Tuesday, April 18, 2017

मेरो गाउँ र तिम्रो शहर

मेरो गाउँ र तिम्रो शहर

दुई दिन भयो,
घट्ट बिग्रिएछ
पिठो थिएन
ऐचोपैचोबाट काम चल्दैछ ।
चामल दाल ल्याइदिएका थिए
सकिनै लागेछ
फेरि भन्नू पर्नेछ ।
कसै कसैका घरमा ताला छैन
धेरैका घरमा पर्खाल छैन
कसै कसैका घरमा त गतिलो ढोका छैनन,
केही भएको छैन, चलेकैछ ।
परि आउदा गाउलेले पर्म खोज्छन्
सहयोग खोज्छन् ,
किनकि त्यो गाउँमा मात्र पाइन्छ ।
त्यहाँ बिकसित शहर भित्र
वल्लो कोठाले पल्लो कोठा चिन्दैन।
ढोका थुनेर भित्री कोठामा मान्छे बस्छ ।
गेटको फलामे ढोकामा ताला झुन्ड्याइन्छ।
कतै" कुकुरदेखि साबधान" को बोर्ड छ
कतै त चौकिदार पनि उभ्याइन्छ ।
शहरबासी शिक्षित सभ्य जनहरु!
तिमीहरु को संग यत्रो बिदि डराउछौ कुन्नि
यहाँ गाँउमा त मेरो गुरुजीले अझै भने गरेकाछन् ।
" न बिराउनु, न डराउनु
किनकि गल्ति नगरे डराउनै पर्दैन् "।

No comments:

Post a Comment