Thursday, January 5, 2012

कानुनका काला अक्षरहरु



सत्ताको संयोजन मिलेपछि
सरकार काला अक्षरमा मात्र बोल्दछ,
सत्तामा हुनुको सुबिधा
अँध्यारो कुवाबाट बाल्टीले पानी निकाले जस्तै
डोरि समात्नेले मात्रै उपभोग गर्दछ ।
लाग्दछ, 
काला अक्षरको माथिको बहुअर्थी ब्याख्यानहरु
सरकारका लागि
पारस पत्थर जस्तै हुन्छन ।




No comments:

Post a Comment