Sunday, October 2, 2016

बिबाह ; एक बिडम्बना



 टेकुको भिडभाडयुक्त सडकमा हाम्रो भेट हुन जुरेको रहेछ । कच्याककुचुक पारेर लुकाइ राखेको प्रेमपत्र जस्तो जिन्दगी एकछिन झल्यास् भयो । ऊहि शालिनता, उस्तै चञ्चल आँखा । तर अनुहारमा समयले कोरेका किरिङमिरिङ ।  उनको हिडाइ समेत टाढैबाट ठम्याउन सकिएछ । 
भनिरहनु परोइन्, उनी आउछिन कि भनेर उहिले म भए नभएका काम निकालेर डाडा चौतारि, खेत-खलिहान, नदि किनार, घरआगन तिर घुमी रहन्थे । त्यो पनि बातचित अंकमाल वा भेटघाट गर्न हैन, खालि हेराहेर गर्न । समय नै त्यस्तो थियो । मेरो किसोर-कल्पनाको तत्कालिन ' टाइटानिक ' अज्ञात समुद्रमा कुदेको कुद्यै हुन्थ्यो । उनी अर्थात एउटि अल्हड ग्रामिण किशोरी । म अर्थात भर्खर जुङ्गाको रेखि जमेको नवनियुक्त सरकारि फिल्ड कर्मचारि । 
सामान्य सञ्चो बिसञ्चो सोध्ने र अन्तमा ङिच्च हाँस्दै ' बाऽइ ' भन्ने नौकरीको नियति र नियमितता छ अचेल मेरो । खासै काम पनि नहुने, फुर्सत पनि नहुने राजधानीको माध्यमिक सरकारी जागिरे छु । उनी कुनै तालिममा सहभागी हुन राजधानी आएकि रहिछन् । 
आज मैले असामान्य औपचारिकता प्रदर्शन गरेे ।
असरका हिसावले कानभन्दा पर पहुँच नभएका पुर्वाङ्गे कुरा गरिसकेपछी बडो हिम्मतका साथ चिया खाने प्रस्ताव राखे । उनको मौनतापुर्ण समर्थन रह्यो । पुरानो फ्लेशबेक आउन थाल्यो । मुटु फुटला जस्तो भयो । नशा चुडिदैछन जस्तो लाग्यो । कफिहाउसको दोस्रो तला उक्लिन खुट्टा काम्न थाले ।पप
एउटै टेबुल वरपर बस्दासम्म पनि कसो कसो सास संयमित गर्न गारो लाग्यो । उनको शरिरको मनोद्वेगी सुगन्धमा पुरानो पहिचान खोज्दै कुुन कुनाबाट कुरा शुरु गरौ जस्तो भयो । सामान्य ब्यक्तिगत समुहगत जानकारि लियौ । ल जा, उनले त बिहे नै नगरेको पो बताइन । कुनै गैर सरकारि संंस्थामा सामाजिक परिचालिका भएर बसेकि रे ।
‘विहे किन गरेनौ ?’
एकाध सेकेण्ड पनि नसोची आक्रोश, माया र पश्चाताप मिश्रित स्वरमा मैले भनेँ ,
‘ हजुरले किन गरि'स्यो? ’ उनको मुखाकृतिमा रातोपना बढ्यो ।
प्रतिप्रश्नले मेरो अनुहारको ज्योती खोसेेर लगेको जस्तो  भयो । उहिले उन्ले सुनाएको स्थानिय लोकगितको मुख्य पङ्ति सम्झन पुगे । ` तँइ भयेइ उणने चणो, म हँस्यालु तोपो ।´ भावार्थ थियो,  तिमी उडने चरा भएर आउनुु >म ऐसेलु फल बनेर कुरि बस्नेछु । बिस्तारै बोल फुट्यो ।
‘मैले यो अपेक्षा गरेको थिइन ।’
‘के मैले गरेकि थिँए हुँला त ? जसोइ लेख्यो भाबनीले उसोइ हुन्या रै`छ । ´ सारांशमा गीतका बोल टिप्ने पुरानो बानी गएको रहेनछ । छोटकरिमा मलाइ सम्झाएर- रुवाएर जाने भइन । म एकोहोरिएर हेरि रहे ।
अचेल बाचालता थपिएको रहेछ । मैैले थप कुरा गर्ने मेसै पाइन । त्यसो त छडके कुरा सुनाएकोमा बाहेक कहिल्यै जुनेलि रातका बात मारेका थिएनौ हामिले । आज झन  पछुतो भरिएर आयो । म संग मध्यमबर्गिय बिडम्बना थिए । एकबारको जुनिमा मीठो गरि बाँच्नका लागि बिबाहलाई एक प्रयास मात्र मानियो । साथी बनेर जो आउला उसैसंग प्लेटोनिक प्रेम गरुला भनेर सोचियो । बा आमाका नजरमा जोर घडा जस्ता छोरा बुहारी बनेर बसौला भन्ने ठानियौ । ओ हो, देउरालि बाटोको वारिपारि चौतारामा उभिएका वर पिपल पो भइयो जस्तो छ । धिक्कार जिन्दगि!
अनायासै भनेछु ।।
‘मैले हारेँ ।’
‘मैले जित्न चाहेेकै कहाँ छु र ।’ 
आँखामा एउटा हाँक देखियो । उनी क्रमस: जित्दैै थिइन । बोल्न खोज्दै थिए । उनले चोर औला उठाएर चुप लाग्ने इशारा गरिन, म घोसेमुण्टो लाएर लल्याकलुलुक भए । जिबनोत्सबको हतारोमा प्रेम र बिबाह नामका भेराइटि डिस चाख्ने मेरो आयोजना अनुशासित र ब्यबस्थित हुन सकेनछ । 
सायद लामै मौनतालाइ मैले नै चिरे ।
` मैयाँ !´
‘ हजुर !´
‘केहि होइन ।  ऽ ऽ ऽ कफि सेलायो ।’
आँखा टल्पलाएर अनुहार रातो भएको थियो । उन्ले फटाफट कफि कप खालि गरिन र ` जाउ है ´ भन्दै उठिन पनि । ब्यागबाट झिकेको पुरानो  खाले टाटेपाटे रुमालले आँखामा उम्रिएको पानी पुछिन ।कर्केहेराइसंगै बिदा मागिन । बल्ल बर्तमानको धरातलमा आए । ऊहिले बिदा हुँदा त्यस्तै रुमाल चिनो छोडेर आएको थिए म । केही बोल्न नपाउदै उनी हिडिसकेकि थिइन ।
यो उनिसँग छुटेदेखि बीस वर्षपछिको पहिलो भेट थियो ।
लामो श्वाँँस फेरेर म पनि उठे । एउटै रागमा तरंगित भएका हामी एउटा बिणाका अलग अलग तार जो थियौ ।


No comments:

Post a Comment