Monday, October 3, 2016

म अबश्य आउनेछु

के तिमीलाइ यस्तो लाग्छ कि
-मैले तिम्रा पुराना काला करतूत भुलिसके ।
-तिम्रो कुर्सिआरोहणमा सारा कथा सकिसक्यो ।
 के यी प्रायोजित उत्सबहरुको नायक तिमी ने हौ?
साँचो कुरा मलाइ थाहा छ ।
म नयाँँ शताब्दिको जनता हुँ ।
के तिमीलाइ यस्तो लाग्छ कि
-  तिमीले झण्डा फहराउदा म फुरुक्क हुन्छु ।
- तिमी चुटकिला भन्छौ र म हुरुक्क हुन्छु ।
मेरो छातिमा बलिरहेको सित्तै निभाउन सकिएला र?
यी झुठा आश्वासनको अर्थ मलाइ थाहा छ ।
म नौलो युगको चेतना हुँ ।
के तिमिलाइ यस्तो लाग्छ कि
- यो लजाएको समय यतिकै सकिनेछ ।
-  यो दुर्ब्यसनी पुस्ता यत्तिकै बिलाउनेछ ।
तिम्रो काला कल्पना मैले देखेकोछु ।
म एक आदर्स ईतिहास हुँ ।
हिसाब किताब लिन आउनेछु ।
तिम्रो हैसियत बताउन आउनेछु ।
म अबश्य आउनेछु ।







No comments:

Post a Comment