-लटरम्म पातहरु हावासंगै हुर्रिएर गए।
सिंगो अस्तित्व टुक्रिएर बिलाउदे गयो।
-नांगो डाँडाभरिको एक छत्र बसाई,
अतीतको थोत्रो ईतिहासमा मात्र थन्कियो।
-सेरोफेरो साँच्चै पो बदलियो त?
अक्षत यौवना जस्तो गाऊँको परिवेश
अबश्यम्भावी तर अबैध परिवर्तनको प्रसव-पिडा बोक्दैछ।
लक्का जवान कुप्रिएकाछन,
दुधे बालक तरुना भएकाछन।
निर्मोही समय
मेटनै नपाउने डोबहरुमा टेक्दै
आआफै बरालिएकोछ।
मपाईको जडौरीमा गरिबिको थान्कोले
जतिसुकै टालटुल पारे पनि
समयले खेदो खनेकैछ ।
_यसपाला त
ख्वै बसन्त आउने छाँट देखिएन।
अझै बाँकी रहेका केहि पहेला पातहरु
क्रमस: अल्पिदै गएकाछन र
बुढो रुख आगत र बिगतको मध्य क्षितिजमा
काँपेको काँप्यै छ ।।
(०५०साउन२,सुरकाल)
Heart Touching Lines, Showing the Declining Beauty of our villagehood.
ReplyDeleteTime is killing the originality of our the then days values and the color is fading a way.
Badu Sir, You R awesome!!!