Saturday, October 5, 2019

अलमलमा ( कबिता )










शहरिया भएँ जस्तो कहिले
कहिले गाउँले नै रहे जस्तो
अलिकति हराए जस्तो
अलमलिए जस्तो छ उ
किनकि,
शहरको भीड र भागदौडमा
गाउँ खोज्दछ उ
गोठ र गोरु नपाएर यहाँ
झोक्राउँछ उ
पहरा पखेरु मै फर्क न भन्दा
सडक र सवारी त्यहाँ देख्दैन उ
जे छैन त्यही किन
खोज्दछ उ
नभएको कुरा किन
रोज्दछ उ
गाउँमा शहर, शहरमा गाउँ
चाहन्छ उ
त्यसैले होला आजकल
शहरिया गाउँले भएको छ उ
अलिकति अलमलमा परेको छ उ ।।
[प्रमोद अमात्यको कबिता ( साभार- साहित्य संग्रहालय )]
 फुुलपाति २०७६, काठमाडौं । 

No comments:

Post a Comment