पत्रिकामा छापिने महंगा समवेदना, १३ दिनको किरिया, अनाबश्यक अनुष्ठान र दानका लागि वर्षैपिच्छे गरिने श्राद्धका खर्च बटुलेर कुनै सकारात्मक कार्यमा लगाउनु बढी उपयोगी हो कि भन्ने मेरो सोचलाई साच्चिकै समर्थन गर्ने मान्छे निश्चय नै पनि फेला पर्छन् होला। म्याद सकिएका कर्मकाण्ड र ब्यर्थेका बर्जनाहरुमा टेकेर गरिने हाम्रो संस्कारको यो पक्ष किन यति फिजुलखर्ची र प्रदर्शनमुखी भएको भन्ने प्रश्न बारम्बार मनमा आइरहन्छ । कसैलाई आफ्नो आफन्त गुमाउँदा परेको पीडा उसको नितान्त व्यक्तिगत भोगाइ हो। त्यसले उसलाई कुन रुपमा र कति हदसम्म आहत बनाएको छ भन्ने कुरा उसले कसैलाई देखाउन वा बताउन पर्दैन। त्यो सम्वेदनशील समयमा मान्छेलाई परेको विपत्तिको पीडाहरु हलुंगो बनाउने वा त्यसलाई बिर्साउन सहयोग गर्ने पो नियमहरु बन्नुपर्ने हुन्। तर कुनै बेलामा पुरेत पण्डितहरुले आफ्नो दूनो सोझ्याउनका लागि बनाएका नियमहरुको अन्धानुकरण किन गर्दैछौ ? बिचारणिय प्रश्न छ ।
खौरेको कपाल, टाउकोमा सेतो टोपी र धूलो-धुवाँले मैलो बनाएको एकसरो लुगा देखेपछि के भएको रहेछ त्यतिकै थाहा हुन्छ ।। वर्ष दिनसम्म रहने यो पहिरनले हरेक दिन पटकपटक आफन्त गुमाउदाको त्यहि पिडा, त्यहि प्रश्न र त्यही उत्तरको क्रमलाई निम्त्याइ नै रहन्छ। पिडितले नचाहेर पनि हरेक दिन त्यो पीडा भोगिरहने भए। एउटा मान्छे मरेर गएपछि उसका नजीकका ज्यूँदा मान्छेहरुलाई अनावश्यक बोझ र पीडा थप्ने यो चलनको अर्थ फेरि एकपटक केलाउनु पर्ने भएकोछ ।

०६७ पुषमा काकाको अन्त्येष्ठिमा वहाँका हामि ८ जना छोरा-भतिजाहरु गाऊमा जम्मा भएका थियौ । हाम्रै गाऊँमा बाबु मरेका एक जना नाबालक आफन्तलाई १३ दिन बार्ने नाममा परेको अप्ठ्यारो र थरिथरि मान्छेले आआफ्नो हिसाबले तोकेका नियमहरु बडो बिरोधाभासपुर्ण लागे । कलिलो उमेरको त्यो बबूरो जसलाई पानी कसरी उमाल्ने भन्ने समेत थाहा थिएन, उसलाई १३ दिनसम्म चीसो भुईंमा परालमा सुताएर, आफै पकाएर खान लगाएर, गरुड पुराणको नाममा बाहुनहरुलाई दानदक्षिणा गर्नका लागि भावनात्मक शोषण गर्दा उसको बाबुले मोक्ष पाउँछ भन्ने कुरामा मलाई पटक्कै बिश्वास लागेको थिएन। त्यो बिचराको १३ दिनसम्म कस्तो दुर्गति भयो भनि साध्य नै छैन । तर धर्म र संस्कारका ठेकेदाररुपी ज्ञाताहरुले उनलाई परम्पराको नाममा यातना दिइरहे । एकोहोरो लाग्ने यो अव्यावहारिक नियममा आफ्ना नजीकका मान्छेहरुले दुःख पाएको देख्दा मर्ने मान्छेको आत्मा के प्रसन्न हुन्छ होला त?
एकातिर आफ्ना छोराछोरीलाई अंग्रेजी विद्यालयमा पढाउँछौ, विदेश पठाउँछौं अनि त्यहाँबाट फर्केर आएर उसले आफ्ना लागि पिण्डदान गर्ला भनेर आश पनि गर्छौं। एक जना परिचितका छोराले यी सब कुरा गर्न नमान्दा उसलाई धर्मविरोधी र पातकी भनेर आरोप लागेको कुरा म सम्झिन्छु । बाबुप्रति कुनै भावना नभएको छोरामा ऊ गनियो। ऊ जीवनभर आफ्नो बाबुलाई सम्झेर एकान्तमा जे सुकै गरोस, त्यसको कुनै अर्थ भएन। किनभने उसले आफन्त र समाजलाई १३ दिनको नाटक देखाएन। कसै कसैले त १३ दिन किरिया बस्न बाहुनलाई भाडामा राखेको समेत देखिन्छ । व्यापारको रुपमा, कमाइको लागि ती ब्राम्हण बसेको किरियाले मर्ने मान्छे स्वर्ग पुग्यो होला भन्ने कुरामा बिश्वास गर्ने आधार के हो,कुन्नि। किरिया नगरेर आत्मा भट्किने भए बिश्वेश्वरप्रसाद कोइरालाको आत्मा पनि अहिलेसम्म भटकिनु पर्ने र उनका खलकको त कुभलो पो हुनुपर्ने हो। अहिले कै समाजमा पनि कतिपय व्यक्तिले मृत्युपरान्त आफ्नो शरीर नै पनि चिकित्साशास्त्रका बिद्यार्थीहरुका लागि दान गरेका छन्। तर हामी मध्ये कतिले त्यसलाई पच्छ्यायौं? वास्तवमा जो श्रद्धापुर्बक पितृहरुलाइ दिईन्छ, त्यो नै श्राध्द हो । श्रद्धया पितरं दीयते क्रियतेवातत् श्राद्धम्। वैदिक ऋषि भन्छन, “हे पुत्र! तिमी शरीररहित भएको बेला आफुलाइ सम्झ । त्यो समय माता पिताको अंशबाट तिम्रो शरिर बनेको थियो । आज तिनै माता पिता शरीर रहित भएकाछन, कष्टमा छन । अत: यो शरीर पुष्ट गर्ने तिम्रो कर्तब्य हो । कालान्तरमा तिम्रो शरीर पनि सकिनेवाला छ” । कति राम्रो कुरा ! तर हामीलाई गरुड पुराणको रुपमा पण्डित पुरेतहरुले सुनाउने त्रासपूर्ण कुराहरुले यति धेरै तर्साएको छ, हामी तर्कलाई एकातिर पन्छाएर बिना कुनै बिवाद यो परम्परालाई पच्छयाइरहेका छौं। कसैलाई आफ्ना परिवारजनले यो सब पीडा र परिभ्राटबाट मुक्ति पाउन् भन्ने लाग्यो भने पनि उसले जोगीमन्त्र सुन्नैपर्छ भन्ने कस्तो बाध्यता हो ।
देशको सिमान्त क्षेत्रलाइ सबभन्दा धेरै देवता, मन्दिर, बिश्वास र बर्जना भएको स्थान मानिन्छ । केहि महिना अगाडि कान्तिपुरमा खवर आएको थियो बैतडीमा बिकास निर्माणकालागी आएको अधिकांश रकम मन्दिर निर्माणमा खर्च भयो रे । बिडम्बना त के छ भने एकपल्ट मन्दिरनै तोडफोड गर्नेहरु अहिले मन्दिर बनाउनका लागि रकम उठाउदैछन । मन्दिरमा लिखित उजुरी लेखेर टाँसीएका हुन्छन । समाज गुजुल्डिएको अवस्थामा छ ।हाम्रो कार्यपध्दति आर्थिक बिकासतिर निर्दिष्ट छैन । मन्दिरको सजावट निर्माण र श्रृंगारमा आधुनिक सामान लाग्न सक्दछ भने, नयाँ भावना किन लाग्न सक्दैन ? मन्दिरहरुलाइ अनाबश्यक महंगो भन्दा आकर्षक र स्वाभाबिक पो बनाउनु पर्ने हो । पहिला पो समाजको बचत मन्दिरमा लगाइन्थ्यो । गहनाको रुपमा सुरक्षित राखिन्थ्यो । र गाणधनको रुपमा थन्क्याइन्थ्यो । यो निकम्मा बचत नै आर्थिक रुपमा प्रतिकुल रह्यो । अब अनुपयोगीसंस्थालाइ दान दिनु भन्दा बिद्यालय अस्पताल वा बृद्धाश्रम वा पुस्तकालयलाइ दान दिन उपयुक्त हुन्छ । दानदक्षिणाका लागि अरु धर्मले पनि अभिप्रेरित नगर्ने होइनन् तर गरीबगुरुवालाई सहयोग गर्न भन्छन् उनीहरु। अझ कति धर्मले त माग्नेलाई समेत नदेऊ भन्छ । कारण उनीहरु कमसेकम हात फैलाएर माग्न त सक्छन्, । तर हामी पुरेत र गुरुहरुलाई पोसेर पितृको कल्याण हुनेमा बिश्वास गर्छौं। आफूलाई अनावश्यक दुःख दिनाले मरेकाहरुले बैतरिणी नदी पार गर्ने भ्रममा अल्झिन्छौं। पहिला रोम तिर पनि पोपहरु स्वर्ग जानका लागि टिकट काटथे रे । तर अहिलेको समाजका मान्छे पनि तर्कलाई एकातिर पन्छाएर यो कुरीतिलाई निरन्तरता किन दिइरहेका छन्? हरेक कुरा समय अनुसार परिवर्तन र परिमार्जन हुन्छन् भने संस्कारको खोल ओढाइएका यस्ता कुराहरु बदल्न किन कोही तत्पर हुँदैन? घुस दिएर काम गराए जस्तै यस्ता अनुपयोगी र निहित स्वार्थप्रेरित कथित धार्मिक संस्थालाइ दान दिएर पापशोधन र पुण्यबर्धन हुन्छ होला त ?

अहिले पनि समाजमा दोहरो कुरा गर्ने ,झुक्याउने, ठग्ने, धम्काउने र मौका मिले चोर्न पनि पछि नपर्ने बानि यथावत छ । राजनिति त भनाइ र गराइमा देखिएको अन्तरबाट आर्जित पद र पैसाबाट पो मुल्यांकन गरिदो रहेछ । जनमानस नया बिचार, नया प्रबिधि र नयाँ नेतृत्वप्रर्ति सशंकित छ । बरु आफ्नै रुठ धर्म र बिश्वासले गाँज्दै ल्याएको छ । निसन्देह धार्मिक मान्यता परम्पराबादि हुन्छ। बाबुबाजेको बिडो थाप्ने हाम्रो मान्यता नै हो । यो मानसिकतामा नया चेतना उमार्नु र उम्रिनु चानचुन कुरा होइन । हाम्रा गाउँमा कुलो चलाइ पानि ल्याउनु भन्दा देवता खुशिपारि पानी बर्षाउने अनुष्ठान गरिन्छ । डाक्टरको ओखति भन्दा मसानीको भाकल सहज ठानिन्छ । अन्यायको प्रतिरोध भन्दा देउघातमा बढि निष्ठा छ । बिभिन्न कामकालागि बिभिन्न देवता स्थापित छन । के देवलोकमा पनि सरकारकोजस्तो कामपिच्छे अलग अलग बिभाग होलान र ?
धर्म प्रधान जनता भावुक हुन्छन । बिबेक र तर्क-बुद्धि धर्मका लागि बाधक हुन्छ । उधारो परमार्थ महत्वपुर्र्ण तर नयाँ सिध्दान्तको महत्व बेकार लाग्न सक्दछ । तर अब पुराना भग्नाबशेष र पुराना संस्थामा मल्हमपट्टि गरि श्रम खर्च गर्ने दिन गए । अभावको जगमा न अध्यात्म पाइन्छ न सन्तोष नै । अत: आर्थिक प्रगतिका लागि नयाँ प्रबिधि र नया बिचार स्विकार्नुको बिकल्प छैन । अभावमा जिउनेहरुलाइ सन्तोषको पाठ पढाएर धर्मले मनोब्यबस्थापन गर्दछ । अल्प उपयोगको अर्ति पनि प्रकारान्तरले अभावकै ब्यबस्थापन हो । तर बिरालो बाधेर गरिने आधुनिक अपब्ययलाइ धर्मको अफिम मान्दा फरक पर्दैन ।
कुरान, बाइबल वा हाम्रा धर्मग्रन्थहरु पनि त गहिरिएर पढ्दा त्यसबेलाको समाजलाई डोर्याउन बनेका सम्बिधान नै त हुन । पन्ध्र वर्ष पुरानो संविधान अहिलेको युग सापेक्ष भएन भनेर आमूल परिवर्तनका लागि जुटेका हामीहरुले पन्ध्रसय वर्ष पहिले धर्मका रुपमा बनेका संविधानलाई चाहिँ आँशिक रुपमा भए पनि फेर्नु पर्ने बेला आएकोछ ।

किरिया गर्दा गरुड पुराड को नाममा बाहुन लाई फलानो चिज दिनु आदि आदि कुरा मैले पनि सुने को छु..... मैले सुने अनुसार त त्यस मा पहिले पुष्प चढाउनु भनेर लेखे को ठाउमा सुन चढाउनु लेखेर बाहुन हरुले आफुले र आफ्ना भावी सन्तान ले कमाइखाने गतिलो ब्यबसाय बनाए का हुन् रे तर हामी ले बुझी बुझी भुजपचाई यो परमपरा मानी राख्नु परे को छ यो त खाली बाहुन हरु को दुनो सोझ्याउने कम मात्र भएन र..........के यो परम्परा लाई निरन्तरता दिनु जरुरी छ????????/
ReplyDelete