Friday, February 11, 2011

सुदूरपश्चिम चिन्नेलाई श्रीखण्ड


(साभार-शिवराज योगी, युवामञ्च मंसिर,२०६७ )

सुदूरपश्चिम राज्यको मूलधारमा जोडिएको आउँदो मङ्सिर २८ गते १७ वर्ष मात्र पुग्छ । त्यो भन्दा अगाडि सुदूरपश्चिमको राज्यको भौगोलिक उपनिवेशको अवस्थामा मात्र थियो । राज्यसँग कुनै साइनो थिएन सुदूरपश्चिको राजधानी आउनैपर्ने बाध्यताका कारण सुदूरवासीहरू भारतको बाटो भएर आउँथेँ, या त कर्णालीमा 'फेरी' चढेर आउन बाध्य हुनुपथ्र्यो ।

वि.सं. २०५० साल मङ्सिर २८ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एसियाकै दोस्रो मानिने कणर्ाली पुलको उद्घाटन गरे यता मात्रै सुदूरपश्चिमको नाता राज्यको अन्यक्षेत्रसँग जोडिन पुग्यो । तबसम्म भूपरिवेष्टित रूपमा रहेको सुदूरपश्चिमले कहिल्यै देखेन राजधानीलाई आफ्नै बाटो भएर । सुदूरवासीहरूले राज्यका अन्य जिल्ला जान भारतको बाटो प्रयोग गर्नुपथ्र्यो ।

उहिले र अहिले पनि सुदूरपश्चिमका कुरिती, कुसंस्कार, कुप्रथा, कमजोरी तथा क्रन्दनहरू खोजिए र खोजिँदैछन् । मिडियाले पनि त्यस्तै खोज्छ र छाप्छ तर सुदूरपश्चिमको सम्भावना, सौहार्दता, सम्पूर्णताको खोजी कमै हुन्छ ।

स्रोत र साधनको पहँुचदेखि बाहिर भएर मात्रै होइन मानसिक उपनिवेशका रूपमा सुदूरपश्चिमलाई लिइनु पनि अर्को कारण हो, पश्चिम पिछाडिनुको । राजधानीमा बस्नेहरू सुदूरलाई सिन्डिकेट लगाएर हेर्छन । सुदूरपश्चिमका सम्भावनालाई खोजीगर्ने हो भने अभाव र रुढीवादीको पर्याय नभई सम्भावनाको भण्डार हो सुदूरपश्चिम ।

शक्तिपीठका सात बहिनीको थलोका रूपमा रहेको सुदूरपश्चिमलाई धार्मिक पर्यटनको बिकासका रूपमा अगाडि बढाउन सक्ने हो भने राज्यले लिएको १० लाख पर्यटन भित्र्याउने लक्ष्यको आधा योगदान सुदूरपश्चिमले मात्रै गर्न सक्छ ।

भारतको उत्तराञ्चल र उत्तराखण्डमा रहेका चारधाम बद्रीनाथ, केदारनाथ, गङ्गोत्री र जमनोत्रीको धार्मिक यात्रापछिको गन्तव्य भारतको हरिद्वार, ऋषिकेश, मनसादेव हुदै पूर्णागिरिमा पुग्दछ तीर्थालु । पूर्णागिरि धार्मिक यात्रापछि नेपालको कञ्चनपुरमा रहेको सिद्धबाबाको दर्शन नगरेसम्म धार्मिक यात्रा अधूरै हुन्छ भन्ने धार्मिक विश्वास छ । यसकारण हजारौं भारतीय हिन्दुधर्मावलम्बी नेपाल भित्रने गर्दछन् । यसलाई नेपालको तीर्थाटनसँग जोड्न सके सुदूरपश्चिममा धार्मिक पर्यटनको ठूलो सम्भावना लुकेको छ । यता कैलालीको बेहडाबाबा मन्दिर भारतको लखनऊसम्म बस्नेको 'कुलदेवता'नै मानिन्छ । हरेक दशहरामा ५० आंै हजार भारतीय कैलाली भित्रन्छन् । व्यवस्थित गर्नसके यो अर्को सम्भावना लुकेको छ सुदूरपश्चिममा ।

बैतडीको निगलाशैनी मन्दिर, त्रिपुरासुन्दरी, मेलौली भगवती, दिलाशैनी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर, डोटीको शैलेश्वरी मन्दिर, बाजुराको बडीमालिका मन्दिरसहितका यी सातवटा शक्तिपीठसँग जोड्न सकेमा ठूलो धार्मिक पर्यटनको सम्भावना सुदूरभूमिमा रहेको छ । यहाँ छाउपडी, कमैया, देउकी, हलीया दलित छुवाछूत अझै खोजिन्छ । जो समयको गतिसँगै पखालिँदै गइरहेका छन् । समाजमा यसले नकारात्मक सन्देश मात्र दिन्छ त्यसैको मात्र खोजी गरिनु बिडम्बना कारण हो ।

'मृगले आफ्नै नाभीको कस्तुरी' चाल नपाएजस्तै सुदूरपश्चिम बनेको छ । सुदूरपश्चिमेमा राज्यलाई चुनौती दिने ठूलो साहस छ भन्ने कुरा नेपालकै दोस्रो ठूलो विमानस्थल कैलालीमा यहाँका जनताले आफ्नै सक्रियतामा बनाएर देखाएवाट प्रस्ट हुन्छ । सुदूरपश्चिममा उत्साह छ, ऊर्जा छ, युक्ति छ । केवल त्यसलाई बुझ्न सकिएको छैन ।

सुदूरपश्चिमको अर्को ठूलो सम्भावना कर्णार्ली चिसापानीमा पुल निर्माण भए लगत्तै पर्खेर बसेको छ । त्यो हो, पर्यटनको सुन्दर गन्तव्यस्थल सुदूरपश्चिम बन्ने सम्भावना । एसियाकै दोस्रो आकर्षण कर्णलीपुल हरेक नेपालीले जीवनमा एक पटक हेर्न भ्याउनै पर्ने स्थान हुन सक्छ । कर्णलीको ठीक पश्चिम दक्षिणमा करिव ३० किलोमिटरको दूरीमा नेपालकै प्रख्यात टीकापुरपार्क आगन्तुकको पर्खाइमा वर्षौंदेखि प्रतिक्षारत छ । जहाँ राजा महेन्द्र र वीरेन्द्रले पश्चिम जाँदा विश्राम र शिकारका लागि निर्माण गरेका सुन्दर बङ्गला अझ उस्तै खुलेका छन् । जहाँ ४० भन्दा बढी प्रजातिका गुलाफ पाइन्छन् ।

यो पर्यटकीय यात्रा विश्वरामसार सुचीमा सूचीकृत कैलालीको घोडाघोडीतालसँग थोरै दूरीले जोड्न सकिन्छ । जम्मा ५० किलोमिटर जतिमात्रै पर घोडाघोडी ताल रहेको छ । पर्यटनको विकास र सम्बर्द्धनमा राज्यले सुदूरपश्चिमलाई समाहित गर्ने बुद्धिमता देखाउने हो भने घोडाघोडीदेखि झण्डै ६०/७० किलोमिटर पर रहेको शुक्लाफाँटा आरक्ष, त्यसको नजिकै रहेको दोधाराचाँदनीको आकर्षक अनि सबैभन्दालामो झोलुङ्गे पुलमा पर्यटकको मन भुलाउन सकिन्छ । कञ्चनपुरको उत्तरी चुरेफेदिसँग जोडिएको बेतकोटतालमा पर्यटकको जीवनभरको बोझिलो थकाई बिसाउने स्थल बनाउन सकिन्छ ।

सगरमाथाको यात्रा १५/१८ दिनको छ भने सुदूरपश्चिमको पर्यटन गन्तव्यलाई दुई सातादेखि डेढ महिनालामो बनाउन सकिने सम्भावना रहेको पर्यटनविद रविजङ्ग पाण्डेको अध्ययनले देखाउँछ । सुदूरपश्चिमसँग जडरुढी मान्यता मात्र छैनन् । कैलालीको चुरे खैरालामा ऐतिहाँसिक 'गर्भा दरबार' छ । माओवादीका अध्यक्ष प्रचण्डलाई समेत अवलोकन गर्ननदिइएको डडेल्धुराको अमरगडी, अजैमेरुकोटमा ठूलो पर्यटकीय तथा खोज अन्वेषणकर्ताको आकर्षण बन्नसक्छ ।

पर्यटन गन्तव्यका लागि सुदूरपश्चिम गतिलो गन्तव्यस्थान बन्ने सम्भावना चार जिल्लाको संगममा रहेको 'संसारको स्वर्ग' खप्तडमा लुकेको छ । बझाङको सात हजार ६१९ मिटर अग्लो शैपाल हिमाल, दार्चुलाको ७ हजार ३३२ मिटर अग्लो अपी हिमाल, छ हजार ७५४ मिटर अग्लो लाम्पा हिमाल, छ हजार ८५० मिटर अग्लो जेठी-बहुरानी हिमाल पर्यटन गन्तव्य २०११ को आकर्षण बन्न सक्थ्यो । त्यो बनाइएको छैन । बझाङ्को दावचौरमा रहेको चर्चित सेती नदीको उदगम स्थल, खप्तड दह, डोटीको ठूलो केदार, बझाङकै कैलाश हिमाल, सिद्धनाथलगायतका स्थान यहाँको सम्भावनाका गतिला स्रोतको पहिचान राज्यले नगरिदिनु सुदूरपश्चिमको बिडम्बना हो ।

No comments:

Post a Comment