-कैलाश बडू
हाम्रो देशमा राज्यसत्ताको उपल्लो तहको लोकतान्त्रिकरण पछि धरातलीय लोकतान्त्रिकरणलाई सघन बनाउने काम अझै पनि बाँकी छ। लोकतन्त्रलाई समाज र जीवनसंग एकाकार बनाउने भावी प्रारम्भिक कार्यहरु हाम्रा निर्बाचित प्रतिनिधि हरुले पुरा गर्नेछन भन्ने बिश्वासमा ऊभिएर मात्र सभ्य र सम्मुन्नत नेपालको परिकल्पना गर्न सकिन्छ। सभ्य र सम्मुनत भावी नेपालको त्यो स्वप्न-प्रदेशमा पुगने हाम्रो मोटामोटी चार बुँदै मार्गचित्र निम्नानुसार हुन सक्दछ । यी चार पांग्रामध्ये कुनै एउटा पनि नभएमा हामीलाई सभ्य,सम्मुनत, लोकतांत्रिक नेपालतर्फ लैजाने गाडी केहि दिन धकेलिन सक्ला तर निर्बाध गुड्न सक्ने अवस्था रहन गाह्रो पर्नेछ।
१-शान्ति प्रकृयालाई सफल बनाई सर्बसम्मत नयाँ सम्बिधान तयार गर्नु ।
२-सहमतिको बाताबरणमा राज्यको पुनर्संरचना गर्ने।
३-योजनाबद्ध तरिकाले आर्थिक र सामाजिक रुपान्तरण गर्ने।
४-राष्ट्रियतालाई सुदृढ गर्दै लैजाने ।
तत्काललाई राजनैतिक मुद्दा भएकोले पहिलो र दोस्रो बुँदामा लामो बहस हुन सक्दछ। त्यसैकारण राज्यले खरबौंको लगानी गरी यस बिषयमा सम्बाद चलाएकोछ। यो प्रश्न जनताका प्रतिनिधिहरु माथि नै छोडौ। माथि भनिए जस्तो समाज र जिवनसंग लोकतन्त्र साँचो अर्थमा एकाकार भएपछि क्रमागत रुपमा आर्थिक र सामाजिक रुपान्तरणको तेस्रो चरण आउँछ । आफना अनुभवलाई अलौकिकता र पौराणिकताबाट मुक्त बनाई लौकिकता र मानव–निर्मित ऐतिहासिकतासँग गाँस्नु नै समकालिन समाजको रुपान्तरण हो। सामाजिक-आर्थिक रुपान्तरण बिना समाजको परिवर्तन पनि दिगो हुँदैन र सम्मुन्नत लोकतान्त्रिक नेपालतिरको यात्रालाई ठीक दिशातिर अघि बढाउन सकिदैन । जसले जे कुरा गरे पनि आर्थिक सशक्तिकरण न भै समाज सम्मुन्नत हुनै सक्दैन । भोको पेटले कसैको पनि भजन गर्दैन । त्यसैले आज हामीले मुख्यत: यसै सवालमा केन्द्रित हुनुपरेकोछ । युवाहरुको निम्ति यो मुद्दा नै बढि ब्याबहारिक र अहम मुद्दा हो। प्रत्यक्षत: यो बिषय रोजगारी सित सम्बन्धित छ।
रोजगारकालागि २ वटा मात्र बिकल्प छन
।१-रोजगारदाताहरुसंग सम्पर्क गरि रोजगार खोज्ने।२-स्वरोजगारको शृजना गर्ने। आउनुहोस अब यिनै प्रश्नमा बिचारगरौं ।
“कामनै पाइएन... यो देशमा अवसर नै छैन..." बेरोजगार युवाहरूका यस्ता गुनासा आजभोलि प्रशस्त सुनिन्छन् । अवसर नै भेटिएन भन्दै हरेक वर्ष हजारौँ तन्नेरीहरू विदेशिने गर्छन् । यो क्रमले जन्माएका प्रश्नहरू हुन्- नेपालमा साँच्चै नै रोजगारीका अवसरहरूको कमी छ त ? तर रोजगारदाताहरू भने यो कुरामा सहमत छैनन् । उनीहरूको भनाइमा कामका निम्ति उपयुक्त, कुशल मान्छे पाउन गाह्रो छ । बेरोजगारहरूको यति ठूलो सङ्ख्या हुँदाहुँदै पनि व्यावसायिक कम्पनीहरूले 'मान्छे पाइँदैन' भनेको सुन्दा आर्श्चर्य लाग्न सक्छ । स्थिति त्यस्तै छ भने बेरोजगार र रोजगारदाताहरूबीच यो मतभिन्नता किन र कसरी आइरहेछ ?
यथार्थमा नेपालभित्रका सबै जागिरका लागि 'चाहियो' भनेर बिज्ञापन छापिँदैन । कतिपय मानिसले चिनजानकै भरमा जागिर पाउने कुरा सत्य हो । संसारको जुनसुकै कुनामा पनि जागिरका लागि सबैभन्दा बढी चल्ने/चलाइने उपाय यही हो । यसको अर्थ कुनै संस्थामा चिनेको मान्छे हुँदैमा कसैले जागिर पाउँछ भन्ने होइन । निजी क्षेत्रमा कसैले पनि आफ्नो जागिरलाई जोखिममा पार्ने वा छवि बिग्रिने गरी कसैको सिफारिस गर्दैन । त्यसैले असक्षम, अयोग्य वा खराब आचरण/विचारधारा भएकाहरूलाई प्रायः सिफारिस गरिँदैन । तर विडम्बना के छ भने अधिकांश नेपाली युवाहरू चिनेका मान्छेकहाँ अघाउञ्जेल धाउँछन् तर आफ्नो योग्यता, विशेषता र क्षमता दर्शाएर उनीहरूलाई प्रभावित पार्नेतिर ध्यान नै दिँदैनन् । आफूलाई बिकाउने केही विशेषता नै नबोकी औपचारिक शिक्षाका भरमा मात्र 'जागिर पाइएन' भन्नु समाधान होइन, समस्याको जड हो । योग्य मान्छेको त बजारमा किनबेच नै हुन्छ भन्दा पनि हुन्छ ।
तर लक्ष्यमुखि नभइ बाबुआमाको गाल टार्न वा भावी योजनाबारे सोच्दै नसोची औपचारिकताका लागि मात्र पढ्ने गर्नाले र समयमै राम्रो सम्पर्क नबनाउनाले जागिर पाउने सम्भावना टाढिँदै जान्छ । सङ्गीत, खेलकुद, साहित्यलाई पनि पेशाका रूपमा लिन सकिन्छ तर जुनसुकै क्षेत्रमा लाग्नका लागि पनि विषयगत दक्षता, लगाव र जोश नभई हुँदैन । ब्यापार ब्यबसायका लागि आफ्नो लगानी गर्नैपर्छ । समय वा मेहनतको लगानी मात्र हैन, जनसर्म्पर्क बढाउने काम पनि त्यसैमा पर्छ । 'जागिर चाहियो' मात्र नभनेर 'जागिरलाई के चाहियो' भन्ने मानसिकता विकास गरी त्यसै अनुरुप अगाडि बढ्नु आजको बजारको माग हो ।
अब दोस्रो बिकल्पमा बिचार गर्नु अघि कपिलवस्तुको २०६६ वैशाख १५ गतेगोरखापत्रमा प्रकाशित यो समाचार पढौं ।
“सरकारद्वारा हालै ल्याइएको स्वरोजगार कार्यक्रममा कपिलवस्तुका युवती उत्साहपूर्वक तालिममा सहभागी भएका छन् । कपिलवस्तुमा उद्यमशिलता तालिमका लागि कुल तीन हजार ३४३ जनाले आवेदन दिएका मध्ये करिव दुई हजार युवती छन् । तालिम लिनेमा युवकभन्दा युवती अधिक हुनुको कारण प्रायः काम गर्ने उमेरका युवक वैदेशिक रोजगारमा संलग्न हुनु हो । स्वरोजगार बन्ने धुनमा लागेका युवतीमा कतिपय गृहिणी अवस्थाका रहे पनि धेरै जसो क्याम्पसमा अध्ययनरत रहेका छन्”।
स्वरोजगारको तालिमलाईपनि रोजगारी बनाउने यो मानसिकता रहे सम्म स्वरोजगारको स्थिति के होला ? भनीरहनु नपर्ला। तर मलाइ लाग्छ, स्वरोजगार बाहेक युवाहरुकोलागि अरु राम्रो बिकल्प छैन । सरकारले स्वरोजगार शृजनाकालागि ल्याएको योजना राजनैतिक नारा मात्र नबनाई इमानदारीका साथ लागु गर्नु पर्दछ। स्वरोजगारका लागी बान्छनीय पुर्ब सर्तहरु पनि थुप्रै हुन सक्दछन । ब्यबसायिक स्वरोजगारलाई बिश्वबिद्यालयको पाठ्यक्रममा समाबेश गरिनु पर्दछ। रोजगार खोज्ने भन्दा रोजगार शृजना गर्नेलाइ राज्यले सक्दो सहुलियत दिनु पर्दछ। मेरो बिचारमा संचारप्रबिधिले रोजगारीका नौलो बाँझो फाँट आबादीकालागी खाली छ। रोजगार शृजनाका अझ अरू नञाँ क्षेत्र के के हुनसक्दछन,रोजगार शृजनाकालागि अनुकुल बताबरण तयार पार्न के के गर्नु पर्दछ? यो अनुकुलन कसकसको दायित्व भित्र पार्नु पर्दछ? यो बिषयमा अझ बृहद् छलफलका बिषय हुन सक्दछ। युवा संजालले यसमा बेग्लै छलफल चलाउन पर्दछ।
संक्रमणको यो कालखण्डमा सबैको मन र मस्तिष्क स्वच्छ भइदिने हो भने समाज आफैंमा रामराज्यमा परिणत हुन सक्दछ । त्यहाँ हत्या, हिंसा, आतङ्कले स्थान पाउँने छैन र दुराचार, व्यभिचार, भ्रष्टाचारको गन्ध आउँने छैन । सबै आ-आफ्नै अनुशासित हुनेछन् । कसैले कसैलाई केही भन्नैपर्ने छैन र कसैले कसैलाई केही सिकाउनै पर्नेछैन । फलतः साधारण खर्च कटौती भै त्यसलाई विकास निर्माणमा लगानी गर्न सकिनेछ । यसोभएमा मात्र एकले अर्कोको खुट्टातान्ने, शोषण गर्ने, ठग्ने, लुट्ने प्रवृत्ति सदाका लागि अन्त्य भै नेपालको राष्टिय सार्बभौमसत्ता,स्वाधिनता र राष्टियताको रक्षा हुनेछ। बितण्डा र बिखण्डनको खतरा टरेर स्वस्थ र सम्मुन्नत नेपाल बन्नेछ । हामी यहि गर्ने प्रयासमा लागौ। धन्यबाद्
No comments:
Post a Comment