Saturday, September 13, 2014

आहा! स्वर्गद्वारी !!

                                       
( साभार- निबेदन वैद्य, अनलाइन खवर/३१ भााद्र ०७३ )

प्यूठानको स्वर्गद्वारी मन्दिर नेपालको चर्चित धार्मिक पर्यटकीयस्थल हो । तर, यो सुन्दर स्थलको दर्शन गर्ने अवसर धेरै मानिसले पाउन सकेका छैनन् । विगतमा यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भए पनि अब स्वर्गद्वारीको यात्रा सहज बनेकोे छ ।

पहाडको टाकुरामा वरिपरि जंगल छ भने थुम्कोमा मुख्य मन्दिर छ । यही मन्दिरलाई ‘स्वर्गद्वारी’ भन्छि । पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिम स्थान यहीे बाटो भएर गएकाले यसको नाम स्वर्गद्वारी रहेको किंवदन्ती छ ।

स्वर्गद्वारी धार्मिक हिसावले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ । स्वर्गद्वारीबाट आठ हजार मीटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौं हिम श्रृंखला हेर्न पाइन्छ ।
स्वर्गद्वारीबाट देखिने हिमाल अन्नपूर्ण, धौलागिरी र मनास्लु लगायत छन् । विशेष गरी धौलागिरीलाई नजिकबाट नियाल्न स्वर्गद्वारी उपयुक्त स्थान हो ।

स्वर्गद्वारीको महत्व नेपालमा जस्तै भारतमा पनि छ । यही भएर बर्षेनी एक लाख भन्दा बढी भारतीय भक्तजनहरु स्वर्गद्वारी पुग्ने गर्दन् ।
रोल्पाका बाल तपस्वी हंसानन्द गिरी (महाप्रभु) ले विस १९५२ मा १ हजार ६ सय रोपनी जग्गामा स्वर्गद्वारी मन्दिरमा आश्रम बनाएका थिए ।
स्वर्गद्वारी मन्दिर १२० वर्ष पुरानो रहेको बताइन्छ । यहाँ अखण्ड ज्वालासहित धुनी, वेद पाठ र बली विनाको पूजा एवं हवन हुँदै आएको छ ।
मन्दिर परिसमा गणेश, देवी, सूर्य, बिष्णु, तथा शिवका मूर्ति र मन्दिरहरु बनाइएका छन् । मन्दिर आएका भक्तजनहरुलाई खान र बास बस्नका लागि मन्दिर व्यवस्थापनले नै चाँजो पाँजो मिलाउने गरेको छ ।
स्वर्गद्वारीमा विशेष गरी बैशाख पूणिर्मा, बुद्धजयन्तीमा बिशेष मेला लाग्छ । त्यसबेला भारत र नेपालका हजारौ भक्तजनहरु आउने भएका कारण खानपिन तथा बासको व्यवस्थापनका लागि समस्या हुने गरेको छ ।
स्वगद्वारी मन्दिर परिसरबाट १५ मिनेटको पैदल दुरीमा महाप्रभु गुफा रहेको छ ।
स्वर्गद्वारी जाने बाटो
मन्दिर कसरी पुग्ने भन्ने विषयमा नेपालमा सहरी क्षेत्रमा उचित प्रसार प्रसार हुन नसक्दा जति आन्तरिक धार्मिक पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन ।
काठमाण्डौबाट नेपालगञ्जसम्म हवाई यात्रा र त्यसपछि रोल्पा चल्ने बसमा प्युठानको भिङ्रीसम्म सार्वजनिक बसमा जान सकिन्छ । त्यसपछि ५ घण्टाको पैदल यात्रा गर्नुपर्छ । त्यहाँबाट निजी सवारी साधन पनि मन्दिर परिसरसम्म प्रयोग गर्न सकिन्छ ।

No comments:

Post a Comment