एकजना सन्की टाइपका कवि कविता सुनाउँदै थिए–
ओ नेता !तिमी म्याद गुज्रेको औषधजस्तो
तिमी अविरल चुहुने लोटाजस्तो
तिमी बरियो छिनेको नाम्लोजस्तो
तिमी भिरमा फालेको भाङ्ग्रोजस्तो
तिमी छारो उडाउने सुख्खा बगरजस्तो
तिमी घ्यारघ्यार मात्र गर्ने थोत्रो ट्रकजस्तो
तिमी झ्यारझ्यार गर्ने बिग्रेको रेडियोजस्तो
तिमी बजारमा नचल्ने फाटेको झुत्रो नोटजस्तो
तिमी जीर्णसीर्ण निकम्मा गोजा फाटेको कोटजस्तो ।
अर्का एकजना पूर्व निजामती कर्मचारी भन्दै थिए, ‘ओ नेताजी ! यहाँ […]