Wednesday, February 23, 2011

सुदुरपश्चिमेली जनसाहित्यको एउटा बीरगाथा


(acito.vjf.cnrs.fr/.../show_text.phpबाट साभार . परिमार्जित नेपाली अनुवाद सहित)
दै माछो महाराज, राम राजाकी मङ्ङल बिसेक जागेकी महाराज,
दही माछो महाराजा, राम राजाको मङ्गल विशेष जागेको महाराज,
ए, सावा कौन कौनकी सावा, सावा देउबा, बोगटीकी, पन्त, पनेरूकी, ढाँट, निङालकी, सोर सावा बरणीकी महाराज,
सभा कसकसको सभा, सभा देउवा, बोगटीको, पन्त, पनेरूको, ढाँट, निगालको, सोरको सभा, वरणीको महाराज।
मैले सिङ्ङनाथो पाया, बचन सिद्दिले सार जमाया, कैका बीले पगरी छेकी, कैका बीले पगरी बाहाँ, चित्त फुकालूँ काहाँकी महाराज,
मैले सिंहनाथ पाएँ, वचनका सिद्धिले सारतत्त्व जमाएँ, कसका शक्तिले पगरी काटियो, कसका शक्तिले पगरी बाँधियो, मन खोलूँ कहाँ महाराज!
थालेकि धेकूँ उजलीपाजली, चाँबज धेकूँ मैलोमा न ठोकन जाणै, कन्चनीको कानकी महाराजा,
आकृति देखूँ उज्यालो मिलेको, परिधान देखूँ मैलो, प्रभुत्त्व नजान्ने, स्वर्णको गौरव महाराजा,


एक् हात लेनी सुनकी कण्ठमाला, सुनकी कण्ठमाला पैरन जाणै कोई, जो जाणै सो जाणै, असकोटी देबता, नभो नभो पिथो बाँचैकी महाराजा,
एउटा हातमा लिने सुनको कण्ठहार, सुनको कण्ठहार लगाउन जान्ने कुनै, जाने त्यो जाने, असकोटी देवता, नमोनमः पृथु बाँचेका महाराजा,
फूल पैर रामचन्द्र, भवैचन्द्र फूल पैर जति चन्रभानको नाउँ, बर्मा, एकै ठार बसिकी महाराज…।
फूल लगाउँछन् रामचन्द्र, भवचन्द्र, फूल लगाउँछन् ती चन्द्रभानको नाम, ब्राह्मण एकै ठाउँमा बसेर महाराजा…।
[हुड्कोवादन र सहगायन]
[हुड्कोवादन र सहगायन] या हो
या हो ए, तलिकोट तेरो जर्मि ब जानिछ अजैमिर मेरा ढोली गुसाइँ
ए, तपकोट तेरा जन्मि पो गएछ अजैमिर मेरा बाघ स्वामी
ए, चौद्दै सारा ए, तपइयो भुत्यूँ बस्यो जौद्द राजा,
ए, चौद्धै सारा ए तपियो भृत्युँ बस्यो जदौ राजा मेरा
ए, बल बैठी तेरी चाकरीकी अर्थ्या बडि राजा, मेरा ए पहाडी साइ
ए अरे, बसेर तेरो सेवा गरेथेँ बडा राजा मेरा पहाडी शाही
ए राजा, चिधोमया जउद्द राजा, ढोली…। [हुड्कोवादन]
ए राजा स्तुत्य जदौ राजा ढोलीको…।। [हुड्कोवादन]

ओ महाराज, उतनी भण्यो कि ढुनिमुनी महाराज, फर्त्याल, जोरो, मोरो, राजो, पागो, आफ्नो, परायो, पाल, गोपाल, हित्तुरमित्तुर, दाउ, दुश्मन भण्यो महाराज, भण्यो ए ब्वा, सुनको माछो, सुनको बिरालो मेरा यै अजैमिर दिन्छै भण्या पिछ्यारि तेरि वाइसवाट यो डोटि घर खानदिन्छु निति म खानदिनैन, हाँ, निति खानदिनैन।
ओ महाराज, त्यति भन्यो कि धौनी, मौनी महाराज, फर्त्याल, जोरो, मोरो, राजो, पागो, आफ्नो, बिरानो, पाल, गोपाल, इष्टमित्र, विपक्षी, दुश्मन भन्यो महाराज, ए बाबु, सुनको माछो, सुनको बिरालो मेरो यस अजैमिरमा दिन्छस् भनेपछि तेरो यो डोटीको घर खान दिन्छु, नत्र म खान दिँदैन, है, नत्र खान दिँदैन।
हत्तेरा छापतिका झोल खाइमद्दा, शत्रुका चेला, तोलाइ सिर्तो दिनु भण्णा मैँले दीहाल्या, मेरि तीन ताल, गधा काल, माँ सुमर, बाबु गधा, दिनैन, हँ, दिनैन। भण्या पछ्यारि,
त्तेरा सन्तानका झोल खाइमर्ने, शत्रुका छोरा, तँलाई कर दिनुभन्दा मैले दिइहालेँ, मेरो तीनपल्ट गधाको जुनी, आमा सुँगुर बाबु गधा, दिन्न, हँ, दिन्न।
ए बुवा, के तेरि यो नौलाकोट स्वाँस मारिन्छे कि ब्यान्नल मारिन्छे, हँ, स्वाँस मारिन्छे कि ब्यान्नल मारिन्छे,
!

ए बाबु, तेरो यो नौलाकोट साँझ लिइन्छ कि आधा रातमा लिइन्छ, हँ, साँझ दिइन्छ कि आधा रातमा लिइन्छ।

भण्यो। उतनी बखतमि आफनि रानि बामनिखि भण्यो कि, तमरा छापतिको झोल खाइमद्दिउ, शत्रुकि चेलिउ, आब त, बुबा भण्यो, आब हामरो यै डोटि घर खायै हुनीन रे कुमाउँ चल जाउँ। भणिबर द कै भाँति द बट्टियानाहान महाराज…
भन्यो। त्यस बखतमा आफ्नी रानी बाहुनीसित भन्यो कि, तिम्रा सन्तानको झोल खाइमर्ने, शुत्रकी छोरी हो, अब त, भन्यो, अब हाम्रो यो डोटी घरमा गुजारा हुँदैन र कुमाउँमा हिँड जाऔँ। भनेर लौ, कुन भाँति लौ, तयार हुन थाल्छन् महाराजा…।

[हुड्कोवादन र सहगायन] या हो,
[हुड्कोवादन र सहगायन] या हो,

झीर बाँको छ झन्जीर बाँको ब झीर बाँको छ

झिर बलियो छ साङ्लो बलियो छ झिर बलियो छ साङ्लो बलियो छ

या हो, झीर बाँको छ झन्जीर बाँको ब झीर बाँको छ

झिर बलियो छ साङ्लो बलियो छ झिर बलियो छ साङ्लो बलियो छ

या हो, दाइन ब तिर राजा, जम्तड पैर ब दाइन ब तिर राजा
या हो, दायाँ त तिर राजा जमतड राख्ला है, दायाँ त तिर राजा

या हो, दाइन ब तिर राजा, जम्तड पैर ब दाइन ब तिर राजा
या हो, दायाँ त तिर राजा जमतड राख्ला है, दायाँ त तिर राजा

या हो, दाइन ब तिर राजा, जम्तड पैर ब दाइन ब तिर राजा
या हो, दायाँ त तिर राजा जमतड राख्ला है, दायाँ त तिर राजा

या हो बाउँ ब तिर राजा, कटारो पैर ब बाउँ ब तिर राजा
बायाँ त तिर राजा कटार राख्ला है, बायाँ त तिर राजा

या हो बाउँ ब तिर राजा, कटारो पैर ब बाउँ ब तिर राजा
बायाँ त तिर राजा कटार राख्ला है, बायाँ त तिर राजा

या हो, हाटै बाँको छ मेरी ठाँट बाँको ब हाटै बाँको छ
या हो, जिउ बलियो छ मेरो ढाड बलियो छ जिउ बलियो छ मेरो

या हो, हाटै बाँको छ मेरी ठाँट बाँको ब हाटै बाँको छ
या हो, जिउ बलियो छ मेरो ढाड बलियो छ जिउ बलियो छ मेरो

या हो, हाटै बाँको छ मेरी ठाँट बाँको ब हाटै बाँको छ
या हो, जिउ बलियो छ मेरो ढाड बलियो छ जिउ बलियो छ मेरो

या हो दाइन ब तिर राजा जम्तड पैरब दाइन तिर राजा
या हो, दायाँ त तिर राजा जमतड राख्ला है, दायाँ त तिर राजा

या हो पीठी पैरन्छ चन्रवाली ढाल हो, पीठी पैरन्छ
पिठ्यूँमा राख्छ चन्द्रबुट्टे ढाल हो, पिठ्यूँमा राख्छ

या हो पीठी पैरन्छ चन्रवाली ढाल हो, पीठी पैरन्छ
पिठ्यूँमा राख्छ चन्द्रबुट्टे ढाल हो, पिठ्यूँमा राख्छ

या हो, माथा पैरन्छ मखमल साइ ब माथा पैरन्छ
या हो, शिरमा लगाउँछ मखमले पगरी त शिरमा लगाउँछ

या हो, माथा पैरन्छ मखमल साइ ब माथा पैरन्छ
या हो, शिरमा लगाउँछ मखमले पगरी त शिरमा लगाउँछ

या हो, बाउली ब समाउँछ लौडिया खाँडो, बाउली समाउँछ
या हो, हातमा समाउँछ लठ्ठीको खाँडो हो, हातमा समाउँछ

या हो, बाउली ब समाउँछ लौडिया खाँडो, बाउली समाउँछ
या हो, हातमा समाउँछ लठ्ठीको खाँडो हो, हातमा समाउँछ

या हो, दाइन ब तिर राजा, जम्तड पैर ब दाइनतिर राजा
या हो, दायाँतिर राजा जमतड राख्ला है, दायाँतिर राजा

या हो, गात पैरन्छ झिलमिल्या बागो ब, गात पैरन्छ
या हो, जिउमा लगाउँछ झिलमिले भोटो हो, जिउमा लगाउँछ

या हो, गात पैरन्छ झिलमिल्या बागो ब, गात पैरन्छ
या हो, जिउमा लगाउँछ झिलमिले भोटो हो, जिउमा लगाउँछ

या होरे हाट बाँको छ मेरी ठाँट बाँको ब हाट बाँको छ ।
या हो, जिउ बलियो छ मेरो ढाड बलियो छ जिउ बलियो छ मेरो+

या होरे हाट बाँको छ मेरी ठाँट बाँको ब हाट बाँको छ । [हुड्कोवादन]
या हो, जिउ बलियो छ मेरो ढाड बलियो छ जिउ बलियो छ मेरो…।। [हुड्कोवादन]

उही महाराज, हड बाँको, ठट बाँको, भतरि कमान बाँको, दाइनतिर जम्तड बाउँतिर कटार, भजापत्रि खुणो, लौडिया खाँडो, बेतालमुख छुरो, पञ्च हत्यार होइबर महाराज, बिका पनेरु बाटा लाइनलाई बटीयो।
ओ महाराज, जिउ बलियो , ढाड बलियो, सैनिक कमान बलियो, दायाँतिर जम्तड बायाँतिर कटार, भोजपत्रे खुँडा, लठ्ठीको खाँडो, बेतालमुखे छुरा, पञ्च हतियारयुक्त भएर महाराज, बिका पनेरू बाटो लागिगयो।

बाटा लाग्न्या बखतमि महाराज, दा आधा रात मडि आधा रात मणि माजकि मजोलि रात, भोल बियान पहर दिन चड्यो, गाइका बन्दन फुक्या, तिर्मिर्या घाम लाग्यो, पहरि कुकुडो बास्यो, राजाप्रजाको जागो भयो, दुलिचा कचहरि लागि

बाटो लाग्ने बखतमा महाराज, लौ, अब भन्यो आधा रात वर आधा रात पर माझको मध्यरातपछि भोलि बिहान प्रहर दिन खुल्यो, गाईका बन्धन फुके, तिर्मिरे घाम लाग्यो, पहरी कुखुरा बास्यो, राजाप्रजाको जागो भयो, राजाको सभा लाग्यो महाराज, त्यस बखतमा भन्यो कि

महाराज, उतनी बखतमा भण्यो कि, ए बुवा चन्द्रभान, तेरा छापतिको झोल खाइमद्दा, शत्रुका चेला, मेरा काखिमि बस् बुबा। भण्यो रे आफ्ना चेला चन्द्रभान समायो महाराज, काखिमि राखिहाल्यो।
ए बाबु, चन्द्रभान, तेरा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा, मेरो काखमा बस्। भन्यो। भन्यो र आफ्ना छोरा चन्द्रभानलाई समायो र महाराज, काखमा राखिहाल्यो।

कन्ड बादि कटारि, कटारि बादि खुटी तो चन्द्रभान जर्म्याबटि मेरि नौलागड गैछ छुटि। भण्यो रे
कम्मरमा बाँधेको कटार, कम्मरमा बाँधेको खुटी तँ चन्द्रभान जन्मेदेखि मेरो नौलागढ गएछ छुटी। भन्यो र लौ,
दा ततनी बखतमि महाराज, भोल बियान पहर दिन चड्यो, गाइका बन्दन फुक्या, तिर्मिर्यार घाम लाग्यो, पहरि कुकुडो बास्यो, बास्न्या बखतमि महाराज, उसै बखतमि बाटा लाग्या।
अब त्यस बखतमा महाराज, भोलि बिहान प्रहर दिन खुल्यो, गाईका बन्धन फुके, तिर्मिरे घाम लाग्यो, भाले कुखुरा बास्यो, बास्ने बखतमा महाराज, त्यसै बखतमा बाटो लागे।

बाटा लाग्न्या बखतमि महाराज, तामलिका सेरामि नीय्या। महाराज आँजी रानि बामनि सबै महाराज तामलिका सेरामि गैथ्या रे तामलिका सेरामि जाइबर महाराज,
बाटो लाग्ने बखतमा महाराज, तामलीको फाँटमा गइहाले। रानी बाहुनी सबै महाराज, तामलीका फाँटमा गएथे र तामलीका फाँटमा गएर महाराज,

ए ब्वा, तमरा छापतिको झोल खाइमद्दाउ, शत्रुका चेलाउ, बिका पनेरु नीय्यो भण्णार्याटहान्, जा बुवा फर्कना फर्काउँनाइलाइ, हँ, फर्काउँनाइलाइ जा।
ए बाबु, तिम्रा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा हो, बिका पनेरू गयो भन्दैछन्, जाऊ बाबु फर्कँदा फर्काउन हँ, फर्काउन जाऊ।

भण्यो रे महाराज,चार जना अडिया जोलिया लेख्या कागल महाराज, देख्यो रे अजैमिरहै रे महाराज, तामलिका गडामी नीग्या। चिपुरका सेरामि जान्या बखतमि [हाँ] चिपुरका सेरामि गया। चिपुरका सेरामि जान्या बखतमि,
भन्यो र महाराज, चार जना कार्यतत्पर सेवक हस्ते लेखेर पत्र महाराज, दिएथ्यो र अजैमिरबाट त महाराज, तामलीका फाँटमा गइहाले। चिपुरका फाँटमा जाने बखतमा [हाँ] चिपुरका फाँटमा गए। चिपुरका फाँटमा जाने बखतमा

जउद्द राजा, महाराज, बिका पनेरु, — जउद्द बुवा,
जदौ राजा, महाराज, बिका पनेरू ! जदौ बाबु,

ए बुवा, बाँचिर्याज, पलुइर्याु, भाग्यमानि भया, अजम्मरि भया, क्याकिलाइ आया बुवा, हँ क्याकिलाइ आया?
ए बाबु, बाँचिरहू, पलाइरहू, भाग्यमानी भयौ, अजम्मरी भयौ, केका लागि आयौ बाबु, केका लागि आयौ?

के त क्यैन्, भण्यो महाराज, डोटि घरको बजीर बिका हो, त्यो भणेको एक खान्धान बालो चेलो हो रे, बामनको चेलो हो। त्यो नीयो रे तै फर्काइलेस भणिबर हाम आया हूँ।
के त केही होइन र, भन्यो महाराज, 'डोटी घरको मन्त्री बिका हो, त्यो भनेको खान्दानी बाला छोरा हो र बाहुनको छोरा हो। त्यो गइहाल्यो र त्यसलाई फर्काइल्याऊ', भनेकाले हामी आएका हौँ।

हत्तमरा छापतिको झोल खाइमद्दाउ, शुत्रका चेलाउ, मर्ध साँट लागन्छे सात कनला फालन्छ नामर्ध साँट लाग्या सात कनलाको माटि चाखिमरन्छ, भण्यो महाराज, [हुड्कोवादन]
धत्, तिम्रा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा हो, मर्द चोट लाग्छ, सात कान्ला फाल्छ, नामर्द चोट लागे सात कान्लाको माटो चाटिमर्छ, भन्यो महाराज, [हुड्कोवादन]

साँच्ची हो? — साँच्ची हो।
साँचो हो? — साँचो हो।

बैक हत्यार गाडिकि लाज, स्वास्नि गोडो गाडिकि लाज। आब फर्किबर मैँले डोटि घरमा नीया भण्यापिछ्यारि मेरि तीन ताल गधा काल् मासकर बाबु गधा। जानैन बुवा, हँ जनैन,
पुरुषलाई हतियार झिकेको लाज नारीलाई गोडा झिकेको लाज। अब फर्केर मैले डोटी घरमा गएँ भनेपछि मेरो तीनपल्ट गधाको जुनी, आमा सुँगुर, बाबु गधा। जाँदिन। बाबु, हँ,

हँ जनैन रे, महाराज, यो गात माथाका ताना तोड्डौ, ब्वा, बुडो घोडो छ चड्नाइँलाइ रे
,
जाँदिन र, महाराज, यो जिउका र शिरका लुगा च्यात्छु, बाबु, यो बुढो घोडा छ चढ्नलाई र

तै बिका पनेरुले के दियो भणन्ना रे मेरि नाकमुसाइँ होलि रे त्यो घोडो लै जा बुवा। भण्यो रे गात माथाका ताना तोड्यो रे महाराज तिन् चार जना जोलियाका मुखैना खितिहाल्यो, बुडो घोडो दीहाल्यो।
'त्यस बिका पनेरूले दियो', भन्लान् र मेरो नाकमोसो होला र त्यो घोडा लैजाऊ बाबु। भन्यो र जिउ र शिरका लुगा च्यात्यो र महाराज, ती चार जना सेवकका मुखमा फालिदियो, बुढो घोडा दिइहाल्यो।

[हुड्कोवादन] ((९)) हत्तेरा छापतिको झोल खाइमद्दा, फर्कदैन। भण्यो रे ताँहै महाराज, लेख्या कागल अइँया जोलिया अजैमिरमि आया।
[हुड्कोवादन] हत्तेरा, सन्तानको झोल खाइमर्ने, फर्कन्न। भन्यो र त्यहाँबाट लेखेको पत्र लिएर कार्र्यतत्पर सेवक अजैमिरमा आए।

जौद्द राजा, छलि राजा, राजा पहाडि साइ,
जदौ राजा, छली राजा, राजा पहाडी शाही।

ए ब्वा, क्या ढोग छ हँ, तमरि, हँ, क्या ढोग छ? — के त क्यैन, भण्यो महाराज, बिका पनेरु फर्काउनाइँलाइ भणिवर गयथ्यौ रे नै भण्यो, हँ नैँ भण्यो, जानैन भण्यो।
ए बाबु, के ढोग छ , हँ, तिमीहरूको, हँ, के ढोग छ? — के त केही होइन, भन्यो महाराज, बिका पनरू फर्काउन गएथ्यौँ र 'नाइँ' भन्यो, हँ 'नाइँ' भन्यो, 'जान्न' भन्यो।

स्वास्नि गोडो गाडिकि लाज, बैक हत्यार गाडिकि लाज,
स्वासनीमान्छेले गोडा झिकेको लाज, पुरुषले हतियार झिकेको लाज,

मर्ध साँट लाग्या सात कनला फालन्छ, नामर्ध साँट लाग्या सात कनालाको माटि चाखिमरन्छ।
मर्दलाई चोट लागे सात कान्ला फाल्छ, नामर्दलाई चोट लागे सात कान्लाको माटो चाखिमर्छ।

छोरालाइ ईख भयैन सरपलाई बिख भयैन त उ क्याको छोरा भयो रे, महाराज, उ क्या को सरप भयो?
छोरालाई ईख भएन सर्पलाई बिख भएन त ऊ केको छोरा भयो र, महाराज, ऊ के सर्प भयो?

[हुड्कोवादन] ((१०)) हत्तेरी, भलो, भण्यो रे, महाराज, कागला पातमि लेखबर दीहाल्यो।
[हुड्कोवादन] “हत्तेरा, राम्रो, भन्यो र,” महाराज, कागजका पत्रमा लेखेर दिइहाल्यो।

तेरि अजैमिर मारि अजैमिरको गारो पात्थर मेरि गड चम्फावतमि दरवार चिठाइसकिहाल्या म बिका पनेरु निति तै तेरि पर्यााउन्यो जायो भणिदियै, भण्यो रे, महाराज, कागलका पातमि लेखिबर दीहाल्यो।
तेरो अजैमिर मारेर अजैमिरको गारो, पत्थर मेरो गढ चम्पावतमा दरवार चिनाइसकिहालेँ म बिका पनेरू नत्र त्यो तेरी दासीको छोरा भनिदिएस्। भन्यो र महाराज, कागजका पत्रमा लेखेर दिइ हाल्यो।

[हुड्कोवादन] लेखिबर दिन्या बखतमि भण्यो कि, तेरा छापतिको झोल खाइमद्दा,
[हुड्कोवादन] लेखेर दिने बखतमा भन्यो कि, तेरा सन्तानको झोल खाइमर्ने।

राजा पहाडि साइका मुखैनि खितिहाल्यो। महाराज, कागलको पात खर्ख, खर्ख, खर्ख अरिबर बाँचन्थ्यो, तेरि अजैमिर मारि तेरी अजैमिरको रे गारो पात्थर गड चम्फावतमि दरवार चिठाउँलो निति तेरि पर्यालउन्यो जायो, भणिबर जबाब दीहाल्यो ।
राजा पहाडी शाहीका मुखमा फ्याँकिदियो। महाराज, कागजको पत्र खर्र गरेर पढ्थ्यो तेरो अजैमिर मारेर अजैमिरको र गारो पत्थर गढ चम्पावतमा दरवार चिनाउँला नत्र तेरी दासीको छोरा। भनेर जवाफ दिइहाल्यो, भन्यो र।

ए बुवा, तमरा छापतिको झोल खाइमद्दाउ, शत्रुका चेलाउ, ठीकै त भयो। भण्यो रे महाराज,
ए बाबु, तिम्रा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा हो, ठीकै त भयो। भन्यो र महाराज,

दा भोल बिहान पहर दिन चड्यो, गाइका बन्दन फुक्या, तिर्मिर्या घाम लाग्यो, राजाप्रजाको जागो भयो, दुलैचा कचहरि लागि, महाराज,

लौ, अब भोलि बिहान प्रहर दिन भयो, गाईका बन्धन फुके, तिर्मिरे घाम लाग्यो, राजाप्रजाको जागा भयो, राजाको सभा लाग्यो महाराज,

उतनी बखतमि महाराज तामलिका सेरामिहै बिका पनेरुकि मौले मौ जौ गाड्यो रे महाराज, चिपुरका सेरामिहै महाराज तामिलका गडमि नीय्या। [हुड्कोवादन]
त्यस बखतमा महाराज, तामिलका फाँटबाट बिका पनेरूका परिवारले सबै जना उठे र महाराज, चिपुरका फाँटबाट महाराज, तामिलका फाँटमा गइहाले। [हुड्कोवादन]

तामिलमा गडामी जान्या बखतमि महाराज, उइ बिका पनेरुको फूँजथ्यो फक्कडथ्यो। आब के खान्थ्या महाराज, खानालाइ भयैन।
तामिलका गढमा जाने बखतमा महाराज, त्यही बिका पनेरूको फौज थियो, जत्था थियो। अब के खान्थ्यो महाराज, खानलाई भएन।

ए बुवा, तमरा छापतिको झोल खाइमद्दाउ, शत्रुका चेलाउ, भण्यो महाराज, गिठाइ तेकुनाइ खण्यो रे बुवा पै बना, भण्यो रे महाराज, गिठा तेकुना खणिबर महाराज, तिन् पकाइबर खान्नाथ्या रे
ए बाबु, तिम्रा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा हो, भन्यो महाराज, गिठा, झुसे तरुल खन र बाबु, अनि पकाऊ, भन्यो र महाराज, गिठा, झुसे तरुल खनेर, महाराज, ती पकाएर खाँदैथिए र

बाइसपाट कुमाउँ अटलास गडका पैकेलाले के भण्यो कि महाराज, रानि बामनि कर्नाल फोलो हालिबर नावलिपाटमि महाराज, पानि भर्नालाइ भणिबर आईथिन।
बाइसे राज्य कुमाउँ अटलास गढका वीरले के भन्यो कि, महाराज, रानी बाहुनी कर्नाल गाग्रो लिएर नवालीपाटमा महाराज, पानी भर्नका लागि आएछन्।

कोइ क्या भन्छिन्, हा, यै राणले, महाराज, हामरि यै नावलिपाट गण्यैसक्छ ।
कोही के भन्छिन्, आ, यस राणीले, महाराज, हाम्रो यस नवालीपाटमा गन्हाइसके।

क्यकिलाइ क्याले गण्ययो?
किन, केले गन्हायो?

आब यो हीङ जिरो भन्थ्या बासपट्टकि याँ पहडान्त निकालिराइछ रे तसो आफ्नो डोटि घरमि जाइबर खानो त बास खुवाउन्यैथ्या। यो त गण कनानौ, बास कन्छौ राणिउँ। भण्यो रे महाराज, भण्ण पसिगैन।
अब यो हिङजिरा भन्थे, बास्नाको यहाँ सुवास निकालिराखेको छ र त्यस्तो आफ्नो डोटीघरमा गएर खाँदो हो त बास्ना भन्ने थिएँ। यो त दुर्गन्ध भन्दिनौ बास्ना भन्छ्यौ राँडी हो! भनेर महाराज, भन्न थालिहाले।

आब रानि बामनि सुणिरै।[हुड्कोवादन]
अब रानी बहुरानी सुनिरहे।

ए, तमरा छापतिका झोल खाइमद्दाउ, शत्रुका चेलाउ, बिका पनेरुकि मौ
ए, तिम्रा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा हो, बिका पनेरूको परिवार

उइ जुवा अठार जुवा बार, जुवा अठार जुवा बार, जुवा अठार जुवा बार तिन् चन चौगुणा दाउँ
त्यही जुवा अठार, जुवा बाह्र, जुवा अठार, जुवा बाह्र, जुवा अठार जुवा बाह्र ती चौगुनाका खेलमा चौगुनाका दाउ

तमरा दान मसान दिना होइजाउन् रे पारे यिन के भण्णाछन सुण्णा छौ क्यै, हँ, सुण्णा छौ क्यै, महाराज
हाम्रा दान मसान दिने होउन् र ऊ यी के भन्दैछन् सुन्दैछौ क्यै, हँ, सुन्दैछौ क्यै?

हाइ, सुण्या सुण्णा त। भण्यो रे।
अँ, सुनेँ सुन्न त। भन्यो।

उतनी बखतमि भोल बियान पहर दिन चड्यो, गाइका बन्दन फुक्या, तिर्मिर्या घाम लाग्यो, पहरि कुकुडो बास्यो, बास्स्या बखतमि महाराज, दुलिचाका चालमैँ महाराज, बसिया। [हुड्कोवादन]

त्यस बखतमा भोलि बिहानको प्रहर दिन खुल्यो, गाईका बन्धन फुके, तिर्मिरे घाम लाग्यो, प्रहरको कुखुरा बास्ने बखतमा महाराज, राजा सभामा महाराज, बसे। [हुड्कोवादन]

बस्न्या बखतमि भण्यो कि, ए, तमरा छापतिको झोल खाइमद्दाउ, साँच्ची त भण्यो, महाराज, राजा जगि चन्नका बुवाका घरको सराद निकल्यो महाराज,
त्यै बखतमा भन्यो कि, ए, तिम्रा सन्तानको झोल खाइमर्ने हो, साँच्चै त भन्यो महाराज, राजा जगि चन्दका बाबुको श्राद्ध पर्योा महाराज,
का पाटा कसैखिन् निकल्या महाराजकागलका पातमा निकल्यो रे महाराज, दुना पातला लाउन्या सबै बामन थ्या रे पुरान,
कागजका पत्रमा पर्योो र महाराज, बोहोता, पत्तल, बनाउने सबै बाहुन थिए र पुराणका ठेली कुनैसित पनि निस्केनन् महाराज,

पुरानका पाटा ननिकल्ल्या बखतमि, ए ब्वा, तमरा छापतिको झोल खाइमद्दाउ, शत्रुका चेला, यो पुरानको पाटो [हुड्कोवादन] तै बामनसित छ?
पुराणका ठेली ननिस्कने बखतमा, ए बाबु, तिम्रा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा हो, यो पुराणको ठेली [हुड्कोवादन] कुन बाहुनसित छ?

भण्यो रे महाराज, हामखि त कसैखि न आथिन।
हामीसित कुनैसँग पनि छैन।

डोटि घरको बजीर बिका होलो। तैका घरमा होलो पुरानको पाटो, जा त। भण्यो रे महाराज, चार जना कागल राजा जगि चन्नले लेख्यो रे दीहाल्यो।
डोटी घरको मन्त्री बिका हो। त्यसका घरमा होला पुराणको ठेली, जाऊ त। भन्यो र महाराज चार जना पत्र राजा जगि चन्दले लेख्यो र पठाइहाल्यो।

ए बिका पनेरु, महाराज, आज राजाका बुवाको सराद, जै चन्नका बुवाको सराद छ रे पुरानको पाटो खोज्जारेहान् रे छ ब तुखि? — हाँ छ, महाराज, हाँ छ।
ए बिका पनेरु, महाराज, आज राजाका बाबुको श्राद्ध, जगि चन्दका बाबुको श्राद्ध छ र पुराणको ठेली खोज्दैछन् र छ र तँसित? — हो, छ। महाराज, हो, छ।

भण्यो रे ततनी बखतमि पुरानको पाटो समाइँबर कोखिमि हालिबर महाराज, नियो। राजा जगि चन्नका कोटमि। जान्या बखतमि,
भन्यो र त्यस बखतमा पुराणको ठेली समाएर कोखीमा च्यापेर महाराज, गयो राजा जगि चन्दका दरवारमा।

जउद्द राजा, राजा जगि चन्न, जउद्द महाराज,
जाने बखतमा, जदौ राजा, राजा जगि चन्द, जदौ महाराज !

ए बामन! — महाराज, क्या हुकुम हुन्छ?
ए बाहुन — महाराज, के हुकुम हुन्छ?

के त क्यैन बुवा, पुरानको पाटो छ तुखि? — महाराज छ।
के त केही होइन, बाबु, पुराणको ठेली छ तँसित? — महाराज छ।

धैँ खोल्लै।
लौ, खोल् त।

महाराज, के खोलु? — खोल् ला खोल्, खोल्।
महाराज, के खोलूँ? — खोल् है, खोल्, खोल्।

भण्यो रे महाराज, जो बामनले पुरानको पाटो पुरा गरि सुणायैन उकि तीन ताल गधा काल, माँ सुमर, बाबु गधा।

भन्यो र महाराज, जुन बाहुनले पुराणको ग्रन्थ पूरा गरेर सुनाएन तीनपल्ट गधाको जुनी, आमा सुँगुर, बाबु गधा।

जै बामनले जै बामनबटा पुरानको पुरा अरि सुणिबर डालभरि बुको चाँदि डालभरि बुको सुन नदियो त उइकि तीन ताल गधा काल, माँ सुमर बाबु गधा। प्रभु, दोरी गधा काल छ। [हुड्कोवादन]
जुन बाहुनले जुन बाहुनबाट पुराणको पूरा गरी सुनेर डालोभरि फुको चाँदी, डालोभरि फुको सुन दिएन भने त्यसको तीनपल्ट गधाको जुनी, आमा सुँगुर, बाबु गधा। प्रभु, दोहोरै गधाको जुनी छ। [हुड्कोवादन]

महाराज, राजा जगि चन्नले समायो पुरानको पाटो,
महाराज, राजा जगि चन्दले समायो पुराणको ठेली,

राखिदिन्या बखतमि डालभरि बुको सुन, डालभरि बुको चाँदि राखिहाल्यो। आफना बुवाको सराद अरि, सरादसराद अरिबर महाराज,
राख्ने बखतमा डालोभरि सुन, डालोभरि चाँदी राखिदियो। आफ्ना बाबुको श्राद्ध गरेर, श्राद्धश्राद्ध गरेर महाराज,

डालभरि बुको सुन डालभरि बुको चाँदि घोडामा लादिबर आउन्नाथ्यो रे तै बटाहै वारि माल पारि, पारि माल मारि निउरियान मारि, निउरि बिङो मारि महाराज, बिजैसियाँ गेडो आफ्ना कोलाउलि ताँ आउँभण्या त्यो कोलाउलिकोटमि आउँ भण्णाथ्यो कोलाउलिकोटमि रे।

डालोभरि फुको सुन डालोभरि चाँदी घोडामा लादेर आउँदैथ्यो र त्यस बाटोबाट वारिको मधेस पारि, पारिको मधेस मारेर निहुरे क्षेत्र मारेर, निहुरे बिङ्गो मारेर महाराज, विजयसिंह गेडा आफ्नो कोलाउली त्यहाँ कोलाउली कोटमा आउँ भन्दैथ्यो कोलाउली कोटमा र

उतनी बखतमि महाराज, याँउठै बिक पनेरु लै याउँठै बिजैसियाँ गेडो लै दा कसो भीट होइजान्छे महाराज याँ, [हुड्कोवादन]
त्यस बखतमा महाराज, यताबाट बिका पनेरू र उताबाट विजयसिंह गेडा पनि लौ कसो भेट भइहाल्छ महाराज। [हुड्कोवादन]

ए ब्वा को है तु? नालि नेवर मानो खाँकर सर्कहै लालदरिया आयाको को है तु, हँ को ह्वै?
ए बाबु, को होस् तँ? नाली नेवर, मानो चाँप आकाशबाट लालदरिया आएको को होस्, तँ को होस्?

म बिजैसियाँ गेडो हँ, बिजैसियाँ गेडो हुँ। भण्ण्या बखतमि द आब के भण्ण पसियान्छ बिजैसियाँ गेडो…


हँ, म विजयसिंह गेडा हुँ, विजयसिंह गेडा हुँ। भन्ने बखतमा लौ, अब के भन्न थालिहाल्छ विजयसिंह गेडा…।
[हुड्कोवादन र सहगायन] या हो,
[हुड्कोवादन र सहगायन] या हो,
या हो,हुँवा वारि माल मार्यो ला, पारि माल मार्योभ
वारि मधेस मार्योा है पारि मधेस मार्यो

या हो, वारि माल मार्योा ला, पारि माल मार्योर
या हो, वारि मधेस मार्यो‍ है पारि मधेस मार्योा

या हो निउडिया मारिछै ला हो, निउडिया हो रे मारी हो
निहुरिया मरिछस् है हो, निहुरिया हो रे मारिस् हो ए

या हो निउडिया मारिछै ला हो, निउडिया हो रे मारी हो
निहुरिया मरिछस् है हो, निहुरिया हो रे मारिस् हो ए

या हो वारि माल मारी साइब हो, पारि माल मारी हो
वारि मधेस मारिस् साहेब हो, पारि मधेस मारिस् हो

या हो घोडा लादीलादी हो असैरुपी लेइछै ब,
घोडामा लादी लादी असर्फी ल्याइछस् हो, घोडामा लादी लादी

या हो घोडा लादीलादी हो असैरुपी लेइछै ब, [हुड्कोवादन]
घोडामा लादी लादी असर्फी ल्याइछस् हो, घोडामा लादी लादी…।। [हुड्कोवादन]

ए बुवा, घोडा लादीलादी असैरुपी लेयो, हात्ती लादीलादी असैरुपी लेयो भण्यो रे महाराज, भण्ण्या बखतमि, ए बुवा बिका पनेरु, बाटो छाड्।
ए बाबु, घोडामा लादीलादी असर्फी ल्यायो, हात्तीमा लादीलादी असर्फी ल्यायो भन्यो र महाराज, भन्ने बखतमा ए बाबु, बिका पनेरू, बाटो छाड।

हत्तेरार्‍या, छाड् बिजैसियाँ तु छाड् बाटो।
हत्तेरा बाबुकी आमा, छाड, विजयसिंह तँ छाड बाटो।

नैँ, न, महाराज, म छाड्दैन। त्यो के हो?
होइन, होइन, महाराज, म छाड्दिन। त्यो के हो?

अला, यै तेरि बाइसपाट कुमाउँ मागिबर निस्रा मागिलेया हूँ।
महाराज, यो तेरो बाइसे राज्य कुमाउँ मागेर, सिदा मागिल्याएको हुँ।

हत्तेरा छापतिको झोल खाइमद्दा, भण्यो, मेरि बाइसपाट कुमाउँमि जानै, त एक कोदाले निस्रा माग्दै। तेरि मौ कुम्रा कति कोदो खाना हौ? तेरो लस्कर हँ कति खानो हो?

हत्तेरा सन्तानको झोल खाइमर्ने, भन्यो, मेरो बाइसे राज्य कुमाउँमा जाँदो होस्, एक धोक्रो कोदो सिदा माग्दो होस्। तेरो परिवार कति कोदो खाँदा हो? तेरो जमात हँ, कति खाँदो हो?

हत्तेरा बावैजा लेलै— तु भैय्याँ सत्तुरा बाइया लेलै।
हत्तेरा बाबुकी आमालाई सम्भोग गर्लास्। — तँ आफ्नी आमाका, शत्रुका, बाबुकी आमालाई सम्भोग गर्लास्।

कोदो तेरो बज्या खालो, तेरो नाता खालो, तेरो पिता खालो, तेरो जुजु, तेरो पितर् खालो। म खाउँलो भन्छै? डालभरि बुको सुन डालभरि बुको चाँदि छ
कोदो तेरो बाजे खाला, तेरो बराजु, तेरो बाबु खाला, तेरो जिजु तेरो पितृ खाला। म खाउँला भन्छस्? डालोभरि फुको सुन डालोभरि फुको चाँदी

तेरा राजा जगि चन्नका बुवाको सराद निकल्यो रे पुरानको पाटो खोल्या रे उँबटाहै लेया हूँ म, हाँ, लेया हूँ। हत्तेरा छापतिको झोल खाइमद्दा। भण्यो रे महाराज,
तेरो राजा जगि चन्दका बाबुको श्राद्ध भयो र पुराणको ठेली खोलेँ र उनीबाट ल्याएको हुँ मैले, हँ, ल्याएको हुँ। हत्तेरा सन्तानको झोल खाइमर्ने। भन्यो र महाराज,

भचक्क पाटो भाँच्यो रे आफ्ना घोडाकि कराहरि खैँच्यो रे गिद् गिद् गिद् गिद् गिद् ‍‍‍‌‌‌‍‍‍[हुड्कोवादन] महाराज, द घोडा चलायो रे महाराज, नीयो,
भचक्क बाटो रोक्यो र आफ्ना घोडाको लग।मा खिँच्यो र गिद् गिद् गिद् गिद् गिद् गिद्, [हुड्कोवादन] महाराज, लौ, घोडा दौडायो र महाराज, गयो।

और दिन पर्भात जाइबर ढोगसलाम अथ्थ्यो महाराज, उइ दिन बेल्कुला गयो रे,
अनि बिहान गएर ढोगसलाम गर्थ्यो महाराज, त्यस दिन बेलुकी नै गयो र,

जौद्द राजा, राजा पहाडि साइ छलि राजा बीर राजा बिक्राम चन्न।
जदौ राजा, राजा पहाडी शाही, छली राजा वीर राजा विक्रम चन्द।

ए ब्वा बिजैसियाँ, गेडा कब आयै?
ए बाबु विजयसिंहे, कहिले आइस्?

आब आइ त गयूँ। बेलीसम्म आयूँ।

अब आइ त गएँ। हिजो आएँ।

आज त के छ भाई तैले तु ढोग दिन्छै

आज त के छ हँ, तैँले ठूलै ढोग दिइस्?

आब म बिजैसियाँ गेडा मुतो तु धन पाउँछै रे यै दिन्छै उइ दिन्छै, वाँ पछ्यारि तेरि उ अछ्छै रे

अब म विजयसिंह गेडाको प्रसस्त तँ धन पाउँछस् र यसलाई दिन्छस् उसलाई दिन्छस्। त्यसपछि तेरो राज्यमा ऊ गर्छस् र

तु निति के दिनै है भन्छै, त?

तँ नत्र के दिँदो होस् भन्छस्,

हाँ के दिनै है ? भण्यो रे, तेरा छापतिको झोल खाइमरलै, शत्रुका चेला, भण्यो महाराज म त समाउँनाउँ रे, भण्यो तै बिका पनेरुइ मौ ताँबटा उठाई दिनाउँ, म हाँ, उठाइदिनाउँ।

तँ के दिँदो होस्, भन्यो र, तेरा सन्तानको झोल खाइमर्लास्, शत्रुका छोरा, भन्यो, महाराज, म त समाउँछु र, भन्यो महाराज, त्यस बिका पनेरूको परिवार त्यहाँबाट उठाइ दिन्छु म। हँ लौ, उठाइदिन्छु।

ए ब्वा, बामनको चेलो हो। म बोलियौँ । चार कुना ढुङशिलाका दीराख्याउँ उइ मैँले।
ए बाबु, बाहुनको छोरा हो। म बोलिहालेँ। चार कुना ढुङ्गेशिलाका दिइराखेको छु त्यसलाई मैले।

नैँ नैँ तुइले दीराइछै, म अन्तारी दिनाउँ।

नाइँ, नाइँ, तैँले दिइराखेको छस् त म अन्यत्र दिन्छु।

अन्तारि रन्या हैँन बुवा, नैँ नैँ। .
अन्यत्र बस्ने होइन बाबु! नाइँ, नाइँ।

तसो छ कि हात जोडौ मसित। कि त क्यै नक्यै।

त्यसो हो भने हात जोडोस् ऊ मसित। होइन भने क्यै न क्यै।

भण्यो रे दा ततनी बखतमि महाराज विजैसिङया गेडाले लेखा काकल अडिया जोलिया लाउन्या बकतमी वाँमि गयो रे उना जान्या बखतमि त कसो बटीयान्छ, महाराज, बिका पनेरुका ढुङशिलामा जानाइँलाइ हीँ…

भन्यो र लौ अब त्यस बखतमा महाराज, विजयसिंह गेडाले लेख्यो पत्र कार्यतत्पर सेवक पठाउने बखतमा महाराज, त्यहाँ गयो र उँधो जाने बखतमा त कसो थालिहाल्छ महाराज, बिका पनेरूका ढुङ्गेशिलामा जान…।

[हुड्कोवादन र सहगायन] या हो,

[हुड्कोवादन र सहगायन] या हो,

या हो, हटै बाँको छ मेरी ढडै बाँको ब, हट बाँको छ

जिउ नै बलियो छ मेरो ढाड नै बलियो पो, जिउ बलियो छ मेरो ढाड बलियो छ

या हो, हटै बाँको छ मेरी ढडै बाँको ब, हट बाँको छ
जिउ नै बलियो छ मेरो ढाड नै बलियो पो, जिउ बलियो छ मेरो ढाड बलियो छ

या हो झीर बाँको छ झनझीर बाँको ब, झीर बाँको छ
जिउ बलियो छ ढाड बलियो छ झिर बलियो छ सिक्री बलियो छ

या हो झीर बाँको छ झनझीर बाँको छ, झीर बाँको छ
जिउ बलियो छ ढाड बलियो छ झिर बलियो छ सिक्री बलियो छ

या हो झीर बाँको छ झनझीर बाँको छ, झीर बाँको छ
जिउ बलियो छ ढाड बलियो छ झिर बलियो छ सिक्री बलियो छ

या हो दाइन ब तिर राजा, जम्तड पैरब, दाइनतिर राजा
दायाँतिर राजा जमतड राक्ला है दायाँतिर राजा

या हो दाइन ब तिर राजा, जम्तड पैरब, दाइनतिर राजा

दायाँतिर राजा जमतड राक्ला है दायाँतिर राजा

या हो हटै बाँको छ मेरी ढडै बाँको छ ब, मेरी हटै बाँको छ
कठै, जिउ नै बलियो छ मेरो ढाड नै बलियो छ मेरो जिउ नै बलियो पो छ

या हो कठै हटै बाँको छ मेरी ढडै बाँको छ, मेरी हट बाँको छ
कठै, जिउ नै बलियो छ मेरो ढाड नै बलियो छ मेरो जिउ नै बलियो पो छ

या हो कठै हटै बाँको छ मेरी ढडै बाँको छ, मेरी हट बाँको छ
कठै, जिउ नै बलियो छ मेरो ढाड नै बलियो छ मेरो जिउ नै बलियो पो छ

या हो दाइन ब तिर राजा, जम्तड पैर ब, दाइनतिर राजा

दायाँतिर राजा जमतड राख्ला है, दायाँतिर राजा

या हो, सर्क लागन्छ मेरो मधु बयालो सर्क लागन्छ
या हो, आकाशमा लाग्छ मेरो मधुर बादल आकाशमा लाग्छ

या हो, सर्क लागन्छ मेरो मधु बयालो सर्क लागन्छ

या हो, आकाशमा लाग्छ मेरो मधुर बादल आकाशमा लाग्छ

या हो, सर्क लागन्छ मेरो मधु बयालो सर्क लागन्छ

या हो, आकाशमा लाग्छ मेरो मधुर बादल आकाशमा लाग्छ

या हो, सर्क लागन्छ मेरो मधु बयालो सर्क लागन्छ
या हो, आकाशमा लाग्छ मेरो मधुर बादल आकाशमा लाग्छ

यामला, सर्क लागलो हो, मेरो मधु बयालो मान्डबि लागलो क्या हाउ
हो है, आकाशमा लाग्ला है मेरो मधुर बादल धर्तीमा लाग्ला के हुस्सू

ए बिजैसियाँ गेडा,
,
ए विजयसिंह गेडा, [हुड्कोवादन]

[हुड्कोवादन र सहगायन] जनअरै ला मेरा गात घाउ…।।
[हुड्कोवादन र सहगायन] नगर है मेरो गाथमा घाउ…।।

गिद् गिद् गिद् गिद् गिद् गिद्…। [हुड्कोवादन]

गिद् गिद् गिद् गिद् गिद्। [हुड्कोवादन]

ए, तेरा छापतिका झोल खाइमद्दा, शत्रुका चेला, भ महाराज, के हो त्यो हँ? पख् रै बन्द, थै कटक भण्णाहान। तुइले त तात्ती मार ब अरी।
ए, तेरा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा, भन्यो महाराज, के हो त्यो हँ? पख्, धैर्य गर्नू, शान्त भएर युद्ध गर्नू, भन्छन्। तैँले त तात्तै युद्ध पो गरिस्।

ए ब्वा, बिका पनेरु? — क्या भन्छै ब्वा बिका— बिजैसियाँ गेडा?
ए बाबु बिका पनेरू! — के भन्छस् बाबु बिका— विजयसिंह गेडा?

सात लाख रूप्पया मेरा राजा जगिचन्न दे, एक लाख रुप्प्या। म दिन्छै भण्या यै अजैमिर बसन्दिनौ। निति तु बसन्दिनैन,
सात लाख रुपैयाँ मेरा राजा जगि चन्दलाइ दे, एक लाख रुपैयाँ मलाई दिन्छस् भने यस अजैमिर बस्न दिन्छु, नत्र तँलाई बस्न दिन्न, नत्र तँलाई बस्न दिन्न।

हँ, निति तु बसन्दिनैन। [हुड्कोवादन] हँ, निति बसन्दिनैन।
हँ, नत्र बस्न दिन्न। [हुड्कोवादन] हँ, नत्र बस्न दिन्न।

[हुड्कोवादन] हा तेरा छापतिको झोल खाइमद्दा, शत्रुका चेला, सात लाख रुप्प्या तेरा राजा जगि चन्न दिउँ। एक लाख रुप्प्या म लिउ तु दिउँ। वाँपछ्यारि म यै बाइसपाट कुमाउँमि रौँलो भन्छै! तेरा कि मेरि खाट काटीगै हाँ, खाट काटीगै।

[हुड्कोवादन] तेरा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा, सात लाख रुपैयाँ तेरा राजा जगि चन्दलाइ दिउँ, एक लाख रुपैयाँ तलाई दिउँ, तलाई दिउँ, अनि म यस अजैमिर बसुँ भन्छस! तेरो कि मेरो खाट काटियो हाँ तेरो कि मेरो।

[हुड्कोवादन] ए बुबा साँच्ची हो? — साँच्ची हो। हत्तेरा छापतिका झोल खाइमद्दा। भण्यो महाराज,
[हुड्कोवादन] ए बाबु, साँच्चै हो? — हँ साँच्चै हो। — हत्तेरा सन्तानको झोल खाइमर्ने। भन्यो महाराज,

घोडाकि कराहरि खैची महाराजा आफ्ना नियो, छलिराजा बिक्रामका चन्द्र, जउद्द महाराजा छलिराजा!
घोडाको लगाम खिँच्यो आफ्ना गयो, छली राजा विक्रमदेउकहाँ महाराज। जदौ राजा, छली राजा!

ए ब्वा, क्या ढोग दी तुइले, हँ, क्या ढोग दी?
के बाबु, के ढोग दिइस् तैँले, हँ के दिइस्?

क्या त क्यैन, भण्यो महाराज, कि मेरि रनिबस्ति अरिदे। सात लाख रुप्प्या म दे, चौद्द लाख मेरा राजा जगि चन्न दे, भण्या तक दिनैन भन्छ, हँ, दिनैन भन्छ।
के त केही होइन, भन्यो महाराज, कि मेरो रैवास गरिदे। सात लाख रुपैयाँ मलाई दे, चौद्ध लाख मेरा राजा जगि चन्दलाई दे भनेँ र, 'दिन्न' भन्छ, हँ 'दिन्न' भन्छ।

ए बुबा, असल अर्‍या, निको अरी हाँ, निको अरी रे आब एक्बर म सोदिहाल्लाउ, पख्यै। भण्यो रे रानि बामनिखि भण्यो।
ए बाबु असल गर्‍यौ, राम्रो गरिस्, हँ निको गरिस् र अब एकपल्ट म सोधिहाल्छु पखेस्। भन्यो र रानी बाहुनीसित भन्यो।

ओ रानि बामनिउँ! — महाराज, क्या हुकुम हुन्छ?
ओ रानी बाहुनी हो! — महाराज, के हुकुम हुन्छ?

क्या त केइन, भण्यो, सात लाख रुप्प्या म दे, चौद्द लाख रुप्प्या मेरा यै राजा जगि चन्न दे रे तेरि रनिबस्ति अरिदिनौ भणिबर भण्णा थ्या रे कसो अरु ?
के त केही होइन। भन्यो, सात लाख रुपैयाँ मलाई दे, चौद्ध लाख रुपैयाँ मेरा यस राजा जगि चन्दलाई दे र तेरो रैवास गरिदिन्छु भनेर भन्दैछ र कसो गरूँ, भन्यो।

हत्तेरा छापतिको झोल खाइमद्दा, मेरि डोटि घर खान्दिनी । बाइसपाट कुमाउँमि लै आइथ्या रे याँहै लै खानदिन्या भईनी।

हत्तेरा सन्तानको झोल खाइमर्ने, मेरो डाटीको घर खान दिइनस्। बाइसे राज्य कुमाउँमा पनि आएथेँ र यहाँ पनि खान दिने भइनस्।

दी दे पै, घर छाडाहा है त, हँ, दी दे। हत्तेरा छापतिको झोल खाइमद्दा।»
xxदा उतनी बखतमि महाराज, हट बाँको, ठट बाँको, भतडि कमान बाँको, दाइनतिर जम्तड, बाउँतिर कटारो, भजापुत्री खरी लौडिया खाँडो, बेतालमुख छुरो, पञ्च हत्यार होइबर महाराज,
लौ अब त्यस बखतमा महाराज, जिउ बलियो, ढाड बलियो, सैनिक कमान बलियो, दायाँतिर जम्तड, बायाँतिर कटार, भोजपत्रे छुरा, लठ्ठीको खाँडो, बेतालमुखे छुरा, पञ्चहतियारले सम्पन्न भएर महाराज,

दा कलखौवा घोडामि चडिबर बिका पनेरु महाराज, बाइसपाट कुमाउँमि जानाइँलाइ भणिबर कसो बट्टियान्छ…
लौ कालोकैलो घोडामा चढेर लौ, बिका पनेरू महाराज, बाइसे राज्य कुमाउँमा जान भनेर कसो तयार हुन्छ…।

[हुड्कोवादन र सहगायन] या हो,
[हुड्कोवादन र सहगायन] या हो,

या हो, झिरोइ बाँको छै ला हो, झनझीर बाँको होई,
झिर बलियो छ है सिक्री बलियो हो, झिर नै बलियो छ

झिरोइ बाँको छैला झनझीर बाँको छ
झिर बलियो छ है सिक्री बलियो हो, झिर नै बलियो छ

हट बाँको रे ला हो, मेरी ठट बाँको हो रे [भट्याउने]
जिउ बलियो रे है हो मेरो ढाड बलियो हो रे [भट्याउने]

हुवा हँ पिठी पैरन्छ ब हो, चन्रवाली ढाल हो रे।।
पिठ्यूँ राख्छ रे हो चन्द्रबुट्टे ढाल हो रे

हुवा हँ पिठी पैरन्छ ब हो, चन्रवाली ढाल हो रे।। [हुड्कोवादन]
पिठ्यूँ राख्छ रे हो चन्द्रबुट्टे ढाल हो रे…।। [हुड्कोवादन]

उही महाराज, हट बाँको, ठट बाँको भतडि कमान बाँको, दाइनतिर जम्तड, बाउँतिर कटारो, भजापुत्री, लौडिया खाँडो, बेतालमुख छुरो, पञ्च हतियार होइबर महाराज, बिका पनेरु बाइसपाट कुमाउँमै नीयो।
ए महाराज, जिउ बलियो, ढाड बलियो, सैनिक कमान बलियो, दायाँतिर जम्तड, बायाँतिर कटार, भोजपत्रे छुरा, लठ्ठीको खाँडो, बेतालमुखे छुरा, पञ्च हतियारले सम्पन्न भएर महाराज, बिका पनेरू बाइसे राज्य कुमाउँमा गयो।

बाइसपाट कुमाउँमि जान्या बखतमि, ए बुवा, धौनि, मौनि, महर, फुर्त्याल,
बाइसे राज्य कुमाउँमा जाने बखतमा ए बाबु, धौनी, मौनी, महर, फर्त्याल,

जोरो, मोरो, आफ्नो, परायो, पाल, गोपाल, हित्तुर, मित्तुर, दाउ, दुश्मन जो छौ बाइसपाट कुमाउँका पैकेलाभरि, महाराज, जोरो, मोरो, राज गोत्र, मित्रु, आफ्नो, परायो बुवा, यै धाङाधारि खलामि बसिबर, महाराज, आज बिका पनेरु आउँछ रे, भण्यो महाराज, मुसाकि पुछडि नछिन्न्या कचहरि लाइबर महाराज, बिका पनेरु खिलाइ बटीजानाहान, [हुड्कोवादन]
.

जोरो, मोरो, शत्रु, मित्र, आफ्नो, बिरानो, पाल, गोपाल, इष्ट, मित्र, दुष्ट, दुश्मन जो छौ बाइसे राज्य कुमाउँका वीरभरि महाराज, जोरो, मोरो, शत्रु, मित्र, आफ्नो, बिरानो बाबु, यस धाङाधरी खलामा बसेर महाराज, आज बिका पनेरू आउँछ र भन्यो महाराज, मुसाको पुच्छर नर्छिने सभा गरेर महाराज, बिका पनेरूका विरुद्ध तयार भए महाराज, [हुड्कोवादन]

बट्टीन्या बखतमि महाराज, उतनी बखतमि महाराज, बिका पनेरु महाराज, बाइसपाट कुमाउँमि पुग्न्या बखतमि, जउद्द महाराजा, जौद्द माहाँराजा, जौद्द महाराज! ढोगसलाम अरिहाल्यो।
तयार हुने बखतमा महाराज, त्यस बखतमा महाराज, बिका पनेरू महाराज, बाइसे राज्य कुमाउँमा पुग्ने बखतमा, जदौ महाराज, जदौ महाराजा, जदौ महाराज! भनेर ढोगसलाम गरिहाल्यो।

ए बुवा बिका पनेरु, क्या ढोगसलाम छ? — क्या त क्यै नैँ, महाराज,
ए बाबु, बिका पनेरू, के ढोगसलाम छ? — के त केही छैन महाराज,

सात लाख रुप्प्या तेरा यै राजा जगि चन्न दिन्छु, एक लाख रुप्प्या तु यो बिजैसियाँ गेडालाइ दिनौ, भण्यो रे तै चार कुना ढुङशिला दीहाल रे तु आयै रे रनबस्ति अरिदियै, हाँ, रनबस्ति अरिदिय, भण्णौ हाँ, रनबस्ति अरिदियै।
सात लाख रुपैयाँ तेरा यस राजा जगि चन्द दिन्छु, एक लाख रुपैयाँ तँ विजयसिंह गेडालाई दिन्छु भन्यो र त्यो चार कुरा ढुङ्गेशिला दिइहाल् र तँ आएस् र रैबस्ती गरिदिएस् भन्छु, हँ, रैबस्ती गरिदिएस्।

साँच्ची हो? भण्यो रे महाराज, — हाँ, साँच्ची हो।
साँच्चि हो, भन्यो र महाराज, — हँ साँच्चि हो।

हत्तेरा छापतिको झोल खाइमद्दा, तु त भन्थ्यै क्या ला राजा, त्यो त क्यैन दिन्या हो। आइल त सात लाख रुप्प्या तु पाइन्यै थ्या, एक लाख रुप्प्या म पाइन्या भयो।

हत्तेरा सन्तानको झोल खाइमर्ने, तँ त भन्थिस् कि ए राजा, त्यो त केही नदिने हो। अहिले त सात लाख रुपैयाँ तँलाई पाइने थियो, एक लाख रुपैयाँ मलाई पाइने भयो।

आब तैकि रनबस्ति अरिदिनौ, जानौ। भण्यो रे महाराज,
अब त्यसको रैबस्ती गरिदिन्छु, जान्छु।

दा उतनी बखतमि बिका पनेरु आफ्ना महाराज, ढुङशिलामि आइबर
भन्यो र महाराज, लौ, अब त्यस बखतमा बिका पनेरू आफ्ना महाराज, ढुङ्गेशिलामा आएर

भोल बियान पहर दिन चडि, गाइका बन्दन फुक्या, तिर्मिर्‍या घाम लाग्यो, पहरि कुकुडो बास्यो, राजाप्रजाको जागो भयो,
भोलि बिहान प्रहर दिन खुल्यो, गाईका बन्धन फुके, तिर्मिरे घाम लाग्यो, प्रहरसूचक कुखुरा बास्यो, राजाप्रजाको जागो भयो,

दुलिचा कचहरि लागि महाराज, उतनी बखतमि जौँहड फोडिबर बिजैसियाँ गेडो आफ्ना कलखौवा घोडामि चडिबर बाइसपाट कुमाउँका पैकेला लैयैबर महाराज, द कसो नीयान्छ रे।
राजाको सभा बस्यो महाराज, त्यस बखतमा बाधा फोरेर विजयसिंह गेडा आफ्नो कालोकैलो घोडामा चढेर

दा बाइसपाट कुमाउँका पैकेला महाराज कसो भण्ण पसियानाहान। [हुड्कोवादन]
बाइसे राज्य कुमाउँका वीर कसो भन्न थालिहाल्छन्। [हुड्कोवादन]

भण्ण्या बखतमि महाराज, ए तेरा छापतिको झोल खाइमद्दा पख महाराज,
भन्ने बखतमा महाराज, ए तेरा सन्तानको झोल खाइमर्ने, पख, महाराज,

जुवा अठार जुवा बार, जुवा अठार जुवा बार महाराज, उइ चौगुणाका दाउ खेल्लाथ्या रे मिथीनिहै महाराज, गाइना गाइना, पात्तर नाच्ना, ढोलढुस्को कुमाउँको ठुस्को लाइबर महाराज,
जुवा अठार जुवा बाह्र, जुवा अठार जुवा बाह्र महाराज, उही चौगुनाका दाउ खेल्दैथे र माथिबाट महाराज, गाइने गाउँदा, नर्तकी नाच्दा, ढोलसहितको ढुस्को गीत कुमाउँको ढुस्को गाएर महाराज, लौ,

दा कसो महाराज, बिजैसियाँ गेडो जानाइँलाइ भणिबर द आब कसेरि निसियान्छ…।
अब कसो महाराज, विजयसिंह गेडा जान भनेर लौ अब कसरी गइहाल्छ….।

[हुड्कोवादन र सहगायन] या हो
[हुड्कोवादन]या हो,

या हो, गाइना गाइना छन पात्तर नाच ब, गाइना गाइना छन
गाइने गाउँदा छन् नर्तकी नाच्दा है, गाइने गाउँदा छन्

या हो, गाइना गाइना छन पात्तर नाच ब, गाइना गाइना छन
गाइने गाउँदा छन् नर्तकी नाच्दा है, गाइने गाउँदा छन्

या हो, गाइना गाइना छन पात्तर नाच ब, गाइना गाइना छन
गाइने गाउँदा छन् नर्तकी नाच्दा है, गाइने गाउँदा छन्

या हो, गाइना गाइना छन पात्तर नाच ब, गाइना गाइना छन
गाइने गाउँदा छन् नर्तकी नाच्दा है, गाइने गाउँदा छन्

या हो तुड्की दाउँ दाउँ हुड्केली बाजी ब, तुड्की दाउँ दाउँ
तुर्की दाउँ दाउँ हुड्केली बज्यो है, तुर्की दाउँ दाउँ छ

या हो तुड्की दाउँ दाउँ हुड्केली बाजी ब, तुड्की दाउँ दा

तुर्की दाउँ दाउँ हुड्केली बज्यो है, तुर्की दाउँ दाउँ छ

या हो तुड्की दाउँ दाउँ हुड्केली बाजी ब, तुड्की दाउँ दाउँ

तुर्की दाउँ दाउँ हुड्केली बज्यो है, तुर्की दाउँ दाउँ छ

या हो तुड्की दाउँ दाउँ हुड्केली
तुर्की दाउँ दाउँ हुड्केली बज्यो है, तुर्की दाउँ दाउँ छ

या हो नाना बजिरले नानाइँ त खान्छ ब, नाना बजिरले
सानो व्यक्तिले सानालाई त खान्छ है, साना व्यक्तिले

या हो नाना बजिरले नानाइँ त खान्छ ब, नाना बजिरले

सानो व्यक्तिले सानालाई त खान्छ है, साना व्यक्तिले

या हो ठूला बजिरले ठुला ठूलाइ खान्ना ब, ठूला बजिरले
ठूला व्यक्तिले ठूलो ठूलै खालान् है, ठूलो व्यक्तिले

या हो बोदलीको टालो बोदलैमा ब स्वाउँछ ब, बोदलीको टालो

ए, धोक्रोको टालो धोक्रेलाई नै सुहाउँछ है, धोक्रोको टालो

या हो बोदलीको टालो बोदलैमा ब स्वाउँछ ब, बोदलीको टालो

ए, धोक्रोको टालो धोक्रेलाई नै सुहाउँछ है, धोक्रोको टालो

या हो बोदलीको टालो बोदलैमा ब स्वाउँछ ब, बोदलीको टालो
ए, धोक्रोको टालो धोक्रेलाई नै सुहाउँछ है, धोक्रोको टालो

या ठिटुवैको टालो ठिटुवै ब स्वाउँछ ब, ठिटुवैको टालो
ए साहेब, टोकरीको टालो टोकरेलाई नै सुहाउँछ है, टोकरीको टालो

या ठिटुवैको टालो ठिटुवै ब स्वाउँछ ब, ठिटुवैको टालो
ए साहेब, टोकरीको टालो टोकरेलाई नै सुहाउँछ है, टोकरीको टालो

या हो नाना मानिसैका नानाइँ कुरा हुन्ना ब, नाना मानिसैका
साना मान्छेका सानै कुरा होलान् है, साना मानिसैका

या हो नाना मानिसैका नानाइँ कुरा हुन्ना ब, नाना मानिसैका
साना मान्छेका सानै कुरा होलान् है, साना मानिसैका

या हो नाना मानिसैका नानाइँ कुरा हुन्ना ब, नाना मानिसैका

साना मान्छेका सानै कुरा होलान् है, साना मानिसैका

ठूला मानिससैका ठूलाई कुरा हुन्ना ब ठूला मानिसका
साहेब, ठूला मानिसैका ठूलै कुरा होलान् है, ठूला मानिसैका

कठै, बोदलीको टालो बोदल्यै व स्वाउँछ ब, बोदलीको टालो
कठै, धोक्राको टालो धोक्रेलाई नै सुहाउँछ है, धोक्राको टालो

ठिटुवैको टालो ठिटुवै ब स्वाउँछ ब, ठिटुवैको टालो
टोकरीको टालो टोकरेलाई सुहाउँछ है, टोकरीको टालो

कठै ठिटुवैको टालो ठिटुवै ब स्वाउँछ ब, ठिटुवैको टालो
टोकरीको टालो टोकरेलाई सुहाउँछ है, टोकरीको टालो

कठै ठिटुवैको टालो ठिटुवै ब स्वाउँछ ब, ठिटुवैको टालो
टोकरीको टालो टोकरेलाई सुहाउँछ है, टोकरीको टालो

कठै ठिटुवैको टालो ठिटुवै ब स्वाउँछ ब, ठिटुवैको टालो
टोकरीको टालो टोकरेलाई सुहाउँछ है, टोकरीको टालो

या बोदलीको टालो बोदल्यै व स्वाउँछ ब, बोदलीको टालो
कठै, धोक्राको टालो धोक्रेलाई नै सुहाउँछ है, धोक्राको टालो

या ठिटुवैको टालो ठिटुवै ब स्वाउँछ ब, ठिटुवैको टालो
टोकरीको टालो टोकरेलाई सुहाउँछ है, टोकरीको टालो

या हो नाना मानिसैका नानाइँ कुरा हुन्ना ब, नाना मानिसैका
साना मानिसैका सानै कुरा होलान् है, साना मानिसैका

या हो नाना मानिसैका नानाइँ कुरा हुन्ना ब, नाना मानिसैका
साना मानिसैका सानै कुरा होलान् है, साना मानिसैका

या ठूला बजिरैका ठूला कुरा हुन्ना ब, ठूला बजिरैका ।। [हुड्कोवादन]
ठूला व्यक्ति कुरा होलान् है, ठूला व्यक्तिका…।।

उही महाराज, हट बाँको, ठट बाँको, भतडि कमान बाँको, दाइनतिर जुम्तड, बाउँतिर कटार मेरो भण्या कुरा धैँ एक बर हुन्छ ब? आइल मैँले के गाया तै भणिहाल्ला ताँ ए तै नभया के भयो त —
ए महाराज, आङ बलियो, ढाड बलियो, सैनिक कमान बलियो, दायाँतिर जम्तड, बायाँतिर कटार [सहगायनलाई: मैले भनेको कुरा खै एकपल्ट हुन्छ र? अहिले मैले के गाएँ त्यो भनिहाल्नुहोस् फेरि हँ]

[हुड्कोवादन],आफै गा उही महाराज, उतनी बखतमि, तेरा छापतिको झोल खाइमद्दा, शत्रुका चेला म भण्णौ रे तु सुण्, भण्यो रे महाराज, द बाइसपाट कुमाउँका पैकेला, महाराज, दाउनभर खलामि —
[हुड्कोवादन] ए महाराज, त्यस बखतमा, तेरा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा, म भन्छु र तँ सुन्। भन्यो महाराज, लौ बाइसे राज्य कुमाउँका वीर महाराज दाउनीभर खलामा,

ए बुवा चार जना बाग जुवा अठार जुवा बार, जुवा
ए बाबु, चार जना वीर जुवा अठार जुवा बाह्र, जुवा अठार जुवा बाह्र लागिरहेथे र,

तेरा छापतिको झोल खाइमरलै रे तमरा तिन दान मसान दिन होइजाउन् रे पुरे उत्तेइनिहै बिजैसियाँ गेडो, महाराज, आफ्ना कटक लोमलस्कर, घोडोबेडो, चेलिचाकर लेइआइयो रे
तेरा सन्तानको झोल खाइमर्लास् र तिम्रा ती दान मसान दिन होऊन् र ऊ त्यहाँबाट विजयसिंह गेडा, महाराज, आफ्ना लडाइँका लावालस्कर, घोडाबेडा, दासीसेवक ल्याएर आयो र

तम जुवा बार जुवा अठार पर लागिरैछौ, हँ, जुवा बार जुवा अठार पर लागिरैछौ
तिमीहरू जुवा बाह्र जुवा अठारपट्टि लागिरहेछौ, हँ, जुवा बाह्र जुवा अठारपट्टि लागिरहेछौ हँ?

[हुड्केवादन] हँ लागि रैछौ भण्यो !
[हुड्कोवादन] हत्तेरा सन्तानको झोल खाइमर्ने,

हत्तेरा छापतिको झोल खाइमद्दा, ए बुवा चन्द्रभान! — महाराज, के हुकुम हुन्छ?
ए बाबु चन्द्रभान! — महाराज, के हुकुम हुन्छ?

के त क्यैन ब्वा, बार बर्षको त्यो जडन्नि लाखो, धरा मण्डल बाजेको, तेरा बज्या बिका पनेरुको मिर्त पनेरुको खसि छ रे बुवा
,
के त केही होइन बाबु, बाह्र वर्षको त्यो जिनो लाखो, धरो टाउकोमा बाँधेको, तेरा बाजे बिका पनेरूको मिर्त पनेरूको, खसी छ र बाबु,

तै बादिया, महाराज त्यो चामलका बधाम वाँ पुरेइय्या, तै बिज्ज्वा बोराखि सबैतिर कुराकानि बनाइय्या भण्, भण्यो रे, रोस्स्योसोस्स्यो ठीकठाक अरिजाभण्यो रे।

त्यसलाई बाँधेर आ, त्यो चामलको भारी त्यहाँ पुर्‍याएर आ, त्यस बिजुवा बोहरासित सबैतिर कुराकानी बनाएर आ भन्, भन्यो र, भान्सासान्सा ठीकठाक गरेर जा। भन्यो र

उतनी बखतमि महाराज, बाइसपाट कुमाउँ अठलास गडका पैकेला महाराज, धैँ कै भाँतिले काटन्छ, भणिबर महाराज
त्यस बखतमा महाराज, बाइसे राज्य कुमाउँ अठलास गढका वीर महाराज, लौ, कुन भाँतिले काट्छ भनेर महाराज,

बिजैसियाँ गेडाखि चन्द्रभान काँसका [हुड्कोवादन] भुकुल्ला भितरि लुकिरैथ्यो रे महाराज, रे ऐरिका काणी कटाइ अरिहाल्यो। महाराज, खसि [हुड्कोवादन]
विजयसिंह गेडासित चन्द्रभान काँडाका [हुड्कोवादन] घाँचभित्र लुकिरहेथ्यो र महाराज, र ऐरीका काँडा काटेझैँ गरिहाल्यो। महाराज, खसी। [हुड्कोवादन]

जउद बुवा, बिका पनेरु! — जीर्‍यै ब्वा, क्या ढोग दी?
जदौ बुवा बिका पनेरू! — बाँचिरहेस् बाबु, के ढोग दिइस्?

हाइ बज्या धडो मुन्टामि बाद्या लाखो भण्या रे उइले खुकुरि खुसाउना बेर अर्‍यो न काट्टा बेर अर्‍यो पारे काटीवर भुर्जन बनाउन पसिया। हाँ, भुर्जन बनाउन ।
अँ, बाजेको धरो टाउकोमा बाँधेको लाखो भन्नुभयो र त्यसले खुकुरी झिक्न बेर गर्‍यो न काट्न बेर गर्‍यो र भोजन बनाउन थालिहाले, हँ, भोजन बनाउन थालिहाले।

हँ, निको भयो, असल भयो, 'धीरा धीरा हैरनु विपत्ति सहनू' भणाइँ छ। कैकिझै त्यो कुरा गर्नु हुनैन। ब्वा, पख्
,
हँ, निको भयो, असल भयो, 'धीरा भै रहनू बिपत्ति सहनू', भनाइ छ। कसको जस्तो त्यो कुरा गर्नु हुँदैन। बाबु, पख् हँ,

हँ, मर्ध साँट लागन्छ सात कनाला फालन्छ, नामर्ध साँट लाग्या सात कनालाको माटि चाटिमरन्छ। बुवा, पख्। भलो, भलो। भण्यो महाराज,

मर्दलाई चोट लाग्छ सात कान्ला फाल्छ, नामर्द चोट लागे सात कान्लाको माटो चाटिमर्छ। बाबु, पख्। भलो, भलो।

उतनी बखतमि महाराज, चौगुणाका दाउमै लागिरैथ्यो रे महाराज, बाइसपाट कुमाउँ अटलास गड महाराज, द आफ्ना खानिपिनि पस्स्यै लागिरैथ्यौ

भन्यो महाराज, त्यस बखतमा महाराज, चौगुनाका दाउ लागिरहेथ्यो र महाराज, बाइसे राज्य कुमाउँ अटलास गढ महाराज, आफ्ना खानपान गर्न लागिरहेथ्यो

द चन्द्रभान आफ्ना जुजपितरको नाउँ लीबर महाराज, द पुनपुताको छुरो लैयैबर द आब बाइसपाट कुमाउँको महाराज, तै न्वालिपाटमि खतड्को कै भाँति अन्न पसियान्छ..।
र चन्द्रभान आफ्ना जिजुपितृको नाउँ लिएर महाराज, लौ, पानपाते छुरा लगेर लौ, अब बाइसे राज्य कुमाउँको महाराज, त्यस न्वालीपाटमा तहसनहस कुन भाँति गर्न थालिहाल्छ…।

[हुड्कोवादन र सहगायन] या हो,

[हुड्कोवादन र सहगायन] या हो,

मरधैको जायो हाकि मार अरलो, मरधैको जायो
मर्दको सन्तान हाकी युद्ध गर्ला मर्दको सन्तान

या हो, मरधैको जायो हाकि मार अरलो, मरधैको जायो
मर्दको सन्तान हाकी युद्ध गर्ला मर्दको सन्तान

या हो, मरधैको जायो हाकि मार अरलो, मरधैको जायो
मर्दको सन्तान हाकी युद्ध गर्ला मर्दको सन्तान

या हो, मरधैको जायो हाकि मार अरलो, मरधैको जायो
मर्दको सन्तान हाकी युद्ध गर्ला मर्दको सन्तान

या हो, मरधैको जायो हाकि मार अरलो, मरधैको जायो
मर्दको सन्तान हाकी युद्ध गर्ला मर्दको सन्तान

या हो मेहरीको जायो चोरि मार अरलो, मेहरीको जायो
कातरको सन्तान चोरी युद्ध गर्ला कातरको सन्तान

या हो आधा पाइक मैँले चरचर काट्या ब, आधा पाइक मैँले
आधा वीर मैले चर्चरी काटेँ है आधा वीर मैले

या हो आधा पाइक मैँले चरचर काट्या ब, आधा पाइक मैँले
आधा वीर मैले चर्चरी काटेँ है आधा वीर मैले

या हो तितराकी जनी छपकलो पाइक ब, तिताराकी जनी
तित्राको जस्तै हराउला वीर है तित्राको जस्तै

या हो तितराकी जनी छपकलो पाइक ब, तिताराकी जनी
तित्राको जस्तै हराउला वीर है तित्राको जस्तै

या हो बगिनीकी जनी हमकलो पाइक ब, बगिनीकी जनी
बघिनीको जस्तै गर्जला वीर है बघिनीको जस्तै

या हो सरपैकी जनी निउडलो पाइक ब, सरपैकी जनी।।
सर्पको जस्तै निहुरला वीर है सर्पको जस्तै

या हो सरपैकी जनी निउडलो पाइक ब, सरपैकी जनी।।
सर्पको जस्तै निहुरला वीर है सर्पको जस्तै

या हो सरपैकी जनी निउडलो पाइक ब, सरपैकी जनी।।
सर्पको जस्तै निहुरला वीर है सर्पको जस्तै

या हो सरपैकी जनी निउडलो पाइक ब, सरपैकी जनी।[हुड्कोवादन] ।
सर्पको जस्तै निहुरला वीर है सर्पको जस्तै…।। [हुड्कोवादन]

हुन्या बखतमि महाराज, उतनी बखतमि महाराज, महाँजनको बेटा, सिंहिनिको बच्चा महाराज, द आँजि बाइसपाट कुमाउँ अटलास गडका पैकेला महाराज, चन्द्रभानका महाराज, यै कूमैना उइ कूमैना द महाराज, बिका पनेरुका कसा लाग्याहान महाराज…

हुने बखतमा महाराज, त्यस बखतमा महाराज, वीर आमाबाबुको छोरा, सिंहिनीको बच्चा महाराज, अझ लौ, बाइसे राज्य कुमाउँको अटलास गढका वीर महाराज, चन्द्रभानका महाराज, यस काँधमा र उस काँधमा महाराज, बिका पनेरूका कसो लागिहाल्दछन् महाराज…।

[हुड्कोवादन र सहगायन] या हो

[हुड्कोवादन र सहगायन] या हे!

आडैको अड्यालो बिका पै खितलै ला, सयकी अङाल [?]

आडमा अड्याउला बिका अनि फाल्ला है सयको अँगालो …

आज सयकी अङाल बिका लाइ लाइ हिटलो।।
आज सयौँको अँगालो बिका लगाई लगाई हिँड्ला…

"
आज सयौँको अँगालो बिका लगाई लगाई हिँड्ला…

"आज सयौँको अँगालो बिका लगाई लगाई हिँड्ला…


आज सयौँको अँगालो बिका लगाई लगाई हिँड्ला…

आज सयौँको अँगालो बिका लगाई लगाई हिँड्ला… [हुड्कोवादन]

[हुड्कोवादन] [सहगायनलाई: एक सरो सिकरटो मलाई दीहाल तम भण्या अर तम फाल्न्या अर] भण्ण्या बखतमि महाराज, उतनी बखतमि, तेरा छापतिको झोल खाइमद्दा शत्रुका चेला, भण्यो महाराज, ताँहाइ महाराज, बाइसपाट कुमाउँ अटलास गड बिका पनेरुले महाराज, खतड्को अरिबर महाराज, आफ्ना ढुङशिलामि आयो।
एक खिल्ली चुरोटको दिनुहोस्, हुड्कोवादन) भन्ने बखतमा महाराज, त्यस बखतमा महाराज, तेरा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा भन्यो महाराज, त्यहाँबाट महाराज, बाइसे राज्य कुमाउँ अटलास गढमा बिका पनेरूले महाराज, तहसनहस गरेर महाराज, आफ्ना ढुङ्गेशिलामा आयो।

ढुङशिलामि आउन्या बखतमि, तेरा छापतिको झोल खाइमरलै रे शत्रुका चेला, भण्यो, ए बुवा बिका पनेरु, चन्द्रभान!
ढुङ्गेशिलामा आउने बखतमा तेरा सन्तानको झोल खाइमर्लास् र शत्रुका छोरा, भन्यो, ए बाबु, बिका पनेरू, चन्द्रभान!

महाराज, क्या हुकुम हुन्छ?
महाराज, के हुकुम हुन्छ?,”

क्या त क्यैन बुवा, यो मेरो पौनपातको छुरो यै रगत रोहिनि मेरो यै आङ भितरि भिजिरैछ रे, बुबा, तातो पानि बना रे यै छुरो गाड्नु पड्यो, हँ, छुरो गाडनु पड्यो।
के त केही होइन बाबु, यो मेरो पानपाते छुरा यस रगतको आहालमा मेरो यस आङभित्र भिजिरहेछ र बाबु, तातो पानी बना र यो छुरा झिक्नुपर्‍यो, हँ, छुरा झिक्नुपर्‍यो।

बुवा, ती लत्ता क्याले बिदिया हुन? बुवा,बाइसपाट कुमाउँ अटलास गड मैँले तैलाइ कप्चा गरिहाल्या, हँ, कप्चा अरिहाल्या।
बाबु, बाइसे राज्य कुमाउँका अटलास गढ मैले त्यसलाई कब्जा गरिहालेँ, हँ, कब्जा गरिहालेँ।

अरिहाल्या? — अरिहाल्या।
.
गरिहाल्नुभयो? — गरिहालेँ।

भलो अर्‍या बुवा, निको अर्‍या पै, हँ, असल अर्‍या, हाँ असल अर्‍या।
राम्रो गर्नुभयो बाबु, निको गर्नुभयो त, हँ, असल गर्नुभयो, असल गर्नुभयो।


असल अर्‍या भण्ण्या बखतमि महाराज, उतनी बखतमि भण्यो कि, ए बुवा, तेरा छापतिको झोल खाइमद्दा, शत्रुका चेला एक बर तेरि जिया सोदिया त। जा त हँ। तेरि जिया सोदिया त।
भन्ने बखतमा महाराज, त्यस बखतमा भन्यो कि, ए बाबु, तेरा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा, एकपल्ट तेरी आमालाई सोधेर आ त। जा त हँ, तेरी आमालाई सोधेर आ त।

ओ जिया!
ओ आमा!

बुबा क्या भन्छै चन्द्रभान, हँ, क्या भन्छै?

के भन्छस् चन्द्रभान, हँ, के भन्छस्?

क्या त क्यैन, भण्यो। तेरा छापतिको झोल खाइमरलै रे के भण्णेहुन? बुवाले बाइसपाट कुमाउँसित हात जोडिहाल्यो। हँ, बाइसपाट कुमाउँसित हात जोड्यो।
के त केही होइन, भन्यो। — तेरा सन्तानको झोल खाइमर्लास् र के भन्ने हुन्? — बुवाले बाइसे राज्य कुमाउँमा त हात जोरिहाल्यो, हँ, बाइसे राज्य कुमाउँमा त हात जोर्‍यो।

हात जोड्यो रे के भण्णार्‍याहान? भण्यो रे कसो अद्दाउ, हात जनजोडु कि क्या रु, हँ, हात जनजोडु कि क्या रु?
हात जोर्‍यो र के भन्दैछन्, भन्यो र, कसो गरौँ, हात नजोरूँ कि के गरूँ, हँ, हात नजोरूँ कि के गरूँ?

बुवा, पैल्लीको घा तेरा बुवा बिका पनेरु लागिजाउ। वाँपछ्यारिको घा तु चन्द्रभान लागिजाउ।
बाबु पहिलो आघात तेरा बाबु बिका पनेरूलाई लागोस्। त्यसपछिको आघात तँ चन्द्रभानलाई लागोस्।

डोटि घर नै खान्दिया। वाँपिछ्यारि समाया रे आँजि बाइसपाट कुमाउँ लै आइथे रे याँ लै खान्दिन्या भयान रे, तमरो साको रौ सन्तान जन रौ।

डोटीको घर खान दिएनौ। त्यसपछि समायौ र अझ बाइसे राज्य कुमाउँ पनि आएथेँ र यहाँ पनि खान दिने भएनौ र, तिमीहरूको कीर्ति रहोस् सन्तान नरहोस्।

महाराज रूनो रूनो बाइर निकल्यो। [हुड्कोवादन]
महाराज, भन्दोभन्दो बाहिर निस्क्यो। [हुड्कोवादन]

जौद्दि बुवा, बिका पनेरु, जौद्दि बुवा।
जदौ, बाबु बिका पनेरू, जदौ बाबु!

जीर्‍यै बुवा, बाँचिर्‍यै, पलुइर्‍यै, के भण्यो तेरि जियाले हाँ?

जिइरहेस बाबु, बाचिरहेस्, पलाइरहेस्, के भन्यो तेरी आमाले?

पैल्लीको घा तु चन्द्रभान लागिजाउ, वाँपिछ्यारिको घा तेरा बुवा बिका पनेरु लागिजाउ भण्यो।
पहिलो आघात तँ चन्द्रभानलाई लागोस्, त्यसपछिको आघात तेरा बाबु बिका पनेरूलाई लागोस् भन्यो।

हत्तेरा छापतिको झोल खाइमद्दा, तैखिलाइ रुनु अल्लाउनु क्यै छैन बुवा। ठीक भण्यो, असल भण्यो। जा तेरि काखि सोदिया, हँ तेरि काखि सोदिया।

हत्तेरा सन्तानको झोल खाइमर्ने, त्यसका लागि रुनु कराउनु केही छैन बाबु। ठीक भन्यो, असल भन्यो। जा, तेरी काकीलाई सोधेर आ, हँ, तेरी काकीलाई सोधेर आ।

भलो, भलो। भण्यो महाराज, आफनि काखिखि गयो।
ठीक, ठीक। भन्यो महाराज आफ्नी काकीसमक्ष गयो।

जौद्दि काखि! — जीर्‍यै, बुवा, बाँचिर्‍यै, पलुइर्‍यै। हँ, क्या भण्ण्या होइ?


जदौ, काकी! — जिइरहेस् बाबु, बाँचिरहेस्, पलाइरहेस्। हँ, के भन्ने होस्?

के त क्यैन, बाइसपाट कुमाउँ अटलास गडसित बुवाले हात जोडिहाल्यो रे कसो अद्दाउ भण्णौ?

के त केही होइन, बाइसे राज्य कुमाउँ, अटलास गढसित बुवाले हात जोरिहाल्यो र कसो गरौँ भन्छु?

ए बुवा, निको अरी, असल अरी। आफ्नो ज्याहान प्यारो माण्णु भयैन।


ए बाबु, निको गरिस्, असल गरिस्। आफ्नो ज्यान प्यारो मान्नु भएन।

सल्लाकि ठाँकरिमाथी काँकडिकि बेलि छेकिछेकि मार अल्लो रिठ्याल कारकि चेलि।
सल्लाको थाँक्रोमाथि काँक्राको लहरा रोकी रोकी लडाइँ गरुँला रिठाका कार्कीकी छोरी।

तेरा क्काइ बुवाइ राठलाइ जेहान प्यारो होइयो भण्यापछ्यारि भितर बैर्‍या भण् रे म जाँउलो, म अल्लो उनसित लडैँ। [हुड्कोवादन] हँ, म अल्लो लडैं।
तेरा काका र बाबुका वंशलाई ज्यान प्यारो भयो भनेपछि भित्र बसिरहनुहोला भन् र म जाउँला, म गरुँला उनीहरूसित लडाइँ। [हुड्कोवादन] हँ, म गरुँला लडाइँ।

साँच्ची? — हो महाराज । साँच्ची हो।
साँच्ची, भन्य — हो साँच्चि हो।


महाराज हाँसो फुतुरुक्दो बाइर आयो।
हाँस्दो दङ्ग पर्दो बाहिर आयो।

जउद्द बुवा बिका पनेरु — जिरै बुवा, बाँचिर्‍यै, के भण्यो? — इसो इसो भण्यो।
जदौ बाबु बिका पनेरू ! — बाबु, बाँचिरहेस्, पलाइरहेस्, जिइरहेस्, के भन्यो? — यस्तो यस्तो भन्यो।

सल्लाकि ठाँकरिमथी काँकडिकि बेलि छेकिछेकि मार अल्लो रिठ्याल कारकि चेलि
सल्लाको थाँक्रोमाथि काँक्राको लहरा रोकी रोकी लडाइँ गरुँला रिठाका कार्कीकी छोरी।

तेरा क्काइ बुवाइलाइ ज्याहान प्यारो होइयो भण्यापछ्यारि रन्दिया रे म जाउँलो रे लड्लो भणेबर भण्यो।
तेरा काका र बाबुहरूलाई ज्यान प्यारो भयो भनेपछि रहन दिनू र म जाउँला र लडुँला, भन्यो।

ठीक अर्‍यो बुवा, असल अर्‍यो, हँ निको अर्‍यो भण्यो रे महाराज,
ठीक गर्‍यो बाबु, असल गर्‍यो, निको गर्‍यो। भन्यो र महाराज,

ततनी बखतमि महाराज, तेरा छापतिको झोल खाइमद्दा, शत्रुका चेला, भण्यो रे बाइसपाट कुमाउँ अटलास गड फिरि रयाथयाकि समाइँबर ढुङशिलामि लेइबर, द
त्यस बखतमा महाराज, तेरा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा। भन्यो र बाइसे राज्य कुमाउँ, अटलास गढका फेरि रहेबचेकाहरूलाई समाएर ढुङ्गेशिलामा लगाएर लौ,

ढुङशिलामि लेइबर महाराज,चन्द्रभान महाराज, द कसो भण्ण पसियान्छ रे। द बिजैसियाँ गेडो कसो बट्टीयान्छ…।
ढुङ्गेशिलामा ल्याएर महाराज, चन्द्रभान महाराज, लौ, कसो भन्न थालिहाल्छ र बिजयसिंह गेडा कसो तयार हुन्छ…।

[हुड्कोवादन र सहगायन] या हो,

[हुड्कोवादन र सहगायन] या हो

या हो, हट बाँको छ मेरी ठट बाँको ब, हट बाँको छ
या हो, जिउ बलियो छ मेरो ढाड बलियो छ हो, जिउ बलियो छ

या हो, हट बाँको छ मेरी ठट बाँको ब, हट बाँको छ
या हो, जिउ बलियो छ मेरो ढाड बलियो छ हो, जिउ बलियो छ

या हो, हट बाँको छ मेरी ठट बाँको ब, हट बाँको छ

या हो, जिउ बलियो छ मेरो ढाड बलियो छ हो, जिउ बलियो छ

या हो माथा पैरन्छ मखमल साई ब, माथा पैरन्छ
शिरमा लगाउँछ मखमले पगरी हो, शिरमा लगाउँछ

या हो माथा पैरन्छ मखमल साई ब, माथा पैरन्छ
शिरमा लगाउँछ मखमले पगरी हो, शिरमा लगाउँछ

या हो माथा पैरन्छ मखमल साई ब, माथा पैरन्छ
शिरमा लगाउँछ मखमले पगरी हो, शिरमा लगाउँछ

या हो गात पैरन्छ झिलमिल्या बागो ब, गात पैरन्छ
जिउमा लगाउँछ झिलमिले भोटो हो, जिउमा लगाउँछ

या हो गात पैरन्छ झिलमिल्या बागो ब, गात पैरन्छ
जिउमा लगाउँछ झिलमिले भोटो हो, जिउमा लगाउँछ

या हो हटै बाँको छ मेरी ठट बाँको ब, हट बाँको छ
जिउ बलियो छ मेरो ढाड बलियो है, जिउ बलियो छ

या हो बाउली समाउँछ लौडिया खाँडो ब, बाउली समाउँछ
हात समाउँछ लठ्ठीको खाँडो है, हात समाउँछ

या हो बाउली समाउँछ लौडिया खाँडो ब, बाउली समाउँछ
हात समाउँछ लठ्ठीको खाँडो है, हात समाउँछ

या हो पिठी पैरन्छ चन्रवाली ढाल ब, पिठी पैरन्छ
पिठ्यूँमा राख्छ चन्द्रबुट्टे ढाल है, पिठ्यूँमा राख्छ

या हो पिठी पैरन्छ चन्रवाली ढाल ब, पिठी पैरन्छ
पिठ्यूँमा राख्छ चन्द्रबुट्टे ढाल है, पिठ्यूँमा राख्छ

या हो पिठी पैरन्छ चन्रवाली ढाल ब, पिठी पैरन्छ
पिठ्यूँमा राख्छ चन्द्रबुट्टे ढाल है, पिठ्यूँमा राख्छ

या हो बाउली समाउँछ लौडिया खाँडो ब, बाउली समाउँछ
हात समाउँछ लठ्ठीको खाँडो है, हात समाउँछ

या हो बाउली व समाउँछ लौडिया खाँडो ब, बाउली समाउँछ
हात समाउँछ लठ्ठीको खाँडो है, हात समाउँछ

या हो माथा पैरन्छ मखमल साइ ब, माथा पैरन्छ
शिरमा लगाउँछ मखमले पगरी हो, शिरमा लगाउँछ

या हो माथा पैरन्छ मखमल साइ ब, माथा पैरन्छ
शिरमा लगाउँछ मखमले पगरी हो, शिरमा लगाउँछ

या हो बाउली व समाउँछ लौडिया खाँडो ब, बाउली समाउँछ
हात समाउँछ लठ्ठीको खाँडो है, हात समाउँछ

या हो गात पैरन्छ झिलमिल्या बागो ब, गात पैरन्छ
जिउमा लगाउँछ झिल्मिले भोटो है, जिउमा लगाउँछ

या हो बाउली समाउँछ लौडिया खाँडो ब, बाउली समाउँछ
हात समाउँछ लठ्ठीको खाँडो है, हात समाउँछ

या हो बाउली समाउँछ लौडिया खाँडो ब, बाउली समाउँछ
हात समाउँछ लठ्ठीको खाँडो है, हात समाउँछ

या हो बाउली समाउँछ लौडिया खाँडो ब, बाउली समाउँछ
हात समाउँछ लठ्ठीको खाँडो है, हात समाउँछ

या हो दाइनतिर राजा जम्तड पैर ब, दाइनतिर राजा
दायाँतिर राजा जम्तड राख्ला है, दायाँतिर राजा

या हो बाउँतिर कटार राखिव हालि हो, बाउँतिर ।।।
बायाँतिर राजा कटार राख्ला है, बायाँतिर राजा

या हो पिठी पैरन्छ चन्रवाली ढाल ब, पिठी पैरन्छ
पिठ्यूँमा राख्छ चन्द्रबुट्टे ढाल है, पिठ्यूँमा राख्छ

या हो मरधैको जायो हाकी मार अरलो, मरधैको जायो

मर्दको छोरा हाकी लडाइँ गर्ला है, मर्दको छोरा

या हो बाउली समाइँलेलो लौडिया खामो ब, बाउली समाइँलेलो
हात समाउला लठ्ठीको खाँडो है, हात समाउला

या हो दाइनतिर राजा जम्तड पैर ब, दाइनतिर राजा
दायाँतिर राजा जमतड राख्ला है, दायाँतिर राजा

समाउँछ लौडिया खाँडो ब, बाउली समाउँछ…।।
हात समाउँछ लठ्ठीको खाँडो है, हात समाउँछ…।।

या हो मरधैको जायो हाकी मार अरलो, मरधैको जायो
मर्दको छोरा हाकी लडाइँ गर्ला है, मर्दको छोरा

या हो मरधैको जायो हाकी मार अरलो, मरधैको जायो
मर्दको छोरा हाकी लडाइँ गर्ला है, मर्दको छोरा

या हो बाउँतिर राजा कटार पैर ब, बाउँतिर राजा

बायाँतिर राजा कटार राख्ला है, बायाँतिर राजा

समाउँछ लौडिया खाँडो ब, बाउली समाउँछ…।। [हुड्कोवादन]

हात समाउला लठ्ठीको खाँडो है, हात समाउला ।। [हुड्कोवादन]

ओ महाराज, जिउ बलियो, ढाड बलियो, सैनिक कमान बलियो, दायाँतिर जम्तड, बायाँतिर कटार, भोजपत्रे छुरा, लठ्ठीको खाँडो, बेतालमुखे छुरा, पञ्चहतियारले सम्पन्न भएर महाराज, ढुङ्गेशिलामा गइहाल्यो। [हुड्कोवादन]

ढुङशिलामि जान्या बखतमि जुवा, जुवा अठार जुवा बार, जुवा बार। ए बुबा, तमरा छापतिको झोल खाइमद्दाउ, शत्रुका चेला, पुरे तेरि यो ढुङशिला माद्दालाइ भणिबर बाइसपाट कुमाउँकि रैयाथ्याकी आइगै।
ढुङ्गेशिलामा जाने बखतमा जुवा, जुवा अठार जुवा बाह्र, जुवा बाह्र। ए बाबु, तिम्रा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा, ऊ तेरो यस ढुङ्गेशिला मार्नलाई भनेर बाइसे राज्य कुमाउँको जत्था आइगयो।

अरे, काँ बसिरैछौ, काँ छौ, काँ हौ हँ, काँ छ?

अरे, कहाँ बसिरहेछौ, कहाँ छौ, कहाँ हौ हँ, कहाँ हौ?

ए जिया, तेरा छापतिको झोल खाइमद्दि, शत्रुकि चेलि, घरै छु। हँ, त्यो चौगिणाका दाउँ तसोइ राख। तले जा। भण्यो रे महाराज,

ए आमा, तेरा सन्तानको झोल खाइमर्ने, शत्रुकी छोरी, घरमै छु। हँ, त्यो चौगुनाका दाउ त्यत्तिकै राख। तल जा। भन्यो र महाराज,

ततनी बखतमि महाराज, चन्द्रभान पनेरु महाराज, हट बाँको ठट बाको, भतेडि कमान बाँको, दाइनतिर जुम्तड, बाउँतिर कटारो, भजापत्रि खडि, लौडिया खाँडो, बेतालमुख छुरो, पञ्च हतरिया होइबर महाराज नीया, नवालिपाटमि।
त्यस बखतमा महाराज, चन्द्रभान पनेरू महाराज, जिउ बलियो ढाड बलियो, सैनिक कमान बलियो, दायाँतिर जम्तड, बायाँतिर कटार, भोजपत्रे छुरा, लठ्ठीको खाँडो, बेतालमुखे छुरा, पञ्चहतियारले सम्पन्न भएर महाराज, गए नवालीपाटमा।

न्वालिपाटमि जान्या बखतमि महाराज, आधा रात मणि, आधा रात मणि, माजकि मजेलि रात, भोल बिहान पहरी दन चड्यो, गाइका बन्दन फुक्या, तिर्मिर्‍या घाम लाग्यो,

नवालीपाटमा जाने बखतमा महाराज, आधा रात वर, आधा रात पर गयो, बीचको मध्य रातपछि भोलि बिहान भयो, गाईका बन्धन फुके, तिर्मिरे घाम लाग्यो,

पहरि कुकुडो बास्यो, राजाप्रजाको जागो भयो, दुलिचा कचहरि लागिरे महाराज, चन्द्रमानले आधा जो बाइसपाट कुमाउँ थ्यो महाराज खतम अरिहाल्यो।
प्रहरसूचक कुखुरा बास्यो, राजाप्रजाको जागो भयो, राजाको सभा लाग्यो महाराज, आधा जो बाइसे राज्य कुमाउँ थियो खत्तम गरिहाल्यो।

खतम अन्न्या बखतमि महाराज, जो आँखिमिको झाड, सइँजडिको काणो, दुदमिको रगत, सइँजड्यो काणो थ्यो जो महाराज, भाजियो
खत्तम गर्ने बखतमा महाराज, जो आँखाको कसिङ्गर, सैजराको काँडो, दूधको रगत, सैजराको काँडो थियो महाराज, भागिगयो।

भाज्न्या बखतमि आफ्ना बुवाखि आयो। जउद्द बुवा, बिका पनेरु! — जीर्‍यै बुवा, बाँचिर्‍यै, पलुइर्‍यै, ए बुवा अरी?
भाग्ने बखतमा आफ्ना बाबुसमक्ष आयो। जदौ, बाबु बिका पनेरू! — जिइरहेस् बाबु, बाँचिरहेस्, पलाइरहेस्, ए बाबु गरिस्?

महाराज, बाइसपाट कुमाउँ त मैँले भद्रगोल पाडिहाल्या, हँ, पाडिहाल्या,

महाराज, बाइसे राज्य कुमाउँमा त मैले बर्बाद गरिदिएँ, हँ, गरिदिएँ, हँ, गरिदिएँ,

पाडी? — पाडिहाल्या।
गरिस्? — गरिहालेँ।

जो आँखिमिको झाड थ्यो, सइँजडिको काणो थ्यो, दूदमिको रगत थ्यो उइ काटी बुबा?
जो आँखाको कसिङ्गगर थियो, सैजराको काँडो थियो, दूधको रगत थियो, त्यसलाई काटिस् बाबु?

उ त बुवा, बिचलियो, पुरे।

ऊ त बाबु, भागिहाल्यो, ऊ।

हाइ, तेरा ईया, तुइले के काटी भदौमास पापडो काटी तेइया थडकलै जोहोत उइत छाडी दिइ तुलई? के काटी साँच्ची हो? — साँच्ची हो।
अँ, तेरा बाइसे राज्य, तैँले के काटिस् तैँले? साँच्चि हो? — साँच्चि हो।

महाराज, आफ्ना कलखौवा घोडामि चडिबर जाउँ भन्थ्यो त, पख् बुवा, तेरो घोडो ढिलो छ, मेरो घोडो लैजा, हाँ मेरो घोडो लैजा।
महाराज, आफ्ना कालाकैला घोडामा चढेर जाऊँ भन्थ्यो त, पख् बाबु, तेरो घोडा ढिलो छ, मेरो घोडा लैजा, हँ, मेरो घोडा लैजा।

साँच्ची हो? — साँच्ची हो।
साँच्चि हो? — साँच्चि हो।

आफ्ना बुवाको घोडो कस्यो महाराज, घोडा चाब्कि लाई रे महाराज,
आफ्ना बाबुको घोडा कस्यो महाराज, घोडालाई छडी हिर्कायो र महाराज,

पकडिकि जरिमात्तरै धेकिन्नाथि महाराज, पै नौखुचेइ भीमतालमि
पगरीको जरी मात्र देखिँदै थियो महाराज, त नौ खुचे भीमतालमा देखिँदैथ्यो र

धेकीन्नाथ्यो रे नौखुच्यै भीमतालमि धेकीन्या बखतमि, ए बिजैसियाँ गेडा, पख्। तेरा बुवाका बुबा र म आइग्यूँ, पख्, हाँ पख्।
नौ खुचे भीमतालमा देखिने बखतमा, ए विजयसिंहे गेडा, पख्। तेरो बाबु त म आइहालेँ, पख्, हँ पख्।

मेरी चानि लाग्गै। हाँकिहाल्यो दुश्मनले। भण्यो रे महाराज, फुरुक्क फर्क्यो रे महाराज, उ पुग्यैंत महाराज, बिजैसियाँ गेडाखि पुग्ग्यो चन्द्रभान। [हुड्कोवादन]
निधार फुटिगयो। हाँक दिइहाल्यो दुश्मनले। भन्यो र महाराज, फुरुक्क फर्क्यो र महाराज, ऊ पुग्नासाथ त महाराज, विजयसिंह गेडा समक्ष पुगिहाल्यो चन्द्रभान। [हुड्कोवादन]

ए ददा, बिजैसियाँ गेडा!
ए दाइ विजयसिंहे गेडा।

ए बुदि, क्या भन्छै?
ए भाइ, के भन्छस्?

के त क्यैन। हाण्। तै बटी हाण — नै बुढी चन्द्रमान तै वटी हाण— नै न तै वटी हाण पैल्ली जेठो घाम तुइल्यै तापिराइछै, जेठि झगुलि तुइल्यै लाइराइछै, तर तुइबटि हाण, हँ, तुइबटि हाण्।

!
के त केही होइन। हान् तँ नै हान्। — होइन, होइन भाइ चन्द्रमान, तँ नै हान्। — होइन, होइन, तँ नै हान्। पहिलो जेठो घाम तैँले नै तापिराखेको छस्, जेठो लुगा तैँले नै लगाइराखेको छस्, तर, तँ नै हान्, हँ, तँ नै हान्।

साँच्ची हो? — हँ, साँच्ची हो।

साँच्चि हो? — हँ, साँच्चि हो।

महाराज, आफ्ना कलखौवा घोडामि है महाराज, फुरुक्क पिठि फर्काइराइथ्यो।

महाराज, आफ्ना कालाकैला घोडाबाट महाराज, फुरुक्क पिठ्यूँ फर्काइराखेको थियो।

फर्काउन्या बखतमि महाराज, नलैफलैलाइबर दा चुइँकाउँ भण्ण्या बखतमि महाराज, डेड बालै न काटीयो।

फर्काउने बखतमा महाराज, सारा शक्ति लगाएर, लौ, काम तमाम गरूँ, भन्ने बखतमा महाराज, डेढ रौँ पनि काटिएन।

ए ददा, तेरा छापतिको झोल खाइमद्दा, शत्रुका चेला, भण्यो, तेरो साको रौ सन्तान जनरौ, तर पख् ओखल औँसर, जितरा औँसर, घट्ट औँसर, पानि औँसर। मेरो पालो लै दी हाल् पन, भण्यो।
ए दाइ, तेरा सन्तानको भोल खाइमर्ने, शत्रुका छोरा, भन्यो, कीर्ति रहोस्, सन्तान नरहोस्, तर, पख् ओखलमा पालो, जाँतोमा पालो, घट्टमा पालो, पानी भर्न पालो हुन्छ। मेरो पालो पनि दिइहाल् त, भन्यो।

ए बुदि, तेरो पाल के दिउँ? आब म बिजैसियाँ गेडाको आइयो। भण्यो रे महाराज,
ए भाइ, तेरो पालो के दिउँ? अब म विजयसिंहे गेडाको आइहाल्यो। भन्यो र महाराज,

दा दलिनि कामनि, दिन कामनि, ए हालिबर [हुड्कोवादन] महाराज, बिजैसियाँ गेडाले महाराज, बिजैसियाँ गेडालाइ भणिबर महाराज, दा पौनपातको छुरो गाडिबर द कसो अरन ख्याउन पसियान्छ…।
खण्ड कम्पन्न, अखण्ड कम्पन्न त गरेर [हुड्कोवादन] महाराज, विजयसिंहे गेडाले महाराज, विजयसिंहे गेडालाई भनेर महाराज, लौ, पानपातको छुरा झिकेर लौ, कसो धार लगाउन थालिहाल्छ…।

[हुड्कोवादन र सहगायन] या हो,

[हुड्कोवादन र सहगायन] या हो,

मरधैको जायो हाकी मार अरलो, मरधैको जायो
मर्दको छोरा हाकी युद्ध गर्ला मर्दको छोरा

या हो, मरधैको जायो हाकी मार अरलो, मरधैको जायो

या हो, मर्दको छोरा हाकी युद्ध गर्ला मर्दको छोरा

या हो मेहरिको जायो चोरी मार अरलो, मेहरिको जायो
नामर्दको छोरा चोरी युद्ध गर्ला नामर्दको छोरा

या हो मेहरिको जायो चोरी मार अरलो, मेहरिको जायो
नामर्दको छोरा चोरी युद्ध गर्ला नामर्दको छोरा

या हो मेहरिको जायो चोरी मार अरलो, मेहरिको जायो

नामर्दको छोरा चोरी युद्ध गर्ला नामर्दको छोरा

या हो सरपकी जनी निउडलो पाइक ब, सरपकी जनी
सर्पको जस्तै निहुरला वीर त सर्पको जस्तै

या हो सरपकी जनी निउडलो पाइक ब, सरपकी जनी
सर्पको जस्तै निहुरला वीर त सर्पको जस्तै

या हो सरपकी जनी निउडलो पाइक ब, सरपकी जनी
सर्पको जस्तै निहुरला वीर त सर्पको जस्तै

या हो मरधैकी जनी हाकी मार अरलो, मरधैकी जनी

मर्दको जस्तै हाकी युद्ध गर्ला है मर्दको जस्तै

या हो माथा चरन पाइकले लाइछ ब, माथा चरन

शिरमा कम्पन वीरले लगाएछ है शिरमा कम्पन

या हो माथा चरन पाइकले लाइछ ब, माथा चरन

शिरमा कम्पन वीरले लगाएछ है शिरमा कम्पन

या हो, बौणाइँ चाखन पाइकले लाइछ ब, बौणाइँ चाखन

[??] बघिनीको जस्तै गर्जला वीर है बघिनीको जस्तै

या हो, बौणाइँ चाखन पाइकले लाइछ ब, बौणाइँ चाखन

[??] बघिनीको जस्तै गर्जला वीर है बघिनीको जस्तै

या हो, बौणाइँ चाखन पाइकले लाइछ ब, बौणाइँ चाखन

[??] बघिनीको जस्तै गर्जला वीर है बघिनीको जस्तै

या हो, बौणाइँ चाखन पाइकले लाइछ ब, बौणाइँ चाखन

[??] बघिनीको जस्तै गर्जला वीर है बघिनीको जस्तै

कठै, बौणाइँ चाखन पाइकले लाइछ ब, बौणाइँ चाखन

[??] बघिनीको जस्तै गर्जला वीर है बघिनीको जस्तै

कठै, बौणाइँ चाखन पाइकले लाइछ ब, बौणाइँ चाखन

[??] बघिनीको जस्तै गर्जला वीर है बघिनीको जस्तै

या हो मरधैको जायो हाकी मार अरलो, मरधैको जायो
मर्दको जस्तै हाकी युद्ध गर्ला है मर्दको जस्तै

या हो मरधैको जायो हाकी मार अरलो, मरधैको जायो

मर्दको जस्तै हाकी युद्ध गर्ला है मर्दको जस्तै

या हो सर्कै लागन्छ, मेरा मधु बयालो सर्कै लागन्छ
मेरो मधुर बादल आकाशमै लाग्छ है मेरो मधुर बादल

या हो सर्कै लागन्छ, मेरा मधु बयालो सर्कै लागन्छ

मेरो मधुर बादल आकाशमै लाग्छ है मेरो मधुर बादल

या हो सर्कै लागन्छ, मेरा मधु बयालो सर्कै लागन्छ

मेरो मधुर बादल आकाशमै लाग्छ है मेरो मधुर बादल

या हो मरधैको जायो हाकी मार अरलो, मरधैको जायो

मर्दको जस्तै हाकी युद्ध गर्ला है मर्दको जस्तै

या हो मेहरिको जायो चोरी मार अरलो, मेहरीको जायो

नामर्दको छोरा चोरी युद्ध गर्ला नामर्दको छोरा

या हो मेहरिको जायो चोरी मार अरलो, मेहरीको जायो

नामर्दको छोरा चोरी युद्ध गर्ला नामर्दको छोरा

या हो मेहरिको जायो चोरी मार अरलो, मेहरीको जायो

नामर्दको छोरा चोरी युद्ध गर्ला नामर्दको छोरा

या हो मरधैको जायो हाकी मार अरलो, मरधैको जायो
मर्दको जस्तै हाकी युद्ध गर्ला है मर्दको जस्तै

या हो सर्कै लागन्छ मेरा मधु वयालो सर्कै लागन्छ

मेरो मधुर बादल आकाशमै लाग्छ है मेरो मधुर बादल

या हो सर्कै लागन्छ मेरा मधु वयालो सर्कै लागन्छ

मेरो मधुर बादल आकाशमै लाग्छ है मेरो मधुर बादल


[भिन्न लयमा] ए ला, सर्क लागलो हो, मेरो मधु बयालो मन्डामी लागलो क्या हाउ

मेरो मधुर बादल आकाशमै लाग्छ है मेरो मधुर बादल

रौस चडिबडि बैठ चन्द्रभान, हत्यार लाइदेलो घाउ।।


आउँसेलुकि काणि काटाइ हाल्यै आयो रे महाराज,
ऐँसेलुको काँडा काटेझैँ गरेझैँ गरेर महाराज,

तातोई टीको रगतको लायो बाइस हात सिका हातमणि बेडि महाराज, घोडा चाब्कि लायो
बाइस हातको टुपी हातमा बेरी महाराज, घोडालाई छडी हिर्काएर,

गिर् गिर् गिर् गिर् गिर् गिर् आफ्ना बुवा बिका पनेरुसित नीयो।

गिर् गिर् गिर् गिर् गिर् गिर्, आफ्ना बाबु बिका पनेरूसमक्ष गइहाल्यो।

जौद्द बुवा बिका पनेरु— जौद्द बुवा

जदौ, बाबु बिका पनेरू, जदौ, बाबु बिका पनेरू!

जीर्‍यै बुवा, बाँचिर्‍यै, पुलुरैया भाग्यमानि भयै, अजम्मरि भयै, हँ अजम्मरि भयै। काटी बुवा? महाराज,

जिइरहेस् बाबु, बाँचिरहेस्, भाग्यमानी भएस्, अजम्मरी भएस्, अजम्मरी भएस्। काटिस् बाबु? महाराज,

काटिहाल्या। दूदमिको रगत, सइँजडिको काणो जो थ्यो तमरो, मैँले काटिहाल्या।
काटिहालेँ, दूधको रगत, सैजराको काँडो जो थियो तपाईँको मैले काटिहालेँ।

द निको अरी बुवा, असल अरी। आब म बिका पनेरुको साँको रौ सन्तान जन रौ। भण्यो रे महाराज,

ल, निको गरिस् बाबु, असल गरिस्। अब म बिका पनेरूको कीर्ति रहोस्, सन्तान नरहोस्। भन्यो र महाराज,

भण्ण्या बखतमि साकोसन्तान रयैन।
भन्ने बखतमा शाखासन्तान रहेनन्।

भोल बियान पहरदन चढ्यो, गाइका बन्दन फुक्या, तिर्मिर्‍या घाम लाग्यो, पहरि कुकुडो बास्यो, राजाप्रजाको जागो भयो, दुलिचा कचहरि लागि,
भोलि बिहान प्रहर खुल्यो, गाईका बन्धन फुके, तिर्मिरे घाम लाग्यो, प्रहरसूचक कुखुरा बास्यो, राजाप्रजाको जागा भयो, राजाको सभा बस्यो

महाराज, लागन्या बखतमि, ए, तेरा छापतिको झोल खाइमद्दा, शत्रुका चेला, ए बुवा रानि बामनिउँ, सोबा हातमा दियाबत्ति बाल, राम राम भण रामका भजन भज्नु पड्यो।
महाराज, बस्ने बखतमा, ए, तेरा सन्तानको झोल खाइमर्ने, शत्रुका छोरा, ए, नानी, रानी बाहुनी हो, शुभ हातले दियोबत्ती बाल, 'राम राम', जान्ने भए रामको भजन भज्नुपर्‍यो।

आब दोसराका सोराका घा मान्नामा हामरो नैनकारी छैन बुवा।

अब अर्काको चिन्ता गर्नमा हाम्रो हित छैन नानी।

भोलका दिन के कस्तो ब हुन्या हो, अरे, आफ्नो छुरा घाले आफैले मरनु पड्यो रे
.

भोलिका दिनमा के कस्तो पो हुने हो, हो र आफ्ना छुराको प्रहारबाट आफै मर्नुपर्‍यो र

यिन बालाइ धनै पनेरु, महाराज, एक् बर नवालिपाटमै लैजाइबर तै बिज्ज्वा बोराखि औण खेलाइ ल्या, भणिबर भण्णु पड्यो, हँ, अखड्या खेलाइ ल्या भण्णु पड्यो।

यी बाला, धना पनेरू, महाराज, एकपल्ट नवालीपाटमा लगेर त्यस बिजुवा बोहरासित कुस्ती खेलाएर ल्याऊ, भनेर भन्नुपर्‍यो, हँ, कुस्ती खेलाएर ल्याऊ भन्नुपर्‍यो।

ए बुवा बिज्ज्वा बोरा, महाराज, यिन न्वालिपाट लैजाइबर यिन् बालाइ धनै पनेरु बुवा, तु एक वेर अखड्या खेलाइ ल्या। भण्यो रे महाराज,
ए बाबु, बिजुवा बोहरा! — महाराज! — यिनीहरूलाई नवालीपाटमा लगेर यी बाला, धना पनेरूलाई बाबु, तँ एकपल्ट कुस्ती खेलाएर ल्या। भन्यो र महाराज,

दा बिज्ज्वा बोराले महाराज, उतनी बखतमि समाइँबर तिन बालाइ धनाइँ पनेरु महाराज द नवालिपाटमै द कै भाँतिले अखड्यो खेलाउन पसियानाहान…
लौ, अब बिजुवा बोहराले महाराज, त्यस बखतमा समाएर ती बाला र धना पनेरूलाई महाराज, लौ, नवालीपाटमा लौ, कुन भाँतिले कुस्ती खेलाउन थालिहाल्छ…।

[हुड्कोवादन र सहगायन] हँ यो हो

[हुड्कोवादन र सहगायन] या हो,

बिउजी जा पन बाला धना ब बिउजी जा पन
या हो, ब्युँझि जा न बाला धना ब्युँझि जा न

या हो दूद रे तताइ ब लेयो ब खाइ ब दे पन
दूध र तताइ है ल्यायो खाइ दे न

ब तेरो बुवा झुराउन लाग्यो ब बिउजी जा पन
तेरो बाबु रुन लाग्यो ब्युँझि जा न

व तेरी इजा भाति खान्थ्यो व बिउजी जा पन
तेरी आमा चुम्मा दिन्थी ब्युँझि जा न

ब तेरो क्का झुरन लाग्यो ब बिउजी जा पन
तेरो काका रुन लाग्यो ब्युँझि जा न

ब दूद रे तताइ ब लेयो खाइ ब दे पन

दूध है तताएर ल्यायो खाइ त दे न

ब तेरी जिया झुरन लागी ब बिउजी जा पन
तेरी आमा रुन लागी ब्युँझि जा न

ब बिउजी जा पन बाला धना ब बिउजी जा पन
ब्युँझि जा न बाला धना ब्युँझि जा न

ब भात्तीकी चुटुका लिन्छू ब बिउजी जा पन
म्वाइँको चुम्मा दिन्छु ब्युँझि जा न

ब भात्तीकी चुटुका लिन्छू ब बिउजी जा पन
म्वाइँको चुम्मा दिन्छु ब्युँझि जा न

ब भात्तीकी चुटुका लिन्छू ब बिउजी जा पन
म्वाइँको चुम्मा दिन्छु ब्युँझि जा न

ब बिउजी जा बाला धना ब बिजउजी जा पन
ब्युँझि जा बाला धना ब्युँझि जा न

ब दूद रे तताइ ब ल्यायो ब विजउजी जा पन
दूध है तताएर ल्यायो ब्युँझि जा न

ब दूद रे तताइ ल्यायो खाई ब पे पन

दूध है तताएर ल्यायो खाइ त दे न

ब बिउजी जा पन बाला धना ब बिउजी जा पन
ब्युँझि जा न बाला धना ब्युँझि जा न

ब तेरो भाई झुरन लाग्यो ब बिजउजी जा पन

तेरो भाइ रुन लाग्यो ब्युँझि जा न

ब बिजउजी जा पन बाला धना ब बिउजी जा पन
ब्युँझि जा न बाला धना ब्युँझि जा न

ब बिजउजी जा पन बाला धना ब बिउजी जा पन…।।
ब्युँझि जा न बाला धना ब्युँझि जा न…।।

ब बर्काउँथ्यो, ब फर्काउँथ्यो,
वर्काउँथ्यो, फर्काउँथ्यो,

ब बरकाउँथ्यो फरकाउँथ्यो ब विउजी जा पन
ब्युँझि जा न बाला धना ब्युँझि जा न,

ब बिउजिजा पन बाला धना ब बिउजिजा पन,
ब्युँझि जा न बाला धना ब्युँझि जा न,

ब बिउजिजा पन बाला धना ब बिउजिजा पन, [हुड्कोवादन]

ब्युँझि जा न बाला धना ब्युँझि जा न [हुड्कोवादन ]

उही महाराज, बालाइ धनाइँ पनेरु महाराज, समाइबर नवालिपाटमि महाराजा औण खेलाइराइथ्यो रे महाराज,
महाराज, बाला र धना पनेरू महाराज, समातेर नवालीपाटमा महाराज, कुस्ती खेलाइराखेथ्यो र महाराज,

ए बुवा, बिज्ज्वा बोरा! भण्यो रे महाराज, — के हुकुम हुन्छ।
ए बाबु, बिजुवा बोहरा! भन्यो र महाराज, — के हो हँ? भन्छ।

के त क्यै न रे बुवा, बालाइ धनाइँ पनेरु अखडो खेलाइहाली? महाराज, खेलाइहाल्या।
के त केही होइन र बाबु, बाला र धना पनेरूलाई कुस्ती खेलाइहालिस्? — महाराज, खेलाइहालेँ।

वाँ पारे नवालिपाटैना गतानि डुब्का हालाइ होइरैछ, हाँ गतानि डुब्का हालाइ होइरैछ। भण्यो रे
त्यहाँ ऊ नवलीपाटमा गहतको दालमा बारा हाले झैँ भइरहेछ, हँ, गहतको दालमा, बारा हालेझैँ भइरहेछ।

जिया बैरागिशिला आफ्‌नि काखि महाराज, मउवै झुरुनि गाउनाइँलाइ महाराज, उइना नीयानाहान्।
भन्यो र आमा बैरागीशिला आफ्नी काकी महाराज, परिवारै शोकगीत गाउन महाराज, त्यहाँ जान्छन्।

बिउजि जान बाला धना, बिउजि जा पन, दूद तताइ लेइथ्यूँ खाइ त ले पन, बिउजि जान बाला धना, बिउजि जा पन, भात्तिकि चुटुका लिन्छु, बिउजि जा पन, वर्काउँछु फर्काउँछु बिउजि जा पन, बिउजि जान बाला धना बिउजि जा, भण्यो रे

ब्युँझि जा बाला धना, ब्युँझि जा न, दूध तताएर ल्याएथेँ खाइ त दे न, ब्युँझि जा न बाला धना, ब्युँझि जा न, म्वाइँको चुम्मा लिन्छु ब्युँझि जा न, वर्काउँछु फर्काउँछु ब्युँझि जा न, ब्युँझि जा बाला धना, ब्युँझि जा न।

[हुड्कोवादन] भण्यो रे महाराज,

भन्यो र [हुड्कोवादन] भन्यो र महाराज,

भण्ण्या बखतमि महाराज, आब महाराज, बिका पनेरुकि मौले हात सोबरन भाणा समायो रे महाराज हातमा दियाबत्ति बालिबर राम राम राम राम राम राम राम भण्णा भण्णा महाराज, ति रानि बामनि झोरा फाल हाल्ल पसिगैन रे
भन्ने बखतमा महाराज, अब महाराज, बिका पनेरूको परिवारले हातमा सुनौलो भाँडा समायो र हातमा दियोबत्ती बालेर, राम राम राम राम, भन्दै महाराज, ती रानी बाहुनी आत्महत्या गर्न थालिहाले र

दा बिका पनेरुकि मौ अगास छुरा खिति पताल नाबि छोडिबर द कसो आफ्नो काल अन्नाइँलाइ बट्टियानाहान् महाराज…।
लौ, अब बिका पनेरूको परिवार आकाशमा छुरा फ्याँकेर भुइँमा नाइटो थापेर लौ, कसो आफ्नो काल आफै गर्नलाई तयार हुन्छन् महाराज…।

[हुड्कोवादन र सहगायन] या हो,

[हुड्कोवादन र सहगायन] या हो,

आँजी अगासैनो छुरो खित ए बिका पनेरु अगासैनो छुरो खित ओ विका पनेरू

आज आकाशमा छुरा फ्याँक्छ ओ बिका पनेरू,आज आकाशमा छुरा फ्याँक्छ

आँजी आउँली हिरौदा पर छल उनो रानि मोतीमा आउँलि हिरौदा छल ओ रानी मोतीमा

आज औँलाको औँठी छल्छे रानी मोतिमा, आज औँलाको औँठी छल्छे

आँजी आउँलिकी हिरौदा पर छल ए बिका पनेरु आउँलिकी हिरौदा छल ओ बिका पनेरू

आज औँलाको औँठी छल्छ ओ बिका पनेरू, आज औँलाको औँठी छल्छ

आँजी अगासैनो छुरो खित ओ बिका पनेरु गासैनो छुरो खित ओ विका पनेरू

आज आकाशमा छुरा फ्याँक्छ ओ बिका पनेरू, आज आकाशमा छुरा फ्याँक्छ

आँजी आउँली हिरौदा छल ओ बिका पनेरु आउँली हिरौदा छल ओ विका पनेरू

आज औँलाको औँठी छल्छ ओ बिका पनेरू, आज औँलाको औँठी छल्छ

आँजी आफु तली पर छल ए बिका पनेरु आफु तली पड ओ विका पनेरू …।।
आज आफू तल पर्छ बिका पनेरू, आज आफू तल पर्छ …।।

पै महाराज, आफ्ना बालबच्चा अखडो खेलाइबर महाराज आफ्नो, आफ्नो काल आफनाइँ हातले अरिबर महाराज, पनेरुकि मौले आफ्नो काल अरिहाल्यो रे

त महाराज आफ्ना बालबच्चालाई कुस्ती खेलाएर महाराज, आफ्नोआफ्नो काल आफ्नै हातबाट गरेर महाराज, पनेरूको परिवारले आफ्नो काल गरिहाल्यो र

उतनी बखतमि महाराज, अगासैनो छुरो खित बिका पनेरु आफु तली पर छल बिका पनेरु, आउँलिकि हिरौदा पर छल बिका पनेरु, भण्यो रे महाराज, आफ्ना काल आफ्ना सुदार आफ्नाइँ हातले अरिहाल्यो। द चार दिनको साको सक्बन्द चौँजुग मैनाउ कै भाँति रैयान्छ…।
त्यस बखतमा महाराज, आकाशमा छुरा फ्याँक्छ बिका पनरू आफू तल छल्छ बिका पनेरू, औँलाको औँठीले छल्छ बिका पनरू भन्ये र महाराज, आफ्नो काल आफ्नो सुधार आफ्नै हातबाट गरिहाल्यो। लौ, चार दिनको कीर्ति यश चारै युगसम्म नाउँ कुन भाँति रहिहाल्छ…।

[सहगायनलाई: तै साको सक्बन्द लै भणिद्यूँ ब? आन त्यो लै भण्णुपड्यो?]

[सहगायनलाई: त्यो कीर्ति यशको गीत पनि भनिदिउँ र? त्यो पनि भन्नु पर्‍यो?]

[हुड्कोवादन र सहगायन] या हो ओ,

[हुड्कोवादन र सहगायन] या हो ओ

साको रैजाउ पै ओ, चौक पैकेलाको त चारै जुग नाउँ छ
कीति रहोस् त ओ महान् वीरको त चारै युगमा नाउँ छ

अ हो गाउँलो रे बजाउँलो महाराज, मरे दिउँलो सीस
गाउँला र बजाउँला महाराज, म र दिउँला आसिक

कठै दाता न जीरौ म दाता जीरौ राजौ, लाख न बरीस
कठै, दाता र जिइरहोस् दाता जिइरहोस् राजन् लाखौँ वर्ष

हँ फूलहरी पै राजा, मन्धालोग बासना रै ब गैछ
फूलको त राजा मर्त्यलोकमा बास्ना रै गएछ

कठै गाउँलो रे बजाउँलो महाराज, म दिउँलो रे सीस

गाउँला र बजाउँला महाराज, म र दिउँला आसिक

कठै, फूलहरी पै मन्धालोग बासना रै ब गैछ

कठै, फूलको त मर्त्यलोकमा बास्ना रै गएछ

कठै, क्या दियो झगुलो हो, क्या नाउँ चलाउँलो
कठै, के दियो लुगा हो केले नाउँ चलाउँला

कठै, कानैका रे मुदडा दियो भणुलो रे कीरती चलाउँलो
कठै, कानका र मुन्द्री दियो भनुँला र कीर्ति चलाउँला

[भिन्न लयमा] अँ फूल फुलिजा बासुका रैजान्छ फुल फुलिजा
[भिन्न लयमा] फूल फुलिजाला बास्ना रैजाला

कठै, फूलै फुलिजालो बासुका रैजालो, फूल फुलिजालो ।।
कठै, फूल फुलिजाला बास्ना रैजाला फूल फुलिजाला

अँ फूल ब फूलिजालो बासुका रैगालो फूल फूलिजालो
कठै, फूल फुलिजाला बास्ना रैजाला फूल फुलिजाला

कठै फूल ब फूलिजालो बासुका रैगालो फूल फूलिजालो

कठै, फूल फुलिजाला बास्ना रैजाला फूल फुलिजाला

कठै फूल ब फूलिजालो बासुका रैगालो फूल फूलिजा[हुड्कोवादन]

ठै, फूल फुलिजाला बास्ना रैजाला फूल फुलिजाला…।।[हुड्कोवादन]

सावा इनर भवानकी इनर भवानकी सावा, सप्त दानकि सावा बरणिकि महाराज, माणिलिया। [सबैतिर फर्केर अभिवादन]
सभा इन्द्र भगवान्को, सभा वरणीको, सभा आफ्ना दाताहरूको महाराज, दही माछो मानिलिनुहोला। जदौ!


•यस्तै बीरगाथाहरुका सम्बन्धमा लोकगायकसंगको अन्तर्वार्ता अंश- साभार- फेसबुक
लोक गायक झुसिया दमाई से वातचित

भडों गायेकी का संबंध कत्यूरी परंपरा से है !

(पिथौरागढ़ और नेपाल के महाकाली अंचल मे वषौं से सांस्कृतिक अदानप्रदान चला आ रहा है ! यही वजह है कि महाकाली अंचल और पिथौरागढ़ जनपद की अधिकांश पारम्परिक मान्यताओं में एरूपता है ! नेपाल और कुमाऊं मे लोकगाथा गायन की तमाम बारीकियों को समझने परखने वाले ९० बर्षीय श्री झुसिया दमाई के बारे में लोगों को खास जानकारी नहीं है ! जीवन के आखिरी पडा़व में पहुंच चुके इस लोक कलाकर की तरफ यद्यपि अब संस्कृति प्रेमियों का भी ध्यान जा रहा है, लेकिन लोक गायकी की इस पारम्परिक अनुशासन को भविष्य में बनाये रखने तथा इस परम्परा को आगे बढा़ने वाले लोगों की अब भी सर्वत्र कमी है ! झुसिया दमाई को अपने सम्मान से ज्यादा खुशी नहीं है वरन वह इस बात से चिन्तित है कि इस परम्परा का बाहक अब आगे कौन बनेगा- झुसिया दमाई से ईन्हीं बिन्दुओं पर अविरल बातचित हुई जिसके कुछ अशं यहां है !)

आप का जन्म कब और कहां हुआ ?

आज से ९० साल पहले नेपाल के बैतडी़ बसकोट मे रनुवा दमाई के घर में मेरा जन्म हुआ था ! उसके बाद बाल्यकाल में ही शादी हो गई ! तिन पत्नियां मर गई, दो अभी जिन्दा है ! पिछ्ले ३० साल से हम लोग धरचुला तहसील के ग्राम ढुंगातोली में रहते है !

आप ने लोकगाथा गायकी को कैसे सीखा और इसकी प्रेरणा कहां से मिली ?

जब में २० साल का था तभी से अपने पिताजी के साथ गायन शुरु कर दिया था ! दरअसल नेपाल(बैतडी़) और धरचुला के इलाकों में अपने इष्टकुल के लिए वर्षों से हमारा एक ऐसा "कर" है कि हम चैत्र आश्विन और कर्तिक में उन देवताओं का स्तुति गान करें ! इनमें भगवती, जगन्नाथ, पांडवगाथा, नेपाल (बैतडी़) की त्रिपुरासुंदरी के मंदिर में आज भी हम लोग विधिवत उक्त महिनों में गाथा के लिए जाते है ! यह प्रेरणा नहीं वल्की इष्टकुल का "कर" चुकाने के लिए आवश्यक अनुष्ठान है !

आप विशेष रुप से भडौं गायकी जानते है- यह बताएंगे कि इस अंचल में किन वीरों की गाथाएं खास तौर पर प्रचलित है ?

भडौं कुमाऊं और नेपाल के "पकौ" यानी वीरों की गाथा है ! इसे बारातों में भी गाया जाता है ! इस अंचल में २२ भडौं (बीरों) खास तौर पर प्रसिद्ध है, जिसमे छुराखाती, भीम कठायत, संग्राम कार्की, सौन रौत, रन रौत, लाल सौन, सौन माहरा, कालू भनारी, उदई छपलिया, नर सिंह धौनी आदी सामिल है ! एसा कहा जाता है कि उस समय कत्यूर में विरमौद्यौ का राज था और २२ भडौं इस राजा के खिलाफ वीरता पुर्वक लड़े थे !

इसके अलवा कितने वीरों की गाथाएं यहां विशेष रुप से प्रचलित है ?

इसके अलावा इस अंचल में महाभारत गाथा, जागर गाथा, विक्रम चन्द,त्रिमल चन्द, मालुशाही,खर्कशाही, पैक, सौन. भणारी, कठायत १२ ठगुरी पैक, कलिका देवता, ३३ कोटि देवताओं की गाथाएं यहां पर गाई जती है ! ध्वज केदार, थल केदार, शिवनाथ, छ्पलाकेदार, लटपापू, नन पापू, ठगुरी चन्द, गुंसाई गाथा, अलाइ मल्ल, छुर मल्ल, भागी मल्ल, गांगनाथ की गाथाओं भूतात्माओं के जागर भी गाए जाता है !

भूतात्माओं के जागर के लिए मुख्य बात भूत थानवास हो जाए ?

आज के नौसिखिया गायक सिर्फ हुड्के में थाप देकर वीर को नाचना जानते है ! किसी वीर (देवता) का डंगरिया नहीं औतर (प्रकट) रहा हो तब महाभारत में वर्णित उस गाथा को गाते हैं ! जब द्रौपदी का चीरहरण हो रहा होता है और पांडव असाहय से यह दृश्य देखते है ! जगरिया द्वरा यह प्रसंग शुल करते ही भूत से लेकर "देवता"तक औतर जाता है ! जो भी लोक देवता है उनके भारत (बखान) लगाने पड़ते हैं लेकिन जगरिया को उस स्रोत का पूरा ज्ञान जरूर होना चाहिए !

नेपाल और कुमाऊं गढ़वाल के लोक देवता में मूल अन्तर क्या है ?

नेपाल और कुमाऊं गढ़वाल के सभी लोक देवता एक समान प्रवति के है ! उन्हें खुश करने के लिए जिस तरह नेपाल में गाथा गाई जाती है उसी तरह कुमाऊं गढ़वाल में भी गाई जाती हैं ! हां, गायन और बाली में कुछ भेद हो सकते है ! मैं खुद बैतडी़, दारचूला, महेन्द्रनगर, धनगड़ी, काठमान्डू, बेलौरी से लेकर मुवानी, ढुंगातोली, सोराड़, कालाढुंगा, हल्द्वानी आदि स्थान पर यह गाथा गा चुका हूं ! जब कत्यूरी का पतन हुआ तब गढ़वाल में भी ५२ ठकुरीयों ने अपने छोटे-छोटे राज्य (गढ़) स्थापित कर लिए ! इन राजाओं के कई वीरों "पैकों" की वीर गाथायें गढ़वाल में गायी जाती हैं, जिसे भड़, माल या पंवाडे कहते है ! वहां पर गढ़ सुम्याल, लोदी रिखोला, माधो सिंह भण्डारी, तीलू रौतेली की गाथायें प्रमुख है !

Sunday, February 13, 2011

येइ साला काठमाण्डौमा केइ छैन !!


(येइ साला काठमाण्डौमा केहि छैन भन्ने शिर्षकमा प्रकाशित रुद्र ज्ञवालीको कबिताको डोटेली भाबानुबाद)
छनाइ त काठमाण्डौमाँइ भौत कुरा छन् ,
हबेलि छन,महल छन ।
पाँचतारे होटल, रेष्टुरेन्ट छन्,
पाँचैतारा भयाका अस्पताल नर्सिंङ होम छन ।
तसाइ पाँचतारे कलेज छन, स्कुल छन ।
डिस्कोथेक, क्यासिनो
रात्रि क्लब सिनेमा सब छन ।
पार्लरमाइ झाइ पाउडर लयाका रिकन्डिसन्ड रुबस अनुहार छन ।
भाणामाइ किन्न पाईन्या ब्यापारिक मुस्कान छन ।
तम सुचला भायौ! जे छ काठमाण्डौमाइ छ,
साँच्चि भण्ण्या हो भण्या
जसो धेकिन्छ तसो , जसो सुचीन्छ तसो
काठमाण्डौमाइ केइ छैन
टन्न खाइबरे दिन भरि घाम ताप्प्या
अलच्छिनी अल्छि घरज्वाइ जसोछ काठमाण्डौ,
येइको केइ दायित्व छैन, जिम्मेवारि छैन ।
खल्ति गरम छैन भण्या भायौ!
येइ साला काठमाण्डौ माँइ केइ छैन ।
-- --
जे भण्या बरे लै , नौकरको मानसिकता राखन्छ काठमाण्डौ
यो आत्मसम्मान बन्धकि राख्ख जाणन्छ,
चाकरिमाइ यो गजब मख्ख पणन्छ ।
गोर्खालिको बँधुवा, यो काठमाण्डौ
यो बिचारो,अफना आस्थामाइ स्वाभिमान भया
लाचार चुपचाप बसिरन्या थोकोइथ्यो।
येइ देशको इतिहास भँणन्छ
येइको नाक कान काटियोइको हो,
येइका दुवै अँखा झिकियाइका हुन,
यो बेला बेलामाइ डामियोइको हो
थोक्कोइ लै स्वाभिमान भयाबरे यो काठमाण्डौ
बिष निकाल्याका स्याप जसो
ढाइ सौ बर्ष सम्म पात्तरै जनि नाच्च्या थोणाइथ्यो,
दशि परमाण छन हमसंङ
थोक्कोइलै आत्मबिश्वास भयाबरे यो काठमाण्डौ
आफुइमथि अबिश्वास गरि
युरोप अमेरिकामाइ गिरपि थोणै बसन्थ्यो ।
येइको निजि केइ छैन
स्वबिबेकमाइ यो चल्लै चलेन
स्वाभिमानका कुरा गर्न्या हो भँण्या भायौ,
येइ साला काठमाण्डौमाइ केइ छैन ।
-- --

यो काठमाण्डौ, झुठ प्रपंचको खेल हो,
पाखण्ड आडम्बरको झेल हो ।
नेपालको इतिहास पण्याबरे था हुन्छ,
यइका काला करतुतले त सगरमाथा छुन्छ ।
के गरेन येइ साला काठमाण्डौले,
बिचरा भिममल्ललाइ मारेन कि?
दामोदर पाण्डेलाइ कटाएन कि?
भिमसेन थापालाइ फसाएन कि?
येइले त गर्नु नगर्नु गरिसक्यो,
जंगबाहादुर इसैका ओथारामाइ जन्मेको हो,
उइले धरहराबटि है फट्टाक हालन्जाँ
यो तालि पिटिबरे कुक्कियोइको हो ।
तानाशाहका ऐतिर
येइले कान समाइ उठबस गरेइको हो ।
जबलै याँ को जमिन
निर्दोष मान्सौना रगतले रातो भयोइको हो,
यो कभै कोतपर्बमाइ रमायो
कभै भण्डारखाल गरायो,
कभै भाइ भैयादलाइ बीष खोयायो,
परारै त हो,
इसैले नारायणहिट्टि काण्डलै मचायो।
यो निसाफ कभैन बोल्यो,
जबलै बन्धुकसित डरायो
जबलै येइले दाम राखि सलामी चणायो ।
कभैलै न याँ इमान रयो, न सुशासन आयो
येइको हिसाब किताब काँइ छैन,
इतिहासका कुरा गद्या हो भण्या, भायौ!
येइ साला काठमाण्डौमाइ केइ छैन ।
-- -- --
लाखेनाचका घाँणो जसो
असनका डाम्याका साँढे जसो
बाजले चेपेको चल्लो हो काठमाण्डौ
ब्ञर्थेको कल्लाताल होहल्ला हो काठमाण्डौ
येइमा इमानदारिताको जग छैन,
अदब छैन, काइदा छैन ।
याँ जालछ झेल छ
सत्ताको फोहोरि खेल छ।
मान्स त छन, मानबता छैन,
धरातल त छ, अस्तित्व छैन।
याँ का कागजका फुल जसा मान्स,
छि: यिनरा मुटुमाइ हार्दिकता छैन
मतलब नभएको यिनखाँइ भाकाइ छैन
वास्तविक कुरा गर्न्या हो भण्या भायौ,
येइसाला काठमाण्डौमाइ केइ छैन ।
-- -- --
टेलिभिजनमाइ धेकिनैन काठमाण्डौ
अखवारमाइ लेखिनैन काठमाण्डौ
न यो धरहरा उकल्याबरे उकलिन्छ
न यो न्युरोड ठमेलतिर धेकिन्छ ।
मनहरा किनारका झोपडीमाइ हेर,
पुष माघका रात फुटपाथमाइ खोज,
कुल्लि-भरियासित पाइन्छ काठमाण्डौको आत्मकथा
काठमाण्डौ त सोझा निर्धासित फुँइ लाउछ
सत्ता शक्तिलाइ बुइ लाउछ ।
बाटो सोद्या मुन्डो मर्काउछ
काँठ पाखा गौं धेक्यो कि थोल फर्कौछ
पछ्याँण्या लै न पछेण्या झो गरन्छ ।
भोक लाग्यो भण्या कसैले सोध्दैन,
लास पण्या बरे लै कसैले केइ बोल्लैन
दिनोदिन मन्स हरौनान्
खोजखबर कसैले गद्दैन
पैसा न पया कोइ मुख खोल्लैन
लेनदेन नभया याँ समबन्ध बन्नै बन्नैन
थानकोट भाइरकालाइ त यो मान्स गण्णै गण्णैन
साँच्चि हार्दिकताका कुरा गर्न्या हो भण्या भायौ!
येइ, साला काठमाण्डौमाइ केइ छैन ।
-- -- --
याँ बेइमान आबाद हुनान
इमानदार बर्बाद हुनान
गौं मणि चप्पल पणकाउन्या
सिहदरबारका गैरिखेतमणि
झुट कपटको हलो चलौनान्
छलछामको बिउ लौनान
षडयन्त्रको दोकान खोलिबरे
साधुलाइ शुलि दुर्जनलाइ धुरि चणौनान्
सक्न्याले याँ जे गर्यालै हुन्छ
यो बगरे बुच्चणको ठौर हो
याँ स्वार्थ है ठुलो कोइ देश छैन
कुरा त्याग तपस्याका गर्न्या हो भण्या भायौ!
येइ साला काठमाण्डौमाइ केइ छैन ।
-- -- --
यो बिडम्बनाको श्रृंखला हो
आडम्बरिनको मेला हो,
महंगी जालझेल कृतिम अभावको खेला हो
याँ कभै दाल चामल हुनैन
कभै नुन तेल हुनैन
खालि सपनाकि खेति हुन्छे याँ
थुक निलिबरे मेलम्चिकि तिस मेट्टिन्छे याँ
याँ बिश्वास भीतर भितरै कुइन्छ
धारामाइ ढल चुइन्छ,
कृष्णभिरका पैराका खबरले
असनको चाँवल हरौछ
नौबिसेमाइ गाडी पलड्या बरे
महंगाइ धुरि उकलन्छ ।
याँ केइ कुराको बन्देज छैन
कुरा स्थिरताका गर्न्याहो भण्या भायौ!
येइ साला काठमाण्डौमाइ केइ छैन ।
--- --
याँ सोमराजले सञ्जाल छ,
ढोङ पाखण्डको जञ्जाल छ,
याँ रात भरि रासलिला गरिबरे
बिहानै गिता पाठ गरिन्छ
अँन्यारा कोठिनमाइ नाङ्ङियाबरे लै
दिनमाइ त रामनांमी चध्धर ओणिन्छ ।
अबलानको चिरहरण गर्या बरे लै
नारिमुक्तिको ब्याखान छाँटिन्छ ।
यो पाखन्डको कर्म भुमी हो
पशुपतिमाइ बोलबम भण्या बरे लै
चावहिलमाइ चक्कु हाणिन्छ,
भद्रकालिमाइ अनसन बस्या बरे लै
सिहदरवारमाइ घाँटि कसिन्छे
रत्नपार्क भाणभैलो बढौन्छ
किर्तिपुर बेरोजगार पणौन्छ
हनुमान ढोका इन्साफ कुटन्छ
टुणिखेल भाषण चुटन्छ ।
एक थोक भनिन्छ,अर्को थोक गरिन्छ,
बोलिको कोइ भरोसा छैन
इमानदारिका कुरा गर्न्या हो भण्याबरे भायौ!
येइ साला काठमाण्डौमाइ केइ पनि छैन ।
-- -- --


यो काठमाण्डौ, कान भयाबरेलै टोलो छ
अँखा भयाबरेलै अन्धो छ ।
खुट्टा भयाबरेलै लंगडो छ
स्वार्थ बाहेक यो केइ जाँण्णैन ।
फाइदा बाहेक यो केइ सुण्णैन ।
यो आँसुमा रमौछ,
इमान बेची नाम कमौछ ।
हिट्ट लार्या खुट्टा तानन्छ,
थगि गया कभै हात दिनैन ।
सिटामोल नपाइ मानस मरिगयालै
टेकु स्वास्थ्य सम्मेलनमाइ ब्यस्त हुन्छ ।
हुमलाले खान नपायालै
सिंहदरबार डिनरमा मस्त हुन्छ ।
कर्णालिको बिकास गद्दाकि
गोदावरिमाइ सम्मेलन हुन्छ ।
झुमा र देउकिको अन्धबिश्वासले
बानेश्वरमाइ क्याटवाक गरन्छ ।
काटमाण्डौलाइ लाज छैन, शरम छैन ।
येइको कोइ निति कोइ धरम छैन ।
बझांङ-बाजुराका दुख येइले कभै धेकेन,
दार्चुला कालापानिका खबर येइले कभै सोदेइन ।
सोराले मदेश डुबाएको येइले बुजेन
दोधरा चाँदनि त येइले टेक्कै टेकेन ।
येइले डोल्पाका चामल इथै डका़-यो।
मुगुको मालपानि इथै लुकायो ।
ताप्लेजुङको बिकास इथै ह्वाम्म गर्यो,
कालिकोटको औषधि इथै झ्वाम्म ग-यो ।
छाडा छ यो,येइमा इमान नाइ,
मत्ता हाति यो, येइमा लगाम नाइ ।
हे बिधाता! येइको त कोइ बिधानै छैन,
येइका ब्याधि कपटको कोइ निदान छैन ।
कुरा बिधि बिधानका ग-यो भण्या भायौ!
येइ साला काठमाण्डौमा केइ छैन,

Friday, February 11, 2011

सुदूरपश्चिम चिन्नेलाई श्रीखण्ड


(साभार-शिवराज योगी, युवामञ्च मंसिर,२०६७ )

सुदूरपश्चिम राज्यको मूलधारमा जोडिएको आउँदो मङ्सिर २८ गते १७ वर्ष मात्र पुग्छ । त्यो भन्दा अगाडि सुदूरपश्चिमको राज्यको भौगोलिक उपनिवेशको अवस्थामा मात्र थियो । राज्यसँग कुनै साइनो थिएन सुदूरपश्चिको राजधानी आउनैपर्ने बाध्यताका कारण सुदूरवासीहरू भारतको बाटो भएर आउँथेँ, या त कर्णालीमा 'फेरी' चढेर आउन बाध्य हुनुपथ्र्यो ।

वि.सं. २०५० साल मङ्सिर २८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एसियाकै दोस्रो मानिने कणर्ाली पुलको उद्घाटन गरे यता मात्रै सुदूरपश्चिमको नाता राज्यको अन्यक्षेत्रसँग जोडिन पुग्यो । तबसम्म भूपरिवेष्टित रूपमा रहेको सुदूरपश्चिमले कहिल्यै देखेन राजधानीलाई आफ्नै बाटो भएर । सुदूरवासीहरूले राज्यका अन्य जिल्ला जान भारतको बाटो प्रयोग गर्नुपथ्र्यो ।

उहिले र अहिले पनि सुदूरपश्चिमका कुरिती, कुसंस्कार, कुप्रथा, कमजोरी तथा क्रन्दनहरू खोजिए र खोजिँदैछन् । मिडियाले पनि त्यस्तै खोज्छ र छाप्छ तर सुदूरपश्चिमको सम्भावना, सौहार्दता, सम्पूर्णताको खोजी कमै हुन्छ ।

स्रोत र साधनको पहँुचदेखि बाहिर भएर मात्रै होइन मानसिक उपनिवेशका रूपमा सुदूरपश्चिमलाई लिइनु पनि अर्को कारण हो, पश्चिम पिछाडिनुको । राजधानीमा बस्नेहरू सुदूरलाई सिन्डिकेट लगाएर हेर्छन । सुदूरपश्चिमका सम्भावनालाई खोजीगर्ने हो भने अभाव र रुढीवादीको पर्याय नभई सम्भावनाको भण्डार हो सुदूरपश्चिम ।

शक्तिपीठका सात बहिनीको थलोका रूपमा रहेको सुदूरपश्चिमलाई धार्मिक पर्यटनको बिकासका रूपमा अगाडि बढाउन सक्ने हो भने राज्यले लिएको १० लाख पर्यटन भित्र्याउने लक्ष्यको आधा योगदान सुदूरपश्चिमले मात्रै गर्न सक्छ ।

भारतको उत्तराञ्चल र उत्तराखण्डमा रहेका चारधाम बद्रीनाथ, केदारनाथ, गङ्गोत्री र जमनोत्रीको धार्मिक यात्रापछिको गन्तव्य भारतको हरिद्वार, ऋषिकेश, मनसादेव हुदै पूर्णागिरिमा पुग्दछ तीर्थालु । पूर्णागिरि धार्मिक यात्रापछि नेपालको कञ्चनपुरमा रहेको सिद्धबाबाको दर्शन नगरेसम्म धार्मिक यात्रा अधूरै हुन्छ भन्ने धार्मिक विश्वास छ । यसकारण हजारौं भारतीय हिन्दुधर्मावलम्बी नेपाल भित्रने गर्दछन् । यसलाई नेपालको तीर्थाटनसँग जोड्न सके सुदूरपश्चिममा धार्मिक पर्यटनको ठूलो सम्भावना लुकेको छ । यता कैलालीको बेहडाबाबा मन्दिर भारतको लखनऊसम्म बस्नेको 'कुलदेवता'नै मानिन्छ । हरेक दशहरामा ५० आंै हजार भारतीय कैलाली भित्रन्छन् । व्यवस्थित गर्नसके यो अर्को सम्भावना लुकेको छ सुदूरपश्चिममा ।

बैतडीको निगलाशैनी मन्दिर, त्रिपुरासुन्दरी, मेलौली भगवती, दिलाशैनी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर, डोटीको शैलेश्वरी मन्दिर, बाजुराको बडीमालिका मन्दिरसहितका यी सातवटा शक्तिपीठसँग जोड्न सकेमा ठूलो धार्मिक पर्यटनको सम्भावना सुदूरभूमिमा रहेको छ । यहाँ छाउपडी, कमैया, देउकी, हलीया दलित छुवाछूत अझै खोजिन्छ । जो समयको गतिसँगै पखालिँदै गइरहेका छन् । समाजमा यसले नकारात्मक सन्देश मात्र दिन्छ त्यसैको मात्र खोजी गरिनु बिडम्बना कारण हो ।

'मृगले आफ्नै नाभीको कस्तुरी' चाल नपाएजस्तै सुदूरपश्चिम बनेको छ । सुदूरपश्चिमेमा राज्यलाई चुनौती दिने ठूलो साहस छ भन्ने कुरा नेपालकै दोस्रो ठूलो विमानस्थल कैलालीमा यहाँका जनताले आफ्नै सक्रियतामा बनाएर देखाएवाट प्रस्ट हुन्छ । सुदूरपश्चिममा उत्साह छ, ऊर्जा छ, युक्ति छ । केवल त्यसलाई बुझ्न सकिएको छैन ।

सुदूरपश्चिमको अर्को ठूलो सम्भावना कर्णार्ली चिसापानीमा पुल निर्माण भए लगत्तै पर्खेर बसेको छ । त्यो हो, पर्यटनको सुन्दर गन्तव्यस्थल सुदूरपश्चिम बन्ने सम्भावना । एसियाकै दोस्रो आकर्षण कर्णलीपुल हरेक नेपालीले जीवनमा एक पटक हेर्न भ्याउनै पर्ने स्थान हुन सक्छ । कर्णलीको ठीक पश्चिम दक्षिणमा करिव ३० किलोमिटरको दूरीमा नेपालकै प्रख्यात टीकापुरपार्क आगन्तुकको पर्खाइमा वर्षौंदेखि प्रतिक्षारत छ । जहाँ राजा महेन्द्र र वीरेन्द्रले पश्चिम जाँदा विश्राम र शिकारका लागि निर्माण गरेका सुन्दर बङ्गला अझ उस्तै खुलेका छन् । जहाँ ४० भन्दा बढी प्रजातिका गुलाफ पाइन्छन् ।

यो पर्यटकीय यात्रा विश्वरामसार सुचीमा सूचीकृत कैलालीको घोडाघोडीतालसँग थोरै दूरीले जोड्न सकिन्छ । जम्मा ५० किलोमिटर जतिमात्रै पर घोडाघोडी ताल रहेको छ । पर्यटनको विकास र सम्बर्द्धनमा राज्यले सुदूरपश्चिमलाई समाहित गर्ने बुद्धिमता देखाउने हो भने घोडाघोडीदेखि झण्डै ६०/७० किलोमिटर पर रहेको शुक्लाफाँटा आरक्ष, त्यसको नजिकै रहेको दोधाराचाँदनीको आकर्षक अनि सबैभन्दालामो झोलुङ्गे पुलमा पर्यटकको मन भुलाउन सकिन्छ । कञ्चनपुरको उत्तरी चुरेफेदिसँग जोडिएको बेतकोटतालमा पर्यटकको जीवनभरको बोझिलो थकाई बिसाउने स्थल बनाउन सकिन्छ ।

सगरमाथाको यात्रा १५/१८ दिनको छ भने सुदूरपश्चिमको पर्यटन गन्तव्यलाई दुई सातादेखि डेढ महिनालामो बनाउन सकिने सम्भावना रहेको पर्यटनविद रविजङ्ग पाण्डेको अध्ययनले देखाउँछ । सुदूरपश्चिमसँग जडरुढी मान्यता मात्र छैनन् । कैलालीको चुरे खैरालामा ऐतिहाँसिक 'गर्भा दरबार' छ । माओवादीका अध्यक्ष प्रचण्डलाई समेत अवलोकन गर्ननदिइएको डडेल्धुराको अमरगडी, अजैमेरुकोटमा ठूलो पर्यटकीय तथा खोज अन्वेषणकर्ताको आकर्षण बन्नसक्छ ।

पर्यटन गन्तव्यका लागि सुदूरपश्चिम गतिलो गन्तव्यस्थान बन्ने सम्भावना चार जिल्लाको संगममा रहेको 'संसारको स्वर्ग' खप्तडमा लुकेको छ । बझाङको सात हजार ६१९ मिटर अग्लो शैपाल हिमाल, दार्चुलाको ७ हजार ३३२ मिटर अग्लो अपी हिमाल, छ हजार ७५४ मिटर अग्लो लाम्पा हिमाल, छ हजार ८५० मिटर अग्लो जेठी-बहुरानी हिमाल पर्यटन गन्तव्य २०११ को आकर्षण बन्न सक्थ्यो । त्यो बनाइएको छैन । बझाङ्को दावचौरमा रहेको चर्चित सेती नदीको उदगम स्थल, खप्तड दह, डोटीको ठूलो केदार, बझाङकै कैलाश हिमाल, सिद्धनाथलगायतका स्थान यहाँको सम्भावनाका गतिला स्रोतको पहिचान राज्यले नगरिदिनु सुदूरपश्चिमको बिडम्बना हो ।

Thursday, February 3, 2011

हामी कहिलेसम्म बिरालो बाध्ने ?


पत्रिकामा छापिने महंगा समवेदना, १३ दिनको किरिया, अनाबश्यक अनुष्ठान र दानका लागि वर्षैपिच्छे गरिने श्राद्धका खर्च बटुलेर कुनै सकारात्मक कार्यमा लगाउनु बढी उपयोगी हो कि भन्ने मेरो सोचलाई साच्चिकै समर्थन गर्ने मान्छे निश्चय नै पनि फेला पर्छन् होला। म्याद सकिएका कर्मकाण्ड र ब्यर्थेका बर्जनाहरुमा टेकेर गरिने हाम्रो संस्कारको यो पक्ष किन यति फिजुलखर्ची र प्रदर्शनमुखी भएको भन्ने प्रश्न बारम्बार मनमा आइरहन्छ । कसैलाई आफ्नो आफन्त गुमाउँदा परेको पीडा उसको नितान्त व्यक्तिगत भोगाइ हो। त्यसले उसलाई कुन रुपमा र कति हदसम्म आहत बनाएको छ भन्ने कुरा उसले कसैलाई देखाउन वा बताउन पर्दैन। त्यो सम्वेदनशील समयमा मान्छेलाई परेको विपत्तिको पीडाहरु हलुंगो बनाउने वा त्यसलाई बिर्साउन सहयोग गर्ने पो नियमहरु बन्नुपर्ने हुन्। तर कुनै बेलामा पुरेत पण्डितहरुले आफ्नो दूनो सोझ्याउनका लागि बनाएका नियमहरुको अन्धानुकरण किन गर्दैछौ ? बिचारणिय प्रश्न छ ।
खौरेको कपाल, टाउकोमा सेतो टोपी र धूलो-धुवाँले मैलो बनाएको एकसरो लुगा देखेपछि के भएको रहेछ त्यतिकै थाहा हुन्छ ।।   वर्ष दिनसम्म रहने यो पहिरनले हरेक दिन पटकपटक आफन्त गुमाउदाको त्यहि पिडा, त्यहि प्रश्न र त्यही उत्तरको क्रमलाई निम्त्याइ नै रहन्छ। पिडितले नचाहेर पनि हरेक दिन त्यो पीडा भोगिरहने भए। एउटा मान्छे मरेर गएपछि उसका नजीकका ज्यूँदा मान्छेहरुलाई अनावश्यक बोझ र पीडा थप्ने यो चलनको अर्थ फेरि एकपटक केलाउनु पर्ने भएकोछ ।
०६७ पुषमा काकाको अन्त्येष्ठिमा वहाँका हामि ८ जना छोरा-भतिजाहरु गाऊमा जम्मा भएका थियौ । हाम्रै गाऊँमा बाबु मरेका एक जना नाबालक आफन्तलाई १३ दिन बार्ने नाममा परेको अप्ठ्यारो र थरिथरि मान्छेले आआफ्नो हिसाबले तोकेका नियमहरु बडो बिरोधाभासपुर्ण लागे  । कलिलो उमेरको त्यो बबूरो जसलाई पानी कसरी उमाल्ने  भन्ने समेत थाहा थिएन, उसलाई १३ दिनसम्म चीसो भुईंमा परालमा सुताएर, आफै पकाएर खान लगाएर, गरुड पुराणको नाममा बाहुनहरुलाई दानदक्षिणा गर्नका लागि भावनात्मक शोषण गर्दा उसको बाबुले मोक्ष पाउँछ भन्ने कुरामा मलाई पटक्कै बिश्वास लागेको थिएन। त्यो बिचराको १३ दिनसम्म कस्तो दुर्गति भयो भनि साध्य नै छैन ।  तर धर्म र संस्कारका ठेकेदाररुपी ज्ञाताहरुले उनलाई परम्पराको नाममा यातना दिइरहे । एकोहोरो लाग्ने यो अव्यावहारिक नियममा आफ्ना नजीकका मान्छेहरुले दुःख पाएको देख्दा मर्ने मान्छेको आत्मा के प्रसन्न हुन्छ होला त?
एकातिर आफ्ना छोराछोरीलाई अंग्रेजी विद्यालयमा पढाउँछौ, विदेश पठाउँछौं अनि त्यहाँबाट फर्केर आएर उसले आफ्ना लागि पिण्डदान गर्ला भनेर आश पनि गर्छौं। एक जना परिचितका छोराले यी सब कुरा गर्न नमान्दा उसलाई धर्मविरोधी र पातकी भनेर आरोप लागेको कुरा म सम्झिन्छु । बाबुप्रति कुनै भावना नभएको छोरामा ऊ गनियो।  ऊ जीवनभर आफ्नो बाबुलाई सम्झेर एकान्तमा जे सुकै गरोस, त्यसको कुनै अर्थ भएन। किनभने उसले आफन्त र समाजलाई १३ दिनको नाटक देखाएन। कसै कसैले त १३ दिन किरिया बस्न बाहुनलाई भाडामा राखेको समेत देखिन्छ । व्यापारको रुपमा, कमाइको लागि ती ब्राम्हण बसेको किरियाले मर्ने मान्छे स्वर्ग पुग्यो होला भन्ने कुरामा बिश्वास गर्ने आधार के हो,कुन्नि। किरिया नगरेर आत्मा भट्किने भए बिश्वेश्वरप्रसाद कोइरालाको आत्मा पनि अहिलेसम्म भटकिनु पर्ने र उनका खलकको त कुभलो पो हुनुपर्ने हो। अहिले कै समाजमा पनि कतिपय व्यक्तिले मृत्युपरान्त आफ्नो शरीर नै पनि चिकित्साशास्त्रका बिद्यार्थीहरुका लागि दान गरेका छन्। तर हामी मध्ये कतिले त्यसलाई पच्छ्यायौं? वास्तवमा जो श्रद्धापुर्बक पितृहरुलाइ दिईन्छ, त्यो नै श्राध्द हो । श्रद्धया पितरं दीयते क्रियतेवातत् श्राद्धम्। वैदिक ऋषि भन्छन, हे पुत्र! तिमी शरीररहित भएको बेला आफुलाइ सम्झ । त्यो समय माता पिताको अंशबाट तिम्रो शरिर बनेको थियो । आज तिनै माता पिता शरीर रहित भएकाछन, कष्टमा छन । अत: यो शरीर पुष्ट गर्ने तिम्रो कर्तब्य हो । कालान्तरमा तिम्रो शरीर पनि सकिनेवाला छ । कति राम्रो कुरा ! तर हामीलाई गरुड पुराणको रुपमा पण्डित पुरेतहरुले सुनाउने त्रासपूर्ण कुराहरुले यति धेरै तर्साएको छ, हामी तर्कलाई एकातिर पन्छाएर बिना कुनै बिवाद यो परम्परालाई पच्छयाइरहेका छौं। कसैलाई आफ्ना परिवारजनले यो सब पीडा र परिभ्राटबाट मुक्ति पाउन् भन्ने लाग्यो भने पनि उसले जोगीमन्त्र सुन्नैपर्छ भन्ने कस्तो बाध्यता हो ।
देशको सिमान्त क्षेत्रलाइ सबभन्दा धेरै देवता, मन्दिर, बिश्वास र बर्जना भएको स्थान मानिन्छ । केहि महिना अगाडि कान्तिपुरमा खवर आएको थियो बैतडीमा बिकास निर्माणकालागी आएको अधिकांश रकम मन्दिर निर्माणमा खर्च भयो रे । बिडम्बना त के छ भने एकपल्ट मन्दिरनै तोडफोड गर्नेहरु अहिले मन्दिर बनाउनका लागि रकम उठाउदैछन । मन्दिरमा लिखित उजुरी लेखेर टाँसीएका हुन्छन । समाज गुजुल्डिएको अवस्थामा छ ।हाम्रो कार्यपध्दति आर्थिक बिकासतिर निर्दिष्ट छैन । मन्दिरको सजावट निर्माण र श्रृंगारमा आधुनिक सामान लाग्न सक्दछ भने, नयाँ भावना किन लाग्न सक्दैन ? मन्दिरहरुलाइ अनाबश्यक महंगो भन्दा आकर्षक र स्वाभाबिक पो बनाउनु पर्ने हो । पहिला पो समाजको बचत मन्दिरमा लगाइन्थ्यो । गहनाको रुपमा सुरक्षित राखिन्थ्यो । र गाणधनको रुपमा थन्क्याइन्थ्यो । यो निकम्मा बचत नै आर्थिक रुपमा प्रतिकुल रह्यो । अब अनुपयोगीसंस्थालाइ दान दिनु भन्दा बिद्यालय अस्पताल वा बृद्धाश्रम वा पुस्तकालयलाइ दान दिन उपयुक्त हुन्छ । दानदक्षिणाका लागि अरु धर्मले पनि अभिप्रेरित नगर्ने होइनन् तर गरीबगुरुवालाई सहयोग गर्न भन्छन् उनीहरु। अझ कति धर्मले त माग्नेलाई समेत नदेऊ भन्छ । कारण उनीहरु कमसेकम हात फैलाएर माग्न त सक्छन्
, । तर हामी पुरेत र गुरुहरुलाई पोसेर पितृको कल्याण हुनेमा बिश्वास गर्छौं। आफूलाई अनावश्यक दुःख दिनाले मरेकाहरुले बैतरिणी नदी पार गर्ने भ्रममा अल्झिन्छौं। पहिला रोम तिर पनि पोपहरु स्वर्ग जानका लागि टिकट काटथे रे । तर अहिलेको समाजका मान्छे पनि तर्कलाई एकातिर पन्छाएर यो कुरीतिलाई निरन्तरता किन दिइरहेका छन्? हरेक कुरा समय अनुसार परिवर्तन र परिमार्जन हुन्छन् भने संस्कारको खोल ओढाइएका यस्ता कुराहरु बदल्न किन कोही तत्पर हुँदैन? घुस दिएर काम गराए जस्तै यस्ता अनुपयोगी र निहित स्वार्थप्रेरित कथित धार्मिक संस्थालाइ दान दिएर पापशोधन र पुण्यबर्धन हुन्छ होला त ?
अहिले पनि समाजमा दोहरो कुरा गर्ने ,झुक्याउने, ठग्ने, धम्काउने र मौका मिले चोर्न पनि पछि नपर्ने बानि यथावत छ । राजनिति त भनाइ र गराइमा देखिएको अन्तरबाट आर्जित पद र पैसाबाट पो मुल्यांकन गरिदो रहेछ । जनमानस नया बिचार, नया प्रबिधि र नयाँ नेतृत्वप्रर्ति सशंकित छ । बरु आफ्नै रुठ धर्म र बिश्वासले गाँज्दै ल्याएको छ । निसन्देह धार्मिक मान्यता परम्पराबादि हुन्छ। बाबुबाजेको बिडो थाप्ने हाम्रो मान्यता नै हो । यो मानसिकतामा नया चेतना उमार्नु र उम्रिनु चानचुन कुरा होइन । हाम्रा गाउँमा कुलो चलाइ पानि ल्याउनु भन्दा देवता खुशिपारि पानी बर्षाउने अनुष्ठान गरिन्छ । डाक्टरको ओखति भन्दा मसानीको भाकल सहज ठानिन्छ । अन्यायको प्रतिरोध भन्दा देउघातमा बढि निष्ठा छ । बिभिन्न कामकालागि बिभिन्न देवता स्थापित छन । के देवलोकमा पनि सरकारकोजस्तो कामपिच्छे अलग अलग बिभाग होलान र ?
धर्म प्रधान जनता भावुक हुन्छन । बिबेक र तर्क-बुद्धि धर्मका लागि बाधक हुन्छ । उधारो परमार्थ महत्वपुर्र्ण तर नयाँ सिध्दान्तको महत्व बेकार लाग्न सक्दछ । तर अब पुराना भग्नाबशेष र पुराना संस्थामा मल्हमपट्टि गरि श्रम खर्च गर्ने दिन गए । अभावको जगमा न अध्यात्म पाइन्छ न सन्तोष नै । अत: आर्थिक प्रगतिका लागि नयाँ प्रबिधि र नया बिचार स्विकार्नुको बिकल्प छैन । अभावमा जिउनेहरुलाइ सन्तोषको पाठ पढाएर धर्मले मनोब्यबस्थापन गर्दछ । अल्प उपयोगको अर्ति पनि प्रकारान्तरले अभावकै ब्यबस्थापन हो । तर बिरालो बाधेर गरिने आधुनिक अपब्ययलाइ धर्मको अफिम मान्दा फरक पर्दैन ।
कुरान, बाइबल वा हाम्रा धर्मग्रन्थहरु पनि त गहिरिएर पढ्दा त्यसबेलाको समाजलाई डोर्याउन बनेका सम्बिधान नै त हुन । पन्ध्र वर्ष पुरानो संविधान अहिलेको युग सापेक्ष भएन भनेर आमूल परिवर्तनका लागि जुटेका हामीहरुले पन्ध्रसय वर्ष पहिले धर्मका रुपमा बनेका संविधानलाई चाहिँ आँशिक रुपमा भए पनि फेर्नु पर्ने बेला आएकोछ ।