Wednesday, March 27, 2019

आफैंलाई फर्किहेर्दा- ७ ( आफन्त नालीबेली )

आफैंलाई फर्किहेर्दा -७ ( आफन्त नालीबेली )
बंशावलीका थप पाना


हामीहरुले  केही बर्ष अगाडि हाम्रा आफन्त बडूहरुको बंशावली तयार गर्ने जमर्को गरेका थियौ । ब्याबहारिक कारणबश धेरै दिन हामी त्यसै काममा मात्र खटन सकेनौ । निकै ठूलो दौडधूपपछिको प्रयासस्वरुप आफन्तहरुसंग सम्बन्धित निम्न स्थानकोअद्याबधिक नगरिएको बंशावलीको पहिलो खेस्रा प्रकाशित गरिएकोछ । माथि नै भनियो, एक्लो प्रयासबाटबाट यस बाटोमा हिडन सारै उकालो नै रहेछ । यो बिबरण अद्याबधिक गरिदिन धेरै जनालाई अनुरोधपत्र समेत पठाइएको थियो । एक/ दुइ जना बाहेक अन्यत्रबाट खासै चासो देखिएन ।  त्रुटि पुर्ण र अधुरो नै भए पनि यो प्रारम्भिक प्रयास प्रकाशनमा आएकोछ । थप परिमार्जनका लागि सम्बन्धित सबैबाट सुचना प्राप्त हुने नै छन भन्नेमा ढुक्क छौ ।
*नामसंगै कोष्टमा राखिएको संख्या मोति बडूपछिको पुस्ताको संकेत हो । पुस्तामा फरक परे सच्याइनेछ / सच्याइ दिनु हुनेछ  ।
* प्राय: चलनचल्तीका नाम राखिएका छन् । फरक परेमा सच्याउन सकिन्छ ।
* कुनै पनि बंशपुरुषको विशेष परिचय स्वरुप निजले गरेको उल्लेखनिय काम समेत समाबेश गरिदिए बिबरणलाइ सोही बमोजिम अद्याबधिक गर्न सकिनेछ ।  तथ्यगत बिबरण र परिचय पाइने आशा छ ।
* हालको बसाइ, पेशा, पछिल्लो पुस्ताको नामनामेसी, र यथासंभव मातृनाम समेतको बिबरण पाएमा यो प्रयासले सार्थकता पाउने थियो । सो को समेत हार्दिक अपेक्षा गरिएकोछ ।
* केही बुझ्न आबश्यक परेमा मेरो मोबाइलमा फोन वा मेसेज गर्न सकिन्छ । सकेसम्म अनलाइनबाटै बिबरण पाए अझ राम्रो हुने थियो । सबैको बहुमुल्य सान्दर्भिक सुझाव र सल्लाह समेतको लागि हार्दिक बिनम्र अनुरोध छ ।

माइखर्कका बडू उपाध्यायहरुको बंश-बृक्ष

मोति बडु(१)का जेष्ठ सुपुत्र रत्नदेब(२) बाट परके र झुपुर(३) गरी २ छोरा थिए । झुपुरको अपुताली परेकोछ भने परकेबाट छोरा खली(४) र २नाति पुने(५-१) र नरी (५-२) भए । ५-१ पुनेबाट छोरा कपुरे (६-१) नाति दशरथ(६-२) पनाति २ शिबा(७-१) र कुरे(७-२) भए । शिबाका छोरा धनी (८) नाति झलो (९) समेत ५ जना भए । कुरेका २ जना छोरामा जेठा ज्योतिष बिरभान बडू उपाध्याय (८ ) थिए । यिनी नामि ज्योतिष थिए नै, यिनीसंग दुर्लभ ज्योतिष ग्रन्थको संग्रह पनि थियो भनिन्छ । धर्म, दर्शन र ज्योतिषमा यिनी बेजोड  मानिन्छन् । बडूहरुको पहिलो प्रामाणिक बंसावली समेत यिनले तयार गरेका थिए रे । दुर्भाग्यबश यिनको ग्रन्थहरुको संग्रह र लेखेका कृतिहरु हाल प्राप्य छैनन । यिनका ४ छोरी थिए तर छोरा भएनन् । यिनका भाइ परुवावाट भने छोरा गंगादत्त(९) र नाति शंकर (१0) भए ।
अर्कोतिर नरी ( ५-२) बाट भने जसीराज(६-१) र डम्मरराज (६-२)२ भाइ भए । जसीराजका छोरा पुर्खे(७) र नाति (८/2)हिरा र प्रताप २ जना  भए । हिराका ३ छोरा भए , (९/१) भानु (९/२) दामोदर र घऽणो (९/३) । भानुका ४ छोरा भए -(१०/१) केशब, (१०/२) नारायण, (१०/३) रामदत्त र (१०/४)हरी । दामोदरका पनि चारै छोरा भए - (१०) दुर्गा, काशी, लाल र दुरा । घऽणोका भने (१०)बिरादत्त र दुर्गादत्त गरि २ जना भए । बिरादत्त हाल महेन्द्रनगर बस्छन भने दुर्गादत्त बम्बै तिर बसोबास गर्छन् ।
पुर्खेका अर्का छोरा  प्रताप(८) का ४ छोरा थिए - (९)जयदेब, परे , मनोरथ र गणेश । जग्गा मुद्दाका क्रममा जयदेब पहिलो पल्ट काठमाडौं ( तत्कालिन नेपाल ) सम्म पुगेर फर्केका हुदाँ उनी " नैपल्याऽ" भनेर बढि चिनिन्छन । काठमाडौंबाट गुठी बन्दोबस्तको पहिलो प्रमाणित रेकर्ड " सनद " समेत यिनैले ल्याएका थिए । यिनका ३ छोरा छन् । (१०-४) देवदत्त शर्मा( पुर्ब प्रधानपंच, दुर्गास्थान), बलराम शर्मा र डम्बरदत्त शर्मा बडू ( हाल टिम्बर करपोरेशनमा छैठौ तहमा सेवा निबृत भएका छन  )। एघारौ पुस्तामा देबदत्तका भुवन, किरण, बिपिन,------------- समेत ४ जना, बलरामका उद्धब , पुन्डरिक---४ जना र डम्मरका २ छोरा इ सुदर्शन र इ.अशोक २ छोरा छन ।
(९) परेका(१०-३) तर्कराज, कृष्ण र लछी गरि३ जना र (९) मनोरथका (१०-२) हरी र चक्रप्रसाद दुई जना छोरा छन् । चक्र प्रसाद हाल  द न पा ७ का वडाध्यक्ष समेत हुन । (९) गणेशको भने हालसम्म कुनै अतोपतो छैन ।
नरीका अर्का छोरा डम्मरराज(६-२) का भने ४ छोरा थिए -(७-४) जयराज, लाटो, पुडके र देबीदत्त ।(७-१) जयराजका छोरा झुले(८) र नाति महादेब बडु(९) हुन । महादेव हालसम्म बडुबंश परम्पराका सबभन्दा पुरानो पुस्ताको जिबित ब्यक्ति मानिन्छन् । यिनका छोरा यज्ञराज(१०) का पदमराज, खेमराज र--- गरि ३ नाति(११) छन् ।
डम्मरराजकै दोस्रा छोरा लाटो(७-२) बाट जन्मेका ३ छोरा गुजे दामु र कले(८) मध्ये हाल दामुपट्टि छोरा रामी (९) नाति प्रेम(१०) र पनाति चिन्तामणि (११)छन। गुजेको भने अपुताली परेकोछ ।
लाटोकै अर्को छोरा कमले(९) का दुई छोरा भए - कृपा(१०-१) र झुले (१०-२ ) । कृपाका ३ छोरा भए- शिव, कृष्ण र हिरामणि (११) । झुलेका भने डम्मरे र लाटो(११) गरि दुई छोरा छन् ।
डम्मरराजका तेस्रा छोरा पुडके(७) का काशी र हरी(८) गरि दुई छोरा भए । काशीका पनि धौले र परीदत्त (९) गरि दुई छोरा भए । परीदत्त वाटुलासौ तिर सरे । उनका वसन्त र देबदत्त(१०) गरी दुई छोरा छन् । अर्का हरी(८) का भने कालो, बिसनदत्त र देबदत्त (९) तीन छोरा भए । यश क्रममा कालोका केशब र पुष्कर(१०), बिसनका दीपक(१०) र देबका कृष्ण(१०) दशौ पुस्तामा बंश बिस्तार हुँदैछ ।

 कोइरालीका बडूहरुको बंश-बृक्ष

मोति बडू(१)का अर्का छोरा सतनदेब बडूका बारेमा केही जनश्रुति सुनिन्छन् । तर उनको यथार्थ स्थितिबारे खासै ध्यान दिइएको छैन । भनिन्छ, घर किचलोका कारण केही बर्ष यिनले अन्यत्रै बसाइ सारेका थिए । उत्तरार्धमा मूलभुमी मै फर्के र कोइराली भन्ने ठाउँमा सिमित भए ।
सतनका(२) का छोरा कपुरे(३) र नाति रतन(४) भए । रतनका २ छोरा भए- रमुवा र धर्मा(५) । रमुवाको छोरा अंगद र नाति माधव भएपछि दुर्भाग्यबश अपुताली प-यो । धर्माका भने छोरा नरी(६) र नाति हिरा (७) भए । हिराका दुई छोरा भए- मनुवा र खेट्टे (८)
मनुवा(८)तर्फ ३ छोरा भए- हरिदत्त, दमुवा र हरीप्रसाद (९)। हरीप्रसादका छोरा काशि(१०) , नाति तुलादत्त(११) र पनाति महेश र लक्ष्मण(१२) भए । दमुवा(९) का छोरा नौटे(१०) र ३ नाति - बिरपले, झुसे( रामदत्त) र अन्तराम(११) भए । पनातितर्फ बीरपलेका ३ जना- रेबा, इन्नरे र कृष्ण(१२), अन्तरामका पुर्ब प्र नि नारायण(१२) तथा झुसेका देब((१२) समेत ५ जना छन् । तेस्रा हरीदत्त(९)का भने झुपुरे(१०) र गगरे(१०) नामका २ छोरा भए । झुपरेका ३ छोरातर्फ दहर्ते, तारादत्त र कमलापति(११) गरि ३ छोेरा भए । बारौ पुस्ताका पनाति भने दहर्तेका ---(१२) , ताराका राजु, गोपाल र--(१२) र कमलापतिका जनक(१२) समेत छ जना छन् । गगरे(१०) का छोरा गोपाल(११) का दुई नाति भए- प्रमानन्द र नवराज(१२) भए । परमाका --(१३) र नवराजका-----(१३) छन् ।
खेट्टे(८)तर्फ कलुवा, बिरा र पठने(९)नामका  तीन छोरा थिए । बिरा(९) का १ छोरा अर्जुने(१०) र ४ नाति - धौले, जया, परमानंद र रतनदत्त (११) भए । बाह्रौ पुस्ताका नाति भने धोलेका २ अम्बा र पदम, जयाका १महेश, परमाका २जना भानदेव र महादेव  र रतनका१ दीपक गरि ६ जना भए । कलुवा(९) का कमले र घुइरे(१०) दुई छोरा तर्फका सन्तान मात्र छन् । कमलेतर्फ हरीराम (११) एक छोरा भए । घुइरेतर्फ भन १ छोरा कृपा(१२) बाट कालो र धनी(१३) दुई छोरा मध्ये धनीका मात्र मनोरथ, प्रजापति र मगनी(१४) तीन भाइ छोरा छन् ।
पठने(९) का ४ छोरामा मौरे, किसने, अजुवा र अनुवा (१०) चार भाइ छोरा भए । मौरेका भगते र गणेश(११) दुई छोरापट्टि भगतेका कृष्णानंद र लछी(१२) र गणेशका----- र-----(१२) गरि-- नाति छन । किसनेका तीन छोरा लाल, रामदत्त र फुने(११) भए । लालका ५ छोरा क्रमस: भगिरथ, देब, जया, नरी र हरी (१२) मध्येबाट भगिरथका  ॥॥ देबका नरि ॥॥ जयका॥॥, नरिदत्तका॥॥ र हरदेवका॥॥ (१३)-- नाति छन् । रामदत्तका एक छोरा बिस्ना(१२) बाट----(१३) नाति छन् । फुनेका ---(१२ )--- (१३) नाति छन । पठनेका अर्का छोरा अजुवा(१०)का छोरा परमानन्द (मल्डे) तारा र बलराम (११) दुइ छोराबाट क्रमस: ------- र----- (१२) नाति छन् । अनुवा(१०) का सोबे र बिरभान (११) दुई छोरा भए । सोबेबाट बलदेब(१२) र बिरभानका नारायण र... (१२) बाट क्रमस:--------------(१३) नाति छन ।


चाऽल, डाङामाइ, डोबरा र गैरपट्टिको बंशबृक्ष

मोति बडूका तेस्रा सन्तान लखनदेव (२) का ३ छोरामा काशी, शंकरदेव र दुल्लप (३) हुन् ।काशीका दुई छोरा-  बासु र भानी (४)मध्ये जेठा बासु(४)का २ छोराका बंशज गैर भन्ने स्थानमा बस्दछन । कान्छा भानि(४)का   दुई छोरा- हरी र खण्डू(५) मध्ये हरीका सन्तान पनि चाल र डाङामाइ भन्ने ठाउमा बसोबास गर्छन्। हरीका दुई छोराका पनि क्रमस: डाडा र डोबरामा बस्दछन् यिनै स्थान नामबाट यो नामावली ब्यबस्थित गर्ने प्रयास गरिएकोछ ।
(क)गैरपट्टि
बासू(४) का दुइ छोरा रुदे र मगी(५) मध्ये रुद्रेका सालु र भुरे (६)नामका दुई छोरा भए । सालुबाट क्रमस: एक एक छोरा कुशे(७), नाति परुवा (८) र पनाति चुने (९) भए । चुनेका पठने र गुमे (१०) दुई छोराका सन्तान छन । पठनेबाट पनि एक एक छोरा रोजो(११), नाति करणो(१२, पनाति नंदराम(१३) र खनाति भानदेव(१४) छन । गुमे((१०) का तीन छोरामा मौरे, दमुवा र नेफरे मध्ये मौरे(११)का झुले(१२)बाट बिरा र तारा (१३)गरि दुई छोरा छन । यिनबाट बिरादत्तका बेद (१४) र ताराका प्रकाश-, ----(१४) गरि दुई छोरा छन् ।नेफरोका परमानंद र भानदेव (१२) दुई छोरा भए । परमानंदका काशि र तारा(१३) र भानदेबका नारायण, रघुवर र राम(१३) नामका नाति छन् । दमुवा (११) का भने छोरा गुजे(१२) बाट धौले र अनि (१३) बाट क्रमस: बलदेव, बिष्णु र नवराज (१४) नामका नाति छन्  ।
अर्कोतिर छैठौपुस्ताका सालु र भुरे मध्ये भुरे (६)का बिसो र धर्मा (७) दुई छोरा भए । बिसोका बाँकी धनी, दमुवा र पत्वा मध्ये धनी(८), नंदे(९), जंजाली(१०) मा बंशक्रम पुगेको छ । यिनका गणेश र अनि (११) गरि दुई छोरा छन । गणेशका चन्द्रदेब र अनिका गरी (१२) बंशबिस्तार हुदैछ । दमुवा(८) को छोरा जया(९) नाति धर्मा (१०)र पनाति देब(११) छन भने पतुवा तर्फ छोरा गंगा(९) नाति कुत्त्या(१०) र पनाति भानदेव (११) छन् । नरपते र परभते(८)को  अपुताली परेको रहेछ ।
अर्को धर्मे(७) का छोरा(८) हरिसिह, नाति (९)दहर्ते, पनाति(१०) कालू खनाति (११)जयराम बाट(१२) खिमामा बंशक्रम पुगेकोछ । पाँचौ पुस्ताका मगीबडुका पनि छोरो कीडे(६) नाति झुसे (७),पनाति रतने (८) हुँदै खनाति दुई जना परबते र धनी(९) भए । पर्बतेको चिमा(१०) बाट तीन छोरा भए- दामोदर, मनिदत्त र किस्नानंद (११) । दामोदरका पदम (१२) मनुवाका राम र कृष्ण(१२) र किस्नानंदका बलदेब (१२) छन । धनी(९) का भने छोरा दुखे(१०)बाट कमले र हरी(११) दुई छोरा छन।  कमलेका गोपाल र राम (१२) र हरीका---(१२) छन्

(ख)चाल र डाङामाइ ।
काशिका दुई छोरा बासु र भानी मध्ये भानी(४)का पनि दुई छोरा भए हरी र खन्डु(५) । हरीका छोरा पति(६)बाट धोलु र मगी(७) मध्ये मगीका उजले र जसी(८) २ छोरा भए ।उजलेका पुर्बे(९) बाट काशि र रतन (१०) भए । काशिका ४ छोरा- जय, झुसे, पर्ते र नरायण(११)बाट क्रमस: छन् । रतनेका- धोले र गणेश(११)बाट------ छन् । यिनीहरु डाङामाइवाला भनिन्छन् ।
जसीका तीन छोरामा जयराम, अन्डे र बाङो(९) भए  । जयरामका छोरा लाटो(१०)बाट गोरे, सोबे र जया(११) पट्टिबाट क्रमस: देब, टीका, भानदेब र  पिति(१२) गरि ४ सन्तान छन् । देब जुजुनथला बस्छन भने भानदेब र पिति दोधरा बसाइ सरेका छन् । अन्डे(१०) बाट  जन्मेका ४ मध्ये झगणो र झुलेको अपुताली प-यो । नन्दे र रुबसे (११) बाट रामदत्त,/ प्रेमदत्त, मनिदत/ कृष्णदत, लछि/ गोपाल/ तारा (१२)गरि ८ सन्तान भए । यिनिहरुवाट निम्नबमोजिम बंशबिस्तार भएकोछ । रामदत्त,/ प्रेमदत्त, मनिदत/ कृष्णदत, लछि/ गोपाल/ तारा बाट क्रमस:----(१३) सन्तान छन् ।
बाङो(१०) बाट भने किस्ने र पौनो (११) भए । किस्नेका रामदत्त र जोगी(१२) भए । रामदतका धर्मानन्द(१३) छन। जोगीका जोखे र बिरादत्त(१३) छन्  । यिनीहरु पनि डाङामाइ नै बस्छन् ।
खन्डु(५) पट्टि कुत्ते र दामु(६) भए । कुत्तेका छोरा मन्के(७) नाति अनि(८) पनाति गुजे र जैभान (९) भए । गुजेबाट छोरा मनि(१०) नाति नंदराम(११) हुँदै पनाति नरि /पर्ते/ पत्वा /राम र प्रेम(१२) पाँच भाइमा बंशबिस्तार भएकोछ । जैभान(९)का नन्दे, गगने र धनी (१०) भए ।नंदेका छोरा गोपे(११) बाट धामी जयकिस्ने(१२) छन् । गगनेका ४ छोरा गङ्वा/ कालो/ अनि/ मनी(११) मध्ये गंगा बाट--र मनीबाट ---(१२) छन् । धनीका मल्डे(११) बाट जयराम मात्र छन् । यिनी सबै चाल भन्ने ठाउमा बस्छन् ।
खंडुकै छोरा कुत्ते र दामु(६) मध्ये दामुका छोेरा गोबणो (७) र नाति मनसे तथा किङणो(८) भए । मनसेका मनी र पठाने(९) दुई मध्ये मनिका राम(१०) बाट किस्ने(११) छोरा र जया र अनि(१२) नाति भए । जय भारतको फैजाबादमा बसाइ सरे भने अनिका---------(१३) छन् । पठाने(९) का धनी(१०) बाट जन्मेका धामी जयदेब (११) गाउँलाइ नेतृत्व दिनसक्ने प्रख्यात माथबर मानिसमा गनिन्छन् । उनका चार छोरा(१२)- नन्दराम/ तुला/ जगदीश/ डम्बर बाट नातिहरु----(१३) छन् । गोबडोका छोरा किङणो(८) बाट भने पङणो र माधी (९)छोरा भए ।  पङणोका धउले(१०) बाट कुते र टिने(११) भए । टिनेका छोरा नरी र काशी(१२)बाट------(१३) छन् । कुतेबाट गणेश, धिङणो, शंकर र खिमा(१२) भए । यिनका---- फैजाबाद सरे भने ---- बाट------(१३) छन् । माधी(९) का काशीबाट (१०) बाट परमे र पतुवा (११) भए । परमेका अनुवा, तारा, केशब(१२) हुन भने पतुवाका रिउलो(१२) हुन् ।
(ग)डोबरा
हरीका छोरा पति(६)बाट धोलु र मगी(७) नाति भए। धौलुका सन्तान डोबरामा बस्छन । धोलुबाट (७) धनी(८) हुदै नातिहरु गुमा, पुरुषोतम र हिरामणि(९) भए । गुमाका किस्ने(१०) बाट कुत्ते र दामोदर (११) बाट क्रमस: देब तथा तारादत्त र अम्बादत्त (१२)छन् । पुरुषोतम(९) हरीदत्त(१०) र उनका मोति, प्रेम र महादेब(११) मध्ये मोति निसन्तान भए । प्रेम भारतको पिथौरागढ बसाइ सरे । उनका वसन्त र रामदत्त (१२) दुई छोरा छन् । महादेबका पुष्कर र सहदेब (१२) छन् । पुरुषोतमकै अर्का छोरा गंगादत्त(१०)बाट ७ भाइ छोरा भए- नंदराम, बिरपल, रघुबर, गुणानंद, दासी, कमले र भगीरथ(११) । नन्दराम निसन्तान रहे अरुका क्रमस: --- छन । अर्का छोरा बिरादत्त(१०) का ४ छोरा मध्ये धर्मा निसन्तान रहे जया(११) बाट तिलक(१२) र ललुवा (११) बाट डम्बर (१२) र जगन्नाथ(११) बाट ---(१२) छन् । हिरामणि(९) का रतन र कालू(१०) दुई छोरा भए । रतनका खेट्टे, ललुवा र रामदत्त(११) तीन छोराबाट क्रमस:---(१२) नाति छन । कालुका नंदे परुवा र चुन्धे अनुवा(११) ३ छोरा भए । यिनबाट क्रमस: ---- छन् ।

डङाली, खनेउला, मटेखोला, भोल्लडा र तूडापट्टिको बंशबृक्ष

मोति बडूका नाति दुल्लप (३) बडु का १ छोरा दासी बडू (४)र ४ नाति थिए । २ नाति निसन्तान रहे भने बाँकी मागी बडू(५)का डङाली तिर र सुन्नरे(५)का   मटेखोला र तूणातिर बस्छन् । यिनी मध्येका धेरै जसो बेलौरी, महेन्द्रनगरतिर सरीसकेका छन । डङालीबस्ने मागी बडूका सन्तान क्रमस: एक एक गरि(६) पुरने, (७)चिमुवा, (८)खली, (९)दहर्ते, (१०)लालमा सर्दै हाल लालबडूका परमा/ भानु / तुला(११)मा पुगेकोछ । यिनमा परमाका जगदीश र खिमा(१२), तुलाका   (१२) र धनगडी गेटा बस्ने भानुका---(१२) सन्तान छन ।
सुन्नरि(५) तिर भने मनी र नङरे(६) २ छोरा भए । मनीका पनि उजले र जसी (७) २ छोरा नै भए । उजलेपट्टि झुले, हरी र लाल (८)मध्ये झुलेका  पङणो, गङ्वा, पटके र कैले(९) चार बाँकी रहे ।
पङणो(९)का पर्ते र देब (१०)भए । परतेका गोरे र देबका टीका(११) भए । गङ्वाका छोरा जया(१०) का मनि र लाली(११) बाट क्रमस: कृष्ण / भुरे र -----(१२) नाति भए । पटकेका बिरुवा(१०)का भने गोजे, उजले र राम (११) नामका तीन छोरा भए । उजले महेन्द्रनगर सरे उनका केशबदत्त बडू ( ना सु भिमदत्त न पा ) र ------(१२) गरि २ छोरा छन् । गोजेका-- र रामका ---(१२) छन् ।
कैले(९) तर्फ जसी((१०) बाट ३ छोरा अंगद, राम र धनी(११) भए । अंगदका लाटो(१२) जयराम(१३) हुँदै परमा(१४) मा बंश पुगेकोछ भने रामका छोरा मोजी(१२) नाति चन्नरी (१३) र पनाति मनोहर र लछी(१४) छन् । धनीका २ छोरा चुन्धे र किस्ने (१२)भए । चुन्धेबाट छोरा नरि(१३) र नातिहरु- रुबसे र चन्द्रदेब(१४) भए । यिनीबाट क्रमस:----(१५) छन् । किस्नेका दलुवा(१३) बाट बिरभान र डम्मर (१४) हुँदै नाति----(१५) मा बंशबिस्तार पुगेकोछ ।
सुन्नरि(५) तिरका मनी र नङरे(६) मध्ये नङरीकाछोरा फौरे(७) नाति परुवा र मैसे (८) भए । परुवा का हरी र पतुवा(९) नामका २ छोरा भए । हरीका छोरा गोले(१०) र नाति जगदीश(११) बाट----- मा बंसावली पुगेकोछ भने पतुवाका कानो(१०) र दुखे (११) हुँदै कालो र दहर्ते(१२) बाट कृष्ण/ परमा र ---(१३) जन्मेका हन् । अर्कोतिर मैसे(८) बाट पत्वा, पर्ते र कैले (९) तीन छोराका मात्र सन्तान रहे । पतुवाका अर्जुने(१०) बाट जगरे र दमुवा (११) र कालो(१०) बाट दत्ती , भुरे, चन्नरी र ध्वज (११) चार छोरा भए । यिनीहरुका--- छन् ।
पर्ते(९) का भोके, जोगी र जयराम(१०) तीन छोरा भए । भोकेबाट ३ धोले, भानदेव र उमा(११), जोगीबाट झुसे, गङ्गा र दुर्गा(११), जयरामबाट नरी, रामी,बलराम र तारा(११) छन् । यिनबाट--- भएका छन । कैले(९) का भने छोरा झकडो(१०), नाति लाली(११) र पनाति मदन (१२) भएका छन् । बिरुवापट्टि अपुताली परेकोछ ।


चोरा, पुजरागाउँ, कलुवाखोला र देउलापट्टिको बंशावली

मोति बडूका नाति शंकरका कपुरे बडू र मगी बडू(४) भए ।कपुरे बडूका सन्तान  परिगाउँमा बस्छन । मगी बडूका
छोरानातीमध्ये सरङै(५)का पुजारागाउ, नानखाली, चौटा र चोऽरा, देउला, भुइसीखर्क एबम् जगते(५)का देउला,डङाली र कलुवाखोलामा बस्दछन् ।

क) चोऽरा, पुजरागाउँ, नानखाली र चौटाका बडूहरुको बंशबृक्ष

सरङे(५) का पुरखे, किङणो र मनी(६) तीन छोरा थिए । पुरखेका चार छोरा मध्ये कलुवा र किणा((७) का मात्र सन्तान छन् । कल्वाका छोरा मनके(८) नाति बसुवा(९) र पनाति धौले र बिरुवा (१०) भए । धौलेका छोरा मल्डे(११) बाट फउरे, राम र परमा (१२) तीन छोरा भए । फउरे गुलरिया सरे । अरु नानखाली बस्छन । यिनबाट क्मस:---(१३) सन्तान छन् । उता बिरुवा(१०) का तिउलो, बेसरो र गोरे(११) भए । तिउलोका जया र शंकरे(१२) मध्ये जयाका हरी(१३) र नीजबाट भुबन र --(१४) छोरा छन । शंकरेका सबै छोरा-अनि, मनी, केशब, तारा र धनी(१३) पनि गुलरियातिर सरेका छन् । गोरेका राम , जगदीश र धनी(१२) मध्ये राम र जगदीश गुलरिया सरेका छन  । बेसरो(११) का गंगा , कुइरे र दुर्गा (१२) तीन छोरा छन । गंगाका नन्दराज(१३) हुन भने केशबका---(१३) र गुलरिया सरेका दुर्गाका---(१३) छन् ।
पुरखेका ४ छोरा मध्येका किणा(७) का सन्तान भने पुजारागाउतिर सरेका छन् । किणाका पनि ४ छोरा मध्ये तीन - हिरुवा, झुसे र नौटे(८) का मात्र सन्तान छन । डुङरेको अपुताली प-यो । हिरुवाका रगी र गुजे(९) भए । रगिका मधुवा(१०)बाट कासी(११) र सगरे(१२) भए । सगरेका कृष्ण(१३) बाट देबराज(१४?) छन् । गुजे(९) का अनुवाबाट दुखे र छेपरो(१०) हुँदै गणेश, केशब/---(११) मा क्रम पुगेकोछ । झुसे(८) बाट ललुवा, पटने र रतने(९) भए । अहिले रतनेका अर्जुने(१०) बाट मात्र सन्तान छन् । उनका तीन छोरा हिरुवा, सगरे र परे(११) थिए । हिरुवाबाट सोबे र नीलकंठ (१२) भए । सोबे का यज्ञराज (१३) बाट मेजर --- र---- (१४) दुई छोरा छन । यिनी महेन्द्रनगरतिर वस्छन । नीलकंठका रघुवर(१३) बाट-----(१४) छन । सगरेका पनि परते र रामी(१२) बाट क्रमस:-----,----(१३) छन । यसै गरि परेका दुई छोरा देब र उजले (१२) बाट पनि क्रमस:----,-----,/----,----(१३) छन । यिनीहरु पनि कंचनपुर सरेका छन् । अर्का नौटे(८) का पनि बिरसिं र कलुवा(९)  नामका दुई छोरा भए । बिरसिंका दलुवा र गुमणो(१०) भए । दलुवाका छोरा दुखेबाट(११) बाट नाति बहादुर(१२) दोधारा सरे । उनका शम्भु र---(१३) नामका छोरा छन् । गुमणो(१०) का सोभान, झुले र कैले(११) तीन छोरा भए । कैलेका थोले , खिमा र तारा (१२) तीन छोरा भए । थोलेका प्र स नि केशबबाट(१३)-----,---- (१४) छन । खिमाका महादेब,नारायण ----(१३) बाट क्रमस:-----(१४) छन् । ताराका कमलापतिबाट(१३)----------(१४) छन् । अर्कोपट्टि कलुवा(९) का किस्ने र परमले(१०) भए । किस्नेका काशि(११) बाट धुकुणो, हरी (१२) भए । धुकुणोबाट देब(१३) र नाति----(१४) छन् । हरिका ---- (१३) बाट---(१४) छन् । परमले(१०) का भने करणो, हरसिङे र धौले(११) बाट भने क्रमस: नेफरो/ अम्बा, भानदेब र दुर्गा (१२) छन् । यिनका----(१३) छन् ।
सरङे(५) का पुरखे, किङणो र मनी (६) मध्ये दोश्रा किङणोका छोरा घोरे(७) र नाति गोपे(८)बाट तीन पनाति अजी, रतने र पुने(९) भए । पुनेको अपुताली प-यो ।अरु चोऽरा अजीका छोरा मुखिया अर्जुने(१०)बाट पनि तीन नाति भए ।- दासी, जगुवा र किस्ने(११) । जगुवाको पनि अपुतालि प-यो । दासीबाट मुखिया परमानन्द(१२) र उनका छोरा ३ जना- देब, लछी र प्रताप (१३) छन् । किस्नेका पाँच छोरा  दामोदर/ धौले/ लुते( काशी )/ र गौरे(१२) भए । यिनबाट क्रमस: नौटे र कुइरे / दत्त , गोपाल र बलदेव / भुवन, पदम र नारायण/ बलदेब र---/ केशब र --(१३) छन् ।
गोपे(८)बाटका तीन छोरा अजी, रतने र पुने(९) मध्ये छोरा चुन्धे(१०) नाति गणेश(११) हुँदै पनाति द्वय दत्तराम र नारायन(१२)मा क्रम पुगेकोछ । दत्तरामका २ जना बिरादत् र शिबराज (१३) र नारायनका लक्ष्मी, चन्द्रदेव-----(१३) नामका  छोरा छन् ।यिनीहरु कैलाली कन्चनपुरतिर सरेका छन् ।
सरङेका तेस्रा छोरा मनी(६) का तर्फ छोरा किस्ने(७) नाति कित्थे(८) र पनाति जया (९) भए । जयाबाट बिरभान र दमुवा(१०) दुई छोरा भए । बिरभानपट्टि रतने(११) बाट छोरा लुते(१२) नाति मनिदत्त(१३) र पनाति दिपक र बलदेब (१४) छन । दमुवापट्टि भने छोरा कालो(११), नाति जया(१२) र पनाति----(१३) छन् ।

( ख ) तल्लो मल्लो देउला,कलुवाखोला र डङालीपट्टिको बंशबृक्ष
         ( दिपकबडूबाट परिमार्जन  र संशोधनमा सहयोग )

मगी बडुका छोरा जगते(५)का सन्तान देउला,डङाली र कलुवाखोलामा बस्दछन् । यिनका बारेमा केही जनश्रुति छन । यिनी मूल नक्षत्रमा जन्मेका हुनाले दियालगाउका बोहराको घरमा हुर्केका थिए रे । असिमकेदारको धामी समेत रहेको नीज बोहराले हुक्कामा जुठो पानी राखेको निहुमा यिनको हेला होचो गरेका कारण यिनले देवता गुहार्दा असिमकेदारले धामीको रुपमा यिनमा अवतरण गरेका रे । यसपछि असिम केदारका धामी पनि बडुबाट नै रहने परम्परा बस्यो । जगतका पङणो, फुने र चैते(६) तीन छोरा थिए । फुनेको पछि केही रहेन । पङणोबाट छोरा रगि  (७) र नाति परुवा र नरतिमे (८) भए। परुवाका नरपते र मनसिङे(९)बाट मात्र सन्तान छन् । नरपते तर्फका रतने र जयराम(१०) भए । रतनेका किस्ने(११) बाट रामदत्त र काशिदत्त (१२) छोरा र यिनका क्रमस: नारायण/ जगदीृश र पद्मराज(१३) तीन नाति छन् । पूर्ब प्रहरी निरीक्षक नारायन महेन्द्रनगरमा बस्छन। यिनका प्रकाश र हरीश(१४) भए भने सरकारी सेवामा आबद्द जगदीशबाट रिवाज(१४) र पद्मका हरिश/दिनेश र लोकेश(१४) छोरा छन् । जयराम(१०) का कलसे र धउले(११)बाट क्रमस: झुपुरे(केशब), भगुवा र बिरुवा(१२)मध्य बिरुवा निस्नतान रहे । झुपुरे(केशबका) जगदिश/जनक र दिनेश(१३) भए भगुवाका मनिदत्त र कैलाश (१३) मध्य मनिदत्तबाट रोहन र हरिश (१४) सन्तान रहेका छन। अर्कातिर मनसिङे(९) का रुबसे र अर्जुने(१०) भए । रुबसेका लाटोबाट(११) धिङणो(रामदत्त) र कहरे(१२) बाट क्रमस:केशब/भानी/बल्देब र सुनिल/ निरज(१३) सन्तान छन् । धिङ्डो(रामदत्त) का केशब र बल्देब बाट क्रमस  डम्बर/गनेश र नवीन (१४) सन्तान छन। अर्जुनेका(१०) हरी, गोले र गंगा (११) बाट पनि क्रमस: नरि/ दुर्गा/ मनि, मदन/ दत्तराम र रमदत्त (१२) भए । यिनको बंशबिस्तार बिस्तार हुने क्रममा नरीका नेपाली सेनाम कार्यरत जेठा छोरा सुरेन्द्र र राजेन्द्र, कैलाली बस्ने दुर्गाका लक्षीमण र भानदेब, मनिदत्तका वसन्त र रोहित, मधनका दिनेश, दत्तराजका बिसन र बिवेक, रामदत्तका मिलन (१३) मा पुगेको छ। यिनिहरुका सन्तान मल्ला देउलामा बस्छन ।
पङणोका छोरा रगी(७) बाट र नाति परुवा र नरतिमे (८) मध्ये नरतिमेपट्टि जगुवा, खन्डे र किसने (९) गरि ३ छोरा भए । जगुवाका तिनछोरामा भोके निसन्तान रहे । हरीदत्त (१०)भने जमदार बाजेका नामले प्रसिद्ध छन् ।यी केदारेस्वर उ मा बि दुर्गास्थान का संस्थापक मानिन्छन र असाध्यै बिकासप्रेमी , स्वप्नद्रष्टा ब्यक्तित्वमा गनिन्छन यिनका नंद र नरिदत्त (११)गरि २ छोरा पट्टि मध्ये नंदेकाछोरा निलकन्ठ र धर्मानंद(१२)मध्य नेपाली सेनामा सेवा गर्दा गर्दै बिरगती प्राप्त गर्नुहुने धर्मानन्दका मत्र रजेन्द्र/गोपाल र जयरज(१३) भय  रजेन्द्र र गोपलका क्रमस मुकेश/ कृषि र बिजय (१४) छन भने जयराजले अकाल मृत्यु बेहोर्न पर्यो ।छन। बेलोरी बस्ने नरीका भने खिमा/तरा र खगराज(१२) हुन । मधुवा(१०) का कै धौले(११) बाट राम/तिलक(१२) छन् र रामबाट सुरज (१३) सम्म बंशक्रम पुगेको छ। किसने(९) का छोरा रमुवा(१०) नाति कमलापती (११) र पनाति शंकर/ प्रकाश(१२) बाट क्रमस सुबश/जीवन र पंकज(१३) सन्तानमा बंश बिस्तार भयको छ । खन्डे(९)तर्फ पौनो र किस्ने(१०) भए । यिनमा पौनोका कालो र नरी(११)बाट क्रमस: शंकर तथा रामदत्त/ धनी/ जगदीश(१२) बाट पनि शंकरका वसन्त/भास्कर(13) रामदत्त/धनी र जगदिशका क्रमस: भान्देब,समीर र पबन (१३) सन्तान रहेका छन । किस्नेका देब(परकाजु)(११) बाट धौले र राम(१२) का सुरज र बिवेक (१३) मा बंशक्रम पुगेको छ।
जगते(५) का अर्का छोरा चैते(६) बाट बिरुवा र झुसे(७) दुई नाति भए । बिरुवाका गोबडे र नरी (८)भए भने झुसेका जयभने र किसने(८) भए । गोबडेका गंगा/अनिदत्त/हरिदत्त/कशिदत्त (९) ४ छोरा मध्य गंगादत्त बाट मात्र २ छोरा- रत्नदेब र रामदत्त (१०) तथा दुई नाति- मनि र बिष्णुदत्त (११) भए । मनिका रघुबिर र दुर्गा तथा बिष्णुका बलदेब, पदम र लक्षी (१२) गरि पाँच नातिबाट क्रमस:जीवन,रोशन/लबदेव र पंकज,भरत/आशिष,मनोज/बिनोद--(१३) पनाति छन । कन्चनपुर बस्ने मनिका छोरा रघुबिर नेपाल प्रहरीमा कार्यरत छन भने कन्चन्पुर नै बस्ने बिस्णुका  छोराहरुमा जेठा छोरा बल्देब नेपाल आर्मीका लप्टनबाट सेवा निबृत भएका छन । र नरी(८) का गगरे(९)बाट ठगी/पुने/र तुलादत्त (तिउले)(१०) मा पुने निस्नतान रहे भने ठगी बाट दत्तराम र तुलादत्त बाट केशब (११) भए ।बेलौरी बस्ने दत्तरामका छोरा नन्दाबल्लभ र बिश्राम(१२) भय नन्दाबल्लभका छोराहरु केशब/नरी/रघु/पदम(१३) मध्य केशब र नरीका क्रमस: भरत/कमल, र लबदेव (१४) छन।भने बिश्रामका छोराहरु राजेन्द्र र हरिश(१३) मध्य राजेन्द्रका सर्थक (१४) सम्म बंशक्रम पुगेको छ। केशब (११) का छोरा तारादत्त(१२) बाट रबिन(१३) नाति छन् । यिनीहरु तल्लो देउलामा बस्छन् ।
झुसेका जयभने र किसने(८) मध्ये जयभनेबाट मनि(चिले)/हस्वा/दहर्ते(९) मध्य दहर्ते निस्नतान रहे मनि (चिले)का अज्वा/कालो/भोके/गोर्या/जंगी(१०), मध्य पनि अज्वा बाहेक बाकी सबै निसन्तान रहे।अज्वाका देब(११) हुँदै हाल  बासु/ परमा(१२) हुदै मोहन र सुरज (१३) सन्त्तान छन। अर्कोतिर हस्वाका धौलदत्त(१०) बाट बल्देव र मुकेश (११) सम्म बंशक्रम पुगेको छ। किस्ने(८) तर्फ पाँच भाइ- अर्जुने, हिरुवा, जयराम, कमले र मौरे(९) भए । अर्जुनेका झुले र धौले(१०) बाट क्रमस: बिरुवा, दहर्ते र काशी तथा हरूवा र नंदराम(११) भए यिनिहरु मध्य हरुवा निसन्तान रहे।बिरुवाका कमलापती (कालो)(१२) बाट प्रकाश/प्रेम(१३)दहर्तेका केशब (१२) बाट गणेश/रमेश/भुवन(१३), काशिदत्तका मनोहर/नरायण/कृष्ण (१२)  मध्य मनोहर र कृष्णका राहुल र अंकित (१३) तथा नन्दराम तीन छोरा कृष्ण/जगदिश र राम (१२) बाट क्रमस कैलाश/भुवन,खेमराज,र लोकेश (१३) सम्म बंश बिस्तार भयको छ ।नन्दरामका दुई छोरा जगदिश र राम प्रहरी सेवामा कर्यरत छन। यिनका सन्तान कलुवाखोलामा बस्छन । हिरुवाका देब(१०) बाट गंगराम (११) हुँदै हेमराज/पुष्कर (१२) भय भने हेमराजबाट जयन्त (१३)  मा बंशक्रम पुगेकोछ । जयरामका कुईरे र दमोदर(१०) दुई छोरा मध्य सेनामा कार्यरत कुईरे आफ्नो कर्तव्य पालनको क्रममा बिरगती प्राप्त गर्नु भैइ निस्नतान रहनु भयो। दामोदरका तीन छोराहरु मनिदत्त / रामदत्त/ चन्द्र्देव(११) बाट क्रमस: अ्म्भादत्त(बिउरे)/ कृष्ण/ दुर्गादत्त (दस्या)/दिपक, महेश/चक्रदेव/गोपाल, दीपक/सन्जय (१२) मध्य मनिदत्तका जेठा छोरा अ्म्भादत्त बाट पारस (१३) र रामदत्तका महेश बाट आदित्य (१३)  सम्म बंशक्रम पुगेको छ । भने मनिदत्तका बिचका दुई छोरा कृष्ण र दुर्गादत्त(दस्या) को भने अकालमै निधन हुन गयो।(मनिदत्त र रामदत्त आफना सन्तान सहित महेन्द्र्नगरमा बसोबास गर्छन। रामदत्तका महेश नेपाल प्रहरी र चन्द्रदेवका दिपक नेपाली सेनामा सेवारात छन। कमलेका सगरे र गौरे (१०) मध्य सगरेका मात्र प्रकाश(११) बाट पंकज (१२) छन् ।मौरेका दुई छोरा कालो र गोजे(१०) भए । कालोका भगीरथ (११) बाट दत्तराज र मोहन(१२) दुई सन्तान भय भने दत्तराज का रोशन (१३) छन्।  गोजेका ३ छोरा कृष्ण/दशरथ र गोपाल(११)बाट क्रमस:हरिश,तिलक/धर्मानन्द, र अनिश(१२)सम्म बंशक्रम पुगेको छ।
जगते (५) बाट बंश बिस्तार भएर देउलामा बसोबास गर्ने सन्तानहरु मध्य पङडो (६) पट्टिका सन्त्तानहरु मल्लो देउला, इजरनोला र पसुक्वाल क्षेत्रमा बसोबास गर्छन भने चैते (६) पट्टिका सन्तानहरुले तल्लो देउला,डङाली र कलुवाखोला ईलाकामा अफ् नो बस्ती बसाउदै आएका छन।
यश क्षेत्रका बस्तीहरुमा मुख्य पेसा कृषि नै रहेको छ।  कसैले सरकारी पेसा पनि अंगालेका छन भने धेरै जसो रोजगारिको लागि छिमेकी मुलुक भारत लगायत अन्य बाह्य देसहरुमा समेत बिदेशिएका छन्  ।

***

No comments:

Post a Comment