Monday, October 3, 2016

अनुहारहरु



माइत गएकि श्रीमती आज फर्केकि हुन् । कोतेधन्दाबाट छुट्टि मिल्ने खुशियालीमा मन फुरुङगिएकोछ । तर उनको मूड ठिक छैन जस्तो लाग्यो । 
मैले नै कुरा निकाले ।
` अझै माइतिको याद आउदैछ कि क्या हो ?´
`ऊह  ऽ ऽ । अब त बोलाए पछि मात्र जाने ।´
` किन ? । मन मरे जस्तो छ नि ।´
` बुहारिको अनुहार सम्झेर क्या ......  । भाइलाइ त के दोष दिनु र, बिचरा.....।´
` ल ठिक भयो । अब आफनो घर समाल । खेततिर धानबालि कस्तो भयो ? जान भ्याएकै थिइन । म हेरेर आउछु । अँ , यसपाला त दिदिले पनि आउछु भनेर खबर पठाउनु भएकोछ । भान्जाहरु पनि आउछन कि ? जोरजाम गरिराख ल ।´
 लामो सास फेरेर उनले अर्को तिर हेरिन । म मनभरि कुरा खेलाउदै खेततिर लागे ।


No comments:

Post a Comment