पश्चिम अष्ट्रेलियामा पर्ने ब्रुम र डर्बि जस्ता हिन्दमहासागर किनारका बन्दरगाह नगर पुग्ने क्रममा बिचित्रको बृक्ष Boyab अर्थात बोयाव भेट्टियो र यसबारे केहि जानकसरि बटुलियो। यसलाइ यहाँ बोआब, बोआबो पनि भनिन्छ । अरबीमा भने 'बु-हिबाब' नामले पुकारिन्छ । यसको अर्थ " धेरै बिज भएको रुख " हुदोरहेछ । यसको जेनेटिक नाम boyabab हो । बोलचालमा बोतल वृक्ष र उल्टो रुख भनेको पनि सुनियो ।
यो रुखको बिचित्र आकृति चर्चाको बिषय हुन्छ नै । यसका जरा तनाहरु भित्र 120000 लीटर सम्म पानी जम्मा हुन सक्छ । यो रुखका तना भित्र 76% पानि भरिएको हुन्छ । त्यसैले कम पानि पर्ने मरुस्थलका लागि यो बरदान नै मानिन्छ । मुलत: अफ्रिकि मुलको मानिने यो रुखलाइ अफ्रीकाले नै 'द वर्ल्ड ट्री' को उपाधि प्रदान गरेकोछ । यसको सब भन्दा ठुला रुख पनि अफ्रिकामा नै पाइन्छन । बर्षको 6 महीना मात्रै पात लाग्ने यसको रुख लगभग 30 मीटर अग्लो र 11 मीटर चौड़ो सम्म भेटिएकोछ रे । बोयाबका 1500 बर्ष सम्मका पुराना रुख अद्यापि भेटिन्छन ।
साइट्रस ग्रुपसंग मिल्ने यसका फलहरुले ताजगि दिन्छन् । पात र बोक्रामा प्रशस्त औषधिय गुण हुन्छ । तना र डाँठ भित्र पानि जम्मा भएको हुन्छ । बोक्राको धूलो पानि संग मिसाएर खादा पेटका सबै बिकार ठिक हुन्छन भन्ने मानिन्छ । ट्रपिकल क्षेत्रका जमिनमा यसका लामालामा जराहरुले पानिको संचिति समेत गरेर भुक्षय नियन्त्रणमा ठुलो योगदान गरेका हुन्छन् ।
अष्ट्रेलियामा 19औ शताब्दितिर एबओरिजिनल कैदि बन्दिहरुलाइ पक्राउ गरि यसै रुखको फेदका टोडकाभित्रको ' होल्डिङ सेल ' मा राखिने गरिन्थ्यो रे । त्यसैले यसलाइ प्रिजन ट्रि पनि भनिदो रहेछ ।
अष्ट्रेलियन आदिवासि एबओरिजिनलहरु बोयाबलाइ बरदानी बृक्ष मान्दछन् । पात र फलबाट खाना, बोक्राबाट बिबिध बनौषधि, तनावाट प्रशस्त पानि र रेशाहरुबाट घरेलु सामान बनाउन पाइने भएपछि के चाहियो र ? नार्दर्न टेरेटरिमा यो संरक्षित बनस्पति मानिन्छ । मुलत: अर्बाचिन कालको अफ्रिका, मेडागास्कर र अष्ट्रेलिया सम्मिलित क्षेत्रमा दुइ करोड बर्ष पहिलेदेखि रहेको मानिने यो रुखका बिजहरु समुद्र नाघेर यहाँसम्म पुगेका हुन भनिन्छ ।
एबओरिजिनल समुदायहरुमा यसबारे धेरै मिथकहरु प्रचलित छन् । यसको पानिले नुहाउदा शिशुहरु बलिया र अग्ला हुने बिश्वास गरिन्छ । यसको फेदमा बस्दा दैबि शक्तिहरु सफलताको लागि सहयोगि बनि रहन्छन् । छायामा बस्दा सकारात्मकताको प्रभाव रहने भएकोले समुहका सरदार वा राजाहरु कुनै ठुलो वा बिशेष निर्णय गर्नु पर्दा यसैको फेद मुनि भेला बोलाउथे रे ।
एबोरिजनलहरुको मान्यतामा समयका दुइटा पाटा छन । उहिलेको स्वप्नकाल ( Dream time ) र अब आउने कल्पनालोक ( Imagine time)। आदिबासि बिश्वास अनुसार बोयाबका गहिरा लामा जराहरु पुग्ने बालुवामुनि स्वप्नकाल अझै सुरक्षित छ रे । मिथक कथा अनुसार उहिले सबै प्रकारले समर्थ र सुरक्षित भएपछि यो रुख सारै घमन्डी पनि भएछ र चारैतिर जरा अझ फैलाउन थालेछ । सारै अटेरि भएकोमा संसारको सबैभन्दा जेठो र स्वर्गबाट पठाइएको प्राणी "इन्द्रधनुषि सर्प " (Rainbow sarpent) रिसाएर यसलाइ जरै सहित उखेलेर जमिनमा उल्टो गरि फालिदिएछ । फलत: कालान्तरमा यो रूखले जरा आकासतिर उँभो र हांगा जमिनमुनि उधो गाडिएर बस्नु परेकोहो । हुन पनि झट्ट हेर्दा यो रुख ऊल्टोपाल्टो जस्तै लाग्छ ।
एथेन्सको बगैचामा रहेको ज्ञानबृक्ष ( Tree of knoweldge ) यहि पो थियो कि ? अथवा गितामा बर्णित उर्ध्वमूल मध्वशाखा भएको र छन्दरुपि पातबाट पल्लवित बृक्ष यस्तै पो थियो कि ?
जे होस्, यस्ता रुखहरु जिबन्तता, धैर्यता, अन्तर सहसम्बन्धता र दैबिय बिलक्षणताका प्रतिक मानिन्छन । पतिब्रता बृन्दाको श्रापले भगवान स्वयम पिपलको रुख बन्नु परेको प्रतिकात्मक कथा सनातन शास्त्रहरुमा पनि पढन पाइन्छ ।
स्थावरहरुको संसार हामी प्राणिहरुको जगतभन्दा अत्यन्तै जेठो मानिन्छ । अष्ट्रेलियन ट्रपिकल अभयारण्यहरु भित्र यसपाला अर्कै भावभुमीमा बिचरण गर्दा बोयाव बृक्षसंग पनि साक्षात्कार हुन पाए । दक्षिण गोलार्धको यो एक मात्र महादेशको एक मात्र देश अष्ट्रेलियाको उत्तरि सिमाना (Northern territory)बाट पश्चिम अष्ट्रे्लियाको कुन्नुनुर्रा (kununurra) र किम्बर्ले ( kimberley) क्षेत्रको भ्रमण गर्न भ्याइयो । यो सद्संयोगको अवसर जुराइ दिएकोमा छोरा दिलिपलाइ साधुबाद ।
अरु प्रसंग क्रमस: कथौंला । अस्तु ।
2082/04/7
केथरिन
No comments:
Post a Comment