Monday, July 18, 2016

एक्लो भए पनि हिडदै जाउ


तिम्रो  आह्वान कसैले सुनेन, कोइ आएन भने पनि,

केही छैन एक्लो भएर हिडदै गर, हिडदै गर, हिडदै गर ।

जब सबैको बोली बन्द हुनेछ,

 बिचरा ती अभाागी हत्भागीहरु!

 घोप्टो अनुहार लाएर बसेका होलान,

 सबै  डराएका होलान ।

तिमी भने छाति खोलेर, जोशमा आएर,

मनपरेको गीत गाइरहेका हुनेछौ।

एक्लै भए पनि ।

जब सबै लुरुलुरु पछाडि फर्कनेछन,

 ती अभागी हत्भागीहरु !

 सबै पछाडी फर्कनेछन् ।

र जंगल भित्र अँँध्यारोको बेला ।

सबै कुनामा लुक्दै हराउनेछन ।।


साभार- रवीन्द्रनाथ ठाकुर
 ( जीवन दर्शनमा प्रकाशित रबिन्द्रनाथ ठााकुरको कबिताको भाावानुबाद )

No comments:

Post a Comment