Monday, September 5, 2016

मलाई गाउँ फर्कन मन लागेकोछ

मलाई मेरै गाउँ फर्कन मन लागेकोछ!
------------------*********----------------
उब्रिएको समयमा
बितेको समय सम्झिदै
एक खेप धीत मरुन्जेल रुन मन लागेकोछ ।
यो शहरले उपहार दिएको तनावलाई
गाऊँमाथिको बर्तुलाकार बादलबाट
धोइ पखाल्न मन लागेकोछ ।
उकुसमुकुस अडेसमडेसबाट उम्केर
एक खेप मिठासको जिउदो हाँसो
मनभरि हाँस्न मन लागेकोछ ।
सिमेन्टको जंगलमा उम्रिएका
यी बडेमानका घरहरुको भीडबाट
भाले-कुदाइ उडदै
चराहरुको गीतसुन्न मनलागेकोछ ।
मेरा खेतका आलिहरुमा
के उब्जिएको होला अचेल
ती पहाडी खोलाहरु
के गीतगाउदै होलान अचेल
मज्जासंग हेर्न सुन्न मन लागेकोछ ।
बिषाक्त वातावरण र कृतिम ब्यबहारबाट पर
स्वाभाबिक जीवन बाँच्न मनलागेकोछ,
ज्युदो भएर स्वाभिमान बाँच्न मनलागेकोछ ।
मलाई मेरै गाउँ फर्कन मन लागेकोछ ।।

                  - ०७३/५/१८, काठमाडौं ।

No comments:

Post a Comment