Thursday, January 5, 2012

टुक्रा टुक्रा म



कहिले मस्तमौला प्रेमि जस्तै
कल्पनाको खंडहरमा डुल्छु ।
कहिले खोचतिर भुतको छाया मुनी बसेर पनि
जुनकिरि जस्तै
झुलुक् झुलुक् चम्किन्छु ।
भय अभयको बिचमा
जय पराजयको बिचमा
महाकालको प्रतिक्षामा
टुक्रा टुक्रा क्षण बाच्दैछु,
टुक्रा टुक्रा जिबन मर्दैछु ।


No comments:

Post a Comment