Saturday, February 24, 2024

मष्टादेवका धामी चलेपछि

मष्टादेवका धामी चलेपछि: कसैले “तिमी ईश्वर मान्छौ ?” भन्ने प्रश्न गरेमा मेरो जवाफ हुन्छ, “म ईश्वर मान्छु । म ईश्वर मान्दिनँ ।” मन्दिरहरू पुग्छु, पूजापाठ गर्छु, जपतप गर्छु, मानिआएको हिन्दु परम्पराको पालना गर्छु । त्यो पनि श्रद्धापूर्वक । आफ्नो लागिभन्दा पनि समाजको लागि, अझ भनाँै परिवार वा आफन्तका लागि यी सबै कुरा गर्दा रमाइलो लाग्छ । यसैबिच बझाङ आइपुगेपछि स्थानीय तहको नाम कण्ठ पार्दै गर्दा एउटा नाममा गएर अड्किएँ– मष्टा गाउँपालिका । नाम नै मष्टा भइसकेपछि मष्टादेवको मन्दिर त पक्कै होला भन्ने पनि लाग्यो । मोही पारिसकेपछि नौनीको धूप हाल्ने परम्पराबाट हुर्किएको हुँदा ‘बाह्रमष्टा’ भन्ने नाम कण्ठै थियो । कुलदेवताको रूपमा पूजिआएको देवताको नाम भुल्ने कुरा पनि भएन । ढँडार मष्टाको मन्दिर छ भन्ने थाहा पाएपछि मन अडिएन । माघ १३ को दिन मष्टादेवताको मन्दिरमा पुग्ने लक्ष्यले उकालो लागियो ।