Sunday, March 3, 2013

दश वर्षपछि नेपाल


(साभार-हिमालखबर ९ फाल्गुन, २०६९) 
- हिमाल टीम
संसारसँग प्रतिस्पर्धा गर्ने बेला हामी आपसी कलहमा छौं। मैले सोचे जस्तो हुने भएकाठमाडौं र पोखरामा सीमित कार डोल्पाका चिल्ला सडकमा गुडाउने थियौं। एभ्रो र बोइङ हिमाली डोल्पाको सुन्दर आँगनमा उतार्थ्यौं। यी डाँडाचुचुरा, नदीकिनार र बेंसीहरूलाई मनकामनाको जस्तै केबुलकारले जोड्थ्यौं।
विकट हिमाली जिल्ला डोल्पाको लिकुस्थित जनप्रभा उमावि, कक्षा १० का अंकलाल चलाउनेले सन् २००६ मा बीबीसी नेपाली सेवाको मैले सोचेजस्तो हुने भएशीर्षकको प्रतियोगितामा लेखेको निबन्धको अंश हो, यो। सात वर्षअघि र अहिले पनि असम्भव झै लाग्ने चलाउनेका यी सपना विपना हुन लागेको संकेत भने देखिन थालेका छन्।
देशमा भइरहेको विकासलाई नियाल्दा कर्णाली अञ्चलका पाँचमध्ये कालीकोट, जुम्ला र मुगु जिल्लामा मोटर गुड्न थालिसकेको छ भने डोल्पा र हुम्ला जाने सडक धमाधम बन्दैछन्। जुम्ला र हुम्लाका विमानस्थल पिच भइसकेका छन् भने १० वर्षमा डोल्पा, मुगु र कालीकोटमा पनि बाह्रै महीना चल्ने कालोपत्रे धावनमार्ग भएको विमानस्थल बनिसक्नेछ। राजनीतिक अस्थिरता समाप्त भएर योजना कार्यान्वयन हुन पाए भने अबको एक दशकमा डोल्पा, हुम्ला र मुगुका सडकमा चलाउनेले सोचे झ्ैं चिल्ला कार गुड्नेछन्। काठमाडौंका बजारमा कर्णालीका फलफूल र जडीबुटी सजिलै पाइनेछन्।
अबको १० वर्षमा झ्ापाबाट केही घण्टाको रेलयात्रामा कञ्चनपुर पुगिनेछ। काठमाडौं उपत्यकामा मेट्रो रेलसँगै मास ट्रान्सपोर्टेसनका अरू सेवा शुरू भइसक्नेछन्। विकासको प्राथमिकता निर्धारणका साथ स्रोतका लागि विदेशी लगानीकर्ता जुटाउँदै योजना कार्यान्वयन गरे एक दशकभित्र तराईमधेशका २२ जिल्लामा विद्युतीय रेलयात्रा संभव हुनेछ। सुरुङमार्गसहितको १८७ किमी लामो काठमाडौंपोखरा र तिब्बतको केरुङरसुवागढीकाठमाडौं रेलमार्गको योजनाले नेपाललाई भारत र चीनको व्यापारिक साझेदार बनाउनेछ।
राजनीतिक स्थिरता र लगानी मैत्री वातावरण मात्र पाए काठमाडौं उपत्यकामा ७६ किमी मेट्रो रेल सेवा पनि अब टाढा छैन। योजना अनुसार काम हुनपाए दश वर्षमा पूर्वपश्चिम मध्यपहाडी राजमार्गसहित सबै जिल्ला सदरमुकाम जोड्ने सडक पिच भइसक्नेछ।
वि.सं. २०८० सम्ममा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनेर सञ्चालन भइसक्नेछ भने विराटनगर, पोखरा र भैरहवा विमानस्थल अन्तर्राष्ट्रिय सुविधाका हुने हुनेछन्। काठमाडौं विमानस्थलको क्षमता विस्तार योजना त कार्यान्वयनमै आइसकेको छ। आउँदो एक दशकमा देशभरका सबै अर्थात् ५५ वटा आन्तरिक विमानस्थलको धावनमार्ग पनि पिच भइसक्नेछ। यसबीच, पूर्वपश्चिम राजमार्गको समानान्तर हुलाकी सडक र काठमाडौंलाई तराईसँग जोड्ने दुई वटा फास्ट ट्रयाकपनि सञ्चालनमा आउनेछन्। मुलुकका विभिन्न ठाउँमा ६ लेनका सडक र काठमाडौंमा ८ लेनको चक्रपथ बनिसक्नेछन्, ठाउँठाउँमा फ्लाइओभर सहितका।
मध्यपहाडी लोकमार्गले छुने बसन्तपुर (तेह्रथुम), फिदिम (पाँचथर), खुर्कोट (सिन्धुली), बैरेनी (धादिङ), डुम्रे (तनहुँ), बुर्तिबाङ (बाग्लुङ), चौरजहारी (रुकुम), राकम कर्णाली (दैलेख), साँफेबगर (अछाम) र पाटन (बैतडी) १० ठूला शहर बन्नेछन्। यसबाट आसपासका क्षेत्रमा पनि शहरीकरण र आर्थिक गतिविधि बढ्ने नै छ। यी सबका लागि स्रोत जुटाउन राजनीतिक स्थिरता त चाहियो नै।

समृद्धिका अरू अस्त्र
दैनिक १४ घण्टा लोडसेडिङ खेपिरहेको नेपालमा राजनीतिक स्थिरताका साथ लगानीमैत्री वातावरण बन्यो भने अबको १० वर्षमा लोडसेडिङ शून्य हुनेछ। पूर्व अर्थसचिव रामेश्वर खनालका अनुसार, १० वर्षमा ७००० देखि १०,००० मेगावाट विद्युत् उत्पादन हुनसक्छ। अहिले नै १२,००० मेगावाट क्षमताका ४०० आयोजनाले विद्युत् सर्वे र १८०० मेगावाटका ६० आयोजनाले निर्माण लाइसेन्स लिएका छन्। निर्माणाधीन आयोजनाहरूले पाँच वर्षभित्रै करीब २००० मेगावाट विद्युत् उत्पादन गर्नेछन्, जुन लोडसेडिङ अन्त्यका लागि पर्याप्त हुनेछ।
मुलुकको कुल गार्हस्थ उत्पादनमा एकतिहाइ योगदान पुर्‍याइरहेको कृषि अबको दशकमा आर्थिक समृद्धिको प्रमुख आधार बन्नेछ। सरकारको कृषि विकास रणनीतिले दश वर्षमा कृषिजन्य निर्यातलाई अहिलेको रु.२४ अर्बभन्दा दोब्बर रु.५३ अर्ब पुर्‍याउने लक्ष्य लिएको छ। रु.३१ अर्बको कृषि व्यापार घाटालाई शून्यमा झार्ने अनि कृषियोग्य भूमिको ६० प्रतिशत (अहिले १८ प्रतिशत) मा सिंचाइ सुविधा पुर्‍याउने सरकारको लक्ष्य छ।
नेपालमा चुनढुंगा, म्याग्नेसाइट, फलाम, शिशा, जस्ता, सुन, खरी, प्राकृतिक ग्याँस, कोइला, मार्बल, बहुमूल्य पत्थर, कृषि चुन लगायत ६० भन्दा बढी खनिज पदार्थको भण्डार छ, जो नेपाली समृद्धिको अर्का अस्त्र बन्न सक्छ। तर, ६० प्रतिशत सम्भाव्य क्षेत्रको अध्ययन नै हुन बाँकी रहेको खानी तथा भूगर्भ विभागका वरिष्ठ इन्जिनियर कृष्णदेव झा बताउँछन्। अध्ययन गरिएको ३९ हजार वर्ग किमी क्षेत्रका तीन दर्जनभन्दा बढी खानीमा १ अर्ब ७ करोड टन चुनढुंगा पाइएको छ, जसले नेपाललाई सयौं वर्ष सिमेन्टमा आत्मनिर्भर बनाउँछ।
नेपालमा २० करोड टन म्याग्नेसाइट रहेको पत्ता लागेको छ। अहिले प्रतिटन म्याग्नेसाइटको भारु ६००० पर्छ। सामान्य प्रशोधनपछि बिक्री गर्न सकिने कोइला, मूल्यवान पत्थर, मार्वल, खरी, क्वार्जाइट, कृषि चुनका पनि नेपालमा ठूला भण्डारहरू रहेको अध्ययनले देखाएको छ। ८९ ठाउँमा फलामको र १०७ ठाउँमा तामाको खानी फेला परेको छ भने ७० ठाउँमा सुन खानीको संभावना देखिएको छ ।
काठमाडौं उपत्यकामा ३१.६ करोड घनमिटर प्राकृतिक ग्याँस रहेको प्रमाणित भइसकेको छ। शिशाका ४९, चाँदीका १३, टीनका १७, जस्ताका २५ र म्याग्नेसाइटका १६ वटा खानी पत्ता लागेको खानी विभागको मिनरल रिसोर्सेस अफ नेपालपुस्तकमा उल्लेख छ। खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वजित महतो नेपाली पहाडमा मुलुकको समृद्धि लुकेर बसेकोबताउँछन्। त्यसलाई खोतल्ने स्रोत जुटाउन पनि राजनीतिक स्थिरता त चाहिन्छ नै।
स्वास्थ्य र शिक्षामा उपलब्धि

कैयन् ठाउँमा आधारभूत स्वास्थ्य सेवा नपुगे पनि नेपालले स्वास्थ्यमा उल्लेख्य प्रगति गरेको छ। मातृशिशु मृत्युदर घटाएको नेपालको सफलता एशियामै उदाहरणीय छ। सहस्राब्दी विकास लक्ष्य अनुसार नेपालले सन् २०१७ भित्रै मातृ मृत्युदर प्रति एक लाखमा १३४ र शिशु मृत्युदर ३३ मा झार्ने लक्ष्य लिएको छ। अहिलेका ४३९३ स्वास्थ्य संस्था अबको १० वर्षमा ८८०० पुग्नेछन् र सुविधासम्पन्न अस्पताल संख्या १०५ बाट २१० हुनेछन्। त्यसबेला ८५० जनसंख्या बराबर एक चिकित्सक हुनेछन्।
अहिले शुरू भइसकेको मिर्गौला प्रत्यारोपण अझै गुणस्तरीय हुनेछ भने मासी (बोनम्यारो), कलेजो र मुटु प्रत्यारोपणको सुविधा पनि शुरू भइसक्नेछ। आँखा र दाँतको उपचारमा नेपालले अन्तर्राष्ट्रिय ख्याति कमाउन थालिसकेको छ। भारत, जापान, युरोप र अमेरिकाका बिरामी नेपाल आइरहेका छन्। आउँदो दशकमा नेपाल आँखा र दाँत उपचारको विश्वकेन्द्र बन्न सक्छ।
नेपालको प्राविधिक, व्यावसायिक र सीपमूलक शिक्षाले राम्रो नतिजा दिनथालेको छ। साक्षरता प्रतिशत ६५.९ पुग्दै गर्दा नेपाली शिक्षित जनशक्ति अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बन्न थालेको छ। ५१५ वर्ष उमेर समूहको विद्यालय भर्नादरले ९६ प्रतिशत टेकेको छ। आउँदो दशकमा नेपालमा ग्रामीण विकास, द्वन्द्व व्यवस्थापन, जेण्डर स्टडी, माइक्रो बायोलोजी, बायोलोजिकल साइन्स, इकोनोमिक साइन्स, सोसल साइन्स जस्ता नयाँ विषयको पढाइ शुरू हुने शिक्षाविद्हरू बताउँछन्। यी विद्याले नेपालीलाई अनुसन्धान र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा थप सक्षम बनाउनेछ।
लोककल्याणकारी राज्य २०५१ सालमा शुरू गरिएको वृद्धवृद्धा र विधवालाई मासिक भत्ता दिने सामाजिक सुरक्षा कार्यक्रम आउँदो दशकमा अझ् व्यापक र परिणाममुखी हुनेछ। आर्थिक वर्ष २०५२/५३ मा रु.२८ करोड बजेट रहेको सामाजिक सुरक्षा बजेटले आव २०६९/७० मा रु.११ अर्ब नाघेको छ। पूर्वकर्मचारीहरूले पाउने पेन्सन र सामाजिक सुरक्षाका अन्य कार्यक्रम समेत जोड्दा यो आवमा राज्यले रु.३० अर्बभन्दा बढी खर्च गर्नेछ।
शुरूमा ७५ वर्ष पुगेका ज्येष्ठ नागरिक र ६० वर्ष माथिका विधवालाई मात्रै सुरक्षा भत्ता दिने गरिएकोमा आव २०६५/६६ बाट ज्येष्ठ नागरिकको उमेर हद ७० कायम गरिएको छ। दलित र कर्णाली अञ्चलवासीले त ६० वर्षमै ज्येष्ठ नागरिक भत्ता पाउँछन् भने एकल महिलाको उमेरहद हटाइएको छ। त्यसैगरी, पूर्ण तथा आंशिक अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जातिमा सूचीकृत पूरै जनसंख्या, देशभरका दलित तथा कर्णालीका सबै जातिका पाँच वर्षमुनिका दुई बालबालिकालाई पोषण भत्ता दिइन्छ। यो आवमा असक्त, असहाय र सीमान्तकृत समुदायका कुल २१ लाख ५६ हजार १९९ जना (कुल जनसंख्याको ८.१३ प्रतिशत) ले यो सुविधा पाउनेछन्। आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने तीन वर्षअघिको सामाजिक सुरक्षा कोषको अवधारणालाई पनि प्रभावकारी बनाए राज्यमाथि पर्ने भार समेत घटाउँदै संगठितअसंगठित दुवै क्षेत्रका कर्मचारीमजदूर, विदेशमा काम गर्ने नेपालीदेखि बेरोजगार र विपन्न नागरिक सबैले राज्यले हेरेको अनुभूति गर्नेछन्। त्यो कार्यक्रम कार्यान्वयन हुने हो भने १०१५ वर्षमा अधिकांश नेपालीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सकिनेछअवधारणा तयार हुँदा अर्थमन्त्रालयमा वरिष्ठ आर्थिक सल्लाहकार रहेका अर्थविद् केशव आचार्य भन्छन्, “अनि लोककल्याणकारीराज्यको अभ्यास थप सार्थक हुनेछ।
समाजशास्त्रीमानवशास्त्रीहरू आउँदो दशकमा बालविवाह ह्वात्तै घट्ने विश्वास गर्छन्। नयाँ पुस्ता लैङ्गिक विभेदको विपक्षमा हुने र महिला सशक्तिकरण बढ्ने भएकाले महिलामाथिको हिंसा निकै घट्नेछ। सम्पत्तिमा महिलाको स्वामित्व १९.७१ प्रतिशत पुगेको सुखद् संकेत जनगणना २०६८ ले दिइसकेको छ। २०५८ मा ९.११ प्रतिशत मात्र महिलाको नाममा घर वा जग्गा थियो।
खेलमा पनि सम्भावना
राज्यको प्राथमिकतामा परे आउँदो दशकमा दक्षिण एशियामा नेपाल एउटा खेल शक्तिबन्ने क्रिकेटमा भएको प्रगतिले देखाएको छ। यही गतिमा अगाडि बढ्ने हो भने नेपालले आउँदो दशकमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसँग वानडे खेल्न सक्छ। त्यो अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने बाटो खुल्ने नै छ। क्रिकेटसँगै फूटबलको पनि सम्भावना छ, नेपालमा। शर्त उही होराजनीतिक स्थिरता र राज्यको लगानी।

Tuesday, February 12, 2013

इन्ड अफ बाहुनिज्म

-देश सुब्बा-
नित्सेको 'ईश्वरको मृत्यु', रोलाँ बार्थको 'लेखकको मृत्यु', फुकुयामाको 'इतिहासको अन्त्य', ल्योतारको 'महाख्यानको अन्त्य', 'केन्द्रको अन्त्य'। यसैलाई जोडेर मैले भर्खरै एउटा रेडियो अन्तरवार्तामा 'बाहुनवादको अन्त्य' भनेँ। कसैले आज नभए भोलि भन्ला।
सबैतिर अन्त्य र मृत्युको कुरा उठिरहँदा सम्झेँ- ठीक बोलेँ या बेठीक! सुन्नेलाई लाग्ला- कति उग्र भनाई! यथास्थितिमा रहेको समाजलाई अमान्य हुन सक्छ। युरोपलाई अन्धकारमा राखी धर्मको हावी भएका बेला दार्शनिक रेने डेकार्तले दर्शनलाई जब धर्मको पन्जाबाट छुटाए, त्यतिखेर विरोधमा आवाज उठेको थियो। चार्ल्स डार्बिनले 'विकासवाद'को घोषणा गर्दा संसारलाई ईश्वरको सृष्टि मान्नेहरू हान्ने गोरुजस्तै रन्थनिएका थिए। ती सबै मिलाएर आफैलाई प्रश्न गरेँ।
नेपालमा पनि धेरै यथास्थितिवादी छन्। 'इन्ड अफ बाहुनिज्म'ले उनीहरूलाई रन्थनाउन सक्छ। के रन्थनाउँछ भनेर डेकार्त, डार्बिन चुप बसेको भए संसार नयाँ अर्थबाट बु‰न सकिन्थ्यो? अवश्य सकिँदैनथ्यो। त्यसो भने किन दुरगामी महŒव राख्ने बाहुनवाद अन्त्यको कुरा नगर्ने! हाम्रा समालोचकलाई पाश्चात्य मृत्यु ल्याएर नेपाली समालोचनामा मिसाउन कति सजिलो! आफ्नै देशमा वर्षौंदेखि जेलिएको जालोबारे बोल्न, लेख्न र समालोचना गर्न किन सास जालाजस्तो भएको! अब त साहित्यिक समालोचनाको एउटा पाटो मृत्यु र अन्त्य भइसक्यो। केन्द्रहीनता भइसक्यो। मलाई मृत्युको यस खेलमा बाहुनवादको अन्त्य बोल्न मन लाग्यो, बोलेँ। मैले यसलाई कुनै जाति, क्षेत्र, विशेष ठानिनँ। कुनै कालखण्डमा उमि्रएको समाजको कुसंस्कार, अन्धविश्वास ठानेँ। यस खेलमा धेरै लिलिपुट र कम्ती गुलिबर छन्। यस्तो भत्काउन आए- संरचनावाद उल्टाउँदै उत्तर संरचनावाद, निर्माण भत्काउँदै विनिर्माण। थोरै शासक धेरै शासितको ठाउँमा अब शासित शासक र शासक शासित हुनुपर्छ भन्ने 'सबाल्टर्न स्टडिज' आयो रणजीत गुहाको नेतृत्वमा।
मैले 'अपमान' उपन्यासलाई पाठकको कठघरामा उभ्याएँ। के यसको अपराध 'इन्ड अफ बाहुनिज्म' हो? त्यो बाहुनवादले एउटा घरेलु सर्पजस्तै लिम्बू, राई, गुरुङ, मगर, शेर्पा, मधेस, पहाड, लिम्बुवान, खम्बुवान, पूर्वपश्चिम सबैतिर डसिरहेको छ। आफूभन्दा कमजोर, निरीह, दुर्बल, नारी, तेस्रो लिंगी, आदिवासी, जनजाति, उत्पीडित, बाहुन, क्षेत्री सबैमा। जातको उपजातभित्र पसेर डसिरहेको छ। संस्कार, स्वतन्त्रता, न्याय, अधिकार सबैतिर। लिम्बू राईले दलितलाई, बाहुनले आफ्नै बाहुनलाई। सबैले उत्पीडित र नारीलाई। दलित जातिभित्र पनि 'तँ सानो, पानी नचल्ने, छुवाछुत' जस्ता विषय उठ्छन्। लिम्बूको सुनौली रुपौली, जार उठाउने र गैर लिम्बूमा दाइजोप्रथामा आइरहेको छ। राई, लिम्बू, गुरुङ, मगरको गाउँमा आफूजस्तै मान्छेलाई सानो जात भनेर पढ्न, लेख्न नदिने, मन्दिर पस्न नदिने, पानी थाप्न नदिने संस्कारमा देखिन्छ। हिन्दुलाई हिन्दुले रामायण, महाभारत, वेदजस्ता ज्ञानगुनका पुस्तक पढ्न नदिने प्रचलन। पाश्चात्य साहित्य समालोचनामा ठेलीका ठेली पुस्तक लेखेर आफूलाई उम्दा साहित्यकार, समालोचक ठान्ने साहित्यिक गुरुको समालोचनामा किन परेन! किन परेन अनिता चमार, गोल्छे सार्की, मानबहादुर विश्वकर्माको भेदभावपूर्ण जीवन। सधैं पाश्चात्य अर्थ र भनाई ल्याएर वाचल हुने पण्डित्याइँको अन्त्य हुनुपर्छ। मैले बोलेको बाहुनवाद अन्त्य ती सबै विचार, व्यवहार, कुसंस्कार, अन्धविश्वास, साहित्य विलासी, रुढीको विरुद्धमा हो। मैले लेखेको अपमान नयाँ नेपालको पूर्व परिकल्पना हो। कुनै व्यक्ति, जाति विशेषलाई अपमान गर्नु होइन। गल्ती देखाउनु अपमान हुँदैन, सम्मान हुन्छ। म ऐतिहासिक गल्ती सच्याउन खोजिरहेको छु।

डिस्को, म्याक्डोनाल्ड केएफसीजस्तै स्वादिष्ट भनाई ल्याएर साहित्य गर्ने नामी साहित्यकारको नेपालमा हालीमुहाली छ। खोई बाहुनवादको अन्त्य लेख्ने साहसी साहित्यकार, समालोचक, पत्रकार! भनिन्छ- उत्तम साहित्यिक रचनाले समाजलाई अराजकताबाट जोगाउन सक्छ। कस्तो साहित्यलाई उत्तम मान्ने, कुन साहित्यिक कृति उत्तम छ भनेर बु‰न केही 'टचस्टोन' अथवा छानिएका, मानिएका 'राम्रा' शेक्सपियर, वर्ड्सवर्थ, किट्सजस्ता लेखकका कृतिलाई मापदण्डको रूपमा लिनुपर्छ। त्यस्ता कृतिले 'टचस्टोन' वा मापदण्डको काम गर्छन्। कुनै नयाँ कृति उत्तम छ वा छैन भनेर बु‰न ती कृतिलाई विश्वप्रसिद्ध 'टचस्टोन' सँग तुलना गरेर हेर्नुपर्छ। यदि नयाँ कृतिले पुराना 'टचस्टोन'झैं अनुभूतिको गहिराई वा शब्द संयोजनको सौन्दर्यशास्त्र प्रतिविम्बित गरेका छन् भने भन्न सकिन्छ- हो, यी नयाँ कृति उत्तम साहित्यिक र सांस्कृतिक कृृति हुन्।'
के म्याथ्यु आर्नोल्डले यस्तै समालोचना गरेर आफूलाई अमर बनाए? नेपाली साहित्य सधैं यही धारले चल्छ? कि बाहुनवाद अमर पक्ष हो? कुनै दिन सबाल्टर्न, दलित, उत्पीडित, मधेसी, आदिवासी, जनजाति, नारीको पक्षधर रेमन्ड विलियमजस्ता समालोचक, रणजीत गुहाजस्ता सबाल्टर्न स्टडिज आउँदैन? अवश्य डेरिडाजस्तो पुरानो संरचना भत्काउने उत्तरसंरचना समयको उड्ने घोडामा चढेर आउँछ। बेलायतमा पनि आयो। बेलायती मार्क्सवादी विचारक रेमन्ड विलियमले आर्नोल्डले औंल्याएको उच्च संस्कृति तथा लोकप्रिय संस्कृतिमध्येको विभाजनलाई प्रश्न गर्दै भने- आर्नोल्डले भनेको सांस्कृतिक विभाजन वर्गीय विभेदमा आधारित छ। के शेक्सपियर, किट्स, वर्ड्सवर्थजस्ता लेखक आफैं पनि उच्च वा मध्यमवर्गीय परिवार थिएनन्? विश्वविद्यालयका पाठ्यक्रममा 'प्रख्यात' लेखकका रचना उच्च वा मध्यमवर्गकै पाठकले पढ्दैनन्? मजदुर तथा किसानजस्ता वर्गकाले पढ्ने, सुन्ने लोकगीत वा कविता 'उच्च साहित्य'का भागमा हुनै सक्दैनन्? शेक्सपिएरकै समयमा अस्ट्रेलियाको कुनै आदिवासीले लेखेको साहित्य 'टचस्टोन' हुँदैन?
नेपाली साहित्यमा माओवादी राजनीति सुरु हुनुअगाडि २०५२ सालदेखि जातीय सवाल, संघीयताको धारणा, गणतन्त्रको वकालत गर्ने उत्तरनेपाली साहित्य 'अपमान' आयो। अपमानले वर्षौंदेखि चलिआएको बाहुनवादमा भएको कुसंस्कार, कुरीति, अन्धविश्वास, रुढिवादलाई उल्टाउने साहस गर्यो। नेपाली समाजमा राजनीति, धर्मसंस्कार यति बिघ्न विस्तार भएको छ। न यसको जरा काटेर हुन्छ न हाँगाबिगा। जति फैलियो उति विष हुन्छ समाजमा। कुनै व्यक्ति विशेषको आनुवांशिकता पनि होइन। जसले यसमा अंश दावी गर्छ उसलाई पनि यसले भष्म बनाउँछ। समाजमा यस्तो हानिकारक भष्मे राख्नु हितकर हुँदैन। यसलाई उन्मूलन नगरी समाजमा फैलिएको हत्या, हिंसा, बलात्कार, छुवाछत, भेदभाव समाधान हुन सक्दैन। दिनदिनै निर्दोष छोरीचेली बलात्कारको शिकार भइरहेका छन्, छाउपडीको कारण गोठतिर मरिरहेछन्। गरिब हुँदा बोक्सीको आरोपमा जलाइन्छ। उच्च जातको गर्भ बोकेर अनिता चमार प्रशासन र सञ्चारको संरक्षणमा आइपुगिन्। कसले भन्न सक्छ यसमा बाहुनवादको वीर्य छैन भनेर? जातीय, लैंगिक भेदभावको बीज कुनै जंगलमा पनि उमि्रन सक्छ। शिशुपाललाई कृष्णले धेरै अपमान गरेको फल दियो महाभारतमा। भेदभावकारी समाजको 'अपमान' उपन्यासले मात्र होइन, धेरै-धेरै अपमानले धावा बोल्नुपर्छ। देशमा विद्यमान आर्थिक, सामाजिक, राजनैतिक सबै समस्याको रुढ बाहुनवाद होइन र? सबैतिर जातीय समन्वय, सहअस्तित्व, प्रेम, सम्मान, आदरको भावना विकास गर्न सबै जातमा भएको 'बाहुनवाद' को अन्त्य हुनुपर्छ तब मात्रै साँच्चैको 'नेपाल' बन्छ।
(साभार-नागरिक १फागुन २०१३)

Wednesday, August 29, 2012

फित्जरोय किनारका केहि दिन



     सुदूर पश्चिम नेपालको पहाडबाट बिश्वकै सुदूर दक्षिण गोलार्धको प्रशान्त महासागर तटसम्म पुग्ने यात्राको तारतम्य मेरो लागि अकल्पनिय बिषय थियो । तर यो सुखद संयोग ०६८ चैत्र २० गते दिउसो ३ बजे सिल्क एयरको जेटले त्रिभुवन बिमानस्थल छोडनासाथ जुर्न गएको रहेछ। सप्रेको बुध्द एयरलाइन्स र बिग्रेको सिंगापुर एयरलाइन्स जस्तो लाग्ने सिल्क एयर बाटै मेरो परिचितबाट  अपरिचिततर्फको नितान्त नौलो यात्रा शूरु भयो। बिमानस्थलमै परिचित बनेका सहयात्री थिए कृषि तथा पशुबिज्ञान अध्ययन संस्थानका पुर्ब डीन डा देवदत्त ढकाल, नेपाल कुखुरा ब्यबसायी संघका अध्यक्ष डा तिलचन्द्र भट्टराइ र वहाँकै धर्मपत्नी। बंगालको खाडीमा आएको आँधिका कारण सिंगापुर पुग्दा नपुग्दै १५ मिनेट ढिलो भैसकेको थियो।  फलस्वरुप अष्ट्रेलिया जाने पुर्बनिर्धारित प्लेन छुटन गयो। तर सिंगापुर एयरलाइन्सले लगतैको अर्को फ्लाइटमा टिकट मिलाइ दिएपछि २।३ घण्टा बिश्वकै ब्यबस्थित मध्येको एक मानिने सिंगापुर एयरपोर्ट भित्र घुमियो।

  राति १० बजे  बोइंग चढेर ब्रिस्बेन तिर उड्यौ। मेरो सीट बेग्लै परेछ। घोसे चिनिया सहयात्रीसंग खासै खुल्न सकिएन।  रहर गरेर समुद्री खाना (सी फुड) मगाए, तर खान सगस भयो। समुद्र माथि रातिको उडान, बाहिर केहि देखिदैन। सीट अगाडीको स्क्रिनमा गुगलअर्थ चहार्दै रात बित्यो। एउटा अंग्रेजी फिल्म पनि हेरी भ्याए। बिहान ब्रिसबेनमा सात बजि सकेको थियो । मैले अर्को गोलार्ध टेके।
  डा सुर्य भट्टराइ हाम्रो यात्रादलको स्वागतार्थ एयरपोर्टमै आइपुगेका रहेछन । मलाइ रकहेम्पटन जान डोमेस्टिक एयरपोर्टमा पु-याएर प्लेन टिकट काटिवरी उनी कृषि सम्बन्धी कुनै कार्यक्रममा लागे। हाम्रो यात्रादल छुट्टियो। डा सुर्यको पाहुना हुने मौका रकहेम्पटनमा समेत मैले पाए। बडा सहयोगी र फरासिला मानिस रहेछन उनी।
  नितान्त एक्लो भए पनि अष्ट्रेलियाको यसपछिको घरेलु यात्रा मेरोलागि शिक्षाप्रद थियो। फ्लाइटमा बिना पैसा केहि पनि नपाइने । ७५०मि लि मिनरल वाटरको साढे चार आष्ट्रेलियन डलर अर्थात झण्डै ४०० रुपिया । एउटा केरा-रोटी (बानाना केक) को ५ डलर। सहयात्री गौरांगी मांसल मेमसाप थिईन। ससाना बार्तालाप सुखकर थिए। सफा, स्निग्ध र हरित उपत्यकामा राकहेम्पटनको घरेलु बिमानस्थल त्रिभुवन अन्तरराष्टिय बिमानस्थलभन्दा बृहद् र ब्यबस्थित लाग्यो। बिमानस्थलबाहिर छोरा दिपक आफनो गाडी सहित हाजिर थियो। म अब घरेलु बाताबरणमा निष्फिक्री रमाउन पुगे।



  क्विन्सलैण्डको स्टेट क्यापिटल ब्रिसबेनबाट ६०० किमि उत्तर र नजिकको समुद्रि तटबाट ४० किमि टाढाको यो नगरमा बर्षको ३०० दिन पारिलो घाम लाग्दोरहेछ। यसैकारण घामतपुवा पर्यटक बर्षैभरि देखिदा रहेछन।  यो नगरको जनसंख्या २००६ मा ७४५३२ रेकर्ड गरिएकोछ। रोकहेम्पटनमा झण्डै आधा दर्जन डाक्टर, यतिकै कृषिबिज्ञ, दर्जन बढि ईन्जिनिर, उच्च शिक्षा अध्यनमा लागेका थुप्रै बिद्यार्थि, सर्भेयर, कुक, नर्स जस्ता सशक्त नेपालीको संख्या सयको हाराहारिमा होला। सेन्ट्रल क्विन्सलैण्ड युनिभर्सिटिको मुख्यालय यहि छ। याहाँका बिशाल कृषि फर्महरुका कारण यसलाई गोमांस को राजधानी(बिफ क्यापिटल) भनिदोरहेछ। शहरका चोकहरुमा बिशाल साँढेहरुका सजीब जस्ता मुर्ति राखिएकाछन।
  नजिकैको आर्थर हिलबाट शहरको मनोरम दृश्य देखिन्छ। एमु पार्क, एप्पोन जस्ता केप्पिकर्न किनारका ससाना नगर नजिकै छन। यो दारुमबाल जनजातिको आदिथलो पनि हो। बिशाल फित्जराय नदिको किनारमा राकहेम्पटनको केन्द्रिय ब्याबसायिक केन्द्र(central bussiness district) छ। नदिमा भै रहने आधुनिक नौकाहरुको  दौड सारै मनोरम हुन्छ। बिशाल सपिंग कम्पलेक्सहरुमा देखिने भिडभाड बाहेक सडकमा बिरलै मानिस भेटिन्छन। चौडा र सफा सडकमा निरन्तर गुडीरहने चिल्ला गाडीहरुको लस्करले नगरको सम्पन्नता बर्णन गरिरहेको हुन्छ।
 फित्जरोय( Fitzroy )क्विन्सलैण्डको प्रमुख नदि हो। क्विन्सलैण्ड अलग्गै प्रान्त नबनेसम्म न्यु साउथवेल्सकै एउटा हिस्सा थियो। न्यु साउथ वेल्स कै तत्कालिन गभर्नर चार्ल्स फित्जरोयको नाममा नै यो नदिको नामकरण गरिएको थियो। यि नदिको प्रसवण क्षेत्र १४२६६५ ब कि मि छ। राकहेम्पटन र एमराल्ड शहर यसैका किनारमा बसेकाछन। यि शहरहरुमा पानीको आपुर्तिका अतिरिक्त यस क्षेत्रका कोइला खानीहरु, खेतिपाति र चरनकालागि समेत यसै नदिको पानी प्रयोगमा ल्याइन्छ। प्रख्यात अष्ट्रेलियन माछा बारामुडि यसै नदिमा मात्र पाइन्छ। यसको बेसिन दुर्लभ चराहरुको संरक्षणक्षेत्र पनि हो
  एप्पोन र एमुपार्कमा घुम्दा मैले प्रथम पटक नजिकबाट महासमुद्रको दर्शन गरे। भुपरिबेष्टित देशको नागरिकले समुद्रको पानिमा खुट्टा हाल्ने अवसर कहाँ पाउनु? समुद्र मेरालागि महान जिज्ञासाको बिषय थियो। त्यसै पनि ओशियनोग्राफी कहिल्यै पुरा नहुने जिज्ञासाको समुंद्र हो।  समुद्र भित्र के के छ, कसलाइ पो थाहा छ र? अष्ट्रेलियामा एकसे एक आकर्षक एवं प्रसिद्ध समुद्र तटीय पर्यटकस्थल छन। लाखौं पर्यटक समुद्र किनारमा घुमघामकालागी आउछन। सिडनी नेशनल पार्क देखि ईडन सम्म समुद्री बीच फैलिएकोछ।  खाड़ी किनारमा अचंभको बन्यजिबन छ । पेनगुइन र ह्वेलजस्ता प्राणि यहाँ नै देखिन्छन। 
  रोकहेम्पटन बसाइकै क्रममा माउन्ट मोर्गनको पुरानो सुनखानी पनि घुमियो। चोरीको आरोपमा थुनामा परि अष्ट्रेलिया निर्वासनमा पठाइएको १७ बर्षे दर्जी केटो मोर्गनको नाममा यो सुन फल्ने सानो पहाडको न्वारान गरिएको रहेछ। मोर्गनले सर्बप्रथम यहाँका गोठालाहरुको बस्तिमा कपडा सिउने काम शुरु ग-यो। त्यसपछि कम्पनी दर्तागरी सुन झिक्ने काम थाल्यो। सन १८५१-१९८१ सम्म यो बिश्वकै ठुलो सुनखानी मध्ये एक थियो। यहाँ डाइनासोरको पाइलाछाप पनि सुरक्षित छ। नजिकै एउटा शिबमन्दिर पनि स्थापित छ। यसै गरी कोस्टल क्विन्सलैण्डको सबभन्दा ठुलो बन्दरगाह ग्लेडस्टोन पनि हेरियो। कोइलाबाटै बिजुली निकालिएको र दैनिक लाखौ टन कोइला पानि जहाजबाट चीन पटाइएको अष्ट्रेलियाइ उपक्रम यहि देखियो।
 अष्ट्रेलियामा करीब एक लाखको हाराहारीमा नेपालीहरुको संख्या पुग्दैछ । करीब २५/३० वर्ष अगाडि सिड्नीबाट सुरु भएको नेपालीहरुको अष्ट्रेलिया आउने क्रम आज मेलबोर्न, बृजवन, पर्थ, एडलेड रोकहेम्पटन आदि सबै प्रमुख शहरहरुमा पुगेको छ । विद्यार्थीहरुका लागि पनि यताका केही वर्षहरुमा अष्ट्रेलिया एक प्रमुख आकर्षक गन्तब्य बन्दैछ ।


  करीब २५० वर्ष पूर्व क्याप्टेन जेम्स कुक नाम गरेको बेलायती नागरिकले पानी जहाज खियाउदै जाँदा अनायास अष्ट्रेलिया महादेश फेला परेको हो भनिन्छ। हाल  आठ वटा राज्य र क्षेत्रहरुमा बाडिएको अष्ट्रेलिया आफैमा एक देश पनि हो र महादेश पनि हो । भौगोलिक आकारका हिसाबले विश्वको छैठौं स्थानमा परे तापनि जनसंख्याका हिसाबले नेपाल भन्दा पनि थोरै करीब तीन करोड जनसंख्या मात्रै छ । खानी, कोइला, तेल, युरेनियम आदिले गर्दा आर्थिक रुपमा सशक्त यस देशलाइ विश्वकै डरलाग्दो आर्थिक मन्दीका बेलामा पनि खासै फरक परेन । करीब ३७ वटा आदिवासी समुदाय भएको अष्ट्रेलियाले आज पनि बेलायतकै महारानीलाई राष्टप्रमुख मान्दछ र आफुलाइ सार्बभौमसत्तासम्पन स्वतन्त्र राष्ट भन्दछ  ।

 क्याप्टेन कुकको बेलाको बेलायती संस्कार र परम्परा अनुसार हरेक राम्रा कुरालाई कुनै पनि तरिकाले कब्जा गरिहाल्ने बेलायती नीति रहेको हुदा अंग्रेजहरुको गिद्दे दृष्टि अष्ट्रेलियामा पनि परेको थियो । प्रारम्भमा बेलायतका अपराधीहरुलाई  (Convicts) अष्टेलियामा जहाजबाट ओसारियो । उनीहरुलाई यातनापूर्वक बाटो बनाउने, खेती गर्ने आदि काममा प्रयोग गरियो । केही पानी जहाजमै यात्रा गर्दा मरे भने केही कठोर शारीरिक परिश्रम गर्दागर्दै मरे र केही नया ठाउमा प्राकृतिक रुपले अनुकुल हुन नसक्दा रोग लागेर मरे । केही वर्षपछि जर्मनी, इटली आदिका धनाढ्यहरु पनि आकर्षित हुँदै गए र नया बस्ती बस्दै गयो । एकातिर सहरी जीवन बढदै गयो, आधुनिक विकासक्रम बढ्दै गयो भने अर्कोतिर अष्ट्रेलियाको मूल जीवनशैली, आदिवासी संस्कृति, प्राकृतिक जीवनपरम्परालाई विनष्ट पारियो ।
  भनिन्छ, लाखौंको संख्यामा त्यहाका आदिवासीलाई सभ्य भनाउदा गोरा जातिले संहार गरे । शिकार खेलेर, आगो लगाएर, रोग सल्काएर अत्यन्तै अमानवीय, भयावह तरिकाले सयौं ठाउँहरुमा स-साना कबिला बनाएर अष्ट्रेलियाका जंगलहरुमा वा अनकन्टार निर्जन स्थलहरुमा फैलिएका यी जंगली जातिलाई मारेर निमिट्यान्न पार्न नसकेपछि नया षड्यन्त्रकारी योजना अनुसार मातृ भाषा मास्दै अंग्रेजी भाषा सिकाउन थाले । निर्वस्त्र स्वतन्त्र प्राकृतिक जीवनलाई बन्द गरेर नया लुगा बाडन थाले । प्राकृतिक जिवनभन्दा आधुनिक जीवनशैली सिकाउन थाले । यतिले पनि नपुग्दा  आदिवासीका बच्चाहरुलाई बलजफती छिने र गोराहरुकै परिवारमा हुर्काउन थाले, शिशुकालदेखि नै अंग्रेजी संस्कार दिन थाले ।
 करीब पचास वर्ष पहिलेको अत्यन्तै अमानवीय घृणित कार्यहरुको stolen generation भनेर चिनिने कालो इतिहासलाई भने क्रमशः आजभोलि अष्ट्रेलियाका आदिवासीले  भुल्ने क्रममा छन् । २००८ सालतिर तत्कालीन प्रधानमन्त्रीले सार्वजनिक रुपमै क्षमा मांगे आदिवासीसंग । आदिवासी भाषा र संस्कृति , संगीत, कला आदिलाई बचाउनका लागि वर्तमान सरकारले पनि कैयौं व्यापक कार्यक्रम र योजना ल्याएको छ । गोरा र कालाहरुको बीचको सम्बन्धलाई नजिक्याउनका लागि अनेकौं सामाजिक कार्य पनि तीव्र रुपमा भइरहेका छन् । सरकारले क्रमशः खुला उदार नीति अपनाउदै आएकोछ। क्रमशः जापान, चीन , भारत, कोरिया , भियतनाम आदि मुलुकबाट पनि मानिसहरु भित्रिंदै जादा आष्ट्रेलियामा सबैका लागि खुला र स्वीकार्य Multi Cultural Society  स्थापना हुदैछ।  “काम गर, कमाउ र आरामले बाँच” भन्ने चिन्तन नै यहाँ ब्याप्त देखिन्छ। सबै नागरिक कर्मनिष्ट योगी जस्ता लाग्दछन। यो प्राज्ञहरुको बिमर्श-स्थल भन्दा पनि प्रबिधि र श्रमको कार्य-स्थल हो। सरकारले सबै पुर्बाधार तयार गरि आफनो कर्तब्य पुरा गरेकोछ । तर भन्नैपर्छ, शिक्षाको हिसाबले र अन्य भौतिक प्रगतिका हिसाबले उत्कृष्टतम अबस्थामा पुगे तापनि अष्ट्रेलियाका  मानवीय मूल्य,मान्यता, संस्कार र आदर्शको भने दिनानुदिन ह्रासोन्मुख देखिन्छ।
  फित्जरोयकै किनारमा एकदिन बहुराष्ट्रिय सांस्कृतिक महोत्सबको  आयोजना गरिएको थियो। यो एक किसिमको बहुराष्ट्रिय भोजन महोत्सब पनि थियो। यसमा नेपाली किशोरी पियुषा गौतमको ‘ गुराँस फुल्ने डाँडामा” भन्ने बोलको गीतमा नाचेको शानदार नृत्यले झलझली नेपालको सम्झना गरायो। भारतीय टोलीको “जिन्दगीके चार दिन, बाँकी सब बेकार दिन” भन्ने गानाले महोत्सबलाइ नै नृत्यमय बनायो। अष्ट्रेलियन जनजातिको थारुको कौडानाच जस्तो र मंगोलियाको सेर्पाको स्याब्रु नाच जस्तो नृत्यले पनि नेपालको बहुसंस्कृतिकै झल्को दियो। कज्जाक प्रौढाहरुको नाचले ” वन्स मोर” को हुटिंग का साथ प्रथम स्थान भेटायो। दक्षिण भारतिय खाना सर्बोत्कृष्ट भोजन ठहरियो। अचम्भ! दर्शकहरुलाई दिइने सरप्राइज गिफ्टको खाम त मलाइ पो दिइयो। यो निश्चय नै मेरो नेपाली ढाका टोपीको कमाल थियो भन्नेमा नेपालीहरु एकमत थिए। फुडसिङ भनिने भियतनामी डिपार्टमेन्टल स्टोरबाट बस्तुमा साटन सकिने यो “राम्रै” गिफ्ट चेक थियो। मैले पनि मौलिक भियतनामी खाद्यबस्तु किन्नमै यो उपहारको प्रयोग गरे।
  फटाहाहरू जहाँ पनि हुन्छन। इन्टरनेट सर्भिस प्रोभाइडर एजेन्सीको कर्मचारि बताएर एउटा कंप्युटर ह्याकरले एकदिन परेशान गरेको घटना सम्झिन्छु। उसले आउटलैण्ड कलसेन्टरबाट रिमोट एसेसले कंप्युटर ह्याकिंग गरि गच्छेअनुसार रकम माग्दोरहेछ। मसंग के थियो र ह्याक गरिरहोस । २ दिनपछि लाइनमा आयो मोरो। चुहिने धारा बनाउन पलंबरले तारेख दिइ रह्यो, तर हाम्रो बसोबासको स्तर अनुगमन गर्न नगरपालिकाको समाजकल्याण अधिकृतले भेटघाटलाई निरन्तरता दिइरह्यो।
 अष्ट्रेलियन आदिबासीको बारेमा जान्न मैले पुस्तकालय चाहारे, संग्रहालय हेरे।  यिनका बारेमा सारै थोरै जानकारी मात्र सुरक्षित राखिएकोरहेछ। तर राकहेम्पटनकै पुस्तकालयमा कुनै मि हडसन नामका गोरा महाशयले तत्कालिन ‘गोर्षा महाराज’ को राज्य इलामको तल्लो भेगमा शिकार खेल्दा मारेको दुर्लभ ‘सेतो रतुवा मृग’ को फोटो भेटियो। मेरै भ्रमण अवधिमा अष्ट्रेलियन ब्रोडकास्टिंग कम्पनी ए बी सी ले कर्णाली किनार कैलाली-बर्दिया तिर बस्ने राजी जनजातिको बारेमा बनाएको बृत-चित्रलाइ ग्लोबल भिलेज शिर्षकमा देखाएको थियो।
 यहाँ बालबालिकाको समष्टिगत बिकासकालागी राज्यले थुप्रै लगानी गरेकोछ। समाजमा बालअधिकारको सम्मान छ। स्वास्थ्य र शिक्षा निशुल्क छ। ६ बर्ष नपुगी स्कुल भर्ना गरिदैनन्। कक्षा ७ सम्म कुनै पाट्यपुस्तक बोक्नै पर्दैन। सबै शैक्षिक सामग्री सहजै बिद्यालयमा उपलब्ध छ। नानीहरुका लागी आबश्यक ‘पाकेट खर्च’ समेत सरकारले ब्यहोर्ने रहेछ। नेपाल भ्रमण गरि फर्केकी एउटी सानी अष्ट्रो-नेपाली बालिकाको भनाइ सम्झिन्छु- नेपालमा त बिजुली पनि जादो रै छ, तर गाडीमा सीटबेल्ट नबाधेरै बस्न पाइने हुदा रमाइलो लाग्दछ।
  प्रौढ र बुढापाकाको जमातलाइ एउटा लेखमा “युबा शक्तिको पाइपलाइनमा मिसाइएको ढल” ( dranage in the pipeline of youth power ) भनिएको रहेछ। आदिबासीहरुलाई special need group ( ख्याल राख्नुपर्ने समुदाय) मानिदो रहेछ। वास्तबमा अन्तिम आधा जीवन भने यहाँको कुनै बृध्दाश्रममा वा aged care center को आश्रयमा बिताउनु पर्ने बाध्यता छ अधीकांश बुढाबुढीहरुलाई। बृध्द-बयलाई absored parody of earliar life मानिन्छ। त्यसैले होला, यिनीहरुको जिम्मा सरकार, स्थानिय निकाय, समाज, परिवार वा कुनै  संस्था कसले लिने भन्ने कुरामा अझै बिबाद र बहस चलीरहेकोछ।
  भनिन्छ, परंपरागत लिकमा चल्नेहरु नयाँ कुरा सिक्न सक्दैनन। अन्धानुकरण गरिरहदा हामी साँच्चै घटिया दर्जाका नक्कलबाज हुन्छौ या क्रुर सामाजिक यन्त्र-चक्रका शिकार हुनेछौ। ओ हो, तै पनि यो अन्ध अनुगमनलाइ म जिवन भनीरहेकोछु।  यो यात्रामा मैले हुनु पर्छ र हुनु पर्दैनको बखेडालाइ बिदा गरे । आखिर बिचार भनेको पनि संस्कार, स्मृति र सुचनाको योगफल मात्र हो । पुर्बीय मान्यता र पश्चिमी जीवनशैलीको मिसमास अप्राकृतिक लाग्ने नै भयो।
 तर मान्छे भनिने जनावर बडो बिचित्रको छ। तिर्खा नलागे पनि पानी पिउन जान्दछ। ऋतुकाल बाहेक पनि रमाइलो गर्न सक्दछ। लेखेर वा ईशारा गरेर पनि अभिब्यक्त हुन जानेकोछ। यदाकदा कुनै अज्ञातको नाममा मंदिर, मस्जिद वा स्मारक बनाएर पनि सन्तोक गर्न सिकेकोछ। राकहेम्पटनमा बस्दा सडक किनारमा प्रात: भ्रमण गर्दै नजिकैको उद्यानमा पुग्थे, जहाँ मृतकको संझनामा हजारौ सुन्दर फुल रोपिएका थिए। यो मसानघाटको उपबनले मलाइ भावुक बनाउथ्यो।

 क्विन्सलैण्ड बिश्वबिद्यालयको बिशाल चउरमा कंगारुको जत्थासंग खेल्न खोज्ने मेरो ३ बर्षे नातिनि अपालाले भैसी पाल्ने र दुधमा पानी हाल्ने बलरामको नेपाली गीत गाएको रन्को अझै गएको छैन। वास्तबमा यो प्रशान्त टापुमा बस्दाको महतम उपलब्धि नै यी सानी ज्ञानी बालिकाको सानिध्य पाउनु थियो।  छोरा दीपकको धारणामा घुम्नु र खानु पिउनु पनि जिबन होला। रूढिबादिको भ्रम पालेर दुख नबेसाउने, पैसा कमाउने र मोजमजामा दिन बिताउने बिदेश बासको नियति नै हो। लाग्छ, नेपालको बर्तमानले छोराबुहारीको पुस्तालाइ केहि दिन सकेको छैन। यसरी टाढा बस्दा उनीहरु इतिहासको ब्याज तिर्नबाट मुक्त भएको सम्झदा हुन् । तर सम्बिधान नबनी संबिधान सभा नै बिघटन भएको दिन हाम्रो पारिवारिक मण्डलीलाई नरमाइलो लागीरह्यो। लगतै न्यायाधिश रणबहादुर बमको हत्याले झन दिकदार बनायो। रूढी, राग, गलत ईतिहास र भ्रान्त धर्मको भारा बोकेर म हिडिरहेकैछु- अभिसप्त सिसिफस जस्तै।

Wednesday, June 27, 2012

सावधान

शरमलाग्दो श्रोतबाट, 
ठगीढाँटि कमाएको धनले, 
शहरमाझ ठड्याएको तिम्रो सदनमा ,
सुचना पो झुण्ड्याएको रहेछ,

"कुकुरदेखि साबधान" ।




                                                                 (फोटो गुगलको सौजन्यबाट)

Tuesday, May 22, 2012

तोकिएको यात्रा







थोत्रो गाडी
जिर्ण सडक
तोकिएको यात्रा
उफ---जिन्दगी ।

Thursday, May 17, 2012

Easy Stress Busters for 10 of the Most Common Stressors



                                                                                          by Sherrie Bourg Carter, Psy.D.


Dilemma of the 21st century woman ... I know I'm stressed, but I'm so busy that sometimes just thinking about adding stress-relieving activities to my overflowing schedule is stressful.
This is the predicament of so many of today's women, juggling a hundred balls in the air at the same time and hoping that none of them fall to the ground. If this describes you, you're on a dangerous road, one that will almost certainly end in burnout unless you change your path. But how do you pull this off when your life is so busy that you feel you barely have time to catch your breath before you're off handling another to-do on what seems to be an ever-growing to-do list?
According to Harvard Medical School's Healthbeat, the key is "start small and bask in the glow of your successes." The unfortunate truth is that when you have so many stressors in your life, trying to tackle all of them can feel overwhelming and impossible to accomplish. Yet, by starting with one source ofstress in your life and focusing on simple, practical solutions for that specific stressor, those feelings can turn to a sense of well-being, knowing that you're learning skills in manageable doses that over time will help you reduce your stress and better manage your life.
Here are ten of the most common stressors followed by a few quick and easy strategies for coping with them. Healthbeat suggests picking one problem at a time and working toward relief in small steps.
1) If you're frequently late ...
Use simple time management principles that include identifying your priorities and either delegating or removing unimportant or unnecessary tasks. You also can map out your day, task by task, setting aside time for things that often take up a lot of time, but few people think to schedule time for, such as returning phone calls or responding to emails. If no matter how hard you try, you always seem to be late, then you're not giving yourself enough time, so schedule yourself an extra 15 minutes to get to your destination and remove that constantly rushed feeling from your life.
2) If you often feel angry or irritated ...
Reframe the situation. Often, cognitive distortions weigh us down and stress us out unnecessarily. Before you react, ask yourself if you're magnifying a problem, leaping to conclusions, or using emotional reasoning. Take a moment to stop, breathe, reflect, and choose a positive and productive course of action instead of an impulsive, angry one that in the long run will probably add even more stress to your life.
3) If you're unsure of your ability to do something ...
Ask for help. The strongest people ask for help when they need it, so why go it alone? If the problem is work-related, talk to a trusted co-worker, anunderstanding boss, or a close friend. In some situations, you can call the local library, read books, listen to CDs, or contact an organization that may be able to provide you with the information you need. You can also use these same resources to learn relaxation techniques.
4) If you're overextended ...
Bring in reinforcements. Hire household help. Have a family meeting to consider who can pick up some of the responsibilities that have somehow fallen on your shoulders. Ask your boss to give you some additional support until you get out of the weeds. Shop online to save time. Take a hard look at your activities and decide what is essential and what can take a back seat for now.
5) If you feel like you don't have time for stress relief ...
Use mini-stress relievers, like opening a window and breathing in fresh air, taking a quick walk in the sunshine, or deep breathing at your desk. Find a few minutes each day to slow down and pay attention to one thing that you find relaxing and calming.
6) If you feel tense ...
Try the mini-stress relievers above, or a little exercise to relieve the tension, such as a brisk walk, a quick run, a sprint up and down the stairs, or arm curls while you wait at traffic lights. 
7) If you frequently feel pessimistic ...
Reframe negatives into positives. Remember that the benefits of optimismare a happier life and better health. Laugh as often as possible. Watch or read comedies. Make a list of things you're grateful to have. 
8) If you find yourself frequently feeling upset by conflicts with others ...
Make your needs or distress known directly, avoiding “you always” and “you never.” Good templates to use are: “I feel _____ when you _____” and “I would really appreciate it if you could _____.”  
9) If you feel worn out or burned out ...
Nurture yourself. Recovery from burnout requires more than the mini stress relievers discussed so far. To deal with burnout, you really need to make time in your schedule to relax and find avenues to escape stress as much as possible. You also have to eat healthy, get enough rest, and replenish your mind and body. And if you're not feeling relief after a reasonable period of time, don't hesitate to seek professional help. 
10) If you feel lonely ...
Connect with others as much as possible, even if these are little connections. Begin by having brief conversations with neighbors or with people waiting in line at the store. Talk to colleagues. Volunteer. Join a group. Get together with a friend for coffee, lunch, or dinner. Reconnect with family or friends you may have lost touch with over the years. Take a class that interests you. The world's pleasures as well as burdens are better when they're shared.
Source: Harvard Medical School Healthbeat, "10 Simple Steps to Help De-Stress (April 24th, 2012)