Thursday, January 5, 2012

ति ठग र यि ठगहरु



उहिले बाजे बराजेका पालामा
मुर्खले मात्रै नदेख्ने कपडाको
पोशाक सिलाउने भनेर
बादशाहलाई नयाँ लुगा हाल्ने नाममा
ठगहरुले राजालाइ ठगेका थिए ।
अहिले तिनै ठगहरुले
सरकार चलाएकाछन ।
कसैले नबुझने तुक न तालको बहस चलाएकाछन ।
जान्ने सुन्ने सुकिला मुकिलाहरुको नाममा,
श्रम गर्ने सर्बसाधारण जनताकानाममा,
यत्र तत्र जाम र जुलुसको जात्रा मनाएकाछन ।
तिनै ठगहरु आफु नेता र अभिनेता बनेकाछन
अहिले हाम्रापालामा
ति ठगहरु
आमजनतालाइ पो ठगिरहेकाछन् ।



No comments:

Post a Comment