Saturday, December 14, 2013

अस्ट्रेलियामा नेपालीको कृषि फार्म; वर्षमा लाखौ डलर आम्दानी


होमनिधि पौडेल (अरुण)ब्रिसवेन / स्रोत: नेपाल एक्सप्रे
अष्ट्रेलियामा वसोवास गर्ने नेपालीहरु ईन्जिनियरिंग, चिकित्सा, नर्सिंग, प्राध्यापन, पर्यटन, शिक्षा, हस्पिटालिटी, हाउजिंग, शैक्षिक परामर्श लगायत विभिन्न पेशा र ब्यवसायमा संलग्न रहँदै आएको पाईन्छ । यस्तै विभिन्न स्थानमा सयौं नेपालीहरु फार्ममा समेत काम गर्दै आईरहेका छन् । हाल आएर कृषी ब्यवसायलाई पनि नेपालीहले आफ्नो पेशाको रुपमा अँगाल्न सुरु गरेका छन् । यसको अग्रपंक्तिमा आफुलाई उभाउन सफल भएका छन् युवराज के.सी. ।
दक्षिणपूर्वी क्विक्स्ल्याण्ड स्थित हेलिडन भन्ने स्थानमा उनले केहि वर्षदेखि एउटा कृषी फार्म सञ्चालनमा ल्याएका छन् । विगत ५ वर्ष देखि ग्रिन सलादका विभिन्न प्रजातीहरुको उत्पादनका लागि प्रसिद्ध टुआम्वा स्थित के. फार्म नामक एउटा फार्ममा म्यानेजरको रुपमा काम गर्दै आएका युवराजले नीजि लगानीमा उक्त फार्म सञ्चालनमा ल्याएका हुन् । युवी फार्म नाम दिईएको यो फार्ममा सुरुवातमा विभिन्न ७ वटा रंगमा फल्ने गोलभेडाको ब्यवसायिक खेति सुरु गरिएको थियो । केसी भन्छन् अहिले फार्ममा गोलभेडा मात्र १५ भन्दा बढी रङ र आकारका उत्पादन भैरहेको छ । यो टमाटरको बजार मूल्य २० डलर प्रति किलो सम्म रहेको फार्म संचालक के सीले जानकारी दिए । उनी हप्तामा करिव १४ हजार डलरको गोलभेडा र अन्य उत्पादन बेच्छन् । उनले विरुवा रोपेको ६ हप्तामा गोलभेडा बजारमा जान योग्य भैसक्नेछन् । गोलभेडा बाहेक काक्रो र बिभिन्न प्रजातिका हरियो सलाद उनको फार्ममा उत्पादन हुन्छ ।नेपालमा मकवानपुर जिल्लाको पालुङमा जन्मिएका केसी सन् २००९मा विद्यार्थीको रुपमा अष्ट्रेलिया आएका थिए । श्रीमती नर्सिङ विषयको विद्यार्थी, महंगो पढाई खर्च जुटाउन उनी दिनरात स्थानिय कृषि फार्ममा काम गर्न थाले । त्यो काम र अनुभवले अहिले उनलाई आत्मनिर्भर बनाउदै छ । अष्ट्रेलियामा बस्ने नेपालीले विरलै गर्ने ब्यवसाय र काममा उनले हात हालेका छन् । केसी भन्छन, हाम्रा लागि यो नौलो काम हो तर अनुभवले सिकाउदो रहेछ । उनको फार्म अहिले १२ जना नेपाली र स्थानिय कामदारले रोजगारि पाइरहेका छन् । उनी हप्तामा ७ सय किलो सम्म गोलभेडा मात्रै स्थानिय बजारम बेच्छन् । साथै ब्रिसवेनका ३ सय भन्दा बढी रेष्टुरेन्टहरुमा उनको फार्ममा उत्पादन भएको ग्रिन सलाद सप्लाई हुन्छ । शिनिवार लाग्ने स्थानिय हाट बजाहरुमा पनि काँक्रो गोलभेडा जस्ता उत्पादनहरु विक्रि गर्छन् । लागानिको वातावरण मिल्यो पालुङमा अष्ट्रेलियन प्रविधिका फार्म संचालन गर्ने योजना पनि केसीले बनाएका छन् । साथै अष्ट्रेलिया आउने नेपालीलाई काम लागइदिने पहिलो संम्पर्क ब्यक्तीको रुपमा पनि केसी चिनिएका छन् ।
यो फार्म ब्रिस्बेन शहर देखि करिव ११० कि.मी. पश्चिममा पर्दछ । ७० एकड क्षेत्रफलमा फैलिएको यस फार्ममा आगामी दिनमा विभिन्न उन्नत प्रजातीका तरकारीजन्य कृषी उपजहरु उत्पादन गर्ने योजना रहेको उनले नेपाल एक्सप्रेसलाइ बताए । फार्ममा बिरुवामा सिंचाई गर्ने, टमाटरको साईज गे्रडिंग गर्ने लगायतका कामका लागि उच्चस्तरीय प्रविधि अपनाईएको छ ।विश्वब्यापी रुपमा भैरहेको मुल्यबृद्धी, कामदारहरुको अभाव, उपभोक्ताको क्रय क्षमतामा आएको हसका कारण अहिले अष्ट्रेलियको सम्पूर्ण कृषि क्षेत्रले समश्या भोग्नु परेको उनको भनाइ रहेको छ । आगामि दिनहरुमा फार्मलाई अझै विस्तार गर्दै फलफरुल र अन्य नगदे वालीहरुलाई लगाउने योजना पनि उनले बनाएका छन् ।

No comments:

Post a Comment