Tuesday, June 11, 2013

सुदूर शब्द-सागर



बिशिष्ट मनोभावलाइ अभिब्यक्ति दिन समर्थ रहेका सुदूर पश्चिमका केहि बहु प्रचलित शब्दहरुको सानो संकलन तल प्रस्तुत छ । मानबीय संबेगको सुक्ष्मतम मनोदशालाइ भाषाको माध्यमले संप्रेषण गर्नमा यि शब्द-संपदा सर्बत्रका लागि अनुकरणिय र संग्रहणिय हुन सक्दछन । तपाइको संकलन र जानकारीमा भएका यस्ता शब्दहरु जोगाइ राखनु आजको आवश्यकता हो । हामी नेपाली भाषामा समेत यस्ता शब्द समाबेश गरि राष्ट्र भाषालाई अझ समृध्द बनाउन सक्दछौ ।
गुगुल्डी-   अतृप्त आकांक्षा
उचटा-    दिकदारि
छुद्दी-     सानो कुरामा नियत दगाउनु
झ्यारी-   आक्रोश
निफ्फि-  था्म्नै नसकिने आक्रोस,नाकका पोरा फुलाएर ब्यक्त आक्रोस,
झुक्कुर-  मनको थाम्न नसकिएको बेदना
झस्को-   चस्को, झझल्को,शंका
होस्को-   अर्काको देखासिकि
दमदमी-  के गरौ,कसो गरौ लागेको
झलेलि-  केहि गर्न नसकेकोमा जिउ चिलाएको जस्तो भएको,

दचौका-  कुराबाट मनभित्र गरिएको चोट,
निझर्को-  झर्को नभएको
झरन-   निरन्तरको चिन्ता
झिजोण- ससानो पिरलो
ठस्का-  बहाना
नकचोडाइन- अस्विकृतिबोधक तरिकाले नाक खुम्च्याएको
अनालो-  पारदर्शी नभएको,केहि थाहा नभएको
अनबिदि-  अकथनिय
अरोलो-  किचलो

No comments:

Post a Comment