Tuesday, October 4, 2016

लघुकथाहरु

(१) अधिकार र अनुभव
नबनियुक्त युबा अधिकृतको जोश जाँगर प्रशंसा योग्य छ, स्टाफहरुको भनाइ हुन्थ्यो । दाउन नजाने बहर बिग्रन्छ, हाकिमको ठम्याइ थियो । केहिदिन कार्य बिबरणको मेसो नमिल्दा अफिसर अलमलिइ रहेको थियो । हाकिमले अधिकार प्रत्यायोजन नै गरेका छैनन, अधिनस्थ सहायक कुरा लाउथे ।
आखिरमा एकदिन काम तोकिएको बारेको आन्तरिकपत्र पाइयो । तर पहिलो बेहोरामै अफिसर अल्झियो ।
 " मातहत निकायबाट प्राप्त आर्थिक कारोबार बाहेकका चिठ्ठिहरु खोलि नियमानुसार कारवाहि गर्ने ।" भनेर हाकिमले आफुमुनिका अधिकृतलाइ अधिकार सुम्पेका थिए । नयाँ काम... धेरै मन्थन गरियो । अँह, कुरा सपष्ट भएन ।
हाकिमलाइ सोध्नै पर्ने भयो ।
" सर! मेरो कार्य बिबरणका दुइटा कुरामा मलाइ द्विबिधा भयो ।
" के के मा? " टेबलमाथिको एउटा फाइलमा एकोहोरिएका आँखा माथि नउठाइ ब्यस्त हाकिमले बेवास्तापुर्बक सोधनि गरे ।
" सर ! म नयाँ मानिस । यो नियमानुसार कारवाहि भन्ने शब्द बढि बिषयगत भयो । कस्तोमा के कारवाहि गर्ने भन्ने बस्तुगत बिबरण समेत राख्दा सपष्ट हुन्थ्यो कि ? अनि चिठ्ठि नै नखोलि त्यो भित्र आर्थक कारोबार बिषयको पत्र छ भन्ने कसरी थाहा पाउने ? अहिले त यी दुई कुरा मात्र .... ।"
" ए .."  बिच्चैमा हाकिमी आदेश आयो ।
" अहिलेलाइ यसको व्याख्या गर्ने अधिकार प्रत्यायोजन गरेको छैन । उचित समयमा  तदनुसार गरौला । यो सब अनुभवले सिकिने कुरा हुन् । तपाईं परिक्षणकालमा हुनुहुन्छ । यत्ति मात्रै बुझ्नोस् ।"


No comments:

Post a Comment