Thursday, June 28, 2018

फेरकल्ली ( कथा)


( मझेरी डटकमबाट साभार गरिएको २१ मसान्त चार शिर्षक दिएर प्रकाशित यो कथा प्रख्यात साहित्यकार तथा पुर्ब प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट लेखिएको हो । तस्बीर सौजन्य- गुगल ) 
रिस उठेको बखत् कसै कसैले नन्दीलाई फेरकल्ली पनि भन्ने गर्छन्, यस शब्दका दर्ुइवटा अर्थ हुन्छन् एक घुमन्ते र दर्ुइ- यस क्रममा धेरै पति बनाइसकेकी आइमाई । नन्दी पक्कै घुमन्ते हो तर भ्रष्ट चरित्रकी होइनन् । उसले आफ्नो इच्छाले अर्को पुरुषलाई बरण गरेकी छैन, बलात्कारको शिकार भएकी रहिछे भने त्योचाहिँ उसको आफ्नो इच्छा र चाहनाको कुरा होइन । भगवान् अन्तरयामी छ, त्यसैले उसलाई विश्वास छ कि मरेपछि भगवान्को अदालतमा ऊ निश्कलंक निस्किने ठहरिने छे । हो ऊ एक ठाउँमा अड्केर बस्न भने सक्तिन, यताउति डुल्दै रहन्छे, स्थिर भएर बस्न उसको खुट्टामा बसेको शनि चक्रले दिँदै दिन्न । कसैको आश्रयमा बस्न हुँदो रहेनछ भन्ने कटुअनुभव ऊसित छ । सनातनी कर्मकाण्डी पिताको घरमा ऊ जान सक्तिन, आफू जन्मेका यी केही गर्खाहरू छाडेर अन्त कतै जाने उसको मन छैन । महाकाली र सेती नदीको बीचको भू-भाग नै उसको भ्रमणस्थल हो । ऊ दुइटै नदीको उद्गमस्थलसम्म पनि पुगेकी छे सो भन्दा उत्तर ऊ हिउँ र बिष -हावा पातलो हुँदा दम लाग्नूको कारण जान सक्तिन । यसै भू-भागमा कुना काप्चा खोला रोडा डाँडा-काँडामा ऊ घुम्दै रहन्छे ।
मानिसको भनाइ छ दीन दुःखी नन्दी उपर ग्राम्यबासी देवताहरूको ठूलो करुणा छ, यस कारण जब ऊ यी गर्खाहरूको सिमाना नाग्न खोज्छे । उसका आँखा पट्ट बुझन्िछन् आँखा नदेखेपछि उसले सिमानाबाट फर्किनुपर्ने हुन्छ । मानिसहरूको भनाई छ, यो यस कारण हुन्छ कि नन्दी यी सिमाना पारि गै हाली छे भने कसैले उसलाई फकाएर मुगलानतिर लगी बेची दिन सक्थ्यो र त्यहाँ उसलाई बेश्यावृत्ति गर्न बाध्यता पर्न सक्थ्यो होला । यसरी कुन्नि कुन कुन जातका पुरुषहरूसँग उसको सम्बन्ध -सर्म्पर्क हुन सक्थ्यो होला र ब्राम्हण कन्याका कुन्नि कति जन्महरू यसै पापको फल भोग्न ब्रि्रेर जान सक्थे होलान् । ग्रामबासी देउता निर्धाहरू माथि विशेष दया गर्ने हुनाले नन्दी यी गर्खाहरूभन्दा बाहिर जान सक्तिन अथवा जान खोज्दिन । जेहोस् नन्दी भने सोच्दछे कि आफ्ना भनाउँदा मानिसहरूको बीचमा त आफ्नो सत्य सुरक्षित राख्न यतिको गाह्रो पर्छ भने पराइहरूको बीचमा के होला । त्यसकारण ऊ उक्त सीमाहरू बाहिर खुट्टा राख्तिनथी -चलाउँदिन हाल्दिन ।
उसलाई राम्री भन्न सकिन्छ, बाटुलो अनुहार, पातुला गुलाबी ओँठ, हाँसी राखेका चञ्चले लाम्चा आँखा, ठीक्क मिलेको जीउ । उसको उन्मुक्त चौछल्लेपना र घुमन्ते बानी कुनै पनि कामुक पुरुषको लागि पर्याप्त आकर्षा हुनसक्छ । बेला मौकामा यस्ता आक्रमणकारी नरब्वाँसाहरूसँग जोगिनु त कहिले ऊ "मलाई त गर्मी -राजब्यथाको रोग छ, र्सला अनि थाहा पाउलास्" भनी फुत्किन्छे । उसको सबभन्दा ठूलो सहायक आङ्रा -चोलोको माथि गर्दननेर आई च्याई रहने सेतो दाग हुन्छ । केटाकेटीमा तातो दूधको छिटा परी यो दाग बसेको हो, तर ऊ आफ्नो असुरक्षित् अवस्थामा यसलाई देखाउँदै "हेर यो कोढको दाग हो, मसित लसपस गरिस् भने कोढिन्छस् अनि देख्लास् तेरा बाबूको बिहे" भन्छे र जब त्यो कामुक मान्छे पुच्छर लुकाएझैँ गरी भाग्छ, ऊ हाँस्छे खित्का छोडेर ।
ऊ बौलाई होइन । बढीमा उसका दिमागका पेच केही बढी कसिएका अथवा खुस्केका हुन सक्छन् । अलि असमान्य भने ऊ छे । असमान्य यस मानेमा कि वन जङ्गलमा कुनै पुरुष वा नारीले दोहरी गीतको कुनै टुक्रा गाएको सुन्नासाथ ऊ हातको गाँस हातैमा थामेर पनि जबाबी गीत गाइहाल्छे । कस्तै कचहरी -कछरीबीच बसेकी भएपनि ऊ गीतका जबाब दिहाल्छे ! आफूलाई रोक्न सक्तिन । यो उसको विवसता हो या व्रि्रोह उसलाई नै थाहा छ । यहाँ सामाजिक मर्यादा छ कि आइमाईहरू वनमा घाँसपात काट्ने बेला मात्र दोहरी गीत गाउँन पाउँछिन् अन्त कतै पनि पाउँदिनन् । नन्दी यस मर्यादालाई हाँक दिँदै गाइहाल्छे गाइरहन्छे । उसको कण्ठ साह्रै सुरिलो छ, उसले खुलेआम पुरुषहरूको भेलाबीच गाएको बेला आइमाईहरू झयालबाट लुकी-लुकी सुन्छिन् र मन्त्रमुग्ध भैं कठैबरी ! भन्छिन् । तर यसरी गीत सुनिराखेको बेला कुनै बयस्क पुरुषले पक्री हाले भने झट्ट "कस्ती लाज नभएकी बौलाई" भन्दै काम धन्दातिर लाग्ने उपक्रम गर्छिन् । यीबाहेक पनि ऊ लोग्नेमान्छेहरूले गरेको ठट्टा र व्यङ्ग्यको दर्ुइ हातमाथि भएर नै जवाफ दिन्छे उदाहरणार्थ- कसैले उसको सुडौल वक्ष उपर कटाक्ष गरेको खण्डमा "एकपल्ट चुसी हालन् त्यै उमेर त छ तेरो अझै होस फिर्या छैन" भन्दै खित्का छोडेर हाँस्छे, यही कारणहरूले उसलाई असमान्य भन्न मिल्छ होला ।
खेतीपाती काट्ने याममा अथवा सार्ने गोड्ने याममा नन्दीलाई कुनै समस्या पर्दैनथ्यो । मञ्जुरी नलिकन नै खाली दर्ुइछाकका भरमा खेतीपातीको काममा मद्दत गरी दिने भएकीले जताततै उसको स्वागत हुन्थ्यो । हो आरू फुल्ने र पाक्ने बेला अर्थात् चैत र साउनतिर भने केही समस्या पथ्र्यो । यी महिनाहरूमा गाउँघरमा धेरैजसो गाउँलेहरूसँग आफू खाने अन्न पनि हुँदैन, त्यस्ता घर धनीहरूलाई लज्जित पार्न ऊ उन्को दैलोमा जादिन्, ऊ सैकडा ५% जति खान लाउन पुग्ने घरहरूलाई चिन्दछे र त्यहाँ पुगिहाल्छे र उसको तिरष्कार भने हुँदैन । परिआएका काम सगाई दिन्छे र रातितिर मीठो भााषामा रतेडा भैन चाँचरी गाई लामालामा रातहरू बिताउन घरधनीहरूको मद्दत गर्छर्ेे ऊ घुमन्ते त छ नै यर्सथ केही रमाइला घटनाहरू पनि उसँग घटित हुन्छन् र ऊ निसङ्कोच सबैलाई सुनाउँछिन्- तीन चार वर्षअघिको एउटा हिउँदको साँझ सप्तशृङ्गको गोरेटोमा ऊ एक्लै हिँडिराखेकी थिई, एकजना पुरुष उल्लाई पछ्याउँदै आइपुग्यो, यसो हर्ेदा तल्लाघरी लुतै रहेछ । मितेरी साइनो पनि पर्ने भएको हुनाले ऊ ढुक्क भएकी थी तर लुते भने टन्न रक्सी पिएकोले मात लागी लरखराउँदै थियो । अब भयो प्रणयको याचना गर्दै लुट्पुटिन थाल्यो र हातपात गर्न पो तम्सियो । नन्दीको पालो लुतेलाई भर्ुइँमा पसारी मुखभरि घोडाको लिदी कोचेर दर्ुइ थप्पड हिर्काइ सरासर हिनि दिई । त्यत्तिले के पुग्थ्यो बौलाई नन्दीले यो कुरा आमबजार पनि गरिदिई । खेप्न नसकेर बिचरो लुते मुगलान पस्यो र हालसालमात्रै घर फर्केको छ । अब रक्सी प्युँदैन हातमा पैसा पनि छ र भलाद्मी पनि हुन खोज्छ, तर भेट हुनासाथ नन्दी "अहिले त भलाद्मी भइछस्, घास मात्र खाए त के हुन्थ्यो पेटमा पाकेको घाँसको क्वाँत मैले खुवाएकी हुँ । अनि पो सप्रेछस्" भन्दै हाँस्छे । यसैले विचरो लुते नन्दीले हिनेको बाटै हिँड्दैन र जम्काभेट भए पनि टाप कस्छ ।
गए जेठ महिनाको कुरो हो, एक साँझ ऊ उठेरै पण्डितको घरमा बस्न पुगेकी थिई, पण्डितले ठूलै भलाद्मी आइपुगेजस्तै गरी खानपानको स्वागत गर्यो । अलग्गै कोठामा बाक्लो ओछ्यान मिलाउँदै "तपाईंसँग मेरो छोरी पनि सुत्न आउनेछ भन्दै आफ्नी श्रीमती अहिले कि ताहेले ल्याउने भएकीले छोरीलाई समेत सुतकमा न डुबाउने कुरो गर्यो । रात बितेपछि धोती-चोलो लगाएको एक आकृति कोठामा पस्यो । बिचित्रको गन्ध त आएकै थियो उसले आफूसित सुत्न त दिई तर एकै छिनपछि उसलाई बुझन बेर लागेन कि त्यो छोरी नभएर बैंस पुगेको छोरो थियो । उसलाई कोरेर हर्ेदा त्यो त ठूटे पण्डित आफैँ पो देखापर्यो । बल्ल उसले ठुटेको आगत्-स्वागत र सट पढाटको अर्थ बुझी रिस रोक्न नसकी तथानाम् गाली गर्दै छेउमा पर्सर्ेेे आग्लोलाई ठुटेलाई बजार्न थाली । छर-छिमेकी जम्मा भए, गर्भिणी स्वास्नीले समेत प्याच्च थुकी । ठुटेको हर्ुमत् गयो र ऊ अब गर्खा छोडेर दर्ुइ दिन बास टाढाको खर्कमा बस्छ आफ्नो सम्पर्ूण्ा परिवारलाई लगेर । नन्दीले अब बत्तीस शिशिर पार गरेर सकेकी छे, जब कुनै बखत् हिंड्दा हिंड्दा अग्लो डाँडा बनेको धर्मशालामध्ये कुनै एकमा ऊ बास बस्छे त एक तमासले टाढा चारैतिरका घरहरूमा उज्यालो टल्किरहेको हेरिरहन्छे । साह्रै रमाइलो लाग्छ र उसलाई आफू केटाकेटी छँदाको बखत याद आउँछ ऊ सम्झन्छे कि उसको न्रि्रा खुल्ने बेला धेरैजसो भुकभुक उज्यालो भइराखेको हुन्थ्यो । कहिलेकाहीँ झयालबाट एकदर्ुइ धमिला तारा पनि देखा परिरहन्थ्यो । उसका पिताजी न बुझने भाषामा मीठो भाकामा केही गाइरहेका हुन्थे, फेरि शङ्ख घण्टको ध्वनि गुन्जायमान हुन्थ्यो र उसलाई साह्रै रमाइलो लाग्दथ्यो । ऊ ओछ्यानमै पल्टेर आनन्दले यी ध्वनिहरू आत्मसात् गरिराखेकी हुन्थी । अलि ठूली भएपछि पिताले पाटीमा लेखाए पढाएको पनि सम्झन थाली, अब ऊ साह्रै सबेरै उठेर पूजाको लागि फूल टिपी राख्ने र पञ्चपात्रमा पूजाको पानी राख्ने काम गर्थी । एक किसिमले यो काम उसकै जिम्मा थियो यो काम गरेपछि ऊ दिनहुँ ओछ्यानमा पसारिन्थी र पिताजीले गरेको स्तुतिपाठ र शङ्खध्वनि ओछ्यानमै पल्टिपल्टी आनन्दित भएर सुन्ने गर्थी ।
बाहुनकी कन्या १० वर्षो उमेरमा बिहे भो । केटाकेटीहरूले खेल गरेजस्तै एक दिनका लागि पोइलको घरमा बसी अर्कै दिन माइती घरमा नै फर्की त्यहीँ बसिरही । उसलाई आफ्नो लोग्नेको अनुहार पनि याद थिएन ऊ सुन्ने गर्थी उसको लोग्ने आर्मीमा भर्ना भएको छ ।" आर्मीको सुटबुटमा क्या राम्रो देखिन्छ, कही कुनै पोइले र माइतीहरू भन्थे नन्दी घ्रि्रो न्युर्राई लजाउँथी तर कहिले नदेखेको त्यस पल्टनेलुगा लगाएको मानिसप्रति भने उसलाई माया लाग्न थालिसकेको थियो । ऊ सोह्रवर्षा टेक्न थालेकी थिई कि पोइलबाट उसलाई बोलाउन मानिसहरू आए उसको लोग्ने पनि बिदामा भर्खर घर आइपुगेको खबर ल्याएर । बाबु र भाइहरूसँग बिछोड हुने पीर थियो नै आँसु पनि झरे नै तर मनमा एउटा कौतुहल बोकेर ऊ पोइल पुगी, सुहागरात मनाइयो तर अर्को दिन लोग्ने बिरामी पर्यो र धामी, ज्योतिष, बैद्य कहाँ धाउँदा-धाउँदै पनि तीन दिनको बिरामीपछि उसको लोग्ने मरिहाल्यो । नन्दीलाई सधैंको लागि अलच्छिना र हत्यारिणीको तक्मा भिडाएर । उसको लोग्ने मधेशबाट पहाडमा फर्केको थियो त्यो पनि जेठको महिनामा टन्टलापर्ूण्ा घाममा । यस्तो याममा मधेशबाट पहाड आए आठ-दस दिन अमिलो खानु हुन्न, सहवास गर्नु हुन्न अरू के के जाति संयम गर्नुपर्छ भन्ने गाउँघरमा भनाइ छ । नन्दीको लोग्नेले संयम राखेन, त्यसैले ज्रि्रो फाटी सन्निपात भएर ऊ मर्यो भने यसका लागि संसारभरिमा नन्दी बाहेक अरूको दोषी हुनसक्थ्यो । भर्खरको कलकलाउँदो बैंश र घरभरिका नगद कमाउने एक मात्र युवकको मृत्युको घरपरिवारका लागि जति बढी दुःखदायक थियो पर्दथ्यो, घर परिवारको दृष्टिमा नन्दीको अपराध त्यत्तिकै बढी ठहरिन जान्थ्यो ।
नन्दीले माइती घर गई आफ्ना बाबुका आजापूजाका लागि फूल टिप्न र सानोभाइको सयार गरी दिने कल्पना नगरेकी होइन, यसले उसको पीडा पनि कम हुनसक्थ्यो होला । तर सासु र जेठाज्यूले छोड्न मानेनन् । आखिर भाँडा मस्काउने, घास काट्ने, पानी भर्ने, जातरी-ओखली गर्ने अर्थात् सबेरैदेखि राति अबेरसम्म काममा जोतिने र पेटभरि खाना नदिए पनि हुने खालको जन्तुकहाँ फेला पथ्र्यो । यसैमा थप यदाकदा अलच्छिनी, पोइटोका भनी अरूमाथि उठेको रिस पनि खन्याई मन हलुगो पनि हुने अलभ्य जीवस पनि कहाँ पाई ल्याउन सकिन्थ्यो नन्दीले बाबुको मुखबाट स्वस्थानीकी चन्द्रावतीले बालुवामा गडिन परेको कथा, द्रौपदीले झनै निर्वस्त्र हुनुपरेको र जम्मै छोराहरू गुमाउन परेको कथा सुनेकी थी । दमयन्तीको कथाका केही अंश ऊ जान्दथी भने सीताको कथा त उसलाई कण्ठै नै थियो । अतः ऊ बाँचेकी नै थिई अनुभूति र भावविहीन मेसिनजस्तै ।
सबै सुतिसकेपछि पनि गाईगोरुलाई घाँस-पराल हाली भाडाकुँडा मस्काइसक्दा आधारात गइसकेको हुन्थ्यो । सुत्ने कोठामा पस्ना साथ आग्लो हाली पल्टिन्थी । धन्य न्रि्रादेवी दाइने थिइन् र ऊ भुसुक्क निदाउँथी । यता केही दिनदेखि उसको ढोका कसैले ढक्ढकाएजस्तो लाग्न थालेको थियो "को हो हाँ" अर्धन्रि्रामा ऊ नै कराउँथी । छेउको कोठाबाट उसकी सासु "के भो मेरी लच्छिनक्वारीलाई" खोक्दै भन्दथी र त्यो खटपट बन्द हुन्थ्यो । त्यसदिन उसको लोग्नेको ४५ दिनको क्रिया कर्म थियो । सासुको आज्ञानुसार न्वाइ-धोई बसेकी थी । अलि ढिली तर एकपल्ट मात्र खाना खाने परिपाटी भएकोले भोजका भाडाहरू मस्काई चाँडै ऊ पनि सुत्न गएकी थी । आज भने न्रि्रा परिराखेको थिएन, घरिघरि लोग्नेको अनुहार सम्झनामा आई आँसु टलबलाउन थालेका थिए । एक्कासि उसलाई कोठामा कोही अरू भएजस्तो लाग्यो । आग्लो त उसले लगाएकी नै हो, सायद कोही ऊ अघिदेखि नै कोठामा लुकी-ढुकी बसेको थियो क्यारे । हत्तारिएर उठ्न बट्टएिकै थिई कि उसको मुखच्यापी एउटा बलिस्ट पुरुषले उसको बैधव्यको सत्य बिगारी दिएको थियो । नन्दीले त्यस अन्धकारमा पनि कुकर्मीलाई चिनी हाली । पुरुषको शरीर अथवा लुगाबाट एउटा विशेष किसिमको छुट्टा-छुट्टै गन्ध निस्किन्छ र स्त्रीले त्यसलाई सहजै छुट्याउन सक्छिन् । नन्दीले छुट्याई हाल्यो कि त्यो पापी अरू कोही नभएर निधारभरि चन्दन थुपार्ने देउताको पुजारी कहलिने उसको आफ्नै जेठाजू हो । त्यस हुतीहाराको लुगा धुन पर्दा अथवा उसको छेउबाट यताउता जानु पर्दा यस गन्धसित ऊ परिचित भइसकेकी थिई । त्यसै ब्यान्नली परदेखि ऊ घरबाट निस्केकी थिई र अब फेरकल्ली भएर घुम्दैछे ।
वैशाख महिनाको अन्तदेखिन र जेठको आधीसम्म तर्राईतिरबाट र्सर्किदै गएको वसन्त अब आएर पहाडतिर पुगी । म डेरा हाल्द छ नन्दी डुल्दै आफ्नो लोग्नेको गाउँको धर्मशालामा आइपुगी, के सूर चढ्यो कुन्नि ! ऊ धर्मशालाको सरसफाई र घेर-पर्खाल लाउने कामको थालनी गर्न थाली । धर्मशाला गोरेटोको नजिकै भए पनि गाउँहरू अलिक परै थियो । छिमेकी भनेको एउटा अनिवाल थियो जो तर्राईबाट आफ्नो भेडाको बथान ब्यास लैजाने क्रममा केही दिनको लागि यहाँ डेरा गरिबसेको थियो, ऊ आफ्नो ठूलो हँसियाले रूखका पालुवाहरू काट्दै भेडाहरूलाई ख्वाउँथ्यो । गोठालो र भेंडाहरू दुवैथरिलाई रमाएको देख्ता "निकै दिन बस्छ कि क्या हो" नन्दी मनमनै सोच्ने गर्थी । बिहान उठी छेउ-छाउका गाउँहरूमा गई नन्दी ढोक सलाम गरी ढुङ्गा खसाल्दिन र चिनाई गरी दिने केही गाउँलेहरूलाई ल्याई हाल्दथी र उतैबाट ल्याएको गहुँ जौको पीठो मिची रोटी पकाइ खाने गर्थी । ठीक १५ वर्षपहिले यसै महिनामा त हो ऊ बाहुनी भई लाउँदा यसै धर्मशालाको पटाङ्गिनीमा उसले फगत् एकचोटि मात्र आफ्नो लोग्नेलाई देखेकी र छोएकी थिई । हुनसक्छ जुन चित्तवृत्तिले गर्दा शाहजहाँले मलिका मुमताजको सम्झनामा ताजमहल बनाएको थियो त्यसै चित्तवृत्तिबाट प्रेरित भई ऊ पनि यस धर्मशालाको मर्मत् सम्भार गरिराखेकी थिई होला । उसप्रतिको करूणाजन्य मायाले गाउँलेहरू निकै सङ्ख्यामा आएर यस काममा उसलाई सघाइरहेका थिए । केही दिनपछि उसको जेठाजू पण्डित पवित्रनाथ पनि आउन थाल्यो । उसलाई देख्नेबित्तिकै पहिले-पहिले त नन्दी मुख फर्काइ थुक्ने गर्थी, तर के सम्झेर हो पछिपछि जेठाजूले केही कुरा सोधी हाल्यो भने जवाफसम्म दिने घृणाभाव नदेखाउने गर्न थाली ।
र् धर्मशाला मर्मतको काम लगभग सिध्दिसकेको थियो । वैशाख जेठको मसान्त झल पर्ने आँटेको थियो नन्दीको जेठाजू खीर, दही र आलुको तरकारी बोकी आई । नन्दीलाई खान भनी दिँदा "पछि खाउली" जस्ती गरी नन्दीले परिकार थन्क्याई । कुरै-कुरामा जेठाजूले नजिक र्सर्दै नन्दीको हात समात्यो । नन्दीले हात झट्काइन्, "एकैछिनमा आउँछु" भनी ऊ बाहिर निस्किँदै सोमा नै अनेवाल कहाँ पुगी, अनि वालको ठूलो हँसिया मागेर ल्याई र जेठाजू पण्डित पवित्रनाथको गर्दन ताकेर हानी उसलाई ढाली दिई हाली । नन्दी कतै नभागी बसिरही, उसको अनुहारमा न कुनै भय थियो न दुःख र पछुतो । पुलिसले हतकडी पहिराउने बेला पनि ऊ एकदमै शान्त थी मानौँ कि "म यत्तिका वर्षडुल्दा-डुल्दा धेरै थाकिसकेकी छु अब जहाँ बसाली दिन्छौ मजाले बस्छु" भनी राखेकी होस् ।

इसपका नीतिकथा


इसपका नीतिकथा ( संकलन, साभार- balsansar.com )
पहिलो भाग
१ गधा र भ्यागुता
एउटा गधा दाउराको भारी बोकेर खोला तर्दै थियो । अचानक उसको खुट्टा चिप्लिएर ऊ पानीमा पल्टयो । गह्रुँगो भारी बोकेको हुनाले ऊ उठ्नसकेन । उठ्न नसकेपछि ऊ बेस्सरी चिच्याउन थाल्यो ।
खोलामा बस्ने केही भ्यागुताहरूले गधा कराएको सुने । उनीहरू गधाको नजिकै गए र भने, "हामीजस्तै जीवनभर पानीमा बस्नु परको भए तिमीले के गर्थ्यौ ? - एक छिन पानीमा डुब्दैमा यस्तो हल्लाखोर गर्न सुहाउँछ ?"
२ गघा र फटेंग्रा 
फटेँग्राको गीत सुनेर गधा दंग पर्यो । उसले पनि फटेंग्राले जस्तै मिठो स्वरले गीत गाउने विचार गर्यो । फटेंग्राले के कुरा खाएर यति मिठो स्वर निस्केको होला भनेर जान्न ऊ उत्सुक भयो । उसले फटेंग्रासँग तिमीहरू के खाएर बाँच्छौ भनेर सोध्यो । फटेंग्राले जवाफ दियो, "हामी त पातमा परेको शीतको थोपा खान्छौँ ।"
गधाले पनि शीतको थोपामात्रै खाएर बस्ने निधो गर्‍यो । केही दिन पछि ऊ भोकले मर्‍यो ।
३ गधा, भाले र सिंह 
एउटा गधा र एउटा कुखुराको भाले खलोमा बसिरहेका थिए । त्यसै बेला एउटा भोकाएको सिंह त्यहाँ आइपुग्यो । उसले गधालाई मार्ने दाउले त्यसलाई झम्टनै लागेको बेलामा भाले बेस्सरी करायो । भालेको आवाजले सिंह तर्स्यो र बेतोडले भाग्यो ।
भाले बास्दैमा सिंह डराएको देखेर गधाको हिम्मत बढ्यो । उसले सिंहमाथि जाइलाग्ने निधो गर्‍यो र उसको पछिपछि दौडयो । धेरै पर नपुग्दे सिंह पछाडि फर्क्यो र गधालाई झम्टेर टुक्राटुक्रा पारिदियो ।
४ फ्याउरोको तर्क 
एक पल्ट सिंह र फ्याउरो सँगसँगै सिकार खेल्न निस्के । बाटोमा तिनीहरूले एउटा गधा चरिरहेको देखे । फ्याउरोको सल्लाहअनुसार सिंहले फ्याउरोमार्फत गधालाई मित लाउने खबर पठायो । बनको राजासँग सम्बन्ध जोड्न पाइने भयो भनेर खुशी हुँदै गधा सिंह भएको ठाउँमा गयो । तर त्यहाँ पुग्ने बित्तिकै सिंहले एकै झम्टाइमा गधालाई मारिदियो ।
त्यसपछि सिंहले मरेको गधातिर देखाउँदै फ्याउरोलाई भन्यो, "हेर आजको हाम्रो भोजन यही हो । म थाकेको छु । एकै छिन सुतेर आराम गर्छु । खबरदार म नआउँदासम्म यसलाई नछुनु ।"
सिंह गएपछि फ्याउरो भोजनको रखवारी गरेर बस्यो । तर धेरै बेरसम्म पनि सिंह नफर्केपछि उसले मन थाम्न सकेन र गधाको टाउको फोरर त्यसभित्रको गिदी खाइदियो ।
सिंह फर्केपछि उसले गधाको गिदी नभएको रित्तो टाउको देख्यो । ऊ रिसले चूर भयो र बनै थर्कने गरी फ्याउरोसँग सोध्यो, "यसको गिदी तैँले के गरिस् भन ।"
फ्याउरोले बडो विनम्र भएर भन्यो, "सरकार, यो गधाको गिदी नै थिएन । यसको गिदी भएको भए त यति सजिलोसँग सरकारको सिकार हुने नै थिएन ।"
५ तालुखुइलेको टाउकोमा झिँगा 
एउटा झिँगाले एक जना तालुखुइले मानिसको नाँगो टाउकोमा टोक्न थाल्यो । मानिसले झिँगालाई मार्ने नियतले जोडले हिर्काउँदा आफ्नै टाउकोमा चोट पुर्‍यायो । चोटबाट जोगिएको झिँगाले जिस्क्याउँदै भन्यो, "तिमीले कोसँग बदला लिन खोजेको ? एउटा सानो किरासँग ? आखिर तिमीले के गर्न सक्यौ त ? उल्टै आफूलाई चोट पुर्‍यायौ ।"
तालुखुइलेले जवाफ दियो, "आफूले आफैलाई चोट पुर्‍याउने मेरो नियत थिएन । यसैले मलाई कुनै चिन्ता छैन । तर, मानिसको रगत चुस्दा रमाउने तँ दुष्ट किरालाई मार्न पाए म कस्तो खुशी हुन्थेँ । आफैलाई चोट पुर्‍याएर भए पनि तँलाई मार्न पाए हुन्थ्यो ।"
६ तालुखुइले र झिँगा 
गर्मीको दिन दिउँसो कामले थाकेर एक जना तालुखुइले मानिस आराम गर्न बसेको थियो । एउटा झिँगा आएर उसको टाउको माथि भुनभुनाउन र बेलाबेलामा टोक्न पनि थाल्यो । त्यो मानिसले त्यो चुत्थो शत्रुलाई मार्ने उद्देश्यले झिँगालाई ताकेर जोडले हान्यो । तर झिँगालाई केही भएन । बरु उसको टाउकोमा टुटुल्को उठ्यो ।
झिँगाले त्यो मानिसलाई फेरि दुःख दिन थाल्यो । तर यस पाली उसले बुद्धिले काम लियो । उसले भन्यो, "चुत्थो किरालाई चलाउँदा आफ्नै नोक्सान हुने रहेछ । गुहुमा हान्यो मुखमा छिटा ।"
७ मौरी र महादेव
हिमालयबाट मौरीकी रानी महादेवकहाँ पुगिन् । उनले महादेवलाई गुलियो महको चाका उपहार दिइन् । मिठो मह खाएर महादेव प्रशन्न भए । उनले रानी मौरीलाई चाहेको कुरा माग्न आज्ञा दिए । चाहेको कुरा पाउने भएपछि मौरीले विन्ती गरिन्, "कुनै पनि मानिसले मेरो मह चोर्न आएमा उसलाई मार्नको लागि मलाई टोक्ने खिल (विष) दिनुहोस् ।"
महादेव मानिसलाई निक्कै माया गर्थे । यसैले रानी मौरीको माग सुनेर महादेवलाई रिस उठयो । तर उनले रानी मौरीलाई वचन दिइसकेको हुनाले उनको कुरा र्टार्न मिल्दैनथ्यो । यसैले उनले रानी मौरीलाई खिल त दिए तर यसरी दिए : "तिमीले आफ्नो इच्छा अनुसार मानिसलाई मार्ने खिल त पाउने छौ, तर यसमा तिम्रो ज्यानको खतरा हुनेछ । जसलाई तिमीले टोक्नेछौ उसको जिउमा तिम्रो खिल अडकिने छ र खिल नभएपछि तिम्रो मृत्यु हुनेछ ।"
८ सिकारी, तित्रा र भाले
एउटा चरा मार्ने सिकारी साँझको खाना तरकारी र भात खान बस्नै लागेको थियो । त्यही बेला उसको साथी अचानक आइपुग्यो । साथीलाई चराको मासु ख्वाउनै पर्‍यो । तर उसले दिनभरि चरा समात्न सकेको थिएन । चरा राख्ने थैलो रित्तो थियो । यसैले उसले बर्षौसम्म पालेको तित्रालाई मारेर साथीलाई ख्वाउने विचार गर्‍यो ।
त्यो तित्राले तालिम पाएको थियो । त्यसले बनका अरु चरालाई झुक्याएर बोलाउँथ्यो र सिकारीको जालमा फँसाउँथ्यो । तित्राले इमान्दारी साथ आफ्नो ज्यान जोगाइदिन सिकारीसँग बिन्ती गर्यो, "यदि तिमीले मलाई मार्‍यौ भने म बना तिमीले कसरी जाल थाप्छौ ? कसले मिठो गीत सुनाएर तिमीलाई सुताउँछ ? मिठो बोल्ने चराहरूलाई बोलाइदिने काम कसले गर्ला ?"
उसको कुरा सुनेर सिकारीले उसलाई मार्ने बिचार छाडिदियो र घरमा पालेको भालेलाई समात्यो । त्यो भालेको भर्खर सिउर उम्रन थालेको थियो । त्यो भालेले खोरभित्रबाट बडो करुण स्वरमा दयाको भीक्षा माग्दै भन्यो, "तिमीले मलाई मार्‍यौ भने बिहानी भएको सूचना तिमीलाई कसले देला ? तिम्रो दैनिक काममा कसले तिमीलाई सघाउला ? कसले तिमीलाई चराको जाल बटुल्न जाने बेला भएको जानकारी देला ?"
भालेको कुरा सुनेर सिकारीले जवाफ दियो, "तिमीले भनेको सबै कुरा साँचो हो । दिन रात समयको सूचना दिने तिमी बडो उपयोगी चरा हौ । तर, मैले मेरो साथीलाई मासु ख्वाउनै पर्छ । ऊसँग बसेर भोज खानै पर्छ । यसैले तिमीलाई काट्न बाध्य छु । खाँचो परेपछि कसको के लाग्छ ?"
९ कुबेलाको सल्लाह 
एउटा केटो नुहाउँदा नुहाउँदै पानीमा बुड्न लाग्यो । उसले त्यही बाटो हुँदै हिँडिरहेको बटुवासँग गुहार माग्यो । तर त्यो बटुवाले केटोलाई पानीबाट निस्कन सघाउनुको सट्टा चासो नै नभएजस्तो गरी किनारामा उभिएर केटोलाई उसको मुर्खताको लागि गाली गर्न थाल्यो ।
केटो आत्तिँदै चिच्यायो, "हजूर, दया गरेर पहिले मलाई मदत गर्नुस् र पछि जति मन लागेको गाली गर्नुहोला । म मरेँ भने तपाईँको गालीको के काम ?"
१० भाले र हीरा
भालेले आफू र आफ्नी पोथीको लागि चारो खोज्दैथियो । चारोका लागि भुइँ खोस्रँदा उसले एउटा दामी हीरा भेट्टायो । ऊ खुशीले चिच्यायो, "यदि मेरो सट्टा तिम्रो मालिकले तिमीलाई भेट्टाएको भए ऊ कति खुशी हुने थियो होला । उसले तिमीलाई ठूलो इज्जत, मानसम्मान दिएर राख्नेथियो होला । मलाई त संसारभरिको हीराभन्दा त एक घोँगा मकै काम लाग्छ ।"
११ कामिला र ढुकुर 
एउटा कमिला खोलामा पानी खान गयो । उसलाई खोलाले बगायो । रुखको हाँगामा बसेको एउटा ढुकुरले कमिला पानीमा डुब्न लागेको देख्यो । उसले एउटा पात टिपेर कमिलाको नजिकै पानीमा खसाल्यो । कमिला पातमाथि चढ्यो र खोलाको किनारामा आइपुग्यो ।
केही बेरपछि एउटा चरा-सिकारी रुखमुनि आयो र रुखको हाँगामा बसेको ढुकुरलाई मार्न गुलेली ताक्यो । ढुकुरमाथि खतरा आइलागेको देखेर कमिलाले सिकारीको औँलामा टोक्यो । अचानक कमिलाको टोकाइले गर्दा उसले ताकेको गुलेली ढुकुरलाई लागेन । ढुकुर उडेर गयो ।
१२ चमेरा, चरा र पशुहरू 
चरा र पशुहरूबीच भयंकर लडाइ हुन लागेको थियो । दुई पक्षका लडाकुहरू आमुन्नेसामुन्ने भएर लडन लागेको बेलामा चमेराले कता लाग्ने भन्ने निधो गर्नसकेन । उसको नजिक बस्ने चराहरूले भने, "आऊ मिलेर लडौँ ।"
"तर म त पशु हुँ नि ।" चमेराले भन्यो । ऊ नलडी बस्यो ।
केही बेर पछि पशुहरू आएर उसललाई भने, "आऊ हामीसँग मिलेर लड ।" तर उसले जवाफ दियो, "म त चरा हुँ । मेरो पखेटा देखेनौ ?"
लडाइँ हारजित बिना टुँगियो । दुबै पक्षले मेलमिलाप गरे ।

चराहरू मेलामिलापको खुशियाली मनाइरहेका थिए । चमेरा उनीहरूकहाँ पुग्यो र खुशियालीको भोजमा सामेल हुन खोज्यो । तर चराहरूले उसको पहिलेको व्यवहार सम्झेर उसलाई त्यहाँबाट धपाइदिए ।
चमेरा उड्दै पशुहरूले खुशियाली मनाइरहेको ठाउँमा पुग्यो । तर पशुहरूले उसलाई झण्डै मारेनन् । ऊ भाग्दै आफ्नो ओढारमा गयो र मनमनै भन्यो, "कसैको पक्ष नलाग्नेको साथी पनि हुँदो रहेनछ ।"
१३ केटो र बयर
आमाले घैँटोमा पाकेका बयर राख्नु भएको थियो । केटोले बयर खान खोज्यो । उसले घैँटोभित्र हात घुसार्‍यो । उसले सकेसम्म धेरै बयर मुठ्ठीमा लियो र हात बाहिर झिक्न खोज्यो । तर घैँटोको मुख सानो भएकोले उसले आफ्नो हातको मुठ्ठी बाहिर झिक्नसकेन । उसले मुठ्ठीमा भएको बयर छोड्न चाहन्नथ्यो । तर मुठ्ठी नफुकाइकन हात बाहिर झिक्न पनि सकिन्नथ्यो । यसैले केटो रुन थाल्यो ।
छोरो रोएको सुनेर आमाले के भयो भनेर हर्न आइन् । घैँटोभित्र हात अडकेको देखेर उनले भनिन्, "मुठ्ठीमा भएको आधा बयर घैँटोभित्रै खन्यायौ भने तिम्रो हात सजिलैसँग बाहिर आइहाल्छ नि । त्यसैले त धेरै लोभ गर्न हुन्न भनेको हो ।"

१४ केटाहरू र भ्यागुता 
पँधेराको नजिकै केटाहरू खेलिरहेका थिए । पँधेरामा भ्यागुताहरू पानीभित्र बाहिर उफ्रिरहेका थिए । भ्यागुताहरू उफ्रिरहेको देखेर केटाहरूले उनीहरूमाथि ढुंगाले हान्न थाले । धेरै भ्यागुताको ज्यान गयो । अति भएपछि एउटा भ्यागुताले साहस गरेर पानीबाट टाउको बाहिर निकाल्यो र केटाहरूतिर हेर्दै भन्यो, "भाइहरू हो । दया गर । ढुंगा हन्न छाड । तिमीहरूको लागि रमाइलो खेल भइरहेछ । तर हाम्रो त ज्यान गइरहेको छ ।"
१५ सुनको फुल पार्ने हाँस 
एउटा गाउँलेले हाँस पालेको थियो । एक दिन उसले हाँसको खोरमा राखेको फुल पार्ने डालोमा पहेँलो रंगको फुल देख्यो । उसले फुल उचालेर हेर्‍यो । ढुंगाभन्दा गह्रुँगो थियो । उसले त्यो फुल मिल्काउन खोज्यो । किन भने कसैले उसलाई जिल्याउन ढुँगाको फुल राख्यो होला भन्ने उसले ठान्यो । तर उसले त्यो फुल फालेन, घर लैजाने बिचार गर्‍यो । घरमा लगेर हेर्दा त ऊ छक्कै पर्‍यो । किनभने त्यो फुल त शुद्ध सुनको फुल रहेछ ।
भोलिपल्ट विहान हाँसको खोरमा हेर्दा फेरि अर्को सुनको फुल देख्यो । उसले दिनदिनै सुनको फुल बटुल्न थाल्यो । दिनदिनै सुनको फुल बेचेर ऊ निक्कै धनी भयो । धेरै धनी भएपछि उसको लोभ बढ्दै गयो । उसले दिनदिनै फुल बटुलेर बेच्नुको सट्टा हाँसको पेटभित्र भएको सब फुल एकै चोटि निकाल्ने बिचार गर्‍यो ।
अनि एक दिन उसले हाँसलाई काट्यो र उसको फेट चिरेर हेर्‍यो । तर त्यहाँ एउटा पनि सुनको फुल थिएन ।
१६ किसान र सारस 
बारीमा बिउ र्छर्ने बित्तिकै बकुल्ला चराको बथान आएर खाइदिन्थ्यो । दिक्क भएर किसानले बारीमा जाल थाप्यो । जालमा धेरै बकुल्लाहरू परे । बकुल्लाहरूको माझमा एउटा सारस पनि परेको थियो । उसको खुट्टा जखमी भएको थियो ।
जखमी सारसले किसानसँग बडो मायालाग्दो स्वरले आफ्नो जीवन बचाइदिन बिन्ती गर्‍यो । उसले भन्यो, "मालिक ! मलाई बचाउनुहोस् । मलाई छाडिदिनुस् । मेरो खुट्टा भाँचिएको छ । हेर्नुस् । दया गरेर एक पल्ट मलाई छाडिदिनुस् । तपाईँले बकुल्लाहरूलाई समात्न जाल थाप्नु भएको हो । म बकुल्ला होइन सारस हुँ । म कति घरानियाँ जातको चरा हुँ भन्ने कुरा तपाईँलाई थाहै छ । म साह्रै राम्रो चरित्रको चरा हुँ । म मेरा आमाबुवालाई धेरै माया गर्छु । मेरा पखेटा र प्वाँखहरू हर्नुस् त । म कत्ति पनि ती बकुल्लाजस्तो छैन ।"
सारसको कुरा सुनेर किसान हाँस्यो । उसले भन्यो, "तिमीले भनेका सबै कुरा साँचो होला । तर के गर्ने मैले तिमीलाई यी दुष्ट चोर बकुल्लाहरूसँगै समातेँ । तिनीहरूको हुलमा मिसिएपछि तिमी पनि मर्नै पर्छ । संगत गुनको फल भनेको यही हो ।"
१७ बिराली र प्रेमकी देवी 
एउटी बिराली एक जना सुन्दर मानिसको प्रेममा परी । उसले प्रेमकी देवीसँग आफूलाई नारीमा बदलिदिन विन्ती गरी । प्रेमकी देविले उसको कुरा स्वीकार गरिन् र बिरालीलाई राम्री तरुनीमा बदलिदिइन् । सुन्दर मानिसले उसलाई देखेर मख्ख पर्‍यो । ऊ उसको प्रेममा फँस्यो र बिहे गरेर उसलाई घर भित्र्यायो ।
प्रेमकी देवीलाई बिहे भएपछि बिरालीले आफ्नो बानी छाडी कि छाडिन भन्ने जान्न मन लाग्यो । दुलहादुलही कोठामा एकान्तमा बसेको बेलामा उनले एउटा मुसो कोठाभित्र छाडिदिइन् । मुसालाई देख्ने बित्तिकै बिरालीले आफू मानिसमा बदलिएर दुलही भएको कुरा बिर्सेर मूसामाथि झम्टी । उसको चाल देखेर प्रेमकी देवी निराश भइन् । उनले बिरालीलाई तरुनी महिलाबाट फेरि बिरालीमै परिणत गरिदिइन् ।
१८ कमिला र प्यूपा 
एउटा प्यूपा पुतलीमा परिणत हुन लागेको थियो । उसले आफ्नो पुच्छर चलाइरहेको थियो । एउटा कमिला घाममा यताउति दौडिदै खानेकुरा खोज्न व्यस्त थियो । अचानक उसले प्यूपालाई देख्यो । ऊ छटपटाएको देखेर कमिलालाई दया लाग्यो । उसले भन्यो, "बिचरा ! कस्तो दुःखी जीवन रहेछ तिम्रो । म जहाँ मनलाग्यो त्यहाँ दगुर्नसक्छु । एकैछिनमा रुखको टुप्पामा पनि पुग्छु । तर यो बिचरोलाई त एक सिन्का जति सर्न पनि कति दुःख हुनेरहेछ ।"
प्यूपाले कमिलाको कुरा सुन्यो, तर केही जवाफ दिएन ।
केही दिनपछि कमिला त्यही बाटो हिँडिरहेको बेलामा उसले त्यहाँ प्यूपाको खोलमात्रै देख्यो । बिचरा प्यूपा के भयो होला भनेर कमिलाले सोच्दै थियो । त्यही बेला उसले उसमाथि एउटी राम्री पुतलीको छाया परेको र पुतलीका ठूला पखेटाले आफूलाई हम्केको उसले चाल पायो । पुतलीले भनी, "मलाई हेर त । म उही तिम्रो बिचरा साथी हुँ । अब तिमी कत्तिको दगुर्न र रुख चढ्न सक्छौ मसँगसँगै हिँडेर देखाऊ त ।" यति भनेर पुतली हावामा उडेर माथिमाथि कमिलाले देख्नै नसक्ने गरेर उडेर गई । त्यसपछि उनीहरूको कहिल्यै भेट भएन ।
१९ दियो
तेलले ढाडिएको एउटा दियो थियो । ऊ निक्कै चहकिलो भएर बलिरहेको थियो । उसले, "मैले सूर्यलेभन्दा धेरै उज्यालो दिन्छु " भनेर घमण्ड गर्‍यो । त्यही बेला एक झोँक्का हावा चल्यो । दियो झ्याप्पै निभ्यो । दियोको मालिकले त्यसलाई फेरि बाल्यो र भन्यो, "अबदेखि घमण्ड नगर । चुपचाप भएर उज्यालो दिइराख । तारा पनि एक दिन निभ्छ भन्ने कुरा नबिर्स ।"
२० लोभी र इर्ष्यालु
दई जना छिमेकीहरू महादेवकहाँ गए र उनीहरूको मनको इच्छा पूरा गरिदिन विन्ती गरे । तीमध्ये एक जना साह्रै लोभी थियो । धन भनेपछि हुरुक्कै हुन्थ्यो । अर्को इर्ष्याको आगोले बलिरहन्थ्यो । महादेवले उनीहरूको आशय बुझे । उनले ती दुबैलाई सजाय दिने विचार गरे ।
महादेवले भने, "दुबैको इच्छ पूरा गराइदिन्छु । तर एउटा सर्त मान्नुपर्छ । एक जनाको इच्छा पूरा हुँदा त्यसले जेजति पाउँछ त्यसको छिमेकले त्यसको डबल पाउँछ ।"
दुबैले र्सत मन्जुर गरे ।
लोभीले आफ्नो घरको एउटा कोठा सुनले भरियोस् भनेर चितायो । उसको एउटा कोठा भरि सुन भयो । तर उसको छिमेकका दुइटा कोठा सुनले भरिए । यो देखेर लोभी साह्रै दुखी भयो ।
त्यसपछि इर्ष्यालु छिमेकीको पालो आयो । उसले इखले गर्दा आफ्नो छिमेकीको सुख देख्न सकेन । यसैले उसले आफ्नो एउटा आँखा फुटोस् भनेर महादेवसँग माग्यो । जसले गर्दा उसको छिमेकीको दुइटै आँखा फुटोस् । यसैले भनिन्छ दुष्टयाइँको सजाय आफै पाइन्छ ।
२१ कुकुर र ब्वाँसो 
एउटा दुब्लो ब्वाँसो भोकले मर्न लागेको थियो । संयोगले उसको भेट एउटा पाल्तु कुकुरसँग भयो । दुब्लाएर मर्न लागेको ब्वाँसोलाई देखेर कुकुरले भन्यो, "ओ हो भाइ, तिमीलाई बाँच्न कति गाह्रो छ हैन त ? खाने सुत्ने ठेगान पनि छैन । यो त अचाक्ली नै भयो । यसरी पनि कसरी बाँच्छौ ? बरु मैले झैँ कतै काम गरे हुन्थ्यो नि । यसो गर्‍यो भने खाने कुरा त बेलामा खान पाउँथ्यौ ।"
"हो त नि । काम पाए त मैले पनि गर्थे ।" ब्वाँसोले भन्यो ।
"तिम्रो लागि काम पाउन केको गाह्रो । मैले खोजिहाल्छु नि । लौ मसँगै सहरमा जाउँ तिमी र मिलेर काम गरौँला ।" कुकुरले भन्यो ।
यस्तो सल्लाह गरेर कुकुर र ब्वाँसो सहरतिर लागे । बाटोमा हिँडदाहिँडदै ब्वाँसोले कुकुरको घाँटीको रौँ खुइलिएको देख्यो । कसरी यस्तो भएको होला भनेर जान्न उसलाई खुल्दुली लाग्यो । कसरी यस्तो भयो भनेर उसले कुकुरसँग सोध्यो ।
कुकुरले जवाफ दियो, "यो केही होइन । राती मलाई घाँटीमा बाँधेको दाग हो । सुरुसुरुमा अलिअलि चहर्‍याउँ छ । पछिपछि बानी पर्छ । केही हुँदैन ।"
"ए ! रातभरि भए पनि बाँधिनु पो पर्ने रहेछ । त्यसो भए तिम्रो जागिर मलाई चाहिएन । लौ म त यहीँबाट फर्केँ । मोटे घर्ती भएर बस्नुभन्दा भोकै मर्नु बेस ।"
२२ तिर्खाएको कौवा र घैँटो
एउटा कौवा साह्रै तिर्खाएको थियो । उसले पानी राख्ने घैँटो देख्यो । ऊ घैँटोको मुखमा बस्यो र पानी खान खोज्यो । तर पानी घैँटोको पीँधमा भएकोले उसले पानी खान सकेन । उसले पीँधमा भएको पानी खान धेरै पल्ट कोसिस गर्‍यो तर सकेन । ऊ निराश भएर उड्नै लागेको थियो । त्यसै बेला उसको मनमा एउटा विचार आयो ।
कौवा उडेर केही पर गयो जहाँ सानासाना गुच्चाजत्रा ढुंगा थिए । उसले चुच्चोले एकएक वटा ढुंगा ओसार्दै घैँटोभित्र राख्न थाल्यो । घैँटोको पीँध ढुंगाले भरिएपछि पानी माथि आयो । अब उसले सजिलैसँग पानी खान सक्थ्यो । यसरी बुद्धि पुर्‍याएर कौवाले पानी खायो र फुर्तिलो भएर उडेर गयो । थोरैथारै गरेर भए पनि प्रयास गरे सफल भइन्छ ।
२३ कुकर र उसको छायाँ
एउटा कुकुरले एक टुक्रा मासु भेटायो । घरमा आरामसँग बसेर खाने बिचारले मुखमा मासुको टुक्रा च्यापेर ऊ घरतिर लाग्यो । बाटोमा खोला थियो । खोलामा काठको साँघु थियो ।
साँघु तर्दै गर्दा कुकुरले पानीमा आफ्नै छाया देख्यो । पानीभित्रको कुकुरको मुखमा पनि मासुको टुक्रा थियो । छायालाई अर्को कुकुर ठानेर उसले रिसले भुक्न खोज्यो । भुक्नका लागि मुख खोल्दा उसको मुखबाट मासुको टुक्रा खोलामा खस्यो । बिचरो कुकुर हिस्स पर्‍यो । पानीभित्र कुकुर कसरी हुनसक्छ भन्ने विचारै नगरी रिसले झम्टन खोज्दा आफ्नै नोक्सान भयो ।
२४ माझी र सानो माछा
एक जना माझी थियो । उसले दिनभरि खोलामा माछा मार्ने कोसिस गर्दा पनि उसको जालमा एउटा पनि माछा परेन । थाकेर घर फर्कने बेलामा उसले एउटा सानो माछा समात्यो ।
माझीको हातमा परेको सानो माछाले विनम्र भएर माझीलाई भन्यो, "बिन्ती छ हजूर मलाई नमार्नुस् । म साह्रै सानो छु । तपाईँको एक गाँस पनि हुन्न म । बरु अहिले मलाई पानीमा छाडिदिनु भयो भने केही दिनपछि म ठूलो हुन्छु । अनि आएर समात्नु होला ।"
माछाको कुरा सुनेर माझीले भन्यो, "यस्तो पनि हुन्छ र - अहिले पो तिमी मेरो हातमा छौ । तिमीलाई फेरि पनि समात्न सकुँला भन्ने के निधो छ र ! हातको माछालाई पानीमा छाडेर ठूलो माछा खोज्नु बुद्धिमानी होइन ।"
२५ माझीको फन्दामा परेका माछाहरू
एक पल्ट एक जना माझी बाँसुरी लिएर खोलाको छेऊमा गयो र माछालाई सुनाउन बाँसुरी बजाउन थाल्यो । उसको बाँसुरीको धुन सुनेर माछाहरूले पानीबाट टाउको निकाल्ने छन् भन्ने उसले आश गरेको थियो । तर एउटा माछाले पनि टाउको बाहिर निकालेन ।
हैरान भएर माझीले जाल हान्यो । जालमा थुप्रै माछा परे । माछालाई जालमै राखेर उसले फेरि बाँसुरी बजाउन थाल्यो । यस पटक भने जालभित्रका माछाहरू बाँसुरीको धुनको तालमा उफ्रन थाले ।
"अब बल्ल नाच्ने बुद्धि आयो तिमीहरूको ?" माझीले भन्यो ।
एउटा बूढो माछाले जालबाट टाउको निकाल्दै भन्यो, "हो मालिक । मानिसको फन्दामा परेको बेलामा उसले जेजे भन्यो त्यहीत्यही गर्नै पर्छ । नत्र कसरी बाँचिन्छर !"