Saturday, June 19, 2021

हे ग्राम देवता ! नमस्कार !  

हे ग्राम देवता ! नमस्कार ! सुन चाँदिको माया मारी माटोलाइ गरेकाछौ  सप्रेम स्विकार हे ग्राम देवता ! नमस्कार ! ** कोलाहलले टेक्न नसक्ने, सानो एक्लो शान्त निबास सुर्य चन्द्रमा जतिकै यसमा झांगिएको प्राण-प्रकाश श्रम बैभवको बलले यसको जगमा ग-यौ चैतन्य बिकास एक एक दानाभित्र लुकायौ सैयौ दानाको हरियो आश यसमा बग्ने पसिना सारा हुन  गंगाका धौला धार । हे ग्राम देवता ! नमस्कार ! ** आधा नांगो कायासंग कसिएका बलिया अस्थि-खण्ड दधिचिका हाडहरु यि, इन्द्रका हुन् बज्र प्रचण्ड गतिशील  दिनरात नभनि गर्मि बर्षा होस या ठण्ड अरुलाइ पुरुस्कार दिए पनि आफूलाइ केबल दण्ड । झोपडिसंग झूक्छौ तिमि अग्लो गर्दै राजद्वार, हे ग्राम देवता ! नमस्कार ! ** यि खेत तिम्रा भरिला श्रृष्टि, छर्दै यिनमा प्राण बीज बर्षा हिउँद गिन्ति गर्दै, पुर्णे औसि होस या तीज बादल सित्तै उडि गएमा धर्ति सुक्दा सुक्दछ बीज आँशु झारि खेत भिजायौ,मनमा दुख भरिदो खीज ।  पंच अन्नका अमृत दाना, नैबेद्य रुपले बने उदार हे ग्राम देवता ! नमस्कार ! ** अपहेलित यो नारी शक्ति, दुषित यस्को अंग-राग बादल जस्तै बदलिदै यि साहस बोकि ल्याउछिन ताप कबि हो! विर्स तिम्रा सारा उपमा,यि हुन कुसुम, केशर, पराग यि जननी हुन, यिनका गितले मृत अंकुर हुन्छ फलिफाप । जीबनभरि नै सिके सिकाए, सुखले गर्नु दुख दुलार  हे ग्राम देवता ! नमस्कार ! ** यि राम-श्यामका सरल रूप, मटमैला शिशु हाँस्छन  खूब, यि मुन्ना, मोहन, हरे कृष्ण, मंगल, मुरली, बच्चू, बिठूब, यिनलाइ के चिन्ता व्यापोस, यि हुन धरतीका हरीया दूब थोरै दिनको जाडो गर्मी  सब यि भित्रै जानेछन डूब । यि  ढाल बनेका हाम्रालागि रोक्न दुर्दिनका प्रहार  हे ग्राम देवता ! नमस्कार ! **  जन मनका अधिनायक तिमि हाँसेमा फुल्छ फल्छ यो देश  आऊ, सिंहासनमा राख्छौ छ मनको  राज्य अशेष  उर्वरा भूमि यो नयाँ  खेतको  नयाँ धान्यले सजोस  वेश यो धरतिमा   रहदै बस्दै भूमि-भार धारण गर्छौ, हे मनुज-शेष! आज यो कवितामा तिम्रो, विमल आरतीले गरे उतार  हे ग्राम देवता ! नमस्कार ! ***** ( गाउमै बसेर ग्रामिण परिबेशमा रमाएका आम श्रमजिबीलाइ नै ग्राम देवता मानेर भारतिय महान कबि सुमित्रानन्दन पन्तले लेख्नु भएको कालजयि कबिताको नेपाली अनुबाद ) ** महेन्द्रनगर  आषाढस्य प्रथम दिवसे, 2078

No comments:

Post a Comment