Wednesday, January 10, 2018

मेरा माटिकि बिनति

बिन्ती
===========
इजू माटी!को छ ?  दुख दलिदिन्या दैब अहिले।
महाँशक्ती काँ गै? सजसुख दिन्या जो थी पहिले।
भयो क्या अन्धेर? इसी बिथिति क्या की हुनपसी?।
भुत्यौलैकी बेला,  जननि हुनलागी कसिकसी।

तँदुब्लाको द्यौ है दुबलि दुनियाँकी रुठिगयै।
कठै!मेरो क्वैन कुलपरिशिला जन् रुठि दियै।
जडाफल् लौन्या तै फललि कसरी सब सुकिगया।
छयामाया पाऊ कुरडि हमरीलै झुटिभया।

भरै मात्तर् तेरो नसकि अरु क्यै मन रुनपस्यो।
कठै!निर्धाले त जिउनु न जिया झो हुनपस्यो।
मया मार्या तैले बिनति सन्न्या क्याकि म गरूँ ।
मया मा-या तँइले, बिनति सन्न्या क्या कि म गरुँ  ।।
( शिखरिणीछन्दमा शब्द साभार- रघुनाथ जोशी । सुदूर पश्चिम नेपालमा मातृभुमीको माटोलाई नै शक्तिस्वरुप देवता मानेर पुजापाठ बिन्तिभाउ गरिरहने लामो परम्परा छ । यहाँका शिद्धशिखरहरु नै हाम्रो अजस्र शक्तिश्रोत हुन् । यो बिन्ति यिनै मातृदेवता, पितृदेवता र स्थानिय भुमीदेवताहरुमा समर्पित छ । फोटोहरु फेसबुकबाट संकलित छन र बैतडीको प्राचिनतम बायुतट पर्बत अर्थात हालको ग्वाल्लेक धामको पुर्बीपार्श्व स्थित असिम केदार धामको सेरोफेरोबाट देखिने अनिर्बचनिय प्राकृतिक दृश्यावलीका हुन् । )




No comments:

Post a Comment