Tuesday, November 19, 2019

कालापानी कोलाज



कालापानी कोलाज


  बैतडी दार्चुलातिर धेरै होहल्लालाइ कल्लाताल भनिन्छ । आजभोली सुदुर पश्चिमोत्तरको त्रिदेशीय सीमाक्षेत्र कालापानी- लिम्पियाधुरा-लिपुलेक क्षेत्रका बारेमा देशैभरि कल्लाताल भएको अवस्था छ । यो उहिले हुनु पर्थ्यो । तर थाहै नभएर होइन, निहित स्वार्थका कारण लामो समयसम्म नेतृत्वले धुँवाएको समस्यामाथि पातपतिंगर हाली रह्यो । आगो बल्न थालेपछि बल्ल पानी खोज्न थालेकोछ । देशभरी हल्लैहल्ला भएकोछ ।
  कालापानी त्यसै पनि श्रुतिमधुर शब्द लाग्दैन । अती दुर्गम अस्वास्थ्यकर टाढाको अप्ठ्यारो ठाउलाई पनि बोलचालमा कालापानी भनिने प्रचलन छ । तर चर्चित कालापानी क्षेत्र दुर्गम भए पनि हेर्न बुझ्न लायक थियो र अझै सामरिक महत्वको छ । यस बारेमा भैरहेको कल्लाताल सुनेर त्यहाँको पुराना अस्पष्ट बिंबहरुले शब्दचित्र कोर्न थाल्दा अझै पुर्ब- सम्झनाले शरीरमा काँडा उम्रिन्छन् । 
 बिक्रम सम्बत २०३६ को कुरा हो । एक छोराको बाबू भैसक्दा पनि उमेरले गधेपच्चिसी नाघेको थिएन । एस एल सी सकेर तीन बर्ष जति ग्राम समितिमा काम गरेको मात्र अनुभव थियो । लोकसेवा आयोगको जाँच दिदा दार्चुलाको जिल्ला प्रशासन कार्यालयमा सिफारिस पाए । सरकारी नौकरीतर्फको यो पहिलो यात्रामा त अर्कैै संयोग जुरेको रहेछ। अफिस पुगेपछि मात्र थाहा पाए, हाजिर नहुँदै मेरो पदस्थापन उत्तरी सीमा प्रशासन व्यासमा  भैैसकेको थियो । केही चलाक मित्रहरुले आफुु अनुकुल हुने दाउ हानिसकेका रहेछन् । 
तिन दिनको बिकट बाटो । दार्चुला सदर मुकामबाट झण्डैै सय किलोमिटर टाढाको छांग्रुमा गर्मी  ६ महिना र जाडो ६ महिना खलंगामा कार्यालय खोल्नुपर्ने प्रचलन रहेछ । अती बिकट ब्यास गर्खामा जानुपर्ने गरि दरबन्दि पारेकोमा त्यहा नजाउ कि जस्तो पनि लाग्यो । साथीहरुसंग सल्लाह गरे । नियतिले यसपालि हिमालयकै हावा खान खटाएको मानेर चित्त बुझाए । 
  सीमा प्रशासन शाखामामा जानै पर्ने भएको हुदा ब्यासबाट खलंगा आउने भएका सीमा प्रशासन अधिकृतलाई पर्खि बसे ।  उनले हाजिर भएको मितिदेखि तलब भत्ता खाने गरि नियुक्ति दिने भनेर ठाडो आदेश लेखी दिए र आफु लुस्सुक्क काठमाण्डौ लागे । ब्यासमा एक जना मुखिया मात्र अफिस कुरुवा बस्नु भएको रहेछ । त्यहाँ हाजिर हुन जान ३ दिन हिडनु पर्ने थियो ।  म न माथि न तल हुने गरि सदरमुकाममै झुन्डि रहे । केही दिन सारै तनावमा बिताए । २८ भाद्रमा सीमा प्रशासन कार्यालयमा मेरो बारे भएको निर्णय पत्र पठाए । असौजमा कार्यालय नै तल खलंगामा सर्ने भएकोले ` देखा जायेगा´ भन्दै बैतडी फर्के र घरमै कुरेर बसे ।
  दशै  सकिएपछि घरमा कामको चटारो थियो । सौका मात्र बस्ने अति टाढाको अपरिचित गाउँठाउँमा जान कसैको सहमति थिएन ।  त्यस दिन बिहान गजाल( खरबारी ) को बाटोमा शीतका दाना चम्किदै थिए । झ्याउकिरी कराउदै केही भनि रहेको थियो । उदास मन लिएर बुवा आमा र घरलाई ढोके । ग्वाल्लेकधाम तिर हात जोडे । तिहारको रमझम नकुरी म ब्यासभुमीको यात्रामा निक्लिए । झुलाघाट  पिथौरागढको बाटो दोस्रो दिन धारचुला हुँदै दार्चुला पुगे । नयाँ नौकरी र नयाँ परीबेशसित जुध्नु पर्ने जो थियो ।
  ब्यास बसाइ सर्नका लागि केही जोरजाम गरियो । ०३६ असौज २३ गते जिबनको  लामो र बिकट उत्तरापन्थको यात्रामा हिडियो । सहयात्री बन्यौ - म र हरीदत्त २ खरिदार, मुखिया, पियन, जुनियर हेल्थवर्कर, हवल्दार र कन्सटेबल । जम्मा ७ जना । दार्चुलाको उत्तरी सीमा प्रशासनमा खटिएको सरकारी टोली थियो यो ।
श्रीभावर, बडुगाँव, स्याकु, हुति, सुनसेरा, राप्ला, दुमलिङ,थिँ ,निगु, बुदि, छियालेक, गर्ब्याङ, सितापुल जस्ता कैयौ स्थान छिचोल्न पुरै तिनदिन लाग्यो । विहान साढे चार बजे अँध्यारोमै उठिन्थ्यो । कहिले त राति आठ बजेसम्म हिडिन्थ्यो । बिकट भिर, निपट जंगल, बाँदर लोटने बाटो, सुनसान बस्ति, तिंकर घोडेटो काटने काममा खटिएका ज्यामीहरु बसेका ओढार । यात्रा दुष्कर थियो । यात्रि हौसलावान थियौ । र पो महाकालीको किनारै किनार बुदिबाट प्रबेशाज्ञा बेगर भारत प्रबेश गरि सितापुलबाट सुटुक्क नेपालको छांगरु छिरेका थियौ । यो कालापानी पुग्ने नेपालको निकटतमबस्ती थियो । यहि थियो सीमा प्रशासन कार्यालय,मेरो पहिलो जागिरे थलो र मेरो पहिलो पाँचदिने यात्राको अन्तिम गन्तव्य । 
  आगनमै हिमालय । चौरी र झुपुका बथान । सौकाहरुको भावभुमी । कालिदासको मेघदुत संगै लगेको थिए । थकित शरीर र आल्हादित मनले आद्योपान्त किताब पढिरहे । पुराना साथिहरुले खानपिनको जुगाडबाजी मिलाउथे । भ्याङ्कर, चिपु  भनिने सिङ्गै तिब्बतियन खसी सय पचासमै पाइने । च्याक्ति भनिने मत्ताउने घरेलु मदिराको छेलोखेलो थियो । गोर्खाली जागिरेको चल्तिको खान्गी नै यहि हुन्थ्यो । काम गराइ यस्तो थियो कि गत महिनाको निर्णयको आधारमा आफुले आफुलाइ नै नियुक्तिपत्र दिनुपर्ने भयो निमित्त हाकिम बनेर । नियुक्ति पहिला लिने कि निमित्त हाकिम पहिला बन्ने प्रश्नमा पहिलो निर्णयबाट एक थान अर्को जागिरको श्रीगणेश गरियो । मेसको सहभोज चलाएका थियौ । खाँदिएर लहरै सुत्थ्यौ । मन लागे जति तास खेलिन्थ्यो  । कसैसंग वा भनौ शेष दुनियासंग सम्पर्क थिएन । रेडियो समेत सपष्ट नसुनिने एउटो मायावी संसार थियो । 
  हिउँका सेता चुुचुराहरु मुनिका बृक्षबिहीन पखेरा । त्यस मुनि ससाना झाडी हुँदै कहालिलाग्दा लेकहरु । तल बेसीमा जता हेर्यो त्यतै राम्रो लाग्ने फूूलका मैदानहरु । नेपाल यति विशाल छ र यहाँ विभिन्न भाषा-उपभाषा, संस्कृति- उपसंस्कृतिहरु भए पनि एक अर्काको हृदयको भाषा सबै नेपालीले बुझ्छन भन्ने मैले पहिलोचोटि महसूस गरे ।  जिब्रोले मात्र हैन, आँँखाले, औलाले, दाँत-ओठले पनि बोल्छन नि है । स्थानिय बोली पट्टकै नआउने हुदा यस्तै " सार्बभौम " भाषाले काम चलाए । हिमाली पर्वतहरुको सियालोमा २०३६ को तिहार ब्यास क्षेत्र रुङेर सकियो ।
  आजभोलि प्रेस रिपोर्टको भरमा बनेका कालापानी बारेका थुुप्रो जानकार भेेट्टिन्छन् । हामीले त्यसबेलाको  त्यो विषम परिस्थितिमा पनि सरकारलाई स्थलगत प्रतिबेदन दिएका थियौ । कालापानीको अतिक्रमण र महाकाली मूलको निरुपणबारे सरकारको सपष्ट निर्देशन चाहन्थ्यौ ।  तत्कालिन प्र जि अ द्वारिकानाथ ढुंगेल स्वयमले त्यहाँ पैदल भ्रमण गर्नुभएको थियो । सुनेका थियौ, पहिले भारतको प्राइमरि कक्षाको भुुगोलमा समेत " महाकाली नदि जोलिङकाङ पर्बत से निकलति है" भनेर पढाइन्थ्यो रे । विडम्बना, कालापानी(?!) बाट काली नदि निक्लिएको बिबादित तथ्य बारे एकीन गरेर केही भन्न सक्ने अझै भएका छैनौ । सरकारी नौकरीको पहिलो चरण त्यहि कालापानीबाट मात्र १०/१५ किमि तल छांग्रु स्थित  जिल्ला प्रशासन कार्यालय, सीमा प्रशासन शााखा, ब्यासको खरिदारको हैसियतमा खेपियो ।

  पहिलो बर्ष खलंगातिर फर्कदा भारतको मात्र बाटो हिडेर धारचुलाबाट दार्चुला छिर्ने योजना बनाए । एक जना मुखिया र स्वास्थ्यकर्मि साथमा लिई  गर्ब्याङ, छियालेक, बुदि माल्पा, सिर्खा सिरदाङ, रङलिङटाप, पाङ्गु र तावाधाटको बाटो हिडियो । सबै ठाउँमा नेपालको जस्तै भुगोल थियो । तावाघाट माथि घोडेटो बाटो बनाइएको थियो । ठाउठाउँमा सरकारी डाकबंगला( गेष्ट हाउस ) थिए । आपतको बेला बिजुली बाल्नका लागी  बिजुलीका तारहरु तान्न मिल्ने गरि पोल समेत गाडिएका देखिन्थे । ठाउ ठाउमा ब्यारेक देखिन्थे । तीन दिनपछि धारचुलाबाट दार्चुला सदरमुकाम पुगेर मात्र पहिलो कुल तलबभत्ता ५२८/- बुझिएको थियो । नियुक्ति लिएको ४ महिनापछि हाकिमको मातहत काम गर्ने मौका मिलेको थियो  । बस्तुस्थितिको जानकारी गराउने बिषयको काज लिएर काठमाण्डौ गएर फर्केका हाकिमको गफ सुन्नुपर्ने नयाँ काम मात्र थपिएको थियो । त्यो हिउद दार्चुला सदरमुकाममा काटियो ।
  यसैताका ब्यास जाने बाटोतिर राप्लापारीको एक जना भारतिय चेकपोष्ट अफिसरले रक्सी खान र रमाइलो गर्न अबैध पुलबाट सिमावारी नेपाल पसेर उधुम मचाएछ । गाउलेहरुसंग झगडा परेर राति भाग्न खोज्दा लडेर खुट्टा भाँचिइ पक्रिएको थियो  । सीमाक्षेत्रको घटना हुँदा यो काण्ड ब्यबस्थापन गर्न केही दिन लाग्यो । टुटेको खुट्टा सहित भारतलाइ बुझाउदा उ “पशुपतिनाथ ने मुझे मेरी करनी कि सजाय दि है “ भनेर रुदै थियो । यस्तै पशुपतिनाथले रक्षा गर्नेछन भन्ने बिश्वासका साथ हामीले पनि अफिसको  काम यथाक्रम मिलाएका थियौ । पाक्षिक र मासिक प्रतिबेदन नियमित पठाउथ्यौ । प्राय: " कालापानी सीमानामा अतिक्रमण भएकोछ, हुदैछ । आबश्यक कारवाहि यथाशिघ्र शुरु गरियोस " भनेर एउटै कुरा केही शब्द फरक पारेर लेख्न छुटाउदैनथ्यौ ।
 त्यसै बर्ष पुस १ गते पंचायति सम्बिधान संशोधन भै बालिग मताधिकाारको प्राबधान राखिएको थियो । दलीय कि निर्दलिय भन्नेमा जनमत संग्रह हुनुपर्ने थियो । यो जनमत संग्रह बैसाख २० मा तय भयो । म चैत्र १४ गतेदेखि नै निर्बाचनमा काज गए । दिनचर्याले गियर बदल्यो । जनमतसंग्रहको कारण दोस्रो  बर्ष गर्मीमा ब्यास जान नपर्ने होला कि भनेर उत्साहित थिए । प्रतिदिनको सातरुपैया ओभरटाइममा चुनाव आयोगमा थप काम समेत गरेको थिए । केही दिन तत्कालिन अंचलाधिश ऋतुबर्ण तुम्बाहाम्फे र अंचल प्रहरी उपरिक्षक को मुकाम दार्चुलामै राखिएको थियो । 
  मलाइ पनि पहिलो पल्ट कनिष्ट कर्मचारीबाटै जनमत संग्रहको काममा खंडेश्वरी गाउँ पन्चायतको घुसा मतदान केन्द्रमा  मतदान अधिकृत तोकियो । ब्यास गर्खाको पुर्बमा पर्ने अपि हिमालको दक्षिणी पाखो । ठ्याक्कै ब्यासको जस्तै भुगोल भएका तीन बस्ति थिए-लिथि, पाटु र घुसा । चमेलिया सिरानका उतरी अन्तिम बस्ती मध्येका थिए यी गाउँहरु । विशेष भत्ता १४/-, ढुवानी १३५/-, मसलंद३२/-, बुथ निर्माण १५०/-, टि ए १९८/-, डि ए ३२५/- गरि ८५४/- रुपिया बुझे । चुनावमा सहयोगी थिए मु खेमराज भट्ट पियन मनोरथ बडु , प्र ह बहादुर बोहरा समेत छ जना । दल्लेक, सिप्टि, सेरि चौलानेको किनारै किनार लटिनाथ मकरिगाड हुँदै घुसा पुग्न चार दिन लाग्यो । भीरमा अडिएको सानो स्कुल अपि नाम्फा हिमालको फेदमै थियो । मतदान केन्द्र यहि स्कुल तोकिएको थियो ।५ कक्षासम्म २ शिक्षकले पढाउथे। नजिकै हेल्थपोष्ट  थियो । बैसाख २० मा रमाइलो बाताबरणमा भोटिङ भयो । ३३१ अर्थात ७३% मत खसेर । तेस्रो दिन आठ बजे राति मतबक्स बुझाउन भ्याए । 
    २४ गते मार्शल टिटो को अवसानमा राष्टिय शोकको बिदा थियो । मलाइ भने दोस्रोपल्ट पनि ब्यास जानैपर्ने आदेश भयो । तयारीस्वरुप कपडा धुदाधुदै छाला खुइलिएर हातमा रगत आएको थाहा भएन । २ दिन आराम गर्नु पर्ने भयो । चलेका औलाले लेख्दैजादा पछि आँसुले यसलाई पखाल्न सक्दैन भन्ने लागेर डायरीमा मनोबाद लेखेको रहेछु  । ब्यासतिर पठाउन लागि सामान किनमेल गरि ६ क्विन्टलसम्मका बोझा भरिया कुन्जावालहरुको जिम्मा लगाउने प्रबन्ध मिलाएर भेटघाट गर्न बैतडी घरतिर लागे ।
   मानसरोबरको नजिक पर्ने ब्यास क्षेत्रमा फेरी फर्कनुपर्ने कुरागर्दा गाउँमा गुरुजी र पिताजीले मानसरोबर तिर्थाटनका कुरा निकाले । त्यतिबेला मानसरोबर जाने एकमेब मार्ग यहि थियो । पाण्डबहरु पनि यसै बाटो स्वर्ग गएका थिए रे । मलाई पनि उत्तरी सीमासम्म जानै पर्ने थियो । सबै सामान्य तयारी पूरा गरी  पिताजी, गुरुजी, म र प्र ह बहादुर बोहरा मानस यात्री हुने भयौ । पछि एक जना भगत भट्टजी बाटोमा थपिए । सेकेन सटरडेको बिदा हुदा पिथौरागढबाट पास ( अनुमतिपत्र) बनाउन तीन दिन लाग्ने भयो । त्यसबेला जोलजीबीभन्दा उभो जाँदा पिथौरागढको जिल्ला मजिष्ट्रेटबाट यात्रा अनुमति लिनु पर्दथ्यो । जे जस्तो पर्ला भन्दै यतिकै हिडियो । जोलजीबी चेकपोष्टमा पुलिससंग अनुनय बिनय गरेर धारचुला पार ग-यौ । आफनै अफिसमा बासको ब्यबस्था मिलाइयो ।   साउन संक्रान्ति दार्चुला सदरमुकाममा मनाई अर्को दिन लागियो कैलाश मानसरोबरको यात्रामा । भंसारका एक जना बहिदार हामीसंगै जाने भए । प्र जि अ द्वारिकानाथका पिताजी, प्रशासकीय अधिकृत भुबनेश्वर जोशी र दार्चुला तिंकर घोडेटो बाटोका केही कर्मचारीको अर्को ग्रुप पनि हाराहारीमै हिडेका हुन्थे । श्रीबगर, बडुगाँव, स्याकू हुँदै सुनसेरा पुग्दा झमक्कै रात परिसकेको थियो । घोडेटोको गोदाममा थन्कियौ । येनकेन खाना पकाउने जुगाड पनि गरियो । तुषरपानि, राप्ला हुँदै राङथलमा नुहाई खाना खाइयो । बेलुका दुमलिङ बस्यौ । अर्को दिनको बाटो पुर्णरुपमा निर्जन थियो । बाटोमा उदरपुर्तिको मेसो  मिलाउन सकिएन । बाँकी ईश्वरेच्छामा छोडी अगाडी लाग्यौ । तंबाकुबाट २ जना भरिया भेटिए । हाम्रा निम्ति ती पथप्रदर्शक भै दिए । दिनभर थिङको ठाडो उकालो, अनि त्यस्तै ओरालो । बोकेको भुटेको पिठोको भरमा हिड्यौ । राति निगुको गीताभवनमा बाटो भन्दा एकडेढ कि मि पर गएर एउटै घर थियो । त्यतै लाग्यौ । हामीजस्तै २०/२५ जना पहिले नै जम्मा थिए । बृद्ध सौका दम्पतिको नित्यचर्या नै यस्तै तीर्थयात्री सम्हाल्नु रहेछ । रात आगो तापेर काटियो । 
  बुदि र कुन्तिसाउको घुमाउरो बाटो काट्न कम्ति सकस थिएन । छायालेक उक्लिए पछि देखियो ब्यास उपत्यकाको उपबन । पहिले यहाँ अमृत ताल र कल्पबृक्ष थिए रे । त्यो बर्ष आइ टि बि पी ( इन्डोतिब्बतियन बोर्डर पुलिस ) सक्रिय राखिएको रहेछ । यहाँबाटै बनस्पति कम हुन्छ र श्वास लिनमा समस्या पर्छ ।  हिमालपारी जाने पुर्ब तयारीको निम्ति एक दिन छाग्रुमा आराम गरियो । अर्को दिन साउन ६ गते तिङ्कर मुकाम भयो। अर्को ग्रुपले घोडाको ब्यबस्था गरेको रहेछ । तर तिर्थयात्रा भएकोले पैदल नै बेश भन्ने मानेर तिङ्करबाट पैदल हिड्यौ ।  
  जिबनमा पहिलोचोटी तेस्रो मुलुक जाँदै थिए । हावा शुष्क हुँदै गयो । ( चल्तीको भाषामा बीख लाग्न थाल्यो । ) लिपुको बिकट उकालोमा बान्ता आएर बेहोशै हुने स्थितिमा पुगेछु । बुवा र भगतजी बाहेक सबै लथालिङ्ग हुँदै गयौ । बुवाले नसक्ने भए फर्कने प्रस्ताव राखे । मेरो कारणले यात्रा स्थगित नहोस भन्ने हिम्मत गरेर येनकेन लिपु भंज्याङ कट्यो । तिब्बततिरको ओरालोमा होस बेहोस हुँदै ओर्लियो । ज्युँज्युँ खोलाको किनारमा पुगेपछि संयत भयौ । दिउँसो पग्लिएको हिउँ बोकेर ल्याएको हिमाली खोलामा खुट्टा हाल्नै धौ थियो । गुरुजी बैतरणि नदि यहि हो भनेर व्याख्या गर्न थाले ।  टाढा कतै हिमशिला बगेका गडगड डमडम आवाज आउथे । भगतजी गाँजाको सूरमा शिब- डमरुको आवाज आएको बताउथे । हुण समुदायका भयंकर डिलडौल भएका यदाकदा भेटिने गोपकुमार गरुडपुराणका दूत जस्ता लाग्थे । यात्रा रोमान्चक हुँदै थियो । अर्को ग्रुपको घोडचढीको पिछा गर्दै राति ताक्लाकोटको कुनै पालमुनि तेर्सियौ । यहि तेर्सिने ठाउ पाउनु पनि ठूलो उपलब्धि थियो । ताकलाकोट मध्यकालमा पश्चिम नेपाल हिमाली प्रान्तका हिमाली मल्लहरुको कोट बनेको थियो । कशमीर ( खशमिहिर)बाट ताक्लाकोट , जुम्ला र दुल्लुमा समेत उनीहरुले राजधानी बसालेका थिए । हामीले ताक्लाकोट टेकेकोबेला तिब्बततिर माओको पतलून - बुसर्ट र क्याप मात्र लगाएको भेटिन्थे । टाढा परम्परागत शिबलिङ गुम्पाको भग्नाबशेष देखिन्थ्यो । ताकलाकोट उपत्यकामा घरहरु फाटफुट खर्कहरु जस्ता लाग्थे । सोचिन्थ्यो,कालिदासका किन्नर कन्या यतै कतै होलान ।
  दोस्रो दिन दोभाषे मार्फत कुरा गरि अनुमति लिएर सरकारीगेष्ट हाउसमा बस्यौ । ८ कोठा , प्रतेक कोठामा तीन बिस्तर । परंपरागत चीनी तरिकाको सजावट,एक मेच दुई सोफा र चिनिया भोजन । गेष्टहाउसमा पनि भाषा बुझ्ने इन्टरपेटरको ब्यबस्था थियो । सीमासमस्या बारे समकक्षीहरुसंग गेष्टरुममै बार्ता पनि गरियो । बेलुका चिनियाँ सांस्कृतिक क्रान्तिको कुनै बिषयबस्तुमा आधारित फिल्म  देखाइयो । कम्युनिष्ट संस्कृतिका केही मर्मस्पर्शी परीदृश्य पनि देखिए । 
  बेलुका ससानो रमाइलो काण्ड भयो ।  मैले दोभाषे मार्फत तिर्थयात्रामा स्वयम् पकाएको मात्र खाने हुदा सुत्ने ५ जना भएपनि दुई जना मात्र खाना खाने कुरा सपष्ट गरिसकेको थिए । चिनिया बाहेक अरु भाषा नबुझ्ने चिनिया बुढीलाइ  आफुखुशी बढि मानिस गेष्टरुममा राखेको जस्तो शंका परेछ । उनी कराउन थालिन, हामी केही बताउन नसक्ने थियौ । कम्पाउन्डमा ताला लगाएर हैरान पारीन ।हुँदा हुँदा बुढी त उफ्रन थाली । हैरान भएर मैले इन्टरपेटर बोलाउन अनुरोध गरे । बल्ल  कतै फोन गरिन । ५/१० मिनेटमा नेपाली बुझ्ने सरकारी मानिस आई पुगे । सबै कुरा बताए । उनले कागजपत्र हेरे । चिनियाँ लबजमा बुढियालाई सम्झाए । त्यसपछि भने सुनदाँते प्रौढा हाँसिन । सँरी भन्दै हात मिलाउन आइन । तिर्थस्नानको पुर्बसन्ध्यामा यसरी अज्ञात कुलशीला नारिको स्पर्श गर्नु पनि गुरुजी र पिताजीलाई मन्जुर थिएन । बुढी वर सर्दा वहाँहरु पर पर सर्न थाल्नु भयो । मैले हाँस्दै फेरि कुरा सपष्ट गरे । यसपछि पाहुनाघरको टोली सारै खुशि देखियो । हात जोडेर माफी मागे । हाम्रा निम्ति पाहुनाघर परिसर असाध्यै सहयोगी र आत्मीय बनिदियो  । तातो पानी र राम्रो गाडीको ब्यबस्था भयो । अर्की चिनिया पुतलीले त अंग्रेजि बुझे पनि बोल्नु हुदैन, माथिबाट हेरेको हुन्छ भन्ने दुखेसो पोखिन एकान्तमा । कुनै गल्ति देखिए कष्टकर काममा कतै पठाइन्थ्यो रे ।यो माओको मृत्यु पश्चात् ह्वाको समय थियो । माओकालिन ब्यबस्था त अझ कडा रे । त्यसबेला चिनियाहरु भारतीय घडीका लागि असाध्यै शौकीन हुन्थे । नेपाली ब्यापारीहरु लुकाएर घडी त्यहाँ लैजाने र चोरेर घडी बेच्दा रहेछन ।
  अर्को  बिहान गाडीबाटै हाम्रो टोली मानसरोबर हिड्यो । प्राणिशुन्य ढुङ्गेबाटो । निर्जन तिब्बति पठारमा टाढा कतै झुल्किन्थे त भेडाका झुन्ड र गोठाला मात्र । राबणको तपोभुमी (११६ किमी) राक्षसतालको छेउ हुँदै मान्धाता श्रृंखला काटेर डेढ घन्टामा मानसरोबर किनारामा उभिएका थियौ हामी । नेबि ब्ल्यु, निख्खर नीलो  मानसरोबरको ५१८ बर्ग किमी क्षेत्रफल र गहिराई औसत ९० मिटर मानिन्थ्यो । चारैतिरका पहिला आठ मठ अचेल खंडहर भएका थिए रे । श्राद्धकर्मका लागि अरुले कपालक्षौर गरे । मैले यतिकै नुहाए । किनारमा बसि गायत्रि जप गरि ध्यानमा बसे । कैलाशाधिपतिको संस्मरण गरे । आँखा खोल्दा त मानसको महाप्रसाद मानिने माछा पो भेटाएछु । शिरोपर गरे । सप्पै नबुझिने भएपनि ड्राइभरसंग जानकारी लिए । त्यसताका यात्रुहरुकालागि कैलाश खुला गरिएकै थिएन । मानसरोबर किनार बिल्कुलै खाली थियो । टाढा राजहंस कराएको स्वर मानसका छालसंग मिसिएर आउथे । जिउज्यान असाध्यै हलुङ्गो भएको थियो । बेलुका ऐजन पाहुनाघर परिसरमा फर्क्यौ र एउटा अर्को डकुमेन्टरी हेरेर बितायौ । मानसरोबर देखेर स्वर्गको कल्पना गर्नु सायद गलत मानिदैन । यहाँ मानिस र प्रकृति एकाकार हुन्छन । मानसरोबरलाई स्वयममा यौटा पौराणिक परिकल्पना, कबिता, संगीत भरिएको अल्कापुरको आश्चर्य नै भन्दा पनि हुन्छ ।  लाग्थ्यो समय थामिइ दिएको भए पनि हुन्थ्यो । तर तोकिए भन्दा कतै पनि बढि वस्न नपाइने ।
  दोस्रो दिन नेपाल फर्किदा सबै पैदल जाने भए । मैले भने घोडाको ब्यबस्था मिलाए । २ बजे लिपुलेक काट्यौ । ९ बजे राति तिङ्कर पुग्दा  बान्ता नै नगरे पनि टाउको र जिउ असाध्यै दुखेको थियो । तर ठूलो काम भ्याएको जस्तो मन भने मयुर बनेर नाचीरहेको थियो । सोच्दै थिए, मन, शरीर र आत्माको सत्ता नै फरक फरक रहेछ । बिचारमा नयाँ नयाँ दर्शन पलाएका थिए । तबै त यसलाई मानस यात्रा भनिएको होला । यसरी फरक फरक सत्तामा आफुलाई अभिब्यक्त गरिरहेको म को हुँ त ? यहि प्रश्नको उत्तर खोज्नमा अलमल छ, बिबाद छ ।
  यस्तै रङमङिएर छांग्रु आफ्नै अफिसमा आएपछि म हाकिम बने । बाटोमा गुरुजीको अगाडी शिष्य थिए । बुवाको अगाडी छोरा थिए । भगतजी मित्र थिए । हवल्दार सहकर्मि । यो विभिन्न अभिनयमा मेरो म को थियो त ? आफुलाई अभिब्यक्त्याउनु पनि त समय स्थान सापेक्ष हुँदो रहेछ  । ४० बर्षपछि यो संस्मरण लिपिबद्ध गर्दा म यस्तै सोच्दैछु । 
  छांग्रुमा एक दिन आराम गरियो । साउन १२ मा भारतिय पासको ब्यबस्था मिलाई चारै जनालाई गर्ब्याङ( भारत ) सम्म पुगी बिदा गरेर आफु सीतापुल हुँदै छांगरु फर्के । मानसरोबर आउने जाने ग्रुप बरोबर अफिसमा आइरहन्थे । अफिसका साथीहरु को नयाँ खेप आइ पुगेको थियो । हामी पुराना दार्चुला झर्ने तरखर गर्दै थियौ । 
साउन १४ गते भुकम्पका ठुलठुलै धक्काहरुले थरहरी गरायो । रेडियो समेत सपष्ट नसुनिने भयो । चिन्ता लागेर रातभरि निन्द्रै परेन । यसै अन्योलमा अर्कोदिन प्र.जि.अ द्वारिकानाथ ढुगेलको टोली समेत मानसरोबर यात्रा गर्न भनेर ब्यासमा आइपुग्यो । बाजागाजा सहित स्वागत भयो । मुकाम हाम्रै अफिस बन्यो । भुकम्पका जाहेरी आउन थाले ।  छाङ्गरुमै छ घर चर्केछन । तिङ्कर पनि त्यस्तै । सितापुल चेकपोष्ट निरीक्षण गरि प्र जि अ टोली तिंकर प्रस्थान ग-यो । बेलुका डी एफ ओ र रेन्जरहरुको टोली आइपुग्यो । तेस्रो दिन बल्ल् रेडियोले थप खबर सुनायो " सुदूरमा भुकम्प । दार्चुला ब्यारेक ध्वस्त । बैतडी जिल्ला कार्यालय पनि ध्वस्त । जम्मा ८३ जनाको ज्यान गयो । ७०० भन्दा बढि घर भत्के । आदि " । परिगाउको आफ्नो जिर्ण घर थियो । बुवा बाटोमै कतातिर अलपत्र होलान ? भाईको आफनो अलग्गैपन छ । पत्नीको आपति र छोराको बाल कोमलता याद आयो  । कति मात्रै सम्झनु र ? म ब्यास क्षेत्रमै कल्पेर बस्न बाध्य थिए ।
  साउन १७ मा प्र जि अ ज्यू मानसरोबर यात्रा रद्द गरि सदरमुकाम फर्कनु भयो । नेपालपट्टि बाटै बिग्रिएकोले भारतको बाटो झर्नु भएछ । पछि भारततिेर पनि बाटो बिग्रेको खवर सुन्यौ । केही गर्न सकिने अवस्था थिएन । यो भुकम्पले बझांङमा मात्रै ३० जना बिते रे । कुल जम्मा डेढसय जति परेछन । दार्चुलाका ९०% घरमा क्षति । गृहमन्त्री स्वयम् भ्रमणमा निक्लनु भएको छ रे । आदि जस्ता खबर सुनिए ।  तै साउन २२ गते बनको टोलीसंग कौवासम्म पुगियो । हिउदमा भारतीय पक्षले नेपालतर्फका रुख काटेका सुचना पाइएका थिए । जंगलमा क्षति सपष्टै देखिन्थ्यो । टाढा खेतबारीमा गहु जौ फापर र नप्पल देखिन्थे । कालापानी पनि टाढैबाट हेरियो । गुमनाम भएर कुनै सुचना बेगर साच्चिकै अजनवी भएको अनुभव भयो । भारतिय चेकपोष्टमार्फत आएका अफवाह अझ भयावह लाग्थे । ठाउँठाउँमा पैरोले महाकाली थुनिएका जस्ता प्रायोजित खवर समेत आइरहन्थे ।
  निबारक नजरबन्दीमा परेका जस्ता ती दिनमा २० दिनसम्म त नुहाउन नै जागर चलेन । यसैताका सुर्खेतमा बिखालु च्याउ खाएर ४५ जना मरे । मुरादाबादको हन्दु मुस्लिम दंगामा १०५ जना काटिए भन्ने खवर पनि रेडियो बाटै सुनियो ।
  भदौ १ को ओलके संक्रान्तिमा भने नुहाइ धोइ सौकाहरुको सगुन खाँदै बिताइयो  । ब्यास मन्दिरमा महर्षि दर्शन गरे । कुमारी केटिहरुको महफिलमा नाच पनि हेरियो । खानपिनमा मन खोलेर खाए । पहिलो हप्ता सुखसागर पढे । अनि बदनाम गली उपन्यास ।  रक्षाबन्धनको दिन सितापुल ब्यास मन्दिरको मेला हेरियो । राखि पनि बाधे छागरुकी बहिनीहरुबाट । राति नाचगानको प्रोग्राम थियो । बेलुका त कसैले केही गर्न नसक्ने, पचासौ हजार कमाएको , हाकिमलाइ हप्काएर ४०० रुपिया लिएको , कहिले भारी नबोकेको र आफु  भन्सारको परिचर भएको जस्ता धक्कु लाउदै मेरो अफिसको सज्जन कार्यलय सहयोगीका अगाडी ठूलो हुनपर्ने भन्सारको एक जना परिचरलाई सौकाहरुले राम्रै गरि भकुरेछन । मध्यस्थता गरि आधाराति पछि छुटाएर मेरै अफिसमा राखे ।
  भाद्र १२ गते मेरो पालो अफिसको कागजपत्र मिलाई गर्ब्याङकै बाटो बुदी हुँदै खलंगा झरे । रुघाखोकीले ग्रस्त थिए । म हिडेको एक घन्टा पछि अंचलाधिश र गृह सहायक मन्त्रीले हेलिक्याप्टरबाट ब्यास भ्रमण गरेछन । पर्खिएको भए निश्चित पनि हेलिलिफ्टमा परिन्थ्यो । म छिटो हुन खोजेर बल्ल भदो १५ मा सिकिस्त बनेर सदरमुकाम पुगे । मेरो सामान राखेकै घर भत्किएको रहेछ । साथिहरु भुकम्प पिडितको उद्धारमा थिए । आफुले भने राम होटलमा शरण लिए । कतै खटिने शक्ति थिएन । बिदा मागी पिथौरागढको बाटो घरतिर लागे । गौरा पर्व घरतिरै मानियो ।
तर  राजाको सम्भावित भ्रमणका कारण असौज ६ गते तेस्रो पल्ट फेरी ब्यासतिर जानु पर्ने भयो । जे पो होलाको मुडमा म पनि फेरी कसिए । जे भने पनि हुन्छ भन्ने तर रक्सी खाएपछि सबै भुल्ने तत्कालिन चेकपोष्ट अफिसर डम्मरसिंह खत्रीको रमाइलो तालमा परि २ दिन यतिकै बरालिए ।आखिर राजाको सवारीको मुकाम बैतडी पाटन निश्चित भयो । पहिलो भ्रमण कहाँ हुन्छ , एकीन थिएन । आआफ्नो स्थानमा तयार हुनुपर्ने थियो  । म पनि पुलिस टोलिसंग हतार गरेर जंगी दौडमा सहभागी भए । 
 त्यसबेला मौसम अनुसार ६/६ महिना तिङ्कर र हुतिमा प्रहरी चेकपोष्ट पनि सरि रहन्थ्यो ।  सी पि ओ को साबिक चीनजान हुँदा तीन दिन हुतितिरै सकियो । चौथो दिन बिहानको खाना नजिकै सुनसेरामा खायौ । तर बेलुका राप्लामै महफिल जम्यो । हरियो काँक्रोको सितनसंग अघाउन्जेल स्थानीय च्याक्ती खाएका आधा ग्रुप हिडनै नसक्ने भएपछि  चेकपोष्ट इन्चार्जसमेत बोकाएर राङ्थलमा लैजान धौ धौ भयो । यहाँ पनि रक्सी र नाचगानको रमिता । अर्को दिन भने बिहान दुमलिङबाट निर्जन प्रदेशको बिकट यात्रा शुरु भयो । थिङ्को आधा उकालोमा बोकेको खाना खायौ । मलाई त चिसो र ज्वरोले ग्रस्त गरेको थियो  । स्थानिय भाषामा बाटोको बलियो भूतले नै समात्यो रे ।राजाको सवारी बैतडीमा भैसकेको खबर प्रसारित भयो । अब भने टोलि २ ग्रुपमा बाँडियौ । एक टोलीले रातभरि हिडेर त्यसै दिन ब्यास पुग्ने गरि टाप ठोक्यो । म समेत ३ जना असंचोका कारण बिस्तारै आउनेमा पर्यौ । राति  पोला भन्ने ठाऊमा बाख्रावालाले टेन्ट हालेको देखियो । हिड्नै नसकेर त्यहि शरण माग्यौ । महाकाली किनारको हिमाली झाडी । चिसो बाताबरणमा खुला आकाश मुनी थाकेका बिमार यात्री । तीन जना एक कम्बल ओछ्याई अर्को एक साझा कम्बल ओढेर रात काट्यौ । बिहान भोक र रोगले कामीरहेका खुट्टा बाटोमा नसर्ने पो भए । जिउ झन झन कठ्यान्ग्रिन थाल्यो । म मनमनै अर्कोलोकको यात्राको लागि तयार हुँदै गए । केही नचले पछि साथमा रहेका प्रहरी भाइहरुले दाउरा खोजे । आगो बाले । जिउ सेकाए । एक जना यायाबर सौका भाईसंग केही खाना माँगे । बल्ल यो लोकको याद आयो । पाइला गन्दै कुन्तीसाउ उक्लियौ । त्यहाँ नून हालेको भोटे चिया खाएपछि अलि जोश आयो । चिया दिने युबति मासिक धर्ममा रहिछन क्यारे । अधोबस्त्रको पछाडी रगत लतपतिएको देखिन्थ्यो । टन्न चिया खाइसकेपछिको दिगमिग ब्यहोर्दै टर्च बालेर ३ घंटा राति नै हिडदा प्रहरी चेकपोष्टमा  होस बेहोसको अवस्थामा थियो ।
आफ्नो अफिस  मात्र आधा घंटाको बाटो भए पनि अर्को दिन पुगे । शाखा अधिकृत ओथारोमा बसेजस्ता देखिन्थे ।  २ मुखिया, १ पियन र त्यसबेला घोडेटोमा काम गर्ने प्रधानजी भनेर चिनिने दार्चुला सदरमुकामका चर्चित ब्यक्ति बिष्णु अवस्थी अर्को कोठामा थिए । म पनि बिमार बोकेर यसै समुहमा थपिए । बाटैबाट ज्वरो आउने खाना नरुच्ने आङ दुख्ने निन्द्रा नपर्ने ब्यथा लागेको थियो ।
राजाको सवारी-मुकाम सक्रीय भएको थियो । भुकम्पग्रस्त क्षेत्रमा जहाँ पनि हेलिक्याप्टरबाट निरिक्षण हुनसक्थ्यो । मुखियाहरु पनि सदरमुकाम लागे । बिष्णु अवस्थीजीलाइ पनि ज्वरो आयो । लामा झारफुकेहरु बोलाइए । नाडी हेरे । मलाइ त भूत नै लागेको  तय भयो । सेतो कपडा र सवा माना खिचडी र एक भाले माग्छ रे भन्न थाले स्थानिय लामा झाँक्री ले । तदनुसार ब्यबस्था मिलाए । नभन्दै तनिक हलुका भयो ।
अर्को दिन शाखा अधिकृतज्युले  मौखिक उपदेश र निर्देशन दिएर खलंगातिर काज बनाए । म एकलिए मात्र एकजना सहयोगीको भरमा । ब्यथा त बढन पो थाल्यो । चेकपोष्टको प्रहरी टीमले खुबै सहयोग गरे । लामाहरु र बिष्णुजीको सक्रीयतामा फेरी  लामा झाँक्री बोलाइए । तथाकथित भूतले खिचडी पाएन रे । पियन लालबहादुरले दिशा लगाएर फालेको रहेछ । अमुक ठाउमा खिचडी नपुगेको ठहरियो । प्रहरी टोलीका साथ खिचडी पकाएर फेरि पठाए । तर म झन झन सिकिस्त भए । नराम्रा सपनाहरु देखिन थाले । बरबराउन पनि थालेको रहेछु । सीतापुल भन्सारको सहयोगमा सीमाबर्ति भारतीय गाउँ गर्ब्याङका आयुर्बेद चिकित्सक मगायौ । जाँच्दा फोक्सो सुनिएको र जुकापरेको ठहराइ औषधि दिए । दुईवटा कुन्नी के इन्जेक्सन पनि लगाए । प्रहरी आ वा बाट सिकिस्त परेको खबर मजकूर कार्यालयहरुमा पठाई नियतिलाई पर्खेर बस्नु बाहेक अर्को उपाय थिएन ।  त्यहि गरे । त्यस पछि लगातार जसो २/२ का दरले १० इनजेक्सन लिए भारतिय बैद्यबाट । जुकाहरु परेकै रैछन ब्यासको काचो मासुले । आन्द्रामा घाउ परेपछि ज्वरो आउने नै भयो । बिस्तारै तन्ग्रीदै गए । असौज २६ गते प्र जि अ ज्यूले पठाएका औषधि सहित हेल्थ असिष्टेन्ट रिजन रायको नेपाली स्वास्थ्यकर्मी टोली पनि आइपुग्यो । तीन सय नगद पनि पठाउनु भएको रहेछ । बिस्तारै खाना रुच्न थाल्यो । हेल्थपोष्ट टीम पनि हाम्रै अफिसमा बस्यो । रु ४५/- मा सिङ्गै तिब्बति भेडा किनेर फेरी भोज चल्यो जंगलमा मंगल भने जस्तै ।  
  मौसममा चिसोपन थपिएसंगै क्रमस: गाउँ खाली हुन थालेका थिए । असौज मसान्तमा बाँकी रहेको एक मन(४० केजी) गहुँ घरपट्टि बुढियालाइ दिएर लालसिं र मैले पनि अफिस बन्द गरि ब्यास क्षेत्र छोडेका थियौ  । भारत गर्ब्याङको बाटो गएर भारतिय बैद्यलाई केही सामान्य उपहार सहित धन्यबाद दिएर बुदि तरी नेपाल भित्रिए । थिंमा चिया खाएर तम्बाकु झरे । भुतले उजाड पारेको ठाउ रहेछ यो । प्रतेक बर्ष एक हल गोरु भिरमा लोटाएर भूतलाई खुवाउनु पर्ने रहेछ । मलाई यहिको भूत लागेको भन्थे । झर्दा भने बिचरा भूतले केहि गरेनछ । अझ बाटोमा दर्माका भोटेको लस्कर समेत हामीसंगै मिसियो । उहीँ दुमलिङ बसि उहीँ बाटो श्रीबगर पुग्दा कार्तिक ३ भैसकेको थियो । दशैको जमरा हाले । तातोपानीमा मजाले नुहाए । केही लुगा धोए । केही महाकालीमा बगाए । एक हप्तासम्म धारचुलाको दुग्ताल डाक्टरसंग  उपचार गराएपछि बिशेक भयो । 

यसरी  सन 1980 सकिनै लाग्दा चीनमा माओको आलोचना शुरु भैसकेको थियो । श्रीमती माओलाई सजाय निश्चित थियो  । यता दार्चुला ब्यासका बरिष्टतम ब्यक्तित्व बहादुरसिंह ऐतबालको पुस १३ मा मृत्यु भयो । यसै महिना महाकाली अंचलाधिशमा पशुपतिदेब पाण्डे नयाँ नियुक्ति भएर आए । राष्टिय पन्चायतको निर्बाचन हुने भयो । मेरो सरुवाको तारतम्य बिग्रेको जस्तो लाग्यो । बाङाबगर डेरा । खलंगाको अफिस । हिउद सकिएपछि ब्यासतिर जानुपर्ने बाध्यता टडकारै थियो । 
 ०३८ बैशाखमै निर्बाचनको खटनपटन हुँदै थियो । भुकम्पपछि जनमतसंग्रहको परकम्पमा परी म त सबभन्दा टाढाको केन्द्र ब्यासको तिङ्कर पो खटिनु प-यो । भएको के थियो भने निर्बाचनको  कन्ट्रोल रुममा काम गर्ने गरि जगेडामा राखिएको थिए । देश दर्शनको कार्यक्रममा दरबारमा बोलाइएका तिंकर गुम्बाका लामाले जनमतसंग्रह ताका आफनो गाउमा बुथ नराखिएको गुनासो जाहेर गरेका रहेछन् । त्यसैकारण अन्तिम तयारी पूरा भएपछि दरबारबाट हरहालतमा छांग्रु र तिङ्करमा बुथ कायम गर्ने भन्ने हुकुम बकस भएको रहेछ । हुकुमको जवाफ थिएन । सोधखोज गर्दा २३ जनामात्रको भोटरलिष्ट तयार भयो । भान्छामा बस्नेले कि राम्रो खान पाउछ, कि भोकै बस्नुपर्छ भन्दै प्र जि अ ज्युले मेरै नाम प्रस्तावित गर्नु भएको रहेछ । यसरी निर्बाचनको काममा घर न घाटको पण्डा बनी केही दिन काटे । निर्बाचन खर्च- टिएडिए-७२७/- भाडा१३०/- बुथ निर्माण ७५/- प्रकाश६०/- अन्य खर्च २२२/- स्वयमसेवक६० /-=८३०/- खर्च पाइएको थियो । मैलै नै छाने अनुसारको युबा निर्वाचन टोली टिंकरतर्फ प्रस्थान ग-यो । त्यो दिन दाहुतिमा खाना खाई सुनसेरा बस्यौ । अर्को दिन सुनसेरा राप्ला राङ्थल हुँदै दुमलिङ पुगेर खाना खायौ । निर्माणाधिन घोडेटो बाटोले ट्रयाक खोलिसकेको सुचना पाएर अब थिङ्को एकदिने उकालो हिडनु पर्ने भएन भन्ने ठान्यौ । त्यसैले घाटिबगर पुगिएला भन्ने हिसाब लगाएर अबेर गरि हिड्यौ । तम्बाकु पुग्दा नपुग्दै असिनापानी पर्न थाल्यो । पानी रोकिएपछि माथि भिरबाट बन्यजन्तु बाँदर लंगुरहरुका बथान ओतबाट निक्लि बासबस्नपट्टि लागेका बेला लोटाएका ढुंगा बर्षन थाले । पाखामा टाउको जोगाउदै टेक्नमात्र पुग्ने अक्कर भीरमा सम्हालिदै हिडनु पर्ने भयो । साँझ पर्न थालेको थियो । छंगाछूर भीरमा अलिकति यताउति टेकियो भने जीउ महाकाली पारी भारततिर र ज्यान माथि स्वर्गतिर जाने निश्चित थियो । आधा भिर कटि सके पछि आधा ग्रुपले भिर छिचोली सक्दा अर्को आधाग्रुप हिडनै नसक्ने देखिएकोले एउटा ठाडो सानो ओडारमा बास बस्न बाध्य थियौं  । 
  तल नेपाल भित्र पसेको महाकालीको कर्कस आवाज आउथ्यो । माथि भोजपत्रको जंगल । निंगालाका मुल्जाको अडेस लाएर पहरामुनि ओत लागेका थियौ । प्रहरी भाइको टोपीमा थापेको भीरबाट चुहिएको पानी र बोकेर ल्याएका थोरै बिस्कुट बाडिचुडी गर्ने निर्णय भैसकेको थियो । अकस्मात गहुँको रोटी डढेको मीठो गन्ध फैलियो बाताबरणमा । केही रहस्य पो हो कि भनेर डरायौ पनि । तल माथि केही छ कि भनेर २/२ जनाको टोली खोजिमा खटियो । हो रै छ । हामी बसेको थुम्को मुनि बडेमाको ओडार भित्र त घोडेटोका ज्यामीहरु पो बस्दा रहेछन। खाना पकाउदै खादै नाचगान चलिराखेको । हामी विशिष्ट अतिथि बन्यौ । रात रमाइलो गरि बित्यो । अर्को बिहानै हिजो राति छुट्टिएको ग्रुपलाइ निगालाको झाडी भित्र चिसोले अनुहार सुन्निएको अवस्थामा भेट्टायौ । र निर्बाचन टोली सकुशल ब्यासतिर लाग्यो ।
  माथि नेपालपट्टि बाटो खुलेकै रहेनछ । हिउँ पग्ली चौरी हिडेपछि मात्र हिमाली बाटो निरापद मानिन्छ । यहिकारण जनाई भारतीय इन्डो तिब्बतियन बोर्डर पुलिसको स्थानीय कमानलाई भारतिय बाटो हिडने लिखित अनुमाति मागेका थियौ । सो पाइयो पनि । तर हामीसंग रिबाल्बर, क्यामरा, रेडियो समेत भएको कारण लफडा पर्नसक्ने आशंकाले खतरा भए पनि आफनै बाटो हिडने निर्णय गरि कुन्तिसाँउको उकालो लाग्यौ । आंशिक हिउँ पग्लेर ठुल्ठुला खाडल परेका थिए । हामी कुनै पनि खाडलमा खसेर सोझै पाताल प्रबेश गर्न सक्थ्यौ । तै उम्कियौ । राति छांग्रु सीमा प्रशासनको बाँझो घरको बास भयो । गर्ब्याङका  आइ टि बि पि क्याम्प कमान्डर नेपाली मित्र बालाराम गुरुङजीसंग अनुभव आदानप्रदान गरेर केही खानपिनका सामानको भौतिक सहयोग माग्यौ । ब स नि सितारामजीको टोली छांग्रुमा बस्यो । हामी अर्कोदिन हिमपैरोको कठीन बाटो जसरी तसरी तिङ्कर पुग्यौ । त्यहाँको समुच्चा गाउँमा हुम्ला माइत भएकी एउटी महिलाले मात्र अलि अलि नेपाली बुझ्ने रहिछन् । उनकै मध्यस्थतामा खाने बस्ने ब्यबस्था मिल्यो।
  बैशाख २७ गते  कर्मचारी सहित जम्मा २९ भोटर भएकोमा २३ जनाले भोट हाले । बहुपति प्रथाका कारण बाँकी मध्ये धेरै खर्क तिर रहेछन । मतदान सकेर सोही दिन, दोस्रो दिन राप्ला र तेस्रो दिन राति राति ९ बजे खलंगा पुग्दा सबै  हाम्रो अन्तिम टोलीको प्रतिक्षामा रहेछन । बैशाख ३१ गते आएको निर्बाचन परिणाममा कुल ३७४४ भोट पाएर ४४ भोटले कम्मान बहादुर पाल राष्ट्रिय पन्चायत सदस्यमा निर्बाचित भएका थिए । 
   यसपछि म जिल्ला प्रशासन कार्यालयमै काज राखिए । प्र जि अ द्वारिकानाथ ढुङ्गेलले मलाई जिल्ला प्रशासन कार्यालयमै सरुवाको प्रकृया पनि चलाएका थिए । उनको नेतृत्वमा मैले धेरै कुरालाइ नयाँ अर्थमा बुझन थालेको थिए । त्यसताका मुद्दाको काममा खप्पिस एक जना बुढा सुब्बाको मातहत बसेर काम सिक्न अह्राइयो । तर सुब्बा सापले लेखेको अक्षर  बुझ्न नै गारो हुन्थ्यो, उनले आफु बाहेक अरुलाइ केही सिकाउन नै नचाहने । कागतपत्र त अरुलाइ हेर्नै नदिने । यो समस्या मैले प्र जि अ ज्यूमा जाहेर गरे । “ के लेखे भनेर पढनु भन्दा किन लेखे भनेर नियत बुझ्ने कोसिस गर्नु “ भन्ने निर्देशन पाए । यो निर्देशन मेरोलागि भविष्यको पथप्रदर्शक बन्यो । यसैताका ब्यक्तिगत परीक्षार्थीको हैसियतमा जाँच दिन भारतको धारचुला स्थित इन्टर कलेजबाट आइ ए को प्राइभेट फर्म समेत भरेर पढाइलाइ निरन्तरता दिए ।      

  यसैताका प्रशासकीय अधिकृत को हैसियतमा सीमा प्रशासन कार्यालयका हाकिम पनि काजमा यतै आए । उनीसंग सीमामा बस्दाताका त्यति खुल्नै सकिएको थिएन । भएको के थियो भने तिङ्करमाथिको लिपुलेक तिर बम जस्तो देखिने केही बस्तु राखिएकोछ भनेर खवर पाइएको थियो । हाकिमले मलाइ सहयोगी लालबहादुर सहित त्यो बिकट ढलाने पाखो जान अह्राएका थिए  । साथै कुनै शंकास्पद बस्तु भेट्टिएमा त्यो जिनिस टिपेर ल्याउन समेत आदेश दिए । तर मैले त्यस्ता अज्ञातबस्तुलाइ साबधानी नअपनाइ छुन नहुने तर्क राखे । हाकिमले रुमाल निकालेर " ल यसमा बाध्नु " भने । अलि अलि च्याक्ति सबैले चढाएकै थियौ । मेरो पालो टोपी निकालेर " ल, टिपेर यो टोपिमा तपाईं राखिदिनोस । हामी बोकौला । साइडमा संगै जाउ । " भने । गलफत्ति भयो । अन्तमा पुलिस चेकपोष्टलाइ खवर गर्यौ । प्रहरीले पनि हात हाल्ने आँट गरेन । दार्चुलास्थित रणभीम गुल्मबाट आएको टोलीले त्यो बस्तु उठायो । चिसोले निष्क्रिय भेसकेको ठुलै बम थियो रे । खम्पा काण्डताका छोडिएको अनुमान गरिन्थ्यो । यो काण्डपछि आफनै हाकिम मसंग बमबम हुन थालेका थिए । रित पुर्याउन मात्र छांगरु पुगेर बाँकि दिन बस्तुस्थिति जाहेर गर्ने नाममा सदरतिर काज खटिने प्रबृतिप्रतिको झिनो बिरोध थियो मेरो ।
  तर पनि त्यो साउनमा प्र जि अ स्वयम् ब्यास जाने कार्यक्रम बनेकोले  फेरी ब्याससम्म जानू पर्ने भयो । साउन ५ मा जन्तिजस्तै २५ जनाको टोली प्र जि अ द्वारिकानाथको नेतृत्वमा ब्यासतर्फ हिड्यो । यो भ्रमणको चहलपहल विशेष हुने नै भयो । विशेष गरि तिङ्कर भंसारमा भएका भ्रष्टाचारजन्य कारवाहीको निगरानी गर्ने काम समेत मैले पाएको थिए  । त्यहाँका खरिदारको उखरमाउलो ज्यादै सहि नसक्नु देखियो । ताक्लाकोटबाट भारी बोकेर ल्याउने हुलका हुल खच्चर मध्ये ठुला साहुका खच्चर गिन्ति गरेर हिसाब राखी छोडीदिने तर फुटकर साना भरियाका भारी खोतलेर हेर्ने र भन्सार काटने गरिदो रहेछ । मानसरोबरको यात्रा पूरा गरि फर्कदै गर्दा प्र जि अज्यू मा सोही ब्यहोरा सपष्ट जाहेर गरे । भंसारको चार्ज अरुलाई बुझाई नीज खरिदारलाई जिल्ला प्रशासनमा उपस्थित हुन पठाउने आदेश भयो । साउन २१ गते प्र जि अ टोली फर्कियो । पुन: म ब्यासमै एक्लिए । बल्लतल्ल तिङ्करको चार्ज अरुलाई दिएर साबिक हाकिमलाई कारवाही चलाइएको थियो ।  एकपल्ट रक्सी खाएर मस्त भएका चेकपोष्ट हाकिमको पिस्तोल नै स्थानियले खोसेर लगिदिएका रहेछन । हामीले मध्यस्त बनेर छुटाएका थियौ । 
२४ साउनका दिन आधा कपाल दुखेर म इन्तु न चिन्तु थिए । यस्तैमा मानसरोबर यात्राको क्रममा एक जना बाबा मेरो अफिसमा आएका थिए । म एक्लै थिए । सकी नसकी उनको सिफारिस लेखी दिए । उनले आफुलाई शिव चैतन्य ब्रमचारी नेपाली बाबाको नाम दिएका थिए । मेरो स्थिति देखेर थोरै जडिबुटि दिए । यो बुटि खाएपछि कहिले कपाल नदुख्ने भनेका थिए । मात्र २ मात्राले आजपर्यन्त यसरी आधा कपाल दुखेको छैन । ती बाबाको दोस्रोपल्ट दर्शन  पाइएन । अभिसप्त अश्वत्थामा यी पहाडमा घुम्छन भन्थे । उनै पो थिए कि ! अहिले सोच्दैछु ।
  त्यहि सालको हिउदमा शाही  नेपाल चलचित्र संस्थानले राष्टियता सम्बर्धन गराउन नेपाली लोकनृत्य सहितका केही डकुमेन्टरीको निशुल्क प्रदर्शन गरेको थियो  । राजा रानीको शाही भ्रमण पनि थियो । तर पुस २२ मा दार्चुलाको ब्यारेकमा मात्र आएर यो भ्रमणको अनुष्ठान पूरा भयो । त्यतैबाट फुर्र फिर्ति सवारी भयो ।  प्र जि अ लाई पनि खासै सरिक गराइएन । बाहिर विभिन्न अडकल काटिए । तत्कालिन प्र जि अ को भनाईको सम्झना आलै छ । भनेका थिए , जिल्ला प्रमुखलाई कुनै सुचना नदिइएबाट प्रमुख भएर बस्नुको औचित्य सकिएकोछ । नभन्दै केही दिनमा वहाँको एकीकृत बिकास  परीयोजनाको कोअर्डिनेटरमा सरुवा गरियो । चुरीफुरी देखाउने सीमा प्रशासन अधिकृतलाइ पो बिभुषित गरिएको रहेछ । स्थानिय निर्बाचन हुने तरखरमा थियो । यसपालाको निर्बाचनमा म कामबिहीन बनाइए । आइ ए को तयारीकोलागी यो पेलाइ पनि मेरो निम्ति अनुकूल हुन गयो । परीवारसंगै राखेको थिए । जनगणनाको एउटा मधेशी पियन ले “ यस्तो बेला स्वास्नी केटाकेटिसंगै राखेर के होला ? हजुर । जहा भएपनि टकराउनु पर्छ, पैसा कमाउनु पर्छ । बुढेस कालमा पो मजाले बस्ने हो। “ भनेर सिकाएको सम्झिन्छु  । 
  भारतमा आइ ए को परीक्षा र नेपालमा स्थानिय निर्बाचनको समय एउटै परेको थियो । ०३९ जेठ ११ गते बिहान ७ बजेदेखि ईतिहास र बेलुका ३ बजे नागरिक शास्त्रको  जाँच एकै दिन परेका थिए । पत्नी राति देखि नै छटपटिएकि थिइन । प्रसब ब्यथा पो रै , छ । बिहान ठिक ६.१५ मा दोस्रो सन्तान जन्मियो । छेउमै बस्ने प्रहरी परीवार भगत र भट्टजीलाई बच्चा भएकोले खबर गरि दिनु होला भन्ने अनुरोध गरि कलेज दौडिए । ५/७ मिनेट ढिलो भए पनि जाँच दिन पाए । ११ बजे घर पुगे । छोरा भएको रहेछ ।  जेठो छोरा, नवजात शिशु र नवप्रसुतिलाई सम्हाली फेरि अर्को पेपर दिन भारततिर लागे । जे होस जाँच छोडिएन र कामको दोहरो तेहरो पेलान बेहोरियो । कोठामा कपडाको पार्टिसन गरि ब्यबस्थित गरे सुत्केरीलाई । त्यो दिन नुहाएर राति १२ बजे एक छाक मात्र खाए । अर्को दिन पारीबाट सरसामान किने । खाना ख्वाए । अफिस जाँदा हाकिम त माथि ब्यास जाने तयारी गर्नोस पो भन्छ  । सिमित उपस्थितिमा न्वारानको औपचारिकता पुरा गरियो । अबिस्मरणिय शिबस्थलको यात्रापछि पाएको छोरा भनेर कैलाश नाम राखे । 
श्रीमती स्वयम् खाना पकाउन थाल्छिन । जेठको अत्यधिक गर्मीमा सद्यजात छोराको आँखा र नाइटोमा संक्रमण देखियो । थप अर्को पात्र अस्पताल लैजानुपर्ने भयो । जेठ २४ गते चिकित्सकको प्रमाणपत्र सहित बिमारी बिदाको निबेदन दिएर थकित गलित भएर घरमै बसि दिए । २५ गते आफनो हाकिमलाई २/४ कुरा सुनाए । त्यसपछि बोलचाल नै बन्द भयो । यसपछि भने एकान्तबास बसे । निर्बाचनको धामधुम सकिए लगतै ५ आषाढमा बिदाबाटै महेन्द्रनगर झरे । अंचलाधिश क्वार्टरमै गएर बिहानै अंचलाधिश पशुपतिदेब पाण्डेज्युसंग कुरा राखे । चाखसंग कुरा सुन्नु भयो । जिल्लाबारे केही बुझ्नु पनि भयो । १० बजे अफिसमा भेटन अह्राउनु भयो । भेटे । २ बजे सरुवाको काम सकेर फर्किए । 
अफीस गै हाकिम द्वयलाई फुर्तिसाथ सरुवाको कुरा सुनाए । १५ दिनको बाटो म्याद र ४ दिनको बिदा बल्लतल्ल स्वीकृत भयो । पत्रकारिता तथा कहानी लेखन महाबिद्यालय अम्बालाबाट पत्राचारको माध्यमबाट कोर्स गर्दै थिए । त्यसको पनि परीक्षा सकाए । १४ साउनमा आइ ए को रेजल्ट खुल्यो । ४५% पास रे ।  क्रस लिष्ट आईपुगेपछि १६ गते कलेज पुग्दा मेरै बारेमा कुरा गरिरहेका प्निन्सिपलबाट आफु राम्रो नम्बरले पास गरेको छडके जनाउसम्म पाए । प्राइभेटबाट मेरो नै राम्रो नम्बर रे । लगत्तै मेरो रवाना लिएर बैतडीतिर लागे ।

यसरी  नयाँ आयाम लिएर जिन्दगीले कोल्टे फेर्दै गयो । कता कता पु-यायो, कहिले हँसायो ..कहिले रुवायो  । अलमस्त, सुस्त, आकांक्षा बिहीन र ब्यस्त भएर तिब्र गतिमा बर्षहरु बग्दै गए ।
०५८मा आइपुग्दा महेन्द्रनगरमा नयाँ घर बनाउन शुरु गरेको थिए । महेन्द्रनगरमै सरुवा भएको थियो ।
०५८ जेठ १९ को दरबार हत्याकान्डले भावनाको जगै हलायो । " हावा लाग्छ, हेलिक्याप्टरसम्म नआउ फर्क, भनेर बिदाइका हात जोडने राजा कहाँ पाउनु अब । बिक्षिप्त जस्तै भए । जागिरका जिन्दगीका केही बाँकी बर्ष छोडेर चाँडै घर जाउ जस्तो लागि रह्यो । छोरा कैलाशले पनि आइएस्सी सकेर एपेक्स काठमाडौंमा भर्ना लिएको थियो । मैलौ  कुमायुँ बिश्वबिद्यालयबाट प्राइभेट अध्ययन गरि स्नातकोतर उतिर्ण गरेको थिए । खुल्लाबाट अधिकृत पास गरेको पनि डेढ दशक बित्दै थियो । बढुवामा यस बर्ष पनि परिएन । उल्टो बिदा नै नलिएको अवधिमा परीक्षा दिएको देखिएकोले जाली सर्टिफिकेटको शंका गरि परेको उजुरीको छानबीनमा पो परियो । सबै सक्कल प्रमाणपत्र मन्त्रालयमा बुझाएको थिए  । छानबिन पश्चात प्रमाणपत्र फिर्ता पाएको लगत्तै का मु प्रमुख जिल्ला अधिकारी तोकेर ०५९ कातिक २० गते फेरी दार्चुला पठाएको पत्र पनि पाए । 
त्यसताका माओबादी जनयुद्ध चरमोत्कर्षमा थियो । सुचना नै नदिइ दार्चुलाका तत्कालिन प्रजिअले जिल्ला छोडेका रहेछन । जिल्ला प्रशासन नै अस्तब्यस्त रहेछ । मलाइ बलिको बोका बनाइएको जस्तो लाग्यो । यथार्थ स्थिति बुझ्न तत्कालिन अन्चल प्रहरी कार्यालय का एसएसपीलाइ भेटन गए । उनले त सबै भगवति र धुराहरुका शिबशक्ति पीठमा पुजा गराइ भाकल समेत गरि सकेकोले ढुक्क भएर जान सल्लाह दिए । जे पो होस भन्दै माइलो छोरा कैलाश साथमा लिइ झन्डै २० बर्षपछि पुन: दार्चुला हाजिर भए । गएकै केही दिनमा ३ जना माओबादी जेलबाट छोडिए । ८ जना  थुनामा राखिए । 
यसै बीच जुम्ला र गोरखामा आक्रमण भए । कैलालीका माननीय चक्र डगौरा मारिए । ( अछाम घटनामा सहृदयी मोहन खत्री मारिएका घटना आलै थिए । )  माओबादीहरु धापसम्म आइ पुगेका खाल्डो खनिएका खबर सुनिन थाले । पुस ९ गते त दल्लेकमै माओबादि सशस्त्र टोली आइपुगेको खबर आयो । नजिकै गाउका कर्मचारी समेत सदरमुकाम मै डेरा गर्न थालेका रहेछन । 
यस्तैमा एक दिन  सुरक्षा समितिले रात भरी अतिरिक्त सतर्कतामा बस्ने निर्णय गर्यो । मृत्युको आसन्न सन्त्रास कति डरलाग्दो हुँदो रहेछ, बुझियो । बातबिकारले अररिएको जिउमा खलखली पसिना आउन थाल्यो । वाकवाकी लागेजस्तो पो भयो । हाम्रो धर्मशास्त्रमा अन्धकारका पनि देवता छन । अन्धकार पनि रक्षा कवच हुन सक्दछ । आज त उज्यालोका भन्दा अध्यारोका देवतासंग त्राण मागियो । बति निभाएर चुपचा्प बसी रहे । छतमा  हतियारधारी सुरक्षाकर्मी थिए । झन ब्लफ कल आउन थाले । म मरे पछि के होला भनेर पनि सोचिन थाल्यो । जेठो छोरा लापरवाह छ, सामाजिक सम्बन्धमा चासो राख्दैन , कसले घरेलु मिसन समाल्ने होला भन्ने सोचिन थाल्यो । निदानत: २ बजे खतरा टरेको खबर दिए डि एसपीले । तै पनि घाम नलागुन्जेल उनिदै थिए । दुनिया त्यसै दिन क्रिसमस मनाइरहेको थियो । म पनि रातभर जाग्राम थिए । उठदा रिङठा चलेर ढलेछु । तर थर्मस फुटे पनि म फुटिन । जीवन चली रह्यो । सदरमुकाम छाडेर जिल्लातिर जाने वातावरण नै थिएन ।
  प्रशाशकीय संगोष्ठिमा छिमेकी भारत र महेन्द्रनगर सम्म भने आउजाउ चलि रहन्थ्यो । यसै क्रममा काठमाडौ पुगेर तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दज्युसंग समेत दुखेसो सुनाए । उनले अन्यमनस्कता देखाए । तर माघ १९ मा अनायास युद्धबिराम भयो । माओबादीहरु सदरमुकाममा पनि देखिन थाले । माओबादी पक्षका क.खगराज भट्टलाई अफिसमै बोलाएर कुरा गरे । सदरमुकाममा सभा गर्न नदिने भने पनि बाङगाबगरमा उनिहरुले सभा गरे । हराएका सीडीओ, सहायक सिडिओ पनि सम्पर्कमा आउन थाले । दार्चुलाको  न बसु जस्तो पनि लागेकै थियो । धार्चुला गै गृह सचिबज्यूसंग फोनमा अनुरोध गरे, तर उनले चुपचाप बसिरहन मात्र आदेश दिए । 
यसरी युध्दबिरामसंगै मौसम उघ्रियो । गृहमन्त्री र गृहसचीवले जिल्ला भ्रमण गरे । कैयौ अनुगमन र निरिक्षण टोलीहरु पनि जिल्लामा देखिए । कैयौ दिवस र जात्राहरु मनाइए । यहि मौकापारि चैतको पहिलो हप्ता  धेरै बर्षपछि म पनि घर पुगेर आमालाई भेटन भ्याए । गाउँ बदलिएछ । एउटा नयाँ घाम उदाए जस्तो । आवरण तरल थियो । तर गर्भमा ज्वालाहरु थिए । माओबादको नाममा अर्को अब्यबस्था समाज हुडल्दै थियो । कुनै मार्गचित्र सपष्ट थिएन ।
२०५९ चैत २२ गते तत्कालिन श्री ५ महाराजाधिराजको मल्लिकार्जुनन्दिरमा सवारी हुने औपचारिक खबर चैत १९ गते मात्र पाइयो । २० गते रातारात त्यसतर्फ हिड्यौ । जिल्ला न्यायाधीश, स्थानिय बिकास अधिकारी, प्रहरी नायब उपरिक्षक, जिशिअ समेत ४०/५० जनाको टोली दत्तु भर्तोला हुँदै जाँदै थियौ । बाटोमा माओबादी जत्थाले ब्यबधान हाल्ने प्रयास समेत गरे । निरापद बनेर २१ गते बिहान मलिकार्जुन धामको दर्शन गरे । सेनाले सबै तयारी गरेको थियो । स्वागत समिति गठन गरे । शान्तिसुरक्षामा राम्रो समन्वय थियो ।  झरी र चिसोमा औपचारिक पोशाक समेत मागेर सिउरेको थिए । प्रधानसेनापति प्यारजङ्ग थापाको निरिक्षण भ्रमण पछि सबै कुरा थान्को लाग्यो । वहाँ मार्फत नै सबै कुरा जाहेर गरे । प्रफुल्ल मुद्रामा सरकारको भ्रमण सकियो । बिदाइ दर्शनमा दुनियालाइ पनि धन्यबाद भनी दिनु , म अहिले जाउ है , भन्ने हुकुम भयो । यहिक्रममा मैले पनि मलिकार्जुनको पुजा गरे । प्रसाद पाए । भोकर लगाइयो । फर्कदा भगवतिको पनि दर्शन गरेर बजानीको लेक र थपला हुँदै फर्कियो ।  
यसै मेसोमा मसान्ततिर हामी सुरक्षा टीमका साथीहरु चैत्र २९ गते नारायण आश्रमको भ्रमणमा निक्लियौ । नारायण स्वामीको साकार परिकल्पना । धौलागाडको बिद्युत परीयोजनाबाट बिस्फोटक पदार्थ ठुलो मात्रामा नेपालतिर चोरी निकासी हुने गरेको खबरको पुष्टि गरियो । पछि जुम्ला आक्रमणमा सो बिष्फोटक प्रयोग भएको अनुमान गरिएको थियो । नारायण आश्रमबाटै घरमा फोन गरेको त श्रीमति रुन पो थालीन् । कान थापेकी बाटो हेरेकी रे । कस्तो भ्रम  । यसरी आफुले गरेको कामको प्रगतिलाई आफनै ठुलो ऐनामा राखी नहेर्दा किमार्थ प्रगति पुरुषार्थ भेटिदो रहेनछ । अर्कासंग दाँज्दा तत्जन्य परीबेश पनि दाँज्नु पर्ने हुन्छ । लाग्छ दुनिया समथर छ । नियतिले सबैलाई सम्याउछ । हामी पनि त्यहि समयको पर्खाइमा बस्नुपर्दोरहेछ ।
 १५ पुषमा परीचय लुकाइ पिथौरागढको बाटो महेन्द्रनगर आयौ डिएसपी कृष्ण गौतम सहित । चल्थीमा गाडी बिग्रियो । राति बालुवा बोक्ने ट्रकको पछाडी बसेर १२ बजे टनकपुर पुग्यौ । यसरी राति हिडने वातावरण नेपालमा कहिले होला र भन्ने लागीरह्यो । दोस्रो दिन बल्ल दस बजे महेन्द्रनगर पुग्यौ र सीमा सम्बन्धी मिटिङमा सहभागी बन्यौ । त्यो मिटिङमा भएका दुइटा प्रसंग सान्दर्भिक छन ।
भारतीय पक्षका नापी सर्बेयरले ब्रह्मदेब सीमाको  पिलर भारततिर हुनुपर्ने जिकिर गर्दा त्यहाँका डिएमले हस्तक्षेप गरे। 
उनले भनेका थिए " मिष्टर खत्री! आप किस पक्ष में क्या बोल रहे है? क्या आप सपष्ट है?" । सेनाबाट खटिएका ती नापी सर्भेयरले तत्काल तन्केर जवाफ दिए, " मै नहि बोल रहा हुँ , सर! मेरा गणित ऐसा बोल रहा है । और मेरे साथ मे संयुक्त सीमा टोली के नेपाली समकक्षी भी रहते है । गणित एक हि बात बोलता है सर!।"
अर्को कुरा, हामीले धौली गंगा परीयोजनाबाट बिस्फोटक नेपालपट्टि बाहिरिएको जनाउ दिदा पिथौरागढको डिएमले " ऐसा हो हि नहि सकता " भनेर अडान लिए । तर एसएसबी कमान्डेन्डले हाम्रो कुरामा समर्थन जनाउदै बाटोका चियापसलमा समेत बिष्फोटक सामग्री ढुवानीकर्ताका ड्राइभरहरुले सो सामान बेचेर जाने गरेको खुलासा गरे । निदानत : धौलीगंगाको बिस्फोटक पदार्थ राखिएको गोदाममा छापा हानेर कारवाही चलाइएको थियो । 
 अचेल गणतन्त्र र संघीयतासंगै घरमा आगो लगाएर खरानीको व्यापार गर्ने प्रबृति भएकाहरु नेतृत्वमा हाबी छन । कोटमा भन्दा किलामा ध्यान दिने समुदाय छ । बिरालोको काम होइन रंग हेर्ने प्रचलन बढि छ ।अतीत खोस्रेर बसेका बुढाहरु सिहदरबारमा गजधम्म छन । त्रासद तरवारहरु वारीपारीबाट धारेहात लाउदैछन । आफनै घरको मुलढोका पनि पसुँ कि नपसुँ जस्तो भएकोछ ।
  उहिले हामीहरुलाइ नेपालको सबभन्दा ठुलो ताल फेवाताल भनेर पढाइन्थ्यो । अहिले राराताल ठुलो मानिएकोछ । त्यसै गरि महाकाली नदिको उद्गमस्थल कालापानी हो भनेर पढाइन्थ्यो, पढाइदैछ । तर काली नदि जोलिङकाङ पर्बतबाट निक्लिन्छ । कुटियाङदि, काली, शारदा, सरयु हुँदै यो सीमा नदि गंगामा मिसिन्छ भन्ने तथ्यसंग थोरै नेपालीमात्र परिचित छन  । सुगौली सन्धी हुँदा नेपालका राजाले काली नदिको भुभाग छाडनेछन भनिएको थियो । महाकाली सन्धीले महाकालीको पानीलाइ समेत फिफ्टि फिफ्टि गरि दियो । टाढा लिपियाधुरा तिरको जिरो पिलरका त कुरै छोडौ । झापाको जंगे पिलर देखि ब्रह्मदेब स्थित टनकपुर बाँध नै सन्धी/सहमतिको नाममा वरपर गरिएका छन । यसरी कुटियाङदि देखि कुतियाकवरसम्मको सीमारेखा नै बिबादित र चर्चित बन्न गएकोछ ।
  सुन्छु, हाल पनि ब्यास गाउपालिका-१ मा रहेको उहि सीतापुल प्रहरी चौकि पश्चिमोत्तर सीमानाको अन्तिम  सुरक्षा पोष्ट हो रे । त्यहाँ उसै गरि १ दर्जन प्रहरी बसीरहेका होलान जस्तो लाग्छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकको चर्चा चुलिएसंगै भारततिर भने अन्तिम बिन्दु कौवाबाट  कालापानी पुग्दा ९ वटा सुरक्षा पोष्टमा १० हजार जति जनशक्ति काममा खटिएर त्यता कालापानी लिपुलेक मोटरबाटो बनिरहेकोछ । हाम्रोतिर पंचायत कालमै बन्न थालेको खलंगा तिङ्कर सवासय कि मि घोरेटो बाटो पनि अस्तब्यस्त छ । सशस्त्र द्वन्दकालमा त राज्यको उपस्थिति नै रहेन । स्थानियले दिएको सुचना माथिल्लो निकायमा पठाइदिने काम सम्हालदै प्रहरीका दुई युनिट अझै ६/६ महिनामा तलमाथि गर्छन होलान । धेरै कुरा थाहा नपाएझै गर्नु पर्ने बाध्यता छँदैछ ।  सौकाहरुलाइ कुन्जा सार्न पनि उस्तै समस्या होला ।
   अझै पनि आफनै बाटो आफनो सदरमुकाम हिडन सकिने स्थिति कायम राखी त्रिदेशिय सीमाक्षेत्रमा सुरक्षा स्थिति बलियो बनाउन कुटनैतिक पहल चालु रहोस भन्ने जनचाहना स्वाभाविकै हो । सीमाप्रतिको नागरिक सतर्कता सलामयोग्य छँदैछ । धेरै कुरा बुझेर पनि बुझ पचाइरहेका दुइजिब्रे  नक्क्ली नेतृत्वले आफुसंग भएको भारतिय मुद्रा सटहि गर्न नसकिरहेको अबस्थामा बाँकी के कुरा गर्नु र । झापामा अरबौको लागतले बन्ने भ्युटावरभन्दा महाकाली करिडोरमा बन्नुपर्ने तिंकर लिपुलेक खन्डको सडक राष्टको लागि धेरै महत्वपुर्ण छ भन्ने राष्टिय सोच बन्नु पर्छ । अनि सक्कली राष्टबाद आउछ । यसैमा मात्र हामी सबैको कल्याण छ । 
*==&&==*

-काठमाण्डौ,०७६ कार्तिक २८ ।


Tuesday, November 12, 2019

जसले बझाङमा पाँच सय वर्ष राज गरे

जसले बझाङमा पाँच सय वर्ष राज गरे:



 वि.सं १८४८ मा नेपालसँग आश्रय सन्धी गरेको हुँदा वार्षिक ५०१ सिर्तो (स–सना राज्यले ठूला राज्यका राजालाई बुझाउने कर) तिर्ने गरी रजौटा थमौती भएको थियो ।

Wednesday, November 6, 2019

कालापानी चर्चा ; तितो यथार्थ


( कालापानी र धामी; एउटा फ्ल्यासब्याक शिर्षकमा मिति ०७६ कातिक २० को अन्नपुर्ण टाइम्समा प्रकाशित सुधीर शर्माको लेखबाट साभार उदधृत / )
 चर्चामा आउने, तुरुन्तै हराउने, फेरि केही समयपछि बहसको विषय बन्ने, तर कहिल्यै नसुल्झिने मुद्दाहरू हामीकहाँ थुप्रै छन् । कालापानी त्यस्तैमध्येकोे एक हो । भर्खरै फेरि कालापानीको कुनो नेपालका सरकारी नक्साहरूमै नराखिएको समाचार चर्चामा आएको छ ।
कालापानी जहिले–जहिले समाचारको शीर्षक बन्छ, मेरो स्मरणमा प्रेमसिंह धामी आइहाल्छन् । वास्तवमा उनैले हो, यो मुद्दालाई दुर्गम दार्चुलाबाट राष्ट्रिय बहसमा प्रवेश गराएको– संसद्मा बोलेर, पत्रिकामा लेखेर, सडकमा भाषण गरेर । २०५० को दशकको सुरुमा उनी एकोहोरो ढंगले लागि नपरेका भए बाँकी नेपाललाई कालापानीको संवेदनशीलता ग्रहण गर्न अझै समय लाग्थ्यो होला । अनि पत्रकारको ध्यान पनि सायद त्यता तानिने थिएन । त्यसै पनि समाजका थुप्रै ‘इस्यु’ हामी पत्रकारका नजरबाट छुटिरहेकै हुन्छन् ।
जिल्लाको राजनीतिबाट केन्द्रमा उक्लेर स्थापित हुन जो कोहीलाई सजिलो हुँदैन । धामी दार्चुलाबाट उठेर राष्ट्रिय जीवनमा प्रवेश पाएका विरलै नेतामध्येमा पर्थे । सदरमुकामलगायत दार्चुलाको दक्षिणी क्षेत्रमा खस–आर्य समुदायको बसोबास छ, उत्तरतर्फ अपि हिमालमाथिको व्यास क्षेत्रमा सौका जनजाति बस्छन् । त्यही व्यास क्षेत्रको ठूलो भूखण्ड भारतीय फौजको नियन्त्रणमा छ ।
धामी चाहिँ दक्षिणतर्फको हराभरा मल्लिकार्जुन गाउँका हुन् । उनी पञ्चायतकालमा शिक्षक थिए, त्यही बेला वामपन्थी राजनीतितर्फ तानिए । उनलाई तानेको अर्को विषय देशभक्तिले थियो । सीमापारि बाटो र विकास, वारिचाहिँ किन यस्तो अविकास ?       पारि जानासाथ ‘डोट्याल’ भन्दै हेपिनुपर्ने नियति किन ?       आदि प्रश्न गर्दै जाँदा आफ्नै जिल्लाको उत्तरी कुनो विदेशी नियन्त्रणमा रहेको धामीले थाहा पाए । अनि, त्यो कुरोलाई चर्को गरी राजधानीसम्म ल्याए ।
खासगरी २०५१ सालको मध्यावधि निर्वाचन जितेपछि उनले कालापानी अतिक्रमणबारे संसद्मा कुरा राखेका थिए । धामीभन्दा पहिले पनि यो मुद्दा राज्यको जानकारीमा नरहेको होइन, तर सकभर लुकाउन खोजिन्थ्यो । धामीले यसलाई राष्ट्रिय बहसमा ल्याइदिए । बोले, लेखे र हामीजस्ता पत्रकारलाई बताइदिए । त्यसैताका भारतसँग महाकाली एकीकृत विकाससम्बन्धी सन्धि गरिएपछि त्यो राष्ट्रिय सरोकारको मुद्दा बन्यो । कालापानी अतिक्रमणका कारण महाकालीको उद्गम किटान हुन सकेको थिएन । त्यसलाई बेवास्ता गर्दै सन्धि गरिएपछि धामी झनै आक्रामक भए ।
दार्चुलामुन्तिर डँडेलधुराका शेरबहादुर देउवा पहिलोचोटी प्रधानमन्त्री बनेको बेला थियो । उनले धामीलाई बोलाएर ठाडै हप्काए– बेकारमा समस्या किन चर्काएको भन्दै । अरू पार्टीका भए पनि देउवाका निम्ति त्यस भेगका सबै ‘आफ्नै’ मान्छे थिए । अचेल मात्र हो, दलीय आधारमा राजनीतिक शिविरहरू बन्न थालेको, नत्र पहिले शक्ति संरचनामा उपल्लो हैसियत बनाएका व्यक्तित्व नै सम्बन्धित भेगमा सर्वमान्य मानिन्थे । सुदूरपश्चिममा पहिले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द शक्तिकेन्द्र थिए, पछि देउवा । त्यसैले उनले धामीलाई सहजै हप्काउन खोजेका रहेछन् । धामीले त्यहाँ के जवाफ दिए थाहा भएन तर लगत्तै लेखे, ‘१९ हजार ६ सय हेक्टर जमीन कता हरायो प्रधानमन्त्रीज्यू ? ’
हक्की पनि थिए । लागेको कुरा लेख्न–बोल्न नडराउने । अस्ति भर्खर धामीका परममित्र हरि रोका र मैले त्यो प्रसंग सम्झियौं । त्यसैताका हुनुपर्छ, मैले अनौपचारिक गफगाफमा सोधें, ‘तपाईंलाई महाकाली र कालापानीको मुद्दाले यति धेरै किन छोएको ? ’
धामीको जवाफ अलि ठूलो स्वरमा निस्कियो, ‘तपार्इंहरूका निम्ति यो काठमाडौंबाट हेरिने एउटा मुद्दामात्र होला, तर हाम्रो निम्ति त आँखैअगाडि भइरहेको अन्याय हो– कसरी भुल्न सकिन्छ ? ’
यस्तो बुझाइ थियो उनको । एमालेबाट सांसद चुनिएपछि २०५१–५२ मा उनी मनमोहन अधिकारी नेतृत्वको नौ महिने अल्पमत सरकारमा आवास तथा भौतिक योजनामन्त्री पनि बने । तर, हाम्रा निम्ति उनी नेता कम, लेखक बढी थिए । पत्रकार र लेखकको जस्तो सम्बन्ध हुन्छ, हाम्रो हिमचिम त्यसभन्दा अलि बढी नै थियो ।
संयोगले संगत भएको थियो उनीसँग । नारायण ढकाल, हरि रोका, घनश्याम भुसाल, किशोर       श्रेष्ठ, रवीन्द्र अधिकारी, गुणराज लुइँटेल, विज्ञान शर्मा, विनोद ढुंगेल, टीकाराम राई, रविन सायमी, कल्याणबन्धु अर्याल आदि कसै न कसैसँग कहीँ न कहीँ धामी भेटिइरहन्थे । म उनको टिमको जुनियर सदस्य थिएँ ।
भारतसँग मात्र होइन, धामीहरू आफ्नै पार्टीभित्र पनि लडिरहेका थिए त्यसबखत । अहिलेका कतिपय राष्ट्रवादी नेताहरू उसबेला महाकाली सन्धिलाई ‘महान्’ मान्थे र बेकारमा ‘कालापानीको काउसो’ लगाएको ठान्थे । धामी ‘जनआस्था’ साप्ताहिकमा ‘नोट अफ डिसेन्ट’ स्तम्भमार्फत उनीहरूसित भिडिरहन्थे । लछुवा कोठारी उनको विम्ब थियो । महाकाली वारिपारि दुवैतिर सुनिने लोककथाका एक चर्चित पात्र हुन्– लछुवा कोठारी, जसका नौ छोरा र       श्रीमतीसँग जोडिएका अनेक कथा–उपकथाहरू त्यस भेगमा सुनिन्छन् ।
धामी त्यसैलाई आधार बनाएर आफ्ना नेताहरूको आलोचना गर्थे । २०५३ सालमा लेखेको ‘लछुवाकी       श्रीमती र पार्टीका नेताहरू’ शीर्षकको लेख अहिले पनि सम्झन्छु । धामीले लेख्दाबोल्दा लछुवा कोठारीको प्रसंग यति धेरै ल्याए कि पछिपछि नारायण ढकालले उनलाई नै ‘लछुवा कोठारी’ भनेर जिस्क्याउन थालेका थिए । ढकालले ‘शोकमग्न यात्री’ पुस्तकमा त्यसको उल्लेख पनि गरेका छन् ।
धामीले एकपटक ‘ब्वाँसा, सुँगुर र माछाको कथा’ शीर्षकमा प्रतीकात्मक टिप्पणी लेखे । कसप्रति लक्षित हो भनेर मैले सोधें । ‘आफैं बुझ्नोस् न,’ उनी फिस्स हाँसे । राजनीतिक लेखनमा साहित्यिक स्वाद मिसाउन खोज्ने खुबी धामीमा त्यत्तिकै आएको होइन रहेछ । उनी पहिला कथाहरू पनि लेख्दा रहेछन्, पछि थाहा भयो ।
उनी लेख्ने–बोल्नेमा मात्र होइन, व्यक्तिगत जीवनमा पनि रमाइला र रसिक थिए । उसबेला आमिर खान र उर्मिला मातोन्डरको ‘रंगिला’ फिल्म हिट भएको थियो । काठमाडौंमा अहिलेजस्तो ‘मल्टिप्लेक्स’ आइसकेका थिएनन् । सिनेमा हलको भीडमा राम्रो फिल्मको टिकट हात पार्नु आफैंमा महाभारतजस्तो हुन्थ्यो । खोइ कताबाट हो, भनसुन गरेर जेनतेन टिकट किन्न पाइयो । अनि हामी जाने भयौं– जमलको विश्वज्योति हलमा । हरि रोका, किशोर       श्रेष्ठ र अरू पनि केही थिए । हामीलाई त फरक पर्ने थिएन । प्रेमसिंह धामीलाई रंगिला हेर्न गएको कसैले देख्यो भने अनावश्यक ‘स्क्यान्डल’ बन्न सक्थ्यो । उनी नेता, भर्खरै मन्त्री पदबाट हटेका । त्यतिबेलाको समाज अहिले जति खुला भइसकेको थिएन । धामीकै पार्टीसमेत ‘कोकाकोला पिउँदा पनि कार्बाही गर्ने’ धङधङीबाट भर्खर बाहिर निस्कँदै थियो । रंगिला हेर्न गएको कुरा पार्टीभित्रै ‘इस्यु’ बन्ने खतरा थियो । धामी अग्लो मान्छे, परैबाट चिनिने । अन्तिममा उपाय निस्कियो । उनले अनुहार पूरै मफलरले बेरे, अनि अलि ठूलो टोपी लगाएर छिरे । कसैले ख्याल गरेन । रंगीन रंगिला हेरेरै छाडियो !
धामीसँग लामो संगत त हुन पाएन, तर छोटै अवधिका पनि अनेक किस्सा छन् । उनीसँग कुराकानी ग¥यो कि घुमिफिरी बीचमा कालापानी आइहाल्थ्यो । अन्ततः हामी उनका कुरा सुन्दासुन्दै कालापानीको रिपोर्टिङमा जाने भयौं । सिनासका ध्रुव कुमार सरले ‘नेपाल्स इन्डिया पोलिसी’ पुस्तकमा कालापानीमा भारतीय फौज रहेको सन्दर्भ उहिल्यै लेखिसकेको तथ्य केहीअघि पढेको थिएँ । म उनलाई भेट्न मण्डला बुक पोइन्ट पुगेँ, जो अहिले पनि बौद्धिक–प्राज्ञिक ‘जक्सन’का रूपमा परिचित छ । एक वर्षलाई हिरोसिमा युनिभर्सिटीतर्फ जान लागेका ध्रुव सरले मण्डलापछाडि चिया पिउँदै कालापानीको पृष्ठभूमिबारे थप व्याख्या गरिदिए ।
थाहा भयो– नेपालको उत्तरी सीमाका १८ ठाउँमा राखिएका भारतीय सैन्य चेकपोस्टहरू २०२६ सालमा हटाइँदा राजा महेन्द्रले कालापानीको चौकी भने रहन दिएका रहेछन् । त्यसबारे जानकार पूर्वमन्त्री एवम् लेखक ऋषिकेश शाहलाई सोधें । राजा महेन्द्रले ‘भारत धेरै रिसाएको, थप नचिढ्याउने’ उद्देश्यले त्यसबेला कालापानीप्रति आँखा चिम्लेको उनको भनाइ थियो ।
महेन्द्रले चिम्लेको आँखा धामीले खोले । २०५३ असोज– दसैं आउन लागेको थियो; फोटोपत्रकार यात्रा थुलुङ, पत्रकार गणेश खत्री र म दार्चुलातर्फ लाग्यौं । महेन्द्रनगर पुगेर जिल्ला प्रशासन कार्यालयबाट भारतीय बाटो हिँड्न पाउने अनुमतिपत्र लियौं । पिथौरागढ पुगेर एक रात बस्यौं, अनि भोलिपल्ट जौलजीविमा पास देखाएर धार्चुला पुग्यौं, जहाँबाट झोलुंगे पुल तरेर दार्चुलातर्फ पस्यौं । नेपालतर्फबाट सडक पुगेको थिएन, मोटरमा दार्चुला पुग्न भारतकै बाटो प्रयोग गर्नुपथ्र्यो ।
सदरमुकामबाट हामी लाग्यौं– कालीको तीरैतीर उत्तरतिर । धामी हाम्रा अप्रत्यक्ष गाइड थिए । उनैले सुझाएको बाटो पहिल्याउँदै, खुइँय् गर्दै उकालो चढ्दै गयौं हामी । पारिपट्टि भारतीय सैन्य शिविरहरू देखिन्थे, वारि फाट्टफुट्ट बस्ती । प्रायः बास गोठमा भयो । अपिको छेउ भएर हिमालपारि पुगेपछि जोसले तान्यो । तीन दिनमा हामी पुग्यौं छाङ्रु– दार्चुलाको सबैभन्दा उत्तरी गाउँ, जहाँ अल्पसंख्यक सौका जाति बस्छन् ।
फैलिएर बसेको छाङ्रु गाउँ मलाई रमाइलो लाग्यो । तिब्बतको ताक्लाकोट व्यापार गर्न जाने रुटमा पर्दो रहेछ यो ठाउँ । यहाँका सौका जाति हिउँ परेपछि सदरमुकाम झर्ने, बाँकी समय त्यहीँ बस्ने गर्दा रहेछन् । पुरानो समृद्ध इतिहास रहेछ यो ठाउँ र यो जातिको । सौका समुदायकै गोपालसिंह बोहोरा उसबेला नेपाली सेनामा ब्रिगेडियर रहेछन्, जो पछि धामीकै पार्टीबाट सभासद् भए । र, ‘कालापानी ः कथा र व्यथा’ किताब पनि लेखे ।
विजया दशमीको दिन अरूहरू घरमा टीका थाप्दै थिए होलान्, हामी भने कालापानीको खोजीमा निस्कियौं । झाडी पन्छाउँदै हिँड्दा केहीबेरमा पहिले घरहरू भएजस्तो खण्डहर देखियो । त्यहाँ वास्तवमा कुनै जमानामा नेपाली बस्ती रहेछ, जसलाई भारतीय सैन्यले उठ्न बाध्य पारेका रहेछन् । झन्डै तीन घन्टा हिँडेपछि हामी एउटा सानो डाँडामा उक्लियौं, जहाँबाट तल हेर्दा सैन्य शिविरहरू देखिए । मित्र यात्रा थुलुङले टेलिलेन्स लगाएर भटाभट फोटो खिच्न थाले ।
तलबाट बन्दुक बोकेका सिपाहीहरू कराउँदै आइहाले, ‘बन्द करो, बन्द करो ।’ अनि मंगोलियन अनुहारका यात्रालाई चिनियाँ भन्दै केरकार गर्न थालिहाले । हामीले परिचयपत्र आदि देखाएर आफ्नै भूमिमा आफूलाई नेपाली प्रमाणित गर्नुप¥यो । तिनले यात्राको क्यामेराबाट रिल पनि निकाल्न खोजे । धन्य, उनले पहिल्यै एउटा रिल निकालेर लुकाइसकेका रहेछन्, जसबाट धुलाइएको फोटो पछि कालापानीको ‘आइकोनिक फोटो’ बन्न पुग्यो ।
हामी पत्रकार हौं भन्ने कुरा बुझेपछि त्यहाँ रहेको ‘आईटीबीपी’ भनिने भारतीय अर्धसैन्य दस्ताका कमान्डर आए । उनले कुराकानीमा त्यो भारतीय भूमि नै रहेको दाबी गरे, तर उनीहरू सीमा अतिक्रमण गरेर बसिरहेको वस्तुस्थितिले नै देखाउँथ्यो । धामीले भन्दै आएको कुरो हो रहेछ । भारतीय सैन्य कालीवारि आएर गुम्बज आकारका दर्जन जति क्याम्पहरू बनाई बसेको आँखैले देखियो ।
सन् १८१६ को सुगौली सन्धिअनुसार, नेपाल–भारतको पश्चिमी सीमा महाकाली नदी हो । उक्त सन्धिका आधारमा बनाइएका सुरुआती नक्साहरूमा लिम्पियाधुरालाई महाकालीको मुहान मानिएको छ । पछिपछि लिम्पियाधुराभन्दा अलि पूर्वको लिपुलेकबाट झर्ने चार गुणा सानो नदीलाई महाकाली भन्न थालियो । अनि सन् १९६२ को भारत–चीन युद्धपछि लिपुलेकभन्दा करिब १० किलोमिटर दक्षिणको कालापानीमा कृत्रिम खोल्सो बनाएर त्यसैलाई कालीको उद्गम दाबी गरिएको थियो । लिपुलेकलाई नै महाकालीको मुहान मान्दा पनि भारतले त्यहाँ ३५ वर्ग किमिभन्दा बढी भू–भाग मिचेको देखिन्छ ।
कालापानी हुँदै लिपुलेक नाकाबाट प्रायः सबै मौसममा तिब्बततर्फ आउजाउ गर्न सकिन्छ । कैलाश–मानसरोबर जाने भारतीय तीर्थयात्रीका लागि सबैभन्दा नजिकको बाटो हो यो । चीन र भारतको राजधानी दिल्लीलाई जोड्ने सबैभन्दा छोटो दूरीको नाका पनि यही हो । त्यसैले यसको धार्मिक, व्यापारिक र सामरिक सबैखाले महत्व छ । र, सायद यसैकारण भारतले यो क्षेत्र नछाड्न मरेहत्ते गर्दै आएको छ ।
काठमाडौं फर्केर मैले ‘कालापानी, जहाँ नेपालभित्र भारतको राज छ’ शीर्षकमा लामो रिपोर्टिङ गरेँ । ‘मूल्यांकन’, ‘जनआस्था’ र ‘काठमाडौं टुडे’मा पनि समाचारहरू लेखेँ । नारायण वाग्ले र जोगेन्द्र घिमिरेले पनि त्यसैताका कालापानीको स्थलगत रिपोर्टिङ गरेर ‘कान्तिपुर’ र ‘काठमान्डु पोस्ट’मा लगातार लेखिरहे । अरूहरूले पनि कलम चलाए । सीमाविद् बुद्धिनारायण       श्रेष्ठ पनि जोसिए, जसका तथ्यपरक विश्लेषणले कालापानीको ‘डिस्कोर्स’लाई अगाडि बढाउन मद्दत पु¥यायो । अब धामी एक्लै रहेनन् । मिडियामा व्यापक कभरेजसँगै कालापानी राजनीतिक राडारमा चढ्यो ।
२०५४ सालमा महाकाली सन्धिलाई प्रतिनिधिसभाबाट अनुमोदन गरिँदा सँगै पारित राष्ट्रिय संकल्पमा महाकालीको उद्गम तय गर्ने (अर्थात् कालापानीको विवाद टुंग्याउने) प्रतिबद्धता जनाइयो । तर, त्यसलाई कार्यान्वयन गर्ने अग्रसरता कहिल्यै कसैले लिएन । त्यसै वर्ष भारतका उदारवादी प्रधानमन्त्री इन्दरकुमार गुजराल काठमाडौं आउँदा कालापानी द्विपक्षीय वार्ताको कार्यसूचीमा चढ्यो । नेपालको संसदीय टोली पनि कालापानी निरीक्षणमा पुग्यो । अखिलको विद्यार्थी टोलीले त त्यहाँ गएर खुकुरी नचाउँदै उग्र राष्ट्रवाद प्रदर्शन ग¥यो । त्यसैलाई बहाना बनाएर भारतीय पक्षले अझै वरसम्म तारजाली लगायो । तर, नाराबाजी जति गरियो, त्यसअनुरूप नेपालले कूटनीतिक प्रयास गर्न सकेन या चाहेन ।
धामीले उठाएको कालापानी मुद्दा पछि उनकै पार्टीका नेताहरूलाई समेत घाँडो हुन थालेको थियो । महाकाली सन्धि, कालापानीलगायतका विवाद बढ्दै गएर अन्ततः एमाले नै फुट्यो । त्यसबेला पार्टी फुटाएर माले बनाउने वामदेव गौतम त केही वर्षमा मातृ पार्टीमै फर्किए, तर कालापानीबाट भारतीय फौज फर्केन ।
त्यसभन्दा अगावै, २०५४ भदौ २७ गते अचानक एउटा दुःखद् खबर सुन्नुप¥यो । राष्ट्र बैंकमा कार्यरत कल्याणबन्धु अर्याल र म हतारहतार धामीको सानेपा डेरामा पुग्यौं । त्यहाँ पुग्दा उनी नुवाकोटको मदनपुरमा मोटर दुर्घटनामा परेको थाहा भयो । हामी मोटरसाइकलमा हानियौं त्यतातिर । पानी झमझम परिरहेको थियो । ककनी नपुग्दै भिजेर निथ्रुक्कै भइयो । घटनास्थल पुग्दा ४५ वर्षे धामी यो दुनियाँबाट टाढा पुगिसकेका रहेछन् ।
जसरी कालापानी विस्मृतिमा धकेलिँदै गयो, धामी पनि विस्तारै ओझेलमा पर्दै गए । गत संसदीय निर्वाचनका बेला दार्चुला सदरमुकाम पुग्दा एउटा कुनामा अचानक उनको थोत्रो सालिक देखेँ । आफ्नो गृह जिल्लामा उनलाई सम्झन त खोजिएको रहेछ, तर त्यसको राम्रोसँग रेखदेख नगरिँदा सम्मानभन्दा बढी बिजोग अवस्था देखियो ।
अचेल कालापानी पत्रिकाको पानामा सीमित भएको छ । राजनीतिक दलका नेताहरू त सकभर यो प्रकरणतर्फ फर्कनै चाहँदैनन् । द्विदेशीय वार्ताको कार्यसूचीबाट पनि यो हटे सरह छ । धामीको अभाव यहीँनेर खट्किन्छ । उनी पनि समयक्रममा अरूजस्तै बद्लिन्थे कि थाहा छैन, तर भौतिक रूपमा नभएको हुँदा विश्वास गरिरहन सकिँदो रहेछ । त्यसैले जहिले–जहिले कालापानीको प्रसंग आउँछ, म धामीलाई सम्झिहाल्छु; अनि उनको प्रिय पात्र लछुवा कोठारीलाई ।

Monday, November 4, 2019

स्वास्नी अर्थात् सुवासिनी

स्वास्नी अर्थात् सुवासिनी:





भर्खरै समाजशास्त्रकी एकजना प्राध्यापिकाले ‘स्वास्नीमान्छे खराब हुन्छन्’ भन्ने भावको एउटा ट्विट गरिन् ।

Thursday, October 31, 2019

आफनै जिल्लामा सरुवा ( आत्म संस्मरण-३)

आफनै जिल्लामा सरुवा 

गढीको उकालो बाटो


आफूले आफूलाई छल्न जति सजिलो छ, त्यति सजिलो सायद अरुसंग झुठो बोल्दा हुदैन । पेट भोको हुँदा पनि खाएको छु भन्नु सजिलै लाग्छ ।  नाङ्गो कुर्कुच्चामा बिझेको काँडालाइ लुकाएर झिक्नु वा बर्षौ पहिला सिलाएको पाइन्ट धुँदा जतनले धुनु गाह्रो काम होइन । यसरी अरुसंग लुकाएर बेहोरिएका दु:खलाई पछि अरुसंग बाँडन पाउँदा पनि अन्तरहृदयमा आनन्द पलाउदो रहेछ ।  आफनो अनुभव बाँडन मलाइ आनन्द लागि रहेकोछ ।
आफनै माटोमा आफनै बाटोभित्र हिडदा पनि जिबनले बिबिध रंगको बान्की हाल्दो रहेछ । उकालोमा सकि नसकि पछाडी लागेर हिड्दा पनि कुनै न कुनै गन्तव्य त उक्लिनइन्छ नै । आफनो जीबनले आफैलाई सिकाएका प्रसंगसंगै जिन्दगीको कैयौ उकाली ओराली हिडियो, याद छैन । आजको यो लेखाइ चिलाएको आङ कन्याउनु नै मानिए पनि बर्णित प्रसंगहरु मैले बेहोरेका ब्यथा मात्र हुन ।
अभाव लुकाएर बाँच्न सिकाउने गाउँको साधारण लिखुरे केटोले सरकारी कार्यालयमा जागिर खाने चाहना अन्तर्मनमा शायदै उब्जाउन सक्थ्यो  । आफनो आर्थिक सामाजिक हैसियत तद्नुरुप थिएन । नियतिले थुप्रै अनुभव दिएर मात्र सरकारी कार्यालयमा प्रवेश गर्नु भनेर लेखेको रहेछ । म थाहा नपाइकनै यो उकालो ठाउँमा आइपुगे ।
मेरो निम्ति गढिका अड्डा गौडा हाउगुजीका बिषय थिए । आफनेै जिल्ला भए पनि खलंगाको निम्ति म गाउँले पाखे थिए  । सात आठबर्षको छँदा पहिलोपल्ट सदरमुकाम नजिकको छेलामा खानेपानीको धाराबाट छरर खसेको पानी हेर्न कम्ती रमाइलो थिएन मेरा लागि । गढी सदरमुकामबाट "जनकलाल गणेशलाल शाह , बुकसेलर्स बैतडी गढी, पोष्ट अफिस - झुलाघाट ( यु पि )" छाप लागेको किताब किन्न पाउँदा आफनो अहोभाग्य सम्झन्थे । झन दमौहान्नाको उकालोमा रसिलो मौसमी टिपेर दिने समबयी छात्रालाइ म पछिसम्म संझी रहेको हुन्थे । चोरीको फर्जी केसमा कारागार परेको मेरो गाउँको तिखे लुहार छुटेपछि पुलिसको हवल्दार चिनेकोछु भनेर गाउँमा धाक लाउथ्यो । देवताको भन्डार नासमास मुद्दामा गढीगौढाका साना कर्मचारीले दिएको दुखका  फोहरी कथा स्वर्गीय धामी जयदत्त बडूले थुप्रै पटक सुनाएका थिए । उहिले एक जागिरेसंग दस ढाक्रे आएर गढीका सिपाहीले मेरा गाउले सिपाही बाजेलाइ बाँधछाद गरि कुटेकोमा मुद्दा चल्दा सिलगढिसम्म सारा गाउले एक जुट भै मुद्दा लडेर गाउको एकता देखाएका किस्सा अझै सुनाइन्छन ।
मनोगत हिसाबले पनि बैतडी सदरमुकामको लागि म “स्वराडी सिल्ली” नै मानिन्थे । यसै सदरमुकाममा नौकरी गर्न पाउनु संयोग मात्र थियो । पायक नै नपरे पनि घरब्यबहारका कारण जिल्लाको सदरमुकाम मेरालागि " आफनो " मान्नुपर्ने  बाध्यता थियो । सामान्य गाउँँलेलाई गढिका कारिन्दाको रुपमा पाउनु केहिलाइ सहज पाच्य थिएन नै, मेरो निम्ति पनि त्यति प्रितिकर थिएन । सरदरमा खलंगा- सदरको गाउँलेप्रतिको हेपाहा ब्यबहारका छनक सानै छँदा ब्यहोरी सकेको कारण शायद म अलिकति पुर्बाग्रही समेत थिए । 
गौडाको कारिन्दा
जे होस,०३९ भदौमा अंंचलाधिश कार्यालयबाट नै  जिल्ला प्रशासन कार्यालय बैतडी को खरिदार पदमा मेरो सरुवा गरिएपछि पहिलोपल्ट बैतडी गढीको गौडामा हाजिर भए। त्यसबेलासम्म प्रमुख जिल्ला अधिकारीको कार्यालयलाई गौंडा नै भन्ने चलन थियो । गाउँतिरको जनबोलीमा यो अड्डा यसै नामले चिनिन्थ्यो  । पछि यो कार्यालयको नाम नयाँ प्रशासनिक संरचना अनुसार फेरवदल हुँदै हाल जिल्ला प्रशासन कार्यालय भएकोछ । 
पुरानो भवनमा हाल बसिरहेको स्थानमा नै कार्यालय संचालित थियो  । म जाँदा चुडामणि उपाध्याय सिडिओ हुनुहुन्थ्यो । २०३९/०८/२७ देखि खरिदारको हैसियतमा  जिल्ला प्रशासन कार्यालय बैतडीमा काम थाले । 
संयोगबश यहाँ हाजिर भएकै दिन जिल्ला पञ्चायत बैतडीको अठ्ठाइसौ जिल्ला सभा शुरु भएको रहेछ र महाकाली अंचलाधिश समुद्रकेशर पण्डित यहाँ पाल्नु भएको चहलपहल थियो । यहि मौकामा परीचयको दायरा बढाउछु । हाजिर भएकै दिन दार्चुलामा चिनेका साथी श्याम थापा मार्फत लोक सेवामा ना सु को दरखास्त फाराम पठाउछु । 
यसै दिन पहिलोपल्ट जिल्लास्तरीय केही बैठकको निर्णय माइन्युटिङ गर्ने काम पाए । मेरो मस्यौदामा सुपरिबेक्षकहरुले कतै प्रश्न उठाउन सकेनन । सबैलाइ मेरो भनाइ र लेखाइमा चित्त बुझिएछ । यसै बिन्दुबाट म हाकिमहरुको नजिक हुन पुगे । 
जिल्ला स्थित पुराना कार्यालयमा पुरानै मनोबृति भएका सिमित स्थानिय कर्मचारीहरुको बोलबाला थियो । संस्थागत स्मृतिका लागि यिनै कर्मचारीमा भर गर्नु पर्ने बाध्यता हुन्थ्यो, नौला कर्मचारीहरुलाइ । सुचनाको श्रोत लुकाएर यथार्थ बंग्याउन माहिर हुन्थ्यो पुराना कर्मचारीको यो बृत । फलत: विशेष बर्गका निम्ति अड्डाको काम बपौति जस्तै हुन्थ्यो । हामी गाउले पाखेहरु बढिमा यिनको पृष्टपोषक हुनसक्थ्यौ । त्यसबेला सहायक तहमा काम गर्ने सदरमुकाम बाहिरका आधा दर्जन बाहेक बढी थिएनौ । गाउँबाट आएका सेवाग्राहीहरुलाई झुलाएर ढिलो गरीदिदा उनीहरु पाहुना बनेर हाम्रो डेरामा बस्न खोज्थे । यसको अतिरिक्त ब्ययभार थेग्नै गारो हुन्थ्यो । तर खलङगे जमात भने टाढाका मानिसलाइ अलझाएर यतै बास बसाउन पाए भने बढि लाभान्वित हुन्थे । यहि स्वार्थनै तनावको कारण बन्थ्यो । यस सम्बन्धका कैयौ कथा उपकथाको बेग्लै संग्रह बन्न सक्दछ ।
त्यसबेला भरखर पाटनसम्म सडक ट्रेक खुलेको थियो । झुलाघाटको बाटो डोट्याल कहलिएर यात्रा गर्नै पर्ने सकसपुर्ण स्थिति थियो । नेपालतर्फबाट यदाकदा चल्ने सरकारीगाडीको यात्रा दुष्कर र दुष्प्राप्य थियो । यौटो प्रसंग याद आउछ । 
लोकसेवा फाराम भर्ने क्रममा महेन्द्रनगरबाट धनगढी पुगेको थिए । फर्किदा दादुराको औषधि बोकेको गाडीमा  पुराना बुकसेलर गणेशलाल शाहजीसंग सहयात्राको अवसर मिल्यो । उनी पनि पंचायति बर्गीयसंगठनहरुको संयुक्त कार्यालयमा सचिब भै काम गर्दथे । भर्खर  ट्रेक खुलेको बाटोमा फ्रीजमा राखेर अत्याबश्यक औषधी ढुवानी गराउनु सजिलो काम थिएन । अंचलाधिश ललित बहादुर बमको ठाडो आदेशमा ल्याएको सरकारी गाडीको ड्राइभरले बाध्य भएर हामीलाइ गाडीमा बसालेको थियो । अन्तमा नियतबश नै अनारखोली जंगलमा  गाडी बिगारेकोले गलतफहमी प-यो । धाकधम्की देखाएर हामीले पनि औषधिको भरपाइ लियौ र जंगलकै बाटो हिडेरै राति पाटन पुग्यौ । बिहानै हामी नब्युझिदै त गाडी र औषधि पुगीसकेको देखियो । पहिलोपल्ट यो बाटोमा सरकारी गाडी चढदा सरकारी ड्राइभरले हामीलाइ दुख दिनमात्र गाडी बिगारिएको नाटक रचेको थियो । 
नासुको बिज्ञापनमा फाराम भर्न ढिलो गरि खवर पाउदा हतारपतार  महेन्द्रनगर पुग्दा नपुग्दै म्याद सकिएकोले धनगढीको बाटो यतिकै फर्किएको यो घटना नै  उपल्लो पदप्राप्तितर्फको पहिलो निरर्थक प्रयास पनि थियो ।

पढाइलाई निरन्तरता

बैतडी बसाइको प्रारम्भिकक्रममै प्रशासकीय अधिकृत रामरतन मिश्रज्यूको छोरालाई बेलुका ट्युसन  पढाउन थाले । जिल्ला न्यायाधिश जयराज जोशीज्युका छोराछोरीहरुलाई पनि केही महिना ट्युसन पढाए । ब्यक्तिगत अध्ययन गरेर भारतको पिथौरागढबाट स्नातक परिक्षाको तयारी गरीरहेको थाहा पाएपछि प्र जि अ ज्युकी धर्मपत्नी कमला शर्माले समेत संगै बि ए जाँच दिने तारतम्य मिलाइन । यसरी मलाइ प्राइभेट परीक्षा दिन अनुकुलता थपियो । यदाकदा सहकर्मी साथीहरुले  प्र जि अ र प्र अ मा खटपट पारेर धमिलोमा माछा मार्न थाले । तर मेरो भने वहाँहरुसंग उत्तिकै घनिष्टता आज पर्यन्त कायमै रहेकोले पारिवारिक सदस्य जत्तिकै सद्भाव पाएकैछु । 
सरकारी नौकरीसंगै प्राइभेट परिक्षार्थी बनेर पिथौरागढबाटै बि ए को फाराम भर्ने अर्को अभियानमा लागे । प्रशासकीय अधिकृतज्युसंगै रु २००/- रकम मागी ०३९माघ २१ गते पिथौरागढ गएर बि ए को फाराम भरे । बडो दौडधूप र खुशामद पछि  भा रु १०५/- को ड्राफ्ट सहित फाराम अग्रप्रेसित भयो र पहिलोपल्ट स्नातक कक्षामा पहिलो प्रबेश पाए । आषाढ ४ मा परिक्षाको लागि पिथौरागढ गए र बाधित पढाईलाई ०४० सालदेखि फेरी निरन्तरता दिए। प्र जि अ चुुडामणि उपाध्यायज्यूको मेडम कमला शर्माले समेत प्राइभेट अध्ययन गरिरहेकोले मेरो निम्ति पिथौरागढ आउजाउ सजिलो भयो । श्रीमति कमला उपाध्याय ( तत्कालिन प्र जि अ चुडामणि उपाध्यायको पत्नी )समेतसंग के के भट्ट ( कुमायुँ विश्व बिद्यालय नैनीतालको संघटक महाबिध्यालय पिथौरागढको अंग्रेजी बिभागका तत्कालिन बिभागीय प्रमुख )सरको घरमा डेरा खोजियो । तर परीक्षाको रुटिन सरेछ । लगत्तै फर्कियौ ।
यसै आषाढ२९ गते सुर्य बहादुर थापामाथि अबिश्वासको प्रस्ताव पास भएपछि लोकेन्द्र बहादुर चन्द नेपालका प्रधानमन्त्रि बने । आफनै जिल्लाको प्रतिनिधि प्रधानमन्त्री बनेपछि हौसला बढने नै भयो ।  बेगाने शादि में अब्दुल्ला दिवाना जस्तै भएर फेरि जाँच दिन पिथौरागढ पुग्यौ ।
 परिक्षाको अबसर पारेर पिथौरागढमा बैतडीका बिद्यार्थी को रमाइलो जमघट नै हुन्थ्यो । बैतडीका जिल्ला न्यायाधिश जयराज जोशी समेत परिक्षार्थिको हैसियतमा हामी भएकै घरमा डेरा सरेछन  । नापी अधिकृत जगत पौडेल पनि यतै विद्यार्थी बनेर जाँच दिन कसिए । यदाकदा डा पुष्पा भट्ट र नर्स टोली सहित पिथौरागढ आएकै हुन्थिन । शिक्षकहरुको ठुलै जमात पनि प्राइभेट परिक्षार्थी बनेर यतै हुन्थ्यो ।
यसै साल १६ साउनमा उतराखंडको तिर्थाटनमा निक्लेका पिताजी समेतका ९ जनाको टोलीलाई पिथौरागढमा खाने बस्ने ब्यबस्था मिलाई बद्री बिशाललाइ  भेटी सहित तिर्थाटनमा जाने प्रवन्ध समेत मिलाउनु प-यो । जे होस बिदाको छेको पारेर बैतडीका मानिस आइरहन्थे र रमाइलै हुन्थ्यो । 
यसैताका  म बिमार परेको पनि सम्झना छ । संयोग कस्तो भयो भने पिथौरागढकौे केही होटेलमा कुकुरको मासु पकाएर ख्वाइयो भन्ने समाचार स्थानिय पत्रिकामा आयो । एक दिन अगाडी मैले पनि होटेलमा मासु खाएको थिए । यसको स्वाद भिन्न प्रकारको थियो । शंकाको भ्रममै म पनि सिकिस्त बिमार परे ।  दिशा पिसाब नै बन्द भयो । तत्काल उपचारले मात्र बाँचे । 
त्यसबेला हाल उतराखण्डका भाजपा नेता भगतसिंह कोस्यारी पर्बत पियुष नामको पत्रिका चलाउथे । म यो पत्रिकाको नियमित पाठक थिए । संयोगले पत्रिका बजारमा लैजाने दुई जना ह्याकर मेरै गाउँका युवक थिए । यसरी हिन्दी पत्रिकाको सानिध्यले मात्र मेरो हिन्दी लेखन सुधारियो । नत्र वान डे सिरिज वा गेस पेपर पढेर मात्र नेपाली प्राइभेट विद्यार्थी जाँचमा सामेल हुन्थे । स्थानिय राजा होटेल यस्तै बिद्यार्थिको जमघटले भरिएको हुन्थ्यो । त्यहाँका नेपाली मैनेजर शेर'दा असाध्यै मिजासिला मानिस थिए ।
जे होस  अंग्रेजी प्रथम पत्रको  जाँचबाट पहिलोपल्ट युनिभर्सिटिको परीक्षार्थी भएको थिए  । बिदा बाहेक धमाधम ८ पेपर दिए । परीक्षा सकाएर भदौ १२ मा बैतडी फर्क्यौ । यसरी मेरो पहिलो बर्षको स्नातक यात्रा चलेको थियो । अर्को बर्ष भने भदौ २० मा पिथौरागढ गएर असौज ६ गते मनोबिज्ञानको अन्तिम पेपर दिएको थिए । 

घरेलु कोतेधन्दा

जीवन-क्रममा दुई जना पारिवरिक सदस्य थपिइ सकेका थिए, जेठोछोरा दीपेन्द्र र माहिलो छोरा कैलाश । घरमा नून र चामल यतैबाट पठाउछु। श्रीमतिको बिमार बढदैछ जस्तो लाग्छ । मोटाएकी जस्तो देखिन्छिन र माइतमा बसेकी छन ।  उनको औषधि ल्याउन पिथौरागढ जाँदा ससुराजी उपचार र पेन्सनको लागि आफू पनि जाने जम्को गर्छन । बार्षिक १२०/- पेन्सन रे । आउन जान भाडा र घोडा खर्चसंगै खान बस्न र औषधि अलग्गै । शसुरा बुढा हिसाब गरेको गरेइ गर्छन । माइतमा समेत औषधि दिई शुक्रबार घर जान्छु ।  दुई छोरा र एउटा पत्नीका साथमा एक्लो मानिस अफिस, घर र ससुरालीको त्रिकोणमा चक्कर काटि रहेको हुन्छु । सदरमुकामको नयाँ डेरा खडेपिपलमा ब्यबस्था मिलाएपछि मात्र ब्यबस्थित अलिक ब्यबस्थित भएको थिए ।
 श्रीमतिको उपचारको नियमित फ्लोअप गर्न समेत निरन्तर पिथौरागढ जानुपर्ने हुन्छ ।  गाउलेहरुको सरकारी काममा सहयोग गर्छु । पुस मसान्त तिर दीपक सहित घर गै जग्गा नामसारीका गाउँको पुरानो बाँकी काम पूरा गर्छु । लिखु पेलाइमा दीपकसंगै  म पनि गाउँ घुमेर माघे संक्रान्तिपछि एक्लै काममा फर्किन्छु । नाति दीपक नल्याएकोमा ससुरालीमा समेत कचकच शुरु भएकोछ। उता घरमा नयाँ भाइबुहारीको समेत सिकायत शुरु भएकोछ । बल्ल तल्ल आफनै चुलोमा खाना पाक्न शुरु हुदा कैयौ साना समस्याहरुको धुवा पु्पुताउन थाल्यो  । यस्तै कोतेधन्दामा दिन बित्न लागे ।
माघ मसान्ततिेर माइलो छोरा कैलाश गम्भीर रुपले बिमारी प-यो । बैतडीमा जँचाउदा डा पुष्पा भट्टले तत्काल थप उपचारका लागि पिथौरागढ लैजाने सल्लाह दिइन  । मसान्तको दिन त उ बेहोस हुदा रुवाबासी नै चल्यो । बाटोमै अनिष्टको आसंका थियो । अन्तिम उपाय ठानेर राति ससुरालीमै जडिबुटी र झारफुक चलायौ । देव भाकल गरिए । धन्य ईश्वर ! उ क्रमस: निको हुँदै गयो । अन्तत: यौटा दुर्घटना टरेकोमा चिकित्सक समेत चमत्कार मान्न बाध्य भए । श्रीमतिलाई समेत यस्तै सिकिस्त देखिन थालेपछि  पुरै परीवार खडेपिपल डेरामा सरेर यतै उपचारमा लाग्यौ । यदाकदा सुर्काल जान्थ्यौ, तर कुरा मिल्दैनथ्यो । पारिवारिक खटपट भै नै हाल्थ्यो । अब घर ब्यबस्थापन गर्न गारो हुनलागेको थियो ।
यसै क्रममा केही महिनापछि कैलाश समेत बोकी भारतको टनकपुर नजिक त्यसबेला खुबै चल्तीको पोलीगंज अस्पतालमा श्रीमती भर्ना गराए । एक्सरेका लागि पिलिभित पुगनु पर्ने हुन्थ्यो । औषधि लिइ  महेन्द्र नगर गएर तत्काल महाकाली अन्चलाधिश कार्यालयमा कार्यरत बाजे नरीदत्तको डेरामा शरण लियौ । अंचलाधिश र सहायक अंचलाधिशसंग कुरा गरि महाकाली अंचलाधिश कार्यालयमा केही दिन काज वसे । तत्कालिन नगरपंचायत गेष्ट हाउसमै कोठा लिएर लगतै अरु काम पनि सके । श्रीमति भने छोरा बोकि यत्रतत्र माइति चाहार्दै दिनभर घुम्थिन्  । बेलुका गेष्टरुममा आउथिन र झगडा गर्थिन । यसरी पहिलोपल्ट घर बाहिर र भित्रको सर्कस हेरिन्थ्यो । येनकेन पैसाको जुगाण मिलाई पुन: पोलिगंजबाट जचाइ औषधिको ठुलै पोका बोकी २६ गते पिथौरागढ हुदै घर फर्के । कलेज र डाक्टरको चक्करले यहाँ पनि छोडेन । पोलीगंजले नमानेको अढाइ महिने अबान्छित गर्भ पतन गराउन अन्तत: डा लिला जोशी तयार भइन । भएको सम्पुर्ण पैसा होटलको पैसा तिर्न पनि नपुग्ने गरि सकाए । रा बा बैंक क्यासियर भेट्टिदा सापटी मागेर इज्जत जोगियो  । यो काम बापत पछिसम्म पछुतो भइरह्यो । अर्को दिन बडा कष्टपुर्ण यात्रा गराई राजूलाई येनकेन ससुराली पु-याए । डेढ महिनापछि मात्र जेठो छोरा दीपकलाइ भेट्यौ ।
तै अगाडीको जस्तो के खाउ के लाउको अबस्था थिएन । खासै चासो नराखी किनाराको साछी बन्न थाले  । डेरा, माईत र घरमा अलग अलग भुमिका खेलेर अर्धाङ्गिनी अरलोलाई भरथेग गरिरहिन् । म प्राय: अफिसहरु घुम्दै , निरीक्षण अनुगमन आदि ससाना काममा दिन काटदै र यदाकदा विभिन्न समिति कार्यदलहरुमा जिल्ला प्रशासनको प्रतिनिधित्व गर्दै बुज्रुक बन्दै रहे । कुल मिलाएर  बडो तनावपुर्ण सामाजिक पारिवारिक बाताबरणको हिलोमा कमल फुलाउने कोसिस गरीरहे । यी बर्ष पनि यतिकै निख्रिन थाले । यस्तै बिग्रेको मौसमसंगै नयाँ बर्ष २०४० शुरु भयो । प्रतिकूल मौसमका कारण नै श्रीमती माइत जान सकिनन । यो बैबाहिक अनुभवमा जोशीबुङाका साढुभाइहरुको भेट भयो । सबैलाई मेरै जस्तो अनुभूति रहेछ । वातावरण बिथोली दिने काममा सासूजी सिद्धहस्त नै रहिछन । 
यस्तैमा घरबाट आमाले देवप्रयाग जाने ईच्छा गरिन । बैशाख ४ गते रु ८००/- दिएर भाईलाई साथमा पठाइयो । बैशाख १० मा आमा फर्किनु भयो । बैसाख ११ गते उदे तिरुवाबाट खडे पिपलमा जग्गा समेत किन्यौ  । १२ जेठमा डेराका दाउरा समेत बोकी श्रीमति माइति सरिन । म घरमा भेट गरेर बि ए दोस्रो बर्षको जाँच दिन पिथौरागढ लागेको थिए ।
 जेठ मसान्ततिर नै होला,तिर्थमै देहान्तको मनसुबा गरेर  हरिद्वार जानलागेका कालो बाजेले एकछिन बाटामै बोलाई आफनो इतिबृत सहित मार्मिक कुरा सुनाउनु भयो र दुखान्त यात्रामा सहर्ष जानू भयो । बडो बिश्वासकासाथ आफना दुई छोराहरुको संरक्षक तोकेर यो अनन्तमा बिलाएको यो दृश्य म धेरेे दिनसम्म सम्झि रहे । गाउँभरीका हुनेखाने गनिएका मानिस त्यसबेला दुसाध्य रोग लागेर शरीर छाडने इच्छा सहित पराया तिर्थाटनमा हिडनु एकप्रकारको महाभिष्निष्क्रमण थियो त्यो । यस्तै परीबेशमा घर हरियो , नौकरी गरियो र पढाइलाइ निरन्तरता दिइयो । 

भाइको नौकरी र आफनो पढाइ

पढाइ छाडेर दिल्लीको कपडा पसलमा काम गरीरहेको माइलो भाइलाइ दार्चुला बोलाएर टाइपिष्टको जाँच दिन लगाएकै थिए । अलिअलि टाइप सिकेको भाई दत्तरामलाई येनकेन बिद्युत प्राधिकरणको ज्यालादारी टाइपिष्टमा २०३९ माघ ९ गते काम लगाएर सदरमुकाममा  व्यबस्थित हुने जम्को गरेको थिए । प्रशासन ब्यबस्था बिभागमा दार्चुलाबाट गरेको सिफारिस राम्रै गरि काम लागेछ । जेठ १ बाट लागू हुने गरि भाइ दत्तरामलाई जिल्ला प्रशासन कार्यालय बैतडीको टाइपिष्टमा नियुक्ति गर्न सफल भइयो । यसरी घरको भारा आंशिक रुपले भाइमा बिसाए । त्यसबेला मेर तलब मासिक रु २५५/- हुन्थ्यो र भाइले २०० चानचुन पाउथ्यो होला । हाम्रो कुल आयस्था भनेकै कृषिबाट आउने गुजारा गर्न लायकको गहुँ, मकै, भट्टमास र यहि तलब थियो ।
यसैताका सम्माननिय प्रधानमन्त्रीज्यु गृह जिल्लामा आउने कार्यक्रम बनेको हुँदा स्वागतको तयारी थियो । भुकम्प पिडितलाई आएको गहु बितरण गरिने हुँदा भिडभाड भएर दर्जनौ पाहुना  त हाम्रै डेरामा बसेका थिए । खलंगामा साधारण भेटघाट पछि पाटनतर्फ भ्रमण मुकाम सारियो । प्राय: जिल्लाबासी उतै लागे । बाँकी टिकाटिप्पणिमा लागे । विशिष्ट ब्यक्तिहरुको दैनिकी र भ्रमण कार्यक्रमलाइ नजिकबाट हेर्ने मौका पहिलोपल्ट यसै अवधिमा प्राप्त गरे ।
यसै सिलसिलामा  नायब सुब्बाको लोकसेवाको तयारिमा पनि जुट्न थाले  । लिखित परीक्षा महेन्द्रनगरमै हुन्थ्यो । औषधोपचारको क्रमसंगै लोकसेवा आयोगको जाँच पनि दिइन्थ्यो । पहिलो लिखित परिक्षामा पास हुदा अन्तरवार्ताको लागि दिपायलतिर पैदल कुदनु पर्थ्यो  । त्यसबेला बैतडीदेखि दिपायल दुइदिनको बाटो थियो । पहिलोपल्ट दिपायलजाँदा सतबाँजमा खानाखाई बेलुका मलडा बास गरेको थिए । अर्को बिहान पोखरा खाना खाई कोटिला, निन्तोला, बडम, बेणुपानीको बाटो बेणुपानी हुँदै राति सकायल बास बसियो । अर्को दिन कोरालखोला, तिल्ताली, बनडुङरा, तल्कोट, कालागाउ हुँदै  ३ दिन हिडेर पहिलोपल्ट नै दिपायल देखे । २९ जेठमा सिलगढी घुमेर ३० गते सामान्य तरिकाले अन्तरवार्ता दिए ।
अर्को दिन बिहानै चार बजे चोरबत्ति बालेर तीन जना साथी समेत हिडेरै राति ९ बजे हिमलैन्ड होटल डडेल्धुरामा बास बस्यौ । अर्को दिन पाटन हुँदै बैतडी पुग्दा थकाइले हनहनी ज्वरो आयो । तर यसपालीको नतिजा भने बैकल्पिक उमेदवारमा पो अडियो । केही साथीभाइले ब्यङ्गपुर्बक बधाई दिए, केहिले हौसला थपे । लगत्तैको दोस्रो प्रयासमा पनि महेन्द्रनगरबाटै जाँच दिए ।
लिखित पास भइएछ। अन्तर्वार्तामा  बोलाइए । समय कम हुँदा धपेडी गरेर डडेल्धुराको पोखरामा पुगियो  । यसपाला पनि साइतदेखिनै अशुभ संकेत देखिन थाले । वास्तबमा बिधाता बाहेक अरु कसैले पुर्ण योजना तयार गर्नै सक्दैन जस्तो लाग्छ । मिसन हस्पिटल बाहेक खास कुनै बजार नभएको त्यसबेलाको पोखरामा नाम मात्रका होटेल थिए । 
एकपल्ट सानो कैलाशलाइ घरैमा छोडेर उपचारार्थ पत्नीलाई पोखरा ल्याएकोले समेत यहाँको भुगोलको अलिअलि जानकार थिए । त्यो दिन डङसिली खर्कमा बास बसी दोस्रो दिन बल्ल बल्ल अस्पताल पुगेका थियौ । जचाउदा कुइरे डाक्टरले १५ दिनको औषधि थमायो, तर ब्यथा बताएन । फर्कदा खतेणा बिनोणा सिलंगा धनसैनी पाटन सन्तोलीको बाटो राती देवलगडामा बसेर पाँच दिन पछि घर पुगेका थियौ र  बालकलाइ आमाले दूध ख्वाएकी थिइन । 
संयोगबश यो पटक पनि पोखरामा पहिलोपल्ट बास बसेको होटेलकै सानो कोठामा बस्न पुगियो । खाना समेत नखाई भुस्सुकै सुतेछु । राति अर्को कोठामा राखिएको कुनै बिमारी बच्चा बितेछ । रुवाबासीको कारण रातभरी उनिदो रहे । आफुले यस्तोमा कुनै सहयोग गर्न नसकेकोमा अन्तरात्माले सरापि रह्यो । लास बोकेर उनीहरु कतै खुल्ला ठाउतिर सरेछन । म त्यतिकै झकाएछु । एक्कासी झसंग भएर बिउझे । बाहिर हेरे । असौजको झलमल जुनेली रातमा गाउँघर टलक्कै देखिन्थे । बिहान भए जस्तो लाग्यो । 
मुख धोइ सरोसर कोटिलाको छोटो बाटो समातेर गन्तब्यतिर लागे । तल खोलातिर पुग्नै लाग्दा समेत उज्यालो भएन । बल्ल घडी हेरेको त रातिको अढाइ बजेको रहेछ । के गरौ कसो गरौ भयो । त्यो खोला तल मसानघाट थियो । त्यहाँ लामो लट्ठा भएको भूत अझै देखिने कुरा सुनेको थिए । वातावरण डरलाग्दो देखिन थाल्यो । गाउघर चकमन्न थिए । तर पारीपट्टीको सालघारीमा आगो बलिरहेको देखिन्थ्यो ।  खोटोमा काम गर्ने श्रमिक भएको अनुमान गरे । फर्किने कि जाने भन्ने निर्णय गर्नु पर्ने थियो । साहसपुर्बक अगाडी बढनु नै श्रेयस्कर ठाने । हनुमान चालिसा पाठ गर्दै इष्टदेवता संझिदै बुर्कुसि मारे । कसरी सालघारी पुगे थाहै भएन । आगो बलेको पर्णकुटि नजिकै थियो । लामो श्वास फेरी सुस्ताए । यो जंगलको बीचमा अनजान मानिसको उपस्थिति झन डरलाग्दो ठहराए । सुरुसुरु गाउतिर हिडे । टाढा एउटा कुकुर भुक्न थाल्यो । बल्ल आश्वस्त भए ।नजिकैको तत्कालिन वीर बलभद्र प्राबि परिसर कुनै मन्दिर जस्तो लाग्यो । बरण्डामै बेन्च राखिएका रहेछन । बिहान नभएसम्म तयसैमा पल्टिएर बिताए । उज्यालो भएपछि ओसिलो बाटो हुँदै सकायल पुग्दा शीतले निथुक्रै थिए । संयोगले पुरानो जेटिए साथी नरबहादुर भेटिए । इतिबृतान्त बताए । उनकै घरमा दुध रोटी खाएर बाटो लागे । त्यो साँझ हिडनै नसकेर ल्वाखेडी बास बसे ।  बिहान राजपुर पुगेर खाना खाए । दिपायलको भन्डारी होटलमा दिनभरी ऐकान्तिक आराम गर्दै बसन्ती उपन्यास पढे । अर्को दिन ६ पदको लागि १२ जना अन्तर्बार्तामा थियौ । तर ३ पहिल्यै पास भएका १ दोहरो परेको र एक अनुपस्थित हुदा ७ जना प्रतिस्पर्धी थियौ । यथाक्रम यो अनुष्ठान सकियो । मात्र एक कर्मकाण्ड मानेर कुनै तनाव नलिइकनै अर्को दिन साथी दलजीत भट्टसंग डडेलधुरा पुगियो । शेर्पा होटलमा पुग्दा खुट्टा त दुखेकै थिए । टौन्सिल पनि थपियो । पैदल हिडन सकिने अवस्था थिएन । बसबाट महेन्द्रनगर हानियौ । जडीबुटी कार्यालयको गेष्टरुममा बसेर एक दिन यतै आराम गरि अर्को दिन झुलाघाट हुँदै बैतडी फर्के । 
पहिला बैकल्पिकमा अडकिएकोले सबैको सहानुभुति पाए जस्तो लाग्यो । नतिजा आउदाो मुख्य उमेदवारको हैसियत पाएर लोकसेवा आयोग , क्षेत्रिय कार्यालय, दिपायल डोटी को नायबसुब्बामा पदस्थापन भएछ । केहिले मुख अमिलो गरे, केहिले हर्ष माने । यसरी यौटो खुुट्किलो  उक्लिने पहिलो प्रयास पूरा भयो । 

घरेलु स्वास्थ्यका सन्दर्भ

परिवारको उपचारको क्रममा चिना हेराए, वैद्य खोजे , झारफुक गरे । केही गर्दा पनि बिशेक लागेको देखिएन । सँधै किचलि बनी रह्यो । असौजमा घर जाँदा सबै खर्क सरेका रहेछन । दशैमा पनि कामको धामधुम थियो । कुनै रमाइलो रहेन ,कतै गइएन  । दशै तिहार येनकेन बितायौ । श्रीमतिका घरेलु समस्यामा प्रतिबेदन मात्र पेश हुन थाले । सबै मामिला बिचाराधिन राखेर बिस्तृत बुझ्छु । बाआमाको झगडामा भाई बुहारी खलनायिका बन्दैछिन भन्ने चाल यथासमय पाए । उसको फुइ बढदै रहेछ । म मनमनै हाँस्छु । बरा, दुनिया कति बैगुनी बनेर क्षणिक स्वार्थबश ठुलठुला मौका गुमाउछ । 
तिहार आयो । आमा मामा घर जानू भयो । यता शीतयुद्ध शुरु भयो । बा मलाइ सपष्टीकरण दिनुहुन्छ । बुहारी फुर्ति थप्छिन । श्रीमति बिस्तार बताउछिन । म अफिस फर्किन्छु। दिपक घरै रह्यो केही दिन । श्रीमती पनि माइत आइन । टुहुरी जस्ती सासू र अती दुखी ससुराका साथ वहाँका असहयोगी भाइहरुको धमाचक्कर ससुरालीमा पनि देखिन्छ । 
यता खडे पिपलमा पनि केशबको घरबाट भरत चन्दको घरमा डेरा सारे ।   साथी बेदप्रकाशसंग भावना साटिन्छ । उस्तै उस्तै किसिमका थियौ । उनी  पनि बैतडी कै जनस्वास्थ्यमा काम गर्न थालेको थिए । मिल्ने साथी हुँदा यस्ता समस्यामा ऐकान्तिक छलफल पनि चलाउथ्यौ  ।
यसै अवधिमा माल कार्यालयको दलित मुखियाले गाउको दलितको नक्कली काम गरेको घटनाको पर्दा फास हुन्छ । मालवालाहरु चाकरीमा लाग्छन । काम नियमित गर्न अराउछु र गाउको श्रेस्ता अद्याबधिक गराउछु । भ्रष्टहरुले पर्दा के के गर्न सक्दारहेछन , सबै बेहोर्छु । सानो भाइ कृष्णको आखामा चोट लागेकाले हस्पिटल ल्याएर उपचार गराउछु । घरेलु चक्रब्युहमा झन झन भासिएको महसूस गरेर किनारा खोज्दै भौतारिरहेको थिए ।

गाउँमा नयाँ घर

लोकसेवाको परीक्षा र उपचारको चक्कर पुरागरी डेढ महिनापछि  माघ १ गते घर पुग्दा २ खन्डको नयाँ घरको जग पो खनीरहेका भेट्टाए । तीन भाईलाइ तीन खन्ड नपुग्ने  भनियो । यस बारेमा मलाइ कुनै जानकारी नै थिएन । ( तर पछि निजी लागत भनेर त्यसै ठाऊँमा तेस्रो नीजी खन्ड बनेको पनि देखियो ।  )
म भने लगतै फर्केर र अफिसको नियमित काममा संलग्न हुन्छु । औपचारिकताबश १३ गते झुलाघाटबाट १ क्िन्टल चामल र १३०/- रुपियाँ पठाइ दिन्छु । 
०४०माघ १६ गते पहिलो पटक बैतडी गढीमा जीप पुग्दछ । अंचलाधिश समेतको हिउदे पटके निरिक्षणका औपचारिकतामा म पनि सामेल हुन्छु । माघ २५ गते दीपकको चुडाकर्मको औपचारिकता  घरमै पूरा गर्छु । बल्ल श्रीमतिको बारेमा बुझ्न ससुराली गए । रक्तस्रावबाट लखतरान । झन त्यसैमा सालीका ब-यौनाहरुको आतिथ्य पूरा गर्नुपर्ने । बिचरा सुक्क सुक् गरीरहेकी पत्नि र ट्या ट्या गरीरहेको ख्याउटे छोरा हेरेर म पनि रोए । फागुन १ गते तिनिहरुलाई डेरामा सारे । सामान सहित बल्लतल्ल भाइलाइ घर पठाए । फागुन ४ गते अधिराज कुमारी हेलेन र शाहज्यादी जयन्ती सरकारको सवारीको चहलपहलमा लागे । यसै क्रममा नेत्र शिबिर पनि संचालन भएकोले ससुराजीको पनि उपचार गराए । तर उनको छिमेकी रमिता हेरेको  देखे । घर गएर टुहुरो जस्तो बसीरहेको दीपकलाइ डेरा खडेपिपलमै लिएर आए । घरबाट तारन्तार पैसाको माँग भइ रह्यो । १२ गते ३५०/- दिई पठाउछु अरु दिन नसकिने खबर समेत दिन्छु । भाइ घरैबाट ओहरदोहर गर्न थाल्यो । फागुन १४ गते दीपकलाई बालमन्दिरमा भर्ना गर्छु र स्कुल आफैसंग ल्याउने लैजाने काम पनि थपिन्छ । मलाइ यादछ,शिबरात्रीका दिन पत्नी छोराहरु बोकेर माइत जान्छिन । म सरकारी जीपमा पाटन जान्छु । सतबाँझमा गाडीमाथि ढुंगामुढा भयो । सडक डिभिजनको गाडीमा रोडको डिइ सम्झेर केही ठेकेदारले घटना गराएका रहेछन । राति पाटन मै बसे  । अर्को दिन महेन्द्रनगर पुगी लगतै पोलीगंजबाट औषधि ल्याएर पिथौरागढ हुँदै बैतडी फर्के । यस्तै चक्करमा जीवन चली रह्यो, रोकिएन ।

गढी र गाउँको सेरोफेरोमा

 बैतडी बस्दासम्म ट्रेक खुले पनि गाडी नै चलेको थिएन । यदाकदा साना जीप आउथे । यस्तैमा प्र जि अ र जि पं सभापतिको भ्रमणदलसंग तल्लोस्वराडको भ्रमणमा निक्लियो । म पनि यात्रादलमा सामेल थिए । पहिलो पटक रोडी रन्तोलीको बाटो सैलोडा अमचोरा हुँदै पंचेश्वर पुगियो  । त्यसबेलामा पंचेश्वर परीयोजनाको हल्ला गाइगुइ सुनिन थाली सकेको थियो । भारतपट्टी ड्यामका सामान ओसारी सकेका हल्ला थिए । हाम्रोमा पनि कता कता भीरमा प्वाल पारिएका खबर सुनाउथे । तर पंचेश्वरमा नौकाबाटै मानिस र सामान तारिन्थे । घाट ठेक्का चल्थ्यो । म पनि सुनी जानेको धर्मघाटलाई देखि जान्ने भए । एक दिन सर्माली मा बि मा पनि बस्यौ, सभापति महताजीको आतिथ्यमा । वहाँ बडो जनप्रेमी मानिस हुनु हुन्थ्यो । स्कुल पढदादेखिनै मसंग नजिकको सम्बन्ध थियो । यो यात्रा रमाइलो भयो ।  फर्कदाको मेलौलीको बाटो मेरोलागि परिचित नै थियो । लामालेकमा प्र जि अ ज्यू घोडाबाट लोटनु भयो । स्वागतार्थ सजाएर राखिएको टिनको टेबल ढलेको आवाजले घोडा तर्सिदा यो दुर्घटना भएको थियो । अंगरक्षकले स्थानिय स्वागतांक्षीलाइ झन्डै नकुेको । यो घटनालाई गुपचुप राखी येनकेन सदर मुकाम फर्कदा यो बर्ष सकिइ सकेको थियो । 
बैसाख १३ गते पंचभेलाको काममा बैतडी-पाटन पहिलो पटक जीपबाट हिडिएको थियो  । त्यो भेलामा त्यहाँ १२२ सहभागी र ५६ पर्यबेक्षक थिए । मेरो काम अतिथिहरुको ब्यबस्थापनमा सिमित थियो । सबै पन्च नेपाली,सबै नेपाली पन्च भन्ने नारा भित्र नाना थरी बिबिधता देखिन्थे । घोडेटो बाटो निरिक्षण समेतको क्रममा अठतोला कद्वार प्यानी घुमियो प्रधानपंच बीरादत्त बडूसंग ।
यसै बीच नयाँ प्रशासकीय अधिकृतको रुपमा सुधीर कुमार शाह ( पछि निर्वाचन आयुक्त ) सरुवा भएर आए । निरिक्षणको काम फेरि शुरु भयो । प्राय: गाउका भेटने मानिस आइरहन्थे । सामान्य काम मिलाइ दिन पनि थालेको थिए । पहिलेदेखि गाउलेहरुलाई पेलेर खान पल्केका रैथाने सहकर्मी निहू खोज्ने नै भए । तर जेनतेन चलेको थियो  । हाकिमहरुले पनि बिश्वास गरेका थिए । खर्च असाध्यै बढन थालेकोले चैतमा बुवा मार्फत बैंकबाट रु ५०००/- ऋण निकाल्न लगाउछु । चैत मसान्ततिर दीपक र म घर सुर्काल जान्छु । श्रीमति कैलाश बोकी माइत लाग्छिन । यसरी चालीस साल सकिन्छ ।
२०४१ सालको पहिलो दिन झोक चलेर ठेला उठने गरि घरमा काम गर्छु । भन्तोली बाडफाँडको काम पनि गरिन्छ ।  गजुबा काकाको अर्धजानिफकार मपाई देखिन्छ । नोलाथाईको लाटो साहुको ५००/- तिरिन्छ । २ गते घरको धुरीको खेडी हुन्छ । दीपक सदरमुकामकै स्कुलमा अभ्यस्त बन्दैछ । १५ गते कैलाश र श्रीमती बोकी फेरी पोलिगन्ज हस्पिटलको फलोअपमा महेन्द्रनगर पुगिन्छ । फर्कदा झुलाघाटबाटै झगडा गरेर श्रीमति माइत गइन । म  एक क्विन्टल चामल सहित घर पुगे । सबै कामचलाउ किसिमले नयाँ घरमा सरेका रहेछन । बुवा बिमारबाट बल्ल ठिक भएका थिए । बिचरा दिपकको बिचल्ली थियो । पछि ससुराली गएको त साली कुमारको बिबाहको तयारी रहेछ । मति र गति बिग्रेका बुढाबुढीको बिजोग अवस्था थियो । बेलुका भाइ दत्तलाई पठाउछु । अर्को दिन म पनि जान्छु । अति सामान्य किसिमले असामान्य जस्तो लाग्ने बिबाह हेरियो  । यसपछि
बी ए दोस्रो बर्षको परीक्षा सकेर मात्र सशुराली जान्छु त उडुसको डरले तल्लो घरमा डेरा बनाएकी रहिछन श्रीमतिले । बुढा ससुराको महादुर्दसा रहेछ । रातभरी बतिबालेर सुत्छु । अर्को दिन खानै नबनाई रोपाइको धामधुममा लागेका थिए  । म भने बालक बोकी उकालो लागे । झगडा गर्दै श्रीमती पनि पछि लागिन । ठाने, यो पनि एक किसिमले रमाइलो नै हो । 
 केही तरल सम्झनाहरु
बसंतपुरका तत्कालिन प्रधानपंच भरत चंदलाई महंगो नून बेचेको भनी खडेपिपलका केशबलाई कारवाही चलाउदाको कचिङ्गलले ठुलै रुप लियो । म नभएको र सरुवा भैसकेको मौका छोपी साहुले रक्सीको निहुमा गाली गरेको खबर पनि सुने । यो प्रबृति थियो सदरमुकामका केही आफुलाई विशेष ठान्नेहरुमा ।
 साउन १ गते लिस्किटामा एक प्रहरीमाथि हातपात  भएको काण्डलाई सुल्झाउन प्रहरी जत्था सहित राति त्यता हिडेर थामथुम पार्नमा सहायक सरकारी अभियोक्ताको हैसियतमा समेत काम गरे । त्यस बेला सरकारी वकिलको काम समेत जिल्ला प्रशासनबाटै हुने गर्थ्यो । यथाक्रम स्नातक जाँच दिए । मौखिक परिक्षाको लागि बीचमा लामो ग्याप राखिएकोले भाद्र ४ मा फर्केर लगतै घर गए । इष्टकुल असिमकेदारको जाँतमा सामेल भए । गौरामा नयाँ घर लीपपोत भयो । आफनो कोठा छानेर सजावटमा लागिन भाईबुहारी । श्रीमति टुलुटुलु गर्दै थिइन । आँखैले इशारा गरे । अर्थात हामी चुप लाग्यौ । तर सिपालु त मैसंग पो ६०००/- मागछ । हेरौला भनेर कुरा टुङ्ग्याए । किन किन पहिलो चोटि छोरा दीपकलाइ  पनि सुर्कालको अनुभव नरमाइलो लाग्यो रे । 
दशैंमा घर  गएन । कारण पैसाको पाई पनि थिएन । बुवाले खवर पठाएका थिए। तै पनि बडा दशै बच्चाहरुसंग बिताउने बिचार गरेर डेरामै बसे । तर बिहानै ६ बजे श्रीमती माइत टाप कसिन । अबेर गरि फर्केपछि झर्कोफर्कोको झोकाझोक थुकाथुकमा सकियो ।  दशै टारियो । 
यस्तैमा पिताजी सिकिस्त भएको खबर बोकेर भाइ आएपछि रतोरात घर पुगे । देबतारी गरियो । भृगुसंहिता हेराउन लिखोडा गइयो । यो संहिता कुनै महान मनोबिज्ञानबेत्ताले बनाएको जस्तो लाग्यो। मूक प्रश्नहरुको मुक तर बहुअर्थी जवाफ । यसो गर्दा केही ढाडस पाएर होला, बुवा बिसेक हुनु भयो । म बैतडी फर्के । बल्ल २ हप्तामा जोइपोइ पनि समझौतामा आयौ । 
पुरानो दोखको पाठा काटने जमर्कोमा बगाडी पनि पुगे । ३ पुस्ता पहिलेको सम्बन्ध नबिकरण गरियो यहाँ पनि । बज्यैको माइतिमा देवताको दोख देखाएका थिए  । उहिले बज्यैले आफनो छोरा नहुदा सौता बसाइएकी आफनै बहिनीलाइ आफैले छोरो पाएपछि दुख दिएकि रहिछिन रे । बगाडीमा बलि बिधानको लागि मैले नै संकल्प लिनु पर्ने भयो । भाइटिकामा भोकै बसेर शनिबारको छेकोमा काका भतिजा र दुई भाइ फेरि बगाडी गयौं  । मन लागि नलागी काम पूरा गरे । यो अनुष्ठानमा राति ११ बज्यो ।
बुवालाई वायु बातको बिमारको निम्ति बैध्य पनि खोजिए । यसरी भने जतिको उपचारको विधि पर्याए पछि वुवा पनि तंग्रिए ।
 यसैताका दुर्गास्थान स्कुलको जग्गामा बिबाद उठाएका कारण त्यहाँका पुर्ब अध्यक्ष  बहादुर चन्द पक्रिएर केही दिन थुनिए । म दुर्गास्थान पढदादेखि नै मसंग चिढिएका प्राणि थिए यी । यो खोला भरीका चल्तीका मानिस यिनै मानिन्थे । दैबबसात् यिनी थुनि माग्ने  र म थुनि दिने अफिसमा बस्ने कालक्रम मिलेछ । सारा दोष म माथि लगाएको सुनियो र पनि सन्तोक नै लाग्यो । अर्को तारेखमा सी डि ओ ले फेरि थुनि दिने कि भनेर चेतावनी दिएपछि बल्ल चेताए । नाता पर्ने एक जना उच्च प्रहरी अधिकारीको धाकले पनि काम नदिएपछि खुस्रिक परेर यी साइजमा आएका थिए ।  त्यसताका हेमिङ् वे को समुद्रको बूढो मान्छे पढछु र आफुलाई त्यहि बूढो माझी सम्झि बस्छु । लाग्छ , मासु लुछन पल्केका सार्कहरुबाट मारेको सिकार जोगाउन सारै गारो रहेछ ।
मार्ग २२ गते आफै निमित्त प्र जि अ भएको बेला नायब सुब्बामा पहिलो योग्यता क्रममा लोकसेवा आयोगको क्षेत्रीय कार्यालय दिपायलमै सीफारिस भएको खवर आ वा बाट आउँछ । ईश्वरलाई धन्यबाद दिन्छु । मंसिर मसान्तमा साढुभाइ पन्तलाई कारागारको पियनमा अस्थायी भर्ना गरियो । सिपालु खिउरे बाजेलाई २००० पछि थप ७००/- तिरोभरि गरि  फाइनल गरिन्छ । शिक्षक हडतालका कारण अस्तब्यस्त काम सम्हालन प्र जि अ बिदा दिन समेत मानेका छैनन । ८ पुषमा कुमायु युनिभर्सिटी बाट स्नातक उतिर्ण भएकोे खवर पनि पाए । अब बैतडी बसाईको लक्ष्य पूरा भएको ठाने । कृषि बैंकबाट थप २०००/- ऋण निकाल्छु र लेनदेनबाट समेत निबृत हुन्छु । पुस १५ मा घर गएर सबै बुवाज्युमा जाहेर गर्छु । बिमार पिताजी रुनु मात्र भयो । आगत बनाउने मेरो अर्को सफलताको खबरले सन्तोक भयो होला । वहाँको बिमार बिस्तारै ठिक हुदै गयो ।
बिमार पिताजीको स्वास्थ्यमा बिशेक भएपछि तल्लाघरी साहुको १००००/- ऋणमा अलिकति त घटछ कि ठानेर २०००/- दिन्छु । दोस्रो दिन खाना खाई तल्लोस्वराड भ्रमणमा जान्छु । देउकी प्रथाको इतिबृत र सो उन्मुलनको लागी भएका प्रयास बारे बुझ्नु पर्ने र प्रतिबेदन पठाउनु पर्ने थियो । तर केही सामाजिक बर्जनाहरुले देउकीहरुसंग बसेर कुरै गर्न सकेन । बाहिर फेर बुझेर फर्के । स्कुल पढदा बसेको मामाको दोकान मै बसे । मृत मामा रामदत्तको गम्भीर अनुहार र बरालिएकी माइजुको चंचल छबीको झझल्को लागीरह्यो । धन्वा ढोलीले सलेना गए जस्तो भयो यो यात्रा । २३ पुषमा बैतडी फर्के । फेरि बैतडीमा प्रधानमन्त्रीको भ्रमणको चरम चर्चा चलिरहेको थियो । बी ए को मार्कसीट पनि आएको रहेछ । २४ बेलुका ५.१५ मा प्र मंको हेलिक्याप्टर टुडीखेलमा उत्रन्छ । मन्चको संक्षिप्त कार्यक्रम पछि जिल्ला सभा समुदघाटन हुन्छ । बिशिष्ट ब्यक्तिहरुको खानपिनको जिम्मा हुँदा रातभरी जस्तै ब्यस्त हुन्छु  । बिहानै नास्तापछि ११ बजे अतिथिहरु उडे । बल्ल फुर्सत पाए । डेरामा पनि भीडभाड थियो । माघे संक्रान्ति श्रीमतिको माइतमा मनाइन्छ उनिसंगै । बिडम्बना ससुराजी संगको यहि भेट पो अन्तिम भएछ । २ गते झुलाघाट हुँदै महेन्द्रनगर गए । दार्चुलाको खाद्यान्न हिनामिना मुद्दामा छानबीन गर्ने कर्मचारी हुँदा साछीको हैसियतमा पुनराबेदन अदालतमा बयान दिए । पछि प्रधान न्यायाधिश बन्नु भएका रामप्रसाद श्रेष्ठ अन्चल न्याधिश हुनु हुन्थ्यो । प्रतिरक्षा गर्ने सरकारी वकिल त आफुलाइ याद नरहेको बयान दिनोस पो भन्छ । सोझै न्यायाधिशज्युमा ब्यहोरा जाहेर गरि फर्किए । कुल एकलाख सतसठ्टी हजारको यो मुद्दामा खाद्य संस्थानका केही कर्मचारी प्रतिबादी थिए। प्लेन केन्सिल हुँदा अर्को दिन भातकाणा हुँदै तेस्रो दिन दिपायल पुगे । लोकसेबाको कार्यालयमा स्थिति बुझे । हाकिमहरुसंग परिचय गरि स्टाफहरुसंग पनि जानकारी लिए । आफनो खाने बस्ने ब्यबस्थाको जानकारी लिए। अनि माघ १४ गते  बैतडी फर्किदा ससुरा बितेको खबर देहिमाण्डौमा पाए । डेरा सुनसान थियो । श्रीमती माइततिरै थिइन । स्थिति हेरी सोझै शसुराली गए ।
महाबिजोग । दीपक र कैलाश रुल्लटुल्ल बसीरहेका । साली र श्रीमतिले येनकेन धानेका रहेछन । काका ससुराहरु रमिते मात्र भएर ताना दिईरहेका छन । साढुभाई त्यतै रहेछन । लोकचाल पूरा गरे होलान । म भने अर्को दिन फर्के । 
माघ २१ गते अफिसले बिदाईको आयोजना ग-यो । प्र जि अ ज्युले बडो भावुक बनेर बिदाइ मन्तब्य राख्नु भयो। कहिल्यै कसैको चिया समेत नखाने तर प्रजिअ ( उनको भाषामा बडाहाकिम )ले भनेको काम मात्र गर्ने हुँदा दैलो कुरी बस्ने मनोरथ नामका अत्यन्तै एकलकाँटे र इमानदार कार्यालय सहयोगीले समेत हर्षित भएर खुशीमा जिलेबी खाएको सम्झना छ । मसंगै कार्यालयमा काम गर्दा पनि बालक नाति दिपकलाइ समेत नचिने झै गर्ने एक जना  ससुराजीले बल्ल नाता लगाएर आशिष दिए । अन्तमा ठुलो मन्त्र दिए झै ठगुरीहरुसंग सतर्क रहने अर्ति समेत दिएको कुटिल नियतिको समेत मलाइ हेक्का छ । बिदा हुँदा लाग्यो मेरो बसाइ असल थियो ।
 देउकी प्रथा सम्बन्धी प्रतिबेदन दिएर बेलुका खाना उतै खाई प्र जि अ परीवारबाट बिदा भए । ससुराली पुगी अर्को दिन बिदा हुन थाल्दा त रुवाबासी नै चल्यो । सासुले आफुसंग रहेको कुल बाँकी रहेको भनिएको  रु ३०००/- मलाई नै जिम्मा दिइन । ढिलो गरि खडे पिपल उक्लन्छौ । ढिलो गरेकोमा भाउजुसंग देवरको उफ्राई आफनै घरमा पनि महसूस गरे । २८ गते घर पुग्दा त गहु चामल केही पनि छैन रे । भाइ बुहारी सुत्केरी भएको ५ दिन भएकोे रहेछ । १२ गते संक्षिप्त न्वारान भयो । संयोग एकजना बाबाजी आउनु भएको थियो । मैले पनि बाआमासंग परिवार संगै लैजाने अनुमति पाए । ग्वाल्लेक केदारसंग पनि अनुमति मागे । मन्दिरमा गै न्वाईधोइ दर्सन गरेर चोरामा नरीदत्त बाजे समेतसंग माईखर्क यज्ञ बाजेको सहयोगमा राति पाटन पुग्यौ ।
पहिलो पल्ट प्लेन चढ्यौ एकैसाथ । महेन्द्र नगर गणेशदत्त जोशी साढुभाइको पसलमा बसियो । शिबरात्रीको मेला हेरियो छोरा दिपकसंग । पोलीगंज गै ५००/- को औषधि ल्यायौ । दुई बालक सहित चार जनाको रु ५३०/- को दिपायलको टिकट किनियो । बल्लतल्ल १३ गते फागुन मझगाँव एयरपोर्टबाट दिपायलका लागि उड्यौ । दीपक बम्पिङमा असाध्यै डरायो । सोझै राजपुर उक्लिए । बाटोमा कैलाश लोटेर रक्ताम्य नै भयो । जेनतेन अफिसमै कोठा पाइयो र बास बसियो ।  दोस्रो दिन राजपुरमै डेरा खोजे । नियुक्ति पाए । यसरी डोटी दिपायलमा जिन्दगीले अर्को मुकामको डेरा हाल्यो ।
****