Sunday, January 22, 2012

बदलिदैछन बस्तीहरु



सुदूर पहाडको परिवेश
     जिवनको ३३ बर्ष आफनै जन्मथलोमा बिताइवरी ०४७ सालतिर म पहाडबाट मधेश आएको थिए । झण्डै २०० घरधुरी भएको हाम्रो गाउँबाट त्यसबेलासम्म औलामा गन्न सकिने ८।१० परिवारमात्र मधेश झरेका रहेछन। पहाड़बाट पलायन हुनेहरुको लेखा जोखा गर्ने हो भने पछिल्लो २५ बर्षमा मेरो गाउको मात्रै ६० परिवार तराइ झरिसकेकाछन, अर्थात एक चौथाइ भन्दा बढि । तै पनि छिमेकी गाउँहरुमध्ये मेरो गाउँ सब भन्दा कम बासिन्दा बाहिर गएको बस्ती मानिन्छ ।
आजभोली पहाडमा गाऊका खेतका अधिकांश गराकान्लाहरु बन्जर भएका देखिन्छन । भिराला भीरमा समेत खेतबारीको महाबिस्तार हुदाको समय र अहिलेको समयको फरक बिचारगर्दा पहाडमा जनसंख्याको चाप कम भएको वा त्यहाँका मानिस कृषिकर्मबाट बिमूख भएको ठाडै भन्न सकिन्छ । मेरै बाल्यकालमा हराभरा देखिने खेतपाखामा अचेल झाडी उम्रिएकोछ । ठुलो जनसंख्या कृषिमा लागेको भए त्यसको दबाब यि खेतखलिहानमा पर्ने थियो होला, तर पहाडका गाऊगर्खा कुनै ध्वस्त महासभ्यताका साछि जस्ता लाग्छन । लाग्छ यहाँ कुनै नया संस्कृति जन्म लिदैछ । निकटबर्ति शहरमा भागदौडको जिबनबाट दिक्कभएकाहरुलाइ लाग्दो हो, शहरमा स्थानाभाव भएपछि गाउँमा मानिस फर्कनेछन तथा त्यहा नयाँ संस्कृति र सभ्यताको अभ्युदय हुनेछ । हो पहाडमा नया नया हिलस्टेशन, रिसोर्ट र पर्यटनस्थल बिकसित हुदैछन । केहि संभ्रान्तहरुलाइ शहरको जिवन दुष्कर हुदैगएको तथ्य टडकारै छ । यस्तै मानिसहरुका कारण यातायातको सुबिधा पुगेका गाउहरु क्रमश: नवनगर पनि बन्दैछन ।

     तर जनसंख्याको बिस्फोट, कृषिबाट नया पुस्ताको पलायन मात्रै पनि हाम्रा गाउँघर उजाड हुने कारण होइन । खासगरी शिबालिक श्रेणीका गाउहरु बदलिदो मौसम, बनफडानी, पानीका श्रोत सुक्ने कारणबाट समेत बिस्थापित भएका देखिन्छन। यो मानबीय बिपतिबाट प्राय सबै गाउबासी त्रसित छन। गाउँका दुखहरु गाउलेले बढि बुझेकाछन। क्रमस: बाँझो हुदै गरेको पहाडमा फैलिदो सडक संजाल, मोबाइल क्रान्ति र बैश्वीकरण( ग्लोबलाइजेसन) को बतासले पहाडको भबिष्य निर्धारण गर्दैछ ।
सुदुर पश्चिमाञ्चल क्षेत्रका हकमा कुरागर्दा ४६ प्रतिशत जनता अझै पनि गरिबीको रेखामुनी रहेको केन्द्रीय तथ्याङक बिभागको सर्बेक्षणले देखाएको छ। जीबन स्तर सर्भेक्षणको पछिल्लो नतिजा सार्बजनिक गर्दै बिभागले देशका अन्य क्षेत्रको तुलनामा सडक, स्वास्थ्य, बिद्यालय, खानेपानी, बिजुली र रोजगारको अबस्था मध्य तथा सुदुर पश्चिमाञ्चल क्षेत्रमा कम रहेको जानकारी दिएकोछ । बिकासको मेरुडण्ड मानिएको सडक सुबिधा नभएका कारण कारण मध्य तथा सुदुर पश्चिम क्षेत्रका जनताले राज्यबाट पाउन पर्ने आधारभुत सेवा समेत प्रभाबकारी रुपमा पाउन सकेका छैनन । सडक संजाल, स्वास्थ्य, शिक्षा र शुद्ध खानेपानीको सुबिधा नपाउदा ग्रामबासीहरुको जीबन कष्टकर बनेकोछ। रोजगारीको अबसर नपाएका कारण आफ्नै गाउघरमा खेती गर्ने र कृषि क्षेत्रमै मौसमी ज्यालादारीमा काम गर्ने परिबार सबैभन्दा बढी गरिब रहेको सर्बेक्षणले देखाएको छ। उमेर अनुसार हुनेपर्ने उचाईभन्दा कम उचाईभएका र उचाईको तुलनामा कम तौल भएका बालबालिकाको प्रतिशत मध्य पश्चिममा बढी रहेको देखिएकोछ । अवसरको अनुपलब्धता, प्राकृतिक बिपद्, समकालिन संसाधनको अभाव वा गरिबीको मारका कारण पनि पहाडका बस्ति क्रमस: बिराना बन्दै जानथालेकाछन ।
बर्तमानमा बसाइसराइको क्रम
र्तमान परिबेशमा बसाइसराइ सबैतिर ब्यापकरुपमा बढेको छ, जुन आजको आर्थिक सामाजिक विश्व परिस्थितिको लागि अपरिहार्य जस्तै भईसक्यो । नेपाली समाजको अर्थतन्त्रमा क्रमशः संक्रमणकालीन विशेषताहरु पनि देखापर्दैछन् । विशेषतः यस्तो विशेषता विपन्न र पछौटे गाउँ बस्तीहरुमाभन्दा सम्पन्न र उच्च जातिहरु बस्ने गाउँबस्तीहरुमा, त्यसमा पनि मध्यपहाडी बस्तीहरुमा ज्यादा देखापरेको छ ।
जनगणनाको तथ्यांकले पनि विगत दस वर्षमा गाउँबाट बसाइ सराइ गरी सहरतर्फ आउनेहरुको संख्या उच्च देखाएकोछ । गाउँघरहरु बाँझा र खालि बन्दैछन् । जग्गा जमिनको मूल्य खस्कदैछ । कृषि उत्पादन क्रमशःघट्न थालेकोछ । बसाइ सराइको कारण केही घरहरु भूतबंगालामा परिणत हुँदैछन् । परम्परागत कृषि प्रणाली छोड्र्न नसक्नेहरु छोराबुहारी, नातिनातिनाहरुलाई सहरमा पठाइ गाउँको अन्तिम पुस्ता बनेर आफ्नै जग्गा जमिनमा दुखजिलो गरेर बाचिरहेका छन् । गाउँमा बृध्दबृध्दाहरुको संख्या मात्र देखिन्छ ।
गाउँबाट सहरतर्फ लाग्नेहरु मुलतः दुईथरि छन् । एकथरि सम्पन्नहरु सहरमा स्थायी रुपमा बसाइ सराइ गरेका छन् ।
उनीहरुको तथ्यांक जनगणनामा छ । अर्काथरि विपन्नहरु सुख र समृध्दिको सपना बोकेर ससानो रोजगार गर्न र व्यवसाय सञ्चालन गर्न सहरतर्फ ओइरिंदैछन् । उनीहरु हरमा डेराभाडा लिएर बस्ने गर्दछन् । यसरी बस्नेहरु मध्ये वैदेशिक रोजगारमा गएका परिवारका सदस्यहरु पनि छन् उनीहरुको तथ्यांक जनगणनामा छैन । हरीकरणको यो प्रक्रिया दिन प्रतिदिन बढ्दो छ । यही प्रक्रियाले गाउँघर क्रमश: खालि बन्दैछन ।  
आवागमनको सुविधा, अधुनिक मोडलका सुविधा सम्पन्न घरहरुव्यावसायिक तथा प्राविधिक शिक्षाको लागि सजिलो अवसर, रोजगारको राम्रो संभावना, स्वास्थ्य उपचारको सुविधा , तुलनात्मक रुपमा राम्रो सुरक्षा प्रबन्ध आदिको कारणले सहरको आकर्षण बढ्दोछ । यो क्रम अझै निरन्तर बढ्दै जानेछ । सहर गुल्जार बन्दै जानु आधुनिकीकरणको संकेत हो ।
जहाँसम्म बिदेश पलायनको कुरा छ, मेरो विचारमा यो पनि दुई थरीको छ- रहर र बाध्यता को । तर माध्यमिक शिक्षा सक्ने बित्तिकै सबै नेपाली बिदेशिन खोज्छ्न भने देशको स्थिति र भविश्य सजिलै अनुमान लगाउन सकिन्छ । मेरो बिचारमा बिदेशिनु पनि पर्छ, बिदेश गएर फर्केकाहरुलाइ सही-गलतको ज्ञान भयो भने अरु नेपालीले पनि उनीहरुबाट धेरै कुरा सिक्छन । तर बिदेसियेका २५% पनि नेपाल फर्केनन् भने त्यो आर्जित ज्ञान को नेपाललाई केही फाईदा हुने वाला छैन ।
मधेशको माथापच्चिसी
सामान्यत: पहाडका आममानिस धानको भात खाने इच्छा र मैदानमा बस्ने आकांक्षा पालेर मधेस  झरेका हुन्छन् । आफूभन्दा पहिला मधेस झरेका आफन्तको निर्देशन र संरक्षणमा पहाडबाट मानिस तराई झर्ने गर्दछन् । ०४० को दसकसम्म पहाडबाट झर्नेले मधेसका रैथानेहरूसंग सिधै जग्गा खरिद-बिक्री गर्थे । तर त्यसपछि मधेस झर्नेले पहाडिया जमिनदारहरूसंग जग्गा खरिद गरिरहेछन् । हिजो पहाडियालाई जमिन बेच्ने रैथानेहरू उनैको हलि बनेर बसेका छन् । बाहुन-क्षेत्रीहरू मधेस झर्न थालेपछि यिनको जनसंख्या पहाडमा घट्दै र मधेसमा बढ्दै जान थालेको छ ।  मधेसका वास्तविक वासिन्दा दोहोरो मारमा परेका छन् , एउटा उत्तरबाट झर्ने पहाडीहरू अर्को दक्षिणबाट खुल्ला सिमानाको फाइदा उठाएर भित्रिने भारतियहरू । मधेस दुइथरी नश्लको आप्रवासन थलो बनेको छ ।
 बसाइ-सराइको  विशेषता नै हो  चलाख, शिक्षित, धनी, नेतृत्व गर्नसक्ने मानिसले मात्र बसाइ-सराइ गर्ने आँट गर्छ । उदाहरणका लागि, गाउँबाट सहर छिरेका छिमेकीलाई हेरौं अथवा पहाडबाट मधेस झरेकालाइ । बसिरहेको ठाउँबाट अन्त सर्ने जाँगर र सोच भएका मानिस मूलथलोमा बसिरहने मानिसभन्दा हजारौं गुणा प्रगतिशील सोचाइका हुन्छन् । त्यस्ता तिख्खर र जागरिला मानिस गाउँ-समाजमा भित्रनु राम्रो कुरा पनि हो । किनकि एउटा शिक्षित, सामाजिक र व्यावहारिक परिवार गाउमा भित्रिएमा उसले गाउँलाई प्रगतिको दिशामा बदल्न र प्रतिस्पर्धी सोच ल्याइदिन सक्छ ।
जुन ठाउँमा मानिस बढी गतिशील हुन्छन्, त्यस ठाउँमा छिटो विकास हुन्छ । मूलथलोबाट गन्तव्यस्थलमा आउन हरेक बसाइ सर्नेले केही गरेर देखाउने इखर जाँगर बोकेर आएको हुन्छ । सबभन्दा नजिकको गन्तव्यमा अडिनु उनीहरूको विशेषतै हो । यो संदर्भमा पहाडबाट झर्ने बसाइ सरुवाले सबभन्दा नजिकको मधेसलाई आफ्नो गन्तव्य बनाएका हुन्छन् । सन् १९९१-२००१ को दसकमा नेपालमा करिब ४७ लाख जनसंख्या बढेकोमा करिब २८ लाख ६७ हजार मानिसचाहि तर्राईमा थपिएका छन्, जुन कुल जनसंख्या वृद्धिको ६१.१ प्रतिशत हो । यसरी थपिएका अधिकांश अनुहार पहाडबाट बसाइ सरेका छन् । तर तराइमा जनसंख्याको चाप पहाडको बसाइसराइले मात्रै परेको पनि होइन ।
सन् १९६४ मा बर्मामा राष्ट्रियकरण कानुन लागू भएपछि धेरै नेपाली त्यहाँबाट नेपाल फर्के । राज्यले तीमध्ये अधिकांशलाई सिमावर्ति क्षेत्रमा चार-चार विगाहा जग्गा दिएर राख्यो । राज्यको यो नीति दक्षिणबाट हुनसक्ने जनसांख्यिक अतिक्रमणको मुकाबिला गर्नका लागि थियो । किनभने सीमावर्ति क्षेत्रमा पहाडे पहिचानको बहुलता गराउन सकियो भने खुला सीमाको माध्यमबाट हुने औपनिवेशीकरण कम हुनसक्छ भन्ने नीति-निर्माताको सोचाइ थियो । त्यही सोचबमोजिम दक्षिणतिरका अधिकांश क्षेत्रमा पहाडी समुदायका मानिसलाई विभिन्न समयका सरकारले ल्याएर बसाए ।
 खासगरी सन् १९५४ मा गठन गरिएको राप्ती उपत्यका विकास आयोजना, १९६४ को झापा, कञ्चनपुर, नवलपरासी पुनर्वास कम्पनी आदिले तराईको जग्गामा भकाभक पहाडबाट मानिस ल्याउदै लालपुर्जा वितरण गरेका थिए । हिउँदमा पहाडबाट झर्ने बसाइ-सराइभन्दा यस्ता कम्पनीले मधेसतिर तानेका मानिस अधिक छन् । त्यतिमात्र होइन, बर्मा, आसाम, सिक्किम, भुटान लगायत ठाउँबाट नेपाल प्रवेश गरेका नेपालीभाषीलाई सरकारले आँखा चिम्लिएर जग्गा वितरण गरेको थियो, तर वर्षौंदेखि मधेसमा सुकुम्वासी जीवन बिताउने मधेसीले भारतीयकोआरोपमा एकचपरी जग्गा नपाएको उदाहरण खोज्न टाढा गइरहनु पर्दैन ।
संक्रमणको सुब्यबस्थापन
अहिले नेपालको अर्थतन्त्र संक्रमणकालीन चरणबाट अघि बढ्दैछ ।  राज्यले ग्रामीण पूर्वाधारमा जति लगानी गरेपनि नयाँ पुस्ता गाउँमा बस्न चाहेको छैन । अहिले गाउँ बस्तीहरुमा अन्तिम पुस्ता बसेको दखिन्छ । गाउँ छोडेर सहर पसेको नयाँ पुस्ता पुनःगाउँ फर्कने मनस्थितिमा छैन । एउटा आश्चर्य कुरा के छ भने शिक्षा,स्वास्थ,सडक,विद्युत जस्ता पूर्वाधार पुगेका गाउबस्तीहरुमा बसाइ सराइको अनुपात झन बढेको छ । गाउँमा रोजगारको कुनै अवसर छैन । कृषि उत्पादन खपतको निम्ति बजारको सुविधा छैन । सहर र सदरमुकाममा कृषि उत्पादनको माग आंशिक रुपमा बढेपनि कृषि क्षेत्र व्यावसायिक बन्न नसक्दा माग अनुसार आपूर्ति हुन सकेको छैन । युवाहरु धमाधम वैदेशिक रोजगारतर्फ पलायन भएको देखिन्छ । वैदेशिक रोजगारको निम्ति बाहिरी मुलुकमा पुगेका अत्यधिक युवाहरु नेपालमा फर्केपछि जन्मघर होइन, सहरमा बस्ने चाहना राख्छन् । यो अवस्थामा हर र सदरमुकाममा घर घडेरी खरिद बिक्रीको दर मन्दगतिमा भएपनि निरन्तर रुपमा चलिरहेको छ । विकास हुन सहर गुल्जार हुनपर्छ । गाउँबाट हजारौ मान्छे हर पसेपछिमात्र अन्न,दूध,फलफूल,माछा,मासु,तरकारी आदिको प्रशस्त माग बढ्छ । अत्यधिक मागले कृषि उपजको मूल्य बढाउछ । त्यसपछि आपूर्तिको लागि कृषि प्रणाली स्वतः व्यावसायिक र आधुनिक बन्दै जान्छ । सहर जति बढ्यो, गाउँ उति मात्रामा सम्पन्न हँदैजान्छ । गाउँ सम्पन्न भए सहर स्वतः मोटाउछ । सहरको औद्योगिक उत्पादन गाउँलाई, गाउको कृषि उत्पादन हरलाई भए मात्र सबैतिर समवेत बिकास हुनेछ ।
 आर्थिक क्रान्तिको निम्ति अनुकूल अवस्था सिर्जना हुनसकेमा र सरकारले उद्योगवाणिज्य अर्थतन्त्रलाई उदारीकरणका आधारमा नीतिगत अनुकूलता दिएमा निजी क्षेत्रलाई परिसीमन गरिएन भने आगामी बीस वर्षमा नेपालको अर्थतन्त्र तीब्र रुपमा दौडने अनुमान गरिएकोछ । नेपाली अर्थतन्त्रको दौड उत्तर द
क्षिणको दौडभन्दा कुनै हालतमा कम हुने छैन । 
   अव हामीहरुले ग्रामीण पूर्वाधार निर्माण प्रक्रियालाई मन्द रुपमा निरन्तरता दिदै सहरी पूर्वाधार निर्माण प्रक्रियालाई तीव्र रुपमा अघि बढाउनु पर्ने बेला आएकोछ ।नयापुस्तालाई गाउमा थमाइ राख्न गाह्रो छ । सहरी वातावरणमा समायोजन हुन नसकी गाउमा बस्न चाहनेहरु र बसाइ सराइ गर्न नसकी बाध्यतावश गाउमा बसेकाहरु अन्तिम पुस्ता झै भएकाछन् ।
यस्तै हो भने आगामी बीस वर्षमा गाउ
बाट ठूलो जनसंख्या सहरतर्फ ओइरनेछ ।त्यसको सही व्यवस्थापन गर्न सहरी पूर्वाधार निर्माणलार्ई महत्व दिनुपर्छ । सहरलाई अझ आकर्षक,अझ भव्य र अझ सुविधा सम्पन्न पार्नु पर्दछ ।राज्यले कृषि क्षेत्रलाई व्यावसायिक एवं अधुनिक बनाउन स्वतन्त्र(उदारवादी)कृषि प्रणाली नै लागू गर्नु पर्छ । सडक र संचारको बिकासले चाँडै दुर्गमलाइ पनि सुगम बनाइ दिनेछ । त्यसकारण थोरै संख्यामा पहाडको बाझि जमिन कुरिबसेकाहरुले पनि एकदिन शहरि नगर सभ्यतालाइ नमस्कार गर्नै पर्नेछ । किनकि श्रम र जमिनको प्रचुरता का बाबजुद यिनीहरु भाग्य कुरेर वा काल पर्खेर मात्र बसिरहेको ठान्दछन्।सरकारी योजनाको लोभमा केहि दिन सुगम जिबन बाँचेने आसा गरे पनि यिनीहरुसंग कुनै खास उपाय देखिदैन ।
पहाडको परिबर्तित पर्याबरण, पानीको समस्या, कृषि इतर रोजगारको शुन्य बिकल्प, ग्रामिण घात-प्रतिघात का कारण पनि बसाइ सराइ भएका छन ।
पहाड हेर्नमा सुन्दर देखिन्छ तर पहाडको जीवन अत्यन्त कष्टपूर्ण छ । कष्टपूर्ण जीवन सहेर पनि सुखलाई घरदैलोमा साँट्ने जुन साहस र समर्पण पहाडका गरागरामा भेटिन्छ त्यो मधेसको आलीआलीमा पुग्न जरुरी छ । पहाड भन्नेबित्तिकै त्यहाँ सबै सम्पन्न छन् वा त्यहाँ सबै शासक नै छन् भन्ने भ्रम एकातिर मधेसमा छरिएको छ
मधेस बनाउने नाममा चन्द्रगढीदेखि चाँदनीदोधारासम्मको कुरा मा धेरै छलफल गरियो तर कुतिया कवरदेखि कालापानीसम्मको ठाडो भुभागबारेमा संवाद चलाइएन । हिजो द्वन्द्वबाट निकै थिलथिलो भएको र समाजमा धेरै निराशा फैलिएका बेलामा पनि पहाडमा मानिसहरूले आशाको दियो जगाइरहेका थिए। अहिले पनि नयाँ काम, नयाँ धन्दा गर्न सुदूर गाउँहरूमा सिर्जनशील हातहरू मौन ढंगले काम गर्दै छन् । यो सबैलाई राज्यले संरक्षण गरेको हैन । आफ्नो उन्नतिको सबैभन्दा ठूलो तागत आफैँमा हुन्छ । पहाड आज यस कारणले आशाको पहाड भएको छ कि त्यहाँ मानिसले आफ्नै सामर्थ्र्यलाई पहिचान गरी परिचालित गरेका छन् । पहाडलाई प्रकृतिले पनि दख दियो । पछिल्ला वर्षहरूमा परिवर्तनका लागि भएका द्वन्दले पनि कम्ती दुःख दिएन तर त्यो पहाड नै हो कि आफैँभित्र पीडाहरूलाई बिर्सदै परिश्रमको मुस्कान छर्न सक्षम बनेको छ । समकालीन दक्षिण एसियामा यस्तो परिदृश्य दुर्लभ छ ।
पहाडमा देखिएको यो सकारात्मक 'मुड' त्यहाँको सामाजिक क्षेत्रमा पनि देखिन्छ । राजनीतिक बिरोधाभाष र समाजमा विसंगतिहरू पनि टन्नै छन् तर अप्ठ्यारोपनमा पनि हुर्कने जुन जिजीविषा छ त्यो त गजबको पो छ । जुन समस्या मधेसले यतिखेर भोग्दै छ पहाडले केही दशक पहिले भोगिसक्यो । पहाड कहिले पनि अप्ठ्याराबाट आत्तिएन बरु  पर्वतको चट्टाने बाटोजस्तै समस्यालाई तोड्दै आफ्ना लागि जीवन सुगम बनाउँदै हिँड्यो । मधेस यतिखेर सामाजिक संक्रमणको अवस्थामा छ । यस परिस्थितिमा मधेशले हिजोका दिनमा पहाडले गुमाएको समय र संघर्षबाट पाठ पैँचो लिन सक्छ । पहाड फगतमा एउटा भूभाग मात्र होइन । आफैँमा एउटा अटल जीबन-आस्थाको प्रतीक पनि हो ।

No comments:

Post a Comment