Monday, September 12, 2016

पर्यटन ; अर्थतन्त्रको बलियो आधाार

                                                          
( साभार- अभिशेक अर्याल , अर्थतन्त्र ) 


 विश्वका हरेक देशका भौगोलिक वनोट, सांस्कृतिक अवस्था, हावा, पानी, खाना, जीवनशैली आदि आफ्नो प्रकारका नै हुन्छन् । एक देशको विभिन्न अवस्थासँग अर्को देशको समानता पाइँदैन । यसतै प्कारका आप्नो विशिष्ट खालको पहिचान र अवस्था भएको रमाइलो देश हो नेपाल । नेपाल यस्तो मुलुक हो, जहाँ विश्वका जुनसुकै मुलुकबाट आएका पयृटक एक पटक पाइला टेकेपछि उनीहरु यसलाई अन्तिम भ्रमण बनाउँदैनन् । नेपालमा पहिलो पटक आउने पर्यटकलाई प्रश्न गर्दा उनीहरुबाट प्रशंसनीय प्रतिक्रिया व्यक्त भएको पाइन्छ । उनीहरुले भनिरहेका हुन्छन्, म फेरि फर्केर आउँछु । त्यसपछि उनीहरु साथी भाइहरु सहित पुनः नेपाल घुम्न आइरहेको पाइन्छ ।  
 नेपालको भौगोलिक बनोटले पनि पर्यटकलाई विभिन्न खालको अनुभवहरु प्स्किन सफल भएकोछ । उच्च हिमाल, जहाँ हिमाल आरोहण गर्ने पर्यटकलाई अवसर प्रदान भएकोछ । अनि पदमार्गमा भ्रमण गर्न चाहने पर्यटकलाई मनमोहन हिमाली दृश्य, नेपालीको आतथ्यिताले लोभ्याएकोछ । त्यस्तै, वन्यजन्तु अवलोकन गर्ने साथै सांस्कृति मनोरत्तजन समेत प्राप्त गर्ने भित्री मधेशले पर्यटकलाई मख्ख बनाएकोछ । समथर भूभागको भ्रमण, फरक भाषा संस्कृतिलाई नजिकबाट अनुभव गर्ने चाहने पर्यटकलाई नेपालको तराईको भूभागले उक्त अवसर दिन सकेको छ । 
त्यसैले एउटा देशको भ्रमणबाट पर्यटकको आफ्नो रुचि अनुसारको भ्रमण गरी फरक खालको अनुभव बटुल्न सम्भव छ । त्यसैले होला विश्वमा नेपालमा गन्तव्य मुलुकको सूचिमा अग्रस्थानमा रहन सफल भएकोछ । 
अब नेपाललाई आर्थिक दृष्टिकोणले विकास गर्न सकिने प्रमुख तीन क्षेत्र हुन् । ती हुन् कृषि, पर्यटक र जलविद्युत योजना । यस मध्ये पर्यटन क्षेत्रको विकास र विस्तारबाट देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा दिन सकिने विषयमा कुनै शंका छैन । देशको अर्थतन्त्रलाई विकास गर्ने ठाउँ सुहाउँदो योजनालाई अघि बढाउन सक्ने हो भने जनताको आर्थिक अवस्थामा परिवर्तन ल्याउन सम्भव रहन्छ ।   
मुलुकको अर्थतन्त्रलाई मध्यनजर राखी आर्थिक विकसा गर्ने बारे योजना बनाउँदा कसरी रोजागारीको सिर्जना गर्न सकिन्छ भन्ने विषयलाई नै प्राथमिकता दिन जरुरी छ । वर्तमान अवस्थामा रोजगारीको अवसर आफ्नै देशमा नभएको कारण विदेशीने बाध्यात्मक अवस्था विद्यमान छ । १६ सय युवाहरु प्रतिदिन देशबाट रोजागरीको निमित्त विभिन्न मुलुकमा बाहिरी रहेका छन् । आफ्नो मुलुक भने दिनप्रतिदिन उजाड बन्दैछ । ग्रामिण वस्तीहरु युवाविहिन बन्दैछन् । यसकारण ग्रामिण क्षेत्रमा भएको जग्गा जमिनको प्रयोग र बसोवासको अवस्था दयनीय बनेको छ । युवा पलायन भएका छन् भने उनीहरुमा आश्रित परिवार पनि केटाकेटीको शिक्षा पालनपोषणको लागि शहरतिर आकर्षित बन्दैछन् । आफ्नो गाउँ वस्तीलाई गुलजार गर्नुको सट्टा शहरतिर लर्कन लाग्ने अवस्था बढ्दै गइरहेको छ । एकातर्फ ग्रामिण वस्तीहरु एजाड बन्दै जानु अर्कोतर्फ शहरमा जनसंख्याका बृद्धिले शहरीया जीवन कष्टकर बन्दै जाने स्थिति देखा परेकोछ । यो चुनौतिपूर्ण परिवेश हो । यसको समाधान भनेको ग्रमिण वस्तीहरुमा रोजागारीको सृजना गरी युवा जनशक्तिलाई नै गाउँ गाउँमा रोक्न सक्नुपर्छ । यस खालको वातवारण तयार गर्न यस मुलुकलाई प्रकृतिले सघाएको छ । यसको अभाव भनेको पर्यटन कार्यक्रम र लगानीको कमी हो ।   पर्यटनबाट रोजगारीको अवसर सृजना गर्ने सम्भावनालाई चर्चा गर्दा विभिन्न खालका कार्यक्रमलाई अघी बढाउन सकिन्छ नेपालको प्राकृतिक सास्कृतिक, धार्मीक अवस्थाका कारणले भ्रमण गर्न आएका पर्यटकलाई वसोबासको लागि निर्मित तारे होटल देखि सामान्य होटल गेष्ट हाउसको लागि आवश्यक जनशक्तिलाई आगन्तुक प्रति गरिने स्तरीय व्यवहारको लागि तालिम दिई परिस्कृत जनशक्ति आधुनीक सेवा सुविधा उपलब्ध गराउने मौका प्रदान गरी पर्यटक लोभ्याउने प्रशस्त सम्भावन छन् । सफा, स्वच्छ स्थान र स्तरीय व्यवहार देखि सबै पर्यटक खुसि हुन्छन् । परम्परागत सैली भन्दा आधुनिक शैली आवश्यक छ । जसको तालिम र सोचाइमा परिवर्तन हुन आवश्यक छ । पर्यटकहरु नेपाली परिवार संग संगै वस्न, संगै खान र उनिहरुको दिनचर्यालाई नजिक वाट अनुभव गर्न रुचाउने खालका हुन्छन् । यस्ता अवसर होम स्टे कार्यक्रमबाट प्रदान गर्न सम्भावना हुन्छ । पछिल्ला दिनहरुमा यस्ता कार्यक्रमहरु लोकप्रीय बन्दै गइरहेका छन । यसको प्रचार प्रसार गर्न सकियो भने ग्रामीण वस्तिमा धेरै सकरात्मक प्रभाव पार्न सफल हुनेछ । पर्यटन उद्योगलाई अघि वढाउन पर्यटन सम्बन्धी शिक्षा संग जोडिएर अघि बढाउन पर्छ । होटल व्यवस्थापनको कक्षाहरु अलवा पथ प्रदर्शकको तालिम र व्यवहारीक रुपमा यसको कार्यन्वयन तिर ध्यान जानु आवश्यक छ । खाना तयार गर्ने स्तरीय सेवा दिने र मिठो बोल्ने आदि सेवा ग्राहिको लागि ध्यान दिनुपर्ने विषय पनि हो । यसमा परस्कृत व्यवहार पर्यटक प्रति देखाउनु पर्दछ । पर्यटकहरु केवल घुम्न मात्र आएका हुदैनन् यस ठाउवाट उत्पादित वस्तुहरु चिनोको रुपमा लैजान सवैको चाहन हुन्छन् । यसको लागि उपारका सामाग्री उपलब्ध गराउनको लागि घरेलु उद्योग स्थापना गरी उपहारको लागि आकर्षक वस्तु हरु उत्पादन गरी पर्यटकलाई विक्रि गर्न सकिन्छ । जसले गर्दा उद्यमशिल महिलाहरुलाइ समेत सुनौलो मौका प्राप्त हुनेछ । नेपाल भित्र रहेका प्राकृतिक मनमोहक दृश्य मात्र होइन मानव निर्मीत सम्पदाले पर्यटकलाई मनमोहक बनाएको छ । पुर्खाले निर्माण गरेको सास्कृतिक धरोेहरा वाहेक आधुनिक शैलीका मठ मन्दिर निर्माण गर्न सकियो भने विदेशी पर्यटकलाई मात्र होइन आन्तरीक पर्यटनबाट आर्थिक उपर्जन गर्न सकिन्छ ।

 पर्यटन उद्योगको चुरो वस्तु भनेको प्रचार प्रसार नै हो सामान्य विषयलाइ पनि यसको महत्व बुझाउन चिनाउन सकियो भने हेर्न घुम्न आउनेको संख्यामा अत्याधीक बृद्धि हुन्छ । प्रचार प्रसारको आधुनिक प्रचार सामाग्री र नयाँ प्रविधिले यसले सरल र सहज बनाएको छ भने अर्को तर्फ कडा प्रतिस्पर्धा भने दिन प्रतिदिन वढिरहेको छ । यसक कडा प्रतिस्पर्धाको वावजुत पनि भ्रमणको प्याकेज तयार गरी विभिन्न शैलिले पर्यटकलाई आकर्षण गर्न सकिन्छ । नेपालीमा उखान छ बोल्नेको पिठो पनि बिक्दछ नबोल्नेको चामल पनि विक्रि हुदैन, यसैले सुनाउ बुझाउ अनि आगन्तुकलाई आकर्षण गरौँ । 
सम्झनाका अनगिन्ति चाँङ हुदा हुदै पनि व्यवहारीक कारण बाट सफल हुन नसक्नुमा वातावरणले भुमीका निर्वाह गरेको छ । यदि अनुकुल वातावरण भएन भने केहि गर्न सक्ने अवस्थामा नै रहदैन । यस्तै भएको छ । नेपालमा यहाँको राजनितिक अवस्था । वन्द हड्ताल, ताल वन्दि, नाकावन्दि यस्तै यस्तै वातावरले प्रशस्त पर्यटन विकासको सम्भावनालाई खुम्चाएर सुन्य वनाउदै लगेको छ । आशा गरौ राजनितिक समस्या चाडै सुल्झेन छ । युगौ देखिको नेपालि जनताले चाहेको आफ्नो देशको संबिधान जनाताको प्रतिनिधिले बनाउने चाहना पुरा भएको छ यसको सफल कार्यन्वन गरी मुलुकले आर्थिक सम्वृद्धिको एजेन्डालाई अघि वढाउने छ । पर्यटन क्षत्रको विकासका सम्भावनालाई अगालेर देशको आर्थिक विकासको मेरुदण्ड नै पर्यटक र पर्यटन व्यवसाय हुने छ । नेपाल र नेपालीको लागि राजनिती गर्ने नेताहरुले छातिमा हात राखि वाचा गरि व्यक्तीगत स्वार्थवाट अलग्गिएर मुलुकको आर्थिक विकासको लागि अघि वढाउने छन् यदि यस तर्फ केहि सोचियन भने मुलुक ढुङ्गे युगतिर फर्कने अवस्था हुनेछ ।




No comments:

Post a Comment