै एक जना कर्मचारीलाइ अवकाशको सजाय भएछ , नि !"  
" ए, त्यो त मैले जानी जानी गरेको गल्ति हो श्रीमान । " 
 " किन र ? " श्रीमानले साश्चर्य सोधि हाले ।  
" सात हजारको भ्रष्टाचारमा कति लेखापढि गर्नु ,हजुर । अवकाश दिइयो, टन्टै साफ । कानुनी झमेला ब्यहोर्दै  अपिल गरेर जुम्लाबाट मुद्दा जितेमा पनि पाएको हैरानी प्रकारान्तरले सजाय भन्दा कम्ति हुने छैन । अनि...यो सानो कुरामा श्रीमानलाइ पनि किन लठारो दिनु र...म कानुनमा अल्पज्ञानी छु । प्रशासनिक निर्णय गरियो । यसमा कुनै दुरासय छैन , कानुनी लडाइ लडदै गरुला नि,श्रीमान ! । "   
यो जवाफसंगै श्रीमानको अनुहारको रंग फेरिदै गयो । चेस खेल्नै छाडेर उनी बिदा भए ।   
  ×××××  यस पछि पनि धवलागिरिको उत्तरि पाखोबाट प्रशस्तै पानी बगि रह्यो । राजतन्त्र सकियो । नयाँनयाँ शासन ब्यबस्थाको अनुभब गरियो । कैयौ एेन कानुन खारेज भए,बदलिए ।   माथिको घटना घटेको बर्षमैं  नीजामति सेवा नियमावलीको २९ औ संशोधन हुँदा करीब ८०० कर्मचारीले अवकाश पाए ।  बढुवाका स्थापित आधारहरु फेरिए । अनुभव , दुर्गम बसाई, तक्मा बिभुषण, अनुसन्धानात्मक कृति, विशेष जिम्मेवारीका नम्बर हटाएकोले म पनि सारै मर्कामा परे । फलत: बढुवा हुन सात बर्ष ढिलो भयो । एसएलसी पछिको पढाईमा ५ बर्ष ढिलो भएकै थिए । कुल मिलाएर जीबनमा १०/१२ बर्ष म पछाडी परेको पर्यै भए । शायद यो  मैले पाएको अप्रत्यक्ष सजाय थियो ।   यि सजायहरुलाइ नियति मानेर पनि चित्त बुझाउन सकिन्छ । सजाय हैन , नियति । नियतिलाइ तर्कले सम्झन सकिदैन, यसलाइ स्विकार्नै पर्छ ।  
अन्तमा फेरि भ्रष्टाचार अनुसन्धानका केहि फुटकर कुरातिर जाउ ।   
बाँकेमा काम गर्दा खजुरा स्थित कपास बिकास समितिले खुल्ला बजारबाट कुनै सुचना बेगर आर्थिक नियमावलि बिपरित एक करोडको किटनाशक औषधि खरिद गरेर भ्रष्टाचार गरेको आशंकामा अनुसन्धान गर्न मलाइ अस्थायि बिशेष अधिकृत तोकिएको थियो । त्यो औषधिको नमुना झिकाइ किराहरुमा खन्याउदा समेत केहि असर गरेको थिएन । औषधि खरिद गर्न आदेश दिने कार्यकारि अध्यक्षलाइ एक पटकमा बढिमा दश हजार मात्र खर्च गर्ने अधिकार थियो । महाप्रबन्धकलाइ जिम्मेवारिबिहिन बनाइ आफु कार्यकारि अध्यक्ष भएका महानुभावसंग यस बारेमा मौखिक जानकारि माग्दा उनले भनेका थिए ।  " अमुक ब्यक्ति सत्तामा रहेसम्म तपाइको पुरुषोत्तमले समेत मलाइ केहि गर्न सक्दैन । निज सत्तामा नरहे मेरो पद पनि रहने छैन । त्यसैले तपाइलाइ जानकारि दिन आबश्यक छैन । जे सक्नु हुन्छ, गर्नोस । "  त्यस बखत पुरुषोत्तम नाम गरेका ब्यक्ति बिशेष प्रहरिको प्रमुख अधिकृत हुनुहुन्थ्यो । वहाँले समेत हल्लाउन नसक्नेलाइ म के गर्न सक्थे र ? 
मैले भनेको थिए ।  " मलाइ थाहा छ, तपाइ जस्ता ठुला बडालाइ कारवाहि गर्ने अधिकार मसंग छैन । तर यसै घटनामा पनि साना कर्मचारि दोषि  देखिन सक्छन । निजहरुको समेत रक्षा कबच बनिदिने महान कार्यको लागि धन्यबाद । म मेरो प्रतिबेदनमा यहि कुरा लेखिदिन त सक्छु नि ।"  कुर्सि फनक्क घुमाएर अघ्यक्षज्यु बायाँ फर्कनु भयो । एकछिन घोरिनु भयो । फनक्क दायाँ फर्केर एक जना अधिकृतलाइ बोलाएर भन्नु भयो ।  "वहाँले मागेको बिबरण उपलब्ध गराइ दिनु होला ।  मलाइ समेत बोधार्थ पठाउनु होला । "  अनि फटाफट बाहिरिनु भयो । हामीले बिबरणका कागजात बोक्यौ र फर्क्यौ ।   तर दोस्रो दिन वहाँबाटै मलाइ फोन आयो ।  " लेखाले हेर्नुपर्ने आर्थिक नियमावलीले नमिल्ने खर्चको सिमाभन्दा बढि खर्च भएछ । यसलाइ नियमित गर्न के गर्नु पर्ला भनेर सुझाव हामीलाइ पनि दिनु पर्ला नि, बिशेष अधिकृतज्यू !"  
" नियमावलि संशोधन गर्न सक्ने अधिकार प्राप्त बोर्डबाट नै समर्थन गराउन पर्छ कि ,हजुर " मैले छोटो जवाफ दिए ।  " ल,बोर्ड बोलाउछु।" फोन काटियो । नभन्दै चारवटा मन्त्रालयका सचिबहरु समेत सदस्य तोकिएको बोर्डको बैठक तामझामका साथ केहि दिनमै नेपालगन्जमा बस्यो र यो एकपल्टको  लागि बढि खर्च भएको भनिएको एक करोड सजिलै समर्थन भयो । यो अपर्झट बैठक र खरिदको औचित्यमाथि प्रश्न नै उठेन ।  त्यसै कपास बिकास समितिको बर्दिया स्थित कपास कारखानामा शंकास्पद आगलागि हुँदा त्यहाँको सोभियत सरकारबाट सहयोग स्वरुप जडित अरबौको कारखानाका मेशिनरि काम नलाग्ने भै लिलाम गर्नु पर्ने भयो रे । ति समानको मुल्यांकन गर्ने समितिमा मलाइ पनि सदस्य तोकियो । मैले प्राबिधिक प्रतिबेदन नलिइ मुल्यांकन नगर्ने अडान लिए । मुल्यांकन समितिको दुइटा मात्र बैठक बसेको थियो । नेपालगन्जमै कार्यरत एक जना मेकानिकल इन्जिनियर मार्फत एकल मुल्यांकन भै कवाडको हैसियतमा सो मिल आनन फानन कुनै ' कवाडि ' लाइ बेचि सकेछन । तत्कालिन शक्तिशाली ' राजनेता ' का साँख्खै भाइ पर्ने मेरा साथी यि इन्जिनियर लगत्तै एउटा सरकारी संस्थानका जिएम र पछि  बाणिज्य दूत समेत बन्न भ्याए ।  मैले यो सब ब्यहोरा तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा समेत जाहेर गर्दाको प्रतिक्रिया यि शब्दमा पाएको थिए ।  
" कानुनी राज्यमा बलियो कानुनी फन्दा कसेर मात्र हामी कारवाहि गर्न सक्दछौ । यसकालागि आयोग पनि समर्थवान हुनु पर्छ । बिधायन निकायले नै छिद्र छाडेर कानुन बनाएमा हामी के गर्न सक्छौ र । तर कार्वाहि संगै सतर्क/सचेत गराउने काम पनि हाम्रो हो । त्यत्रा मै हुँ भन्नेलाइ पनि सतर्क सचेत त गरायौ नि । अहिलेलाइ यहि काफी छ । र यसको लागि तपाइलाइ पनि धन्यबाद छ ।"  
यस्तै धन्यबाद बटुल्दै बिभिन्न निकायमा घुम्दै शायद 064 सालतिर म स्वास्थ्य सेवा बिभागमा काम गरिरहेको थिए । सिन्डिकेटहरुले चलाएको यो निकायमा बस्दा कुनै सक्रिय भुमिकामा नभए पनि संगठन र ब्यबस्थापनको काम मेरो जिम्मामा थियो ।   एक दिन डोल्पा जिल्लाका माननीय सभासद सहितको प्रतिनिधिमन्डलसंग कार्यकक्षमै छलफल गर्ने मौका जुर्न गयो । डोल्पाको स्वास्थ्य समस्या र स्वास्थ्यकर्मीहरुबारे छलफल भयो । सभासद समेत केहि जना  चिनजानकै थिए । अरुसंग परिचय आदानप्रदान गरियो । एक जना त माथि यो लेखमा बर्णित उनै डोल्पेलि महिला पो रहिछन । जागिर छुटेपछि दुबै जनाले राम्रोसंग होटेल चलाएका रहेछन् । ति महिला एउटा पार्टिको महिला फाँटमा जिल्लास्तरिय नेता बनि सकेकि रहिछन । अर्थात वहाँ चुनावी टिकटको दावेदारमा गनिने महिला हुनुहुँदो रहेछ ।  
 "यति लामो भेटपछि डोल्पेली मायाको चिनो के दिउँ त, हजुर!" जाने बेला उनले भनिन् र एक सानो पोका ओखरको गुदि र एक पाकेट छुर्पि मेरो टेबलमा राखिन्। धन्यबाद भन्दै मैले त्यो सामान स्विकारेपछि मुस्कुराउदै उनले ब्यङ्ग कसिन्।  
"जे दिदा पनि लिन नचाहने मान्छे अचेल त  पाए जति खुरुक्क खाने पो भएछन् ,है। "  
"मायाले दिदा त जे पनि खाइन्छ नि । कर बलमा पारि बाध्य बनाएर लिनु खानु गरे बात लाग्छ भनेर पो नखाएको हो । " 
उनि हाँसिन ।  
 " मेरा सुब्बा सा,पले पछि पो सप्पै बताए , हजुर । अर्काका कुरा सुनेर मेरै बुढाले बिगारेका । हजुरले भनेका कुरा बल्ल बुझ्दैछौ । हामी हजुरलाइ सम्झि रहन्छौ । "  
निश्छल, उन्मुक्त भावले हँसिलो मुख मुद्रामा महिला टिम गयो । यो कथाका अर्का पात्र ति मरन्च्याँसे मुखियाको हालखबर बुझे पछि मैले पनि हाइ सन्चो महसुस गरे ।   
असौज 5, 2078 । बैतडी