Monday, November 13, 2017

सार संक्षेप ; आफनै इतिहासको

सार संक्षेप ; आफ्नै इतिहासको 


** हालको पश्चिम नेपाल पहाडखण्डभरि प्राचीन कालमा क्रमस: किरात, मंगोल तथा खस आर्यहरुको मिश्रित बस्ती ।
**बाह्रौ शताब्दितिर गंगा किनारका मैदानीआर्यहरुको यस पहाडी प्रदेशमा आगमन ।
# ज्ञात ईतिहासको  यही असपष्ट प्रारम्भिक कालखण्डमा  ( सम्भवत: बाह्रौ शताब्दितिर) #

१ -आत्रेय गोत्री शक्ति भट्ट  (कान्यकुब्ज, हालको कानपुर क्षेत्रतिर जन्म ) 
२-पृथ्बी भट्ट
३-कान्यकुब्जबाट उदय भट्टको  उत्तरान्चलतिर आगमन
४-५ छोराहरु कुर्मान्चल हुदै नेपालतिर
५-???????????????????
६-राजा बत्सराज (डोटीमा )
७-उपबत्सराज भट्ट……………………
?????
**चौधौ शताब्दी  आर्यहरुको आगमन क्रमको कैयौ श्रृंखला ।  भारतमा मुसलमानको शासन ।  

१-कालु भट्ट--  सम्भवत: बि सं १४५० तिर कान्यकुब्ज-काशि-कुमायुँहुँदै कालिपश्चिमका बायुतटीय बस्तीमा आगमन ।
२-त्रिपुरराज भट्ट----जासु र उदासु   ३ भाइ। जासु उदासु बारे जानकारी छैन ।
३-काशिराज भट्ट
४-गजराज भट्ट
५-श्यामराज भट्ट  - श्रीकेदार आलमा असिमकेदार मन्दिरको निकट पहिलो बासस्थल ।
६- मोति भट्ट-(संभबत: १५९५ बि सं ताका जन्म ) । यसैताका लमजुङे राजकुमार द्रब्यशाह गोर्खाको लिगलिगकोटका राजा बनेका थिए ।  स्वराडको सङौणकोट र बैतडीको कुल्लेक कोटमा समेत बैमनष्यता थियो । स्थानिय रजौटाबाट मोतिलाइ बडाभट्टको उपाधि । कालान्तरमा मोति बडूको नामबाट बंशावलीको माला उन्न, बुन्न  र  केही गुन्न समेत  हामीलाइ दरिलो आधार प्राप्त भएकोछ ।
 
**मोति बडाभट्ट को नामबाट अर्को नयाँ श्रृंखला ।


  1. ६- मोति बडू- ४ छोरा, १ छोरी ।
  2. ७-लखनदेव -(मुख्य सुर्काल)-रतनदेव (माइखर्क),सतनदेव (कोइराली) र प्रतापदेव (अज्ञात )  अनुमानित अवधि -बि संं-१६२५ । तीन छोरा ।
  3. ८-शंकरदेव( मुखिया राठ)-काशिदेव ( मल्लागाउ पट्टि) र दुल्लप बडू(डङाली पट्टि)  १६५५  बि सं तिर जन्मेका । २ छोरा ।
  4. ९-कपुरे( परीगाउपट्टि) र-मगी बडू (चोरा,देउला र पुजारागाउपट्टि)। बि सं१६८५ तिरको समय । गोरखामा राजा रामशाहको शासन । रौला र ढिककोटमा पनेरुको राज्य (१७०५)। सङौणमा जैतुको उदय र खेेम चन्दको अवशान । ३ छोरा ।
  5. १०-जसी बडू( परीगाउँपट्टि, २ छोरा )----हिरा (नोला पट्टी)----रामी बडू ( निसन्तान, बिनाभट्टलाइ निकाली आफू असिमकेदारका पुजारी बनेका । षडयन्त्रमा मारिएका । )
  6. ११-कालो बडू( तल्लाघरपट्टि )१ छोरा मात्र----हिमरे बडू ( मल्लाघरे पट्टि)
  7. १२-रतन बडू ( २ छोरा ) १७१० तिरको समय ।
  8. १३-लाटो बडू----धनी बडू( निसन्तान ) । रैका राज्यको पतन।
  9. १४-मनुवा बडू (१८५० तिर ।) गोर्खाली प्रबेशको प्रारम्भिक काल । ४ छोरा । २ को अपुताली ।
  10. १५-गुमानी बडू( खर्कबटा ),सकते ( निसन्तान), काशि( निसन्तान) र दामु बडू( तल्लाघरीपट्टि) ।
  11. १६-नन्दराम बडु ---( खर्कबटापट्टि)
  12. १७-मनिदत्त बडू---( सम्भवत: बिक्रम १९५० को जन्म )३ छोरा २ छोरी ।
  13. १८-धर्मानन्द(१९८५) -रामदत्त र दामोदर बडू३ भाइ / २ बैनी कुन्ति र काली पाण्डेय ।३ छोरा/१ छोरी
  14. १९-भानदेब बडू(२०१३)----दत्तराम र कृष्णदत्त बडू—३ भाइ र १ बैनी रमा बडू जोशी।
  15. २०-दीपेन्द्रदेब(२०३६), कैलाशदेव(२०३९), दिलिपदेव(२०४३) र बासुदेव बडू(२०४८)---४ जना भाइ ।     

No comments:

Post a Comment