Saturday, July 24, 2021

अथ कथा उहिलेका पुर्खाको

कहिलेकाँहि सोचिन्छ, कति साहसी र बुद्धिमान थिए मेरा पुर्खाहरु । कुनै अज्ञात प्रदेशबाट आएर बिल्कुलै अपरिचित नौलो समाजमा उनिहरु स्बयम् स्थापित हुन सकेका थिए । झन्डै साढे पाँच सय बर्ष अघिको  त्यो  ज्ञात तर धमिलो कालखण्डबाट आजसम्म आइपुग्दा हामीहरु पाँच हजारको हाराहारिमा पुगेको अडकल गर्दैछौ । यसरी पाँच शताब्दिको स्वतन्त्र अस्तित्वको पछाडि दृश्यमान ति महान पुरुषको अद्भुत मानस साँच्चै स्मरणीय छ, बन्दनीय छ ।  प्रारम्भमा यहाँ आउदा एकाध दर्जनको संख्यामा थिए होलान् हाम्रा पुर्खा । इतिहास पढदा लाग्छ, त्यो आप्रबासन समयको अत्याचार आतंकको प्रतिकार गर्न यो संख्या अति अप्रयाप्त थियो । 12 भाइ मोटा भाटका खर्क थिए हाम्रा गाउँमा ।  गाउँको सिमानामा परिआए लडने भिडने र मनोरन्जनका लागि गोरु राँगा भिडाइ राख्ने स्थानको रुपमा परिचित जुजनथला ( युद्धस्थल ) नामको ठाउँ अझै छँदैछ । यसै आधारमा यिनिहरु कति जुझारु थिए भन्ने अनुमान गर्न सकिन्छ । एक जना मोटा भाटले बाइस पुला सोतरको भारिसंग खुट्टाले खेलाएर ल्याएको कालो पाट ( स्लेट ढुंगा ) अझै चोरा थानमा सुरक्षित छ । सोचौ त, कति बलिया जिउडालका थिए होलान यिनिहरु । करोड़ोंको जनसंख्या  भएको भारतलाइ  मात्र केहि  लाख या हजार गोरा मानिसले टाढाबाट आएर नचाएको इतिहास कथासंग सादृस्यता राख्छ मेरो सानो गाउको पुरा कथाले । त्यसबेला यो गाउमा बाइस थरि बिबिध थर जातका मानिसको बस्ति थियो रे  । यिनिहरुमा आपसमै बेमेल भै रहन्थ्यो । बिधि ब्यबस्थाको नाम निसान थिएन । इतिहास भन्छ, गंगामैदानमा भएको मुगल, मुसलमान अत्याचारबाट आजित हजारौ हजार झुन्ड मानिसको भिडमा मिसिएर हाम्रा कुनै एक जना बाजे यस पहाडमा उक्लेका थिए । आश्चर्य छ, त्यो भिडमा संयुक्त प्रतिकारको न योजना थियो न साहस । न त्यस्तो नेतृत्वको कुनै संग्लो इतिहास लेखिएकोछ ।  त्यो क्रुर कठीन समयमा भएका छिटफुट प्रयास र मौकाबाजिको कायरतापुर्ण इतिहास लुकाएर एकखाले दम्भका कथाहरु मात्र हामीलाइ पढइएकाछन् । बिधर्मि बाह्य आक्रमण नृशंस हुने नेै भयो । उनिहरुले मानिस मारे, मन्दिर लुटे, बलात्कार गरे, जिउधन केहि बाँकि राखेन । तर प्रतिकारमा गुप्त बिबाह भए,बाल बिबाह, बालहत्या हुन थाले । सतिप्रथा र जौहरको नाममा आत्महत्या हुन थाल्यो । आक्रमणकारिलाइ खेदने बिरलै नगण्य असफल प्रयास भए । भनिन्छ, भारत जित्ने हजार मात्रको गोरा सैनिकहरुको बिजय जुलुश हेर्न बीस हजार भारतियहरु सडक वरिपरि उभिएका थए रे ।  जातपातको कारण बिभक्त र बर्गिकृत समाज बिपत्ति कालमा पनि एकिकृत हुन सकेन ।  हताश र प्रताडित जमात मात्र बाध्य भएर उकालो उक्लियो । अरुहरुले बिभिन्न कर दन्ड तिरे, फरमान स्विकारे । लुकिछपि त्यतै बसे । पहााडि कमजोर राज्यसत्ताले स्थिति हेरि पहाडतिर पसेकाहरुलाइ तोकिएको सर्तमा  आफनो आलभित्र बस्न अनुमति दिएको थियो । स्वाभिमान गुमाएका कमजोर मानसिकताका जमातले हरि साहि भए पनि नरि शाहि भए पनि पातै टिप्ने गुलाम मानसिकता हतपति छोडन सकेन । येनकेन गुजरबसर चलाइ रह्यो । हाम्रो ज्ञात बंशावलिको पाँच पुस्ताले यो यायाबरि दुर्भाग्य बेहोरेको थियो । उनिहरु कहाँ कहाँ बसे, भाइ छोराहरु छुट्टिएर कता कता सरे, हामिसंग कुनै जानकारि देखिएन । यस गाउमा सरेपछि मोति भाटले स्थानिय रजौटासंग सम्पर्क बढाए । स्थिति बुझे । सार्बजनिक सभामै पण्डित्याइ प्रदर्शन गरे, प्रमाणित गराए । उनलाइ बडाभाटबाट जानिन र पुकारिन थाल्यो ।  बडाभाटको यहि पदनाम पछिल्ला पुस्ताले थरको रुपमा ग्रहण ग-यो र हामीहरु बडू कहलियौ ।  यहाँ स्मरणिय के छ भने प्रारम्भमा लिखित रुपमा बिबरण राख्न सकने ब्राह्मणलाइ भट्ट पदनाम दिइन्थ्यो, राजाहरु परम भट्टारक पदबि धारण गर्थे । ल्याकत र हैसियत अनुसार भट्टाचार्य, बडाभट्ट, भट्टराय जस्ता पदनाम पनि थिए । मौखिक अर्थात कन्ठस्थ गरेर श्रुति परम्परा अनुसार बेद पुराणको संरक्षण गर्नेहरु भाट मानिन्थे । यिनै कथा गाथाहरु कथ्दै गाउदै गाउघरमा आऊनेहरु राइभाट कहलिन्थे । त्यसबेलासम्म जातिय सोपानमा आधारित उचनिचको संस्तरण थिएन । पछिल्ला दिनहरुमा मात्र बक्र ब्याख्या गर्नेहरुले यिनलाइ अलग अर्थमा लैजाने गरेका हुन ।  हाम्रा बाजे पण्डित मोति बडूका बारेमा बिभिन्न मिथक कथाहरु प्रचलित छन् । औसि र पुर्णेको कुनै बिबादमा यिनले सर्बमान्य निर्णय गरेका थिए । बैदिक सनातन शास्त्रसंगै तन्त्र शास्त्रको समेत यिनलाइ गहिरो ज्ञान थियो । भनिन्छ, यि कुनै बस्तु अभिमन्त्रित गरेर आकासमा उडाउन , गायब गराउन र मसान लगाएर दुसाध्य काम गर्न गराउन समेत समर्थ थिए । पछिल्ला दिनको कुनै पारिवारिक दुर्घटनाका कारण यिनको तन्त्र निष्ठामा ब्यबधान आएको देखियो । अन्तमा त्यस्ता पुराना तान्त्रिक ग्रन्थहरु बस्ति र मन्दिर पारिको सिमसारमा गाडन लगाएका थिए रे । त्यो सिमसार ( सिमार) माथि कुनै कुनै खास रात्रिमा बति बलेको देखिने घटनाका बारेमा आमाले मलाइ कथा सुनाउनु हुन्थ्यो । यदाकदा गरुड पन्छि त्यहि सिमसारमा आएर के के खोज्ने गरेको मैले पनि ग्वालो हुँदा देखेको सम्झना छ । मन्दिर माथि नदि किनारमा ठाडा स्वाडा बनाएर त्यहा स्वाध्याय हेतु आश्रम बनाइका थिए  । नजिकै असिम केदार मन्दिरमा नित्य नैमित्यक पुजा चलाउने परम्परा स्थापित गरे । आश्रमका खण्डहर अझै हेर्न सकिन्छ । बैदिक सनातन धर्मको संरक्षण सम्बर्धनमा दुवानगर ( गढवाल) बाट प्रशिक्षित ब्राह्मणहरुको आवागमन समेत यहाँ चालु रहन्थ्यो । यो समग्र बस्तिलाइ श्रीकेदारको आलको हैसियत दिएर उनैले राजकिय संरक्षण दिलाएका थियो । श्री र सहकालका देवता असिम केदारको पबित्रतम स्थल मानिने यो झण्डै 10 बर्ग किलोमिटर क्षेत्रको उन्नयनार्थ  बिशेष ब्यबस्थाहरु समेत उनैले चलाएका हुन । " श्रीकेदार आल" अचेल    '"सुर्काल'"  नामले पहिचान बनाउन सफल भएकोछ । ( क्रमस:)

No comments:

Post a Comment