Sunday, June 16, 2013

हरियो महिना, कालो बादल र काठमाण्डौ बसाइ


 यसपालि पनि मेरो सुदुरपश्चिममा  पानी नपरेको खबर पाउदैछु । यहाँ राजधानीमा जेठको महिना नसकिदै बर्षा शुरु भएजस्तो छ । बाबा मछिन्द्रको रथ शायद यसै ऋतुको प्रतिक्षामा ऊभिइरहन्छ क्या रे । आषाढको प्रथम दिवस नपरे पनि आंग्ल मास जूनको यो मनसुन-पानीले मलाइ पनि मेरो थातथलो र त्यहि कुजिएर बसेकि मेरी आजन्म गृहिणी अर्धांगिनीलाइ सम्झन बाध्य पारेकोछ ।

त्यसो त यसै परिबेशसंग मिल्ने कालिदासको ‘मेघदुत’ पढेको ३५ बर्ष पुगेछ । सरकारी जागिरकै सिलसिलामा म दार्चुलाको ब्यास जाँदा  यो महाकाब्यको हिन्दी अनुदित संस्करण बोकेर नै गएको थिए । एस एल सी सम्म पढेको संस्कृतको भरमा यसको मुल रस लिन नसकिए पनि अनुबादको आधारमा जे पढियो, त्यो मन-मुटु झनझनाउने खालको थियो । अलकापुरिबाट निर्बासित यक्षले दक्षिण भारतको रामगिरी पर्बतमा बसेर उत्तरवर्ति बादलसंग पठाएको खबर नै यस काब्यको केन्द्रिय कथन हो।
यक्ष यस प्रसंगमा भन्दछ, ‘ हे बादल! मेहनति किसान माथि दया गर्नु होला । खेतिपाति राम्रो हुने नहुने तिमीमा नै भर पर्दछ। हलुका सुगन्धले भरिएका हालै जोतिएका खेतहरुमाथि मुसलधार पानी बर्षायौ भने शैबाल श्रेणिका शिखरहरु प्रेम र सम्मानपुर्बक मित्र मानेर तिमीलाइ आफनो शिरमा राख्नेछन । जल बर्षाएपछि तिमी हल्का हुनेछौ र तिम्रो गति पनि बढनेछ’ ।
म पनि पुर्बबाट पछिम गैरहेको मनसुनको बादललाई यस्तै भनु जस्तो लागिरहेकोछ । तर तत्कालिन अलकापुरी र हालको सुदुर पश्चिमको माहौल नितान्त भिन्न छ । त्यसैले म भन्छु ‘ हे बादल! सिंहासनका खेलाडी बस्ने यो राजधानीको खाल्डोलाइ सुदुरको मौसमबारे खासै सरोकार छैन । यहाँको नेतृत्व चार भन्ज्यांगभित्रको गतिबिधिको आधारमा देशको हिसाब लाउछ । तिमी प्रष्ट देखनेछौ, पश्चिम क्रमश: बन्जर हुदै जाँदोछ । त्यहाँको किसानलाइ काकाकुल जस्तो आकाशसंग बिलौना सुनाउनु पर्ने परिस्थिति छ । फाइलमा खेति गर्ने सिंहदरवारलाइ त्यसको के  मतलब ? त्यसैले पुर्बबाट पश्चिम लाग्दा राजकिय चरितर अनुरुप ननिख्रिएर फोस्रो गर्जनमात्र नगर्नुहोला । बरु सरस सलील सहित यथासक्य चाँडो गै दिनुहोला ।
हे बादल! कर्नालीको सेरोफेरोमा पुगेपछि तिमी अलि शान्त भएर त्यहाँका सुन्दर दृश्य देखनेछौ । टाढाबाट हेर्दा जुनसुकै ढुंगा पनि चिप्लो देखिन्छ भन्छन । तर यहाँको यथार्थ सारै खस्रो छ । अलिपर महाकाली किनारमा पुग्दा पंचेश्वर नामको प्रस्ताबित जलबिद्युत योजनाको निर्माणस्थल हे-यौ भने यहाँको इतिबृत सबै खुलस्त हुनेछ। झण्डै दुइ दशक अगाडीदेखि यहाँका बासिन्दा पंचेश्वरको सुर्य पश्चिमबाट उदायो भने सेटेलाइट मार्फत बिजुली बेचने सपनामा अझै उँघिरहेका भेटिनेछन् । यहाँ यत्रतत्रमा ठड्याइएका तार रहित वा तारसहितका खम्बा देखेर तिमी पनि भ्रमित नहुनु । यो त कोरा आश्वासन फालेर यहाँका दुखी मनुवालाई रनभुल्लमा पार्ने प्राथमिक प्रयास मात्र हो । यसमा कि बिजुली आउदैन, कि बिरलै बिजली आउँछ । त्यसैले कृपया, आधिबेहरी र बिजुलि  फालेर त्यहाँको घाउमा नुनचुक नछरेमा वरत्र परत्र सप्रनेछ । त्यहाँका अवाक-अचंभित र असहाय मानबिय अनुहारभित्र बलिरहेको असन्तुष्टि र बिद्रोहको ज्वालालाइ तिम्रो शान्त आगमनले केहि राहत पुग्नेछ ।
आलभोली यो श्रापित भुखण्डमा निर्बाचन नामको एउटा नाटक मंचन हुदैछ । त्यसैले बाटोको कुनै मञ्चमा कुनै खाइलाग्दो मानिसका जोशिला कुरा सुन्यौ भने पनि भ्रममा नपर्नु होला । यो यिनीहरुको धन्दा हो । यि धुर्त चुनावजिबीहरुको भनाइ र गराइमा १८० डिग्री कै फरक पर्छ । यहि अन्तरमा रुमल्लिएर मेरा राष्ट्रका पछिल्ला केहि दशक बाँझो बसेकाछन । तर त्यहाँका बिरान बनपाखामा कुनै सज्जन श्रमजिबी पसिनाले तर भएकोछ भने कृपया त्यसलाइ छाया प्रदान गरिदिनु होला ।
मेरो देबभुमी आजभोली दुष्ट ग्रहको छायामा छ । धरतिका रहस्यहरु जानेका मनिषिहरुको यो साधना स्थलमा तिमी हजारौ पर्बतिय गाऊँहरुको करुण क्रन्दन सुन्नेछौ । मदिरामय गाँउमा बिन्तिपत्रे अनुहार बोकेका हतभागी ग्रामबासीहरुमा न कुनै आशा छ, न कुनै बिश्वास छ । त्यसैले यिनिहरु असन्तोषको अनर्गल आक्रोश पोख्न सक्दछन । यस आधारमा यिनलाइ असहिष्णु र अबिबेकी भनि हाल्नु अन्याय हुनेछ ।
मित्र मेघ! यहाँका साना ठुला गाड-गोधरासंग तिम्रो घनिष्ट सम्बन्ध छ । तर अरु कशैले यिनीहरुको चिन्ता गरेका छैन । त्यसैले अचेल क्रमस: कृषकाय बन्दैछन यिनीहरु । कृपापुर्बक एकपल्ट यिनीहरुको जिर्ण कायालाई अंकमाल गरेर जानु हुनेछ ।
आजभोलीको चलनचल्तिका कुरामा बहुलताबादी संस्कृतिबादले यहाँ पनि बडो बजार पाएकोछ । यो ‘फाटो ल्याउ र राज गर’ भन्ने पुरानो संस्कृतिकै यथास्थितिबादी राजनीति हो । के नयाँ नयाँ स्वायत राज्यको मांग साँच्चै यथार्थबादी मांग हो र ? कि हामीजस्ता सिमान्तबासीहरुको आधारभुत साझा समस्या बेकारी, गरिबी, निम्नस्तरीय जीवनशैलीबाट ध्यान हटाएर बन्चितहरूलाइ अझ बन्चित गर्ने मेसो हो ? यो तिमीलाइ थाहा छ, त्यसैले त तिमी अख्खर भिर होस या आधुनिक शहर, सरोबर गरेर पानी प्रदान गर्छौ । यहि सार्बभौमिक मानबताबाद नै हाम्रो अभिष्ट हो। तर बिशिष्ट संस्कृतिको सन्दर्भ आउनासाथ यसमा बन्चितिकरणका सवालहरु स्वत: बादलभित्रको पानी जस्तै लुकेको हुदोरहेछ ।
मित्र मेघ! अचेल भौतिकबादी-उपभोगबादी दर्शन पनि केन्दिय चिन्ताको बिषय बनेको देख्नेछौ । हुन पनि सबै ज्ञानको आधार यहि देह हो । मैले पनि मेरै जिउजस्तो परम आनन्द धाम र पुर्ण तिर्थस्थल अन्यत्र देखेको छैन । यहि देह-संस्कृतिको आडमा कैयौ उद्योग ब्यबसाय चलेकाछन । जेहोस, तिम्रो आगमन मात्रको शितलताले पनि यो देहलाइ बडो आराम मिल्दछ । तर मेरो नेपालमा कृषक जिवनलाई कृषि-तथ्यांकका आधारमा हेरिन्छ । मनुष्यलाइ बस्तु मानेर गणितिय तथ्यांकमा हेरिनु मेरो युगको अर्को त्रासदी हो । यसैकारण शहरियाहरु गाऊँ पस्दा जिबन अध्येता हैन, पर्यटक बनेर पस्दछन । मेरो साथि ! तिमीले एकपल्ट त्यँहाको जिवन पनि हेरी देउ है!! 
यहाँ सत्ता-बिकल्पको दाबी सहित संकिर्णताबादी एनजिओ संस्कृति ल्याएर प्रतिगामी बिचारको राम्रो खेति लगाइएकोछ । यसले छदम-सन्देश दिएकोछ-सरकारभन्दा उ पुर्ण छ, प्रगतिशील छ । लोकतान्त्रिक संस्थाभन्दा यस्ता गैरसरकारीको डाँको बडो श्रुति मधुर भए पनि षडयन्त्रपुर्ण छ ।  यि अलमलका कुरामा तिमी अलमलिने काम नै छैन, यो त मैले प्रसंगबस भनेका कुरा मात्र हुन । मलाइ थाहा छ, यो मेरो अन्तरबेदनाको बिरेचन पनि हो । मात्र के भन्न खोजेको हो भने यहाँ जे जति भयो भनिइएकोछ, त्यो नक्कली हो । अझै पनि आकाशको पानीको भरमा परेको मेरो गाऊँको जिवन पुर्ण आश्रित तिमीमै छ ।
तर यो सबै कुरा अब त्यहाँ भन्नु आबश्यक छैन । पछिल्ला बर्षका द्वन्दले यिनीहरुलाइ अब्यक्त नै सही, जानकारीयुक्त बनाइ दिएकोछ । कमसे कम यिनीहरुलाइ यति जानकारी छ कि ‘ रन अफ रिभर’ जस्ता नया पदावलीले अब धेरै दिन झुक्याउन सक्नेवाला छैनन् । मेरा सुदुरबासीको ओजस्वी उर्जा धेरै दिनसम्म बिक्रयको बस्तु मात्र रहने छैन । हामी इतिहासका केहि गल्तिको साँवा ब्याज बुझाइ रहेकाछौ । त्यसैले , मेरो प्रिय मेघ! जाउ । त्यहाँका आतुर र आर्त मनका घाउमा शितलता प्रदान गरि देउ ।
गाँऊ भुल्नु कुनै अर्थमा पनि शहरिया हुनु होइन । गाँऊहरु नभएको भए यो मेरो देश  मन-मुटु नभएको शरिर जस्तो हुन्थ्यो होला । तर अब गाऊहरु पनि क्रमश: शहरिकरणको चपेटामा छन । पुराना ढूंगाका घर अब सिमेन्टको ढलानमा बदलिदैछन । बहुराष्ट्रिय संस्कृतिले गाँऊमा पनि जरा हाल्दैछ । गाँऊका भित्री संरचनामा परिवर्तन भएकोछ ।
यस्तै एउटा गाँऊको सामान्यघरमा मेरि प्रिया पनि बसेकिछिन । उनको सुन्दरतालाई आधुनिक सुन्दरताका मापदंडले अंक दिन थाल्यो भने त्यो पनि अन्याय हुनेछ ।

चौबिस घण्टाको दिनमा १८ घण्टा काम गर्ने महिलाको जीयस्तै एउटा गाँऊको सामान्यघरमा मेरि प्रिया पनि बसेकिछिन । उनको सुन्दरतालाई आधुनिक सुन्दरताका मापदंडले अंक दिन थाल्यो भने त्यो पनि अन्याय हुनेछ । चौबिस घण्टाको दिनमा १८ घण्टा काम गर्ने महिलाको जीवनसंग  खस्ला र खाउंला भन्दै आकास चियाउने पुरुषहरुको सामाजिक प्रबृत्तिको अन्तर सम्बन्ध जानेपछि मेरा गाँउका महिलाबृन्द दुनियामा सबभन्दा सुन्दर ठहरिनेछन । त्यसै पनि सुन्दरता हेर्नेको आँखामा हुन्छ भन्छन । 
यस्तोमा मेरी दुखारी बुढियालाई खोजन तिमीलाई धौ हुनेछ । उनी आम महिला हुन । कष्टकर बसाइले शहर निर्मित सुन्दरताको छेउटुप्पो भेटदैन । मेरा निम्ति उनी असाध्यै प्रिय छिन, सहयोगी छिन, बिश्वासिलि छिन । जिउडालको बर्णनले मात्र सुन्दरताको अभिब्यक्ति दिन्छ भन्ने मलाइ लाग्दैन । मेरो बिनम्र निबेदन छ, मेरो देबभुमीमा अबश्य जानुहोला । तिम्रो आगमनका कारण त्यँहाको हरितिमा बढेमा बनिता-जनको कान्तिमा बसन्त छाउनेछ । पानीको हाहाकार र सुख्खा भुगोलको अभिसाप हटाउने बादललाई देखनासाथ मेरी प्रिया त्यसै फुरुंग हुनेछिन् । 
कालिदासको यक्षले तिम्री बिजुली-रानी तिमीसंग नछुट्टियुन भन्ने कामना गरेको थियो । मेरो सुन्दर सुदुर बिजुली पाउनकालागि सारै लालयित छ । मेरो मेघ! तिमी आउदा बिजुलिका पापि सौदागरहरुसंग सतर्क भएर आउनु है । उपयुक्त समयमा गाँउ-गर्खा घुमेर अस्तब्यस्त समाजलाई नयाँ जिबन दिनुहोला । तिम्रो स्वाभाबिक आगमनले मात्र निरस निरुद्देश्य ग्रामिण दैनिकीले नयाँ गति लिनेछ ।







Tuesday, June 11, 2013

सुदूर शब्द-सागर



बिशिष्ट मनोभावलाइ अभिब्यक्ति दिन समर्थ रहेका सुदूर पश्चिमका केहि बहु प्रचलित शब्दहरुको सानो संकलन तल प्रस्तुत छ । मानबीय संबेगको सुक्ष्मतम मनोदशालाइ भाषाको माध्यमले संप्रेषण गर्नमा यि शब्द-संपदा सर्बत्रका लागि अनुकरणिय र संग्रहणिय हुन सक्दछन । तपाइको संकलन र जानकारीमा भएका यस्ता शब्दहरु जोगाइ राखनु आजको आवश्यकता हो । हामी नेपाली भाषामा समेत यस्ता शब्द समाबेश गरि राष्ट्र भाषालाई अझ समृध्द बनाउन सक्दछौ ।
गुगुल्डी-   अतृप्त आकांक्षा
उचटा-    दिकदारि
छुद्दी-     सानो कुरामा नियत दगाउनु
झ्यारी-   आक्रोश
निफ्फि-  था्म्नै नसकिने आक्रोस,नाकका पोरा फुलाएर ब्यक्त आक्रोस,
झुक्कुर-  मनको थाम्न नसकिएको बेदना
झस्को-   चस्को, झझल्को,शंका
होस्को-   अर्काको देखासिकि
दमदमी-  के गरौ,कसो गरौ लागेको
झलेलि-  केहि गर्न नसकेकोमा जिउ चिलाएको जस्तो भएको,

दचौका-  कुराबाट मनभित्र गरिएको चोट,
निझर्को-  झर्को नभएको
झरन-   निरन्तरको चिन्ता
झिजोण- ससानो पिरलो
ठस्का-  बहाना
नकचोडाइन- अस्विकृतिबोधक तरिकाले नाक खुम्च्याएको
अनालो-  पारदर्शी नभएको,केहि थाहा नभएको
अनबिदि-  अकथनिय
अरोलो-  किचलो

Monday, June 10, 2013

चेतना बन्धकी राखेर !



विश्वासमा बाँच्ने मान्छे हामी 
बाँचिदिन्छौ , एक जिन्दगी !

भनेको र सुनेको कुराका भरमा
तर्सिन्छौं हामी जब
अनि पस्छ , साँच्चै गाउँमा भूत
अस्ति , तल्ला घरे खस्यो !
पोहोर , माथ्ला घरे गएथ्यो !
कर्मको खेल हो , भनिऊँ !

सधैं-सधैं गाउँमा जब
आउँदै-लाँदै गर्छ भूत
र लखतरान पार्छ अनि सकाउँछ जीवन लीला
हामी भनिदिन्छौ , भावीको लेखा हो
कसको के लाग्छ !

पुराना मान्यतामा बाँचेका;पछौटे हामी
जब बच्चाको जीउ कुपोषणले सुक्छ
अनि गर्छौ , झार-फुक
जब जवान युवतीको दुख्छ ज्यान; रक्तश्रावले ,
अनि ठान्छौ
लागेको होला , सिमे-भुमे भनेर
खोज्छौ ;झाक्री र ठटाउँछौ; ढ्याङ्ग्रो

अहिले गाउँमा अलिकति शिक्षाको उज्यालो
अलिकती चेतना आयो
फाट्ट-फुट्ट अस्पातल पुगे र
थोरै भए पनि भूत गाउँ पस्न छोडेको बेला
भूत गाउँबाट लखेटिदैं गएको बेला

जिउँदै मान्छे बनेर भूत फेरी
गाउँ , जङ्गल , शहर
जताततै पसिरहेछ
मसानमा बदल्न खोजी रहेछ
देश
तब हामी भूत भगाउन
पुन: निकाल्छौ , ढ्याङ्ग्रो र
ओर्लिन्छौं सडकमा
पुरातनवादी हामी , रक्षा गर्न हाम्रा चलन
भत्काउछौं ;रेलिङ र बाल्छौ; टायर
तर भूत कहिले भाग्दैन
नियम लाग्छ " डार्बिन"को यहाँ
भूत बलिया बन्दै जान्छन्

अब कतिन्जेल यस्ता
हल्लाका भरमा बाँचेर
जिन्दगी ढ्याङ्ग्रो बनाउने
चेतना बन्धकी राखेर !

(कविता, साभार- बलदेव भट्टराई,

 ब्लग-TRUE LIFE'S JOURNEY, 

चित्र, सौजन्य-गुगल )



Sunday, June 9, 2013

खप्तडमा गंगा दशेरा मेला (फोटो फिचरसहित) :: Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Audio, Video, Nepali Model, Actor, Actores, Interview

गाउँको बारेमा लेख्नै परेपछि----



शैवालिक श्रेणीको फैलिँदो बेंशी छेउछाउमा वेवारेस जस्तो जमीन ओगटेर वसेको एउटा अव्यवस्थित आम वस्तीका बासिन्दाहरुले देखे सुनेको र भोगेको यथार्थहरुका बारेमा केहि लेखहरू यो ब्लगमा राखिएकाछन । सिकेका सीमित शब्दहरुको आडमा यथार्थ र भावनालाई जस्ताको तस्तै अभिव्यक्ति दिन अप्ठेरो पर्दो रहेछ । त्यसैले दोहर्याएर पढदा यि आलेख अधूरो रहेको महसूस भएको छ । तथ्यहरुलाई विश्वसनीय बनाउन लेखकलाई यथासम्भव तटस्थ राख्ने प्रयास गरिएको भए पनि आफ्नै गाउ, आफन्त र आफ्नै विगतको त्रिवेणीबाट बग्दै अज्ञात आगतको अडकल गर्नु उकालो काम हुन गएको छ । निश्चित संहितामा बाँधिएर लेखनलाई निरन्तरता दिन गाउँसम्मको निर्वाध आवगमनका अप्ठ्यारा र पाको निर्देशनको अभावका बावजूद यो पुस्तकको पाण्डुलिपि तयार गर्नका लागि हौस्याउने आफन्त समाज धन्यवादको पात्र हुन पुगेको छ ।

झट्ट हेर्दा यो लेखाई साहित्यिक दस्तावेज जस्तो लाग्न सक्दछ । तर यसभित्र निश्चित गाउँको भूगोल पनि छ, इतिहास पनि छ । यो वंशावली पनि हो । ग्रामीण लोक व्यवहार, लोक–कथा, तथ्य–तथ्याङ्क र ग्रामीण विकासका संभावना पनि यसभित्र समावेश छन् । यो खुत्रुके प्रस्तुति वास्तवमा के हो ? यो कतिको सान्दर्भिक र सार्थक रह्यो ? र कस्तो हुनु पर्ने थियो ? विज्ञ पाठकबाट मात्र निक्र्यौल हुनेछ ।

जीवनको उत्तरार्ध पुगेपछि मानिस अतीतद्रष्टा हुन्छ भन्छन् । तर आफ्नो नालीवेलीका बारेमा शोधखोज गर्ने भित्री मनसाय राखेको वर्षौ भए जस्तो लाग्दैछ । तथ्य र कथ्यहरुको विश्लेषण बाट पराजय मेरो पुर्खाको आगमनको कारण होइन, न विजय नै बसाइको कारण हो भन्ने प्रमाणित भएको छ । स्वतन्त्रता जोगिएको जातीय अभिमान बोकेर विशिष्ट रीतिथिति चलाउने मेरा  बाजे–बराजेहरु जहाँबाट यस थात थलोमा आई वेग्लै थर चलाएको भए पनि ती त्यहिँका मात्र होइनन र यायाबरी मात्र तिनको परिचय होइन रहेछ । वास्तवमा पुख्र्यौली इतिहासको ठूलो फाँट अज्ञात छ । तर वंशानुक्रमको दृष्टिले सवभन्दा पछिल्लो संस्करण र आदिम यात्राको प्रवाहमान समकालीन अवशेषको रुपमा यस गाउँमा सिंगो सुसंस्कृत र समन्वित परम्परा अद्यापि बाँचेको छ, जुन यि लेखमा  भेट्टिन सक्दछ ।

प्रत्येक जयपराजयमा ग्वाल्लेकतिर फर्केर हात जोर्ने मेरा पुर्खाहरुको परम्परा बोकेर आफ्नो पालो पूरा गरि अनन्तमा हिडेका स्वर्गीय पिताजीको निरन्तर क्रियाशील रहने संस्कारमा हुर्केको कारण म पनि आफूलाई त्यसै देवात्मा शैल शिखरको सन्तान र अनन्त सत्ताको उत्तराधिकारी सम्झन्छु । यो लेखनको क्रममा मेरा व्रहम–लिन आराध्यहरु, – सद्मार्ग पहिल्याउन सिकाउने पुज्य बुवा स्वर्गीय धर्मानन्द बडू, प्रतीकात्मक अर्थ बोध गराई गाउको गरीमा राख्न सिकाउने जेठा बुवा मानिएका स्वर्गीय वाल–ब्रहमचारी महात्मा जी, मलाई संधै उत्साहित गर्दै गाउँको इतिवृत मुखाग्र वताउने स्वर्गीय धामी जयदेव बडू, वंशावलीको विवरण राख्ने एकल श्रष्टा स्वर्गीय ज्योतिष विरभान बडू र सोको टिपोट उपलब्ध गराउने गुरुवर स्वर्गिय दुर्गादत पाण्डे (पैंतोला)ज्यूमा श्रद्धा सुमन चढाउछु । वंशावली तयार पार्ने काममा निक्कै सक्रियता देखाएर अल्पायुमै अस्ताउन पुगेका स्व. पद्रमराज बडूको प्रयास सदैव स्मरणीय रहने छ । यस काममा सहयोगी बनेका बाजे महादेव बडू, बाजे डम्बरदत्त शर्मा बडू र भाइ कृष्णदत बडू लगायत सन्दर्भ सामाग्री उपलब्ध गराउनेहरु धन्यवादका पात्र छन् । पाण्डुलिपि हेरी अमूल्य सुझाव दिने सहसचिव हरिदत्त पाण्डेय प्रति हार्दिक आभार व्यक्त गर्दछु । मुद्रणका लागि सहयोगी हातहरुको खाँचो छ ।
मेरा ग्रामवासीहरुलाई थाहा छ, न मैले गाँउमा धेरै बस्न पाएको छु, न यहाँका विधि व्यवहारका वारेमा धेरै थाहा छ, । यो पवित्र स्थानको सांगोपांग जानकारी दिने पुस्तक लेख्नु मेरो अनाधिकार चेष्टा मात्र हो । तैपनि आत्मसंतोष र आफन्त मण्डलीको आग्रहमा यि लेख लेखी हाल्ने धृष्टता भएको छ । यसका लागि क्षमाप्रार्थी छु । यो
भित्रका कमीकमजोरी मेरा व्यक्तिगत खातामा जाने छन् । विज्ञ पाठकहरुको सूचना र प्रतिक्रिया समेटेर अर्को संस्करणलाई बढी व्यवस्थित बनाउने वचनबद्धता व्यक्त गर्दछु ।

अन्तमा, स्थानीय लोकगीतको सानो सान्दर्भिक बोल टिप्दछु,

–सरक तारा रुमझुम, एक तारो सुक्कुर,
       गौं भणि गायाको होईन, अयाका झुक्कुर ।

र, थप सुधारका लागी सुझावको प्रतीक्षामा बस्दछु । धन्यबाद्  ।



Saturday, June 1, 2013

केहि तथ्य–तथ्यांक; आफनै ठाउँको


 (१)

दुर्गास्थान गा.वि.स. को वस्तुगत विवरण


अवस्थिति      —           सदरमुकामबाट ५ कोष पूर्व
क्षेत्रफल         —           २०.३८ व.कि.मि.
जनसंख्या       —           अन्दाजी ५७९८
उचाई          —           समूद्र सतहबाट २९५० मिटरसम्म
औसत वर्षा     —            १५० मि.लि.
साक्षरता        —           ६२.५%, पुरुष ८२% महिला ४३% (०६३को तथ्यांक)
विद्यालय      —           उच्च मा.वि. १
                     —         प्रा.वि. ६
स्वास्थ्य संस्था   —          स्वास्थ्य चौकी १
कृषि योग्य भूमी  —          ८ व.कि.मि.
सिञ्चित भूमी         ४.१०   ,,
यातायात         —       पाटन पञ्चेश्वर सडक र प्रस्तावित देहीमाण्डौसलेना सडक ।
नजिकको बजार        देहीमाण्डौ, सलेना र दुर्गास्थान,
धार्मिकस्थल       —      असीमीकेदार, ग्वाल्लेक, केदार, भूमीराज, कैलपाल, समैजी र खापरमाण्डौ ।
मुख्य जातजाती    —       बडू, पाण्डे (पैतोला), चन्द, बोहरा, पन्त, भट्ट, भण्डारी, लोहार, दमाई ।
जम्मा घर धूरी     वा.नं.     घरधूरी  गा.वि.स.वाट टाढा कोष   स्थान नाम
(जम्मा५९९)
                     १        ६९     १     रौतगाउँ
                     २      ७५     ०.५    कपर्त
                     ३      १००    ०      स्याडी पूजारागाउँ
                     ४      ६९     १.५    सुरकाल                            
                     ५     ५९     १.५    ,,
                     ६      ५६     १.०    पारी सुरकाल
                     ७      ५५     १.५        ,,
                     ८      ५७     २.५    ढणौन
                     ९      ५९     ३.०    ,,            
                                                     (गा. वि. स. बाट प्राप्त ०६३ को विवरण अनुसार)
      
+ भूमीहिनहरु १९ परीवार + आमा बुवा संग बस्न नपाएका वालवालिका- ३६   + विधुवा-विधुरहरु- ८४
+ एक भन्दा बढि श्रीमति भएका ५१    + परिवारबाट छुटिइ एक्लै बसेका ८ ।
+कुषि पशुपालन ५२६ परीवार, +कृषि+पशु+पंछी  ९६परीवार,  +कृषि मात्र २० परीवार, +पशुपालन मात्र ५ परीवार
+व्यापार २४ परीवार, +सेवा २७ परीवार, अन्य ६ परीवार ।
जम्मा बालबालिका  १८२१
जातजातीहरु
       ब्रम्हाण -  ३११३,      क्षेत्री- ५८७,   ठगुरी-   ४०१,   दलित-     ६६८,   सन्यासी        २९
(श्रोतराष्ट्रि श्रम प्रतिष्ठानको सर्भे २०६० मा आधारित)

(२) 

श्रीकेदारको आल (सुरकाल) को परिचयात्मक बिबरणसांख्यकीय झलक र पार्श्वचित्र

अवस्थिति      —           दुर्गास्थान गा.वि.स. को पश्चिमी पार्श्व, ग्वालेकधुराको पूर्वी दक्षिणी ढलान ।
घरधूरी        —             झण्डै २३९
जनसंख्या       —           ३१२३ जना (०६३ को बिबरण)
प्रमुख जाती    —              बडू, बोहरा र लुहार ।
विद्यालय      —           २ वटा प्रा.वि. ( केदारशिला र कैलपालेश्वर)
मुख्य नदीनाला —              वगाडी गाड, रौलाघाट गाड, गोदागाड, धारीगाड, कोईराली खोला, ग्वानी खोला आदि ।
भूउपयोगको स्थिति—     चरन - १५%, जङ्गल- ४०%            खर फगाला - १०% खेतीयोग्य जमीन- ३५%
मुख्यवाली      —           मकै, धान, गहूँ, भटमास, जौ, उखु आदि ।
वनमा पाइने मुख्य वनस्पतीवाँज, खर्सु, वुरौंज, ओखर, पाङर, चिलौने, अयार, सौंण, सल्ला, रुइस, वैस, गडिया, चुक्या, लुइटो, दल्लो, वाणि, ¥यौल्पा, खड्ग, पडङेउलो, वकलपात्या, काउलो, किटकाउलो टप्पोल्या, काफल, सिलङो, दालचिनी, तेल पर्या, भणुवा, पैयु, पिपल, सिमल, बडूवा काकणि किरमडा, घङारु, मेल कणिया आदि ।
जडीवुटीहरु       —         अमला, दालचिनी, तेजपात, वोझो, पाखान भेद (शिलफोडे), सिमे चुथ्रो, टिमुर, लोक्ता, सोमलता, दारुहल्दी, भालुका केला, गुवो झिझराइन, लेखतिते, कचूर, सतुवा, गनानु, कणवेलो, खुचण्या, धपण्या, रातपाते, हत्ताजडी, आकाशवेली आदि ।
सम्भावित खानी   स्लेट, खरिढुङ्गा, धाउखानी (फलाम), चून ढुङ्गा आदि ।
प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त स्थानखापरमाण्डौ, गाईखोज, थरौट, भन्तोली, देउखोली गुफा, भौना, स्याँतल आदि ।
मुख्य धार्मिक स्थल  ग्वाल्लेक केदार, असीमीकेदार, केदार, खापरमाण्डौ, कैलपालमाण्डौ, भन्तोली आदि ।
अन्य स्थानहरु-स्याँतल,  -जुजनथला,   - अनारकट्टे, स्याउले पातल, - ग-याडी,मौरगण्याबगडा           कल्लखोला, जुजनथला (युद्धस्थल),दरम्यारोडा कोईराली, भैसीखर्क ,हँसेखोला,बजानी, -पसक्वाल    देउला,  दुर्गास्थान, खरङणा, कुल्याहोम, -.पुजारागाउँ, छोयापानी,गोलाडुङरी, - धाउखानी, -लोर्खा  देउखोलि, चिमिर्खा,-डङाली, ओली गौं,घाङल,लोईभिटा,भिणि माई,डाडा,सिराड्,खात्तीगौंग्वानी  धनकुणा,खोला गौं,डौडी,ढकोला,भकर्त,खल्लेक,      खेल्लेदुणा,कैलपालमाणैं,गाईखोज, -अनारकट्टे पन्दोइजर, त्रिशूलका डाडा,पैतोली गाउँ,फल्ल्यागणा   ,स्याँती,खोलाघर,चाउटा,- जडियाखाली, मजर्खोला,पदमपूर,ढकोला,थरौट,चौटा,धारी,मल्लागौ,लाछमारे,गैर,-- जाईखाली,वराः,भसमबाटा,कोप्या,तुडा,कन्नेउणा,मटेखोला,कुनिवटा,तिलथली,खाँणसिमनोला,लोर्खा,- ग्वानी,- चौरा,माइखर्क,परिगौं,भौना,भन्तोली,छेला,खुटकुणि ओराड्खापर मुसन्वाली,डोवरा,- भोल्लणा, -दियालगाउ, -कठायतबुङा, आदि।
विकासका सम्भावनाहरुः
जडिबुटी, मसाला, तरकारी खेतीको कार्यक्रम
दलहन खेती
डाले घाँस,चरिचरनका कार्यक्रम
आधुनिक गोठ,गोठेमल व्यवस्थापन,प्रांगारिकमल व्यवस्थापन
स्लेट, खरिढुङ्गा र चुनढुङ्गाका उद्योगहरु
पशुपालन व्यवसायको आधुनिकीकरण
सिपमूलक शिक्षालयको व्यवस्था,सामुदायिक भवनको व्यवस्था,सूचना केन्द्रको व्यवस्था
ग्रामीण पर्यटनका सम्भावना
                — सू.प. को लोक सभ्यता, संस्कृतिका लागि अध्ययन
                — धार्मिक पर्यटन
                — प्राकृतिक दृश्यावलोकन
                — जैविक विविधताको अवलोकन
माहुरी पालन
गाउँसम्म पुग्ने करिव ८ कि.मि.को वातावरणीय सडक
व्यवस्थित विद्यालय र स्वास्थ्य संस्था
आधुनिक घट्ट,वैकल्पिक उर्जा
कुटिर उद्योगहरु
सहकारी खेती
नमूना गाउँको रुपमा विकास 

(३)
वैतडीमा उपलव्ध  जडीवुटीको लगत
                जडीवुटीको नाम  इकाई   अनुमानित परिमाण      ०६१।०६२को निकासी
१.     रिठा           टन                        ३५०                       २६७
२.     अमलडाँडा       ,,                      ३७                       ४५.५
३.     तेजपात          ,,                       १६                        ०.९
४.     वोझो          ,,                             २                         
५.     पाषाण भेद (शिलफोडे)    ,,       २००                      
६.     सुगन्धवाल (सिम्या)     ,,           २०                        ५.५
७.     चुथ्रो (किरमडा)         ,,               ५६                      
९.     टिमुरदाना           ,,                   २५०                       ०.३
१०.    लोक्ता (वडुवा)    ,,                   ७००                       ७.०
११.    वारहसिँगे फल (काकणि)  ,,           ३                      ०.०२
१२.    सोमलता              ,,                     ५०                    
१३.    दारु हल्दी            ,,                     ५०                       
१४.    झ्याउ                ,,                     ११०                     ३१
१५.    विषजरा               ,,                    ३०                      
१६.    मजिठो         ,,                           १०                       
१७.    मुसली         ,,                            १०                           
१८.    जिवंती (भालूकेला) ,,                  १०                          ८
१९.    वुकेफूल (गुवो)   ,,                      २०                       
२०.    टुकिफूलन      ,,                         १०                        
२१.    विष फेज जरा   ,,                       २०                       
२२.    सुगन्ध पात (सिम्पा पात) ,,       २६                      
२३.    लघु पत्र जरा    ,,                         ५                       
२४.    पावन वोक्रा (काउलो)     ,,         ९०                         ४७
२५.    कूरिलो जरा (झिझिरकाँणा),,     २६                          
२६.    चिराइतो (लेकतिते)      ,         , १०                          ०.८
२७.    बज्रदन्त        ,,                        १०                        
२८.    अग्रेलीको वोक्रा   ,,                १०                        
२९.    भोर्लाको वोक्रा    ,,                १५                        
३०.    कचूर          ,,                        ५                        
३१.    निगालो        गोटा            ५००००                     ९४,८५०
३२.    खोटो          टन                  ३७५०                       

                    (४)
महर्षि अत्री विरचित रामस्तुती
(रामचरित मानसबाट)
नमामी भक्त वत्सलम्, कृपालुशील कोमलम्,
भजामी ते पदाम्बुजम्, अकामिताम् स्वधामदम् ।
निकाम श्याम सुन्दरम्, भवाम्वुनाथ मन्दरम्,
प्रफुल्ल कन्च लोचनम्, मदादिदोष मोचनम् ।
प्रलम्व वाहु विक्रमम्, प्रभो प्रमेय वैभवम्,
निसंग चाप शायकम्, धरम् त्रिलोक नायकम् ।
दिनेशवंश मण्डनम्, महेश चाप खण्डनम् ।
मुनिन्द्र सन्त रंजनम्, सुरारीवृन्द भंजनम् ।
मनोज बैरी वन्दितम्, अजादि देव सेवितम,
विशुद्ध वोध विक्रमम, समस्त दुख नासनम् ।
नमामी ईन्दिरा पतिम्, सुखाकरम् सताम गतिम्,
भजे शशक्ति सम्वुपम्, शचिपति प्रियानुजम् ,
त्वरन्द्रि मूल ये नरा, भजन्ति हीन मत्सरा,
पतन्तिनो भवार्णवे, वितर्क विची संकुले ।
विविक्त बासिनम् सदा, भजन्ति मुक्त ये मुढा,
निरस्व ईन्द्रियादिकम्, प्रचान्ति ते गतिम स्वकम् ।
त्वमेक मद्भूतम् प्रभु;  निरिह मिश्वर विभू,
जगत गुरु च शास्वतम्, तुरीयमेव केवलम् ।
भजामी भाव वल्लभम् सुयोगीनाम् सुदुर्लभन्,
स्वभक्त कल्प पादकम, समं सुसेव्य मन्वहम् ।
अनूपरुप भूपतिम् नतोहमुर्विजा पतिम,
प्रसिद्ध ते नमामी ते पदान्ज भक्ति देही मे ।
पठन्ति ते स्तबम् इदम,नरादरेण ते पदम्,
वज्रान्तितात्र संशद्वस्, त्वदीय भक्ति संकुलम् ।

(५)
गुठीपूजा व्यवस्थित गर्न तोकिएको तेरीज उतार

( विक्रम सम्वत १९४५ सालको साविक सनद दरवन्दी वमोजिम तत्कालिन डोटी जिल्ला उपल्लो स्वराड गर्खा सुरकाल मौजाका श्रीकेदार देउताको पूजा आजाको निमित्त ठेकीएको रु. १४३ले येनकेन पूजा आजा चलाई आएकोमा र सम्वत् १९८११११३३ डोटी अछाम मालले गरेको जाहरी समेतको आधारमा १९९५ का सरपट जाँचले रु. १४३मात्र गुठी मिनाहा गरी अरु रैकर गरेको र समयका परिवर्तनले साविकमा रु. १को २ पाथी घ्यू ठेकिएको भए पनि हाल सो दरमा कुनै चीज खरीद गर्न नपाई गुठियारले नोक्सानी सहनु परेकोले साविक बमोजिम कसर सलामी खुलाइ मनासिक माफिक दरवन्दी गरी गुठी थामि पाउन गुठियारका तर्फबाट आएको विन्तिपत्रमा २००४३०३ मा कमाण्डर इनचीफबाट खड्ग निशाना तोक परमाङ्गी भै १९४५ सालका सनदमा मनासिव माफिक लगत दरवन्दी कायम गरिएको व्यहोरा ००४ कार्तिक २६ गते रोज ५ मा दुई छापे तोक सदर वैतडी मालमा आएको आमदानी खर्च र वाँकी कसर समेतको लगतको उतार.............................. )
जम्मा आम्दानी रु. ३५१६० जम्मा खर्च रु. ३३४१ वाँकी १७५९
१.     वडा दशैं पर्व पूजाको जम्मा       ४५६४
                गौदान गाई १ को                           २५०
                घटस्थापना देखि नौमीसम्म पूजा अक्षेता    १५० (तीन पाथी चामलको)
                दूध २० माना —                             २०
                ध्वजावति समेत कपडा थान १    ४३२
                चण्डी आवर्ति १८ को                    २।८८
                भेटी                                           १।
                वेलपत्र श्रीखण्ड फूल                      ।५०
                आगंद्वारे                                   १
                होम वति वाल्न समेत घ्यू पाथी ४ को     ९
                हवनको लागि घ्यू       ।५०
                जौ पाथी १                  ।५०
                तिल पाथी १             २
                धूप वत्ति नैवेद्य पञ्चामृत              ।५०
                भैरवहरुलाई वलि वोका                 १०
                रुद्रि आवर्ति                                    २
                अखण्डवति वालनलाई                    २२५
                गणेश कलश, नवग्रह भेटी,भुयसी दक्षिणा    १
२.     ऐं पर्वमा गुठियार कामदार भलादमी समेत भोज खान१२४३
                चावल पाथी १८                    ९
                नून घ्यू वेसार तरकारी          ।७५
                दाल पाथी २                         २।२५
                पिठो, सक्खर दही                   ।४३
३.     चैत्र नवरात्रीको ऐ. वमोजिम       ४८
४.     जेठ मैना न्वागी पूजा होम सरजाम ३।३७।२
                गौदान गाई १          २।५०
                अक्षेता पूजा            १।६२।२
                खिर पकाउनकालागि             १।५४
                चण्डी आवर्ते                             १।४४
                ध्वजा वतिको कपडा             ३।५०
                वेलपत्र फूल श्रीखण्ड             २०
                भेटी           १
                होमवतिको घ्यू          २।५०
                जौ तील                      ।५०
                धूप दीप पञ्चामृत नैवेद्य        ।५०
                भैरवहरुलाई वलि वापत          ४
                खिरमा राख्न सक्खर            ।२७
                गणेश, कलश, नवग्रह, धुप         १
                रुद्री आवर्ति                                 १
५.     यो पर्वमा गुठियार कामदार भलादमी समेतको भोज६।४८
                चामल पाथी ९          ४।५०
                नून, वेसार, तरकारी       ।७५
                दाल पाथी १                    ।९८
                पिठो सक्खर दहि             ।२५
६.     कार्तिक मैनाका न्वागी एै. बमोजिम पूजा भोज४१।८०।२
७.     विजूवत संक्रान्तिको      ,,                              — ४१।८०।२
८.     सावन मैनाको पूजा                                        ४१।८०।२
९.     सावन मैना वति वालन                                     ४१
१०.    श्रीकेदार थानमा गौदान गाई                            २६।४१
११.    आश्विन वडा दशैंको पूजा भोज सरजामथप  ६०
१२.    गुठियार कामदारको खानगी                           २१४०
                पूजाहारी किस्ने पैतोला  रु.     २।५०
                ऐ. विरभान के                        ५०
                धामी परे बडू                          
                मु. मौरे बडू                             ५०
                मु. किसने बडू                         ५०
                पानी बोक्ने दलुवा बोहरा समेत   
                माडौ छाउने कैलो बडू समेत      १।५०
                भण्डारे विरभान बडू                  
                वाजा वजाउने तुलसे दमाई       
                लिपपोत झाडू बढारु गर्ने कल्यान वोहरा   
                भोकर झ्याली बजाउने  गणेश बोहरा         
                दाउरा पात ल्याउने कलुवा लुहार  
                बाँकी कसर रु १७४९ बाट गुठीमा बनाउनु पर्ने
                लम्बाई १४ चौडाई ७ अग्लो ६ गज भएको ढुंगाले बनेको
                ढुंगाले छाएको श्रीकेदारको मन्दीर  
                धर्मशाला साँढे नौ गज लम्बाई चौडाइ साँढे चार गज उचाइ
                चार गज भएको धर्मशाला       
                ढुँगाको परखाल        
                भण्डार दुई तले ढुँगाले बनाएको   
                ढणौन थानको श्रीकेदार मन्दीर    
                पर्खाल ४० गज लम्बाइ         
                दुइ तले लम्बाई ९ इन्च चौडाइ ४ इन्च भएको 
                लम्बाइ ४ चौडाइ २ गज भएको भण्डार    

समाप्त