Sunday, August 5, 2018

डराई रहन्छ मलाई ( कबिता )



कालको कसम ! 
महाकालको कसम !!
 माटिको कसम !!!
 महामाटिको कसम ।
भित्तामा झुुुुन्डिएको  क्यालेन्डरले
झसकाइ रहन्छ मलाई। 
कुनै नाङ्गो तरवार हल्लाएर,
डराइ रहन्छ मलाई ।
काला गिद्ध जस्तै कुनै
उग्र रुपले तर्साइ रहन्छ मलाइ ।
आज यो महिना सकियो, भन्छ ।
यो दिन सकियो आज, कराउछ ।
गोऽरा सकियो, सम्झाउछ ।
 दशै आउने भयो नि, बताउछ।

ब्यर्थेमा सम्झाई रहन्छ ,क्यालेन्डरले
 खिया लागेको अतीत
अँध्यारो भबिष्य
पेन्डुलम भेै झुुुुन्डिएको बर्तमानमा ।


देख्दै बुझ्दै गरिएका
यी सुर्य चन्द्र ताराहरु
बदलिइरहेका स्वप्निल सडकहरु
र सँधै घेेेेरीरहने शुुुुन्यता ।

सँधै झस्काइ रहन्छन मलाई , 
भित्ताको नाथे क्यालेन्डरले
पुन: पुन: त्यहि सम्झाइ रहन्छ मलाई 
मेरै अस्तित्वको कसम 
डराई रहन्छ मलाइ र 
बोलाई रहन्छ मलाई ।।


( ०७५ साउन, काठमाण्डौ )

No comments:

Post a Comment