Wednesday, May 29, 2013

कस्ले बांसुरी बजायो ...

कस्ले बाँसुरी बजायो ...

कसले बाँसुरी बजायो?
त्यता बासुरी बजायो,
मिठो बासुरी बजायो।।

मेरै गाउँ बन जस्तो
मिठो धुन आयो,
थिचिएको मन आज
हलुको बनायो,
कसले बासुरी बजायो -------२

आँखा दुखे, घाँटि बस्यो
खुट्टा काम्न थाले,
गारो भयो हिडने बाटो
कल्पि बसौ लाग्यो ।
कसले बाँसुरी बजायो -------२

जिन्दगीको गारो सारो
यतै पोखियो कि,
भरिएको मेरो माया
यते छरियो कि ?
कसले बाँसुरी बजायो, आज--------२

मर्किएको मर्मभरि
औषधि छरियो,
छटपटिदो परानीमा
माया मुस्कुरायो ।
कसले बासुरी बजायो
आज बासुरी बजायो,
कठै बासुरी बजायो,
कसले बासुरि बजायो,-----------२


No comments:

Post a Comment