सपनाको देशमा
एकाबिहानै कुर्लने भालेले
मलाई देशको कर्णधार भनेर बोलाउथ्यो ।
मेरी बुढी आमाका चाउरिएका अनुहार
आज पनि आँखाको नानी भन्दछन् ।
स्कुलको अनुशासित छात्र
कलेजको होनहार केटो
म एउटा सिंगो ब्यक्ति
मनोबैज्ञानिक र ब्यक्तित्व परिक्षणमा समेत खरो उत्रेर
राष्टसेवक कहलिन पुगेको थिए।
अचेल त यो ब्यक्तित्वहीन ब्यक्ति
सामाजिक दृष्टिले बिकलांग
सरकारी अर्थतन्त्रको निर्धो कृपापात्र
सांस्कृतिक दृष्टिकोणले मुल्यहीन
मनोबैज्ञानिक हिसाबले पराश्रित
भाषाले मौन राजनीतिबाट शक्तिहीन
बिचरो बबुरो नौकरिवाल पो हुन पुगेकोछ ।।
(०५२-९-२०, महेन्द्रनगर)
No comments:
Post a Comment