Friday, July 22, 2016

टुहुरो हुनुपर्दाको क्षण ; केवल सम्झना मात्र


०७२ माघ को ब्रह्म मुहुर्त अर्थात 3 बजे बिहान । मेरी आमा सायुज्य मिलनमा गएको दिन अर्थात म टहुरो भएको क्षण । मेरा पिताजी पनि ०५२ सालको यसै सौर्यमानमा स्वर्गे हुनुभएको थिियो । कस्तो संयोग, कस्तो बिडम्बना, ठििक२० बर्ष पछि आमालाई पनि समयले चुुडेर लग्यो । म सम्पुर्ण रुपमा टुहुरो बने। स्थानिय भााषामा मुल्या बनियो, इजा- बाबा कोहि नभएको । आजैदेखि मेरि आमा अतितको कथा बनिन्।
तर किन हो कुन्नि, आमालाई भूूत र बर्तमानमा बाँडन मलाइ पटक्कै चिित्त बुझ्दैन । हो, आमाले शरिर छोडेर गइन । त्यस अघिि लोकको विधि व्यवहार छोडिन्, आफ्नो सरसम्पति छोडिन , आफना- पराया भन्न - चििन्न छोडिन । सुखदुख, तितोमिठो, नजिकटाढाको सबै भ्रम त्यागिन । एक थाान जिर्ण शरिरमा तातो छन्जेल हामीले आमा मानीरह्यौ । शरिर चििसियो, आमा गएको सक्कली र नक्कली हडवडी, अत्यास रुवाबासी चल्यो । आश्च्चर्य....
 यो कसरी हुन सक्छ ? म स्विकार्न सकिरहेको छैन ।
आमा भन्नु मेरालागि स्थुल शरिर मात्रै होइन, एक सत्य अनुभुति पनि थिियो । हाम्री आमा एक शरिर मात्रै हुँँदि हुन त मैले मेरा यिनै हातले समैची- दोभानमा वहाँलाई किन दागबत्ति दिए? म चिित बुझ्दो उत्तर नपाउदा अझैै रन्थनिन्छु । मलाइ लाग्छ, आमा कालातीत हुन्छिन्, क्षितिज र ईन्द्रधनुष जत्तिकै सीमाहीन- असिम । वहाँलाई गणितमाा बाँध्न सकिँदैन । ८४ बर्षको कालगणना मात्रै मेरी आमाकालागि प्रयाप्त छैन । चौौरासिको यो चक्करमा त उन्ले जिबनको एक चक्र मात्र पूरा गरिन् । माइति घरमा बच्चा भएर जन्मिन, आफनो स्वआर्जित कथित घरमा केही कालक्षेपण गरिन र अन्तमा पुन: बच्चा जस्तै निर्दोष निर्लिप्त रहिन् । शाायद पुन: कतै गर्भस्थ हुनेछिन र जीबनको अर्को बर्तुल फेेरि शुुरु हुनेछ ।
हो मेरि आमा मेरालागि कालातीत अनुभुति भइन । तर अनुभुतिको कालसंग के सम्बन्ध हुन्छ र? अनुभुति सदैब बर्तमानसंग मात्र रहन्छ । कुनै अनुभूत कुरा नै आत्माको अबशेष पो हो कि । मेरा बिचार खजमजिन्छन । म सपष्ट हुन सक्दिन । यस्तै अनिर्णयको अबस्थामा महाभारतका असली नायक श्री्कृष्णले भनेका थििए, आत्मा अमर छ- शरिर नश्वर छ । त्यसैले म भन्छु- मेरी आमा अझैै अस्तित्वमा छिन् । जरा जिर्ण शरिर मात्र त्यागेकि हुन् । कुनै विशालज्योति पुन्जमा बिलीन छन मेरि आमा । उनी शरीर जस्तो अस्तित्वहीन हुनै सक्दिनन् । सिमितबाट असिमित भएकिछन , बिराट र विशाल ।
म यो कथित शोकको कुनै औचिित्य देखि रहेको छैन । सम्बेदनाको नाममा हुने प्रदर्शन प्रष्ट पढिरहेकोछु । शाास्त्रको मर्म र लोकब्यबहारको बिपरीतरंगहरू देखिरहेकोछु । तर तर्पिएको पाठो जस्तै खुुरुखुरु "परम्परा" निर्बाह गर्दैछु । ओ हो, छेपारे अनुहारहरु मनोभाबलाइ लुकाउन कसरी प्रयोग हुन्छन ? बुझ्न कठिन छ । अभ्यास अर्जित रोदनहरू ईन्द्रजालका भूूतहरु जागेका जस्ता लाग्दैछन् ।
जे होस् दुनिया एक खेेल पनि हो । खेेलको एक नियम हुन्छ । म पनि छलकपटयुक्त खेेल खेेल्दैछु । मेरी आमा अझैै मलाइ भनिरहेकिछन् " न  तेरो कोहि आफनो छ न कोहि परायो । सबैलाई बराबर सम्झिनु ।"
 मेरी आम्मै! वास्तबमा हरेक ढोका न ढकढकाएसम्म आफनो वा परायो भनेर खुुट्ट्याउन सकिदो रहेनछ । घुुम्दा घुुम्दा थाकेपछि मात्र - हरेक धाारानोलाको पानी खााएपछि मात्र दुनियाको वास्तविकता बुझिदो रहेछ । आमा नहुनुको भ्रमले भयाक्रान्त भएमा म यो सत्य कसरी थाहा पाउथे र ?  यो दुनियामा गैर जरुरी केही छैन, कोहि छैन । त्यसैले बस्तुत: आफनो परायो पनि कोहि छैन । यी सब परिस्थितिले उब्जाएका शब्द हुन । यो सब आमा ले नै पढाएको पाठ हो ।
चलचित्र जस्तै म आमाका संघर्ष गाथाका कालजयी दृश्य देख्दैछु । वहाँ आफनो खाइ खेेली हुर्केको माटोमा नै बिलीन हुन चााहनु हुन्थ्यो । जिबनको अन्तिम दिनका असह्य पिडाका क्षणमा समेत वहाँले तीनवटा शक्तिलाई मात्र सम्बोधन गरेको मैले सुनेकोछु । अरु कसैसंग न याचना गरिन , न कुनै आग्र ह । न कसैसंग केही गर्ला भन्ने आशाा न डर । बडो स्थितिप्रज्ञ थििइन मेरी आमा । यदाकदा कुनै एकान्तिक भाावमा उनी गुहार लगाउथिन्- हे माटि! हेऽ बकत !! हेऽऽ केदार!!!.... ।
वास्तबमा स्थानिय लोक बिश्वाशसंग समेत गाँसिएका यी तीन महाशक्तिहरुमा मेरी आमाको महान आस्था र बिश्वास थिियो । लोकजिबनमा गारो सागुरो पर्दा आफनो धरति या माटोलाई गुहार्ने नै गरिन्छ । माटोले सँधै न्याय गर्छ भन्ने आमबिश्वास छ । शाास्त्रसम्मत भनाई पनि यहि हो । माटो अन्तिम सत्य पनि हो । त्यसै गरि बकत , बक्त,बखत , समय वा काल जति बलवान् अरु को छ र ? काल- चक्र नै समस्त श्रृ्ष्टिको प्रमुख नियन्ता हो । यसैगरि केदार हाम्रा स्थानिय लोकदेवता हुन् , इष्ट देवता हुन्, आस्थाका केन्द्र हुन् र समयका साछी हुन् । यी हाम्रो माटोका मालिक पनि हुन । आमालाई ( र मलाई पनि ) केदारले सबैको लेखाजोखा राख्दछन भन्ने अनुभूत सत्यमाथि पक्का बिश्वास थिियो । त्यसैकारण मेरी आमाले जिन्दगीमा धर्तिको माटो, समयको सुदर्शन चक्र  र केदारको आस्थालाई मात्र गुहारिन् । यो गुहार उनको अन्तिम स्फुट शब्द सम्म कायमै थिियो ।
आज उनी माटोमा कतै बिलिन भइन । समयको चक्रमा घुुम्दैछििन र केदारको समिपमा न्यायको प्रतिक्षामा हुन्छिन । म यस्तै यस्तै सोच्दैछु । म प्रष्ट लेख्न सक्दिन किनकि मुमुक्षा ( मुक्ति वा मोक्षको खोोज ) लाई शब्दमा बाधेर बताउन सकिँदैन ।
मरणोपरान्तका अनुष्ठान मलाइ मौसमी फूूल जस्ता लाग्दछन । ती सत्य होइनन, बस्तुत एउटा साम्प्रदायिकताका पक्षपोषक मात्र हुन । अन्धानुगामी वा जिज्ञासु मात्र सम्प्रदायमा बाँधिन्छ ।  मेरी आमा बृन्दाबनको बासुरी धुुन बनेकीछन । यदाकदा सपनामा म त्यो धूून सुन्दछु । " माटो र समय तिम्रा मात्र होइनन। यी सार्बकालिक सार्बभौम हुन् । केदारले तिम्रो रक्षा गर्नेछन , न्याय दिनेछन् ......"
 बैतडीको  शब्दकोषमा आमाको निम्ति प्राय: इज्या ( इजा ) शब्द प्रयोग हुन्छ । आमातुल्य स्त्री र संरक्षिकालाई पनि यसै शब्दले सम्बोधन गर्न सकिने प्रचलन छ । यो संरक्षकत्व बोधक शब्द हो । मेरी इजा मेरी संरक्षिका पनि हुन । उनले मलाइ भनेकिछन- ढाँट- डपटको चििल्लो गुलियो होइन, श्र्म र शान्तिको सुक्खा रोटि खाानु । उनले मलाइ फाइदा मात्र लिन खोज्ने स्वार्थीहरुलाइ उपेक्षा गर्न सिकाएकिछन । असंभवको कामना नगर्ने र हुनामीलाई सहजै स्विकार्ने सिधा मानिस बन्न सिकाएकिछन ।
उनले जिबनमा महान बिपति सहिन । बिपति सहनु कुनै आचरणको बिषय होइन । यो बाध्यता पनि हुनसक्छ । तर बिपतिमा पनि सुखी र आनन्दित रहनु महान आचरण हो । भनिन्छ ईश्ववर यस्तै आचरणवालाहरुसंग वस्न चाहन्छ । मेरी आमा त्यसैगरि बसेकि होलोन कि भन्ने मलाई लागि रहन्छ । मृत्यु जिबन प्रबाहको अन्तिम गन्तव्य हो । पर्बत, चट्टान नदिहरू पनि त प्रबाहित हुँदै कतै बिलीन भैैरहेकाछन । समयको सानोटुक्राबाट हामीले यो नठम्याएको मात्र हो । मेरी आमा पनि ााफना केदारसंग कतै बसेकी होलिन र भबचक्रको प्रतोक्षामा पो छन कि?  मलाई यस्तै लागिरहेकोछ ।
तन्द्रामा पनि स्वप्निल दृश्य देख्छु । आमाको बालापन, कठोर संघर्ष र अबसानका दृश्यहरू । उनको जन्म हुनेखाने परीवारमा भएको थियो । बिबाहपछि उनी गरीखाने संयुक्त परीबारमा सिमित भइन् । आजन्म बाथपिडित बुवा सगै सद्य- सुत्केरी आमाले आफनो अलग्गै घर बसाउने सपना बोकेकी थििइन क्या रे । म भन्दा जेठिदिदिले अभाावका यिनै दिनमा कुपोषणले ज्यान गुमाइ सकेकी थििइन । सासू बुहारी जेठानी देवरानीका घोोचपेचका झििना सम्बादहरुको असपष्ट सम्झना मलाइ अझैै आउछ । आआफनो नियति र नियममा आश्व्वस्त हाम्रो परिवार छाँचरोटिको स्वादमा टर्रो जीवन चपाइरहेको हुन्थ्यो त्यसबखत । बाहिरी कोठाको एक कुनामा जाँतो चल्थ्यो । हाम्री आमा एबिहानै चााल्नो भरि ( २ के जि) मकै पिस्थिन । एक कि मि टाढा बाट एक गाग्री (२० लि) पानी ल्याउथिन ।गाइभैसीको गोठ सफा गरिवरि घाँस हालेर दाउरापातका लागि बन जान्थिन । त्यसपछि मात्र हाम्रो बिहानको निन्द्रा खुुल्थ्थयो ।
म परिवारको जेठो छोरा । मेरो भााग्य र भबिष्य बारेमा उनलाइ खुुबै चििन्ता थिियो । तर म थििए सारै लुरे र अल्छि । आफनोधुनमा एकोहोरो र एकलकाँटे । मेरो मर्जी बिरुद्ध नुहाइदिदा म पुन: धुुलि धुुसरित भएर आमालाइ गिज्याउन जान्थे । धिित मरुन्जेल गुडघिउ खाान नपाए चोरेरै भए पनि  स्वाद फेेर्थे । यसरी दिक्क गरेको थििए आमालाइ । एक दिन घााममा जौंको बिस्कुन सुकाउन थााल्दा हत्केला भरि जौ- झुुस बिझेर म लगभग थला परेको थििए । मेरा हत्केला मुसारेर आमा त्यस दिन खुुब रोइन । यस्ता कमला हात पाखुराले कसरी गुजारा गर्ला भन्ने उन्लाई ठुुलो चििन्ता थिियो रे । कतिसम्म भने मेरो जन्मपत्रिमा राम्रा ग्रह राखिदिए बापत स्थानिय ज्योतिष बाजेको खेेतमा सित्ते्ैमा दुई दिन काम गरिदिएकि थििइन रे । यसरी मेरो भााग्य बनाउनका लागि आमाले गरेका ज्ञात अज्ञात श्रमसाध्य कामको शतांश तिर्न पनि मैले सकोन् , यो घििडघिडो म बाचुन्जेल रहिरहनेछ ।
म मान्दछु, आमाको यहि स्वार्थबिहिन सत्ताको म उत्तराधिकारी हुँ । मेरा निश्चित सिमा छन।  म यस्तै कतिपय दुर्घटनाको उपज हुँ । कुनै दिन यस्तै दुर्घटनामा म पनि बिसर्जित हुनेछु  । म पनियसै बर्ष साठी वसन्त खााइवरि एकसठ्ठिमा लागेकोछु । जिबनको हिसाब किताबमा मेरो जन्मनु मर्नुको उपक्रम नियतिको नियमित काम हो । मेरो प्रकृतिले मलाइ भनेकिछन, जति सक्छौ भोग गर तर एक सिन्का पनि लैजान पाउदैनौ । मेरो आमा पनि यहि सिकाएर गइन । म कामना मात्र गर्नसक्छु- वहाँको बैकुण्ठबास होस् ।







Monday, July 18, 2016

एक्लो भए पनि हिडदै जाउ


तिम्रो  आह्वान कसैले सुनेन, कोइ आएन भने पनि,

केही छैन एक्लो भएर हिडदै गर, हिडदै गर, हिडदै गर ।

जब सबैको बोली बन्द हुनेछ,

 बिचरा ती अभाागी हत्भागीहरु!

 घोप्टो अनुहार लाएर बसेका होलान,

 सबै  डराएका होलान ।

तिमी भने छाति खोलेर, जोशमा आएर,

मनपरेको गीत गाइरहेका हुनेछौ।

एक्लै भए पनि ।

जब सबै लुरुलुरु पछाडि फर्कनेछन,

 ती अभागी हत्भागीहरु !

 सबै पछाडी फर्कनेछन् ।

र जंगल भित्र अँँध्यारोको बेला ।

सबै कुनामा लुक्दै हराउनेछन ।।


साभार- रवीन्द्रनाथ ठाकुर
 ( जीवन दर्शनमा प्रकाशित रबिन्द्रनाथ ठााकुरको कबिताको भाावानुबाद )