Wednesday, May 29, 2013

श्रीमान, काठमाण्डौलाई म राजधानी मान्दिन्

घण्टाघरको अभिमान बोकेर
श्रीपेचको शान देखाउने
यो लाचार खाल्डोलाइ
थुप्रै बिन्तिपत्र चढाए,
तर यसले आकाशमात्र ताकेर हिडदोरहेछ,
पाइतालाका दुख सम्झन नै नखोज्दो रहेछ
यो चिसो ढुंगो त
परिश्रमको पसिनाको
गन्ध आएमा बिच्किदो रहेछ,
यो आफ्नो बारीको स्वादमा मुख बिगार्छ, 
परायासित पुच्छर हल्लाउछ
आफनालाइ हेप्छ
त्यसैले यसलाई म छातिमा बोक्न सक्दिन्,
श्रीमान, यस काठमाण्डौलाइ म राजधानी मान्दिन ।।
सुप्रिम सपना देख्दै
यो
डिनर र ककटेलमा स्वघोषित महानायक बन्छ,
अर्काको दरबारमा
व्दारे भएर बस्न पाए पनि
यो आफुलाइ बुध्दिमान महान भन्छ ,
उता मोफसल तिर
हुरिले छानो उडाएको खबर पायो भने
यो हाँस्छ
खाडीबाट आएका लाशमा यो रेमिट्यान्स खोज्छ
त्यसैले यो सम्बेदना शुन्य
काठमाण्डौलाइ म अब छातिमा बोक्दिन
श्रीमान, यस काठमाण्डौलाइ म राजधानी मान्दिन ।।
यसलाइ म राजधानी मान्दिन।।
यो उल्टो सुल्टो बकेर भए पनि आफ्नै लिढेढिपी बोल्छ
नेता भन्छ तर तस्कर बन्छ
यो चरित्रहीन बासी बिचारको बकुल्लो लाइ
आत्मा साछी राखेर म आफनो भन्दिन
अब यसलाइ म छातिमा बोक्दिन
श्रीमान, यस काठमाण्डौलाइ म राजधानी मान्दिन ।।
श्रीमान, यसलाइ म राजधानी मान्दिन ।।
 (०७०-०२-१५, गणतन्त्र दिवस, काठमाण्डौ)


No comments:

Post a Comment