Thursday, August 11, 2016

एक थिए महात्माजी !

 
   
वास्तवमा उन्लाई कुन शब्दबाट संबोधन गर्नुपर्ने थियो, मलाई अझैै एकीन छैन । लोकप्रचलनमा महात्मा  भनिएकाले मैले पनि यहि शब्द छानेको मात्र हुँ ।
मेरो पिताजीका एक जना दाइ थिए, एक जना भाई । काका र हाम्रो घर जोडिएकै थियो । तर जेठा बुवाका बारे भने उडन्ते खबार बाहेक हामीले केही सुनेनौ, देखेनौ । उनी कहिले हरिद्वार कहिले प्रयागतिर देखिएका स्फुट खवर भने आइ रहन्थे । जोतिष, धामीहरुका पनि आआफ्नै्नैखाले बोलिबचन भाका फेेरिइ रहन्थे । यसैक्रममा डडेल्धुराको भागेश्वरमा एकजना महात्मा बस्ने गरेका र उनि हाम्रै जेठाबा भएको दाबीसहितको नयाँ खवर आयो क्यारे । बुवा भाागेश्वर दर्शन गर्न भनेर त्यता गएको धमिलो संझना अझैै बाँँकि छ । केही बर्ष भागेश्वरतिर खुुब आउजाउ चल्यो पिताजीको । निर्क्यौल नै नभए पनि ती हाम्रै ठुुल्बा हुन कि भनेर राम्रै प्रचारित भए । बुवा स्वयं पनि केही बर्ष यसै भ्रममा बसे । तर पछि ति महात्मा त उतै लुलानतिरका ओझाा बाहुन भएको रहस्योद्घाटन भयो। यसरी पिताजीको एउटा भ्रम तुहिएको मलाइ जानकारी छ ।
यस्तैमा एकदिन हातमा डमरु र चिम्टा बोकेका, मात्र एकसरो एकजोड गेरुवाबस्त्र लाएका र झोलामा ३/४ धाार्मिक किताब राखेका कृष्काय ब्रह्मचारी हाम्रा गाउँमा आए । उनी एकरस भएर रामचरित मानसको पाठ गर्दथे । उनको पृयपद थियो," दीनदयाल बिरद सम्भारे, हरहुँ नाथ मम संकट भारे " । किन र कसरी मलाइ थाहा छैन, तर उनी नै हाम्रा जेठा बुवा हुन् भनेर पिताजीलाई लागेको थियो रे ।
सबै वहाँलाइ महात्मा भन्दथे । ब्रह्मचारीको रुपमा आए पनि पछि यतै सन्न्यास ग्रहण गर्नुभयो । गाउलेहरुले स्थानिय मन्दिर नजिक बनाइ दिएको सानो आश्रम बस्नु भयो । साँझबिहानको किर्तनमा यदाकदा हामी स्थानिय भुराहरु पनि सामेल हुन्थ्यौ । म त्यसताका शाायद कक्षा ७/८ मा पढने १३/१४ बर्षको डरपोक ठिटो थिए । तर महात्माजीको प्रिय शिष्य पनि थिए । हामीहरुलाई वहाँ " बालक" भनेर नै बोलाउने गर्नुहुन्थ्यो ।
यसैताका बर्षातको कुनै संगीतमय साँझ । कामको चटारोबाट आमाबाबा थाकेर घर फर्कनु भयो । तर मलाइ घरको कोते धन्दामा कुनै रुचि थिएन । बय:सन्धिका ती दिनमा भय-भ्रा्न्तिमा अल्झिएर म प्राय: उदास उद्विग्न रहन्थे । उमेर नै त्यस्तो थियो क्यारे । आमाले भैैंंसी दुहुनु भयो । एउटा लोटामा थुुन्तातो दूध भरेर " मन्दिर का महात्माजी" दिएर आउन मलाई अह्राउनु भयो । त्यहाँ पुग्न १०/१५ मिनेट ओरालो झर्नु पर्थ्यो ।
दुई पहाडी नदिको संगममा सानो धाार्मिक बनभित्र रहेको मन्दिर त्यसै पनि हाम्रालागि अतिव आस्था र रहस्य रोमान्चको ठााउँ थियो । साँझको बतिबाल्ने हुनै लागेकोथियो । मन्दिर छेउको सानो कुटियामा म हुर्रिएर पुगे ।
तर त्यसबेला त्यहाँ महात्माजी भेेट्टिएनन् । धुुनीमा तात्तातो खरानीमात्र थियो । पुस्तक, झोला, बाजा, चिम्टा केही थिएन । कहिलेकाहि एक्लै हुदा उनी मन्दिरको सरसफाइमा हुन्थे । त्यसैले मैले मन्दिर परिसर चाहारे । तर .. अहँ। उनि भेट्टिएनन् । सिमसिमे पानी पर्नै आटेको त्यो एकान्त साँझमा केहिसमय टोलाइ रहे । भयमिश्रित उत्कंठा र प्रतिक्षाको घडीमा नानाथरि संभाबनाका छाया चलमलाउनेे नै भए । मन्दिर क्षेत्र भावनामय हुने नै भयो । म फर्कने कि कुर्ने भन्ने दोधारमा थिए ।
सुनेको थिए, मन्दिरभित्रको चेेतनसिलामा अपरिभाषित शक्तिहरु छन् । यो अनन्त ब्रह्माण्डको चेेतन सत्तापुन्ज हो । यस ठाउमा अतिन्द्रिय शक्तिहरु घुुमिरहेका हुन्छन् , आदि आदि । ... जेहोस् , त्यो साँझ यो कमजोर भयभित किशोर सुनसान मन्दिर हातामा एक्लै हातजोडेर उभिएको थियो । " त्वम् शरणम्" को स्थितिमा  ।
अकस्मात बाजा बजेको आवाज सुनियो । महात्मा पुगेको भ्रममा म कुटियामा फर्के, तर कोहि थिएन । त्यो आवाज त माथि डाडाबाट आएकोजस्तो लाग्यो । मलाई अन्तरात्माले त्यहि आवाज पछ्याउन अह्रायो । म बिपरित दिशामा जंगलको बाटो उकालोतिर लागे  । एक्लै, सुनसान बाटो र रातिको समयमा एक्लै यो उकालो उक्लिन कुन शक्तिले सघायो, थाहै भएन ।
आषाढ साउनको खरफगाला हुँदै जाने त्यो बाटोमा " बाटो" को कुनै नामनिसान थिएन । झन्डै आधा घंंटा हिडेर धनकुणाको उच्चसमस्थलीमा पुगियो । अँँध्यारोले सम्राज्य फैैलाई सकेको थियो । टाढा घरतिर टिमटिम आगो बलेकोसम्म देखिन्थ्यो । हरियो घासको चौर र झाडीहरु । अनुमानको भरले हिडदा खुुट्टामा बेरिएर आउने गोलकाँक्रीका लहरा( बेलाहरु) । गोलकाँक्रि टिप्दै खल्ति भर्दै म उकालो उक्लिरहे । बाजा बजेको धमिलो आवाज माथि माथिबाट आएजस्तो भइनै रह्यो । म त्यहि आवाज पछ्याउदै माहात्माजीले गाउने गरेका भजन गुनगुनाउदै हिडिरहे, उक्लिरहे । घनघोर जंगल नजिकै थियो । पहाडिखोला सुसाउदै थिए । पारिपट्टि लोइभिट्टा निष्पट अँँध्यारो भेैैसकेको थियो । वारि दुद्पोखरीको किनारहुदै म जंगलतिर कुददै थिए । अन्तत: बाजाको आवाज शुुन्य भयो । अब कता जाने भन्ने सकसमा परे । कुन्नि किन? ढकोला छोडेर म फेेरि मजरखोला तिर लागे । काँडेझारीहरू, सुनसान जंगलको किनार । जुनसुकै बेला जंगली जनावरको शिकार हुनसक्ने त्रासदि । माथि डाडामा पुगेपछि लखतरान भएर एउटा ठुुलो ढुुुङ्गाको आडमा लम्पसार हुन पुगे ।
केही समय सुस्ताए पछि तल खोलामा सपष्ट शंंखध्वनी सुनियो । बल्ल महात्माजी यतै कतै छन भन्नेमा ढुुक्क भइयो । केही क्षण सुस्ताए । केही गोल काँक्रि( स्थानिय भााषामा गोल्याकाँकणि) खाए । आहा क्या मिठा थिए  ती । अनि पो स्थितिको भयावहता बोध भयो । रातको बेला जंगलको बाटो बिल्कुलै निर्जन स्थानमा म एक्लो मानिस । गर्न पो के सक्थे र । नियतिको भरमा येनकेन शंंखध्वनी सुनिएको दिशातिरको बाटो लागेपछि त बाजाबजेको आवाज पनि सपष्टतर हुँदै गयो । झाडीका झुुुम्मिएका हाङ्गाहरु छिचोल्दा बरर ओस झर्थ्यो, माटोको मादक सुगन्ध बाताबरणमा मिसिन्थ्यो । यो ओरालो धेेेेरै हिडन परेन । झाडीहरुको समुद्र मुनि अन्तत: खुुल्ला छाप्रो भित्र धुुनिको मटमैलो प्रकाशमा एक्लै हल्लिदै कुनै भजन गाइरहेका महात्माजी टाढैबाट देखिए । घास र ढुङ्गाको बीचमा खरको सानो छाप्रो । यो कुटिया भित्र पहाडी ढलानसंग टाँसिएको सानो गुफा । कुन प्रकृतिले बनाएको थियो र कुन पछि थपियो, छुट्याउनै मुश्किल । यस्तोमा पनि एक्लो मानिस बस्न सक्छ र? स्वाभाविक प्रश्न आउथ्यो । तर पनि  यो अनिर्बचनीय दृश्य थियो । बाँजका दाउराको आगोको गन्ध बाहिरसम्मै आएको थियो । बाबाको भाषामा भन्नुपर्दा यस्तो धुुुुनी उनको साधनाको अंग थियो । उनको नियमित साधना-  भावको मुद्रा वदलिन थालेपछि म निसंकोच कुटिया भित्र प्रबेश गरे ।
एकछिन त उनी पनि अचंंभमा परे । कसरी आयौ? के ल्यायौ? भनेर सोधे । मैले सबै बृतान्त बताए । दुधको लोटा र खल्तिमा रहेका गोलकाँक्रि दिए । वहाँले आशिर्बादको मुद्रामा शिरमाथि हात फेेर्नु भयो । यसपछि उनको असिना जस्तो जमेर बसेको अतीत र पुरानो उजाण बाँझो संसार थोपा थोपा  बनेर सुभासित हुँदै रसाउन थाल्यो । म लाटोले केरा चाखेेेेको जस्तो केही बुझेर केही नबुझेर अवाक हुँदै सुनी रहे । बस .. सुनी रहे ।
एकसरो धोती, गम्छा, चिम्टा र कमन्डलु । सानो झोलामा शायद केही पुस्तक ।  उनीसंगको बाह्य जिनिस यति मात्रै थियो ।
लोटामै दूध ततायौ । धुुनिको आगोमा दुइवटा डल्ले रोटि पकाइए । त्यो सुस्वादु खाना र त्यो पर्णकुटिको बास मेरो जिबनमा कहिल्यै भुुल्न नसकिने संस्मरण बन्यो ।
"जीवन कहाँ सरलरेखामा हिड्छ र? ।बांगाटिंगा नागबेलिमा हिडेको जिबनको बाटो पहिल्याउन गारो छ । " महात्माजीले त्यसदिन बताएका थिए । " हामी ईश्व्वरिय सूक्ष्म ब्यबस्थाका विशिष्ट घटक हौ । हामीभित्रै पनि हाम्रै प्रतिरुप जस्ता करोडौ ईश्वरीय अणुु-अंंश छन । ब्रमाण्डका प्रतेक अणुु परमाणु आफैैमा चेेतन छन, स्वतन्त्र छन ।तर यो सब समष्टिगत प्रणालिमा आबद्ध छन । त्यसैले हामी अंंश पनि हौ र अंंशी पनि हौ । "
बालक! बाटामा कसैसंग जम्काभेेट त भएन? उनले सोधेका थिए । मैले कोहि नभेटेको बताएपछि उनले भनेका थिए , "यो राति जंगली जनाबर र भुुतप्रेत बाहेक अरु  पनि भेेटिन सक्छन । जसलाई देख्न वा अनुभव गर्न सकिन्छ । " उनको भनाइ थियो- मृत्योपरान्त पनि सूक्ष्म शरिर बाँकि नै रहन्छ । यो अल्पबिकसित हुन्छ, धेेरै कुरा गर्न असमर्थ हुन्छ । तर यसलाइ अनुभव गर्न सकिन्छ । यथार्थमा संसार भन्नु अनुभव मात्र त हो । त्यसैले योगीहरु संसारलाई माया अर्थात भ्रम भन्दछन् । केही योगीहरु स्थुल शरिर भएकै अबस्थामा पनि सूक्ष्म शरिर धारण गर्न सक्दछन । यो बाटोमा यस्ता कैयौ शक्ति भेेटिन सक्दछन ।
यो स्थानको महत्व बारे उनले बताए- ब्रह्माण्डको सुर्य शक्ति जसरि ध्रु्बप्रदेशमा कम र भुमध्यप्रदेशमा ज्यादा हुन्छ, त्यसरि नै आध्या्त्मिक भााषामा दिब्यलोकको चेेतना शक्ति पृथ्वीको  यस क्षेत्रमा  ज्यादा छ । त्यसैले पाण्डबहरुले स्वर्ग जान यसै बाटोलाइ रोजेका थिए ।
" यसरी घुुमेका भेेट्टिन्छन र? हाम्रा पिता पुर्खा भेटिएलान त। तर मैले त कसैलाई पनि भेेटेेको छैन । " मेरो सहज जिज्ञासा थियो । मैले बुझे अनुसार महात्माजीसंग यस बारेमा थुुप्रै अनुभव थिए । जिवनको त्रि-आयामिक अनुभव सहजै बुझ्नसकिने बिषय पनि होइन् ।
 महात्माजीको भनाई अनुसार यो उत्तरापन्थ मुक्त आत्माहरुको बिचरणस्थली पनि हो । यी आत्मा पनि विभिन्न किसिमका हुन्छन । यो ब्रमाण्डमा मात्रै पृथ्बी जस्ता हजारौ खन्ड छन् । हजारौ ब्रमाण्डमा अनगिन्ति ईश्वरिय सिर्जना छन । त्यसैले एकांकी निजी सोचले मात्र यो भवजाल बुझ्न सकिँदैन । मान्छेका चाहना पनि एक किसिमको बिचार हो । बिचार एक किसिमको शक्ति हो । शक्ति कहिल्यै सकिँदैन ।
महात्माजीले यस्ता शक्तिहरूसंग साक्षात्कार गरेका थिए  रे  ।  त्यो कालजयि क्षण र बिशुद्ध आध्या्त्मिक चर्चालाई शब्द संजालमा कैद गर्न खोज्नु मेरो घृृष्टता मात्र हो । यौटा बैरागीलाई पाउनु र गुमाउनुमा कतिको फरक हुदो रहेछ ? त्यो त्यसै दिन मात्र थााहा पाएकोहुँँ । मलाई पथप्रदर्शन गर्दै त्यहाँसम्म पुर्याउने अज्ञात शक्ति को होला ? अद्यापि अनुत्तरित छु । त्यो चर्चामा केही मार्मिक कुरा मात्र मैले बुझे जस्तो लाग्दथ्यो, त्यो न्यून बुझाइ नै अहिले मेरो ठुुलो कमाइ रहेको ठानेकोछु ।
चर्चान्तमा महात्माजीले स्थानिय लोकगीतको दोस्रो पद मात्र सुनाएका थिए । " के खााइ गएइ, के लाई गएइ, लिखाणका ससाऽऽ । अर्थात उखुबारि भित्र आएका ए खरायो! बिचरा तिमी के खााने हौ र के लिएर जाने हौ ? त्यो ससा ( खरायो ) को बिम्ब भित्र म थिए कि वहाँ स्वयम् हुनुहुन्थ्यो ? यथार्थ उत्तर अझैै अनिर्णित छ ।
उनिजस्तै सिंगो भएर बाच्ने क्रममा मैले पनि जिवनका तीन बीस बर्ष बिताइ सके । ब्यर्थको गर्बोक्ति बोकेर विभिन्न ठाउको घामपानीमा घुुम्दाघुम्दै भााच्चिनथालेको अब महसुस हुदोरहेछ । जीवन र जगतको यो गोरख धन्दामा खोोक्रा आदर्श बोकि हिडदै म टीठलाग्दो मनुवा भएर पो बाँचे कि ? थिचथाच मिचमाच गर्ने हैकमबादिको शिकार बनी स्वअस्तित्व मात्रै गुमाए कि ? घोत्लिनु पर्ने आबश्यकता देख्दैछु । महात्माजीको सम्झनामात्रले मलाई परिचय बिहीन दूरदेशमा लैजान्छ । त्यहाँ वहाँलाई सत्य, शिब र सुन्दर भावमा नाचिरहेको देख्दछु । र पुन: पुन: संकल्पित हुन चाहन्छु, तन्मे मन: शिब संकल्पमस्तु । प्रणाम महात्मन् ! प्रणाम !! प्रणाम !!!




No comments:

Post a Comment