Wednesday, May 22, 2013

पुर्ख्यौलीका प्रसंगहरु-३


३- अत्री गोत्रीय पुर्खाहरुको पहिलो आगमन

सम्भवत: बाह्रौ, तेह्रौ शताब्दितिरको मुसलमानी आक्रमणका झंझावात झेल्दै जोधपुरी परम्पराका आत्रेय गोत्री ब्राह्मण उदय भट्ट र उनका सन्तान गढवालको श्रीनगर हुदै काली तरेर तत्कालिन डोटिमा प्रबेश गरेका थिए। डोटीमा यो बंशले देबीदत्त भट्ट र देवीप्रियाका छोरा बत्सराज भट्टका पालामा  शासकीय खलकलाई समेत प्रभावित गरेको बुझिन्छ।
बत्सराज बिव्दान साधक थिए। यिनी फलामका समिधा जलाएर बाजपेय यज्ञ गराउन समर्थ थिए। डोटिका तत्कालिन राजा राव माधवसिंहले यिनैबाट बाजपेय यज्ञ गराएपछि  आफनी एकमात्र छोरिको बिबाह यिनैसंग गराइ आफु काशिबास गएका थिए। यिनै डोटिनरेश पुत्रीबाट जन्मेका कालु बर्मा पछि कालु थापाका नामले बगाले थापाका पुर्खा मानिएकाछन। भिमसेन थापा, अमरसिह थापा यसै बंशसंग सम्बध्द छन। ब्राह्मण बंशको शुध्दता कायम गर्न बत्सराजले सुबेदी बाहुनकी छोरिसंग बिबाह गरेपछि जन्मिएका छोरा उपबत्सराजलाई जुम्ली राजाले राजगुरुको पदवी दिएका थिए। यिनका छोरा श्रीबत्सराजले चारवटा बिबाह गरेका थिए। जुम्लाका समाल, गलकोटका मल्ल र रुकुम सल्यानका शाह यिनकै सन्तान हुन। श्रीबत्सराजका जेठी श्रीमतिबाट जन्मेका सन्तान सिग्दिमा बसेकालाइ सिग्देल र पौडीमा बसेका पौडेल कहलिए। बि सं १४१८ ताका गद्दीमा बसेका अछामका राजा देबीचन्द्र पनि यिनै भट्ट ब्राह्मणका सन्तान थिए। इतिहासको त्यो कालखण्डमा बिभिन्न नाका, बिभिन्न नामबाट यिनैका खलकहरु उत्तरांचलको पहाडमा प्रबेश गरे। 
शासकीय बंशसंगको सम्बन्धका कारण तत्कालिन डोटिराज्यमा यि आप्रबासीहरु यत्रतत्र सुबिधा अनुसार घरजम गर्न थाले। अटकिन्सनको भनाइ अनुसार भट्टहरु भारद्वाज, उपमन्यु, बिश्वामित्र र कश्यप गोत्रमा पनि भेट्टिन्छन। यिनीहरु जुन गाउँमा बसे त्यहिको नामबाट पनि बोलाइन थाले।  जस्तै- धनकोटा, डालाकोटी, तिमिल्सिना, पौडेल, सुबेदी आदि। कुमायुका इतिहासकार पं बद्रीदत्त पाण्डेका अनुसार भट्ट बाहुनहरुका मूलपुरुष श्री बिश्वशर्मा दक्षिण द्रबिड देशबाट बर्म अर्थात बम राजाका पालामा पहाडतिर आएका हुन्। कुमायुँका राजा भीष्म चन्दका पालामा समेत बिभिन्न समुहमा भट्टहरु कुमायुँमा आएको देखिन्छ। भारतको पिथौरागढमा रहेको भाटकटिया (भाटकोट)लाइ भट्टहरुको कोट( किल्ला) नै मानिन्छ।
जे होस यसै काल क्रममा अत्री गोत्रको समुह बिशिष्ट समुहको रुपमा भट्टहरुकै थर नामले काली वारी प्रबेश गरेको थियो। श्रीपाली बस्न्यात बंश परिचयमा उल्लेख भए अनुसार ब्रतबन्ध गर्दा पाएसम्म अत्री गोत्रीय ब्राह्मणबाटै गायत्री मन्त्र सुन्नुपर्ने प्रचलनसमेत रहेको छ ।
गोत्रका मूल ऋषिले नै भाषा साहित्य ,बंश बिकाश,ज्ञान, बिज्ञान,लगायत तमाम सभ्यताको शुरुवात गरेकाले यसको श्रेय उनै ऋषिहरुमा हुन्छ। राजाको इतिहासमा कुन राजाका सन्तान भने जस्तै गोत्र पनि बंश-क्रमको शुरु-बिन्दु हो । त्यस बेलाका ऋषिहरुमा राज्य संचालनको प्रमुख भुमिका रहन्थ्यो । मुख्य ठूला ऋषिहरुको नाम चलेपछि यो परम्परा छोरामा पनि स-यो र छोरा नातिका नाममा समेत गोत्र नामाकरण हुन थाल्यो

अब हामी हाम्रो यो बंश सिलसिला कति पुरानो हो भन्ने तर्फ बिचार गरौ।

इतिहासकार एच जी वेल्सका अनुसार समग्र मानव सभ्यताको पछिल्लो सभ्यता १५ हजार बर्ष पुरानो हो । राजा परिक्षितको समयबाट अचेलको “कलियुग” शुरु भएको भनिएको आधारमा गरिएको एउटा गणितिय अनुमान अनुसार राम को जन्म ईशापूर्ब ५११४ मा भएको मान्नु पर्दछ। जसअनुसार रामको जन्म आजभन्दा ७१२७ बर्ष पहिले भयो । दशरथबाट सन्तान ढीलो भयो भन्ने कुरा रामायणले भन्दछ । ६० बर्षमै सन्तान भएको भए पनि दशरथ राम भन्दा ६० बर्ष जेठा भन्ने मानौँ । तदनुसार दशरथको उमेर आज ७१८७ बर्ष हुनुपर्दछ । दशरथ र ऋषि अत्री समकालीन होलान । यस सुत्रानुसार अत्री पनि ७१८७ बर्ष पहिलेका हुनु पर्दछ । यसरी हाम्रो गोत्र अत्री झन्डै ७२०० बर्ष पुरानो हो । हाम्रो बंश सोही मिति देखि संगठित भएको हो । अब औसत १०० बर्षमा ३ पुस्ता हुन्छ भन्ने मानौँ । अद्यावधि हाम्रो ज्ञात ईतिहास यो पंक्तिकार भन्दा अगाडीको २१ पुस्तासम्म मात्र सिमित छ। यस हिसाबले हामी अहिले ७०० बर्ष अगाडीका बाजे बराजेका बारेमा धुमिल कथा-सुत्र जोडदैछौ। त्यस अघिको ६५०० बर्षको बंश शृंखलामा ऐतिहासिक घटनाको क्रम भंग भएकाले वा बंशको गणितीय तथ्य फेला नपरेकाले इतिहास अझै अज्ञात छ।


2 comments:

  1. अनसूया दक्ष प्रजापति की चौबीस कन्याओं में
    से एक तथा अत्रि मुनि की पत्नी थीं। उनकी पति-
    भक्ति अर्थात सतीत्व का तेज इतना अधिक
    था के उसके कारण आकाशमार्ग से जाते
    देवों को उसके प्रताप का अनुभव होता था।
    इसी कारण उन्हें 'सती अनसूया'
    भी कहा जाता है।
    अनसूया ने राम , सीता और लक्ष्मण का अपने
    आश्रम में स्वागत किया था। उन्होंने सीता को
    उपदेश दिया था और उन्हें अखंड सौंदर्य की एक
    ओषधि भी दी थी। सतियों में उनकी गणना सबसे
    पहले होती है। कालिदास के 'शाकुंतलम्' में
    अनसूया नाम की शकुंतला की एक
    सखी भी कही गई है।
    कथा
    एक बार ब्रह्मा, विष्णु व महेश उनकी सतीत्व
    की परीक्षा करने की सोची, जो की अपने आप में
    एक रोचक कथा है।
    पतिव्रता देवियों में अनसूया का स्थान सबसे
    ऊँचा है। वे अत्रि-ऋषि की पत्नी थीं। उनके संबंध
    में बहुत सी लोकोत्तर कथाएँ शास्त्रों में
    सुनी जाती हैं। आश्रम में गये
    तो श्रीअनसूयाजी ने सीताजी को पातिव्रतधर्म
    की विस्तारपूर्वक शिक्षा दी थी। उनके संबंध में
    एक बड़ी रोचक कथा है। एक बार ब्रह्माणी,
    लक्ष्मी और गौरी में यह विवाद
    छिड़ा कि सर्वश्रेष्ठ पतिव्रता कौन है? अंत में
    तय यही हुआ
    कि अत्रि पत्नी श्रीअनसूया ही इस समय
    सर्वश्रेष्ठ पतिव्रता हैं। इस बात
    की परीक्षा लेने के लिये त्रिमूर्ती ब्रह्मा, विष्णु
    व शंकर ब्राह्मण के वेश में अत्रि-आश्रम पहुँचे।
    अत्रि ऋषि किसी कार्यवश बाहर गये हुए थे।
    अनसूया ने अतिथियों का बड़े आदर से स्वागत
    किया। तीनों ने अनसूयाजी से कहा कि हम
    तभी आपके हाथ से भीख लेंगे जब आप अपने
    सभी वस्त्रों को अलग रखकर भिक्षा देंगी।
    सती बड़े धर्म-संकट में पड़ गयी। वह भगवान्
    को स्मरण करके कहने लगी "यदि मैंने पति के
    समान कभी किसी दूसरे पुरुष को न देखा हो,
    यदि मैंने किसी भी देवता को पति के समान न
    माना हो, यदि मैं सदा मन, वचन और कर्म से
    पति की आराधना में ही लगी रही हूँ तो मेरे इस
    सतीत्व के प्रभाव से ये तीनों नवजात शिशु
    हो जाँय।" तीनों देव नन्हे बच्चे होकर
    श्रीअनसूयाजी की गोद में खेलने लगे।

    ReplyDelete
  2. अंतरराष्ट्रीय अत्रि सभा संस्थापक/ मुख्य संरक्षक
    (अत्रि गौत्र शोधकर्ता)पंडित बिजेंद्र अत्रि (हरियाणा- भारत) 9992972221

    ReplyDelete