Wednesday, February 24, 2021

कपिलवस्तु गणराज्य

                  साभार-      शीतल गिरीज्युको फेेेेेेसबुक भित्ता                                                                               विक्रमसंवत् आरम्भ हुनु शताब्दीयौँ पूर्व जनकपुर सभ्यता विकसित भएको थियो । त्यसैको समकालीन नभए पनि केही कालपछि कपिलवस्तुमा शाक्य सभ्यताको आरम्भ भएको थियो । प्राचीन कालको त्यो कपिलवस्तु राज्य हाल ५ नम्बर प्रदेशको तौहिलवा जिल्लामा पर्दछ । कपिलवस्तु राज्यको राजधानी तिलौराकोटमा पर्दथ्यो । कपिलवस्तुको नामकरण कपिल ऋषिको साधनास्थलबाट भएको कुरा हालसम्म स्वीकार भएको छ । कपिलमुनिले कहिले त्यहाँ आश्रम बनाएर साधना (तपस्या) गर्न थाले र कहिले समाधिस्थ भए त्यो कुरा भने खास थाहा पाइएको छैन । सोही समयको कुरो हो । कोशलदेशमा इक्ष्वाकु (ओछाक) वंशीय राजाको शासन थियो । त्यहाँको राजाले आफ्नी जेठी रानीका छोराछोरी हुँदाहुँदै पनि कान्छी पत्नी ल्याए । ल्याउनु के थियो कान्छी पत्नी तर्फबाट पनि छोरा जन्मिए । कान्छी पत्नीसँग विवाहपूर्व गरेको सम्झौता अनुसार उनका सन्तानलाई आफ्नो उत्तराधिकारी घोषित गरिदिए । त्यतिले मात्र चित्त नबुझेर ती राजाले जेठीका सन्तानलाई निर्वासित गरिदिए । निर्वासित भएका जेठी रानीतर्फका सन्तान भौतारिदै कपिलमुनिको आश्रममा आए । त्यस समयमा सो क्षेत्र घना जङ्गलले जेलेको थियो । बाँच्नको लागि साथ चाहिन्छ । कपिल ऋषि र कोसल देशका राजकुलका निर्वासित सदस्य एक अर्काका सहारा बने । यस बारेमा कुनै शंका छैन राजकुमारहरूको पराक्रम र कपिल ऋषिको सल्लाहले जङ्गल फडानी हुन थाल्यो । राम्रो कुरा हो । सो समयमा आखेट र कृषिनै जीवनको आधार थियो । ‘अम्वत्त सूत्तदीघ्घनिकाय’ अनुसार कोसल देशका राजकुलका निर्वासित सदस्य जङ्गलमा भौँतारिदै कपिलमुनिको आश्रममा आश्रय लिएका थिए । यस कुरालाई ‘सुमङ्गल विलाशिनी’ तथा ‘दिव्यावदन’ जस्ता ग्रन्थले पनि अनुमोदन तथा समर्थन गरेका छन् । यसैगरी महावस्तु ग्रन्थको १ः३५१– ५२ सूक्तमा पनि यस कुरालाई जोड दिँदै शाक्यमुनिका पुर्खा बाजेहरू जङ्गलको कपिल ऋषिको नजिक साकेतबाट आएर बसेको वर्णन छ । शाक्य शब्द साकेतक्षेत्रबाट आएका क्षत्रियहरूका आधारबाट बनेको भान हुन्छ । कपिल ऋषिले उनीहरूलाई आश्रममा बस्न र जङ्गल फडानीगरी बस्ती बसाल्न अनुमति दिएकोले त्यही बसे । कसै कसैको भनाइ अनुसार त्यस जङ्गलमा शालका वृक्षहरू प्रशस्त भएका र साकेतबाट आएका राजकुमारहरूले फडानी गरेकाले दुबै आधारबाट पनि उनीहरूलाई ‘शाक्य’ क्षत्रियवंशी भन्न थालियो । उनीहरू कट्टर सनातनी आर्य हुनाले राजकाज गर्दा काटमार र बलिपूजासमेत गर्दथे । कपिलमुनिले तपस्यागरी सुप्रसिद्ध आदिम मानिने साङ्ख्यदर्शन अनुसन्धान गरी कालव्यतीत गरेपछि बस्ति गुल्जार भएका कारणले त्यो राज्यको नाउँ कपिलवस्तु रहन गयो । सुत्तनिपातनामक बौद्ध ग्रन्थमा केही ब्राह्मणहरूले भने अनुसार कोशाम्बीबाट साकेत, श्रावस्ती, सेतभ्य, कपिलवस्तु, कुशिनारा, पावा हुँदै वैशाली पुगिने कुरा उल्लेख छ । त्यसैगरी विनयपिटकले पनि कपिलबस्तुबाट वैशाली जाने मार्गको वर्णन गरेको छ । कपिलवस्तु राज्य पश्चिममा राप्ती नदीसम्म कोशलराज्यसँग सिमाना जोडिएको थियो । कोलीय जातिसँग शाक्यहरूको पूर्वमा रोहिणी नदीले विभक्त गरेको थियो । त्यस राज्यको उत्तरी सिमाना हिमालयको काखसम्म थियो भने दक्षिणतिर भागीरथी नदीसम्म फैलिएको थियो । श्रेष्ठ मानिस थिए शाक्य, उनीहरूको सम्मुखमा जातीय अभीमानको रक्षा यानी रक्त शुद्धि कायमराख्नु रहेको थियो । शाक्य कुलकालाई वाल्यकालदेखी नै अभीजातीय ज्ञान, युद्धकला र जीवनोपयोगी शिल्पको शिक्षा दिनेगरेको थियो र सोही कारणले शाक्य कुलको चर्चा चौतर्फि थियो । एक अर्कालाई सहयोग, गणतन्त्रको रक्षा गर्दै कुलको इज्जत जोगाएर जीवन बिताइरहेका थिए । शाक्य महिलाहरू थिए । सबै इज्जतदार थिए । यस विषयमा मैले भन्नुपर्ने कुरो केही छैन । कपिलवस्तु राज्यभन्दा पूर्वतिरको कोलीय राज्य ज्यादै शक्तिशाली थियो । कपिलवस्तुमा विशाल सहरहरू थिए । कुटुम, खोमदुस्स, मेतमलुप, रामग्राम, सन्तुमारा, सीतावती, सकारा आदि । शाक्यहरूका ३०,००० परिवार थिए भने त्यहाँको जनसङ्ख्या पनि पाच लाखभन्दा बढ्ता थियो । गणतन्त्रात्मक शासनपद्धति अपनाएका शाक्यहरूले आफ्नो राज्यको राजधानी कपिलवस्तुलाई बनाएका थिए । उनीहरूको शासन सञ्चालन गर्ने केन्द्रलाई सन्धागारशाला भनिन्थ्यो । राजधानीबाट विभिन्न ठाउँमा पुग्ने राजमार्गहरू निर्माण गरिएका थिए । शाक्य राजाहरूले कपिलवस्तुमा राज्य गरेको कुरा थाहा भएर पनि कति पुस्तादेखि राज्य गर्दै शुद्धोदनका पालासम्म कायम रही आयो भन्ने जानकारी पाइएको छैन । प्रष्टसँग किटेर भन्न सक्ने प्रमाणको अभावमा अनुमानको भर पर्नुपरेको छ । प्रमाण पाइएमा अवश्य प्राग्इतिहास मन पराउनेहरू प्रसन्न हुनेछन् । प्रमाण खोज्न, प्रयत्न गरेकाहरूले प्रमाण भेट्टाएमा सुख– संतोष प्राप्तगर्ने नै छ । यो अहिले नै भन्ने कुरो भने होइन । जसले तत्कालीन परिस्थितिको सही विश्लेषण गर्न सक्छ, उसले प्रमाण फेलापार्न सक्ने संभावना छ । केही मानिस साधनामा रमाउँछन्, यानी आफ्नो कार्यप्रति इमान्दार हुन्छन् । अर्काथरीका मानिस हावामा झटारो हानेर लाभ लिन पल्केका छन् । साधना गर्नको निम्ति केही श्रम गर्नै पर्छ । विक्रमपूर्व ६८० मा कपिलवस्तुको लुम्विनी वन (लोमडी वन) मा सिद्धार्थ गौतमको जन्म भएको थियो । उनै गौतमले कपिलमुनिको दर्शनबाट बुद्धत्व प्राप्त गरेर बुद्ध बनेपछि जनकपुरको पनि भ्रमण गरेका थिए । सो समयमा जनकपुरक्षेत्र (विदेह) बज्जि गणराज्यको एक अङ्ग थियो । जनकपुरका विदेहवंशका अन्तिम राजा कराल बहुलाश्वको राज्य पतन भएपछि त्यहाँ विदेहराजवंशको शासन अन्त्य हुन पुग्यो । अस्टकुल बज्जिसँघ ध्वस्त भएपछि त्यहाँ पालवंशीय राजाहरूको शासन आरम्भ भयो । अष्टकुल बज्जिसँघको एक अङ्ग विदेहरहेको कुरा प्रमाणको आधारमा बौद्धिक विवेक भएको जसले पनि सहर्ष स्वीकार गर्ने नै छ । प्रमाणको आधारमा यथार्थ स्वीकार्नु भनेको लज्जाको विषय बन्न सक्दैन । भावुकताले भनेको कतिपय कुरालाई समाजले सम्मान गर्दछ । लोकमत बनाउने र यथार्थ प्रकट गर्ने अन्वेषक वौद्धिक जगतको विभूति हो । पालहरूले कति समय जनकपुरलाई आफ्नो अधिकार क्षेत्र अन्तर्गत राखे भन्न सकिएको छैन । पालहरूले शासन गर्नुभन्दा पहिले विदेह बज्जिसङ्घ अन्तर्गत रहेको प्रमाण पाइएको छ । प्रमाणको आधारमा भन्ने हो भने कपिलवस्तुमा शाक्यवंशीय शुद्धोदन नामक एक यशस्वी गणपति थिए । शुद्धोदनका पाँच दाजुभाई थिए भने अमिता नामकी बहिनी पनि थिइन् । गणपति शुद्धोदनले कोलीय राजा अञ्जानका छोरीहरू महामाया र प्रजापतीसँग विवाह गरेका थिए । कपिलवस्तुका शाक्यहरूमा सन्तान अलि ढिलो हुने गथ्र्यो । धेरै वर्षको प्रतीक्षापछि जेठी रानी महामायाको कोखबाट सिद्धार्थको जन्म भयो । उनै सिद्धार्थको विवाह यशोधरासँग भएको थियो । सिद्धार्थ गौतमकी माता महामाया र पत्नी यशोधरा दुबै कोलीय गणराज्यकी कुमारी थिइन् । सिद्धार्थका राहुल नामक पुत्र पैदा भएपछि उनी तपस्या गर्न भनी २९ वर्षमा राजदरबारका सुख, सुविधा, शक्ति, सम्पत्ति सारा बस्तुत्याग गरेर हिँडे । राजा शुद्धोदनले गणतन्त्रात्मक पद्धितिबाट गद्दी आरोहण गरेका र उनीपछि को राजा हुन्छ भन्ने निश्चित थिएन । इतिहास केलाउँदा शुद्धोदनपछि उनैका भाई भद्दीय त्यसपछि उनका पनि भाइ महानाम जस्ता राजाहरूले कपिलवस्तु राज्यको शासन सञ्चालन गरेको पाइन्छ । कपिलवस्तु राज्यका निर्वाचन र गहन निर्णय काष्ठशलाका पद्धतिको मतगणनानुसार हुन्थ्यो । मलाई यस पद्धतिमा शङ्का छ, यस वृत्तिबाट समस्या पूर्णरूपले समाधान हुन्छ भन्ने कुरामा । विधि प्रस्ताव ज्ञाप्तिको आवश्यकतानुसार चार वाचन हुन्थ्यो । वैठकमा छलफल र कुरा प्रस्तुत गर्न कुनैलाई रोकछेक भने थिएन । राष्ट्रको अधिवेशन खुला हुन्थ्यो । न्यायालयमा पनि पूर्णस्वतन्त्रता थियो । न्यायाधीशको सङ्ख्या आठ जनाको हुन्थ्यो । प्रत्येक व्यक्तिले आफ्नो बहस आफैं गर्न पाउँथ्यो । कार्वाही गर्नुपूर्व गणपूर्ति हुनुपथ्र्यो । गणपूर्ति गर्न गणपूरक अधिकारीको बन्दोबस्त गरिएको हुन्थ्यो । गणपूर्ति गर्नेबेला राष्ट्राध्यक्षलाई गन्ने चलन थिएन । राष्ट्राध्यक्ष शाक्यवंशीय सदस्य निर्वाचनपद्धतिबाट हुन्थ्यो । जनप्रतिनिधिहरू दुई प्रकारका मतदाताबाट छानिन्थे । जेठो छोरा राजा हुने नियम नभएर पनि निर्वाचनमा विजयी हुन सकेमा राजा हुन पाउने प्रावधान थियो । केवल राज्यमा योग्य शासक चयन गर्नका निम्ति निर्वाचन गरिन्थ्यो । शुद्धोदनका जेठा छोरा सिद्धार्थ योग्य हुनाले निर्वाचनबाट उनैलाई राजा वरण गर्थे होला तर उनले राजकाजपट्टिको मनसुवा गरेनन् । त्यसबेला कपिलवस्तुमा ज्यादै अशान्ति र उथलपुथल रहेको कुरा थाहा पाइन्छ । सिद्धार्थकी पत्नी यशोधरा कोलीय गणनायक शुप शुद्धकी पुत्री एवम् देवदत्तकी बहिनी थिइन् । विगतको कुरा लेख्नबस्दा सत्य छुटने र असत्य लेखिने डर रहन्छ । विगतको कुरा वर्तमानको आँखाले हेर्नुपर्ने हुन्छ, जसले पनि भोगेको त वर्तमान मात्रै त हो । वर्तमानमा टेकेर, आधार बनाएर विगत लेख्न बसिन्छ । यो भनेको लेखकले आफूलाई अति संयमित बनाएर केलाउनु पनि हो । साधनारत लेखकसङ्ग तथ्य एकदम थोरै हुन्छ, त्यसलाई आफ्नो क्षमताले पूर्णतादिने प्रयत्न गर्छ । लेखक अतितसँग जोडिएको हुन्छ, असत्यसँग डराउँछ । क्षणीक फाइदाको लागि विगतको तथ्य पूर्ण सत्यलाई असत्य बनाउने खेल खेल्दैन । सिद्धार्थको न्वारानका ज्योतिष अशित ऋषि थिए । गौतम बुद्धको जन्मस्थल लुम्बिनी जङ्गलमा भई तिलौराकोट कपिलवस्तुको राजधानी भएको सबभन्दा ठूलो प्रमाण अशोक स्तम्भ रहदा रहदै पनि केही भारतीय व्यक्तिबाट भ्रम छर्ने काम रोकिएको छैन । भारतका श्रीकृष्णमुरारी श्रीवास्तवले ‘कपिलवस्तु उत्तरप्रदेश भारतको बस्ती जिल्लाको पिप्रहवामा पर्दछ’ जस्तो मीथ्या कुरा गर्न पछि परेका छैनन् । यसैगरी २५ फरवरी १९९७ इं को ‘दैनिक जागरण’ हिन्दी पत्रिकाले— सुजौलीक्षेत्र भगवान बुद्धको मावलीघर देवदह हो भनी छापेको छ । बुद्धकालीन समृद्ध सहर कपिलवस्तु कसरी नष्ट भयो भन्ने कुरा पनि रोचक छ । राजा प्रशेनजितका उत्तराधिकारी श्रावस्तीका राजा विडुडभले कपिलवस्तुलाईध्वस्त पारेका थिए । शाक्यहरूले झुक्याएर आफ्नी दासी वाशभाखात्तीयको विवाह प्रशेनजितसँग गराइदिएका थिए । यिनै वाशभाखात्तीयबाट विडुडभको जन्म भएको थियो । शाक्य आफूलाई उच्च कूलको भएको गर्व गर्थे र शुद्धता कायम राख्न प्रशेनजीतले शाक्य कुमारीसँग विवाह गर्ने प्रस्ताव पठाउँदा यो छल गरिएको थियो । आफ्नो मावलीमा गएका समयमा विडूडभले यो सत्य थाहा पाएको थियो । आफ्नो मावलीकूल शाक्य नभएर निकृष्ट जातको भएको थाहा पाउँदा रिसाएका विडूडभ आफ्नो राज्यमा फर्केर आफ्ना बुवालाई अपदस्तगरी राजपाठ हत्याए । त्यही रिसमा कपिलवस्तुमाथि आक्रमण गरे । विडूडभको व्यवहार अराजक थियो । उच्च जात भनी घमण्ड गर्नु शाक्यको लागि धेरै महंगो प¥यो । शाक्यहरूको विनाशकको रूपमा बिरूडभलाई लिइन्छ । कपिलवस्तु ध्वस्त पारेर पनि उसको जीत भएन । कपिलवस्तु सहरमा आगजनी ग¥यो, त्यहाँ भेट्टाइएका शाक्यहरूको हत्या गरिदियो । विडूडभको दुइ पटकको आक्रमण गौतमबुद्धले बचाएका थिए, तेस्रो पटकमा शाक्यहरू पनि लड्न तयार भएकोहुँदा ऊनले रोक्ने प्रयास गरेनन् ।

कृष्णका पत्नी र छोराहरू अनि राधाको प्रसंग

 


सञ्जय साह मित्र २०७७ फागुन १० गते १२:५० मा प्रकाशित
1.1kShares
facebook sharing button
twitter sharing button
email sharing button

सञ्जय साह मित्र,

कृष्णलाई धेरैले भगवान मान्ने गर्दछन्।कृष्णले आफूलाई कैयौँ ठाउँमा भगवान नै भनेका छन्।सर्वसाधारण तथा राजा–महाराजाहरुले पनि कृष्णलाई भगवान स्कीकार गरेका छन्।हिन्दु धर्मशास्त्रले कृष्णलाई विष्णुका दश अवतारमध्ये एक मानेका छन्।विभिन्न देशमा भगवान भनेर पूजित कृष्णको जन्म जेलमा भएको थियो।उनको जन्म इसापूर्व ३११२ मा भएको मानिन्छ,यसलाई आधार मान्ने हो भने कृष्णको जन्म भएको करिब ५१३२ वर्ष भएको मान्नुपर्ने देखिन्छ।हिन्दु धर्मशास्त्रले मान्ने गरेको तथा अहिलेसम्म ग्रामीण धार्मिक समाजमा प्रचलनमा रहेको चार युगमध्ये द्वापर युगको सबैभन्दा मुख्य घटनाको रूपमा महाभारतलाई मानिएको छ।महाभारत युद्धमा मुख्य नायक कृष्ण नै थिए र यदि साहित्यको दृष्टिकोणले हेर्ने हो भने पनि विश्वकै सबैभन्दा ठूलो प्राचीन महाकाव्य मानिएको महाभारतका नायक कृष्ण नै हुन्।

कृष्णले बाल्यकालदेखि नै धेरै सङ्घर्ष गर्नुपरेको थियो।कृष्णलाई आदर्शीकरण पनि गरिएको छ।कृष्णको बारेमा धेरै चर्चा भएको पाइन्छ।विश्वका कुनै पनि हिन्दूले कृष्णलाई सजिलै चिन्दछन् तर कृष्णका सन्तानको बारेमा कमैले जानकारी राख्दछन्।

कृष्णका आठ पत्नी थिए।आठ जना सित कृष्णले विधिवत विवाह गरेका थिए । आठ पत्नीलाई सम्बोधन गर्न शास्त्रमा अष्टभार्या भन्ने गरिएको पाइन्छ । आठ पत्नीको बारेमा विभिन्न ग्रन्थहरु स्पष्ट छन्।सोधीखोजी गर्दा कृष्णका जेठी पत्नी रुक्मिणी हुन्।यसै गरी कुनै सूर्यवंशीकी पुत्री कालिंदी,अवन्तीराजकी कन्या मित्रविंदा,अवधपति नग्नजितकी पुत्री सत्या,जाम्बवानकी पुत्री जाम्बवती, केकयराजका दुई छोरीहरु भद्रा र रोहिणी,मद्रराजकी कन्या सुशीला, सत्राजितकी पुत्री सत्यभामा र शैब्यराजकी पुत्री लक्ष्मणा कृष्णका अन्य पत्नीहरु हुन्।कृष्णको कसरी यत्ति धेरै बिहे हुन पुग्यो त ? यसको उत्तर जान्न त त्यही युगमा पुग्नु पर्दछ तर पनि कृष्ण आफ्नो युगका नायक थिए,वास्तवमा उनी महानायक थिए।कतिपय बिहे उनले युद्ध जितेर गरे।कतिपय कन्याले मन पराएर बिहे गरे वा युद्धमा पराजित राजाले आफ्नो छोरीलाई पालन गर्ने वचन लिएर छोरीको हात दिए।यसरी कृष्णका अनेक पत्नी थिए भन्ने सामाजिक कथन पनि रहेको छ अहिलेसम्म।सम्भवतः यसै कारण कृष्णलाई यसै पनि प्रेमको अवतार मान्ने गरिएको छ।

कृष्णको जीवनमा अधिकांश पत्नीहरुले ठूला सहयोग गरेका छन्।ती प्रसंग र सन्दर्भअनुसार तिनीहरुको भूमिकाको स्मरण हुन्छ।कृष्णका पत्नीहरुमध्ये सत्यभामालाई लागेको थियो उनलाई कृष्णले सबै पत्नीहरुभन्दा बढी माया गर्दछन् ।यो उनको भ्रम थियो।यो भ्रम हुने कारण यो पनि थियो कि सत्यभामाकै सहायताले कृष्णले नरकासुरको बध गरेका थिए।वास्तवमा कृष्णले पनि यो कुरा बुझेका थिए,यसैले उनले एक सन्दर्भमा सत्यभामालाई यो कुरा स्पष्ट पारिदिएका छन्।यथार्थमा कृष्ण सबै पत्नीलाई समान प्रेम गर्दथे।

कृष्णका पत्नीहरुबारे केही अन्यौल रहेजस्तै उनका पत्नीबाट कतिवटा पुत्रहरु प्राप्त भए भन्ने विषयमा त्यत्ति धेरै स्पष्ट भएको पाइन्न।कृष्णका कति पुत्र थिए भन्ने विषयमा कृष्णका विषयमा जति स्पष्ट छन् त्यत्ति स्पष्ट उनका छोराहरुको विषयमा भने भएको देखिन्न।कृष्णका आठ पत्नीबाट असी पुत्र प्राप्त भएको उल्लेख कतै कतै भेटिन्छ।

कृष्ण र रुक्मिणीका प्रद्युम्न, चारुदेष्ण, सुदेष्ण, चारुदेह, सुचारु, चरुगुप्त, भद्रचारु,चारुचन्द्र,विचारु र चारु गरी दश पुत्र थिए।कृष्ण र जाम्बवतीका साम्ब, सुमित्र,पुरुजित,शतजित,सहस्त्रजित,विजय,चित्रकेतु,वसुमान,द्रविड र क्रतु गरी दश पुत्र थिए।यसै गरी कृष्ण र सत्यभामाका भानु,सुभानु,स्वरभानु,प्रभानु, भानुमान,चन्द्रभानु,वृहद्भानु,अतिभानु श्रीभानु र प्रतिभानु गरी दश पुत्र थिए।यसै गरी कृष्ण र कालिन्दीका श्रुत,कवि,वृष,वीर,सुबाहु,भद्र,शान्ति,दर्श,पूर्णमास र सोमक गरी दश पुत्र थिए।यसै गरी कृष्ण र मित्रविन्दाका वृक,हर्ष,अनील, गृध,वर्धन,अनद,महांस,पावन,वहिन र क्षुधि गरी दश पुत्र थिए ।कृष्ण र लक्ष्मणाका प्रघोष,गात्रवान,सिंह,बल,प्रबल,ऊध्र्वग,महाशक्ति,सह,ओज र अपराजित गरी दश पुत्र थिए।यसै गरी कृष्ण र सत्याका वीर,चन्द्र,अश्वसेन, चित्रगुप्त,वेगवान,वृष,आम,शंकु,वसु र कृति गरी दश पुत्र थिए।यसै गरी कृष्ण र भद्राका संग्रामजित,वृहत्सेन,शूर,प्रहरण,अरिजित,जय,सुभद्र,वाम,आयु र सत्यक गरी दश पुत्र थिए।

कतिपयले कृष्णले विधिवत विवाह गरेका आठ पत्नीबाट असी छोराको जन्म भएको कुरालाई मान्दै के पनि थपेका छन् भने उनका थप छोराहरु पनि थिए। तर यसबारे विस्तृत बताएका छैनन्।उनका भित्रिया पत्नीहरुबाट पनि थप सन्तानोत्पन्न भएको सङ्केत गरिएको हुन सक्छ।

कृष्ण जीवित छँदै उनका धेरै पुत्र मारिएका थिए । महाभारत समाप्त भएको करिब ३६ वर्षपछि कृष्णका धेरै पुत्रहरुको एकापसमा लडाइँ भएर मृत्यु भएको थियो ।
कृष्णका पुत्रहरुबारे त धेरै जानकारी पाउन सकिएको छ।उनका पुत्रको संख्याबारे मतभिन्नता भने अवश्य रहेको छ तर कृष्णका कतिवटा छोरी थिए?यसबारे जानकारी पाउन निकै मुस्किल रहेको छ तर कृष्ण र रुक्मिणीबाट एक पुत्रीरत्न प्राप्त भएको भने धेरै ठाउँमा उल्लेख रहेको पाइन्छ।कृष्ण र रुक्मिणीको पुत्रीको नाम हो – चारुवती।सम्भवतः चारुवतीलाई चारुमति पनि भनिएको पाइन्छ वा चारुवती र चारुमति गरी दुई पात्र पनि हुन सक्छन्।

कृष्णका पुत्रहरुमा प्रद्युम्न,साम्ब,सट,सारण र गद निकै प्रसिद्ध भए । यिनीहरु इतिहासमा निकै प्रसिद्ध छन्।कृष्णका नातिहरुमा अनिरुद्ध र वज्रको प्रसिद्धिको चर्चा पनि पाइन्छ तर अन्य पुत्र तथा नातिहरुबारे खासै धेरै चर्चा वा उल्लेख गरिएको पाइन्न।

कृष्ण र राधाको प्रसंग
कृष्णको नाम जहिले पनि राधासित जोडिन्छ।राधा कृष्णको बाल्यकालको साथी थिइन्।११ वर्षको उमेरमा राधासित दुई दिनपछि फर्केर आउँछु भनेर गएका कृष्ण कहिल्यै फर्केर आएनन्।८० वर्षपछि झन्डै ९१ वर्षको उमेरमा कृष्ण भएकै ठाउँमा राधा पुगेकी थिइन्।त्यत्तिखेर महाभारत युद्ध सिद्धिसकेको थियो।महाभारत युद्ध सकिएको केही समयपछि युद्धभूमिको भयंकर अवस्थालाई देखेर विह्वल र विक्षिप्त बनेका थिए।

कृष्णलाई राधाले भेटेपछि त्यहीँ प्राणत्याग गरेकी थिइन्।सामान्य वार्तालाप भएको थियो दुई बीच।दुवैले जीवनको त्यो घडीमा आफ्ना बाल्यकाललाई सम्झेका थिए। दुवैले सुन्दर बाल्यकाललाई सम्झेर एकअर्कालाई नदेखाउने वा नदेखिने गरी अश्रुधार चुहाएका थिए । दुवैले रोएके दुवैले थाहा पाइसकेका थिए।आँखा देख्न नसक्ने भइसकेकी राधाले कृष्णको सबै कुरा देखिरहेकी थिइन्।राधाको देहत्यागले कृष्ण झन् असह्य वेदनाले छटपटिएका थिए।

माथि नै भनिएको छ – इसापूर्व ३११२ तिर कृष्णको जन्म भएको थियो । महाभारतका वास्तविक नायक कृष्णको उमेर महाभारतको समयमा करिब ५६ वर्षको थियो अर्थात् महाभारत युद्धको समयमा कृष्णको उमेर ५६ वर्ष रहेको बुझिन आउँछ र महाभारत समाप्त भएको ३५÷३६ वर्षपछि इसापूर्व ३०२० तिर कृष्णको देहावसान भएको मानिन्छ।

कृष्णलाई कुनै व्याधाले हानेको तीर लागेर मृत्यु भएको थियो।र अन्त्यमा,कृष्ण आफैँमा एक संघर्षको नाम पनि हो । कतिपय विद्वानले यो पनि भनेका छन् कि कृष्ण यस्तो ऐना हो जहाँ अगाडि जसले जस्तो रुप लिएर उभिन्छ त्यस्तै अनुहार देखा पर्दछ रे । कृष्ण कूटनीतिज्ञ, राजनीतिज्ञ, योद्धा, सारथि, साथी, गुरु, परम ज्ञानी, असल शिष्य हुन्।कृष्ण शासक पनि हुन् र शासित पनि । अत्यन्त धेरै सहन सक्ने प्रतिभावान पनि हुन्।आफूलाई हदैसम्मको दयावान पनि देखाएका छन्।कृष्णलाई कैयौँका प्रिय वा प्रेमी पनि मानिन्छ।द्वापरमा मात्र होइन, कलियुगमा पनि मीरालाई कृष्णले दर्शन दिएको कुरा पनि सुनिन्छ । मोहिनी अवतार पनि कृष्णले लिएको मानिन्छ अर्थात् कृष्णमा यो गुण थियो कि उनीप्रति दुनिया मोहित हुन्थे ।कृष्णको धार्मिक,आध्यात्मिक तथा दार्शनिक विचार आज पनि उत्तिकै महत्वपूर्ण छन्।उनका वाणीबारे आज पनि अध्ययन भइरहेको भनिन्छ । कृष्णले दिएको उपदेशहरुको संग्रहलाई संसारले गीताको रुपमा पूजा गर्ने गर्दछ । गीतामा सबै दर्शन पाइन्छ भन्छन्।यो विज्ञानको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण रहेको मानिन्छ।गीताको ज्ञान हासिल गर्ने व्यक्ति अद्यपर्यन्त विद्वान मान्ने चलन रहेको छ।विश्वका विभिन्न देशमा गीताको आधिकारिक पढाइ हुने गर्दछ। हिन्दु धर्मबाहेकका धर्मावलम्बीहरुले पनि गीतालाई उच्च कोटिको ज्ञान दिने पुस्तकको रुपमा स्वीकार गरेका छन् र कृष्णलाई श्रद्धा तथा सम्मान गर्ने गरेका छन्।

कृष्णलाई नेपाल पनि आएका थिए।कृष्ण अहिलेको रौतहटको भूमिमा पनि पाइला टेकेका थिए।रौतहटमा रहेका शिवालयमध्ये एकमा पूजा गरेका थिए भन्ने विश्वास पनि गरिन्छ।कृष्णको नेपाल यात्रा र रौतहट बसाइँ पनि महत्वपूर्ण पक्ष हो।कुनै एक दिन यस विषयमा स्पष्ट पार्ने प्रयास गर्नेछु।

1.1kShares
facebook sharing button
twitter sharing button
email sharing button

प्रतिक्रिया

Wednesday, February 3, 2021

* ईजा कि मैँमा..*

 


 

पहाणमाइ देवीका रूप थिन ईजा,  
गर्मीमाइ छाया जाड़िमाइ धूप थिन ईजा,                                                             
 ईजा थिन रे ब उजालो हुन्थ्यो अनरामणिलै,
 ईजा थिन रे ब हाँसि खुशी औथि परिवारमाँइ ।।                                        
 ईजा थिन रे झोल भात थ्यो 
 ईजा थिन रे चुड़कानिमाँइ स्वाद थ्यो ,                                                                         
 ईजा थिन रे बुरौजमाँइ रंग थ्यो , 
ईजा थिन रे त्यार वारमाइ उमंग थ्यो ।।                                                                  
 ईजा भया ब मनका दु:ख टणाऽ पठौन्थिन ,
 हमरा ईजा घरकि धूरि जसि होइरन्थिन,                                                
  ईजा गंगोत्री जसि थिन , ईजा जमुनोत्री जसि थिन,
 ईजा सबैनकि एक धरती हुन एक अग्गास हुन ।।                            
  ईजा यमुना हन्, ईजा गंगाकि धार हुन् , साँच्चि ,
 जबसम्म ऊन रइन, तबसम्म साजि मौ छन ,                                     
 हमरा ईजा सत्यनारायणज्यूका कथा हुन्, 
ईजा गया सर्ग लोक , मनमाँइ ब्यथाइ ब्यथा छन।।                                    
  बँजानी धुराका धारा हुन ईजा, चन्ना सुर्जे, ध्रुबतारा हुन ईजा,                                                                                    ईजा थ्या रे ब मेरो बाटो साफ थ्यो , 
ईजा थ्या रे ब मेरि गल्तिमाँइ माफ थ्यो ।।                                                           
 ईजा आफुइ तपस्या आफुइ भकती हुन् , 
साँच्ची उनरा आशिकमाइ भौतै शक्ति थिन् ,                                                
  ईजा थिन रे हमरा खेतमाँइ हरियाली थि ,
 ईजा थिन रे घरमणि साल भर धिनाली थि ।।                                             
 घरकि श्रृंगार हुन् ईजा, 
खुशी मन की बहार थिन् ईजा,                                                                                        
  ईजा छन भण्या काँणालै फूल छन, 
ईजा छन भण्या ढूँगालै धूल छन ।।                                                                       
 **                                                                                        **                                                                         ( बिजय मिश्रको " इजा भक्ति " शिर्षकको कुमायुनि कबिताको डोटेलि भावानुबाद )