Saturday, August 13, 2016

चालिस बर्षको नौकरीमा पचास ठाउँ सरुवा-१

बिषय-प्रबेश 

पितापुर्खादेखि कृषिकर्ममा लागेको मेरो परिवारभित्र नौकरी पेशा अंंगालेर क्रमभंग गर्ने म पहिलो ब्यक्ति हुँ । त्यसो त नेपाल सरकारको निजामती सेवामा प्रबेश गर्ने मेरो गाउँकै पहिलो मानिस पनि मै हुँ । यसरी पेशा परिबर्तनको कथा भने अचंंभको छ । यो कथाभित्रका कैयौ घुुम्तिहरू दुरुह र दर्दनाक छन । कैयौ मोडहरू मार्मिक र मोहक पनि छन् । जागिर शुुरुगर्दा खाएको शपथको उच्च सम्मान गर्दै केही मसिना सम्झना यस आलेखमा समेटन खोजेकोछु ।
एउटा आमभनाई छ; उत्तम खेति, मध्यम व्यापार, अधम नौकरी । उत्तम पेशाबाट एकै चोटि अधम पेशामा किन आइयो होला ? बिचारणिय छ । यो बेग्लै निरुपणको बिषय हो । ०३० सालमा एस एल सी सकिनासाथ राम्रो नौकरीका सपना देखाइए, सरकारि नौकरीका शाानका कथा सुनाइए, खलंगा गढिका कारिन्दा सिपाहिहरुको फुुर्तिफार्ति सम्झाइयो ।  गाउँमा कुटो कोदालो गरेर "केही नहुने" भनियो । बस्... म " नौकरी" खोज्नतिर लागे । 

पहिलो असफल प्रयास

तीससालताका एस एल सी पासगरेकालाई गाउँमै "मास्टर" को काम भए पनि सजिलैसँग पाइन्थ्यो  । तर म कतै ग्राह्य भइन् । कारण नौकरी गर्न खोज्ने तर चाकरि गर्न नजान्ने । अलिअलि बाठो, अलिलि "बेसोमति" पनि । त्यस्ता  भोगाइका कथाब्यथाहरु बेग्लै छन । मलाइ यो पढाईले गाउँमा एक्लो पारेको थियो । खेेतिपाति गर्न नहुने अरु केही कामको अनुभव नास्ति । मेरै गाउँमा आफना सबै थिए, तर मेरो कोहि थिएनन् । भन्न गर्न केही नसक्ने सारै सोझो मानिस गनिन्थे म  । यिनै " कुण्ठा" हरुले मेरो जीवन यात्रामा सातुसामलको काम ग-यो । 
०३०सालको हिउदमा नौकरिकै खोजमा पहिलोपल्ट घरमा जानकारी नै नगराइ महेन्द्रनगर झरे । नगरमा चित्त बुझ्दो केही भेट्टिएन । बेलौरितिर मास्टरी पाइएको थियो, लाग्ला बेलौरीको घाम भन्ने बोलको तत्कालिन बहुप्रचलित लोकगितको भावार्थ सम्झेर जाने मनै लागेन । केही काम नगरि १०/१५ दिनमा लुस्सुक्क घर फर्के । एस एल सी गरेको पहिलो बर्ष यतिकै किचमिचमा बित्यो । 

राजधानीको सडकमा ; नौकरीको चक्कर

काम गर्दै पढदै गर्ने भनि ०३१ आषाढतिर घरसल्लाहमा म काठमाडौ  हानिए । ब्याबसायिक बिषय पढने भनेर थाापाथलि क्याम्पसमा भर्ना पनि भए । अर्कोतिर कानुन पढने तयारिमा पनि लागे । तर अर्थाभावको टडकारो समस्यामा कतै जागर चलेन । घुुइपाताल नौकरीको चक्करमा लागियो । त्यसताका राजा बीरेन्द्रको राज्याभिषेकको तयारीमा राजधानीको सिंगारपटार हुँदै थियो । सडकहरूको मर्मत सुधार युद्धस्तरमा चालु थियो । सडक बिभागमा कार्यरत तत्कालिन सेक्सन अफिसर ( हाल सचिब पदबाट सेवा निबृत) कर्ण बहादुर चन्दज्यूको सिफारिसले सडक डिभिजन कार्यालय,जावलाखेल  मा दैनिक ज्यालादारीको सुपरवाइजर पदमा पहिलो काम काम गरियो । यदाकदा पाटनका दुर्गन्धित गल्लिहरुमा सडकको नापजाँचमा गइन्थ्यो । अन्य खास काम केही थिएन । यसै क्रममा अर्को एकडेढ महिना सडक डिभिजन कार्यालय , सानो गौचर  मा पनि घुुमियो । यसै अवधिमा कृषिबिकास बैंक अन्तरगतसहकारी संस्था/ निर्देशित ग्रामसमिति मा कामगर्ने गरि ऋण सहायक निरिक्षक पदमा छनौट भेैैसकेको थिए । ०३१ को दशै बिदा पछि सहकारी प्रशिक्षण केन्द्र, धोबिघाट   मा प्रशिक्षार्थीको हैसियतले नयाँ कार्यक्षेत्रमा प्रबेश गरे । मेरो जागिरे जिवनको पुर्बाङ्ग यहि थियो । .. कथाले यहि माागेको थियो । समयले यहि दियो । मैले पनि सहर्ष सकारे । ..

डडेल्धुरा ; जागिरे जिवनको पहिलो मुकाम

त्यसबेला भिमदत्त राजमार्गको सहजपुरसम्म मात्र ट्रेक खुलेको थियो । कृषिबिकास बैक ले डडेल्धुरा खटाउदा  गोरखपुर, लखनौ (भारत) को बाटो भैै बल्ल धनगढि पुगियो । खुुट्टाको जुत्ता सहित मैलानीमा सबै सामान चोरिदा खल्तिखलाश भएर येनकेन  डडेल्धुरा हाजिर भए ०३१ माघमा । साथिहरु स्व नर बहादुर खत्री, तिर्थराज जोशि र म समेत ३ जना कृषिबिकास बैंक उपशाखा कार्यालय, डडेल्धुरा मा खटिएका थियौ । सहकारी खुुल्ने क्रम तिब्र गतिमा थियो । हामी रु ३००/- मासिक खाने ब्यबस्थापक थियौ । केही महिना त वैंक मै काम ग-यौ । बैंकमा लेखपालहरू हाजिर भएपछि संस्थाहरुमा खटिनु पर्ने भयो । केहि महिना सहस्रलिङ्ग बहुमुखी सहकारी संस्था लि., राई मा काम गरे । उपभोक्ता भंंडार संचालन गरिएको थियो । डडेल्धुरामा कोटाको चाामल,चिनी , मट्टितेल र रासायनिक मल बिक्रिबितरण गर्नु पर्थ्यो । मलाई सम्झना छ, त्यसबेला डडेल्धुराको बार्षिक आबश्यकता चिनी १० क्विंटल, मट्टितेल १६०० लिटर र रासायनिक मल सय क्विण्टल अनुमान गरिन्थ्यो । ब्यबस्थापककै हैसियतमा एक डेढ महिना सिद्धनाथ वहुमुखी सहकारी संस्था लि., जोगबुडा मा समेत बसियो । अन्तत: नयाँ गठन भएका मध्ये भागेश्वर निर्देशित ग्राम समिति, बोकटा  मेरो कार्यक्षेत्र तोकियो । शाायद ०३३ सालको तिहारदेखि यो संस्थामा कारोबार शुुरु गरियो । जम्मा रु २५०००/- ऋण लगानी गरेर मैले ऋण सहायक निरिक्षकमा काम थालेको थिए । सहयोगी साथी तत्कालिन जे टि ए केशबदत्त जोशी र मैले खुुब खटिएर काम गरेका थियौ । बोकटामा उन्नत बीउ, रासायनिक मल, आधुुनिक कृषिऔजार र किटनाशक औषधिको पहिलो खेेप हामीले नै पु-याएकाहौ ।
अहिले सम्झिदा लाग्दछ, अल्लारे बनेर ख्यालख्यालमा खाइएको नौकरीलाई गम्भीर बनेर बुझ्न थालेको मैले यसपछि मात्र  हो । बडो मनमौजी प्रेमिल बाताबरणमा । पाईलाहरुको योग नै यात्रा भएजस्तो त्यसबेला उम्रिएका ससाना सपनाहरुको सामुहिक परिणति नै मेरो आजको बिपना हो । यात्रामा भेेट्टिएका कैयौ  सहयात्रीहरू अहिले  विभिन्न ठाउँमा छरपष्ट छन, होलान् । फर्किहेर्दा जिबनको यो मुकाम नै  जागिरे जीवनको प्रस्थानबिन्दु मानेकोछु । तीन बर्ष यो गाउँमा बसिवरी मैले फेेरि "क्रमभंग"  गरे । पढाइतर्फ लाग्न नसकेको र यो नौकरीको कुनै संस्थागत सुधार हुन नसक्ने ठहराई मैले स्थायि सेवाको लागि लोकसेवा आयोगको जाँच  दिएको थिए । आयोगले जिल्ला प्रशासन कार्याालय दार्चुुलामा सिफारिस गरेकोहुदा ०३६ भाद्रमा यो ठाउँ छोडियो । ..... र जिन्दगीको लय बदलियो । यसरी नौकरितर्फको पहिलो परिक्षण र प्रशिक्षणको प्रथम अध्याय  सकियो ।











No comments:

Post a Comment